२०१७ मा जब चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङको फरबिडन शहरमा स्वागत गरे तब राष्ट्रपति सीले शान्ति प्वाइन्ट गरेर कन्फुसियन म्याक्सिम सिद्धान्तमा केन्द्रित हुँदै भने, ‘सबैभन्दा ठूलो पुरस्कार भनेको शान्ति हो ।’
सीको उक्त भनाईलाई विश्वले मनन गर्नुपर्ने अहिले सबैभन्दा महत्वपूर्ण घडी हो । तर अहिलेको अत्यावश्यक समयमा नै विश्वका दुई नेतृत्वशाली शक्ति दुई धारमा उभिएका छन् । अमेरिकी समुदायबीच चिनियाँविरोधी भावना फैलिएको छ भने चीनमा आजभोलि यदि तपाईं अमेरिकासँग क्रोधित हुनुहुन्न भने तपाई देशभक्त होइन भन्ने एउटा भनाई एकदमै प्रख्यात छ ।
चीन अमेरिकाबीचको तनाव अहिले यति गम्भीर स्थितिमा पुगेको छ यदि कुनै गैर पृथ्वी प्रणालीले पृथ्वीमा हमला गर्यो भने मात्र यी मुलुकहरुबीचको तनाव कम हुने देखिन्छ । यो कोणबाट हेर्दा हामीले खोजेको त्यो हमला भनेको अहिलेको कोभिड-१९ को महामारीलाई मान्न सकिन्छ । अनुत्पादक झगडा, आरोप प्रत्यारोप र एकअर्कोमाथि औंला ठड्याउनुको सट्टा चीन र अमेरिकाले मिलेर यो प्रकोपको औषधि र एन्टीडट भ्याक्सिन खोज्नमा समय लगाउनुपर्ने हो ।
कोभिड-१९ को प्रकोपले दुवै मुलुकलाई झैझगडाको स्थितिदेखि मिलनको स्थितिसम्म पुग्ने बाटो खोलिदिएको छ । विशेषगरी भन्ने हो भने यो प्रकोपले चीनलाई उसको उदाउँदो शक्तिको रणनीतिक द्विविधालाई सम्बोधन गर्ने दुर्लभ अवसर दिएको छ । चीन सधैं अमेरिका र अन्य प्रमुख शक्तिकेन्द्रहरुको विश्वास जित्न संघर्ष गर्दै आईरहेको छ । बोलीभन्दा पनि कामले भू-राजनीतिक स्वार्थमा रहेर भन्दा पनि वैश्विक भलाईको कामको आधारमा रहेर यो समय चीनले आफ्नो अन्तराष्ट्रिय छवि बनाउन सक्ने अवसर छ ।
विश्व अहिले अचानक स्वास्थ संकटमा फसेको छ । यससँगै उत्पन्न भएको आर्थिक तरलताको संकटमा पनि फसेको छ । परिणामस्वरुप धेरै अर्थतन्त्रहरु १९३० को दशकको ठूलो मन्दीको अवस्थामा पुग्ने देखिन्छ । जुन २००८ को मन्दीभन्दा पनि विकराल थियो ।
त्यो ठूलो मन्दीबाट आएको एउटा प्रमुख सिकाई भनेको धनी मुलुकका सरकारहरु वैश्विक संरक्षणवादका उपायहरुतिर झुकेका थिए । यसका लागि अमेरिकाले स्मुथ हावले ट्यारिफ एक्ट र बेलायतले एबनर्मल इम्पोर्टेसन्स एक्टहरुका उपायहरु ल्याएका थिए । यसको परिणामस्वरुप व्यापार तथा पूँजीको हलचलमा कडा मन्दी आएको थियो । वास्तवमा भन्नुपर्दा कुनै पनि एक मुलुकले आफ्नो हित र स्वार्थका लागि ल्याउने नयाँ नीति नै वैश्विक आर्थिक संकटको मुख्य कारक बन्ने गरेको छ ।
बितेका २० वर्षका प्रत्येक महत्वपूर्ण वैश्विक संकटहरुले चीनलाई आफ्नो कूटनैतिक सम्बन्ध बलियो बनाउने अवसर दिँदै आएको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुस र बाराक ओबामा दुवैले चीनलाई अमेरिकाको सबैभन्दा सस्तो प्रतिस्पर्धीको रुपमा तोक लगाए । तर प्रत्येक समय चीनले अवस्थालाई आफूअनुकूल बनाउन सक्षम भएको छ । पहिलो भनेको २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि उसले आतंकवाद विरुद्धको लडाईमा सहकार्य गर्यो । त्यसपछि पुनः २००८ का वैश्विक वित्तिय संकटको समयमा उसले वैश्विक मागलाई सहयोग पुर्याउने र वित्तिय बजारलाई शान्त पार्ने काममा अहम् भूमिका निर्वाह गर्यो ।
यस्तै युरोजोन ऋण संकटको समयमा चीनले ग्रीस, पोर्चुगल र स्पेनिस बोण्डबाट खरिदारी बढाएर युरोपसँगको आफ्नो सम्बन्धलाई बलियो बनायो । साथै उसले युरोपबाट आयात पनि बढायो र त्यहाँ लगानी पनि बढायो ।
कोभिड-१९ को संकटप्रति वैश्विक प्रतिक्रियाको मामिलामा नेतृत्वदायी भूमिका निर्वाह गरेर अमेरिकाको नजरमा परेको उसको रक्षात्मक तथा प्रतिक्रियावादी छविलाई उसले अझ खुल्ला र सक्रिय छविको रुपमा परिवर्तन गर्न सक्छ । सौभाग्यवश चीनको नेतृत्वले उसको अगाडिका चुनौती र अवसरलाई बुझेको छ ।
अहिले अमेरिकी अस्पतालहरुलाई आवश्यक परेको स्वाब उत्पादन गर्ने क्षमता उसँग सीमित थियो, भेन्टिलेटर, फेसमास्क र प्रोटेक्टिभ गियरको उसलाई अभाव छ । यसकारण चीनले अहिले अमेरिकालाई ती उपकरण र सामग्रीहरुको आपूर्ति गर्नुपर्छ र आफूसँग भएका कोभिड-१९ सम्बन्धि क्लिनिकल अनुभव र तथ्यांकलाई साझा गर्नुपर्छ । साथै चीनले यो समय आफ्नो मेडिकल सप्लाईको चेनलाई निरन्तर सञ्चालन गर्ने कुराको सुनिश्चितता गर्नुपर्छ र केही चिनियाँले भड्काएअनुसार अमेरिकालाई महत्वपूर्ण सामग्री आपूर्तिमा कटौती गर्ने कुराहरुलाई रोक्नुपर्छ ।
दोस्रो भनेको चीन लकडाउनबाट फर्किने तयारीमा रहेको समय उसको दैनिकी पुनः पुरानो अवस्थामा फर्किंदैछ । यस्तो बेला उसले संवेदनशील र आपत्कालीन सामग्रीहरुको वैश्विक मागलाई सम्बोधन गर्नसक्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । वैश्विक सप्लाई चेनलाई स्थिर बनाउनुका साथै सामग्रीहरुको प्रसारमा सरलता ल्याएर चीनले आफूमाथि बनेको द्वैध धारणालाई परिवर्तन गराउन सक्छ ।
चीन र अमेरिकाबीचको फेज वान व्यापार सम्झौताको अन्तिम अवस्थालाई कोरोना भाइरसले अल्झाईरहेको समयमा चीनको यस्ता प्रयासले निकै ठूलो महत्व र अर्थ राख्ने छ । चीनले उक्त सम्झौताको एउटा हिस्साको रुपमा १२ अर्ब ८० करोड डलरको सामाग्री अमेरिकाबाट २०२० मा खरिद गर्ने बाचा गरेको छ उसको पर्यटनबाट पनि त्यो पूरा हुने देखिन्छ ।
यसअलावा केही सामग्रीहरु चीनबाट उत्पादन हुँदैनन् र केही अमेरिकामा पनि उत्पादन हुँदैनन् । यसले गर्दा अभाव उत्पन्न हुनेछ । यसकारण यो महामारीले दुवै मुलुकलाई थप ट्यारिफ वृद्धिमा अडिन र एकअर्कोलाई शान्तिको श्वास फेर्न माफी दिनेछ ।
तेस्रो भनेको चीनले विकशील मुलुकहरुलाई वित्तिय सहायता उपलब्ध गराउनुपर्नेछ । विशेषगरी वैश्विक आर्थिक मन्दीको समयमा लेफ्टतिर रहेका मुलुकहरुलाई । अन्तराष्ट्रिय मुद्रा कोष अहिले प्रमुख ऋणदाता वा तरलता प्रदायक बन्न उसँग पर्याप्त संशाधन छैन । विश्वका ठूला केन्द्रीय बैंकहरुले पनि अहिले एकअर्कोलाई स्वाप सुविधा दिईरहेका छन् । यस्तो बेलामा पिपुल्स बैंक अफ चाइनाले उद्वारका प्याकेजहरु दिनुका साथै पोर्चुगल, अर्जेन्टिना र इजिप्टलाई उनीहरुको वित्तिय संकटको समय सहायता गरेर श्रेय पनि लिएको छ ।
अन्ततः यसरी चीनले अमेरिकासँग सम्बन्धलाई पुनर्स्थापित गर्ने अवसर आफ्नो हातमा लिएको बेला दुवै मुलुकका नीजि खेलाडीहरु पनि एकसाथ काम गरिरहेका छन् । अमेरिका र चीनका मेडिकल कम्पनीहरु कोभिड-१९ को टेस्ट किट बनाउन तथा वितरण गर्न अहिले एकसाथ काम गरिरहेका छन् । यस्तै अमेरिकाको हावर्ड विश्वविद्यालय चीनका अनुसन्धानकर्ता तथा इपिडिमियोलोजिस्ट झोङ नानसान मिलेर चिनियाँ रियल स्टेट कम्पनीले फण्ड गरेको ११ करोड ५० लाख डलरको कोराना भाइरस रिसर्च प्रोग्राममा सहकार्य गर्दै छन् । नानसानले पहिलोपटक पाँच वर्षमा एसएआरएस भाइरस पहिचान गरेका थिए ।
चीनले बाँकी विश्वसँग साझा गर्नुपर्ने एउटा सिकाई भनेको गति, पारदर्शिता, तथ्य र वैज्ञानिक विश्वसनियता कोभिड-१९ को संकटको समयमा सञ्चार गर्दा आवश्यक पर्ने महत्वपूर्ण कुराहरु हुन् । यो महामारीको समयमा कुनै मुलकुले आफ्नो बर्चस्वता कायम गर्ने समय होइन । सबैले वैश्विक वर्चस्वताको लागि अग्रसर हुनुपर्छ । चीनले चुपचाप बाँकी विश्व र अमेरिकाको सहयोग गरे सबैको विश्वास जित्नसक्छ तर यसका लागि उसले रणनीतिक स्वर्थमा भन्दा पनि नैतिक धरातलमा रहेर काम गर्नुपर्छ ।
(लण्डक स्कुल अफ इकोनोमिक्सको प्रोफेसर र वर्ल्ड इकोनोमिक फोरमका योङ ग्लोबर लिडर केयु जिनको यो आलेख प्रोजेक्ट सिन्डिकेटबाट युजु राईले भावानुवाद गरेकी हुन्)
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०२०
The post के चीनले संसारको नेतृत्व गर्ने समय यही हो ? appeared first on Sajha Post.