विगत केही वर्षदेखि नेपाली राजनीतिमा नयाँ शक्तिको आवश्यकताको बारेमा विभिन्न कोणबाट बहस, छलफल र टिकाटिप्पणी भई रहेका थिए । ०७२ जेष्ठ ३० गते नयाँ शक्ति नेपालको स्थापना घोषणासँगै नेपाली राजनीतिमा नयाँ शक्तिको औपचारिक उदय भएको छ । नेपालको आर्थिक विकास र समृद्धिका निम्ति संगठित राजनीतिक शक्तिको विजारोपण भएको छ । नयाँ शक्ति भन्नाले युगिन आवश्यकतालाई सम्बोधन गर्न सक्ने एक सक्षम नयाँ राजनीतिक शक्तिको हो । राजनीतिक दलहरुको भिडमा एउटा दलको बढोत्तरी नयाँ शक्ति होइन । डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा दर्ता भएका १ सय ८० दलमा थप १ दल थपिए पछिको १ सय ८१ औँ दल होइन भन्नुको अर्थ यो वैकल्पिक राजनीतिक शक्ति हो । अर्थात १ सय ८० दल १ हो भने नयाँ शक्ति नेपाल २ हो । १ को सट्टामा २ खडा हुनुको मतलब २ वैकल्पिक शक्ति हो ।

पुराना राजनीतिक दलहरु शास्त्रीय वैचारिक दर्शन र विचारको धरातलमा निर्मित दलहरु हुन् । स्थापना हुँदाको बखतको वस्तुगत परिस्थितिलाई तिनीहरुले सम्बोधन गरे । आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पूर्णतः फेरिएको छ । त्यसैले उनिहरुको सान्दर्भिकता समाप्त भएको छ । नेपालको आजको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । लगभग ७ दशक पहिले स्थापना हुँदा तत्कालिन विश्व परिस्थिति आजको भन्दा विल्कुल फरक थियो । दोस्रो विश्व युद्ध सकिएको दशक नाघेको थिएन भने शित युद्धको बिजारोपण भएको अवस्था थियो । विश्व दुई ध्रुवमा ध्रुबिकरण भएको थियो । नेपालमा शित युद्धको प्रत्यक्ष वा परोक्ष प्रभाव परेको थियो । नेपालमा भने जहानीया राणा शासनको कैदमा नेपाली समाज पूर्णतः बन्धक अवस्थामा थियो । बाह्य राष्ट्रियताको हिसाबले हेर्दा दुई ध्रुबीय विश्वको असरबाट नेपाल सुरक्षित हुने चुनौतिको विषय थियो । आन्तरिक राष्ट्रियताको हिसाबले हेर्दा राणा शासनको दलालीकरण र निरंकुशताको अन्त्य गर्नु प्रमुख थियो ।
राणा शासनको अन्त्य गरी बहुदलीय व्यवस्थाको स्थापना गर्ने मुल उद्देश्य राखेर आन्दोलनमुखी संरचना बनाइ गठन गरिएको नेपाली कांग्रेस तत्कालिन अवस्थाको क्रान्तिकारी दल हो । उसले सशस्त्र संघर्ष पनि ग¥यो । राणा शासनको अन्त्य गर्न प्रमुख भूमिका पनि खेल्यो । ०६२/६३ को जनआन्दोलनमा पनि आन्दोलनको नेतृत्व गर्यो । ०४६ पछि यो पार्टी विस्तारै क्रान्तिकारी छबीबाट स्खिलित भएको देखिन्छ । त्यस यता परिस्थितिले उसलाई महत्वपूर्ण परिवर्तन र आन्दोलनको अगुवा बनाएको मात्रै हो । ०७२ सालमा गणतान्त्रिक संविधान