कार्ल मार्क्सले पूर्वानुमान गरेका थिए– पुँजीवादले सामन्तवादका सबै अवशेषहरुलाई नष्ट गर्दछ । कम्युनिष्ट घोषणा पत्रकै भाषामा यसरी भनौं, ‘यसले सामन्तवादले बाँधेर राखेका स्वभाविक उच्चतावोधलाई धुजाधजा पारेर अलग–थलग गरिदिन्छि । धार्मिक अनुग्रह र उन्मत्त अन्धताका आनन्दहरुलाई अहंकारकेन्द्रित हिसाबकिताबको चीसो पानीमा डुबाइदिन्छ ।’
साथै, मार्क्सले यो पनि भनेका थिए कि पुँजीवादले सबै राष्ट्रिय संस्थाहरुलाई विश्व बजारको ‘क्रान्तिकारी तर्क’ को बिषयवस्तु बनाईदिन्छ । बेलातयी राजतन्त्र, जो देशको सामन्ती प्रणालीको अन्तिम अवशेष हो– यसले मार्क्सको शानदार खण्डनलाई प्रमाणित गर्दिएको छ ।
सन् १९७९ यता बेलायतको श्रीपेचले भिक्टोरियन पुँजीवादको उष्णता र बजार रुढीवादको पुनर्प्रवर्तन– दुवैलाई आफूमा जोगाएको छ । ‘द इङ्लिस कन्स्टिच्युसन’ मा वाल्टर बेगोटले भने जस्तै ‘बेलायती प्रकारको राजतन्त्रले वर्गविभाजन र वैमनस्यतामा बाँडिएको समाजलाई शक्तिको स्रोतसँग गमले झैं टाँस्ने काम गरेको छ ।’ ब्रिटिस राजतन्त्रले सर्वसाधारणबीच तमासा, रोमान्स, रहस्य र नाटकीयताको सुई दिइरहेको छ, जसले पुँजीवादको सन्नाटापूर्ण व्यवसाय–चक्रमा रस भर्ने काम गरेको छ ।
तर राजशाही शासक, शासिकाहरु भने मार्क्सकै भनाईलाई प्रमाणित गर्न तिर लागेका छन् । उनीहरु बेलायती राजतन्त्रको आधुनिकतासँगको तालमेलका लागि जोखिम उत्पन्न हुने घातक हतियार बन्दैछन् । अघिल्ला जोखिमहरु मूलतः व्यक्तिगत थिए । एडबर्ड आठौं, राजकुमारी डायना र राजकुमार एन्ड्रु । तर अहिलेको तर्क भने विल्कुलै आर्थिक प्रणालीसँग जोडिएको छ । ह्यारी र मेघन शाही पदवी यसकारण छोड्दैछन कि उनीहरु ‘पेशागत आयआर्जन गर्ने स्वतन्त्रताको मूल्य’ चुकाउन चाहन्छन् । यसरी शाहज्यादा, शाहज्यादी राजतन्त्रको पुँजीवादी आत्मालाई आवरणहीन बनाउँदैछन् ।
राजतन्त्रले पुँजीवादसँग यसप्रकारको परीक्षण गरेको यो पहिलो पटक भने हैन । राजकुमारी डायनाले राजसंस्थालाई ‘फर्म’ भनेकी थिइन्, किनकि यसको तरिका राजतन्त्रको जस्तो भन्दा बढी व्यापारिक खालको थियो । डची ब्राण्डअन्तर्गत प्रिन्स चार्ल्सले एक बर्षभित्र २६० मिलियन स्टर्लिङ पाउण्ड बराबरको अर्गानिक खाना बेच्दछन् । तर पनि अहिलेसम्म पुँजीवादले सामन्तवादको नोकरकै रुपमा काम गरिरहेको थियो । राजकुमार प्रिन्स आफ्नो डची ब्राण्डको नाफाबाट दान दिन्छन् र पुरानो युगका उच्च मूल्यहरुलाई मान्यता दिन चुक्दैनन् । सघन खेती र आधुनिक वास्तुकलाको दुरुत्साहन गर्दै व्यावसायीहरुलाई सिद्धान्तभन्दा मुनाफालाई अगाडि राख्न सन्देश दिन्छन् ।
पक्कै, शाही खान्दानियाँहरु केही नयाँ चिज गरिरहेका छन् । उनीहरु कच्चा तरिकाले पुँजीवादको आधुनिक रुपलाई अंगालो मार्दैछन् । राष्ट्रिय हैन– वैश्विक, वास्तविक हैन, भर्चुअल– पुँजीवादका अपरिहार्य तर्कहरुद्वारा उत्प्रेरित भएर नक्कली शान र सौकातको पछाडि लाग्न थालेका छन् । यसप्रकारको पुँजीवाद सामन्तवादको विपरित हो । सामन्ती समाजमा आफ्ना अनुयायीहरुको अपेक्षासंग पारस्परिक बन्धनमा बाँधिनु पर्दछ । एक्काइशौं शताब्दिको पुँजीवादमा अनुयायीहरुको संचिती मौद्रिकरण हुन्छ । सामन्ती समाजमा बन्धनहरु जग्गाको कित्ताासंग जोडिएका हुन्छन् । एक्काइशौं शताब्दिको पुँजीवादले सबैलाई विश्व बजार अर्थतन्त्रका पछिल्ला अवसरहरुतिर धकेलिरहेको हुन्छ ।
अहिलेको शाही विचलनको एउटा उपयुक्त कारण यो होला– मेघन मार्कले, मनोरन्जन व्यवसायकी उत्पादन हुन् । अरु उद्योगले भन्दा बढी यो उद्योगले मार्क्सको यो भनाईलाई परिपुष्टि गर्दिन्छ– ‘सबै अपवित्र चिजहरु पवित्र छन् र सबै ठोस चीजहरु पग्लेर हावामा विलाउँदछन् ।’ यही बुझेर हुन सक्दछ– शाही सदस्यहरु आफूलाई विश्व ब्राण्डमा बदल्न कटिबद्ध छन् ।
शुरुवातमा उनीहरुले घोषणा गरे– उनीहरु शाही कर्तव्यहरु छोड्दैछन । यो घोषणा हलिउड स्टारडममा फर्किनका लागि एक चमकपूर्ण अपिल थियो । सेप्टेम्बरदेखि उनीहरु आफ्नो नयाँ वेभसाइटमा काम गर्न थाले । उनीहरुको कोडिङ लगहरु अनुसार डिसम्बरसम्ममा उनीहरुले शाही चिन्हलाई उपयोग गर्दै मोजादेखि परामर्श सेवासम्मका सयौं ट्रेडमार्कहरु बनाए । उनीहरुले एक ब्रान्डिङ एजेन्सी नै नियुक्त गरी अनेक ब्राण्डहरु निर्माण गरे जसभित्र बच्चाको च्यानेल निकोलडेन, फेसन गृह डियान भोन फर्सुटेनबर्ग र आइस हकी टिम टोरन्टो मेपलजस्ता ग्राहक सेवाहरु समावेश छन् ।
उनीहरु डिज्ने नामको एक मनोरन्जन कम्पनीसँग सम्बन्ध बनाउने सम्भावनाको खोजी गर्दैछन् ।
ब्रान्डिङ विज्ञहरुको अनुसार ह्यारी र मेघन आफैंमा रेडिमेड ब्राण्ड हुन् । उनीहरुले व्यवसायको पहिलो वर्षमा नै ५०० मिलियन स्ट्रलिङ पाउण्ड कमाउने सम्भावना छ । मार्केटिङ हब वेभसाइटका अनुसार उनीहरुसंग इन्टाग्राममा १० मिलियिन अनुयायीहरु जसबाट प्रति प्रायोजित पोष्टका लागि ३४ हजार स्ट्रलिङ पाउण्डको आम्दानी अपेक्षा गर्न सक्दछन् ।
बोस्टनको एक विश्लेषण कम्पनी सेमरुसका अनुसार मिसेज मेघनको ‘खोजी मूल्य’ वियोन्सको भन्दा ३ गुणा बढी छ । अहिले ह्यारी र मेघन रोयल्टीका नियमहरु पुनर्लेखन गर्दैन ताकी उनीहरु सार्वजनिक सेवकको रुपमा हैन, सेलिव्रेटीका रुपमा प्रस्तुत हुन सकून् ।
उनीहरुले शाही सूचना प्रणालीसंगको सम्बन्ध तोड्दैछन् । यसले उनीहलाई आफूले इच्छाएको प्रेस कम्पनीहरुसँग सम्बन्ध निर्माण गर्न सजिलो बनाउनेछ । उनीहरु यस प्रयोजनका लागि संवाद जारी राखेका छन् । जनवरी १३ मा दरबार र उत्तराधिकारबीचको संकटबारे एक प्रेस सम्मेलन आयोजना गर्यो । मेघन त्यसमा सामेल भइनन् । उनी क्यानडामा थिइन् । उनले हजुरआमा, बुबा र दाजुको उत्तराधिकारबारे प्रतिरक्षा गर्न ह्यारीलाई एक्लै छोडिदिइन् । ब्राण्ड विज्ञहरुका अनुसार ह्यारी र मेघनलाई अरु कुराको भन्दा आफ्ना ब्राण्ड जोगाउने बढी छ ।
एक्काइशौं शताब्दिकोे पुँजीवाद सरल र शान्तिपूर्ण समाधानको बाटो हिंडिरहेको छैन । ह्यारीको विरासतले उनीहरुलाई विश्वका धनीहरुको सुचीमा पुर्याउँदैन । ह्यारीले अंशमा पाउने अनुमानित सम्पत्ति २०–३० मिलियन स्ट्रलिङ पाउण्ड मात्र हो । उनीहरु यो बुझिरहेका छन् कि राजतन्त्रको उत्तराधिकारले भन्दा राजतन्त्रसँग जोडिएको ग्लेमरको बजारीकरणले उनीहरुका ब्राण्डलाई बढी तताउने छ र उनीहरुका च्यानलबाट पस्किने विषयवस्तुको मूल्य धेरै हुनेछ चाहे ती राजतन्त्रको मुटुमा गढेर बसेका नश्लवाद र यौनिकतासम्बन्धि बिषय नै किन नहून् ।
बाल्टर बेगटको भनाई दिनको घाम जत्तिकै छर्लङ भएको छ कि एक्काइशौं शताब्दिको पुँजीवादको चमक सामू राजतन्त्रको जादू केही पनि हैन ।
(द इकोनोमिष्टको प्रिन्ट संस्करणको बेलायत सेक्सनमा ‘ह्यारी, मेघन र मार्क्स’ शिर्षकमा प्रकाशित लेखलाई साझापोस्टले गरेको भावनानुवाद भावानुवाद)
The post ह्यारी, मेघन र मार्क्स appeared first on Sajha Post.