Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

के ब्रेक्सिटसँगै ग्लोबलाइजेशनको अन्त्य सुरु भएकै हो त ?

$
0
0

uk leaving EU
जतमत संग्रहको नतिजासँगै बेलायत युरोपेली संघबाट बाहिरिने भएको छ । बेलायती जनताले युरोपको साझा बजारबाट बाहिरिने निर्णय गरेपछि एकथरीले ग्लोबलाइजेशन वा विश्वव्यापीकरणको अन्त्य हुन लागेको भनेर बहस पनि गर्न थालेका छन् । के साँच्चै ‘ब्रेक्सिट’ले विश्वव्यापीकरणको अन्त्यको सुरुवात गरेकै हो त ?

विश्व आर्थिक वृद्धिका प्रमुख तत्व खुला व्यापार तथा बजारमाथि नियन्त्रण गर्नुपर्ने आवाज युरोप तथा अमेरिकामा उठ्न थालेको छ । खुला व्यापार तथा बजारको ठाउँमा दक्षिणपन्थी संरक्षणवाद तथा राष्ट्रवाद हावी हुने खतरा फ्रान्स तथा नेदरल्याण्डका नेताहरुको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ ।

एकातिर युरोपेली युनियनबाट बाहिरिने बेलायती निर्णयले विश्व अर्थतन्त्रमा भुकम्प नै ल्याइदिएको छ । युरोप, अमेरिका तथा एसियाका शेयर बजारमा भारी गिरावट आइरहेको छ, विदेशी विनिमयमा निकै अस्थिरता देखिएको छ र बजारमा देखिएको उताढचढावले अर्थतन्त्रका सम्पूर्ण सूचकहरु नकारात्मक  रहेका छन् । अर्थात् विश्व अर्थतन्त्रमा रातारात बाढी आएको छ जसले गर्दा विश्व आर्थिक व्यवस्था नै खलबलिएको छ । यस प्रकारको अस्थिर अवस्था कहिलेसम्म जारी रहन्छ भनेर कोही पनि निश्चित हुन सकेका छैनन् । यसको अर्थ, अहिले ग्लोबलाइजेशन नयाँ संकटमा फसेको छ र यो संकटले विश्व अर्थ राजनीतिलाई कहाँ लैजान्छ भनेर यकीनका साथ भन्न कसैले सकेका छैनन् ।

अर्कातिर बेलायतमा ‘ब्रेक्सिट’को पक्षमा बहुमत देखिएपछि यसले विश्व आर्थिक वृद्धिका प्रमुख तत्व खुला व्यापार तथा बजारमाथि नियन्त्रण गर्नु पर्ने आवाज युरोप तथा अमेरिकामा उठ्न थालेको छ ।

खुला व्यापार तथा बजारको ठाउँमा दक्षिणपन्थी संरक्षणवाद तथा राष्ट्रवाद हावी हुने खतरा फ्रान्स तथा नेदरल्याण्डका नेताहरुको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ ।

फ्रान्सको अति दक्षिणपन्थी पार्टी फ्रन्ट नेशनलकी नेतृ मरिन लि पिनले बोरिस जोनसनलाई बधाई दिँदै आफू पनि फ्रान्सले युरोपेली युनियन छोड्नु पर्ने पक्षमा रहेका बताइसकेकी छन् । उनले आफू राष्ट्रपतिमा निर्वाचित भएमा ६ महिनाभित्रमा बेलायतमा झैं जतमत संग्रह गराउने घोषणा पनि गरेकी छन् । त्यस्तै नेदरल्याण्डका राजनीतिज्ञ गिर्ट विल्डर्स नेदरल्याण्ड युरोपेली युनियनबाट बाहिरिन सक्ने भनेका छन् ।

युरोपमा मात्रै होइन, अमेरिकामा पनि ग्लोबलाइजेशनविरुद्धको आवाज उठ्न थालेको छ । खुला बजारलाई प्रोत्साहन गर्ने विभिन्न सम्झौताहरुप्रति आमरुपमा आशंका तथा विरोध बढिरहेको छ । ‘नर्थ अमेरिकन फ्रि ट्रेड एग्रिमेन्ट’ तथा ‘ट्रान्स प्यासिफिक पार्टनरशीप’ जस्ता व्यापारिक सम्झौतालाई जनताले मात्रै होइन, राष्ट्रपतीय उम्मेदवारहरु हिलारी क्लिन्टन तथा डोनाल्ड ट्रम्पले पनि विरोध गरेका छन् । त्यस्तै शुक्रबार मात्रै स्टानफोर्ड विश्वविद्यालयमा बोल्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले बढीभन्दा बढी मानिसको हितमा ग्लोबलाइजेशनलाई प्रयोग गर्नुपर्ने बताएका थिए । बेलायत युरोपेली युनियनबाट बाहिरने निर्णयले निम्त्याएको संकटले विश्व आर्थिक अवस्थामा केही समस्या रहेकोले मानिसहरुको चिन्ता तथा डर बढेको उनले बताएका थिए ।

ईयू, ग्लोबलाइजेशन र संकट
विशेषगरी गएका केही दशकदेखि ग्लोबलाइजेशन विश्व अर्थतन्त्रको पर्यायवाचीको रुपमा रहँदै आएको छ । विश्व नेताहरुले पनि आर्थिक एकीकरण तथा सहकार्यका लागि भूमण्डलीकरण अपरिहार्य रहेको भन्दै यसको पक्षमा वकालत गरिरहेका छन् । प्रायः मुलूकले आफ्नो सार्वभौमसत्ता तथा भौगोलिक सीमालाई भन्दा आर्थिक वृद्धिलाई जोड दिँदै विश्वव्यापी आर्थिक एकीकरणमा जोड दिइरहेका छन् । यसैको एउटा रुप हो युरोपेली साझा बजार ।

तर दोस्रो विश्वयुद्धले निम्त्याएको विनाश तथा खरानीबाट जन्मेको युरोपेली युनियनको भविष्यमाथि आर्थिक तथा राजनीतिक चुनौतिहरु देखिएका छन् । फ्रान्स, नेदरल्याण्ड, अष्ट्रियालगायतका मुलूकमा अहिले राष्ट्रवादी तथा दक्षिणपन्थी दुवै धार हावी भएको पाइन्छ । यी देशमा ‘हामी पनि युरोपेली युनियनबाट बाहिरिनु पर्छ’ भन्ने आवाज प्रवल भन्दै गएको छ । ब्रसेल्समा गरिने निर्णयले निश्चित वर्गलाई फाइदा पुगेका भन्दै यस्तो आवाज उठाईको हो । एकातिर दक्षिणपन्थी तथा राष्ट्रवादी धार अर्कोतिर विश्वव्यापी आर्थिक अस्थिरताले युरोपेली युनियन चेपुवामा परेको छ । कतै विश्वकै सफल साझा बजार तथा संघ विघटन त हुने होइन भनेर चिन्ता बढेको छ ।

खुला अर्थतन्त्रबाट सबैभन्दा बढी लाभ उठाउने भनेका अन्तर्राष्ट्रिय कर्पोरेशन, धनी परिवार तथा पूँजीसम्म पहुँच भएका मानिस नै हुन् भन्ने आम धारणा बेलायतमा व्याप्त रहेको छ ।

युरोपको आर्थिक राजधानीको रुपमा रहेकोे बेलायतका जनताले युरोपेली युनियनबाट बाहिरिने निर्णय लिएपछि उनीहरु कतै ब्रसेल्समा लिइने निर्णयबाट वाक्क भएका त होइनन् भन्ने संकेत गरेको छ । तर ‘ब्रेक्सिट’ सँगै ईयूको खुला अर्थतन्त्र तथा बजारको औचित्य समाप्त भइसक्यो भनेर अहिले नै भन्दा त्यति सान्दर्भिक नहोला ।

ग्लोबलाइजेशनको एउटा रुप मानिने युरोपेली युनियनले लिने निर्णयका कारण देखिएका समस्याप्रतिको बेलायती जतनाको आक्रोशलाई भने यसले प्रतिबिम्वित गर्दछ । खुला अर्थतन्त्रबाट सबैभन्दा बढी लाभ उठाउने भनेका अन्तर्राष्ट्रिय कर्पोरेशन, धनी परिवार तथा पूँजीसम्म पहुँच भएका मानिस नै हुन् भन्ने आम धारणा बेलायतमा व्याप्त रहेको छ ।

युरोप तथा अमेरिकाका रहेका श्रमिकवर्गले स्थिर ज्याला, बेरोजगारी तथा आर्थिक दुरावस्थाका कारण पनि उनीहरु विश्वव्यापीकरणको धारणाप्रति उत्तिकै आशंकित देखिन्छन् । त्यस्तै ग्लोबलाइजेशनलाई वकालत गरेका कैयौं पश्चिमा मुलुकमा देखिएको धनी तथा गरीबबीच देखिएको असमानताले पनि जनताहरु निराश भएको पाइन्छ । यस्तो पृष्ठभूमिमा बेलायती जनताले गरेको निर्णयले यो प्रणाली आम जनताका लागि बेठीक छ है भन्ने संकेत भने गरेको छ ।

आप्रवासी कामदारलाई ग्लोबलाइजेशनको एउटा महत्वपूर्ण तत्व मानिन्छ । बेलायतले युरोपेली युनियन छोड्नुपर्ने अभियान चलाएका नेताहरुले आप्रवासीको मुद्दालाई जोडतोडले उठाएका थिए । यो मुद्दा जातीय राष्ट्रवादमा आधारित भएर उठाइएको थियो । यसले गर्दा पनि विश्वव्यापी खुला बजार तथा स्वतन्त्र हिँडडुलले बेलायतका मानिसलाई दीर्घकालीनरुपमा नकरात्मक प्रभाव गरेको ठानेर यो मुद्दालाई समर्थन गरेका हुन् भन्दा गलत हुँदैन ।

ग्लोबलाइजेशनको विकल्प के ?
दक्षिणपन्थी राजनीति वा राष्ट्रवाद वा संरक्षणवादलाई ग्लोबलाइजेशनका उपयुक्त विकल्प हुन् भन्ने आवाज उठिरहेको छ । तर यी सबै विकल्प त्यति व्यावहारिक र मानवहितमा नरहेको आवाज पनि उत्तिकै सशक्त रहेको पाइन्छ । यसले ल्याएका समस्यालाई मात्रै जोड दिएर यी विकल्प उठाइएको भन्ने केही मानिसहरुको आरोप रहेको छ । विकल्प खोज्दा पछाडि फर्कन नहुने तर्क गर्नेहरु पनि उत्तिकै छन् ।

ग्लोबलाइजशेनको उपयुक्त विकल्प यही हो भनेर विभिन्न कोणबाट सैद्धान्तिक बहस हुने गरेका छन् । विशेषगरी मार्क्सवादी, समाजवादी तथा नवपूँजीवादी कोणबाट बहस भएको पाइन्छ ।

ग्लोबलाइजेशनले निश्चित मानिसलाई मात्रै फाइदा पुगेको छ जुन सत्य हो । पटक-पटक देखिने आर्थिक मन्दीले शहरीया सम्भ्रान्त वर्गलाई खासै असर परेको हुदैन । तर आम जनतालाई भने यस्तो मन्दी वा संकटले निकै समस्यामा पार्ने गर्दछ । फलस्वरुपः राजनीतिक अतिवादलाई समर्थन गर्न पुगेका छन् । यस्तो अतिवादले मानवजातिलाई दीर्घकालीनरुपमा फाइदा भने हुँदैन ।

ग्लोवलाइजशेनको उपयुक्त विकल्प यही हो भनेर विभिन्न कोणबाट सैद्धान्तिक बहस हुने गरेका छन् । विशेषगरी मार्क्सवादी, समाजवादी तथा नवपूँजीवादी कोणबाट बहस भएको पाइन्छ । तर ग्लोवलाइजेशन यति जटिल बन्दै गएको छ कि एउटै वाद वा कोणबाट हेरेर यसलाई विस्थापित गर्न प्रायः असम्भवन नै छ । यसले निम्त्याएका समस्या यति व्यापक छन् कि एउटा समस्यालाई समाधान गर्न खोज्दा त्यहीबाट अर्को समस्या देखिन्छ ।

त्यसैले आर्थिक, राजनीतिक तथा वित्तीय संरचनालाई नयाँ ढंगबाट पुनर्गठन गरेर मात्रै ग्लोवलाइजेशनले सिर्जना गरेको समस्यालाई समाधान गर्न सकिँदैन । विश्व अर्थ व्यवस्थामा आमुल परिवर्तन गरेर मात्रै ग्लोबलाइजेशनको जालो तोड्न सकिन्छ । तर यस्तो आमूल परिवर्तन गर्दा यसभन्दा अगाडि अपनाइएका वाद वा सिद्धान्तलाई नै पुनर्परिभाषित गर्नु आवश्यक देखिन्छ ।

The post के ब्रेक्सिटसँगै ग्लोबलाइजेशनको अन्त्य सुरु भएकै हो त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles