काठमाडौं यतिबेला लोडसेडिङमुक्त छ र जनता लोडसेडिङको तनावबाट मुक्त छन् । यदि कुलमान घिसिङजस्तै इमान्दार र दक्ष महानिर्देशक नभएको भए र उनलाई साथ दिने जनार्दन शर्माजस्तो मन्त्री नभएको भएअझै हामी काठमाडौंबासीहरु दसौं–पन्ध्रौं घन्टा लोडसेडिङमा बसिरहेका हुने थियौं । एकजना इमान्दार र सक्षम व्यक्तिले देशभरीकै जनतालाई कति राहत दिन सक्छन् भन्ने यही कामले पनि देखाउँछ । यसले गणतन्त्र आउँदा पनि भ्रष्टहरुले कतिसम्म दुस्साहत गर्न सकेका रहेछन् भन्ने दुरुह यथार्थसँग पनि साक्षात्कार गर्न सक्छौं । भएको बिजुली खेर फालेर सरकारलाई अरु नोक्सानी गराउँदै जनतालाई अन्धकारमा राखिएको रहेछ । यस्तो उदाहरण संसारमा सायद विरलै पाइन्छ ।
यो प्रसंग त एउटा ‘टिप अफआइसवर्ग’हो । यहाँ हरेक क्षेत्रमा धेरै विकृतिहरु छन् । जस्तो–शिक्षा, स्वास्थ्य, स्थानीय निकाय, सडक र यातायात व्यवस्थाको कुरा गरौं । जतासुकै भ्रष्टहरुको यस्तो सञ्जाल छ, त्यसलाई गत पाँच दशकदेखि अर्थात् नेपालमा प्रजातन्त्र स्थापना भएदेखि नै तोड्न सकिएको छैन अपितु थप सशक्त बन्दै गइरहेको छ । यसको मुख्य कारण राजनीतिक शक्ति आफैं नै त्यस्ता भ्रष्टहरुको सञ्जालमा मिसिएर आउने व्यक्तिगत स्वार्थको चास्नी चाटिरहेका छन् भने सँगसँगै जनतालाई झूटो आश्वासन दिनपनि पछि परिरहेका छैनन् ।
अहिले जहाँसुकैको अथाह विकृतिहरुबाट जनता अति नराम्रोसँग प्रभावित छन् । यसलाई ठिक ठाउँमा ल्याउन जनताले ठूलै संघर्ष गर्नुपर्ने स्थिति छ । काठमाडौंलाई लोडसेडिङ मुक्त गरेको उदाहरणबाट पनिके थाहा पाउन सकिन्छ भने सत्तामा बसेका सत्ताधारीहरुले जनतालाई धेरै कुराहरु लुकाएर राखिरहेका छन् । जसरी भएको बिजुलीलाई लुकाउने दुस्साहस गरिएको थियो, धेरै आर्थिक समृद्धिका सम्भावनाहरुलाई पनि लुकाएर राखिएको जस्तो मलाई लागिरहेको छ ।
मलाई के पनि शंका लाग्छ भने हाम्रा मन्त्रालयहरुमा यतिधेरै कुराहरु लुकेर बसेका छन्, यति धेरै साधन र स्रोतहरु छन्, त्यसलाई राम्रोसँग व्यवस्था गर्नको लागि कुनै कदम चालिएको नै छैन । राजनीतिक र प्रशासनिक नेतृत्वसँग कुनै इमान्दारिता देखाएको छैन । यसले गर्दा हामीले २१औं शताब्दीमा पनि सबै क्षेत्रको विकृतिबाट नराम्रोसँग प्रभावित बनेर बाँच्न विवश भइरहेका छौं ।
केहीदिन अगाडि मैले रिपब्लिकामा पढेअनुसार चौधवटा सरकारी अस्पतालहरुमा सिटामोल समेत भेटिएन । यो के भइरहेको छ ? के ती अस्पतालहरुमा सरकारले पैसा नै दिएको छैन ? के पैसा भएर पनि उनीहरुले खर्च गर्न सकिरहेका छैनन् ? अर्थात् त्यहाँको व्यवस्थापकीय पक्ष असक्षम छ कि ? यस्तै प्रश्नहरु हामीले प्रत्येक मन्त्रालयहरु र प्रत्येक विभागहरुमा गर्नुपर्ने अवस्था छ ।
यो कुरा कसरी कसले हेर्ने ? यी सबको जिम्मेवारी कसले लिने ? मलाई अचम्म लाग्छ कि यत्रो संघर्ष गरेर आएका हाम्रा नेताहरुसँग आवश्यक ज्ञान, सीप र दक्षता नभएर हो कि नचाहेर हो ?
अहिले पनि काठमाडौंको वरिपरि वा काठमाडौं भ्यालीभित्रै पनि कतिपय सडकहरु वर्षौंदेखि भत्काएर राखिएको छ र त्यहाँ पिच भएको छैन । यसले काठमाडौं भ्यालीमा बस्ने नागरिकहरु धूलो प्रदुषणले गर्दा यति धेरै बिरामी भएका छन् किएकातिर उनीहरुको ‘लाइफ एक्स्पेक्टेन्सी’ घटिरहेको छ भने अर्कोतिर उनीहरुको अस्पताल धाउने समय र पैसाको बर्बाद भइरहेको छ । यो कुरा कसरी कसले हेर्ने ? यी सबको जिम्मेवारी कसले लिने ? मलाई अचम्म लाग्छ कि यत्रो संघर्ष गरेर आएका हाम्रा नेताहरुसँग आवश्यक ज्ञान, सीप र दक्षता नभएर हो कि नचाहेर हो ? एउटा आफूअन्तर्गत बलियो अनुगमन एकाई बनाएर काम कारवाही दिलाउन किन ढिला भइरहेको छ ? हप्तैपिच्छे कामको अनुगमन गरेर जहाँजहाँ बाधा अड्चनहरु छन्, तिनीहरुलाई ठाउँको ठाउँ समाधान गरेर ती कामकारवाहीमा अझै तिव्रता ल्याउन सकिँदैन र ? अवश्य पनि सकिन्छ, तर यसको लागि हामीमा इच्छा शक्ति चाहिन्छ ।
तर दुःखको कुरा हाम्रो नेताहरुलाई के लाग्छ भने त्यही राजनीतिको समस्याले मात्र पिरोलेको छ । तर जनताको दुःख, पिर र मर्काहरुले पिरोलेको छैन । उनीहरु भन्छन्, यो राजनीतिक समस्या हल गरेपछि सबै समस्याहरु हल गर्न सकिन्छ । तर म यसमा सहमत छैन । राजनीतिक समस्याहरु भनेका सधैं आइरहने समस्या हुन् । संसारमा कतिपय यस्ता देशहरु छन् जहाँ यस्तै राजनीतिक समस्या भएर पनि देशको विकास निर्माणमा तिव्रता आइरहेको छ । जनताले पाउनुपर्ने हक, हित र सुविधा पाइरहेका छन् । नेपाल मात्रै यस्तो देश हो जहाँ राजनीतिक अस्थिरताले गर्दा विदेशी लगानी आएन भनिन्छ । त्यो सत्य कुरा हो । तर हामीलाई विदेशी लगानी नै किन चाहियो ? जब कि हामीसँग भएको साधन स्रोतलाई नै हामीले राम्रो व्यवस्थापन र प्रयोग गर्न सकिएका छैनौं । अनि हामीलाई अहिले नै किन विदेशीको लगानी चाहियो ?
म एउटा अर्थशास्त्री हुँ । मैले नेपालको अर्थव्यवस्था बिसौं वर्षदेखि नियालिरहेको छु । यहाँ ठूलो परिवर्तन ल्याउन साहस न कसैले गर्छ न कोही चाहन्छ नै । काम कै कुरा गरौं । प्रायजस्तो सधैं हाम्रो असारे विकास प्रणाली छ । त्यस्तै अर्थ मन्त्रालयले बजेट निकासी गर्न त्यस्तै ढिलासुस्ती गरिदिन्छ । नेपालमा जहिले पनि आर्थिक वर्षको अन्त्यमा चालीस पचास प्रतिशत बजेट खर्च गर्न कोसिस गरिन्छ । समग्रमा प्रत्येकवर्ष गत २०/३० वर्षसम्म ४०–५० प्रतिशत छुट्याइएको बजेट कहिँकतै विकास निर्माणको काममा खर्च भएको छैन । त्यो बाँकी पैसाहरु कहाँ गएको छ ? त्यसलाई कसरी हिसाब गरिएको छ ? त्यसलाई पुनर्लगानी गर्ने कसरी रणनीति बनार्ईएको छ ? कहिँपनि यो प्रश्नको उत्तर आएको छैन र कोही यो बारेमा बोल्दा पनि बोल्दैन ।
