Image may be NSFW.
Clik here to view.
करिब ३१२ वर्षको इतिहास बोकेको संयुक्त अधिराज्य (बेलायत) यतिबेला जोखिम र संकटपूर्ण कालखण्डबाट गज्रिरहेको छ । विगत ५ वर्षको राजनीतिक दिशा हेर्ने हो भने बेलायती राजनीतिले थप अतिवादी, आत्मघाती र विभाजनकारी बाटो समातेको प्रस्ट हुन्छ । हामीसामु एक खाले अस्तित्वको संकट देखा परेको छ । यसको प्रमुख कारण बेलायतभित्र देखिएका परस्पर विरोधी राष्ट्रवादी धार नै हो ।
बेलायतले अहिले भोगिरहेको चुनौती कस्तो ब्रेक्जिट नीति अपनाउने भन्ने मात्रै होइन, भावी बेलायत कस्तो बनाउने भन्ने पनि हो । त्यसैले बेलायतको भविष्य र भावी प्रधानमन्त्रीका लागि भइरहेको जारी प्रतिस्पर्धा एकआपसमा जोडिएका छन् भन्दा फरक नपर्ला ।
स्कटल्याण्ड, इङल्याण्ड, वेल्स र आइरल्याल्डबीचको सहकार्यबाट नै बेलायत एउटा उत्कृष्ट मुलुक बनेको हो । तर यतिखेर बेलायतको एकता र अभिभाज्यता मात्रै खतरामा छैन । हामीले लामोसमय देखि अपनाउँदै आएका सहिष्णुता, विविधताप्रतिको सम्मान र उदार मूल्य-मान्यता समेत खतरामा छन् ।
यदि कुनै मुलुकको राजनीति संकिर्ण हुन गयो भने राष्ट्रिय स्वार्थ, उद्देश्य र आदर्श नै छिन्नभिन्न हुन्छ ।
एकातिर अहिले बेलायती राजनीति कडा ब्रेक्जिट नीति लिने कि नरम ब्रेक्जिट नीति अबलम्वन गर्ने भन्ने विषयमा केन्द्रित छ । अर्कोतिर स्कटिश राष्ट्रवादी दलहरुले बेलायतबाट छुट्टिने नीतिलाई कडा रुपमा अघि बढाइरहेका छन् । स्कटल्याण्डमा सन् २०१४ मा भएको जनमत संग्रहमा त्यहाँका राष्ट्रवादीहरु संयुक्त अधिराज्यबाट पृथक रहन चाहेका थिए । तर उनीहरु पृथक मुलुक बनेपछि समेत बेलायती मुद्रा, बेलायती बजार र भन्सार प्रणाली नै प्रयोग गर्न चाहन्थे ।
Clik here to view.

स्कटिश संसद २२ औं वर्षमा प्रवेश गर्दैछ । यससँगै स्कटिश नीतिमा समेत परिवर्तन आएको छ । पछिल्ला घटनाक्रमले स्कटिश राष्ट्रवादीहरु छुट्टै मुद्रा प्रयोगमा ल्याउन चाहन्छन्, बेलायती बजार र भन्सार प्रणालीबाट पृथक रहन चाहन्छन् भन्ने देखिन्छ । कन्जर्भेटिभ, लिबरल डेमोक्रयाट र लेबर पार्टीको ध्यान यसप्रति जान आवश्यक छ । सबैले आपसमा मिलेर नै बेलायतलाई एउटा शक्तिशाली मुलुकमा रुपान्तरण गर्न सकिन्छ भनेर आत्मसात गर्नुपर्छ ।
तर बेलायतलाई अविभाज्य एकताबद्ध राख्न चाहने पक्ष भने बिस्तारै कमजोर हुँदै वा पाखा लाग्दै गएका छन् । अनौठो के छ भने अविभाज्य बेलायतको पक्षमा रहँदै आएका कन्जर्भेटिभ र युनियनिष्ट पार्टीहरुले गम्भीर र ऐतिहासिक गल्ती गर्नतिर उद्दत छन् ।
हामी सबैसँग बेलायतप्रति गहिरो माया छ र देशप्रेमी भएकोमा हामी सबैले गर्व गर्छौं । तर हामी कोही पनि छिमेकीलाई घृणा गर्ने, विदेशी, आप्रवासी वा अल्पसंख्यकलाई शत्रु देख्ने र राष्ट्रिय संकट आउँदा विदेशीलाई दोष लगाउने संकिर्ण राष्ट्रवादी भने भन्नु हुँदैन ।
वास्तवमा भन्नुपर्दा संयुक्त अधिराज्य भनेको एउटा बहुराष्ट्रिय राज्य हो जहाँ वेल्स, स्कटिश, इङलिश र आइरिश समुदाय आपसमा मिलेर बस्न सिकेका छन् । अर्थात् बेलायत भनेको विविधतासँगै सबैभन्दा सहिष्णु र खुला मुलुक पनि हो ।
गौरवशाली राष्ट्रियता भएका मानिसबीच बेला-बेला तनाव उत्पन्न हुनु स्वभाविक पनि हो । तर इङलिश, स्कटिश, वेल्स र आइरिस समुदायले एकअर्काबाट सांस्कृतिक र आर्थिक लाभ लिन सक्छन् भन्ने कुरा भुल्नु हुँदैन । आर्थिक टकरावबाट होइन, सहकार्यबाट नै प्रतिस्पर्धी विश्वबजारमा सफल हुन सकिन्छ भनेर भुल्नु हुँदैन ।
मलाई विश्वास छ- बेलायत यसअघिको जस्तै बेलायत हुनेछ, सबै बेलायतीहरु पुन: देशप्रेमी हुनेछन् र आसपमा मिलेर बस्न सक्नेछन् । यसका लागि संकिर्णता र अन्य समुदायप्रतिको घृणाभाव हटाउनुपर्छ, सहिष्णता र निष्पक्षता प्रदर्शन गर्नुपर्छ ।
(डेलिमेलमा प्रकाशित पूर्व बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनद्वारा लिखित आलेखको सम्पादित अंश)
The post राष्ट्रवादका कारण विखण्डनको दिशातिर बेलायत appeared first on Sajha Post.