Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

विचौलियालाई बाईबाई गर्दै यसरी सफल बनाऔं कृषि व्यवसाय

$
0
0

कृषि पेशा आम मानिसका नजरमा दुःख धेरै र आम्दानी थोरै हुने पेशा हो । दिन प्रतिदिन कृषि पेशाबाट किसानहरु निराश भई यस पेशाबाट टाढा भागिरहेका छन् । त्यसो त, नयाँ जोश, जाँगर, लगानीका साथ युवा पुस्ताहरु पनि यस पेशामा आइरहेका छन् ।

परम्परागत कृषि नेपालको लागि निर्वाहमुखी पेशा हो  यसमा वर्षको करिब २ महिना मात्रै व्यस्त हुन पाइन्छ र, बाँकी समय काम हुँदैन । यस्तो खालको कृषि नियमित अन्नबाली, दलहन बाली आदिमा मूल रुपमा केन्द्रित रहन्छ । यसमा पनि सिँचाईको असुविधाको कारण आकाशेपानीको भर पर्नुपर्नुपर्छ । समयमा रासायनिक मल उपलब्ध नहुने समस्या सदावहार छँदैछ । साथमा, गुणस्तरीय बीउबिजनको अभाव पनि छँदैछ । किसानहरुले यी लगायत अनगिन्ती समस्याहरु झेलिरहेको छ ।

तर, युवा पुस्ताहरुका केही प्रतिनिधी पात्रहरु भने यहि दुःखी भनिएको पेशामा आकर्षित भएर गजब ऊर्जाका साथ काम गरिरहेका छन् । आजको यस लेखमा विभिन्न कारणले आकर्षणमा परेका केहि व्यवसायहरुका खास बारेमा चर्चा गर्नेछौं ।

कृषि उपजको बजारीकरणको व्यवसाय
परम्परागत कृषि बजारीकरण प्रक्रियामा साना किसानहरुको घरबारीबाट विचौलियाहरुले कृषि उपजहरु खरिद गर्छन् । उनीहरुले थोक बजार स्थलमा लगेर थोक व्यापारीलाई बेच्छन् । अनि उनीहरुले सो उपज राजधानी वा मुख्य शहरका थोक बजारमा बिक्री गर्छन् । त्यहाँबाट भने खुद्रा व्यापारीले खरिद गरी उपभोक्तासम्म पुर्‍याउँछन् । यहाँ लम्बेतान आपूर्ति श्रृंखला बन्छ ।

अवस्था यस्तो सिर्जना हुन्छ कि एउटा तरकारी ५/६ पटकसम्म बिक्री हुन्छ । उत्पादन गर्नेले थोरै मूल्य पाउँछन् । उपभोक्ताले महंगो मूल्य तिर्छन् । बीचमा विचौलियाहरुलाई मस्ती हुन्छ । उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क हुने आपूर्ति श्रृंखलाको पनि सम्भावना छ । सूचना प्रविधिको विकासले यो बिस्तारै सम्भव पनि बनाइरहेको छ । तर, व्यवसायिकरुपमा ठूलो स्तरमा उत्पादन गर्दा भने विचौलियाहरुको तहहरु पार गर्नैपर्ने हुन्छ ।

यो क्रममा शहरबासीहरुको स्वच्छ र गुणस्तरीय कृषि उपजहरुको खरिद गर्ने चाहनाको प्रतिफलस्वरुप कृषि उपजहरुको बजारीकरणमा नयाँ आयाम शुरु भएको छ । नाम चलेका सपिङ मलहरुमा मात्र हैन अनलाईनमार्फत् पनि कृषि उपजहरुको बजारीकरण आरम्भ भएको छ ।

यसरी गरिने बजारीकरणमा विभिन्न जिल्लाहरुका नाम चलेका कृषि उपजहरु खरिद गरी आफ्नो छुट्टै ब्राण्ड स्थापना गर्ने र स्वच्छता र गुणस्तरीयतामा विशेष ध्यान दिई कृषि उपजहरुको ग्रेडिङ, प्याकिङ तथा समयमा ढुवानीको विशेष व्यवस्था गरिने प्रयत्न भइरहेका छन् ।

हाल औंलामा गन्न सकिने संख्यामा मात्र सपिङ मल तथा अनलाइनबाट यस्ता कृषि उपजहरुको बजारीकरण भइरहेको अवस्था छ । यसरी गरिने बजारीकरणमा उपभोक्ताको बढ्दो आकर्षण पनि देखिएको छ ।

त्यसैले शहरको कुनै एक कुनाको सस्तो स्थानमा गोदाम निर्माण गरी विभिन्न जिल्लाहरुबाट सामान संकलन गर्ने र उपभोक्ताको माग बमोजिमको सामान सोझै अनलाइनबाट वा विभिन्न सपिङसेन्टरहरुलाई आपूर्ति गर्न सकेमा युवा उद्यमीहरुले सफलता अवश्य पाउन सक्नेछन् । यसका लागि मध्यम लगानीबाट शुरु गर्ने र समयसँगै भएको आम्दानीबाट व्यवसायमा थप लगानी गर्न सकिने अवस्था विद्यमान रहन्छ ।

कृषि समूहहरु तथा कृषि सहकारीसँगको समन्वयमा बजारमा उच्च माग भएका कृषि उत्पादनहरुको वर्षैभरी उत्पादन गर्न सकेमा तथा उपभोक्ता समुहको निर्माणमा विशेष ध्यान दिने हो भने सफलता हात लाग्नेमा कुनै शंका छैन । अन्य व्यवसायसँग प्रतिस्पर्धात्मक बन्ने तथा आफ्नो विशेष विशेषता (जस्तै महिला किसानहरुसँगको सहकार्य, प्राङ्गारिक कृषि उत्पादक सहकारी सँगको सहकार्य वा विषादीरहित उत्पादन आदि) सहित अगाडी आउने हो भने यस व्यवसायमा थप सफलता पाउन सकिन्छ ।

कम जोखिमका उपजको उत्पादन
कतिपय कृषि उपजहरु लामो समयसम्म सहजै भण्डारण गरेर राख्न सकिने प्रकृतिका हुन्छन् । किनकी त्यसमा चिस्यानको मात्रा धेरै कम हुन्छ । यदि बजार मूल्य राम्रो नपाएको खण्डमा पनि सहजै ढंगले भण्डारण गरेर राम्रो बजार भएका बेलामा बेचबिखन गर्न सकिन्छ ।

उदाहरणका लागि कालो मास, कालो भटमास, पिँडालु, प्याज वा लसुन जस्ता कृषि उपजहरु खानका लागि वा कतिपय अवस्थामा बीउका लागि पनि अत्यन्त राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ । प्याज वा लसुन जस्ता कृषि उपजहरुको भण्डारण क्षमता सामान्य अवस्थामा पनि करिब ३ महिना वा बढी हुन्छ भने यस्ता कृषि उपजहरुमा गरिने लगानी निसन्देह जोखिमपूर्ण हुँदैनन् ।

उच्च बजार मुल्यका उपजको उत्पादन
सिद्धान्ततः बजार भनेको माग र आपूर्तिमा आधारित हुन्छ । जुन उपजको माग बढी हुन्छ र उत्पादन कम हुन्छ त्यही उपजको मूल्य बढी हुन्छ । उक्त बढी मूल्यको लाभ यसको उत्पादन गर्ने किसान तथा बजारीकरणमा लाग्ने व्यापारी सबैलाई हुन्छ ।

पछिल्लो समयमा युवा कृषकहरु बजार माग उच्च भएका र राम्रो बजार मूल्य पाउन सक्ने कृषि उपजहरुमा केन्द्रित भएर लाभ उठाइरहेको अवस्था छ ।

स्थानीय जातका वा कडकनाथ जातका काला कुखुरा, उन्नत जातको कुरीलो, ड्रागनफुट, किबी, स्ट्रबेरी, पहाडी कागती, कालो मास, रातो च्याउ, जेठोबुढो, मार्सी वा अनादी चामल, आदि केहि उदाहरण मात्रै हुन् जसमा धेरै उपभोक्ताको माग रहेको छ ।

डा. वेदप्रसाद खतिवडा

यस्ता उच्च बजार मूल्य भएका उपजको उत्पादन प्रविधि, बीउ वा चल्ला आदिको उपलब्धता सहज हुँदैन । यसका लागि मिहेनत आवश्यक पर्छ तर, कमै मात्र किसानले मात्र यसको उत्पादन गर्ने हुनाले उत्पादनको परिमाण कम हुने र बजारको माग धान्न सक्दैन र उच्च मूल्य पाइरहेको हुन्छ ।

तसर्थ, उच्च बजार मूल्य भएका यस्ता कृषि उपजको उत्पादन, बजारीकरण, प्रशोधन आदिमा आधारित व्यवसाय गर्न सकेमा युवा कृषकहरु लाभान्वित हुन सक्ने देखिन्छ । अझै यस्ता कृषि उपजहरु प्राङ्गारिक तरिकाले उत्पादन गरेको छ भने त सुनमा सुगन्ध हुने अवस्था छ । किनकी उपभोक्ताहरु क्रमशः हानिकारक रासायनिक विषादिको असरका बारेमा जानकार हुँदै गइरहेको अवस्था छ ।

किसानको समस्या समाधानमुलक व्यवसायहरु
आम किसानहरुको समस्याहरु धेरै छन् । त्यसमा पनि गुणस्तरीय बीउ, बेर्ना वा बिरुवा प्रमुख हुन् । यस समस्यालाई अवसरका रुपमा उपयोग गर्ने हो भने गाउँघरमा नै तरकारीबालीहरुको गुणस्तरीय बेर्ना वा बिरुवा उत्पादनका लागि नर्सरीको स्थापना गर्न सकिन्छ ।

सुन कागतीको गुणस्तरीय बिरुवाको माग, रोग कीरारहित सुन्तलाको बिरुवाको माग, हाइब्रिड तथा उन्नत जातको मकै बीउको माग आदिले पनि केहि सम्भावनाहरु देखाउँछ । यसका लागि विश्वासिलो बीउ कम्पनीसँगको सहकार्य र प्राविधिक ज्ञान भने आवश्यक रहन्छ ।

यसका अलावा किसानको लागि आवश्यक पर्ने मल, बीउ, प्रविधि, प्राविधिक सेवासहितको परामर्श सेवा पनि सँगसँगै उपलब्ध हुन सक्ने खालको कृषि व्यवसायहरु अत्यन्त आवश्यक रहन्छ ।

नेपालमा कृषि पेशालाई व्यवसायिक रुपमा नै अँगाल्ने युवा कृषकहरुमा कतिपय काम गरेको आधारमा त कतिपय जोश र केहि गर्ने उत्साहका साथ आउनु भएको हुन्छ तर वहाँहरुलाई कृषिको उत्पादन प्रविधि, मलबिउ, यान्त्रीकीकरण, बजारका लागि तयारी वा सफल बजारीकरण यस्तै सामान्य जस्तै लाग्ने प्राविधिक विषयमा यथेष्ट जानकारी नहुन पनि सक्छ ।

यस अवस्थामा किसानहरुको समस्या समाधान गर्नका लागि प्राविधिकहरुको समूह मिलेर कृषि तथा पशुपालनको लागि एकै स्थानमा प्राविधिक तथा परामर्श सेवा प्रदान गर्ने व्यवसाय पनि अहिलेको अवस्थामा व्यापक आवश्यक देखिन्छ ।

जुनसुकै कृषि व्यवसायहरु पनि सफल हुन सक्छन् । यसले बढीभन्दा बढी रोजगारी सृजना पनि सक्छन् । जीविकोपार्जनको आधार बन्न पनि सक्छन् । तर यसका लागि भने स्थानीय सरकारको सकारात्मक नीतिहरु, बैंक तथा वित्तिय संस्थाहरुको सहज ऋण उपलब्धता हुनुपर्छ । यसका साथै स्थानीय कृषि उत्पादनको संरक्षणका लागि सरकारको हस्तक्षेपकारी नीति भने आवश्यक हुन्छ ।

२० वर्षे कृषि विकास रणनीतिले पनि कृषिमा व्यापक सम्भावना सिर्जना गर्ने र कृषिलाई आकर्षणको क्षेत्र बनाउने लक्ष्य राखेको छ ।

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

एकीकृत कृषि फार्म: एक युवा अनुभव

‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’

कृषिमा मौरीको महिमा

व्यवसायिक कृषिका अनिवार्य शर्तः बजार, प्रविधि र रणनीतिक लगानी

किसानका लागि उन्नत कृषि प्रविधिमा पहुँचः कहिले र कसरी ?

नेपाली कृषि क्षेत्रमा लगानीको अवसर विश्लेषण

कृषिप्रधान देशमा रासायनिक मलको सधैं हाहाकारः यसरी खोजौं स्थायी समाधान

The post विचौलियालाई बाईबाई गर्दै यसरी सफल बनाऔं कृषि व्यवसाय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles