काठमाडौं, १५ कात्तिक । अदालतको मानाहानी गरेको भन्दै पक्राउ आदेश दिएपछि माओवादी नेता बालकृष्ण ढुङ्गेल मंगलबारमात्र डिल्लिबजार जेलमा चलान भएका छन् । उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणमा सजाय सुनाइएपनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । नयाँ शक्ति र नेकपा माओवादी केन्द्रले उनलाई हालैमात्र अभिनन्दन गरेका थिए । सो क्रममा बालकृष्ण ढुङ्गेलले दिएको बयानको सम्पादीत अंश ।
म बालकृष्ण ढुङ्गेल तपाईको मझेरीमा छ । काठमाडौंबाट ह्वाइटहाउसमा पुराउँदा कस्तो बालकृष्ण ढुङगेल बनाइएको होला ? र त्यो कस्तो बालकृष्ण ढुङ्गेलको गिरफ्तारीका निम्ति ह्वाइटहाउसबाट विज्ञप्ति निस्कँदो हो । तपाईहरूको इच्छा र विकासका निम्ति लडिरहेको छु । म तपाईहरूको मप्रतिको आशा र भावनामा पक्कै पनि छुरा धस्ने छैन, यो मेरो प्रतिज्ञा हो ।
कोट लगाएको, सांसदको चिन्ह लगाएको बालकृष्णलाई कसले के भन्नेतिर मलाई सरोकार छैन, नाङ्गै हुँदादेखि संविधानसभाको सदस्य बनाएको बालकृष्ण, जनयुद्धमा तपाईहरूले बचाएको बालकृष्ण र अहिले तपाईहरूको अगाडी तपाईहरूले अभिनन्दन गरेको बालकृष्ण तपाईहरूले अपराधी करार नगरेसम्म संसारका जतिसुकै अदालतले अपराधी करार गरोस् मेरो दिलको अदालतबाट खारेज गरिदिन्छु । मैले हार्ने भनेको एउटामात्रै अदालत हो, तपाईहरूको मझेरीमा अपराधी करार भएको दिन हुनेछ । त्यसबेला म जुनसुकै सजाय भोग्न तयार छु । तर यो कथित सर्वोच्च अदालतको फैसला मैले विगतदेखि खारेज गर्दै आएको हो र यहि मञ्चबाट फेरि खारेज गर्छु ।
माओवादीले जनयुद्ध गर्नु अघि नै जनताले लखेटेको भुवन हो की होइन ? भन्नुस् तपाईहरू । खै कहाँ को केलाई ५ सय, खै कहाँको के लाई १५ सय भनेर जरिवाना गरेको । सवैकुरा तपाईहरूलाई नभनुँ, थाहा छ । माओवादीको जनयुद्ध सिध्याउनका लागि जिउँदो भुवन बोकेर आउने देवशंकर जी हो । अहिले फेरि माओवादी सिध्याउन भुवनको शालिक लिएर आउन लाग्नुभएको छ । मलाई आजित लागिरहेको छ
त्यो न्यायको तराजु बोकेर बसेकी सुशिला कार्की हप्तामा दुई पटक मेरो गिरफ्तारीका निम्ति आदेश दिन्छिन्, त्यसलाई म खारेज गर्छु । मैले बारम्बार भनेको छु म बलिदान दिन तयार छु, आत्मसमर्पण गर्दिन ।
म यो खोलामा, यो टोलामा हुर्किएको सन्तान हुँ । तपाईहरूको कान्लामा फलेको सिस्नो खाएको छ, तपाईहरूले मस्काएको ढिँडो खाएको छ, तपाइहरूले फत्काएको च्याँख्ला खाएको छ, म तपाईहरूको काख पोल्टामा हुर्किएको मान्छे हो । यहाँ आज उज्जन भनिने भुवनको शालिकको कुरा हाइरहेको छ । मलाई टिठ लागेर आउँछ, जनयुद्ध सुरू भएपछि काठमाडौंमा लुकेर बसेको, यहाँ अमलबोटे, ढाँडे, टाँडे, सैपी, भुजीका महिलाहरूप्रति अशिष्ट र अभद्र व्यवाहारपछि भुवन भागेको थियो । त्यो कुरा भुवन लिएर आउने पहिलो ताम्लोको काम गर्नुहुने देवशंकर पौडेल । माओवादीले जनयुद्ध गर्नु अघि नै जनताले लखेटेको भुवन हो की होइन ? भन्नुस् तपाईहरू । खै कहाँ को केलाई ५ सय, खै कहाँको के लाई १५ सय भनेर जरिवाना गरेको । सवैकुरा तपाईहरूलाई नभनुँ, थाहा छ । माओवादीको जनयुद्ध सिध्याउनका लागि जिउँदो भुवन बोकेर आउने देवशंकर जी हो । अहिले फेरि माओवादी सिध्याउन भुवनको शालिक लिएर आउन लाग्नुभएको छ । मलाई आजित लागिरहेको छ । फेरि थपिनुभएको छ, माधव पौडेल ज्यू अर्को एकजना । कागताली लागेर मन्त्री भएपछि खै कताको झिँगो भन्ने गौरव जीकै भनाई राखें मैले ।
यहाँ अभिनन्दन गर्दैगर्दा तपाईहरूले खादा, अविर, प्रशंशापत्र र तरबार दिनुभयो । शान्ति प्रक्रियामा आएपछि मैले ढाकरमा नुन बोक्ने ओखलढुङ्गामा ट्याक्टरमा नुन ल्याउने भने । लहानका लिचि हरेक घरमा रोप्ने काम गरें । अहिले पनि एक घर एक लिचि तपाईका घरमा होलान् । लिचि फल्दै गर्दा तपाईका घरका सन्तान बढ्दै जान्छन्, पढ्दै जान्छन् भने बालकृष्ण ढुङ्गेललाई लिचि रोप्दै गर्दा वारेन्ट जारी गर्छन् भने अब मैले तरबार उठाउनुपर्छ कि पर्दैन ?
मलाई तरबार दिने मित्रलाई भन्छु आजैबाट तरबार उद्याँउदैछु । तर, उज्याउँने कतिबेला हो, तपाईहरूले भन्नुपर्छ । म तरबार उद्याएर राख्छु, तपाईहरूले उज्या भन्नुपर्छ उज्याएपछि कहाँ छप्किने हो ? के फेरि यो देशमा युद्ध चाहिएको हो ? आजैका मितिदेखि यो भुवनको शालिक बनाउने भनिएको जग्गा कव्जा गरिन्छ । आजैका मितिबाट रामेश्वरको परिवारको चल अचल सम्पत्ति कव्जा गरिन्छ । अब भुवनकी श्रीमति लेतीमा बस्न पाउँदीन काठमाडौंमा गएर मजेत्रोमा आँसुको व्यापार गर्नुपर्छ । दिइन्न बस्न । भुवन र उज्जनका नाममा करोडौंका विल्डिङ बालुवाटारमा बनाइएका छन् । त्यो नौ करोडको भवन कव्जा गरिन्छ । आउ न खुलेआम को–को लड्न आउने हो ? सावित्रिको पेटिकोटको पर्दा लगाएर माधव पौडेल र देवशंकर पौडेलले माओवादी जनयुद्धलाई अपराधिक घोषणा गर्ने कोशिश नगर ।
अब यो भवन भत्काएर लैजाऊ । हामी कटेरो राख्छौं । हामी बनाउँछौं भवन । सरकारले बनाउँछ । सरकारले बनाउन नसके हामी बनाउँछौं तर बलात्कारीका नाममा भवन बन्दैनन् अब । बलात्कारीका नाममा भवन बनाएर डाक्टर बन्ने सन्तान भन्दा पढाउन नसकेर हली बनेको सन्तान लाखौं उत्कृष्ट हो । हामी हली बनाउन तयार छौं तर बलात्कारीका नाममा डाक्टर बनाउन तयार छैनौं ।
मलाई तरबार दिने मित्रलाई भन्छु आजैबाट तरबार उद्याँउदैछु । तर, उज्याउँने कतिबेला हो, तपाईहरूले भन्नुपर्छ । म तरबार उद्याएर राख्छु, तपाईहरूले उज्या भन्नुपर्छ उज्याएपछि कहाँ छप्किने हो ? के फेरि यो देशमा युद्ध चाहिएको हो ?
यहाँ भुवन भन्ने फटाहाको शालिकलाई माल्यार्पण गरेर भुवनको नाममा छापिएको कापी कहीँ बाँड्न नपाएपछि आएकी हो त्यो सावित्रि भन्ने मान्छे । यो देशमा गणतन्त्र, जनयुद्ध वेश्यावृत्ति गर्ने महिलाहरूले गरेको होइन । बलात्कृत महिलाहरू पनि छन् हाम्रो आन्दोलनमा । सामुहिक बलात्कारको सामना गरेको छ । हामी रगतको कोशी तरेर आएको हो, गणतन्त्र, संघीयता त्यसै आएको छैन । हामी त्यसका लागि सप्तकोशीभन्दा ठूलो रगतको कोशी तरेर आएका छौं ।
यो देशमा कल्याण् श्रेष्ठको नाममा, खिलराज रेग्मीको नाममा वारेन्ट जारी गरिन्छ । भिमसेन थापाको फिला चिरेर कुकुरलाई खुवाउने देश हो, यो । कल्याण् श्रेष्ठको फिला चिर्न हामीले हुँदैन ? कल्याण श्रेष्ठको फिला नचिरि म जेल जान्न, बालकृष्ण ढुङ्गेलको आत्मसमर्पण हुँदैन, बलिदान हुन्छ ।
न म यो देश छाडेर भाग्नेवाला छु, न कहीँ जानेछु । बलिदान बाहेक मेरो जीवनमा अर्को शिर्षक छैन । कमल थापालाई उपप्रधानमन्त्रीको झन्डा भिराएर म जेल गइदिनुपर्ने यो सम्भव छैन । मकै छरेपछि वेथेको झार उम्रिएजस्तो नबनौं साथीहरू, हिजो कोशीपारी माओवादी देख्नासाथ लालसलाम कामरेड भन्ने तपाईहरू अहिले फेरि हात्तीछाप कांग्रेस र हात्तीछाप एमाले बन्दै हुनुहुन्छ । वेथे गोड्ने दिन आउँछ त्यो दिन नल्याउनुहोस् । यो भवनमा बसेर भुवनको शालिकमा माला लाएर पढेको बच्चा भन्दा चित्रामा बसेर पढेको बच्चा राम्रो भन्ने कुरा आत्मसाथ गरौं ।
The post यस्तो छ बालकृष्ण ढुङ्गेलको सनसनीपूर्ण बयान – रगतको सप्तकोशी तरेर आएका हौं appeared first on Sajha Post.