हाम्रो देशमा जति पनि सत्तामा गएका छन् चाहे उनीहरुले आफूलाई जे सुकै विचारधाराको पक्षपाति भने पनि मलाई के लाग्छ भने हाम्रो जुन सामन्ती ‘माईन्ड सेट छ’, सोच छ त्यो कसैबाट पनि गएको छैन् । सामन्ती सोच भनेको जनतालाई गरिब नै राखिरहने परिपार्टी हो । जनताहरु गरिब र असुरक्षित भयो भने आफ्नो इज्जत हुन्छ आफ्नो मान बढ्छ भन्ने सोचाईबाट ग्रस्त भएको मलाई लाग्नथालेको छ । किनभने जनता जब आर्थिक हिसाबले सक्षम, स्वतन्त्र र सम्पन्न हुन्छन् तब कसैको पाउ मोल्नु पर्दैन । कसैको दया मायामा बाँच्नु पर्दैन । जस्तो युरोप, अमेरीकामा कसैले कसैलाई हाकिम ठूलो मान्छे भनेर नमस्कार गर्नुपर्दैन । आपसी सम्मान हुन्छ । राष्ट्रपतिलाई पनि मतलब राखिँदैन केवल आफ्नो कामसँग मतलब राखिन्छ । युरोप–अमेरीकामा जति पनि मान्छे छन् उनीहरुको लागि आफ्नो जिम्मेवारी ठूलो हो तर व्यक्ति ठुलो कुरा होईन । व्यक्ति भनेको सबै समान हुन् । त्यहाँको समाज यसरी नै अगाडि बढिरहेको छ ।
जसरी लोडसेडिङ गर्ने माफिया थिए, त्यसैगरी बनाउँदै गरेको सडकहरु निर्माण कहिले पूरा नगरेर मिलेमतोमा पैसा कुम्ल्याउने भ्रष्ट हाकिमहरु र माफियाहरुको विरोधमा हामी जनता उठ्नुपर्ने बेला आएको छ ।
यसरी नै हाम्रो नेपालमा पनि देश चलाउने जति सत्ताधारी छन्, नेता होउन वा कर्मचारी होउन वा शक्तिमा भएका शक्तिमानहरु । उनीहरु सबैले यो सोचाई नल्याएसम्म अझै बिसौं वर्ष हामीले नेपालमा समृद्धिको आसा गर्न सक्दैनौ । देशको ढुकुटी चलाउने, शक्तिमा हुनेहरुको माइन्ड सेटमा परिवर्तन आएर हामी पनि सर्वसाधारण जनता सरह नै हौं भन्ने बुझाईको विकास नभएसम्म देश परिवर्तन हुँदैन । उनीहरुले हामीले जनताबाट जिम्मेवारी पाएका छौं र त्यसलाई हामीले पूरा गर्नको लागि विशेष अधिकार पाइएको छ भन्ने सोच नराखेसम्म देशले गरिबीको दुश्चक्रबाट मुक्ति पाउन सक्दैन ।
राजनीतिक शक्तिमा इच्छा शक्ति, इमान्दारिता छ भने जनताले धेरै सुख सुविधा पाउन सक्छन् र देश समृद्ध बनाउन धेरै समय पनि लाग्दैन । समृद्धिको लागि नजिकका मानिस अथवा आसेपासेभन्दा पनिइमान्दार, सक्षम, दक्ष र व्यवस्थापनमा खुबी भएका व्यक्तिहरुले देश हाँक्न जरुरी छ । यसको लागि अब हाम्रा युवाहरु तयार हुनुपर्दछ । जबसम्म युवाहरु त्यसको लागि तयार हुँदैनन् तबसम्म देशले पनि समृद्धि हासिल गर्न धेरै गाह्रो छ ।
अन्त्यमा, जसरी लोडसेडिङ गर्ने माफिया थिए, त्यसैगरी बनाउँदै गरेको सडकहरु निर्माण कहिले पूरा नगरेर मिलेमतोमा पैसा कुम्ल्याउने भ्रष्ट हाकिमहरु र माफियाहरुको विरोधमा हामी जनता उठ्नुपर्ने बेला आएको छ । काठमाडौं सहरमा जतासुकै धूलो र मैलोले बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै छ । यस्तै अवस्था रहिरह्यो भने सिंगो काठमाडौं शहर बिरामीहरुको शहर बन्नेछ ।
(तुलाचन नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी परिषद सदस्य तथा श्रम, सहकारी र स्वरोजगार विभाग प्रमुख हुन्)
The post बिजुलीजस्तै लुकाइएका समृद्धिका सम्भावनाहरु कहिले खोज्ने ? appeared first on Sajha Post.