Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

जो वाइडेनले ट्रम्पलाई यसरी हराउन सक्दछन्

$
0
0

यदि जो वाइडेनले आफ्ना अस्त्रहरु ठीक ढंगले प्रयोग गर्न र कार्डहरु राम्ररी खेल्न सके भने ट्रम्पलाई हराउन सक्दछन । ७७ बर्षीय वाइडेन सुस्ता चालका राजनीतिक खेलाडी हुन् । राष्ट्रपति ट्रम्प उनलाई ‘सधैं निदाएजस्तो जो’ भन्ने गर्दछन् । यदि वाइडेनले ट्रम्पलाई हराउने हो भने अमेरिकी राष्ट्रपति निर्वाचनको परम्परा नै तोडिनेछ । सुस्त र सुताहा जोले माहौल तताउन पनि सक्दछन् ।

यसपालि राष्ट्रपति निर्वाचन अभियानको फरक कुरा सामाजिक दूरी हो । यसकारण मिडिया र स्क्रिनहरुको महत्व र प्रयोग बढ्ने निश्चित छ । यसले वाइडेनलाई त्यसै अनुकुलता थपेको छ । उनले चुनाव प्रसारका लागि धेरै यात्रा गर्नु पर्ने र खर्च जुटाउनुपर्ने बोझबाट मुक्ति पाएका छन् ।

त्यसको साटो उनी डिजिटल विधिबाट सर्वत्र देखिन सक्दछन् । यसको लागत खर्च पनि निक्कै कम हुनेछ । उनले निर्वाचन अभियान मिडिया, सामाजिक सञ्जाल र डिजिटल प्रविधिबाट पनि सम्भव छ भन्ने पुष्टि गर्दिए त्यो नयाँ अभ्यास हुनेछ । राष्ट्रपतिको उम्मेद्वार सशरीर सबैतिर उपस्थित हुनु पर्दछ भन्ने के छ र ?

वाइडेनको सबैभन्दा ठूलो सम्पत्ति भनेकै उनीप्रति बढ्दो सहानुभूति हो । राजनीतिज्ञहरुले अन्तर्वार्ता कसरी राम्ररी दिने, बहसलाई कसरी आफू अनुकुल पार्ने जस्ता रणनीति र तरिकाहरु अरुबाट पनि सिक्न सक्दछन् तर मतदातामा सृजना हुने न्यानोपना अरु कुरासँग तुलनीय हुँदैन । यो चलाखी गरेर हासिल गर्न सकिने चिज पनि हैन । त्यो सहानुभूति र न्यानोपनलाई टेलिभिजन अन्तर्वार्तामार्फत् उनले अझ मजबुत बनाउन सक्दछन् ।

सन् २०१७ मा ‘द भ्यू’मा देखापरेका वाइडेनका बारेमा एकक्षण सोचौं । त्यहाँ उनी आफ्ना क्यान्सर पीडित पिता सिनेटर जोन म्याक्लनकी छोरी मेघन म्याकलनलाई सहानुभूति दिन प्रकट भएका थिए । यो दृष्य टिभीको प्रत्यक्ष प्रसारणमा निक्कै ध्यान दिन योग्य र सहज दृष्य बनेको थियो । त्यतिखेरै धेरैले वाइडेनले स्थिति अनुरुप आफूलाई राम्ररी प्रस्तुत गर्न सकेको ठानेका थिए ।

मतदाताहरु आफ्नो उम्मेद्वारलाई कुनै कमाण्डर–इन–चिफ जस्तो हैन, ‘सर्वोच्च उपचारक’ अनुभूत गर्न चाहन्छन् । अक्सर मानवीय र संवेदनशील दृष्यले मतदातालाई स्पर्श गर्दछ । राष्ट्रपति ट्रम्पमा भने यसको एकदमै उल्टो स्वभाव छ । उनी अमेरिकी जनताको संकट, दुख्ख र पीडाप्रति एकपछि अर्को सहानुभूतिहीनता र असमर्थता व्यक्त गरिरहेका हुन्छन् ।

