राजनीति भनेको एउटा ‘अर्गानिक प्रोगेस’ हो । राजनीति पुनर्गठन गरिने होइन, पार्टी पुनर्गठन होला । राजनीतिसँग सम्बद्ध कतिपय अवयवहरु पुनर्गठन गर्ने अथवा अर्गनाइजेसन स्ट्रक्चर होला । तर राजनीति भनेको त ती सबै अवयवहरुको समष्टिगत रुप हो । यो जैविक हुन्छ, अर्गानिक हुन्छ ।
राजनीतिमा दुई पक्ष हुन्छ, एउटा राजनीतिक र अर्को प्राज्ञिक बहस । अर्को पक्ष राजनीति राज्य सञ्चालनसँग जोडिन्छ । राज्य सञ्चालनमा राजनीतिकसँगै आर्थिक, सामाजिक, प्राविधिकलगायत अरु पक्ष पनि हुन्छन् । नेपालमा अलिकति हामीले अल्मलिएको एउटा कारण के छ भने सामान्यताः राजनीतिको बारेमा जब हामी एकेडेमिक ठाउँहरुमा बहस गर्छौं, एकदमै उदार र खुल्ला हुनुपर्छ । जे पनि खुल्ला हुनुपर्छ । विश्वविद्यालयका सेमिनारहरुमा राजनीतिको कुनै दायरा हुँदैन । तर त्यही राजनीतिबारे जब हामी राज्य सञ्चालनको तहमा छलफल गर्छौं, त्यहाँ रेडलाइन छ ।
यहाँहरुलाई थाहा होला, नोम चोम्स्की बिसौं शताब्दीका ठूला दार्शनिक हुन् । उनी युनिभर्सिटीका प्रोफेसर हुन् । उनका लेखहरु हेर्यो भने उहाँ खासगरी अमेरिकी विदेश नीतिको अत्यन्तै खरो आलोचक हुनुहुन्थ्यो । उहाँले अमेरिका नै संसारको सबैभन्दा ठूला समस्याको स्रोत हो भनेर आफ्ना विद्यार्थीहरुलाई सेमिनार पनि गराउनुहुन्थ्यो । तर उहाँका विचारहरु जस्ताको तस्तै अमेरिकाको सिनेटमा बहस हुँदैन । उहाँलाई सम्भवतः मेरो जानकारीमा आएसम्म कुनै पनि अमेरिकन सिनेट वा कंग्रेसमा लौ न त, के रहेछ भनेर आममन्त्रित पनि गरिएको हुँदैन । जहाँ कि बिसौं शताब्दीको मुर्धन्य व्यक्तित्वमा सायद तीनचार जनामा अथवा यो शताब्दीले उत्पादन गरेको बेस्ट माइन्डमा पर्नुहुन्छ ।
यसर्थ, मैले भन्न खोजेको कुरा, जब राजनीति आउँछ, यो प्राज्ञिक रुचिको रुपमा उठाएर ती कुराहरु राज्य सञ्चालनमा जाँदा एउटा बोर्डर लाइन छ । त्यो फिल्टर भएर जान्छ । तर हाम्रो डिस्कोर्समा त्यो मिसमास छ । सबभन्दा अचम्मको कुरा त के छ भने जुन राजनीति राज्यमा जोडिँदा त्यसलाई अनुदार नभनौं, किनभने राज्य भनेको स्थायित्वको लागि हो । हामीले एउटा नीति परिवर्तन गर्नुपर्यो भने कतिपय क्याबिनेटबाट हुन्छ, तर संविधान परिवर्तन गर्न दुई तिहाई चाहिन्छ । भनेको त, राज्य स्थायित्वको लागि हो । हामी त्यसलाई अलिकति अनुदार भन्न पनि सक्छौं ।
तर, प्राज्ञिक बहसमा केही पनि बार हुँदैन । हामी जे पनि बहस गर्न सक्छौं । तर दुर्भाग्यपूर्ण, हाम्रो बहस कस्तो भइदियो भने एकेडेमिक तहमा अत्यन्तै डोग्म्याटिक (जड), अत्यन्तै अनुदार । हाम्रा प्राज्ञिकहरु पहिल्यै प्रिकन्सिप्ट नोसनबाट हामी बहस गर्छौं । तर राज्यचाहिँ अत्यन्तै खुकुलो छ । हुँदाहुँदा त अब कस्तो अवस्थामा राज्यमा राजनीति पुगेको छ भने दाजुभाइहरुको अंशबण्डा नमिलेपछि पाँच मिलेर राजमार्ग बन्द गरिदियो भने सिडियो सा’बले ‘आउनुस् न वार्ता गरौं’ भन्नुहुन्छ । त्यो भनेको सार्वजनिक नीतिमा हामी एजेन्डा सेटिङ्ग भन्छौं, सबैभन्दा महत्वपूर्ण कुरा राज्यले कुनै पनि एजेन्डा चिन्यो भने मात्र पनि आधाजस्तो एजेन्डालाई स्वीकारेको हुन्छ । यस्तो प्रकारको बहस राजनीतिक वा प्राज्ञिक बहस राज्य सञ्चालनको एउटा अवयवको रुपमा हाम्रोमा गाँजेमाजे भएको छ ।
हामीले यहाँको अहिलेसम्मको राजनीतिक बहस आदर्शको कुरा, दर्शन र सिद्धान्तको कुरा भयो । सम्भवतः संसारका कुनै पनि देशका विकासको बारेमा, सरकारको नीतिको बारेमा, जनताको आकांक्षा पुर्याउने बारेको छलफल दर्शनमा गएर रोकियोस्, यो सायद नेपालमा मात्रै होला । अहिलेसम्म हामी चुकेको भनेको, खासगरी बौद्धिक जगत यो राजनीतिक डिस्कोर्समा कहिले पनि स्टेट फङ्क्सनको कुरामा कुरा गरेनौं । सबै अर्थमा नेताहरु त्यति खराब होइनन् । राजनीतिलाई हेर्दा पनि उहाँहरु त्यतिधेरै असफल होइन । नेताहरु एकठाउँमा बस्नुभयो भने जति जटिल प्रश्नहरुको गाँठो पनि फुकाइहाल्नुहुन्छ । त्यो राम्रो पक्ष हो । बंगलादेशमा हेर्नुस्, दुईजना नेतृहरुको दश वर्षदेखि बोलीचाली नै छैन । राजनीतिक सहिष्णुतामा हामीले त्यतिधेरै गुनासो गर्नुपर्ने छैन ।
गुनासो कहाँ हो भने, हाम्रो राज्य सञ्चालनमा, त्यहाँ राजनीतिज्ञ मात्र होइन, मजस्ता टेक्नोक्र्याटहरु, हाम्रो कर्मचारीतन्त्र, बुद्धिजिवीहरु सबै त्यसमा सामूहिक जिम्मेवार छन् । धेरथोर भाग सबैको जान्छ । दर्शनकै कुरामा जोडियो, वाम वा लोकतान्त्रिक, सामन्त वा दलाल पुँजीपति, वा अझै साम्यवादमै छौं कि पुँजीवादमा आयौं भन्ने, हामी त्यसैमा घुमेका छौं । हाम्रो बहस त्यसैमा घुमाइएको छ ।
अहिलेसम्मका पार्टीका नेताहरुले छुट्टी लिइदिनुस् । उहाँहरुलाई एकदम सम्मान । उहाँहरुले ठूलो इतिहास बनाइसक्नुभएको छ । उहाँहरुले स-सम्मान छुट्टी लिइदिनुस् । छुट्टी लिइदिनुभएन भने मेरो पुस्ताले नसकेपनि मेरो छोराछोरीको पुस्ताले सम्मानित छुट्टी दिनेछैन । त्यो जबरजस्ती छुट्टी हुनसक्छ ।
अहिलेसम्मका पार्टीका नेताहरुले छुट्टी लिइदिनुस् । उहाँहरुलाई एकदम सम्मान । उहाँहरुले ठूलो इतिहास बनाइसक्नुभएको छ । उहाँहरुले स-सम्मान छुट्टी लिइदिनुस् । छुट्टी लिइदिनुभएन भने मेरो पुस्ताले नसकेपनि मेरो छोराछोरीको पुस्ताले सम्मानित छुट्टी दिनेछैन । त्यो जबरजस्ती छुट्टी हुनसक्छ । त्यसैले म के कुरामा आशावादी छु भने जब म मेरा विद्यार्थीहरुसँग कक्षामा हुन्छु, उनीहरु संसारका कोही भन्दा कम छैनन् । उनीहरुसँग भएको सकारात्मक सोच, हाम्रो पुस्तामा नकरात्मक सोच छ । नयाँ पुस्तामा सकरात्मक सोच छ ।
हामीसँग जनताका दैनिक जीवनका समस्या छन् । तर राजनीतिक बहस हुन्छ सय दुई सय वर्ष अगाडि जहाँकि संसारका विद्वानहरुले समेत टुंगो लगाउन नसकेका अत्यन्त प्राकृति प्रकृतिका राजनीतिक मुद्दामा, जसको उत्तर नै आउँदै नढाँटी भन्दा । यस्तो आत्मपरक विषयमा पुरै राष्ट्रमै राजनीतिक बहस र पोलिटिकल डिस्कोर्स भइरहेको छ र विकासको मुद्दा ओझेलमा परिरहेको त्यसैभएर हो । हाम्रो अखबारका ओपेडहरु हेर्नुहोस्, कहीँपनि राज्य सञ्चालनमा भएका मान्छेहरुलाई उत्तरदायी गर्दैगदैनौं । खाली हामी पानी मथिगरहेका छौं ।
लिक्वानको कुरा गर्दा, उनले सिंगापुरको विकास गर्दा पुँजीवादबाट गर्ने कि समाजवादबाट गर्ने कि अथवा अरु धेरै ? उनी त क्याम्ब्रिजको स्कलर । उनले ल र पोलिटिकल साइन्स पढेका हुन् । यस्ता दर्शनहरुमा बहस गर्न कम थिएनन् । उनले त्यहाँबाट बहस गरेनन् । सिंगापुर एयरलाइन्सलाई १५ वर्षमा नम्बर वान एयरलाइन्स कसरी बनाउने ? सिंगापुरका पोर्टहरुलाई एक नम्बर प्रतिस्पर्धी कसरी बनाउने ? अहिले हाम्रा कम्प्युटरका हार्डडिस्क सिंगापुरमै बन्छ र यहाँ हामीले सिंगापुरको कहानी पढ्यौं भने मलेसियाको पार्लियामेन्टबाट रुँदैरुँदै गलहत्याएर मलेसियाबाट निस्किएको हामी सबैलाई थाहा छ । तर, हामी व्यवहारिक नेताहरुको अधिकांश समय दर्शनको बहसमा बितेको छ । राज्य कसरी चलाउने ? जनताका दैनिक आकांक्षाहरु के हुन् ? हाम्रो वृद्धि ७ प्रतिशत कसरी ? भन्ने कहिल्यै नि अखबारमा पढ्न पाउँदैनौं ।
हाम्रा युवाहरुको अरब मलेसियामा के हालत छ ? ठ्याक्कै हाम्रोजस्तै अवस्थामा १९६० मा जापान थियो । यहाँ प्रधानमन्त्री किशीले अमेरिकाको सेक्युरिटी सन्धीमा हस्ताक्षर गरेर आइसकेपछि टोक्यो युनिभर्सिटीमा आगो लाग्यो । विद्यार्थीहरु मरे र जापान फेरि लामो गृहयुद्धमा जाने संघारमा थियो । प्रधानमन्त्री किशीले राजीनामा दिएपछि प्रधानमन्त्री हायातो इकेदा आए र उनले के भने दश मिनेको टेलिभिजन सन्देश दिए । इकेदाले १९६० मा भन्नुभयो, ‘जापानीज जनता, सुन्नुहोस् ! म महत्वपूर्ण कुरा भन्दैछु । तपाईंहरु राम्रोसँग सुन्नुहोस् । दोस्रो विश्वयुद्धमा हामी खरानी भयौं । हामीलाई प्रकृतिले पनि ठगेको छ । भूकम्प यहीँ आउँछ, ताइफू यहीँ आउँछ, सुनामी आउँछ । राम्ररी सुन्नुहोस्, मलाई दश वर्ष समय दिनुहोस् । म तपाईंहरुको आम्दानी डबल गरिदिन्छु । उनले आर्थिक वृद्धि र तलब डबल बनाउने योजना ल्याए । उनले आत्मविश्वासका साथ ल्याएको भिजनमाथि जनताले विश्वास गरे र साथ दिए । आर्थिक वृद्धि पनि भयो, आम्दानी पनि डबल भयो र कहिले पनि पछाडि फर्केर हेर्नु परेन ।
यो म किन भन्दैछु भने हाम्रा नेताहरुको उत्प्रेरणा, अहिले हाम्रा नेताहरुलाई टेलिभिजनको स्क्रिनमा प्लास्टिकको गुडियाजस्तो अनुहार देखिन्छ । कुनै पनि उत्प्रेरणा, आत्मविश्वास केही पनि देखिँदैन । यसकारण हाम्रोमा विकास र राजनीतिक दुवैको पुनर्गठन हुनु आवश्यक छ ।
(केशव दाहालद्वारा लिखित ‘नेपाली राजनीतिको पुनर्गठन’ पुस्तक सार्वजनिकीकरणमा आचार्यले व्यक्त विचारको सम्पादित अंश)
The post पुरानो पुस्ताले राजनीतिबाट सम्मानका साथ छुट्टी लिइदिनुहोस्, नत्र सम्मानबिनाको छुट्टी हुनसक्छ appeared first on Sajha Post.