घोषणाको जस पनि आफैँ लिने ठाउँमा पुग्यो । ठोस रुपमा भन्दा सच्चा र दह्रो वैकल्पिक शक्तिको उदय नभएका कारण नेपाली कांग्रेस आजपनि पहिलो शक्ति बन्न सफल भएको हो । उक्त पार्टी स्थापना हुँदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, ज्ञान तथा विज्ञानमा विकासको अवस्था र चेतना तथा जागरणको तह आज बिल्कुल फेरिएको छ । त्यसो हो भने नेपाली कांग्रेसको आजको सान्दर्भिकतमा प्रश्न उठेको छ ।
डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा दर्ता भएका १ सय ८० दलमा थप १ दल थपिए पछिको १ सय८१ औँ दल होइन भन्नुको अर्थ यो वैकल्पिक राजनीतिक शक्ति हो । अर्थात १ सय ८० दल ‘एक’ हो भने नयाँ शक्ति नेपाल ‘दुई’ हो । एकको सट्टामा दुई खडा हुनुको मतलब २ वैकल्पिक शक्ति हो ।
नेपाली राजनीतिमा दोस्रो शक्तिको स्थान ओगटेको दल नेकपा एमाले पूर्णतः शास्त्रीय पार्टी हो । वैकल्पिक राजनीतिक शक्तिको उदय नभएका कारण उ आज दोस्रो राजनीतिक शक्ति बनेको छ । उसको वैचारिक आधार भनेको मार्क्सवाद र लेलिनवाद हो । आधा दशक अगाडिको माक्र्सवाद र लेलिनवाद हो । आजको सन्दर्भमा विकसित होइन । शास्त्रीय वैचारिक ट्याग लगाएको व्यवहारतः सामान्य लोकतान्त्रिक पार्टी हो । विचार र व्यवहारमा तालमेल नभएको अनमेल पार्टी हो । निरंकुश शासन व्यवस्थाको अन्त्यका लागि आन्दोलनमुखी सांगठानिक संरचना बनाएर स्थापित यो पार्टीको सान्दर्भिकता सकिएको छ । त्यसो भए दोस्रो शक्तिको रुपमा किन विद्यमान छ त ? भन्ने प्रश्न खडा हुन्छ । यसो हुनुमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको अभाव भएकाले हो । जनता पुराना पार्टीहरुको बिचमा छनौट गर्न बाध्य छन् । राम्रो र नराम्रो बिचमा राम्रोको छनौट होइन नराम्रो र नराम्रो बिचको कम नराम्रो दल रोज्नु जनताको नियती बनेको छ ।
०४६ सालपछि पञ्चायती पृष्ठभूमि भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अस्तित्वमा आयो । उमेरका हिसाबले नयाँ भएतापनि वैचारिक र व्यवहारिक हिसाबले घोर दक्षिणपन्थी अवसरवादी बन्यो । राजतन्त्रको सामिप्यतामा बसेर कांग्रेस र एमालेको बिचमा चलखेल गर्दै पटक/पटक प्रधानमन्त्रीको पद हत्यायो । नाममा प्रजातन्त्र झुण्डाएतापनि यो पार्टी अप्रजातान्त्रिक पार्टी हो । ०४६ पछि लामो समयसम्म राजतन्त्र फर्किने आसमा कुरेर बस्यो । आजपनि हिन्दूवादमा आधारित राजतन्त्रको कुरा गरिरहेको छ । यो पार्टी प्रजातन्त्र नामधारी पञ्चायती पृष्ठपोषक पार्टी हो । यसका केही नेताहरुभने सामान्य रुपमा उदारवादी लोकतन्त्रको कुरा गर्छन । यस पार्टीलाई प्रशासनिक पार्टीको संज्ञा दिनु उपयुक्त हुन्छ । यसले न इतिहासको समीक्षा गर्छ न आजको विश्व सन्दर्भमा नेपाली समाजको विश्लेषण गर्छ । भविष्य त यो पार्टीका लागि एका देशको कथा हो । यो पार्टी नेपाली राजनीतिमा अस्तित्वमा रहनु र नरहनुुमा कुनै तुक छैन् । वैकल्पिक राजनीतिको ज्वारभाटाले यसलाई सजिलै उडाउँछ ।
नेपालमा मधेस केन्द्रित दलहरुको बिगबिगी छ । मेधसको मुद्दालाई मात्रै उठाएर अन्यलाई उपेक्षा गरेर यिनीहरुले एकाङ्की राजनीति गरिरहेका छन् । राजनीति जहिलेपनि पूर्णतामा हुन्छ । उनिहरुको दस्तावेज, भाषण, बहस र छलफलमा गैरमधेसीलाई विपक्षी बनाइएको हुन्छ ।
नेपालमा अर्का खाले राजनीतिक दलहरुपनि छन् । तिनीहरुले २/३ सय वर्ष पुराना सन्दर्भ सकिएका वैचारिक कुराहरुको आडमा आजको राजनीति गर्दैछन् । उनिहरुलाई २१ औँ शताब्दी भन्ने थाहा नै छैन । उनिहरुलाई १८औँ, १९औँ र २०औँ शताब्दी मात्रै थाहा छ । उनिहरुलाई आजको विश्वसँग कुनै सम्बन्ध छैन । उनिहरुको स्वभाव भनेको आज बाँच्ने र विगत भोग्ने रहेको छ । मार्क्स, लेनिन्, स्टालिन, माओ लगायतले दिशा पिसाब गरेको कण्ठै हुन्छ । आजसँग अपडेड हुनु उनिहरुका लागि वाहियात हुन्छ ।
गैरमधेसीप्रति तुच्छ प्रस्तुति उनिहरुको स्वभाव बनेको छ । कसैलाई गाली गरेर राजनीति गर्नेले कहिल्यैपनि सफलता हासिल गर्न सक्दनैन् । इतिहासमा पुर्खाबाट कुनै गल्ति भयो भन्दैमा आजको पुस्तालाई गाली गर्नु बेइमानी हो । मुख्य कुरा त आजको राजनीति हो । आज प्रमुख हुन्छ । गाली राजनीति केही समयलाई मात्रै हुन सक्छ । मधेसी जनताको अधिकार स्थिापित गर्न गैरमधेसीलाई साथमा लिनु पर्छ । गैरमधेसीले उत्पीडित मधेसीको पक्षमा बोल्न सक्ने वातावरण बनाउन मेधस केन्द्रित दलहरुले भूमिका खेल्नु पर्छ । केही मधेसी दलहरुले गैरमधेसीहरुलाई साथमा लिन खोजेको पनि देखिन्छ । गैरमधेसीलाई उनिहरुको पार्टीमा सहज वातावरण छैन । यिनीहरु क्षेत्रीय पार्टी हुन । उनिहरुले वैकल्पिक राजनीतिको भूमिका खेल्न सक्दैनन् ।
नेपालमा आदिवासी जनजातिको अधिकार स्थिापित गर्न भनेर खोलिएका दलहरुको संख्या धेरै छ । उनिहरु नेपाली राजनीतिमा वैकल्पिक शक्ति हुन सक्दैनन् । उनिहरुको पार्टीमा गैरजनजातिहरुको उपस्थिति छैन । एक तिहाई जनसंख्याको नेतृत्व गर्दा अर्को दुई तिहाइ जनता बाहिर हुन्छन् । यस्ता पार्टीहरुले कचकच गर्न सक्छन् तर वैकल्पिक शक्ति हुन सक्नै कनै सम्भावना हुँदैन । उनिहरुले उत्पीडनको मुद्दा उठान गर्दा उत्पीडनभित्रको उत्पीडनको सैद्धान्तिक मान्यतालाई छोडेका छन् । त्यसैले उनिहरुको उत्पीडनको मुद्दाको उठान सतही छ । २० औँ वर्षदेखि जनजातिको मुद्दा उठान गरेका जनजाति दलहरुले अझैपनि यति समान्य कुरामा ख्याल गरेको देखिँदैन । उनिहरु नेपाली राजनीतिको वैकल्पिक शक्ति हुन सक्ने झिनो आशापनि छैन । यो लेख वैकल्पिक राजनीति सम्बन्धी भएकाले वैकल्पिक राजनीतिको कोणबाट विश्लेषण गरिएको छ । उनिहरुले स्वयम् मुल्यांकन गरे हुन्छ की एक तिहाइ जनसंख्या भएको मधेसी/थारु र अर्को एक तिहाइ जनसंख्या भएको खस आर्यहरु उनिहरुको पार्टी बाहिर छन् । थ्रेसहोल्डको व्यवस्थाले उनिहरुको अस्तित्व नै संकटमा पर्ने पो देखिन्छ । वैकल्पिक राजनीतिको त कुरै छोडौँ ।
नेपालमा अर्को खाले राजनीतिक दलरुपनि छन् । ति दलहरुको नेतृत्व सामान्यतः खस आर्य समुदायका मानिसहरुले गरेको देखिन्छ । यी दलहरु राष्ट्रिय दलपनि होइनन् । क्षेत्रीय दलपनि होइनन् । जनजाति दलपनि होइनन् । यिनीहरुलाई अल्पसंख्यक दलको संज्ञा दिनु उपयुक्त हुन्छ । नातागोता, कुलकुटुम्ब, इष्टमित्र, चिनजानका मान्छेहरुको भोट लिएर राजनीति गरेको देखिन्छ । १/२ जना सांसदको लक्ष्य बोकेका हुन्छन् । उनीहरुको दार्शनिक, वैचारिक र राजनीतिक धरातल केहीपनि हुँदैन । यिनीहरुलाई थ्रेसहोल्डको चक्कुले सिध्याइदिन्छ । अस्तित्व संकटमा लर्खराइ रहेका छन् । जनताले तिनीहरुको पार्टी र नेता कसैलाई पनि चिन्दैनन् । यसरी ताइ न तुइको पार्टी खोल्ने स्वतन्त्रता लोकतन्त्रमा दिनु हुँदैन । यसलाई विकृति भन्नु पर्छ । लोकतन्त्रलाई समृद्ध बनाउन लोकतान्त्रिक घेरा तोड्नु हुँदैन । यिनीहरुलाई वैकल्पिक राजनीति भनेको त झर्ला र खाउँला भने जस्तै हुन्छ ।
नेपालमा अर्का खाले राजनीतिक दलहरुपनि छन् । तिनीहरुले २/३ सय वर्ष पुराना सन्दर्भ सकिएका वैचारिक कुराहरुको आडमा आजको राजनीति गर्दैछन् । उनिहरुलाई २१ औँ शताब्दी भन्ने थाहा नै छैन । उनिहरुलाई १८औँ, १९औँ र २०औँ शताब्दी मात्रै थाहा छ । उनिहरुलाई आजको विश्वसँग कुनै सम्बन्ध छैन । उनिहरुको स्वभाव भनेको आज बाँच्ने र विगत भोग्ने रहेको छ । मार्क्स, लेनिन्, स्टालिन, माओ लगायतले दिशा पिसाब गरेको कण्ठै हुन्छ । आजसँग अपडेड हुनु उनिहरुका लागि वाहियात हुन्छ । केही मान्छेलाई भ्रममा पारेर २/४ जना सांसद भने हात पारिरहेका छन् । यि दलहरु नेपाली राजनीतिका वैकल्पिक शक्ति हुन सक्दैनन् । उनीहरुलाई आफूले जानेको कुरामा आत्मरति मात्रै छ । उनिहरुको बोलीमा शास्त्रीय गान र उटपट्याङ पाइन्छ । उनीहरुले राज्यसत्ताको प्रयोग गरेर जनताको सेवा गर्ने भन्दापनि काल पर्खिन खोजेको जस्तो मात्रै देखिन्छ । यिनीहरु वैकल्पिक शक्ति होइनन् ।
नयाँ शक्ति नेपाल जेष्ठ ३० गते नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्ति भन्दै स्थापित भएको छ । यस पार्टीका संयोजक डा. बाबुराम भट्टराई हुनुहुन्छ । यो पार्टी वैकल्पिक राजनीतिक शक्ति बन्न सक्छ वा सक्दैन भनेर विभिन्न कोणबाट विश्लेषण र टिकाटिप्पणी भइरहेको छ ।
–वैचारिक आधारमा नयाँ शक्ति नेपाल नेपाली राजनीतिक वृत्तमा वैकल्पिक शक्ति बन्ने आधार छ । द्वन्द्वात्मक भौतिकवाद यस पार्टीको वैचारिक आधार हो । यसको सार्वभौम तथा सर्वकालिक सत्य भनेको वादे वादे जायते तत्व वोध हो । अर्थात वादविवादको माध्यमबाट यथार्थको खोजी हो । गतिशील निकास हो । यसले विश्वपरिस्थिति र नेपाली समाजको यथार्थको सही विश्लेषण गर्छ । यसलाई अर्को तरिकाले भन्नु पर्दा जहाँ रोग त्यहीँ उपचार\औषधि हो ।
–क्षमतावान तथा सफल नेतृत्व भएका कारण नयाँ शक्ति साँच्चैको नयाँ शक्ति हुने छाँटकाँट देखिन्छ । यस पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेपाली राजनीतिका एक सफल नेता हुनुहुन्छ । नेपालबाट समान्ती निरंकुश राजतन्त्रको समूल अन्त्य गर्न दश वर्षसम्म कष्टसाध्य सशस्त्र संघर्षको डिजाइन र नेतृत्व गर्नु भयो । उहाँले अहिले विकास र समृद्धिको नेतृत्व गर्ने योजनाका साथ नयाँ शक्तिको परिकल्पना गर्नु भएको हो ।
–नयाँ शक्ति नेपालको जन्म इतिहासको गम्भीर समीक्षाको परिणाम हो । नेपालको भौगोलिक एकीकरणको चरण, लोकतान्त्रिक मान्यता र हक अधिकार प्राप्तीको चरण मूल रुपमा समाप्त भएको निष्कर्षको जगमा आर्थिक विकास र समृद्धिको चरण आएको निष्कर्ष निकालिएको छ । यही निष्कर्षले नयाँ शक्ति बलियो शक्ति बन्ने सम्भावना प्रबल छ ।
–आर्थिक विकास र समृद्धिको कार्ययोजनाका आधारमा जनतालाई अपिल गर्नुले नयाँ शक्ति सफल शक्ति हुने आधार प्रदान गरेको छ । पुराना दलहरुको योजना विहीन बकबासपूर्ण भाषणबाट वाक्कदिक्क भएका जनता आर्थिक विकास र समृद्धिको स्पष्ट खाकाको पक्षमा ओइरिने बलियो सम्भावना छ । अमुर्ततालाई मुर्तताले पछार्ने सास्वत मान्यता अनुरुप पुराना दलका अमुर्त भाषणवाजीको विकल्प जनताले खोज्ने छन् ।
– पार्टीभित्र विज्ञहरुको टिम बन्नु नयाँ शक्ति ठूलो शक्ति बन्ने आधार हो । विगतको आन्दोलनमुखी राजनीतिमा राज्यसत्ता प्राप्तिपछिको राज्य सञ्चालन गर्ने योग्य जनशक्तिको अभाव थियो । जीवनभरि रोडको आन्दोलन गरेकाहरुले एक्कासी मन्त्रालयको जीम्मेवारी सम्हाल्नु पर्दा कार्यकुशलतामा गम्भीर संकट पैदा भयो । नयाँ शक्तिले यो कमजोरीबाट पाठ सिकेको देखिन्छ ।
– नयाँ शक्तिले पार्टी स्थापनाको दौरानमै भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताको मनस्थिति नै भ्रष्टाचार विरुद्ध बनेको छ । भ्रष्टाचारको आहालमा डुबेका दलहरुको विकल्प जनताले खोजिरहेका छन् । जनताले खोजेको दल नयाँ शक्ति बनेको छ । राज्यका कुनैपनि अंग र निकाय भ्रष्टाचारविहीन छैनन् । नेपाली समाज नै भ्रष्टीकरणको दिशामा उद्दत हुने खतरा भइरहेको यो चुनौतिपूर्ण घडीमा नयाँ शक्तिको भ्रष्टाचार विरुद्धको आन्दोलन सफल हुने देखिन्छ ।
– पछाडी परेको आर्थिक आधार र अगाडि बढेको राजनीतिक चेतनाबिचको अन्तरबिरोधले ल्याउने चुनौतिको सही आंकलन । ग्लोबलाइजेशनको प्रभावको कारण र राजनीतिक आन्दोलनका कारण नेपाली जनता चेतनागत रुपमा अगाडि बढेको यथार्थ हो । आर्थिक आधार कमजोर हुनुको प्रमुख कारण भनेको राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको गैरजिम्मेवार कार्य हो भन्नेमा आम जनताको बुझाइमा समानता छ । त्ससैले जनता वैकल्पिक शक्तिको खोजीमा छन् ।
–सांगठानिक संरचना मुलाको जरा जस्तो नभइ वरको जरा जस्तो बनाउने नीतिका कारण यो पार्टीको पक्षमा अत्याधिक मत प्राप्त हुने संकेत देखिएको छ । पार्टीको सांगठानिक स्वरुप स्थानीय जातीय संरचनाको आधारमा बनाउँदा सांगठानिक जरा फिँजिएर जान्छ । त्यो जराले अत्याधिक मत आफ्नो पक्षमा ल्याउँछ । समुदायगत मनोविज्ञानका आधारमा संगठन बनाउनु प्रतिस्पर्धात्मक राजनीतिमा श्रेष्ठता हासिल गर्ने राम्रो तरिका हो ।
– सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु नयाँ शक्ति नेपालको सफलताको एक प्रमुख सूचक हो । आज अभ्यास भइराखेको लोकतान्त्रिक अभ्यास कर्मकाण्डी अभ्यास हो । राइट टु रिकल र राइट टु रिजेक्ट सहितको लोकतान्त्रिक अभ्यास गर्ने यो नीति लोकतन्त्रको वास्तविक अभ्यास हो । नेपाली राजनीतिमा नयाँ शक्तिले यस लोकतान्त्रिक अभ्यासलाई भित्र्याएको छ ।
–नयाँ शक्ति नेपालको अर्को महत्वपूर्ण पक्ष भनेको राज्य र निजी क्षेत्रको सहयात्राको परिकल्पना हो । समाजवादी शासन व्यवस्था र उदारवादी लोकतान्त्रिक शासन व्यवस्थाका असफलताबाट नयाँ शक्तिले पाठ सिकेको देखिन्छ । राज्य र व्यक्तिको सन्तुलनकारी भूमिका खोज्नु नयाँ शक्तिको विशेषता रहेको छ । राज्यको प्रभावकारी भूमिकाभित्र व्यक्तिको निजत्व प्रस्फुटित हुने अबसरको खोजी यस पार्टीले गरेको छ ।
–राष्ट्रिय स्वाधीनताको बारेमा यो पार्टीको स्पष्ट धारणा रहेको छ । नेपालको भूराजनीतिक संवदनशीलताको सही विश्लेषण गरेको छ । नेपाललाई भारत र चीनबीचको गतिशील पुलको रुपमा व्याख्या गरेको छ । भिमकाय अर्थतन्त्र भएका चीन र भारतबाट भरपूर आर्थिक लाभ लिन सक्नु पर्ने दृष्टिकोण छ । दुवै देशसँग समदुरीको व्यवहार गर्ने नीति छ ।
– पार्टीको प्रत्येक तहमा थ्रि इन वानको नीति मार्फत युवाहरुलाई नेतृत्वमा पुर्याउने योजना छ । यसले युवाहरुलाई पार्टीमा आकर्षण गर्छ । यो पार्टी युवामैत्री छ । उर्जाशील युवाहरुले यो पार्टीलाई जनताको बिचमा सहजै सिंचित गर्छन् । पुराना पार्टीहरुले युवाहरुलाई युज एण्ड थ्रो गरिरहेको बेलामा नयाँ शक्तिले युवाहरुलाई नेतृत्वमा ल्याउने नीति ल्याएको छ ।
उपर्युक्त सम्भावनाहरुको बाबजुत नयाँ शक्ति नेपाली राजनीतिमा प्रमुख शक्ति बन्ला ? भन्ने कोणबाटपनि धेरै प्रश्नहरु उठ्ने गरेका छन् । नयाँ शक्तिका नेता कार्यकर्ताहरुले फरक कोणबाट उठेका प्रश्नहरुको सम्बन्धमा ख्याल गर्नु पर्छ । यस पार्टीले केही चुनौतिहरुको सामना भने पक्कै गर्नु पर्छ ।
–नेपाली राजनीतिमा डनवाद र धनवाद हावी छ । पुराना सत्ताधारी दलका प्रायः नेताहरुले चुनावी प्रतिस्पर्धाका लागि आवश्यक डन र ठूलो राशीमा धनको जोहो गरेका हुन्छन् । त्यसैको प्रयोग गरेर चुनाव जित्ने गरेका छन् । विगतको अनुभवलाई आधार मान्ने हो भने डनवाद र धनवादले चुनावी परिणामलाई उल्लेख्य असर पारेको पाइन्छ । चोरको गाउँमा साधुको स्थान नभए जस्तै जालझेल, तिकडम र फोहोरी राजनीति भइ राखेको देशमा सफा राजनीतिले तत्काललाई क्षति ब्यहोर्नु पर्ने हुन्छ । यसमा नयाँ शक्ति सचेत हुन जरुरी छ ।
–डा. बाबुराम भट्टराईको नेम एण्ड फेम, विश्वास र दुष्टिकोणका आधारमा यस पार्टीमा थुप्रै पार्टी एकाकार भएका छन् । विभिन्न क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएकाहरुको उल्लेख्य सहभागिता छ । ति सबैको एकै खाले बुझाइ छैन र हुँदैन पनि । उनिहरुको चित्त बुझ्ने विभिन्न विषय हुन सक्छन् । सबैलाई एउटै धारमा ल्याउन नयाँ शक्तिले फलामको च्युरा चपाउनु पर्नेपनि हुन सक्छ । बुझाइमा एकरुपता ल्याउन सक्नु पहिलो चुनौति हो । शैलिगत रुपमा नै एक बनाउनु अनिवार्य हुन्छ ।
– नयाँ शक्तिको उदयसँगै यस विरुद्धका चलखेलपनि बढ्छन् । पार्टीका प्रत्येक नेता तथा कार्यकर्ता आफ्नो आचरणगत कुराहरुमा सतर्क हुनु पर्छ । कुनै एक नेता तथा कार्यकर्ताको कमजारीले सम्पूर्ण पार्टी पंक्तिलाई असर पार्न सक्छ । कुनै एक निर्वाचन क्षेत्रमा क्रियाशील व्यक्तिको सामान्य कमजोरीले अर्काको विजय सुनिश्चित हुन पुग्छ । पार्टीले आफ्ना नेता कार्यकर्तालाई मेल्डिङ एण्ड युज गर्नु पर्छ । मेल्डिङ गरेर मात्रै पनि हुँदैन र युज गर्न खोजेर मात्रै पनि हुँदैन् । चलखेल विरुद्ध छुरा हुन सक्ने क्याडर उत्पादन गर्नु पर्छ ।
–पार्टीभित्र हार्मोनीको उल्लेख्य विकास गर्न सक्नु पर्छ । आत्मीय सम्बन्ध कायम हुन सकेमा सांगठानिक गाँठो बलियो हुन्छ । पार्टीभित्र ठालू प्रबृत्ति हावी भयो भने संगठन निर्माणमा खिया लाग्न शुरु हुन्छ । ठालूपन, बडप्न सामन्ती संस्कार हो । त्यो प्रत्येक व्यक्तिमा लुकेको पाइन्छ । फरक यति हो की प्रस्फुटन फरक–फरक तरिकाले हुन्छ ।
–नयाँ शक्ति नेपालको प्रतिस्पर्धी दलहरु धेरै हुन सक्छन् । त्यसमध्ये सत्रुतापूर्ण प्रतिस्पर्धी दल माओवादी केन्द्र हुन्छ । किनकी नयाँ शक्तिको उदय र विकासको चौतर्फी असर त्यही पार्टीलाई पर्छ । त्यसैले त्यो पार्टी पंक्ती नयाँ शक्ति नेपाललाई सुरुवातको चरणमै कमजोर पार्न मरिहत्ते गररे लाग्नेछ ।
लाखौँ संस्थापक सदस्यहरु मिलेर स्थापना गरेको यो पार्टीलाई सबै सदस्यहरुले एक ढिक्का भएर संस्थागत गर्नु पर्छ । यसको चौतर्फी विकासका लागि सबै सदस्य त्यत्तिकै जिम्मेवार हुनु पर्छ । नेपालको आर्थिक विकास र समृद्धि हामै्र जीवनकालमा हेर्न लालायित करोडौँ नेपाली जनताको चाहना पुरा गर्न यो पार्टीलाई आगामि निर्वाचनमा पहिलो पार्टी बनाउन लाखौँ सदस्यहरुको अथाह मेहनेतको आवश्यकता छ । जनताले नयाँ शक्ति नेपालको नीति र योजनामा विश्वास गर्न जरुरी छ । कुरै नबुझिकन सबै उस्तै त होनी भनेर प्रश्नको जवाफ प्राप्त गरिहाल्ने गर्नु हुँदैन । लौ भन्नुहोस त पुराना पार्टीले अहिलेसम्म गरे के ? अब केही गर्लान जस्तो लाग्छ ? मलाई लाग्छ दलीय चस्मा फुकालेर हेर्नेहरु सबैको जवाफ एउटै हुन्छ ।
नेपाली राजनीतिका फस्टम्यान डा. भट्टराईको नेतृत्वमा नेपालको बहुआयामिक आमूल रुपान्तरणको लोकमार्गमा सफर गरौँ । अभाव र गरिबीले सिकिस्त हाम्रो देशको चाँडो उपचार गर्ने हामीसँग अर्को विकल्प छैन । त्यस्तो अर्को पार्टी छैन, त्यस्तो अर्को नेता छैन, त्यस्तो अर्को भिजन छैन । हाम्रो समाज नकारात्मक कुरालाई बढी फोकस गर्ने प्रबृत्तिको छ । यसलाई हामीले उल्टाउनु पर्छ । सकारात्मक कुरालाई जोड दिने बनाउनु पर्छ । नयाँ शक्ति नेपाल र डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ नेपाल सम्भव छ । सक्छौँ इँट्टा बनौँ सक्दैनौँ बालुवाको कण बनेर भएपनि सहयोगी बनौँ । कसैले चाहे पनि नचाहेपनि नेपाली राजनीतिमा नयाँ शक्तिको उदय भयो, भयो ।
नेपालको समृद्धि हाम्रै पालामा……….!
The post नयाँ शक्तिको औपचारिक उदय appeared first on Sajha Post.