Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘ट्रम्पलाई पुनः राष्ट्रपति चुन्नु सामूहिक पागलपन हुनेछ’

$
0
0

आजको दिनमा सबैभन्दा महत्वपूर्ण सवाल यो होइन कि राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना पोजेटिभ भएपछि के सिके । किनकी उनी त्यस्ता मानिसमध्येका एक हुन् जसले कहिले पनि सिक्दैन ।

सबैभन्दा महत्वपूर्ण मुद्दा यो हो कि आम नागरिकको रुपमा हामीले के सिक्यौं ? अझ महत्वपूर्ण कुरा त ट्रम्पका समर्थकहरुले के सिके भन्ने हो । वास्तवमा, ट्रम्प सुपरम्यान होइनन्, उनी त सुपर प्रचारक हुन् । महामारीको क्रममा उनको दृष्टिकोणले उनका साथसाथै देशमा नै भयंकर ठूलो नोक्सान भयो । यदि, उनलाई पुनः राष्ट्रपति चुनिन्छ भने यो सामूहिक पागलपनभन्दा अरु केही हुनेछैन ।

ट्रम्पका कुरा

के हामी जसरी सोचिरहेका छौं, के यसरी अत्यधिक मतदाताहरुले सोचिरहेका छन् ? अब यहाँ यसमाथि भर पर्छ कि बाइडेन कस्ता मानिसहरुलाई ट्रम्पको आधारभूत गल्तीको बारेमा बताउन पाउँछन् । महामारीको क्रममा सावधानी अपनाउनु कमजोरी होइन, बरु समझदारी हो । अनुहारमा लगाउने मास्क संस्कृतिका प्रतिक होइन । यो त जिम्मेवारी र सामान्य सुझबुझको कुरा हो । सबैले लगाउनुपर्छ । महामारीमा आफूलाई बाहुबलीको रुपमा प्रस्तुत गर्नु शक्तिशाली हुनु होइन ।

लकडाउनमा नियमको पालना गर्नु स्वतन्त्रता हनन् हुनु पनि होइन । वैज्ञानिक र नेतामा फरक हुन्छ । यदि तपाईंका ग्राहक र कर्मचारी मास्क लगाइरहेका छन् भने यसबाट दुवै पक्षलाई फाइदा हुन्छ ।

ट्रम्पले गल्ती गरे
त्यसो त सरकारको काम सधैं गम्भीर हुन्छ तर महामारीको क्रममा त यो नागरिकको जिन्दगी र मृत्युको सवाल हुनजान्छ । अहिले शिक्षाकदेखि वैज्ञानिकसम्म हरेक मानिस नेतृत्वतिर हेरिरहेका छन् । मानिसहरु निराश र चिन्तित छन् । यसकारण ट्रम्प नेतृत्वको रुपमा र व्यक्तिगतरुपमा दोहोरो गल्ती गरिरहेको देखिन्छन् । महामारीको क्रममा त उनी सबैभन्दा खराब नेता साबित भए ।

थोमस एल. फ्रेडम्यान

एथिक्स एण्ड कम्प्लायन्स कम्पनिका अध्यक्ष डब सिडम्यान भन्छन्, ‘जुन मानिसमाथि नागरिकको जीवन बचाउने जिम्मा छ, यदि ऊ नै गलत सल्लाह र उदाहरण दिन्छ भने के हुन्छ ? आज हामी यस्तै नेतृत्व संकटको सामना गरिरहेका छौं । मानिसहरुले यो कुरा सोचिरहेका छैनन् कि उनीहरुले कसलाई भरोसा गरिरहेका छन् ।

प्रकृतिसँगको लडाई गलत छ

महामारी प्रकृतिका कारण आयो । तर ट्रम्प यसलाई बजारसँग जोडेर हेरिरहेका छन् । राष्ट्रपति र उनका सल्लाहकार यसको गम्भीरतालाई कम गरेर हेरिरहेका छन् ताकि बजारमा अफवाह नफैलियोस् । बजार गज्जबसँग चलिरहोस् र आफूले पुनः जित्न सकूँ भन्ने उद्देश्य यहाँ लुकेको छ ।

कुरा मार्चको हो । ह्वाइट हाउसमा मिडियासँग कुराकानीको क्ममा कैलिन कोन्वे एक प्रश्नलाई लिएर यसैकारण भड्किएकी थिइन् । उनले एक रिपोर्टरलाई सोधेकी थिइन्, ‘तपाईं डाक्टर हो कि वकिल ? जसले यो भनिरहेको छ कि भाइरसको रोकथाम हुनसक्दैन । महामारीको समयमा प्रकृतिले तपाईंसँग केही प्रश्न सोधिरहेको हुन्छ । तर, सबै जवाफ दिन नसके समाजले यसको दुश्परिणाम भोग्नैपर्छ । ट्रम्प प्रकृतिप्रति नरम छैनन् । उनको नजरमा यसबाट पार पाउने विचारधारा राजनीति, बजार र चुनावको क्यालेन्डरमा लुकेको हुन्छ ।

फेरि के चाहन्छन् ट्रम्प ?
राष्ट्रपति ट्रम्प चाहन्छन् कि मानिसहरु केवल दुई कुरामा विश्वास गरुन् । पहिलो- अर्थतन्त्र खुला गरिदिनुपर्छ र भाइरसलाई बेवास्ता गर्नुपर्छ । दोस्रो- अर्थतन्त्र बन्द गरिदिनुपर्छ र भाइरससँग डराएर घरभित्र थुनिनुपर्छ ।

डेमोक्र्याटहरुले डराउने र घरभित्र थुनिने विकल्प रोजिरहेको ट्रम्पको दावी छ । तर,
प्रश्न त के हामी अर्थतन्त्रलाई थप सावधान भएर थप राम्रो तरिकाले खोल्न सकिन्न ? के भाइरसलाई बेवास्ता गर्न जरुरी छ ?

सही तरिका अपनाऔं
अर्थतन्त्र खोल्ने कुरामा कसलाई दुःखमनाउ हुन्छ र । तर, केही सजिला कदमहरु उठाएर पनि यो काम गर्न सकिन्छ नि । जस्तो कि- मास्क लगाऔं, भौतिक दूरी कायम गरौं । यसबाट मानिस पसल, स्कूल वा आफ्नो काममा सजिलै जान सक्छन् ।
रोगबाट पनि बच्न सक्छन् । जो बाइडेन पनि यही प्रस्ताव दिइरहेका छन् । तर, ट्रम्प कुनै सावधानी नअपनाई भएर इकोनोमी खुल्ने कुरा गरिरहेका छन् । उनी न मास्कलाई प्राथमिकता दिन्छन् न सामाजिक दूरीलाई । यसरी त मानिस घरबाट निक्लिए भने रोग बोकेरै निस्कन्छन् ।

वास्तवमा, ट्रम्पले न प्रकृतिको सम्मान गरिरहेका छन् न नागरिकको । म प्रार्थना गर्दछु कि उनका समर्थकहरुले सही कुरा सिक्नेछन् र सम्झिनेछन् र ३ नोभेम्बरमा ट्रम्पको विरुद्ध भोट दिनेछन् । कयौं अमेरिकी नागरिकको जिन्दगी र रोजीरोटी यसैमा निर्भर छ ।

(न्यूयोर्क टाइम्सबाट भावाुनवाद गरिएको)

The post ‘ट्रम्पलाई पुनः राष्ट्रपति चुन्नु सामूहिक पागलपन हुनेछ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles