Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘बाबुराम हाम्रा लागि, हामी कसका लागि ?’

$
0
0

तिहार मनाउन घर आएका नेपाली सेनामा कार्यरत गाउँले साथीले एकै सासमा भनेका कुरा सुनेर म कयौं दिन सोचमग्न बनें । यी दुई फरक पेसाका डाक्टरबीच उनले गरेको तुलना न्यायसंगत छ ।

‘डा.बाबुराम भट्टराई र डा.गोविन्द केसीबीच धेरै समानता छन् । यी दुबैलाई व्यक्तिगत स्वार्थभन्दा कुनाकन्दराका जनताको पीडाले बढी पिरोल्छ अनि तिनको जीवनमा परिवर्तन ल्याउने हुटहुटी दुवैमा बेजोड छ । बिडम्बना, यिनका अभियानमा टृढ भएर साथ दिनुपर्नेमा हामी सचेत शिक्षित अनि विवेकशील भनिएका युवापुस्ता यिनका हरेक पाइलामा शंकालु नजर लाउँछौँ । भष्ट्रचारी र गुण्डालाई मोलमोलाइ गरी टिकट बेच्ने ठूला दलप्रति चुपचाप बसिदिने हामी केहि गर्छु भन्नेलाई किन पाइला पाइलामा अवरोध पैदा गर्न लालायित हुन्छौं ? कि ‘चोरलाई चौतारो साधुलाई सुली’ आफ्नो आदर्श मानिरहने जीवनभर ?’

आदर्श र नैतिकताको खडेरी परिरहेको यो निर्मम समयमा आफैंलाई जलाई अनवरत सुधारको पक्षमा लाग्नुभएका डा.केसीबारे नेपाली समाज जानकार छ । अनि दुर्गम पहाडमा जन्मिएर आफ्नै बलबुतामा देशकै कार्यकारी पदमा पुगि फेरी ‘स्टेपडाउन’ गरी नयाँ शिराको राजनीतिक अभ्यासको थालनी गर्न नयाँ शक्ति नामक दल खोलेका बाबुरामबारे नेपाली समाज उत्तिकै जानकार छ । हामीमध्ये कयौंलाइ यो तुलना बेतुक लाग्नसक्छ । तर, बाबुरामले गोरखाका दुर्गम भेगका जनताबीचसँगै रहेर गरेका योगदानको कदर जनताले स्वयम् गर्छन् भने रोइलो किन ?

निर्मम चुनावी अग्निपरीक्षा
गोरखा–२ को मतदाता हुनुको रौनक गज्जब छ अहिले । बाबुराम र नारायणकाजीको चुनावी प्रतीस्पर्धाले सिंगै देशको माहोल तताएको छ । यी दुई हेभिवेटको रस्साकस्सीले भूकम्पको केन्द्रविन्दू बनिसकेको गोरखा–२ अहिले राजनीतिक केन्द्रविन्दू पनि बन्न सफल भएको छ । चुनाव प्रचारप्रसारमा व्यस्त दुवैले आफ्नो जीत हुने भविष्यवाणी गरिसकेका छन् । तर, बहुप्रतिक्षित यो चुनावी दौडमा जनताले कसलाई बिजय गराउलान् भन्नेचाहिँ नतिजा आएपछि नै थाहा होला ।

आउन लागेको चुनावी चर्चा गर्नुअगाडि म बितिसकेको स्थानीय चुनावको परिदृश्यतर्फ लैजान्छु । ऐतिहासिक भनिएको त्यो दिन म बिहानै मतदानस्थल पुगेको थिएँ अरुहरुझैं । आफ्नो अधिकार अन्तिममा प्रयोग गरेँ । अनि बाँकी समय संसदीय चुनावमा साम, दाम, दण्ड र भेद प्रयोगको ‘उत्कृष्ट’ उदारण हेरेँ । एमालेको प्रभाव शून्य रहेको त्यहाँ माओवादी, काँग्रेस र नयाँ शक्तिको जनमत देखिन्थो ।

मतदानस्थल वरपरका पसल भरिभराउ थिए । कांग्रेस–माओवादीका पसल छुट्टाछुट्टै थिए तर खानपिन समान मासुभात थियो । तिनका नेता फरक थिए तर आश्वासन एउटै थियो । यो भीडभाडबाट अलिक पर केहि मानिस चनाचिउरा खाएर बसिरहेका थिए आ-आफ्नै पैसामा । आफ्नै अगाडि पाकिरहेको मासुमा आँखा नलगाई चनाचिउरामै रमाउने त्यो ‘मूर्ख झुण्ड’ बाबुरामका सारथीहरु थिए । उनीहरु बाबुरामप्रति यति विश्वस्त थिए कि बिरोधीले बाबुरामलाई लगाउने आरोपहरुमा दृढ भइ जवाफ फर्काइरहेका देखिन्थे ।

एमाले–माओवादी एकता गर्ने पूर्वतयारीस्वरप यो चुनावमा सहभागी भइरहँदा बाबुरामलाई गोरखामा कांग्रेसले समर्थन गरेको छ । बाबुरामले जनयुद्धका मुद्दालाई लावारिसे अवस्थामा छोडी आफ्नो प्रधान शत्रु काँग्रससँग मिलेको भन्दै माओवादी कार्यकर्ता आफ्नालागि भोट माग्दै छन् ।

प्रचारप्रसारका दौरान बाबुरामलाई गाली गरेर आफ्नो भोट बढाउने ध्याउन्नमा लागेका माओवादी नेताकार्यकर्तामा म मतादाताको प्रश्न छ ।

आँसु, पसिना, रगतद्वारा सिञ्चित अनि त्याग, तपस्या र बलिदानका ठूला-ठूला पहाडहरु खडा गर्दै वीरता, शौर्य र बहादुरीका अतुलनीय भाषाहरु कोरिएको जनयुद्धको भावनाविपरित चल्न नाममा माओवादी राखेपछि छुट पाइन्छ ? पार्टीभित्र विचारको बहसलाई व्यक्तित्वको लडाईंले विस्थापित गरी गौरवमय अतितलाई पदको झगडाले ओझेल पारिरहन माओवादी झुण्डाएपछि पाइन्छ ?

दशबर्षे रक्तपातपूर्ण जनयुद्धले शान्तिपूर्ण अवतरण गरेको दशक पुग्दानपुग्दै आफ्नै टाउकाको मूल्य तोक्नेहरुसँग कुनै वैचारिक आधारबिनै अपवित्र गठबन्धन बनाई दोर्‍याएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्दा युगान्तकारी परिवर्तन हुने तर बाबुरामले कांग्रेससँग केवल चुनावी तालमेल (याद रहोस् यो गठबन्धन होइन) गर्नेबित्तिकै नैतिक पतन हुने कस्तो कम्युनिष्ट परिभाषा हो ?

जनयुद्धकालीन मुद्दालाई टोकरीमा मिल्काएर कहिले छोरीलाई मेयर दिलाउनकै लागि कांग्रेसको कठपुतली त कहिले संसदीय राजनीतिमा रमाइराख्न एमालेसँग आधारभूत सित्दान्तलाई तिलाज्जली दिई एकतासम्म गर्न तयार हुदाँ युगान्तकारी छलाङ भनी व्याख्या गर्न उत्साहित माओवादी कार्यकर्तालाई बाबुरामले प्रतिपादन गरेका नेपाल सुहाउँदो नयाँ राजनीतिक कार्यदिशा अपूर्ण किन लाग्छ ?

माओवादी आन्दोलनको मुलधार भनी सहिदका सपना पूरा गर्ने ठेक्का लिएको माओवादी केन्द्रले भर्खरैको स्थानीय चुनावमा चारजना सहिद भएको मेरो वार्डबाट सहिद परिवारलाई एउटा सदस्यसम्म नउठाउँदा जनयुद्धको म्यान्डेट विपरित बनेको भनिएको नयाँ शक्तिले वडाध्यक्ष र सदस्य गरी दुईवटा पदमा सहिद परिवारबाट उठायो ।

सहिद बेपत्ताको लागि मौनधारण गर्नुबाहेक अरु माओवादी पार्टीले केहि गरेको छैन । आफ्नो परिवार र स्वार्थ समूहको हितबाहेक केहि नहेर्ने माओवादी पंक्ति यो परिवर्तनशील समयमा सिद्धान्तका ठेली पल्टाएर जनतालाई भ्रमित पार्न तम्सिएका छन् । तर, यिनको कथनी र करनी देखेर को कति ओभानो छ भनेर हामी जनताले छुट्टाइसकेका छौं ।

बाबुराम र नारायणकाजी दुवैको लागि यो चुनावले राजनीतिक महत्व बोक्छ । मूल पार्टीबाट अलग्गिएकाहरु क्रमशः पुरानो घर फर्कंदै गरेको सन्दर्भमा चुनावमार्फत राष्ट्रिय पार्टी बन्न असफल भए बाबुरामको नेतृत्व क्षमतामा प्रश्न उठ्छ । अनि उनले लिएका कार्यदिशा लावारिस बन्नेछ । माओवादी पार्टीभित्र दोस्रो बरियतामा रहेतापनि पार्टी आजसम्म उनले लिएकै कार्यदिशामा अगाडि बढिरहेको छ । त्यसो त, माओवादी मात्र होइन, अहिले देशले नै समृद्धिको नारा लगाइरहेको छ र देश नै उनैले देखाएको बाटोमा हिँडिरहेको छ ।

जनयुद्धका दौरान फरक फरक समयमा पार्टीभित्र ४ बुँदे र १३ बुँदे फरक मत दर्जा गरेर पार्टी कारबाहीमा परेका बाबुरामले आफ्नो विचार कहिल्यै परिवर्तन गरेनन् । कहिले बैद्यलाई उचाल्ने त कहिले बाबुराम, क्रान्तिको कार्यदिशा पारित गर्न लालायित प्रचण्ड अहिलेसम्म पनि बाबुरामले बनाइदिएको गोरेटोमै हिंडिरहेका छन् ।

बुढीआमाले ओर्लने बेलामा भनिन्, ‘आजभन्दा केहि अघिसम्म यो बाटोमा मोटर बन्छ भन्ने सपनासम्म नि थिएन । बाबुले यस्तो दुर्गममा बाटो बनाउनुभो । म बुढीको कस्तो सौभाग्य, बाबुसँगै बसेर पो जान पाएँ ।’

नारायणकाजीलाई यो चुनाव पार्टीभित्र संकटमा पर्दैं गएको आफ्नो अस्तित्व पूर्नजीवित गराउने अवसर हो । गोरखा–२ लाई र्निविकल्प बनाई कठोरतासाथ बाबुरामलाई वाम गठबन्धनबाट अलग्याउन भूमिका खेलेका उनले चुनावमा पराजित भए थप संकट भोग्नुपर्नेछ । नारायणकाजी पनि गोरखाकै हुन् रे भन्ने आजभोलि मात्र थाहा पाएका अधिकांश जनता उनलाई नियालिरहेका छन् । आफूले गरेको कामको विवरण सुनाई भोट माग्नुपर्नेमा नारायणकाजी बाबुरामलाई नितान्त व्यक्तिगत आक्षेप लगाई भोट बढाउन व्यस्त छन् । बाबुरामले बर्षौं जनताबीच बसेर आर्जेको सद्भाव सत्ताको आढमा केहि पैसा फाले आफूतिर उल्टिने जुन सोचअनुरुप नारायणकाजी जाँदै छन्, त्यो उनको लागि आत्मघाती हुने निश्चितप्राय छ ।

अन्ततः जनता नै जर्नादन
नारायणकाजी काठमाण्डौं बसेर भोटको अग्रिम हिसाबकिताब गरिरहँदा बाबुराम जातासामु पुगिसकेका थिए । कच्ची सडकबाट उत्तरी गोरखा हिँडेका बाबुराम बाटोमा भेटिएका अधिकाशसँग भलाकुसारी गरिरहेको भेटिन्थे । छोप्राक पुगेपछि उनी रोकिए । अनि सडकछेउ उभिएकी वृद्धालाई साधे, ‘आमा ! कहाँसम्म जानुहुन्छ ?’
‘चित्रेपोखरीसम्म,’ बुढी आमाले जवाफ दिइन् ।

बाबुरामले बुढीआमालाई आफैंसँगको सिटमा राखे अनि सन्चोबिसन्चो सोधी अगाडि बढे । बुढीआमाले ओर्लने बेलामा भनिन्, ‘आजभन्दा केहि अघिसम्म यो बाटोमा मोटर बन्छ भन्ने सपनासम्म नि थिएन । बाबुले यस्तो दुर्गममा बाटो बनाउनुभो । म बुढीको कस्तो सौभाग्य, बाबुसँगै बसेर पो जान पाएँ ।’
वृद्धाको त्यो अन्तर्मनको आवाजले सबैलाइ भावुक बनायो । अनि बाबुरामले आफ्नै लवजमा हाँस्दै भने, ‘धन्यवाद आमा । राम्रोसँग बस्नु है ।’

संयोग भनौं वा नियति, त्यसको ठाक्कै दुई दिनपछि नारायणकाजीको नेतृत्वमा माओवादी केन्द्र बढो रवाफसाथ गाडी र जीपको लस्कर लगाएर त्यहि बाटोबाट गन्तव्यतिर हानियो । बाटोमा जनतासँग अन्तरक्रिया गर्नु त परको कुरा, ती गाडीको लस्कर आफ्नै पारामा गए ।

सायद, उनीहरुको चुनावी रणनीति भिन्न थियो कि ज्ञ मैले आफैंलाइ सम्झाएँ, कहाँ सबै नेता बाबुराम हुन सक्छन् र !

अनित अधिकारी

गोरखाली जनता किन सधैं बाबुरामलाई आफ्नै सम्झन्छ ? गोरखाबाट निर्वाचित भएका अरुको मामलामा सधैं विभाजित हुने समाज बाबुरामलाई किन एउटै स्वरमा स्वागत गर्छ ? धेरैलाई सोधेपछि यी प्रश्न प्रष्ट हुन्छन् । बाबुरामले नचाहिँदो आश्वासन केहि बाँडेनन् । जे जे सपना बाँडे, ती सब पूरा गरेरै छोडे ।
गोरखाली जनता बाबुरामलाई स्वागत गर्न फेरिपनि तयार छन् कि छैनन् भन्ने कुरा थाहा पाउन चाहिँ चुनावको नतिजा कुर्नको विकल्प छैन । जनताले कुनै प्रलोभनबिना बाबुरामलाई दिएको विश्वासको मजबुतीलाई तोड्न सजिलो कसैलाइ हुनेछैन ।

नेपालको राजनीतिक इतिहासको कयौं संगीन समय भोगेको मेरो पुस्ताले अब देख्न चाहेको आर्थिक क्रान्ति सम्पन्न गर्न बाबुरामको नेतृत्व अपरिहार्य छ, स्वीकार्य छ । राजनीतिक चक्रव्यूहमा हराइरहेको देशमा मैले रोज्ने नेता बाबुराम हो । माओवादी पार्टीबाट अलग्गिएपछिका बाबुरामको गतिविधि हेर्दा उनले विगतका कयौं घटनाबाट सकरात्मक पाठ सिकेको प्रतित हुन्छ । सत्ता र शक्तिबिनै बाँच्न असम्भवप्रायः देखिने यो समयमा तपाईंको नेतृत्वमा सुरु भएका नविन सन्देशलाइ म नियालिरहेछु ।

तर, द्वन्द्वरत तत्कालीन नेकपा माओवादीको शान्तिपूर्ण राजनीतिको प्रवेशद्वार बिस्तृत शान्ति सम्झौताको एउटा प्रमुख बुँदा, ‘जनयुद्धमा बेपत्ता पारिएका र मानवअधिकार हनन्का बिषयमा सत्यतत्य पत्ता लगाउन आयोग गठन गरी सत्य निरुपण गरिनेछ ।’ तर सम्झौता भएको एक दशक भइसक्दा पनि कुनै चासो नदेखाएको सरकारले अन्ततः राजनीतिक भागबण्डामा केबल कर्मकाण्डीरुपमा अन्तराष्ट्रिय न्यायका मूल्य मान्यता विपरित आयोग गठन गरेको छ । जसले निक्ष्पक्ष छानबिन गर्ने कुरामा हामी पीडितलाई शंका छ । तत्कालीन जनसरकार प्रमुख रही युद्धका कयौं मोर्चा सम्हालेका बाबुराम भट्टराईले मूल पार्टी त्यागी नयाँ शिराबाट राजनीतिक कोर्सको थालनी गर्दा पीडितलाई न्याय दिने कुरामा अझ दृढताकासाथ उभिनेछन् भन्ने हाम्रो अपेक्षा छ । दुर्भाग्यवश, बाबुरामले यसमा सन्तोषजनक भूमिका खेल्न सकेका छैन चाहेर वा नचाहेर, त्यो उनैले जानून् ।

कतिले आफुलाई भोट दिए घरघरमा रोजगारी दिनेछौं भने तर बिरानो मरुभूमिमा लगेर हाम्रा सन्तानलाई उल्टै बेचे । यो जीवनमा गाडी देख्ने मेरो सपना बाबुरामकै कारणले पूरा भयो । विदेशको छोराले फोन गरेर बाबुरामले युवाहरुको लागि त्याग गरेकाले भोट उसैलाई दिनु भनेको छ । अर्काको एक छाक मासुमा आफ्नो सन्तानको भविष्य बेच्नुभन्दा त आफ्नै पैसाले चिउरा खाइ बरु बिगतका गल्ती पगाल्छु

जनयुद्धलाई सामाजिक फासीवादको नमूना भन्ने नारायणकाजीसँग त के न्यायको बिलौना गर्नु ? कांग्रेसीलाई फकाउँदा आफू जनयुद्धविरोधि भन्ने अनि माआवादी कार्यकर्तामाझ चर्को क्रान्तिकारी बन्ने रोग अहिलेसम्म उस्तै रहेछ । बाबुरामको घरमा कालो झण्डा राख्ने होस् वा नितान्त व्यक्तिगत आक्षेप लगाउने कार्यले नारायणकाजीको राजनीतिक कद घटाइरहेको छ ।

अन्तमा,
चुनाव लोकतन्त्रको आधारभूत र अनिवार्य शर्त हो । युद्धका दौरान देखाइएका सपना पूरा गर्न कोहि पनि तयार नभइरहेको सन्दर्भमा कार्यकर्तामा आक्रोश छ । दिक्दारीपन छ । निर्वाचनमा आउने जस्तोसुकै परिणामलाई स्वभाविक मान्दै दुवै नेताले आगामी यात्रा तय गर्नु नै उत्तम हुनेछ ।

स्थानीय चुनावको दिन एक वृद्धले भनेको आवाज मेरो कानमा गुन्जिरहेछ । भनेका थिए, ‘कतिले हेलिकप्टरमा भएपनि गाढी ल्याएर गुडाँउछु भने तर माखो मारेनन् । कतिले आफुलाई भोट दिए घरघरमा रोजगारी दिनेछौं भने तर बिरानो मरुभूमिमा लगेर हाम्रा सन्तानलाई उल्टै बेचे । यो जीवनमा गाडी देख्ने मेरो सपना बाबुरामकै कारणले पूरा भयो । विदेशको छोराले फोन गरेर बाबुरामले युवाहरुको लागि त्याग गरेकाले भोट उसैलाई दिनु भनेको छ । अर्काको एक छाक मासुमा आफ्नो सन्तानको भविष्य बेच्नुभन्दा त आफ्नै पैसाले चिउरा खाइ बरु बिगतका गल्ती पगाल्छु ।’

डाडाँपारिको घाम भइसकेका ती बृद्धको सोच देखेर मैले आफैंलाई सम्झें । मासु, रक्सी र पेट्रोलमा आफ्नो मत बेच्ने मेरो विवेकशील पुस्तालाई सम्झें । अनि मेरो मानसपटलमा बाबुरामका अतित, वर्तमान र भबिष्यले एकैपटक डेरा जमाउन पुग्यो । उनले अन्त्यमा भने, ‘बाबुरामले गरेको त्याग देखेर विगतका कमजोरीलाइ छुट दिई बिनाकुनै शंका बाँकी जीन्दगी उनले देखाएको बाटोमा हिड्ने प्रण गर्छु । बाबुराम हाम्रा लागि मरिमेटेर लागिरहँदा हामीले पनि साथ दिन पर्‍यो नि भन्या !’

वृद्धको विचारमा सहमत वा असहमत हुने, त्यो हाम्रो नितान्त व्यक्तिगत निर्णय हो । तर, बाबुरामप्रति दुरदराजका नेपालीमा रहेको विश्वासलाई नजरअन्दाज गर्न कहाँ पाइन्छ र !

पूरा देशले नियालिरहेको गोरखा–२ मा स्वच्छ प्रतिस्पर्धाको उत्कृष्ट नमुना प्रस्तुत गरी जनमत स्वीकारौं । हामी सबैको भलाई यसैमा हुनेछ ।
(गोरखा २ भच्चेकका बासिन्दा अधिकारी सहिद परिवार तथा आसन्न निर्वाचनका मतदाता हुन्)

The post ‘बाबुराम हाम्रा लागि, हामी कसका लागि ?’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles