नेपाली काँग्रेसले नेपाली राजनीतिक ईतिहासमा राणा शासनदेखि पञ्चायत हुँदै प्रजातन्त्रिक युगसम्म आईपुग्दा पटक-पटक जनताको अधिकार स्थापित बनाउनको लागि राजनैतिक आन्दोलनको अगुवाई गरेको छ । जनतालाई आधारभूत मानवीय अधिकार दिने तमाम परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको छ । नेपाल र नेपाली जनतालाई लोकतान्त्रिक पद्धतिबाट पनि अग्रगमनको क्षेत्रमा स्थापित गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै अगाडी बढेको राजनैतिक दल ईतिहासका कतिपय कालखण्डहरुमा नैतिकरुपमा चुकेको वा गल्ती गरेको पनि धेरैले औंल्याउँदै आएका छन् । मातृकाप्रसाद कोइराला, विपी कोइराला, गिरिजाप्रसाद कोइरालाहरुले राष्ट्रलाई घात हुनेगरी भारतसँग विभिन्न सन्धी एवं सम्झौताहरु गरे भन्ने आरोपहरु पनि लाग्दै आएका छन् ।
अर्कोतर्फ जब जब नेपाली काँग्रेस शासन सत्तामा पुग्छ तब तब राष्ट्रघाती सम्झौताहरु गर्ने, भ्रष्टाचार बढ्दै जाने, जनताप्रति गैरजिम्मेवार बन्ने, गुट-उपगुटको निर्माण गरी पार्टी भित्रै आपसमा राजनैतिक असहिष्णुतालाई बढोत्तरी दिने, आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न सांसद खरिद बिक्री गर्नेजस्ता अनेकन निकृष्ट कार्यमा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ । यति हुँदाहुँदै पनि नेपाली काँग्रेस सबै भन्दा पुरानो लोकतान्त्रिक पार्टी हो र यसले जनताको आधारभुत मौलिक हक, अधिकार स्थापित गर्न महत्वपूर्ण योगदान दिएको छ । जुन हिसाबले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको अवधारणा अनुसार पार्टी अगाडी बढ्नु पर्ने हो र राजनैतिक परिवर्तन पछि आमरुपमा नयाँ ढंगबाट आर्थिक क्रान्तिको गतिविधी अघि बढ्नु पर्ने हो त्यो हुन नसकेको कुरामा सत्यता छ ।
वि.सं.२०४६/४७ को एेतिहासिक परिवर्तनपछि सबैभन्दा बढी पटक सत्ताको बागडोर सम्हालेको पार्टीले जनताको जीवनस्तर माथि उकास्ने, युवाहरुलाई रोजगारी दिने, सामाजिक विकास, औद्योगिक विकास, मानवीय विकास हुनेगरी कुनै उल्लेखनीय काम गर्न सकेन त्यसको एउटा साईड ईफेक्टले गर्दा पनि १० बर्षे जनयुद्धको सुरुवात र विकास भयो, जसले गर्दा सामान्य सोझासाझा १७ हजार भन्दा बढी जनताको अनाहकमा ज्यान गयो, हजारौं व्यक्तिहरु शारीरिक रुपमा अंगभंग भएर अलपत्र जीवन बाँच्न बाध्य भए । हजारौं घरबारविहिन भए, लाखौं जनता प्रत्यक्ष वा अप्रत्यक्षरुपमा पीडित बने । खरबौंको भौतिक संरचनाहरु ध्वस्त भए । यतिविघ्न विनासबाट पनि खासै आमूल परिवर्तन केही हुन सकेन । राजाको ठाउँमा सेरेमोनियल राष्ट्रपति बनाईयो । गणतन्त्र घोषणा गरियो र संविधानसभाबाट एकथान संविधान बनाईयो ।
वास्तवमा राजनैतिकरुपमा केही परिवर्तन भएको पक्कै हो तथापि राजनैतिक नेताहरुको आचारणगत व्यवहार भने आफु र आफ्नै नातापाताहरुलाई महाजन बनाउने कमाउ धन्दामा लोकतन्त्र, गणतन्त्रको प्रयोग गर्ने शैलीको विकास भयो । जसको परिणाम राजनैतिक नेताहरु रातारात विलासिताको जीवन बिताउन योग्य सेठ/महाजन बने र गरिब जनता निरीह भएर खाडीको घाममा श्रम गर्न बाध्य भए । त्यस्तैगरी वामपन्थीहरुको जनमत अंकगणितिय हिसाबमा (संख्या वा मात्रात्मक तवरमा ) प्रजातन्त्रवादीहरु भनिने कित्ताका पार्टीहरु भन्दा धेरै बढी भएरपनि कहिल्यै यिनीहरु एकआपसमा मिलेर वाम एकता गरेर एउटा मात्रै मुल कम्युनिस्ट पार्टी बनाउन सकेनन् र आपसमै दर्शनका लडाईहरु गरेर कहिल्यै थाकेनन् ।
बरु पटक-पटक अर्थमन्त्री भएर देशको विकास योजनाहरु उत्कृष्टरुपमा छनौट गरेर जनताको जीवनस्तर उकास्ने कार्यक्रमको लागि बजेट विनियोजन गर्नुभन्दा पनि चलिरहेका सरकारी स्वामित्वका उद्योगधन्दा निजीकरण एवं खुल्ला अर्थतन्त्रको नाममा कौडीको मोलमा बेचेर देशलाई अधोगतितर्फ धकेलेको आरोप पछिल्लो समयमा अत्याधिक लगाउँदै आईएको छ ।
अर्को तर्फ लोकतन्त्रको दुहाई दिएर नथाक्ने काँग्रेस पार्टीमा पनि निश्चित सैद्धान्तिक दृष्टिकोण र भिजनको अभाव भएर हो या नेताहरुको नेतृत्व क्षमतामा कमि भएर हो यसले पनि खासै जनताहरुको मन र मष्तिष्कमा रहनेगरी कुनै किसिमका लोकप्रिय काम गर्न सकेन । बरु पटक-पटक अर्थमन्त्री भएर देशको विकास योजनाहरु उत्कृष्टरुपमा छनौट गरेर जनताको जीवनस्तर उकास्ने कार्यक्रमको लागि बजेट विनियोजन गर्नुभन्दा पनि चलिरहेका सरकारी स्वामित्वका उद्योगधन्दा निजीकरण एवं खुल्ला अर्थतन्त्रको नाममा कौडीको मोलमा बेचेर देशलाई अधोगतितर्फ धकेलेको आरोप पछिल्लो समयमा अत्याधिक लगाउँदै आईएको छ । यसको लागि डा. रामशरण महतको सर्वत्र आलोचना बढ्दै गएको छ ।
त्यस्तै भ्रष्टचारको आरोपमा जेल सजायँ भोगेका खुमबहादुर खड्का, चिरञ्जिवी खड्का, गोविन्दराज जोशीजस्ता नेताहरुलाई पार्टीको नेतृत्व पंक्तिमा पुर्याएर जिम्मेवारीता तोकेर भ्रष्टचारलाई संरक्षण दिएको, आ-आफ्ना गुटका नेताहरुलाई संरक्षण प्रदान गरिएको, चाकडीको भरमा सांगठनिक जिम्मेवारिता बाँडफाँड गर्दै आएको, हुनेखानेहरुको पार्टीको रुपमा पार्टीलाई विकास गर्न खोजिएको, नेताहरुमा अनुशासनहिनता बढ्दै गएको, बर्षौंसम्म नेवि संघलगायत विभिन्न भातृसंगठनहरुको महाधिवेशनहरु गराउन नसकेको, संगठनभित्र अान्तरिक लोकतन्त्रको अभाव रहेको, केही व्यक्तिहरुको ईन्ट्रेस्ट र मार्गचित्रअनुसार पार्टी अगाडि बढेको, पार्टी विधिले नभई व्यक्तिगत निर्णयमा अगाडि बढाउन खोजिएकोजस्ता थुप्रै गलत प्रवृति हावी भएको काँग्रेसजनहरु बीचमै चर्चा परिचर्चा हुन थालेको पाईन्छ ।
अन्यथा अहिलेको प्रतिस्पर्धात्मक राजनीतिक अवस्थामा आफूलाई जनतासामू अनुमोदन गर्न नसकेमा कालान्तरमा ईतिहासका पन्नामा पार्टी सिमित नहोला भन्न सकिँदैन ।
अझै काँग्रेस पार्टीको पुरानो रोग भनेकै ठूला नेताहरु अर्थात् शिर्षस्थ ठानिएका नेताहरुको अघिपछि लरीघसीगर्ने वा चाकडी गर्नेहरुलाई संगठनमा र आर्थिक लाभका सरकारी पदहरुमा आकर्षक जिम्मेवारी दिने चलन रहेको मानिन्छ । त्यसो त जीवनभरी ईमान्दारिताका साथ राजनीति गर्ने क्याडरहरुलाई पनि पाखा लगाएको सबैले देखेकै छन् । कुलबहादुर गुरुङहरु जस्ता धेरै ईमान्दार नेता, कार्यकर्ताहरुलाई पटक पटक बलीको बोका बनाएको परिदृश्य पनि कुनै नौलो होईन ।
यसैले आगामी दिनहरुमा साँच्चिकै लोकतन्त्रिक समाजवादबाट नेपालको विकास गर्न सकिन्छ भन्ने मान्यतालाई जनताहरु सामु विस्वस्त पार्ने प्रयास अगाडी बढाउने हो भने काँग्रेस पार्टीको संगठनात्मकस्वरुप, पार्टीको कार्यशैली, नेतृत्वशैली, सांगठनिक जिम्मेबारीको बाँडफाँड, पार्टीले अवलम्वन गर्ने राजनीतिक, आर्थिक एजेण्डा, राष्ट्रिय नीति एवं भिजन आदिमा स्पष्टरुपमा विकास र परिवर्तन आउनुपर्ने देखिन्छ । अन्यथा अहिलेको प्रतिस्पर्धात्मक राजनीतिक अवस्थामा आफूलाई जनतासामू अनुमोदन गर्न नसकेमा कालान्तरमा ईतिहासका पन्नामा पार्टी सिमित नहोला भन्न सकिँदैन ।
बाल्टिमोर मेरिल्याण्ड, अमेरिका
The post नेपाली कांग्रेसले भुलेको बाटो appeared first on Sajha Post.