सन् २००८ को विश्वव्यापी आर्थिक संकटपछि बेलायत युरोपबाट बाहिरिने (ब्रेक्जिट) निर्णय विश्व-व्यवस्थामा सबै भन्दा ठूलो झट्का हो । बल्लतल्ल तङ्ग्रिने अवस्थामा रहेको विश्व अर्थतन्त्र फेरि खुम्चने गम्भिर आशंकाहरु पैदा भएका छन् । ३१ वर्ष पछाडि पाउण्डको मूल्यमा भारी गिरावट आएको छ र संसारभरीको वित्तीय बजार ओरालो लाग्ने खतरा बढ्दै छ । यो गम्भीर र अप्रत्यासित घटनाले विश्व राजनैतिक रंगमञ्चमा कस्तो असर पर्ला ? आज आम चासो र अड्कलबाजीको बिषय बनेको छ ।
बेरोकतोक आम आप्रवासनको समस्या एउटै निर्णायक कारण जस्तो बनेर उभियो बाह्य सतहमा बेलायतको बहिर्गमन र सिङ्गो युरोपको राजनैतिक उथलपुथलको लागि । अमेरिकाको राष्ट्रपतिय चुनावमा पनि यो मुद्दा निर्णायक जस्तो देखिंदैछ । यसले सृजना गर्ने एउटै प्रश्न हो, किन यतिविघ्न कृतघ्न बन्दैछ भुमण्डलीकरणद्वारा निर्देशित खुलापन स्वयं पश्चिमाहरुको लागि ? व्यापार, व्यवसाय, राजनीति, अर्थतन्त्र, बसाईंसराईजस्ता हरसवालमा राज्यको भूमिका नकार्ने भुमण्डलीकरण कतै बिघटनको बाटो समात्दै त छैन ? गम्भीर आशंकाहरु सृजना भएका छन् ।
नेटो संगठनमा सृजित भय र आतंक
२८ सदस्यीय युरोपियन युनियन (बेलायतसहित) का राष्ट्रमध्ये २२ वटा राष्ट्रहरु अमेरिकी नेतृत्वको सैन्य संगठन (नेटो) मा आबद्ध छन् । बेलायत संयुक्त राष्ट्र संघको स्थायी सदस्य राष्ट्र, युरोपियन यूनियनको शक्तिशाली सदस्य तथा अमेरिकाको सबै भन्दा भरपर्दो मित्र शक्ति पनि हो । अफगानिस्तान, ईराक, लिबिया, सिरीयाजस्ता द्वन्द्वग्रस्त देशहरुमा रहेर अग्रीम मोर्चामा सहयोग गर्ने बेलायत नेटोको महत्वपूर्ण सदस्य हो । बेलायतलाई ईयूबाट गुमाउनु त्यो क्षेत्रमा अमेरिकाले आफ्नो अधिपत्य गुमाउनु जस्तै हो ।
यसको पुष्टि सन २०१६ को अक्स्फामको प्रतिवेदनले पनि गर्छ। जसले ६२ जना मान्छेसँग विश्वका ३.६ अरब भन्दा बढी मान्छेसँग सम्पति रहेको देखाएको छ । यो सन २०१० मा ३८८ जना मान्छेसँग रहको थियो भने सन २०१४ मा ८५ जनामा केन्द्रित रह्यो ।
जर्मन ईयूको सबैभन्दा ठूलो अर्थतन्त्र त हो तर अमेरिकाको भरपर्दो मित्र भने होईन। केहि वर्षअगाडि अमेरिकी खुफिया एजेन्सीले गरेको राष्ट्रपति एन्जेला मर्केलको गोप्य कुराकानीको रेकर्डिङ विश्वव्यापी चर्चा र दुई देशको तिक्तताको बिषय बन्यो । अर्को शक्ति सम्पन्न देश फ्रान्स आर्थिक संकट तथा घोर दक्षिणपन्थीहरुको पञ्जामा जकडिंदै गइरहेको छ। यस्तो अवस्थामा आक्रमक ढंगले अगाडी बढिरहेको पुटिनको रसिया सामुन्ने नेटो राष्ट्र तथा अमेरिकी गतिविधि कमजोर बन्ने देखिन्छ ।
विश्व-व्यवस्थामा क्रमभंग
बेलायत जनमत संग्रहको दुई दिनपछि चीनको अलिशान होटलमा अन्तराष्ट्रिय विकास बैंक (५७ देशहरुको हस्ताक्षर) को पहिलो बैठक बस्यो । विश्व बैंकको प्रतिस्पर्धी संस्थाको रुपमा चीनले यसलाई विकास गर्न खोजिरहेको छ । एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआइबी) को रुपमा स्थापित यस बैंकले विश्वव्यापी मान्यता पाईसकेको छ भने नयाँ सदस्यताको लागि थुप्रै देशहरुले आवेदन पेश गरेका छन् ।
यो बैंकले विश्व बैंक भन्दा पृथक तरिकाले बिना पूर्वशर्त, सम्बन्धित देशको बिशिष्टतामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । यो वर्ष बंगलादेश, पाकिस्तान, ईन्डोनेसिया र ताजिकिस्तानमा पहिलो चरण अन्तर्गत ५०९ मिलियन अमेरिकी डलर को विकास कार्यक्रम घोषणा गरेको छ। सँगै चीनले वन बेल्ट वन रोड (The Silk Road Economic Belt and 21st century Maritime Silk Road) को माध्यमबाट अफ्रिका, युरोप र पूरै एसियामा आफ्नो प्रभाव बिस्तार गर्दैछ। रसियाले आफ्नो शित युद्धकालिन सैन्य संरचनाको तिब्र पुनर्गठन गरिरहेको छ । तेलको मूल्यमा आएको भारी गिरावटले अर्थतन्त्र थला परे पनि रसियाले आफ्नो आक्रमक सैन्य गतिविधिमा कुनै कमि ल्याएको छैन । बरु ग्रेटर युरेसीयन प्रोजेक्टमार्फत आफ्नो प्रभुत्व बढाउँदै छ।
यस्तो अवस्थामा बेलायतको बहिर्गमनले अमेरिका र पश्चिमाद्वारा स्थापित विश्व-व्यवस्थामा गम्भीर आँच आउन सक्ने सम्भावना बढ्दैछ । जनमत संग्रहमा स्कटल्यान्ड र उत्तरी-आयरल्याण्डले ईयूभित्रै रहने पक्षमा मतदान गरिसकेका छन् जसको कारण गत वर्ष जनमत संग्रहमा पराजित पार्टी स्कटल्याण्ड नेशनल पार्टी (एसएनपी) ले पुन: स्वतन्त्रताको लागि जनमत संग्रहको माग गरिसकेको छ। यसले भावी दिनमा बेलायत विभाजनको स्पष्ट खतरा देखिंदैछ भने स्पेनमा क्याटेलोनियाले पनि स्वतन्त्रताको लागि जनमतको आवाज अझै घनिभूत पार्ने देखिन्छ। एउटा शक्तिशाली असल मित्र गुमाउनु र भरपर्दो अर्को मित्र नभेटाउनु अमेरिकाको लागि खतराको संकेत हो । चीनको क्रियाशिलता तथा रसियाको आक्रमक व्यवहारले सिंगो शित युद्धपछिको विश्व व्यवस्था टुट्ने अवस्थामा पुगेको छ ।
घोर दक्षिणपन्थी र उग्र राष्ट्रवादको उदय
इन्टरनेशनल न्यूयोर्क टाइम्सको अंकमा अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उमेद्वार बर्नि सेन्डर्सले सन २००१ देखि २०१५ सम्म अमेरिकामा ६० हजार उद्योगहरु बन्द भएको तथा ४८ लाख मान्छेहरु बेरोजगार बनेको भयावह चित्र पेश गरेका छन् । लोकतान्त्रिक शक्तिहरुले आम मानिसमा हुर्किरहेको घृणा, आक्रोश, तनाव र तिक्ततालाई समयमै सम्बोधन नगर्ने हो भने घोर दक्षिणपन्थी, उग्र राष्ट्रवादी र अहंकारवादीहरुको हातमा जनमत जाने टड्कारो खतरा देखिंदैछ। ठूलो स्तरको आप्रवासन, आर्थिक संकट र विदेशीप्रतिको घृणा (जेनोफेबिया) युरोप र अमेरिकामा व्याप्त आजका साझा समस्या हुन् ।
ब्रेक्जिटसँगै आर्थिक विकास, सुशासन र स्थिरताको लागि रचिएको रेगन-थेचर उदारवादी प्रणाली कोमामा पुगेको छ। अहिले यति भन्न सकिन्छ कि भुमन्डलीकरणको सबैभन्दा पछिल्लो चरणको अन्त्यको शुरुवात भएको छ। अबको चरण के होला ?
आप्रवासनको क्रममा प्रवेश गरेका विदेशीहरुले आफ्नो गृह मैदानमा नै आतंककारी आक्रमणबाट मानव शक्तिको ठूलो हताहतिले युरोपबासीको मनोविज्ञान नै परिवर्तन गरिदियो । ब्रेक्जिटको विजय यिनै कारणहरुको परिणाम हो । साथै युरोपियन यूनियनका नीतिहरु कति हदसम्म विभेदकारी छन् भन्ने कुरा युरोपबासीहरुले ग्रिस संकटको समयमा नै भोगेका थिए । त्यसैगरी यूरोपमा आउने समस्या केही खास देशहरुले सामना गर्नुपर्ने बाध्यात्मक खतरा पनि जनताको बुझाईमा परेको थियो ।
सहज आवतजावतले कमजोर अर्थतन्त्र भएका देशहरु अन्य सम्पन्न देशहरुमा भर पर्नुपर्ने अवस्था रह्यो जसले बेरोजगारीको समस्यासंगै सार्वभौमिकताको कुरालाई जोडतोडले उठाइयो । यो आक्रोशलाई पपुलिस्टहरुले राजनैतिक मुद्दामा रुपान्तरण गर्दै मुलधारका बिरुद्ध जनमत आफ्नो पक्षमा तान्न सफल भए । पश्चिमा विज्ञहरुले पनि पपुलिस्टहरुको उदय पछाडिका कारण यहि नै औंल्याएका छन् । बेलायतमा बोरिस जोन्सन र निगेल फारेज, अमेरिकामा डोनाल्ड ट्रम र बर्नि सेन्डर्स, फ्रान्समा ली पेनहरु यसका परिणाम हुन् ।
रेगन-थेचर युगको अन्त्य
सन १९८० को दशकमा उदार अर्थतन्त्र तथा खुला बजारलाई मजबुत बनाई भुमण्डलीकरणको माध्यमद्वारा पश्चिमा विश्व-व्यवस्था सुव्यवस्थित गर्ने दुई मुख्य पात्र पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थेचर हुन् । राज्यको हस्तक्षेपलाई सिमित गरी अर्थतन्त्रमा निजी क्षेत्रको बेरोकतोक भूमिकाले रोजगारीको सुनुश्चितता र अर्थतन्त्र बलियो हुन्छ भन्ने मान्यता लामो समय टिक्न सकेन् उल्टै यसले बेरोजगारी र असमानताको खाडललाई बढाउँदै राष्ट्रको सम्प्रभूतालाई नै खतरामा धकेलिदियो । थोमस पिकेटिले आफ्नो पुस्तक ‘क्यापिटल इन द ट्वेन्टी फर्स्ट सेन्चुरी’मा विश्वमा सा १९८० देखि २००० सम्म असमानताको दर अत्याधिक रहेको र पुन: २०१० यता तिव्र गतिमा बढेको उल्लेख गरेका छन् । यसको पुष्टि सन २०१६ को अक्स्फामको प्रतिवेदनले पनि गर्छ। जसले ६२ जना मान्छेसँग विश्वका ३.६ अरब भन्दा बढी मान्छेसँग सम्पति रहेको देखाएको छ । यो सन २०१० मा ३८८ जना मान्छेसँग रहको थियो भने सन २०१४ मा ८५ जनामा केन्द्रित रह्यो ।
स्रोत-साधन तथा धन-सम्पतिको केन्द्रीकरण सिमित मान्छेको हातमा रहने तथा आम मान्छे बेरोजगार, भोकमरी, आर्थिक अभाव र युद्धको शिकार बन्ने अवस्था रेगन-थेचर युगले दिएको सबै भन्दा ठूलो उपहार हो । अफगानिस्तान, मध्य-पूर्वदेखि लिबिया, सिरीयासम्म आईपुग्दा पश्चिमा शासन व्यवस्था र अर्थतन्त्र धज्जी उडेको छ। ब्रेक्जिटसँगै आर्थिक विकास, सुशासन र स्थिरताको लागि रचिएको रेगन-थेचर उदारवादी प्रणाली कोमामा पुगेको छ। अहिले यति भन्न सकिन्छ कि भुमन्डलीकरणको सबैभन्दा पछिल्लो चरणको अन्त्यको शुरुवात भएको छ। अबको चरण के होला ?
(लेखक नयाँ शक्ति नेपाल केन्द्रीय परिषद सदस्य हुन)।
The post बेलायत बहिर्गमनका अफ्ठ्याराहरु appeared first on Sajha Post.