जो बाइडेन असाधारणरुपमा कमजोर राष्ट्रपतिका सम्झना हुन सक्नेछन् । उनले झिनो मतले राष्ट्रपति निर्वाचन जितेका छन् । निर्वाचन परिणामलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियान शुरुवात गरिसकेका छन् । करिब दुईतिहाई रिपब्लिकनहरू निर्वाचन परिणामलाई स्वीकार गर्न सकिरहेका छैनन् ।
सम्भवतः सिनेटमा रिपब्लिकनहरूको बहुमत हुनेछ । सर्वोच्च अदालतमा ट्रम्पले स्थापित गरेको दक्षिणपन्थी बहुमत हावी छँदैछ । यो स्थितिले बाइडेनलाई घरेलु नीतिमा चमत्कार गर्ने थोरै ठाउँ मात्र बाँकी छोड्दछन् ।
विदेश नीतिको क्षेत्रमा उनलाई केही आक्षांशहरू छन् । तर ती क्षेत्रहरू पनि गम्भीर व्यवधानहरूसहित छन् । पछिल्लो शताब्दिको उदयसँगै अमेरिका विचारणीय ढंगले कमजोर भएको छ । यस बीचका दुईवटा मुख्य घटनाहरूले शक्ति सन्तुलनलाई अमेरिकाबाट चीनतिर ढल्काइ दिएको छ ।
पहिलो- सन् २००८ को वित्तिय संकट थियो जसलाई अमेरिकामा कम आँकियो । दोस्रो- अहिले पनि जारी छ, त्यो कोराना महाव्याधी नै हो । कोरोना महाव्याधीले सन् २००८ को वित्तिय मन्दीले भन्दा अझ ठूलो मात्रामा अमेरिकालाई कमजोर बनाई दिएको छ ।
देश सन् २००८ मा राष्ट्रपति बाराक ओबामाले शासन गर्न जुन देश पाएका थिए, जो बाइडेनले सन् २०२१ को जनवारी त्यही हालतको देश पाउने छैनन् । यसको वैश्विक प्रभाव त्यतिखेरभन्दा धेरै घटेको छ ।
ट्रम्पको विदेश नीतिले यो यथार्थलाई मौन सहमति दिएको थियो । सन् १९४५ देखि सन् २०१६ को बीचमा अमेरिकाले विभिन्न बहुपक्षीय संस्था तथा पश्चिमा राष्ट्रहरूको साझेदारीमार्फत् विश्व प्रभुत्वको रणनीति अपनाएको थियो ।
ट्रम्पले यस्तो विदेश नीतिलाई अस्वीकार गरे । राष्ट्रवादको नाममा अमेरिकालाई एक प्रकारको अगलावको अवस्थामा पुर्याए जुन सन् १९३९ भन्दा अघि थियो ।
अमेरिका एकप्रकारले यसबीचमा विश्वबाट पछि हट्यो । यो कुरा अमेरिकाको पतनजस्तो बन्यो । यहाँसम्म कि चीन नीतिमा समेत अमेरिकाको पछि हटाई देखिन्छ । अमेरिकाको चीनसँगको रणनीतिक संलग्नता दुईवटा मान्यतामा आधारित थिए ।
एक– चीनको आर्थिक उदय दीगो हैन र त्यो अमेरिकी अर्थतन्त्रको प्रभुत्वको लागि जोखिमपूर्ण हुने छैन ।
दुई– चीनको आर्थिक विकासले उसलाई विस्तारै पश्चिमा प्रकारको राजनीतिक प्रणाली अपनाउनु पर्ने अवस्थामा पुर्याउने छ । अहिले यी दुवै मान्यताहरू गलत सावित भएका छन् । फलतः अमेरिकाले यी मान्यतामा बनेका चीन नीतिबाट आफूलाई फिर्ता गरेको छ । प्रतिस्पर्धी र शत्रुतापूर्ण मान्यता अगाडि बढाएको छ तर कम महत्वाकांक्षी पहुँचबाट ।
बाइडेनले चीनप्रति तुलनात्मक रुपमा नरम नीति अख्तियार गर्नेछन् । तर बाइडेनकालमा अमेरिकाको चीन नीतिमा निक्कै ठूलो परिवर्तन आउने सम्भावना भने कम देखिन्छ । उनले ट्रम्पले जस्तो चीनको दानवीकरण नगर्लान् । ट्रम्पका विदेशमन्त्री माइक पोम्पिओले पैरवी गरेजस्तो चीनमा शासन परिवर्तनको प्रयास पनि नगर्लान् ।
तर अमेरिका र चीनको सम्बन्ध सन् १९७०–२०१६ को बीचमा जस्तो सहज संलग्नता नीतिमा फर्किने आशा कमै गर्न सकिन्छ ।
पहिलो कुरा त– रिपब्लिकन हुन् वा डेमोक्र्याट्स, अमेरिकीहरूको चीनप्रतिको बुझाई वा धारणामा त्यतिखेरको भन्दा धेरै भिन्नता आएको छ ।
दोस्रो ट्रम्प र पिरब्लिकनहरूले बाइडेनलाई आफ्नो कार्यकालको चीन नीतिबाट पछि नहट्न बारम्बार सावधान गराउने छन् । जलवायु परिवर्तनजस्ता केही सीमित सवालहरूमा सहकार्य गर्न त्यतिधेरै बाधाहरू नआउँला ।
तर चीनप्रतिको आम धारणा परिवर्तन गर्ने सवालमा बाइडेन ओबामाभन्दा ट्रम्पकै नजिक हुन सक्दछन् । त्यसैले भन्न सकिन्छ कि अमेरिका र चीन सम्बन्धको अवस्था बाइडेन आएर पनि सन् १९७०–२०१६ को बीचको जस्तो नहुन सक्दछ ।
बाइडेनले जब युरोप र एशिया प्यासिफिक क्षेत्रमा आफ्ना साझेदारहरूसँग बहुपक्षीय सहकार्यको खोजी गर्ने छन्, त्यतिखेर उनको दिमागमा चीनसँगको प्रतिस्पर्धा बलियो गरी बसेको हुनेछ । अमेरिका–इयु शिखर सम्मेलनको कुरा अहिल्यै हुँदैछ ।
जलवायु परिवर्तनको सवालमा बाइडेनले पेरिस सम्झौताको सदस्यता खोज्ने छन् । डब्लुएचओको सदस्यताबारे त्यही कुरा हुनेछ । सम्भवत इरानी आणविक सम्झौता र संशोधित कम्प्युटर सञ्जाल सम्झौताबारे पनि त्यही कुरा हुनेछ ।
अमेरिकी विदेश नीतिको महत्वपूर्ण कुन्जी यसको भविष्यसँग जोडिएका मागहरूमै केन्द्रित हुनेछन् । अमेरिका आज सन् २००० को जस्तो देश रहेन । अमेरिका अहिले गहिरो विभाजन र ध्रुवीकरणको अवस्थामा छ । यसको मुख्य कारण यसबीच अमेरिका कमजोर हुनु एकप्रकारले पतन हुनु नै हो । यद्यपि यस्तो पतनको कुरा अहिलेसम्म व्यापक अस्वीकार गरिँदैछ तर यो झनझन स्पष्ट हुँदैछ ।
अमेरिका अहिले चिन्ताजनक अवस्थामा पुगेको देश हो । समस्याग्रस्त देश हो । यो यसर्थ मात्र हैन कि हामीले ट्रम्पजस्तो एक दक्षिणपन्थी स्वेच्छाचारीलाई निर्वाचित गर्यौं । अमेरिकी मानसिकता विभाजन हुनुका बहुआयमिक कारणहरू छन् ।
त्यसको एउटा मुख्य कारण त फराकिलो आर्थिक असमानता नै हो । यहाँ आय र सम्पतिको असमानता धेरै फराकिलो हुँदैछ । अर्को कारण देश अफ्रिकन–अमेरिकनमाथि भइरहेको संरचनात्मक तथा प्रणालीगत विभेद सम्बोधन गर्न निरन्तर असफल भइरहेको छ । यी कारणबाट विस्तारित सवालहरूमा अमेरिकीहरूले निरन्तर र निराशापूर्ण ढंगले विभाजित छन् ।
यहाँ डेमोक्रयाट्स र रिपब्लिकनबीच साझेदारी गर्न समान मैदान उपलब्ध थियो, अब छैन । ध्रुवीकरण यति धेरै बढेको छ कि सरकारको भूमिका नै पक्षघात हुने स्थितिमा पुगेको छ । अमेरिकनहरू आज यो प्रश्न गर्न समेत बाध्य छन् कि के हाम्रो लोकतन्त्र यसरी नै बाँचिरहन सक्ला ?
दृष्टिकोणहरू धुमिल भएका छन् । करिब ३ लाख मानिसको मृत्यु महाव्याधीले भइसकेको छ । यो संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । आधाभन्दा धेरै जनसंख्याले खोप अस्वीकार गर्ने कुरा गर्दैछ । अर्थतन्त्र हिड्न गाह्रो पर्ने गरी लडखडाएको छ ।
धेरै मानिसको वास्तविक ज्याला अकल्पनीय ढंगले तल झरेको छ । बेरोजगारी दर ७ प्रतिशत पुगेको अनुमान गरिँदैछ । वित्तिय संकटले ट्रम्पका लागि बाटो खोलेको थियो । महाव्याधी कमजोर हुँदासम्म अमेरिका कहाँ पुग्ने हो ?
(ग्लोबल टाइम्समा प्रकाशित आलेखको भावानुवाद- सं. )
The post अमेरिका अहिले चिन्ताजनक अवस्थामा छ appeared first on Sajha Post.