डेमोक्र्याट्सहरुले वाइडेनको सहानुभूतिशील पक्षलाई मिडियामार्फत् अझ बढी उजागर गर्न जरुरी छ । ट्रम्पको ४ बर्ष लामो शासनको चिसोपनलाई भेट्न वाइडेन न्यानो कम्बल हुन सक्दछन् भन्ने प्रत्याभूति दिन सक्नु पर्दछ । उनीहरुले यो बुझ्नु पर्दछ कि सन् २०२० को चुनाव जित्न उनीहरुसँग कुनै ‘चाँदीको गोली’ छैन । डेमोक्र्याट्सहरुबीचको एकता र सहकार्य त्यसको एउटा आधार हुन सक्दछ र उनीहरु वाइडेनको असल हृदयबारे खुलेर बोल्न लजाउनुपर्ने कुनै कारण देखिँदैन । वाइडेनका समर्थकहरुले जति बढी मतदाता समक्ष आफूलाई पुर्‍याउन सक्दछन, त्यति नै ट्रम्पको हार पक्का हुनेछ ।

अमेरिकाका मानिस सबैभन्दा बढी विश्वास आ-आफ्नै राज्य र शहरका स्थानीय सञ्चारमाध्यमलाई गर्दछन् । तसर्थ शुरुवात त्यहीँबाट गर्नु जरुरी छ । वाइडेनलाई राष्ट्रपतिको चुनाव जित्न २७० निर्वाचक मत चाहिन्छ, यसका लागि पेन्सिनभेलिया, मिसिगन र वेल्कोसिनमा ध्यान दिनु पर्ने हुन्छ । सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टन यिनै राज्यहरुको कारणले हारेकी थिइन् । ती राज्यहरुमा अहिले भ्रमण र प्रचार सम्भव छैन । तर स्थानीय समाचार माध्यमले वाइडेनलाई कत्तिको स्थान दिएका छन्, त्यो डेमोक्र्याट्सहरुले ध्यान दिन आवश्यक छ ।

घरमै बसीबसी वाइडेन मिलाउकी र मेडिसनजस्ता प्रातःकालीन शोमा देखिन सक्दछन् । फोन मार्फत् फिलाडेल्फिया, पिटर्सबर्ग रेडियोसँग कुरा गर्न सक्दछन् । डेट्रोइट समाचार र लासिङ स्टेट जर्नलका संवाददाता र स्तम्भकारलाई अन्तर्वार्ता दिन सक्दछन् । आफ्नो डेलावरको घरमा बसेर खाना खानुभन्दा अघि वा पछि यी काम गर्न वाइडेनलाई कुनै थप बोझ होला जस्तो लाग्दैन ।

डेमोक्र्याट्सहरुले सञ्चारमाध्यमबाट बन्ने जनमतको प्रारम्भिक प्रवृत्तिलाई विश्लेषण गर्न जरुरी छ । मिडिया कभरेज भएर मात्र हुँदैन, मिडियामा खपत भइरहेको सामग्रीहरुको प्रभाव पनि हेर्नु पर्दछ । साथै मतदाता मनोविज्ञान बर्गिकृत हुन्छ, सबैलाई एकै प्रकारको रणनीतिबाट स्पर्श गर्न सकिन्न । ४० बर्षमुनिका मतदातामा मोवाइल र सामाजिक सञ्जाल प्रभावकारी हुन्छन् । अश्वेत मतदाताले स्थानीय टिभीलाई महत्व दिन्छन् । ल्याटिनो मतदातामा स्पेनिश भाषाका टिभी र रेडियोको प्रभाव धेरै हुन्छ । ठूला शहरहरुमा अंग्रेजी भाषाका स्थानीय रेडियोको प्रभाव धेरै छ ।

वाइडेन आफैमा राम्रा सन्देशकर्ता हुन् तर मिडिया रणनीति उनी एक्लैले जित्न सक्दैनन् । उनले यो अभियानमा आफ्ना बलिया समर्थक, सामुदायिक व्यक्तित्व, सेलिब्रेटी र पार्टीको तर्फबाट निर्वाचित स्थानीय तथा राज्यस्तरका प्रतिनिधिलाई अधिकतम उपयोग गर्नु पर्दछ । यस्ता व्यक्ति, व्यक्तित्वको आवाज मतदाताले ध्यान दिएर सुन्छन् ।

बाइडनका डेमोक्र्याटिक प्राइमर प्रतिस्पर्धीहरु पेटे बुटिङ, इलिजावेथ बारेन, बर्नी स्यान्डर्स यसका लागि उपयोगी हुन सक्दछन् । यी व्यक्तित्वसँग मतदाताको सहानुभूति वाइडेनतिर मोड्न सक्ने नैतिक ताकत र अपिलिङ क्षमता छ । इलिना ग्रेन डेमोक्र्याट समर्थक हुन् । उनका १८० मिलियन इन्स्टाग्राम समर्थक छन् । उनी संसारकै धेरै फलोअर भएको मध्ये पर्छिन् । डाइने जोन्सन अर्को डेमोक्र्याट हुन्, उनका पनि उत्ति नै इन्स्टाग्राम फलोअर छन् ।

यिनीहरुले गर्ने अपिलिङ फरक हुन्छ । यिनीहरुले गैरराजनीतिक तरिकाबाट राजनीतिक अभियान गर्न सक्दछन् ।

कोरोना भाइरस विरुद्ध साहसिक र सफल संघर्ष गरिरहेका गवर्नरहरु एन्ड्रयु क्युमो, ग्रेटचन ह्वाटमर, गेभिन न्यूसोभलाई पनि वाइडेनले उपयोग गर्न सक्दछन् । यिनीहरुले मतदातालाई सिधै राजनीतिक कुरा गर्न जरुरी छैन । उनीहरु कोरोना भाइरसको विशेषता, यसविरुद्धको संघर्षका रोचक पक्षलाई जोडेर सन्देश बनाउन सक्दछन् । यो संघर्षलाई सार्थक बनाउन ट्रम्पजस्तो लापरवाहभन्दा वाइडेनजस्तो संवेदनशील व्यक्ति राष्ट्रपतिका रुपमा उचित हुने तर्क राख्न सक्दछन् ।

डेमोक्र्याटहरुले आफ्नो मुद्दाहरुलाई धारिलो पार्न जरुरी छ । एउटा प्रवल मुद्दा त जनस्वास्थ्य नै हुने देखिन्छ । ट्रम्पको शासनकालमा किसानमाथि परेको दुस्प्रभावको डकुमेन्ट्री नै बनाउन सकिन्छ । श्रमिक वर्ग र बेरोजगारहरुको पीडा अर्को महत्वपूर्ण मुद्दा हो । ट्रम्पको कर, भन्सार नीतिले हलीउड सिनेमादेखि मनोरन्जन उद्योगका सबै क्षेत्रलाई नराम्रो असर पारेको छ, त्यसको उजागर वाइडेनले गर्न सक्नु पर्दछ ।

वाइडेन यसपालि मिडियामा जानैपर्छ । किनकी अरु धेरै विकल्प छैनन् । सन् २०१६ को निर्वाचनमा ट्रम्प र हिलारीको रणनीतिमा यही भिन्नता थियो । ट्रम्प मिडियामा धेरै जान्थे । हिलारी परम्परागत भेला, अधिवेशन र भेटघाटमा धेरै समय लगाउँथिन् । आज ४ बर्षपछि पनि ट्रम्पको त्यो रणनीति कायमै छ । उनी फक्स न्युज, ट्विटर र सेन हानिटीको उत्तिकै उपयोग गरिरहेका छन् ।

कोरोना भाइरस संकटको कारण ट्रम्पको उपस्थिति मान्छेहरुलाई अपत्यारिलो लाग्न थालेको छ । यसपालि ट्रम्प जतिधेरै बोल्छन, उतिनै नकारात्मक प्रभाव पर्ने सम्भावना छ । उनले कोरोना महामारीको व्यवस्थापन गर्ने आत्मविश्वास निरन्तर गुमाइरहेका छन् । चुनावको अन्तिम घडीतिर उनी पुरानै विद्वेष र विभाजनको मुद्दातिर फर्किन सक्दछन् । त्यसअघि नै वाइडेनले मतदातामा ट्रम्पको असफल रणनीतिबारे एकप्रकारले कन्भिन्स गरिसक्नु पर्ने हुन्छ ।

विद्यमान असाधारण स्थितिबाट सामान्य अवस्थामा फर्किन यो निर्वाचन अभियानलाई असाधारण तरिकाले नै उपयोग गर्न जरुरी छ ।

(द न्यूयोर्क टाइम्सबाट)

The post जो वाइडेनले ट्रम्पलाई यसरी हराउन सक्दछन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles