नयाँ शक्ति पार्टी, नेपालले तराई/मधेसमा निकासको सन्देश दिन ‘हिमाल–पहाड-तराई/मधेस राष्ट्रिय अभियान’ संचालन गर्ने भएको छ । यो अत्यन्तै सुखद कुरा हो । आगामि चैतको ९ गतेदेखि १२ गतेसम्म हुने यस अभियानले तराई/मधेसको समस्या समाधान गर्न पक्कैपनि कोशेढुंगाको काम गर्नेछ । पार्टीले अभियान संचालन गर्ने भएपछि मलाईपनि केही कौतुहलता जागेको छ । अभियानलाई सहयोग पुगोस् भनेरै यो लेख तयार पार्दैछु । पहिलो कुरो त नयाँ शक्ति पार्टीले अभियान संचालन गर्दा कसैको पक्ष र कसैको विपक्ष लिनु हुँदैन । एमालेको विरोध गरेर मधेसी मोर्चाको सपोर्ट गर्नु आवश्यक छैन । मधेसी मोर्चाको विरोध गरेर एमालेको पक्षमा बोल्नु पनि जरुरी छैन ।
तराई/मधेसको समस्या भनेको अहंकारको परिणाम हो । यसमा मधेसी मोर्चा र एमाले दुबै दोषी छन् । यिनीहरु झगडा नामको सिक्काको दुई पाटा भएका छन् । यिनीहरुले आफूले देखेको सत्यलाई सार्वभौम सत्य ठानेका छन् । सत्य सापेक्ष पनि हुन्छ भन्ने कुराको ख्यालै गरेनन् । केही मान्छेहरुले मधेसी मोर्चाको आँखा चिम्लेर सपोर्ट गरेका छन् । एमालेको खुबै विरोध गरेका छन् । अर्काथरी मान्छेहरुले मधेसी मोर्चालाई खुबै विरोध गरेका छन् । एमालेलाई एकदम समर्थन गरेका छन् । विरोध र समर्थनको यो तरिका ठिक छैन । यसरी वर्तमान समस्याको निकास निस्कँदैन । आजको सापेक्षतामा ठिक र बेठिक छुट्याएर निष्पक्ष र तटस्थ भई दबाब दिनु पर्छ ।
Clik here to view.

नयाँ शक्ति पार्टी, नेपालले तराई/मधेसको समस्या समाधान गर्न निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्नुपर्छ । त्यसका लागि अगाडि सारिएको अभियान महत्वपूर्ण अवसर हो । सही कुरा गर्दा को खसुी हुन्छ वा वेखुसी वास्ताको विषय होइन । कुरा ठिक गरियो वा गरिएन भन्ने कुरा महत्वपूर्ण हुन्छ । मधेसी मोर्चाको अतिवादलाई ढाडस दिनु हुँदैन । सही कुरा गरेर उसको आँखा खोलिदिनुपर्छ । दबाब पनि दिनुपर्छ । उसले उठाएका सबै राम्रा कुरा पुरा हुन्छन् भन्ने छैन । कुनै राम्रो माग भएपनि शक्ति सन्तुलनका कारणले फर्खिनुपर्ने हुन्छ । यो कुरामा ढुक्क भए हुन्छ । उनीहरुले राखेको माग आजको शक्ति सन्तुलनमा पुरा हुनै सक्दैन ।
त्यसो हो भने आफ्नो माग पुरा गराउने शक्ति सन्तुलन बनाउन जोड दिनु पर्छ । निकासको एक महत्वपूर्ण उपाय त्यो हो । शक्ति सन्तुलनको हिसाबले हेर्दा मधेसी मोर्चा आजको दिनमा कमजोर छ । एमाले मेधसी मोर्चाको माग पुरा गर्ने पक्षमा जति दबाब दिएपनि झुक्नेवाला छैन । त्यसो हो भने मधेसी मोर्चाले फागुन, चैत र वैशाखमा वर्षै पिच्छे आन्दोलन गर्नुको तुक छैन । नयाँ शक्ति पार्टीले अभियानको क्रममा मधेसी जनतालाई यो कुरा सुनाउनै पर्छ । मधेसी मोर्चाको माग पुरा गर भनेर मात्रै भन्ने हो भने त्यो पनि अर्को अतिवाद हुन्छ । मधेस केन्द्रित दलका नेताहरुको बुझाईमा यु टर्न गर्न जरुरी छ ।
एमाले मधेसी दल जस्तो क्षेत्रीय दल होइन । उसको बुझाई भने क्षेत्रीय दलको भन्दा माथि छैन । राष्ट्रिय दलले खेल्नुपर्ने भूमिका खेल्न सक्नु पथ्र्यो, सकेन । टिट फर ट्याट गर्दै मधेसी क्षेत्रीय नेताहरुसँग सिँघौरी खेलीरहेको छ । उसले बढो असोभनीय बोली र व्यवहार गरिरहेको छ । संरचनात्मक हिसाबले राष्ट्रिय पार्टी भएपनि प्रस्तुति र गतिविधिका हिसाबले क्षेत्रीय पार्टीको कित्तामा नै पर्यो । एमालेलाई यसले पीडा हुनुपर्ने हो । झनै क्षेत्रीय कित्ताको मसिहा पो बनेको छ । मधेसी मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन कसरत गर्नु उसको जिम्मेवारी र कर्तव्य हो । मधेसी मोर्चाको माग ठिक नभए सम्झाउने बुझाउने विधि प्रयोग गर्नु पर्छ ।
नयाँ शक्ति पार्टी, नेपालको अभियान निकासको अभियान हुनु पर्छ । कुनै एकको पक्ष लिने र अर्कोलाई गाली गर्ने हो भने त्यसले झनै बिगार्छ । ठिक कुरा बुझ्ने ढंगले तराई/मधेसका जनतालाई भन्नु पर्छ । पुरानै ढर्राको गाली गलौज, आरोप प्रत्यारोप र पक्ष विपक्ष गर्ने कामबाट आफूलाई एकदमै अलग राख्न सक्नु पर्छ । यो समस्याको एक प्रमुख कारण भनेको मधेसी दलका नेताहरुलाई उपयोग गर्नु हो । उनीहरु सजिलै उपयोग हुनु हो । स्वविवेक प्रयोग गर्ने भन्दा ढाडसको वैशाखी टेक्नु हो । पुष्पकमल दाहालले संविधान संशोधन गरेर माग पुरा गर्छु भन्दा सजिलै पत्याए । दाहालले झुक्याएर प्रधानमन्त्री बन्न खोजेको भन्ने थाहै पाएनन् ।
उपर्युक्त हिसाबले मधेसी दलका नेताहरुमा अल्पज्ञानको समस्या छ भन्ने हो । एमाले भने प्रधानमन्त्रीबाट हट्नु पर्दाको पीडा आजसम्म ओकल्दैछ । संसदीय व्यवस्थामा सरकार अस्थिर हुन्छ । त्यसैको परिणाम आफ्नो सरकार गिरेको भनेर अनुभूत गर्नै सकेको छैन । प्रधानमन्त्रीको कुर्सी छोड्नु पर्दाको पीडा मोर्चाका नेताहरुमा खन्याउँछ । रोग एकातिर उपचार अर्कोतिर जस्तो भएको छ । कांग्रेस भने अलपत्र अवस्थामा छ । निकासको स्पष्ट दृष्टिकोण दिनै सक्दैन । माओवादी केन्द्र चलखेल मार्फत सत्तामा छ । मोर्चा र एमालेका नेताहरुलाई फरक-फरक कुरा गरेर सत्ताको दिन कटाउँदैछ । नयाँ शक्ति पार्टी, नेपालको हुनेवाला हिमाल-पहाड-तराई/मधेस राष्ट्रिय अभियान निकासको साधन बन्नुपर्छ ।
The post यसकारण आवश्यक छ हिमाल-पहाड-तराई/मधेस राष्ट्रिय अभियान appeared first on Sajha Post.