Quantcast
Channel: विचार – Sajha Post
Viewing all 942 articles
Browse latest View live

‘टिकापुर जनविद्रोह’ को गलत भाष्यकरण र ‘रेशम चौधरीहरू’ को रिहाईको प्रश्न

$
0
0

एक अनौपचारिक सुचनाअनुसार करिब एक महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमाल र सूर्य थापा कैलाली क्षेत्र नं. १ का माननीय सांसद रेशम चौधरीलाई भेट्न जेल गएका थिए । भेटमा उनीहरूले प्रम ओलीको प्रस्ताव राखे– ‘यदि तपाईं जेलबाट छुटेर नेकपामा प्रवेश गर्नु हुन्छ, नेकपाको ओली समूहलाई सहयोग गर्नु हुन्छ भने हामी तुरून्तै मुद्दा फिर्ता लिन तयार छौं ।’

तर, चौधरीले स्वीकार गरेनन् । त्यसको करिब ३ हप्तापछि दिपायल उच्च अदालतले टिकापुर घटनाका आरोपीहरूको मुद्दामा कैलाली जिल्ला अदालतको फैसलाभन्दा सजाय बढाउने निर्णय गर्‍यो । ‘जन्मकैद’ को निर्णय गर्‍यो ।

सामान्यतः अदालती प्रक्रियामा संसारमा कहिँ यस्तो हुँदैन । न्यायिक क्षेत्रका अभ्यासकर्ताहरूसंग बुझ्दा नेपालमा पनि यस्तो प्रचलन खासै छैन । उच्च अदालतमा या त पुनरावेदन गर्ने पक्षको माग दावीको बारेमा सोचिन्छ या त जिल्ला अदालतबाट भइसकेको निर्णयलाई सदर गरिन्छ । यो मुद्दामा सरकारी पक्ष हैन, पीडितहरू पुनरावेदन गएका थिए । उच्च अदालतको कर्तव्य र क्षेत्राधिकार पीडितहरूको माग र जिल्ला अदालतको फैसलाबीच तारतम्य भए नभएको सम्परीक्षण गर्नु हुन्थ्यो ।

तर उच्च अदालतले कसैले माग दाबी नै नगरेको सजाय बढाउने निर्णय गर्‍यो । जिल्ला अदालतले निर्दोष भनेर छोडिसेकाहरूलाई फेरि ‘जन्मकैद’ को फैसला सुनायो । नेपालका अदालतहरूमा न्यायिक निष्पक्षता र तटस्थताको ठूलो समस्या छ । वरिष्ठ अधिवक्ताहरू न्यायधीश हुने विश्व प्रचलन र प्रावधान दुरूपयोग गरी धेरै दलका ‘झोले’हरू विभिन्न अदालतमा न्यायाधीश नियुक्त हुन पुगेका छन् । उनीहरूले गर्ने फैसलामा कहिँ न कहिँ सरकार चलाउनेहरूको सोच र स्वार्थ हावी हुने गर्दछ ।

‘टिकापुर जनविद्रोह’को मुद्दामा भित्रभित्र ओलीतन्त्रको बार्गेनिङ यस्तो छ । यति निर्लज्ज छ । बाहिरबाहिर ‘जघन्य हत्याकाण्ड’का अपराधीलाई ‘कार्बाही’ गरिएको भन्न छोडिएको छैन । दुर्भाग्य– सर्वसाधारणमा भ्रम सृजना भएको छ । त्यत्रो ठूलो घटना गराउने ‘अपराधीहरूलाई सजाय गर्नु ठीकै त हो’ भन्ने खालको आमधारणा निर्माण गर्ने प्रयत्न भएको छ । टिकापुर जनविद्रोहको गलत भाष्यकरण गरिएको छ ।

यस्तो गलत भाष्यकरणमा केवल सत्तारूढ दल मात्र सामेल छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको एउटा हिस्साले समेत त्यस कार्यमा सहयोग गर्दै आएको छ । कांग्रेसका कुनै नेताले आजसम्म टिकापुर घटनामा फसाइएका निर्दोेषहरूको रिहाईबारे बोलेका छैनन् । आफूलाई निरपेक्ष ‘अहिंसावादी’ भन्न रूचाउने, तर हिंसाको बलमा बनेका राजनीतिक शक्तिहरूको ओतमा बसेर व्यक्तिगत करिअरको खेती गर्ने अवसरवादी सम्भ्रान्तवृत्त, नश्लवादी मनोउन्मादग्रस्त तथाकथित मानवअधिकारकर्मीहरूको भूमिका समेत त्यस्तै छ ।

यो देशमा हुने हज्जारौ दण्डहीनताका घटनाहरू उनीहरूको सरोकारभित्र पर्दैनन् । अरू सबै बचून्, मतलब छैन । सत्य निरूपण तथा मेलमिलाप आयोग नबनोस्, सरोकार छैन । अरू सबै घटना पचून्, ठीक छ तर टिकापुर जनविद्रोहका थारूहरू फस्नु पर्छ । फसाइनु पर्छ । उनीहरूको जीवन बर्बाद गरिनु पर्दछ । त्यसो गर्न सकेकोमा ठूलो मज्जा, आनन्द र रमाइलो हुन्छ भन्ने सोचले ती ग्रसित छन् र समाजमा गलत सूचनाहरू प्रवाहित गरिरहेका हुन्छन् ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

टिकापुर घटनालाई जति सजिलो गरी बुझिँदैछ, जेजस्तो व्यवहार गरिँदैछ, यस काण्डमा निर्दोष मानिसहरूलाई जसरी फसाइएको छ, थारू समुदायका केही उदियमान राजनीतिक प्रतिभा र व्यक्तित्वहरूको जीवन जसरी बर्बाद गर्ने षडयन्त्र हुँदैछ, कसैले नसोचोस् कि यो यति सजिलो बिषय हो, यति सजिलै पच्छ, यति सजिलै टर्छ ।

यो घटनाले देशको राष्ट्रिय मनोविज्ञानमा एक जबरजस्त र दीर्घकालीन प्रभाव पार्नेछ । रेशम चौधरी र लक्ष्मण थारूहरूलाई यति सजिलै सडाउने सपना ओलीतन्त्रले नदेखे हुन्छ । त्यसको मूल्य यो देशका सत्ताधारी, शासक वर्ग र वृत्तले ऐनमौकामा अवश्य तिनुपर्ने छ । त्यो मूल्य तिर्ने दायित्व ओलीतन्त्रको भागमा मात्र हैन, कानमा तेल हालेर बसेका नेकपा (प्रचण्ड–माधव) र नेपाली कांग्रेसभित्रका केही ‘अवसरवादीहरू’ को भागमा समेत पर्नेछ ।

यो कुरा कुनै आवेशमा, कुनै राजनीतिक पूर्वाग्रह वा दलीय संलग्नताका कारण भनिएको हैन । व्यक्तिगत जीवनमा म कहिल्यै कुनै हिंसात्मक संघर्ष र कार्बाहीमा संलग्न छैन । म कहिल्यै कुनै सशस्त्र आन्दोलन, हिंसात्मक विद्रोह वा जनयुद्ध÷गृहयुद्धमा सामेल भइनँ । तर यति मात्र कारणले म आफूलाई ‘शुद्ध अहिंसावादी’ भन्न सक्दिनँ । त्यो नैतिक साहस ममा कहिल्यै बनेन ।

नेपाली समाजको भौगालिक एकीकरण, आधुनिकीकरण, लोकतान्त्रिकरण, गणतान्त्रिकरण र संघीयकरणमा ‘क्रान्तिकारी हिंसा’ को जुन भूमिका छ, त्यसलाई अस्वीकार गर्नु भनेको यो देशको इतिहासलाई अस्वीकार गर्नु हो । योद्धाहरूको आँशु, पसिना र योगदानलाई अस्वीकार गर्नु हो । शहीदहरूको बलिदानलाई अस्वीकार गर्नु हो । यदि ती सबै चीज अस्वीकार गर्ने हो भने यो देशको कुनै संघर्षको इतिहास नै रहने छैन । त्यति कृतघ्न हुन सकिँदैन ।

व्यक्तिगतरूपमा हिंसामा सामेल नभए पनि मैले त्यही पार्टीलाई करिब २५ वर्ष समर्थन गरेको थिएँ, जुन झापा आन्दोलनको जगमा बनेको थियो । जसका एक महत्वपूर्ण नेता अहिलेका प्रधानमन्त्री केपी ओली आफैँ थिए । अर्का महत्वपूर्ण नेता मोहनचन्द्र अधिकारीलाई नेपालको ‘मण्डेला’ भनिएको थियो । उनीहरूलाई झापाका ‘मुड्कट्टा’ बाट एमनेष्टी इन्टरनेश्नलले ‘आस्थाका राजबन्दी’ को संज्ञा दिएको थियो । अर्का नेता सीपी मैनालीले ‘नख्खु जेलब्रेक’ को नेतृत्व गरेका थिए । के ती घटना तत्कालीन संविधान र कानूनअनुसार ‘अपराध’ थिएनन ?

व्यक्तिगत रूपमा सामेल होस् वा नहोस्, जसले यी घटनालाई गौरवीकरण गर्‍यो, उसलाई ‘अहिंसावादी’ दाबी गर्ने नैतिक अधिकार नै कति रहला ? युवा उमेरमा यिनै घटनालाई गौरवकीकरण गरेर हामीले पार्टी र आन्दोलन बनायौं । सबैलाई थाहा छ– झापा आन्दोलनमा बुटन चौधरी, धर्मराज ढकाललगायत ११ जनाको घाँटी रेटिएको थियो ।

झापा विद्रोह कुनै जुलुसले गरेको थिएन । घरघरमा सुतेका मान्छे ससाना समूहद्वारा मारिएका थिए । घरेलु हतियारले मान्छेका घाँटी रेटिएका थिए । तर पनि त्यो राजनीतिक विद्रोह मानियो । त्यो व्यक्तिहत्या ‘झापा किसान विद्रोह’ भयो । टिकापुर घटनामा करिब ३० हज्जारको जुलुसले दिउँसै प्रहरीसँग बगाबत गरेको थियो । त्यो राजनीतिक विद्रोह भएन ? यस्तो पनि कुनै मापदण्ड हुन्छ ? कुनै परिभाषा हुन्छ ? कुनै दृष्टिकोण वा बुझाई हुन्छ ? दोहोरो मापदण्ड र पाखण्डको पनि सीमा हुन्छ नी ।

स्वयं व्यक्ति हिंसामा सामेल हुनु मात्र हिंसावादी हुनु हैन । अर्को तरिकाले भन्दा हिंसावादी हुनु वा अहिंसावादी हुनु निरपेक्ष कुरा हैन । त्यो कस्तो स्थिति र घटनामा, कस्तो उद्देश्य र परिबन्धमा भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रम ओली स्वयं झापा विद्रोहमा सामेल थिए, आज आफूलाई‘ अहिंसावादी’ र ‘शान्तिपूर्ण’ राजनीतिक कार्यकर्ता भन्छन् । प्रचण्डलाई १७ हजार गणना गराउँछन् । प्रधानमन्त्री पदका लागि उनैसँग पार्टी एकता गर्दछन् । आफ्नो सर्दो पुरा भएपछि वा स्वार्थ नमिले पनि पार्टी फोड्छन् र फेरि त्यही १७ हजाारको आरोप दोहोर्याउँछन् । यस्तो पाखण्ड कसैले नगरोस् । त्यस्तो पाखण्ड हामी गर्न सक्दैनौं ।

नेपालमा कुन त्यस्तो राजनीतिक शक्ति छ, जो कुनै न कुनै प्रकारको हिंसामा सामेल छैन ? कुरा राजावादीहरूबाटै शुरू गरौं । के पृथ्वीनारायण शाहले गरेको युद्ध हिंसा थिएन ? यदि तर्कै गर्ने हो भने एकिकरण गर्न उनलाई मात्र के साँचो थियो ? एकिकरणको नाममा युद्ध गर्ने र मान्छे मार्ने अधिकार उनलाई कस्ले दिएको थियो ? अर्काका राज्य खोस्दै किन हिड्नु परेको थियो ? भन्ने तर्क पनि त गर्न सकिएला ? पृथ्वीनारायण शाह र गोर्खालीहरूले जुन युद्ध गरे, त्यो पुरापुरा हिंसा थियो तर राजनीतिक हिंसा थियो ।

यहाँका राजावादीहरूले अहिंसाको कुरा गर्नु त्यो भन्दा ठूलो पाखण्ड केही हैन । जसको जन्म नै हिंसाबाट भएको छ, जसको दर्शन नै हिंसामा आधारित छ, जसको राजनीतिक भाष्य नै हिंसाको महिमागानबाट सृजित छ उसले अहिंसाको कुरा गर्ने ? नेपाल दरबारको इतिहास नै भण्डारखाल, कोत र नारायणहिटीजस्ता दर्जनौं हिंसात्मक घटनाले रक्तरञ्जित छ, यी पर्व र हत्याकाण्डबापत् अहिलेसम्म कोको जेल परे ? कसकसलाई अदालतमा पेश गरियो ?

यस्ता घटनालाई आफ्नो राजनीतिक जीवनको विरासत र गौरव ठान्नेहरूले अहिंसाको पाठ पठाउने ? माओवादी जनयुद्धमा मारिएका करिब १७ हजारमध्ये करिब १२ हज्जारको जिम्मा तत्कालीन शाही सेनाले लिनेकी नलिने ? ‘शाही’ को अर्थ के हो ? ‘शाही सेना’ भन्ने बित्तिकै त्यसको नैतिक जिम्मेवारी त्यतिबेलाका शासकसँग पुग्यो कि पुगेन, जो ‘शाही सेना’ को परमाधिपति थिए ?

जहाँसम्म कांग्रेसको कुरा छ– कांग्रेसले दुईपटक सशस्त्र संघर्षको नेतृत्व गर्‍यो । २००७ सालमा र २०१८ सालमा । त्यस क्रममा मारिएका मान्छेको हिसाब कस्ले राखेको छ ? २०३१ सालमा त कांग्रेसले पैसाको लागि हजाईजहाज नै लुट्यो, त्यो वारदातमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, चक्र बाँस्तोलाजस्ता नेताहरूको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता थियो भन्ने दुर्गा सुवेदीको ‘विमान विद्रोह’ किताबले प्रष्ट पारेकै छ । कांग्रेसले आफूलाई हिंसामुक्त इतिहास भएको राजनीतिक शक्तिको नाटक गरेर हुन्छ ? तथ्य र इतिहासले त्यो पुष्टि गर्नु पर्दैन ?

चाहे एमालेधारका हुन वा माओवादी, कम्युनिष्टहरूको हिंसासँगको सम्बन्धबारे कुनै विवरण दिइरहनु पर्दछ जस्तो लाग्दैन । नेपालमा राजनीतिक हिंसाको जो अवसरवादी परिभाषा र तर्क गरिन्छ, त्यसको कुनै अर्थ छैन, कुनै संगति छैन । कुनै तुक छैन । आफ्नो इतिहास आफैं बिर्सने, आफूले गरेको हिंसा ‘जायज’ ‘महान’, ‘क्रान्तिकारी’, ‘पराक्रम’ ठान्ने, जब अरूको कुरा आउँछ, आफूलाई निरपेक्ष रूपमा ‘अहिंस्रक’ र ‘शान्तिवादी’ देखाउने पाखण्ड शोभनीय हैन ।

अब जाउँ टिकापुर जनविद्रोहमा । टिकापुर घटनामा वास्तवमा के भएको थियो ? त्यसको चरित्र कस्तो थियो ? कस्तो चरित्र भएका घटनालाई नेपालमा ‘राजनीतिक हिंसा’ मानिंदै आइयो, टिकापुर विद्रोह पनि त्यस्तै हो कि एक ‘सामान्य अपराधिक घटना’ मात्र हो ? यो कुरा अन्तर्यमा गएर पर्गेल्नुपर्ने हुन्छ । अनि मात्र यो घटनालाई बुझ्न र न्याय गर्न सकिन्छ ।

देश संघीय शासन प्रणालीमा जाने निश्चित भएसंगै त्यहाँ दुई प्रकारको धारणा थिए । एउटा धारणाले पूर्व–पश्चिम फैलिएको ‘थरूहट प्रदेश’ बनाउने माग गर्दथ्यो । विशेषतः थारू जनता यस्तो चाहना राख्दथे । थारू समुदायको यस्तो चाहना एक स्वभाविक माग थियो । थारू जनताको अन्तक्र्रिया, निर्भरता, सम्बन्ध र सघनता उत्तरदक्षिण नभएर पूर्व–पश्चिम थियो ।

पहाडी मूलका मानिस उत्तरदक्षिण प्रदेश चाहन्थे । यो दोस्रो अवधारणाले कर्णालीपारिका ९ वटै जिल्ला सँगै राखेर ‘सुदुरपश्चिम प्रदेश’ चाहन्थे । एमालेका प्रेमबहादुर आले र कांग्रेसका बीरबहादुर बलायर ‘सुप’ आन्दोलनका मुख्य नेता थिए । उनीहरूलाई शेरबहादुर देउवा, भीमबहादुर रावल र लेखराज भट्टको समर्थन थियो ।

देउवा र रावलको समर्थन हुनु स्वभाविक थियो । किनकी कांग्रेस–एमालेको राजनीतिक लाइन नै त्यही थियो । तर भट्टले त्यो लाइन लिनु र प्रचण्डले थरूहट आन्दोलनप्रति कुनै समर्थन वा सहानुभूति नदेखाउनु भने धोका थियो । किनकी उनीहरूले जनयुद्ध कालभरि ‘थरूहट प्रदेश’ को माग र अभ्यास गरेका थिए, त्यही सपना देखाएका थिए । थारू समुदायलाई त्यही आश्वासन दिएर जनयुद्धमा हिंडाएका थिए । बिशेषतः कैलाली र बर्दियाका थारू जनताले जनयुद्धमा ठूलो योगदान र बलिदान गरेका थिए ।

यसले प्रष्ट गर्दछ कि टिकापुर घटनाको पृष्ठभूमि संघीय नेपालमा कस्तो सीमांकन र प्रदेश बनाउने भन्ने अवधारणागत भिन्नता र मागसँग जोडिएको थियो । संघीयतामा प्रदेश सीमांकनको सवाल पुरापुरा राजनीतिक सवाल हो । भारतमा झारखण्ड, तेलंगना, गोर्खाल्याण्डजस्ता आन्दोलनमा हज्जारौंले ज्यान गुमाएका छन् । तिनै बलिदानको जगमा झारखण्ड, तेलंगना बने, गोर्खाल्याण्ड अझै बन्न सकेको छैन । पटकपटकको गोर्खाल्याण्ड आन्दोलनमा जीवन गुमाउनेहरूको संख्या १२ सयभन्दा धेरै भइसकेको छ ।

ठीक त्यस्तै टिकापुर घटना प्रदेश निर्माणसँग जोडिएको राजनीतिक विद्रोह थियो । राजनीतिक विद्रोहलाई कसरी बुझ्ने र व्यवहार गर्ने भन्ने प्रश्न यसमा जोडिन्छ । संघीयता र सिमांकनसँग जोडिएको राजनीतिक विद्रोहलाई ‘राजनीतिक घटना’ नै मान्ने कि ‘सामान्य अपराध’ मान्ने भन्ने सवाल यहाँनेर उपस्थित हुन्छ । यदि यो घटनालाई सामान्य अपराध मान्ने हो भने नेपालका अरू घटनालाई चाहिँ किन राजनीतिक मानेर माफी दिने ?

झापा विद्रोहमा ११ जना मारेको अर्थमा सबै झापाली बन्दीलाई जन्मकैद किन नगर्ने ? माओवादी जनयुद्धमा संलग्न सबै नेतालाई किन सामान्य अदालती प्रक्रियामा नलाने ? ‘शाही सेना’को परामाधिपति भएको अर्थमा १२ हजारको मृत्युको जिम्मेवार ज्ञानेन्द्र शाहलाई किन नबनाउने ? वा त्यतिखेरका प्रधानमन्त्रीहरू गिरिजाप्रसाद, शेरबहादुर आदि यी हिंसाका लागि जिम्मेवार किन नठहिरने ? यस्तो प्रश्नको उत्तर कस्ले दिन सक्ला ? जब यी प्रश्नको उत्तर सम्भव छैन भने टिकापुर विद्रोहको निरूपण पनि त्यसरी नै हुनु पर्दछ ।

टिकापुर विद्रोहको अर्को पाटो पनि छ । वि.सं. २०७२ भाद्र ७ जुन दुःखद घटना भयो, रेशम चौधरी वा लक्ष्मण थारू व्यक्तिगत तबरले त्यसमा संलग्न थिएनन् । त्यो आक्रोशित जुलुसले गरेको ‘मोब लिचिङ’ थियो । त्यो दिन एक बालक सहित ८ जना मारिए । भोलिपल्ट भाद्र ८ गते ८० वटा सानाठूला घर झुप्राहरू जलाइएका थिए । ती जलाउनेहरू को थिए ? उनीहरूमाथि किन कुनै अनुसन्धान र कार्बाही भएन ? यसले प्रष्ट गर्दछ कि टिकापुर घटनामा राज्य निष्पक्ष थिएन ।

भाद्र ७ को घटनाअघि त्यहाँ श्रावण २८ गते आमसभा भएको थियो । त्यो सभामा हिंसात्मक आन्दोलनको आग्रह गर्ने कांग्रेस नेता अमरेशकुमार सिंह थिए, जसको भाषणको भिडियो अहिले पनि उपलब्ध छ । विजयकुमार गच्छदारले त्यो आन्दोलनलाई समर्थन गरेका थिए । श्रावण २८ गतेको सभामा उपेन्द्र यादव र राजेन्द्र महतो पनि थिए । उनीहरूले यो घटनाप्रति नैतिक जिम्मेवारी अझै लिइरहेका छन् ।

यहाँनेर प्रश्न उठ्छ यदि रेशम र लक्ष्मण फस्नु पर्ने हो भने कांग्रेसका मित्रहरू भन्नुस्– अमरेशकुमार सिंह र विजयकुमार गच्छदार यो घटनाबाट कसरी उम्किन मिल्छ ? उनीहरू त्यहाँ थिएनन् भन्ने हो भने रेशम र लक्ष्मण पनि त्यहाँ थिएनन् । अमरेश कुमार सिंहहरूमा नैतिक उत्तरदायित्व किन जोडिएन र रेशम र लक्ष्मणलाई नै किन ‘योजनाकार’ भनियो ? यो प्रश्नले कांग्रेसी मित्रहरूलाई कहिल्यै पछ्याउन छोड्ने छैन ? मेरो भनाई यो हैन कि कसैलाई लगेर यसमा फसाऊ, तर दोहोरो मापदण्ड त कांग्रेसमा पनि देखियो । आज कांग्रेस किन चुँ बोल्दैन ?

टिकापुर जनविद्रोहको तेस्रो पक्ष स्थानीय जनसमुदायको राजनीतिक धारणा के कस्तो थियो भन्ने हो । रेशम चौधरीले बारेस मार्फत् २०७४ सालको आम चुनाव लडे । उनले कैलाली–१ बाट ३४ हजार ३४१ भोट ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वीले १३४०६ भोट ल्याएका थिए । रेशमले करिब २१ हजार मतको फराकिलो भिन्नताले त्यही ठाउँ र निर्वाचन क्षेत्रमा चुनाव जिते । यदि त्यो सामान्य अपराध थियो भने जनताले रेशमलाई किन भोट दिए ? त्यो पनि त्यति फराकिलो अन्तरसहित ?

त्यो निर्वाचन क्षेत्रको जनसंख्यायिक बनौट हेर्दा थारू समुदायले मात्र दिएको भोटले त्यति फराकिलो मत अन्तर हुँदैन । पहाडी समुदायको निक्कै ठूलो हिस्साले समेत रेशमलाई भोट दिएको थियो । त्यसको कारण के थियो होला ? कुन मनोविज्ञानबाट त्यो सम्भव भयो होला ? यो निर्वाचन परिणामले पनि टिकापुर घटना एक राजनीतिक विद्रोह थियो भन्ने पुष्टि हुन्छ । त्यो केवल थारू जनताको मात्र नभएर अरू समुदायका जनताको समेत विद्रोह थियो भन्ने पुष्टि हुन्छ । त्यो एक राजनीतिक अपधारणामा बनेको विद्रोह थियो भन्ने पुष्टि हुन्छ ।

यो बुझ्न उचित हैन कि त्यहाँका सबै पहाडी समुदायहरू उत्तरदक्षिण प्रदेश चाहन्थे । पूर्वपश्चम प्रदेश चाहने पहाडी समुदाय पनि त्यहाँ उल्लेख्य संख्यामा थियो, छ । तसर्थ यो केवल थारू र पहाडी समुदायको कुरा मात्र पनि हैन, प्रदेश निर्माणमा अवधारणागत भिन्नता मुख्य प्रश्न हो र, त्यो राजनीतिक विषयवस्तु हो ।

यी यावत पक्षहरूलाई केलाएर राज्यले टिकापुर जनविद्रोहलाई राजनीतिक मान्यता दिन जरूरी छ । मृतकका परिवारप्रति सबै पक्षले सार्वजनिक क्षमायचना र राज्यले क्षतिपूर्ति दिनु पर्दछ । तर जनताको मनोविज्ञान नबुझी वा बुझीबुझीकन बुझ पचाएर राज्य पक्षपाती हुनु हुँदैन । यसको दीर्घकालीन असर हुनेछ । देशको एउटा ठूलो र मुख्य समुदायले आफूमाथि अन्याय, अत्याचार, पक्षपात र दमन भएको तुष लामो समयसम्म राख्नुपर्ने अवस्था बन्नेछ । यस्तो किमार्थ हुन दिनु हुँदैन ।

टिकापुर जनविद्रोहका बन्दीहरू ‘आस्थाका राजबन्दी’ हरू हुन् । उनीहरूको मुद्दा अबिलम्ब फिर्ता हुनु पर्दछ । माननीय रेशम चौधरी लगायतका राजबन्दीहरू अबिलम्ब रिहा हुनु पर्दछ ।

कमरेड ओली ! सत्ता सधै तपाइँसँग रहने हैन । सत्ताको चाकाचुलीमा तपाईका अन्तिम दिनहरू अब धेरै टाढा छैनन् । निश्चित छ, केही महिनाभित्रै तपाई सधैंका लागि विदा हुनु हुँदैछ । निकट भविष्यमै त्यस्तो सरकार बन्न सक्दछ, जसको पहिलो निर्णय नै टिकापुर जनविद्रोहका राजबन्दीहरूको मुद्दा फिर्ता लिनु हुनेछ । समयको अन्तराल मात्र हो, मुद्दा फिर्ता त यसै हुन्छ, उसै हुन्छ, यो जस लिने अवसर किन गुमाउनु हुन्छ ?

The post ‘टिकापुर जनविद्रोह’ को गलत भाष्यकरण र ‘रेशम चौधरीहरू’ को रिहाईको प्रश्न appeared first on Sajha Post.


सिङ्गापुरको लोकतन्त्रले यसरी ‘यु टर्न’ गर्दैछ

$
0
0

चिसो डिसेम्बरको लण्डनको मध्यान्ह अक्सर कसैले सम्झिँदैन । तर, गत हप्ता म त्यही गरिरहेको थिएँ । सन् २०१५ डिसेम्बर २ का घटनाहरु सम्झिँदै थिएँ ।

म त्यहाँ पोष्टग्राजुएटको विद्यार्थी थिएँ । कक्षा सकिएपछि नजिकैको वेष्टमिन्स्टर दरबारतिर जानु रुचिकर हुने सोच आयो ।

बेलायतको शताब्दिऔं पुरानो दुई सदनहरुको पुरानो भवनअगाडि युद्धविरोधी प्रदर्शनकारीहरुको ठूलो संख्या भेला भएको थियो । उनीहरुले ‘सिरियामाथि बम नहान’ लेखिएका ठूल्ठूला ब्यानर बोकेका थिए ।

भित्र हाउस अफ कमन्सको खचाखच बैठकमा डेबिट क्यामरुनको सरकारको सिरियामा इस्लामिक स्टेट विरुद्ध हवाई हमला गर्ने योजनाबारे विपक्षीहरुसँग भयङ्कर टसल भइरहेको थियो ।

विपक्षी लेबर नेता जेरेमी कोर्बिनले आफ्नो दलभित्र सांसदहरुलाई स्वतन्त्रतापूर्वक मत विभाजित हुन बाध्य बनाएका थिए । कोर्बिन आफै युद्धविरोधी कडा वामपन्थी धारणा राख्थे । अरु धेरै लेबर सांसद कोर्बिनजस्तै थिए । तर लेबर पार्टीभित्रै त्यस्तो सोच राख्ने सांसदहरुको राम्रो संख्या थियो जो सिरियामा हवाई आक्रमण मानवीय दृष्टिकोणबाट अत्यावश्यक ठान्दथे ।

लेबर सांसदहरुको लागि यो एकप्रकारको धर्मसंकटजस्तो थियो । आफ्नो पार्टीको संसदीय दलको नेताको आवाज जोगाउने वा आफ्नो आत्माको आवाजको पक्षमा मतदान गर्ने ? २१९ लेबर सांसदहरु मध्ये ६६ जनाले प्रस्तावको समर्थनमा मतदान गरे, जसले सरकारलाई सहज विजयको सुविधा दियो ।

त्यो दिनको साँझ मेरो स्मरणको अन्तिम बिषय कोर्बिनका विदेश नीति प्रमुख हिलारी वेनको भाषणको प्रत्यक्ष प्रसारण एक साथीको स्मार्टफोनमा हेर्नु थियो । उनले करिब १५ मिनेट बोलेका थिए र सरकारको योजनाको पक्षमा तर्कहरु थपेका थिए ।

उनी शान्त र विनम्र भावले बोलेका थिए । अन्ततः कोर्बिनको विरुद्धमा विद्रोह गर्ने बताएका थिए । एक टिप्पणीकारले त्यसलाई ‘सिम्फोनिक तर्कहरुको चरमोत्कर्ष’ भन्दै प्रसंशा गरेका थिए ।

उनको भाषणमा कुनै कल्पित शब्दहरु थिएनन् । उनी सिधा र सपाट बोलेका थिए । एकल वाक्यहरु प्रयोग गरेका थिए । उनले भनेका थिए, ‘हाम्रो पार्टी सधैं न्याय र मानव अधिकारको बचाउ गर्ने पक्षमा रहेको छ । अब त्यो सिरियामा देखाउने बेला भएको छ ।’

भवन जयप्रगस

गत शुक्रबार जब सिङ्गापुर सरकारले, मेरो मातृभूमिले संसदीय कारबाहीलाई प्रत्यक्ष प्रसारण गर्ने अनुमति दियो, मलाई ती सम्झनाहरु ताजा भए । यो सत्तारुढ पिपल्स एक्सन पार्टीमा आएको ठूलो ‘युटर्न’ हो ।

६ दशकदेखि सत्तामा रहेको पिपल्स एक्सन पार्टीले संसदीय कारबाहीको प्रत्यक्ष प्रसारण गर्ने कुरालाई हाँसोमा उडाउँदै आएको थियो । उसको यस्तो कार्यले नाटकीयतालाई प्रवर्द्धन गर्नेछ र संसदीय छलफललाई कमजोर बनाउँछ ।

सूचना तथा सञ्चारमन्त्री एस ईश्वरणले भनेका छन् कि प्रशासनमा अझै ती भयहरु छन् तर नागरिकमा रहेको ‘पारदर्शिता, जवाफदेहिता र पहुँच’को वृहत्तर चाहनालाई संसदले पूरा गर्नु पर्दछ ।

सिङ्गापुरी जनता वा बेलायती पनि जसको उपनिवेश हुनुको नाताले हामीले उसको संसदीय प्रणाली अनुकरण गरेका छौं– आफ्ना सांसदहरु उफ्रेको, चिच्याएको, उनीहरु गिल्ला भएको हेर्न चाहँदैनन । यसर्थमा सरकारका चासोहरु निरर्थक हैनन् । तसर्थ, बोल्ने बाहेकका सांसदहरुको माइक मौन राख्ने पद्धति अन्यथा हैन ।

बेलायतमा भर्खरै गरिएको एक सर्वेक्षणअनुसार ५१ प्रतिशत उत्तरदाताहरु कोभिड–१९ पछिको युगको संसदमा ‘बक्सिङ र जुडो’ शैलीको तर्क नगरियोस् भन्ने चाहन्छन् । परपरैबाट गरिएका भर्खरैका संसदीय बहसहरु बढी बिषय केन्द्रित र गम्भीर थिए ।

ती नागरिकले जसले सांसदहरुलाई भोट दिएर जिताएर पठाएका छन्, ती सक्षम छन् कि छैनन् भन्ने साक्षी बन्ने उनीहरुको आधारभूत अधिकार हो । नागरिक त्यस्ता बहसहरु चाहन्छन् जसले जीवनलाई प्रत्यक्ष प्रभाव पारोस् । यो कदमले उत्तरदायित्वलाई अवश्य बढाउने छ ।

टोनी ब्लेयर जो लेबर पार्टीको तर्फबाट सबैभन्दा लामो समय प्रधानमन्त्री हुने र आफ्नो पुस्ताको सबैभन्दा राम्रा राजनीतिक वक्ता थिए, पदनिवृत भएपछि भन्थे कि प्रधानमन्त्रीका लागि गरिने प्रश्नहरु सामना गर्न उनी तयारी गर्थे र त्यहाँ बोलेका चिजहरु कार्यान्यन गर्न कहिल्यै छोड्दैनथे ।

र, यहाँ पनि त्यही कुरा हो । संसदीय कारबाहीको प्रत्यक्ष प्रसारणले सांसदहरुलाई बहसका लागि तयारी गर्नुपर्ने बनाउनेछ । राम्रो भावनाले बहसमा सामेल हुने पर्नेछ । अर्थ न बर्थका आरोपप्रत्यारोप र त्रुटीपूर्ण तर्कहरुबाट जोगिन पर्नेछ । नागरिकले उनीहरुलाई स्मार्टफोनमा हेर्ने छन् । तुरुन्तै प्रतिक्रिया गर्नेछन् ।

(लेखक साउद चाइना मोर्निङ पोष्टका एसिया संवाददाता हुन् । यो आलेख सेप्टेम्बर ११ मा प्रकाशित अनलाइन संस्करणबाट अनुवाद गरिएको हो)

The post सिङ्गापुरको लोकतन्त्रले यसरी ‘यु टर्न’ गर्दैछ appeared first on Sajha Post.

कोरोना महाव्याधीले पश्चिमा लोकतन्त्रको अँध्यारो पक्ष उजागर गरिरहेछ

$
0
0

गत महिना द इकोमोनिष्टले चीनसँग शीतयुद्धमा उल्झिरहनुको विपक्षमा तर्क गर्‍यो तर शीतयुद्धलाई एक यथार्थका रुपमा पुनरावलोकन हुनुपर्ने बतायो । इकोमोनिष्टको दावी थियो- अमेरिका र यसका गठबन्धन साझेदारहरु चीनको राज्य–पुँजीवाद र खुल्ला समाजबीचको लामो प्रतिस्पर्धाका लागि तयार हुनै पर्दछ ।

यी पंक्ति महाव्याधीपश्चात्को पश्चिमा विश्वमा लोकतन्त्रको अवसानबारे असहज लेखनको उदाउँदो विधाका प्रमाण हुन् । अन्यमध्ये द वासिङ्टन पोष्टद एटलान्टिकले अमेरिकाको बढ्दो आर्थिक असमानता, अफिमची संकट र राष्ट्रव्यापी जनप्रदर्शनबारे थुप्रै निबन्ध र लेखहरु प्रकाशित गरेका छन् ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा सैन्यशक्तिको प्रयोग, त्यसका अवैधानिक दुर्व्यवहारले स्वयं राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीको मथिङ्गल हल्लिएको छ । तर अझ ठूलो कुरा, कोराना भाइरस महाव्याधीको गलत व्यवस्थापन र मानवीय जीवनको अनावश्यक क्षतिले अब अमेरिका विश्व लोकतन्त्रको ध्वजावाहक नरहेको प्रमाण पेश गरेको छ ।

लण्डन रिम्यु अफ बुक मा पंकज मिश्र बेलायतको आर्थिक नीति र कोरोना महाव्याधी प्रतिरोधबारे व्याख्या गर्दै लेख्छन्, ‘बितेका दशकमा कन्जर्भेटिभ सरकारहरुले बजेट कटौतीका नाममा सामाजिक सुरक्षाको अंशलाई निर्ममतापूर्वक कटाइरहेका थिए । अन्ततः यो कम यस्तो असफलता बन्यो कि बेलायतले आफ्ना अस्पताल र स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गाउन र मास्ककोे समेत आपूर्ति गर्न सकेन ।’

मार्टिन पावर्स

बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले द गार्जियनमा महाव्याधीअघिको बेलायत र अमेरिकाको बजेट कटौती र आर्थिक पुनर्नियमितताबारे लेखेका छन्, ‘टोरीको बजेट कटौती नीति कहिल्यै राम्रो विचार थिएन, अब त्यो एक प्रमाणित असफलता बनेको छ ।’ यो कुरा बेलायतका टोरीहरुको लागि मात्र हैन, अमेरिकाको सत्ताधारी दलका लागि समेत एक मानक सिद्धान्त बन्न पुग्दछ ।

मिश्रले पूर्व र पश्चिमका राष्ट्रहरुको उत्तरदायित्वपूर्ण प्रयास र लोकतन्त्रका लापरवाही बीच सांख्यिकीय तुलना गरेका छन् । आधुनिक इतिहासमाथि मिश्रको समीक्षाले वास्तवमा नागरिकहरुको सुरक्षा र खुशीयाली प्रवर्द्धन गर्न सकेको वा नसकेको अर्थमा अब ‘पूर्व’ र ‘पश्चिम’ को वर्णिकरण गुणात्मक रुपले पर्याप्त छैन भन्ने देखाउँछ ।

फरेन अफेयर्स, द गार्जियनद एटलान्टिकले ट्रम्पको राष्ट्रपतीय शासनकालमा विज्ञान, विशेषज्ञता र विधिको शासनलाई कसरी व्यवस्थित विघठन गरियो भन्ने लालामो विवरण दिएका छन् । त्यसको बदलामा गलत सूचना विधि र अन्तर्राष्ट्रिय कानूनहरुको अपहेलनालाई दक्षिणपन्थी राजनीतिक कार्यनीतिको मानक बनाइएको थियो ।

लोइ प्रतिष्ठानको एक समीक्षा प्रतिवेदनले भन्छ, ‘नियमआधारित अन्तर्राष्ट्रिय कानुनहरुको अर्थसंगतिको अवधारणलाई अर्थहीन बनाउनु नै विद्यमान दशकहरुमा उदारवादले भोगेको संकट हो ।’

यदि यी र अरु यस्ता धेरै लेखकहरु सही छन् भने पश्चिमा लोकतन्त्रले लोकतन्त्रको मूल्य मर्मलाई कुल्चिएको छ भन्ने अर्थ लाग्दछ । यस्तो बेला पश्चिमा राजनीतिज्ञहरुलाई यो सोध्नु वाञ्छनीय हुन्छ कि आफैंले पालना नगरेको लोकतन्त्र अपनाउन अरुलाई उपदेश दिएर के हुन्छ ?

लोकतन्त्रले सधै विधिको शासन पालना हुनुपर्ने माग गर्दछ । तथ्य, विज्ञान, र विशेषज्ञताको सम्मान आवश्यक पर्दछ । जनताको फाइदाका लागि विभिन्न पक्षहरुसँग संवाद र सम्झौता गर्ने इच्छा हुनु पर्दछ । तर ट्रम्प जो एक प्रशासकीय राजनीतिज्ञ हुन्, उनको लोकतन्त्रको अर्थ निम्न देखिन्छ-

१. आन्तरिक तथा बाह्य बजेट कटौती । धनीहरुको कर कटौती र सामाजिक कार्यहरुमा खर्च कटौती ।

२. विधि, विज्ञान र विशेषज्ञताको अपमान ।

३. शासनशैलीमा अराजकता, उपद्रो, गुटबन्दी ।

४. कुनै शर्तमा कसैसँग संवाद र सम्झौता नगर्ने शैली । नागरिकको जीवनको मूल्य चुकाएर भए पनि विपक्षी दल वा अन्य पक्षहरुसँग नझुक्ने सोच ।

वासिङ्गटन नीति अध्ययन प्रतिष्ठानका कोन एच ह्यालीम्यानले बजेट कटौतीले कसरी ‘ऋणको पासो’ मा परिन्छ भन्नेबारे चर्चा गर्दै लेखेका छन्, ‘ती देशहरु जसले सार्वजनिक खर्च कटौती गर्दछन्, उनीहरुको अर्थतन्त्र विस्तार सुस्त हुन्छ र ऋण बढ्न थाल्दछ । त्यसले अझ बढी ऋण लिनुपर्ने र बजेट कटौती गर्नुपर्ने अवस्था ल्याउँछ ।’

यसको अर्थ हो– गरिब राष्ट्रहरु धनी राष्ट्रहरुसँग र गरिब नागरिकहरु धनी नागरिकहरुसँग निर्भर हुनु पर्दछ । यो प्रक्रियाले लोकतन्त्रतिर हैन बरु कुलिनतन्त्रतिर जान प्रेरित गर्दछ । औसत नागरिकका लागि यति हानिकारक हुने नीतिलाई कसरी लोकतन्त्रसँग मिल्दो मान्न सकिन्छ ?

कोरोना संक्रमणका कारण ज्यान गुमाएका मानिसहरुको सम्झनामा वासिङ्गटनको नेशनल मलअगाडि झण्डा सजाउँदै एक स्वयम्सेवक । तस्बिरः रोयटर्स

हामीले बचपनदेखि नै सिक्दै आएका छौं कि लोकतन्त्र प्राचीन ग्रिसबाट प्रारम्भ भएको थियो । तर, थोमस जेफरसन एथेनियन लोकतन्त्रसँग असहमत थिए । उनले भनेका थिए–‘एथेनियन लोकतन्त्रमा केही शहरियाहरुलाई सम्पूर्ण देशको नीतिनिर्माण गर्ने सुविधा हुन्थ्यो । त्यो आजको युगको लोकतन्त्रको सिद्धान्त हुन् सक्दैन । सबै मानिसमा समान अधिकार र प्रत्येक व्यक्तिको खुशीयाली सरकारको एक मात्र वैधानिक उद्देश्य हुनु पर्दछ ।’

समान अधिकार र प्रत्येक व्यक्तिको खुशीयालीको अवधारणा नै ग्रिक लोकतन्त्रमा थिएन । जस्तो कि अरस्तुले द पोलिटिक्स मा भनेका थिए कि कुलिनहरुसंग मात्र विवेक हुन्छ । तसर्थ व्यापारी, कालीगढ, किसान र अन्य कुलिन वर्गमा नपर्नेहरुमाथि शासन गर्नु उनीहरुको दायित्व हो ।

थोमस एक्विनोसदेखि स्यामुअल पुफेनड्रोफसम्म र त्यसपछि पनि युरोपेली इतिहासमा त्यही सिद्धान्तको रटान लगाइयो । यसले दासतालाई प्रमाणित गर्न खोज्दथ्यो । विश्वको उपनिवेशीकरण र जनताको शोषणलाई स्वभाविक सिद्ध गर्न खोज्दथ्यो ।

बजेट कटौतीको सिद्धान्तले यो परम्परालाई स्वभाविक मान्दछ । यो मान्यतामा छिटफुट दानहरु बाहेक कुलिनतन्त्रले सर्वसाधारणका लागि खर्च गर्ने अपेक्षा गर्न सकिँदैन । छरिएको स्रोतलाई समेट्ने अर्थशास्त्र यही सोचको एक प्याकेज हो । जस्तो कि अरस्तु ठान्थे– बढी ‘सम्पति र सम्मान’ ले सज्जित भएको कारण कुलिनहरु जनताभन्दा बढी ‘स्वतन्त्रता’ को हकदार हुन्छन ।

इतिहासको यो संक्षिप्त पाठबाट प्रष्ट हुन्छ कि ट्रम्पको लोकतन्त्र आधुनिक लोकतन्त्र नभएर पुरातन लोकतन्त्रसंग धेरै अर्थमा मिल्दोजुल्दो छ । जेफरसनको ‘समान अधिकार’ र ‘जनताको खुशीयाली’ सिद्धान्तमा आधारित लोकतन्त्र कसरी त्यस्तो अक्षम्य लोकतन्त्रका रुपान्तरण भयो ? यो त हुन् सक्ने कुरा हैन ।

मन्टेस्क्यु, रुसो र भोल्तेयरभन्दा धेरै अगाडिको कन्फुसियसवादी शिक्षाहरु पढ्ने हो भने पनि जनताको खुशी नै कुनै पनि वैधानिक सरकारको वास्तविक बिषय हो । ती लेखौटमा यो प्रष्ट छ कि सबै मानिसको विवेक बराबर हुन्छ, शासक त्यो हुन्छ जोसंग सेवा गर्ने क्षमता हुन्छ, धनी वा सामन्त हैन । यो समतावादी आदर्शलाई प्रबोधनकालका प्रभावशाली व्यक्तित्वहरुद्वारा बारम्बार अनुमोदन गरिएको थियो ।

सन् १७३० र १७६० मा फ्रान्सेली लेखक सिलौटीले चिनियाँ सरकारले उद्योग तथा वाणिज्यलाई प्रोत्साहित गर्न कसरी नीतिगत कामहरु गर्दथ्यो भनेर व्याख्या गरेका छन् । जस्तो कि– योग्यतामा आधारित नियुक्ति, जनपृष्ठपोषण प्राप्तिको संयन्त्र, प्रगतिशील कर र नाजुक अवस्थामा रहेकाहरुलाई लागि सरकारी अनुदान मुख्य उपायका रुपमा उल्लेखित थिए । कोरोनाको विश्वव्यापी महामारी नियन्त्रणका लागि पनि यसप्रकारको नीतिगत हस्तक्षेप आवश्यक छन् ।

यी चिन्तनहरु भोल्तेयर, रुसो, पाइने वा जेफरसनका पश्चिमा परम्पराका प्रगतिशील सोचहरुभन्दा खासै भिन्न छैनन । अठारौं शताब्दिको अन्त्यसम्म पनि जनताको सेवाका लागि योग्यतातन्त्रमा आधारित नियुक्ति प्रबोधनकालीन चिन्तनको एक मानक विशेषता थियो ।

यो प्रष्ट हुन् जरुरी छ कि पश्चिमको उदारवादी सोचले पूर्व र पश्चिमको त्रुटीपूर्ण विभाजनलाई मान्यता दिँदैन । कोरोना महाव्याधीपछिको विश्वका लागि पनि यही कुरा सही हो । यसको अर्थ– कुनै एक राष्ट्र वा समूहसँग सबै कुराको उत्तर छैन ।

मिश्रजस्तै ‘लोकतन्त्रको असफलता’ विधाका विभिन्न लेखकहरुले चिनियाँ नीतिका अँध्यारा पक्षहरुलाई मात्र हैन, बेलायत र अमेरिकी नीतिका अँध्यारा पक्षलाई समेत सामुन्ने ल्याएका छन् । कुनै एक विचारधाराले सधै राम्रो परिणाम दिन्छ र अर्को कुनै विचारधाराले सबै दुःख र मृत्युलाई मात्र निम्त्याउँछ भनेर दाबी गर्न सकिँदैन ।

फाइदाकारी नीतिहरु वैचारिक विभाजन र राष्ट्रिय सीमाभन्दा बाहिर पनि लागू सकिन्छ । अमेरिकी राष्ट्रपति उम्मेद्वार जो वाइडनले भनिरहेको महाहामरी विरुद्ध लड्ने नीति-मास्क, टेस्टिङ, ट्रेसिङ र संक्रमितहरुको आइसोलेसन चीनले अबलम्बन गरेकै नीतिहरुजस्ता छन् । के यी चीनका नीतिहरु थिए भनेर अमेरिकीले यसबाट फाइदा लिनु हुँदैन भन्ने छ र ?

दक्षिणपन्थीहरुको बजेट कटौती नीति यथार्थमा पश्चिमा कुलिनतन्त्रको संस्कृति पुनरुक्ति भएको मात्र हो । अमेरिकाले त्यही अंगाल्नु पर्छ भन्ने छ र ? असान्दर्भिक समूहबन्दीको सोचले अविवेकपूर्ण परिणाम मात्र निम्त्याउँछ भन्ने पुष्टि भएन र ?

१३ औं शताब्दितिरका चिनियाँ साम्राज्यको एक हाते किताबमा यो सल्लाह दिइएको छ कि कुनै नीति बनाउनु वा परिवर्तन गर्नु छ भने यो सोच्नु पर्दछ कि त्यो जनताको लागि फाइदाजनक हुन्छ कि हुँदैन । यदि त्यसले भ्रष्ट प्रशासकहरुलाई मात्र फाइदा गर्दछ भने त्यसले ल्याउने परिणाम उपद्रवी र अराजक नै हुन्छ ।

यस्तो सुझाब पनि पूर्व वा पश्चिम, विगत वा वर्तमान भनेर पन्छाउँन मिल्छ र ? महाव्याधीपछिको विश्वमा प्रयोजनशील नीतिहरु कुनै विचारधारा वा कुन देशको हो भन्दा बढी गाणना योग्य हुनेछन् ।

द साउथ चाइना पोष्टबाट ।

The post कोरोना महाव्याधीले पश्चिमा लोकतन्त्रको अँध्यारो पक्ष उजागर गरिरहेछ appeared first on Sajha Post.

केपी ओलीको गोर्भाचोभ अवतार र संसद विघटन

$
0
0

रुसमा सन् १९०७ जुन ३ तारिखमा जारले दोस्रो राज्य–दुमालाई बलप्रयोगद्वारा अपहरण गरी विघटन गर्‍यो । त्यहाँ बम विस्फोट गरेर संसद भंग गर्ने, सांसदको हत्या गर्ने जुन काम गर्‍यो, यहाँ व्यक्तिहरु त मारिएनन्, हाम्रो २७५ जनाको प्रतिनिधिसभामा केपी ओलीले बम ब्लाष्ट गर्दिनुभयो र यसलाई विघटन गरिदिनुभयो । त्यो घटना र यो घटनाको म सामञ्जस्यता देख्छु।

गोर्वाचोभले जस्तै केपी ओलीजीले बम ब्लास्ट गरिदिनुभयो र यसलाई विघटन गरिदिनुभयो । त्यो घटना र यो घटनाको सामञ्जस्यता म देख्छु । आज नयाँ रुपमा यो घटना प्रकट भएको छ । यो ७१ वर्ष कम्युनिष्टहरुको निम्ति पनि अर्कै त्यस्तै रहेछ कि भन्ने पनि लाग्छ । रुसमा ७१ वर्षमा सोभियत संघ विघटन गर्ने र समाजवाद, कम्युनिष्ट पार्टीलाई विघटन गर्ने चेष्टा गरियो । त्यसको पात्र गोर्वाचोभ भन्ने व्यक्ति थिए । आज नेपालमा त्यही ७१ वर्षकै समयमा नेकपाको यो उचाईको बीचमा, दुई तिहाईको छेउछाउमा पुगेको नेकपालाई अर्को ढंगले गोर्वाचोभले चालेकै कदम केपी ओलीले चाल्नुभएको छ । यसप्रकारको पछाडि फर्किने, प्रतिक्रियावादतर्फ जाने, यो स्वेच्छाचारी र प्रतिगमनकारी कदमको विरोध गरेर हामीले फेरि नेपालको कम्युनिस्ट आन्दोलनलाई सही मार्गमा फर्काउनुपर्ने आवश्यकता छ ।

यसका निम्ति हामीले सबै मोर्चाबाट संघर्ष गर्नुपर्ने खाँचो छ । सांस्कृतिक फाँटले पनि यो कदमको विरुद्धमा फेरि एकपटक संघर्ष गर्न जरुरी छ, विगतमा जसरी नेपाली जनताको बिचमा गएर यहाँहरुले जागरण र नेतृत्वको भूमिका खेल्नुभएको थियो । जनतालाई जागरणमा ल्याउने, अग्रसर बनाउने र आन्दोलनको मोर्चामा उभ्याउने जुन खालको काम गर्नुभएको छ, त्यो कामलाई फेरि एकपटक नयाँ र अझ सशक्त रुपमा लिएर जानुपर्ने खाँचो उत्पन्न भएको छ । मलाई विश्वास छ जनसांस्कृतिक महासंघले यो अभियानको फेरि नयाँ ढंगले नेतृत्व गर्नेछ र यो नेतृत्व अहिलेदेखि नै आरम्भ हुने र आन्दोलनका चरणमा यसको नेतृत्व थप स्थापित हुनेछ र भूमिका खेल्नेछ ।

अहिले ओलीजी र उहाँका मान्छेहरुले कतिपय तर्क गरिरहेको मैले सुनिरहेको छु । केही समय अगाडि नेकपाको केन्द्रीय समिति बिस्तार भएको र ११९९ पुगेको भन्दै ओलीजीले निर्वाचन आयोगमा बुझाएको कुरा बाहिर सार्वजनिक भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिक व्यवस्था के हो भने केन्द्रीय समितिको बहुमत सदस्य उपस्थित नभइकन केन्द्रीय समितिको बैठक बस्न सक्दैन । अहिले हाम्रो केन्द्रीय समितिको सदस्य संख्या ४३५ छ । पार्टी एकता हुँदा हाम्रो केन्द्रीय समिति ४४१ हो । पछि ५ जना थपिनुभएछ, त्यसो गर्दा ४४६ भयो । ३ जनाको यसबीचमा मृत्यु भयो, ३ जना व्यक्ति राजदूत भएर जानुभयो, ५ जना संवैधानिक नियुक्तिमा जानुभयो । अहिले नेकपाको केन्द्रीय समिति ४३५ जनाको छ । ४३५ जनाको केन्द्रीय समितिको बैठक बस्न सामान्य कोरमका हिसाबले पनि २१८ जना चाहिन्छ ।

अस्ति पुस ७ गते हामी नेकपाको केन्द्रीय समितिको बैठक बस्यौं । त्यो बैठकमा ३०० केन्द्रीय सदस्यले हस्ताक्षर गर्नुभएको छ र अरु केही व्यक्तिहरु आउने प्रक्रियामा पनि हुनुहुन्छ । उहाँहरुले हामी आउँदैछौं भन्नुभएको छ, यो संख्या अझै बढ्नेछ । ३०० लाई मात्र मान्ने हो भने पनि ओलीजीसँग जम्माजम्मी १३५ जनामात्र बाँकी रहन्छन् । १३५ जनामध्ये वामदेव लगायतका थुप्रै साथीहरु कुनै पनि बैठकमा जानुभएको छैन । यो संख्यालाई घटाउने हो भने करिब २५ प्रतिशत केन्द्रीय सदस्य मात्र बालुवाटारको बैठकमा गए होलान् भन्न सकिन्छ ।

२५ प्रतिशत व्यक्तिहरु उपस्थित भएको बैठकको कुनै वैधानिकता हुन्छ ? अनि त्यसले कमिटी बिस्तार गरेको कुराको प्रमाणिकता हुन सक्छ ? यो सक्दैन । हाम्रो विधि र व्यवस्था के हो भने केन्द्रीय कमिटीको बहुमत सदस्य जता हुनेछन्, त्यतातिर नै त्यो पार्टीको वैधानिकता रहनेछ र पार्टीको नाम र चुनाव चिन्ह त्यसैसँग सुरक्षित हुन्छ । यसभन्दा अगाडि हाम्रा सबै कानून र नजिरका सबै व्यवस्था यही नै छन् । त्यसकारण हामीसँग नेकपा छ, हामीसँग सूर्य छ । यो वैधानिक पार्टी हो । यसमा कसैले पनि चुनौती दिन सक्दैन ।

यदि यसमाथि कुनै किसिमको षड्यन्त्र भयो भने स्वाभाविक रुपमा यो धेरै गम्भीर कुरा हुनेछ । तपाईहरुमार्फत् सबैलाई म के भन्न चाहन्छु भने कानून, हाम्रा विधि र व्यवस्थाको दायराभित्र बसेर सबै फैसलाहरु गरियोस् । संविधानले संसद विघटन गर्ने कुनै परिकल्पना गरेको छैन । त्यसकारण संसद पुनर्स्थापनाको मुद्दा पनि हाम्रा विधि र व्यवस्थाहरु हेरेर सही विधि र सही मार्ग फर्काउन म सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु । यदि विधि र कानूनविपरित गलत बाटोबाट जाने चेष्टा गरियो भने त्यो गम्भीर हुनेछ ।

यसभन्दा अगाडि मैले एउटा कार्यक्रममा पनि भनेको थिएँ, यदि प्रधानमन्त्रीले अदालत भङ्ग गर्दिएँ भनेर राष्ट्रपतिलाई लगेर सही गराएर अदालत भङ्ग हुन्छ ? यदि अहिलेको संसद विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने ओलीले कुनैदिन अदालत पनि भङ्ग गर्ने चेष्टा गर्नेछन् । तसर्थ, अदालतले संसद भङ्गका पक्षमा फैसला गरेमा केपी ओलीलाई अदालत पनि भङ्ग गर्ने अधिकार छ भन्नुपर्ने हुन्छ । यो कुरा हुन सक्छ ? सक्दैन । त्यसो हुनाले संविधानको सही ट्रयाक र सही ठाउँमा बसेर यसको टुङ्गो लगाइयोस् ।

निर्वाचन आयोगले कानूनको व्यवस्था र विगतका आफ्नो निर्णय र नजिरहरुभित्र बसेर निर्णय गरोस् । त्यसैले जसो गरेर हेरे पनि नेकपा र सूर्य हामीसँग रहनेछ । योभन्दा तलमाथि हुनेछैन । अहिले एकखालका मान्छेहरु के भनिरहेका छन् भने सूर्य कता हुन्छ, हामी त्यतै बस्छौं भनेर अलिकति दुविधामा साथीहरु हुनुहुन्छ । यो स्थिति केही समय रहन सक्छ । म सबैलाई के भन्न चाहन्छु भने कुनै अलमलमा नपरेर, कुनै भ्रममा नपरेर यो कदम प्रतिगमनकारी कदम हो, यो कदम पछाडि फर्किने कदम हो, यो कदमलाई परास्त गर्नका लागि तपाई अलमलमा बस्ने होइन, अहिलेदेखि नै हामीले मोर्चा कसेर सही मार्गमा जाउँ, यो प्रतिगमनकारी कदमलाई हामीले पत्तासाफ पार्न सक्नेछौं । तपाई हामी एकजुट भएर जान जरुरी छ ।

राजा ज्ञानेन्द्रले भनेका होइनन्, हामीमा रहेको कार्यकारी अधिकारलाई प्रयोग गरेर यो सरकारलाई विघटन गरेका छौं भनेर ? उनमा रहेको कार्यकारी अधिकार कसले फालिदिए ? नेपाली जनताले फालिदिए । त्यसो हुनाले ओलीजी तपाई विचार गर्नुस्, तपाईमा रहेको कार्यकारी अधिकारभन्दा ठूलो नेपाली जनताको हातमा रहेको सार्वभौमसत्ताको अधिकार हो । त्यो सार्वभौमसत्ताको नेपाली जनताको अधिकारले यस्ता प्रतिगामी कदमहरुलाई समाप्त पार्नेछ । केही समयको मात्र पर्खाइ हो । तसर्थ, सबै साथीभाइहरु हामी यो अभियानमा लागौं । भोलिको आन्दोलनदेखि हामी सक्रियतापूर्वक लागौं ।

अहिले केन्द्रीय कमिटीमा राख्ने एक प्रकारको माछाबजार छ । केन्द्रीय सदस्य भएँ भन्ने एक जना मान्छेले मलाई फोन गरेका थिए । मैले सोधें, तपाई केन्द्रीय सदस्य हुनुभएछ, त्यस्तो व्यवस्था त छैन, के हुन्छ त ? अधिवेशनपछि यो १२ सय नै हुन्छ त कमिटी भनेर सोधें ।’ उनले भने, ‘जो जहाँ थिए, ती सबै त्यहीँ फर्किन्छन्, मचाहिँ केन्द्रीय सदस्य बसिराख्छु ।’ कसैलाई विश्वास छैन, यो केन्द्रीय समिति होइन, केन्द्रीय सदस्य पनि होइन, यो माछाबजार हो । यो भ्रममा कोही पनि नलागे हुन्छ ।

राजा ज्ञानेन्द्रले संसद विघटन गरिसकेपछि चुनाव गरेर विभिन्न मान्छेलाई मेयर, अञ्चलाधीश र अरु बनाएका थिए । ती कहाँ गए, ती कहाँ पुगे ? ती सबै पत्तासाफ भए । त्यसैले अहिले हामी त्यहाँ पुगेका छौं, हामी त्यहाँ छौं भनेर परिकल्पना नगर्नुस् । यो भ्रममा कोही पनि साथीहरु नपरौं । यो बाटो सही बाटो होइन, सही मार्ग होइन । यो नै मूल पार्टी हो, यो नै मूल घर हो । जसले घर छोडेर जान्छ, त्यसले अर्को घर बनाउँछ । मूल घरमा बस्नेले नै मूल घरको दावी हुन्छ । हाम्रो टिकट, हाम्रो भविष्य नेकपासँगै छ । हामीसँगै छ । त्यता गएका साथीहरु पनि भ्रमबाट मुक्त हुनुहोला ।

(नेकपा दाहाल-नेपाल समूहका नेता पाण्डेले सोमबार पार्टीको सांस्कृतिक मोर्चा जनसांस्कृतिक महासंघको केन्द्रीय भेलामा व्यक्त विचारको सम्पादित अंश)

The post केपी ओलीको गोर्भाचोभ अवतार र संसद विघटन appeared first on Sajha Post.

भारतमा निजीकरणका ३० वर्षः मजदुर किसानले के पाए ?

$
0
0

‘सुधार’को अर्थान्तर भयो । साठी र सत्तरीको दशकमा यसले ‘भूमिसुधार’ र ‘राष्ट्रियकरण’लाई बुझाउँथ्यो । सन् १९९१ पछि ‘सुधार’ शब्दले विपरित अर्थ बोक्न थाल्यो । त्यसको अर्थ निजीकरण समेत बन्न पुग्यो ।

परम्परागत ज्ञानमा ‘भूमिसुधार’ र ‘राष्ट्रियकरण’को आलोचना गर्न जति गाह्रो थियो, त्यसपछि उदारीकरणको समीक्षा गर्ने क्षेत्रहरू उत्तिकै सीमित भयो ।

उदारीकरणका ३० वर्षपछि पनि केही स्पष्ट प्रश्नहरू गर्न विरलै ध्यान दिइएको छ । जस्तै– जेजस्तो आर्थिक घटनाप्रक्रियालाई उदारीकरण भन्न खोजिएको थियो, त्यो भयो ? यदि भएन भने त्यो सुधारले अर्थतन्त्रमा के कस्तो विपरित स्थिति ल्यायो ?

सन् १९९१ को बजेट भाषणमा डा. मनमोहन सिंहले उल्लेखनीय प्रष्टताका साथ आफ्ना विश्लेषणहरू राखेका थिए की भारतीय अर्थतन्त्रका समस्याहरू के हुन् र त्यसलाई पुनर्जागृत गर्न उनको रणनीति के हो ?

उनको तर्क थियो कि संरक्षित र राज्य–राज्यसमर्थित औद्योगिकीकरणले आफ्नो उपयोगिता गुमाइसक्यो । संरक्षण अनुदान दिइएका उद्योगहरू विश्व बजारमा प्रतिस्पर्धी बन्न सकेनन् । त्यसले निर्यात वृद्धिलाई हानी गर्‍यो । त्यसबाट भुक्तानी सन्तुलनमा संकट आयो ।

यो समस्याबाट मुक्ति पाउन डा. सिंहले भारतीय अर्थतन्त्र विश्व बजारका खेलाडीहरूका लागि खुल्ला गर्नुपर्ने बताए । त्यसले भारतका स्थानीय उत्पादकहरूलाई प्रतिस्पर्धी बनाउने उनको धारणा थियो । जसले स्थानीय बजारमा आफूलाई प्रतिस्पर्धामा टिकाउन सक्दछ, उसैले विश्व बजारमा स्थान बनाउन सक्दछ । यसो हुन सके भारत कृषि उपजको निर्यातक जत्तिकै औद्योगिक उत्पादनको निर्यातक बन्न सक्नेछ । नेहरू रणनीतिले उदीयमान उद्योगहरूलाई संरक्षण गर्दथ्यो । अब उद्योगहरू शिशु अवस्थामा छैनन्, ती विश्वमा वयस्कझैं उभिन र हिंड्न सक्ने भएका छन् ।

नेहरूको रणनीति निर्वाचित राजनीतिज्ञ अधिनस्थ आर्थिक क्रियाकलापलाई निर्देशित गर्ने थियो । सन् १९५० मा नेहरूले योजना आयोग गठन गर्दा सिधै उनीप्रति जिम्मेवार बनाएका थिए । चार दशकपछि डा. सिंहले आर्थिक सुधारका संस्थाहरू बनाउँदा निर्वाचित राजनीतिज्ञलाई भन्दा विज्ञहरूलाई महत्व दिए । यसको सिधा अर्थ राज्य स्तरका आर्थिक संस्थाहरूप्रतिको अविश्वास र धितोपत्र बजार सृजित आर्थिक पूर्वाधारलाई महत्व दिनु थियो ।

सन् १९९१ पछि पुँजी बजारमा भारतले उल्लेखनीय सफलता पायो । सन् १९८० को दशकमा खासै नचिनिएका धीरुभाई अंबानीजस्ता व्यक्तिहरू कर्पोरेट व्यक्तित्वका रुपमा उदित भए । धितोपत्र बजारको तीव्र वृद्धिले त्यसका सुधारको आवश्यकता औंल्यायो । मुम्बईको सबैभन्दा ठूलो धितोपत्र बजारमै ठूल्ठूला घोटाला हुन थाले ।

नरेन्दर पाणी

डा. सिंहको क्षेत्रीय अस्तित्वहरूप्रतिको अविश्वासले राष्ट्रिय पूर्वाधार र पुँजीबजार निर्माण गर्‍यो तर क्षेत्रीय धितोपत्र बजार भने संकुचित भयो । राष्ट्रिय धितोपत्र बजारले मुम्बई धितोपत्र बजारलाई कमजोर पार्न सकेन तर अरु क्षेत्रीय धितोपत्र बजारहरू एकपछि अर्को गर्दै संकुचन हुँदै गए । यसको दुस्प्रभावले स्थानीय औद्योगिकीकरणका लागि पुँजी अभाव हुन थाल्यो ।

उद्योगपतिहरूले स्थानीय औद्योगिक प्रतिष्ठालाई एकीकृत गरी राष्ट्रिय औद्योगिक अस्तित्व र पहिचान निर्माण गर्न थाले । ठूला कर्पोरेट हाउससँग प्रतिस्पर्धा गर्न सक्ने कुनै स्थानीय पुँजी नै बाँकी रहेन । राष्ट्रिय पुँजीपतिहरू अन्तर्राष्ट्रिय आर्थिक खेलाडीहरूसँग प्रतिस्पर्धी हुनुको साटो सहकार्य गर्न थाले । भारतीय घरानाहरूले वैश्विक घरानासँग स्वर र ताल मिलाउन थाले । ‘कोकाकोला’ले जस्तै ‘पारलेजी’ले आफ्नो ब्राण्ड बेच्न थाल्यो ।

डा. सिंहको उदरीकरणको आशा थियो कि भारतीय घरानाहरूले प्रतिस्पर्धा गर्न सिक्नेछन् र विश्व बजारमा आफ्नो स्थान बनाउनेछन् । आशाको यो कडी यहीनेर टुट्यो । भारतीय उद्योगपतिहरू ‘प्रतिस्पर्धी’बाट ‘कोल्याबरेटर’ मा परिणत भए, यो प्रक्रियाले विदेशी पुँजीलाई आकर्षित गर्‍यो ।

अन्ततः ‘मेक इन इन्डिया’को नारा आयो, जसले ‘स्वामित्व’लाई भन्दा ‘स्थान’लाई महत्व दियो । यो आर्थिक प्रवृत्ति उदारीकरणको अपेक्षा विपरित ठूलो विरोधाभाष थियो ।

उदारीकृत भारतीय अर्थतन्त्रले सन् १९९१ मा डा. सिंहले दर्शाएको भन्दा बिल्कुल फरक बाटो रोज्यो । प्रारम्भिक दिनमा पुँजी आप्रवहन र आर्थिक वृद्धिदर बढे पनि एक दशक नबित्दै ती मुर्झाउन थाले । लगानीहरू शहरी क्षेत्रमा झनझन केन्द्रित हुँदै गए । ग्रामिण क्षेत्र आर्थिक गतिविधिहीन जस्तो बन्न थाले । प्रदेशका मुख्यमन्त्रीहरूले लगानीकर्ताहरूलाई आआफ्नो प्रदेशको राजधानी शहरमा तान्ने प्रयत्न गरे । यो काममा एक प्रकारको होड नै चल्यो । विदेशी लगानीकर्तालाई आकर्षित गर्ने पूर्वाधार विकासको योजना बन्यो थाल्यो । ठूला आकारका विमानस्थलहरूमा लगानी केन्द्रित हुन थाले ।

यस्ता ठूला पूर्वाधार लगानी प्रयोगकर्ताको शुल्कबाट पुर्ताल गर्न खोजियो, जो सम्भव थिएन । यस्ता कार्यमा खर्च गर्नुअघि प्रदेश सरकारहरूले परम्परागत लगानी गरिबहरूको आवास तथा अन्य ग्रामिण पूर्वाधारमा लगाउने गर्दथे । यस्ता कार्यक्रमहरूमा व्यापक भ्रष्टाचार भएको हल्ला पिटाइयो र प्रदेश सरकारहरू जनमुखी ग्रामिण लगानीका लागि निरुत्साहित हुन थाले ।

यो क्रमले आप्रवासी मजदुर (माइग्रेट लेवर) को संख्या ह्वात्तै बढायो । गाउँमा गरिबहरूसँग राम्रो आवास भएन । रोजगारी भएन । ज्याला र रोजगारीका लागि उनीहरू शहर पस्न बाध्य भए । तर शहरको आवास र जीवनस्तर झनै महंगो थियो, जो उनीहरू धान्न सक्दैनथे । यसबाट उद्योगहरूले सस्तो कामदारको सुविधा प्राप्त गरे । यति गर्दा पनि भारतीय उद्योगहरू प्रतिस्पर्धी हुन सकेनन् । जस्तो कि बंगलुरुका गार्मेन्टहरू बंगलादेशी गार्मेन्ट उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसकेर मुर्झाए किनकी बंगलादेशमा श्रम झनै सस्तो छ ।

अर्कोतिर उदारीकरणको प्रभाव सबै ठूला शहरमा समान थिएन । त्यो मूलतः दक्षिणी र पश्चिमी शहरमा केन्द्रित थियो । कोलकाताजस्तो पुरानो र पूर्वी महानगरलाई उदारीकरणले कुनै प्रभाव पार्न सकेन । फलतः पूर्व र उत्तरका श्रमिकहरू दक्षिण र पश्चिमका प्रदेश र महानगरमा आप्रवासी हुन बाध्य भए । तर, उनीहरूसँग परिवारसहित ती महानगरको जीवनस्तर धान्ने क्षमता थिएन । उनीहरू आफ्नो परिवारलाई गरिब गाउँहरूमा छोडेर एक्लै महानगर जाने स्थितिमा पुगे ।
बिहार र झारखण्डका युवा श्रमिकहरू समूह-समूह बनाएर विभिन्न जिल्लामा जाने भए । तर टाढाका ती कम्पनीहरूमा उनीहरूको सौदाबाजीको क्षमता कमजोर भयो । त्यसमा पनि उनीहरूले उस्तैउस्तै श्रमिक समूहले गर्ने कम्पनीहरूसँगको श्रमसंवादका शर्तहरूसँग प्रतिस्पर्धा गर्न पर्ने भयो । जसले गर्दा ज्याला र झनै घट्यो ।

आधुनिक प्रविधी विशेषतः मोबाइल फोन उनीहरूको श्रम गतिशीलताको आधार बन्यो । आफ्ना रोजगारदाता र परिवारसँग सम्बन्ध बनाउन फोन उनीहरूको आवश्यक शर्त बन्यो । यस्तो प्रविधिमा गरिने लगानीले शहरमा श्रमिकहरूको जीवन झनै कष्टकर बन्यो । किनकी यस्तो कार्यका खर्च बढ्दा अन्य अत्यावश्यक जीवन यापनका साधनमाथि खर्च कटौती हुने भयो ।
उनीहरू छानो चुहुने घरका साँघुरा कोठमा समूहगत आवास उपयोग गर्न बाध्य भए । युवा र पुरुष कामदारहरूले यस्तो नाजुक आवासबाट काम चलाउन सके पनि अन्य प्रकारका कामदारका लागि यस्तो आवास सहज हुन सक्दैन । त्यस्ता युवाहरू यथाशिघ्र छिटो कमाएर गाउँ फर्किन चाहन्छन् तर उनीहरूसँग गाउँ फर्किएर जीवन धान्न पुग्ने गरी बचत रकम हुन सम्भव नै छैन ।

यस्तो अनौपचारिक श्रम विस्तारै औपचारिक क्षेत्रमा प्रवेश गर्‍यो । श्रम समूहका नेता तथा ट्रेड युनियनहरूको भूमिका ज्याला निर्धारणमा बढ्यो । तर श्रम स्थिरता भने कायम भएन । श्रमिकहरूले छिछिटो कार्यस्थल परिवर्तन गर्न थाले । यस्तो प्रवृत्तिले श्रमिकहरूको बीचमा झगडा र द्वन्द्वहरू बढाउन थाल्यो ।

कोभिड–१९ को महाव्याधीले यस्ता श्रमिकहरूको जीवनमा भयानक दुर्दशा ल्याए । उनीहरूले सामान्य रोजगारी र जीवनको प्रत्यासा समेत गुमाए । लाखौं मजदुरहरू कोरोना लकडाउनका बीचमा सडकमा आए । उनीहरू सयौं, हजारौं किलोमिटर पैदल हिडेर गाउँघर फर्किन बाध्य भए ।

यस्तो प्रक्रियाले ‘पहिचान’लाई राजनीतिको केन्द्रमा ल्यायो । सामान्यतया श्रमिक समुहहरू निश्चित गाउँ, प्रदेश, समुदाय र जातिका आधारमा बनेका हुन्छन् । त्यस्तो श्रमिक समुदायको नेता पनि त्यही समुदायको टाठोबाठो हुने गर्दछ । यस्ता नेताहरूले श्रमिकका दुःखलाई समुदायगत विभेदको कारणसँग जोडेर श्रमिक वर्गलाई पहिचान आधारित राजनीतितिर धकेले । उदारीकरणको उद्देश्य समुदायगत अगलावलाई बढावा दिनु थिएन तर भयो त्यही ।
उदारीकरणले प्रारम्भिक दशकहरूमा कृषि क्षेत्रलाई बेवास्ता गरेको थियो । ती दिनहरूमा कृषि क्षेत्रको मुख्य रणनीति हरित क्रान्ति थियो । यस रणनीतिले कृषि क्षेत्र सुधारका लागि प्रविधि आधुनिकीकरण, हस्तान्तरण र कृषि ऋण प्रबन्धनमा जोड दिन्थ्यो । भारतीय खाद्य निगमले कृषि उपज किन्ने बेच्ने गर्दथ्यो ।

यो अवधारणाले पञ्जाव, हरियाणा र उत्तरपूर्वी उत्तर प्रदेशमा अन्न बचतको अवस्था ल्याएको थियो, जो खाद्यान्न कमी भएका प्रदेशमा आपूर्ति हुन्थ्यो । खाद्य निगमसँग भएको बचत अन्न खाद्य अनुदानका लागि उपयोग गरिन्थ्यो ।

प्रदेश सरकारहरूले कृषि क्षेत्रको लगानीमा ध्यान दिएका थिए । परम्परागत भूस्वामित्व खण्डित हुँदै थियो । सानो आकारको भूस्वामित्वका सघन र व्यवसायिक खेती गर्ने कृषकहरूको संख्या बढ्दो थियो । यस्तो प्रवृत्तिले परिवारलाई नै कृषि श्रमतिर उदात्त गर्दथ्यो । पारिवारिक अस्तित्व संकटको अवस्थामा यस प्रकारको कृषिले परिवारहरूलाई जोगाउँथ्यो । तर भू-स्वामित्वको सीमाको कारण यस्ता कृषक परिवार संख्या निरन्तर बढ्न सम्भव थिएन ।

यो प्रक्रियाले जनशक्तिलाई कृषिबाट अर्थतन्त्रका अन्य क्षेत्रमा सार्न स्वभाविक थियो । फलतः अर्थतन्त्रमा कृषिको योगदान घट्न थाल्यो । सन् १९९०–९१ मा कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३३ प्रतिशत थियो भने २०१७–१८ मा १३ प्रतिशतमा झर्‍यो । ठीक यही बीचमा ग्रामिण जनसंख्या अनुपात घटेर सन् १९९१ को जनगणनाको ७४ प्रतिशतबाट सन् २०११ को जनगणनामा ६७ प्रतिशतमा झर्‍यो । कृषि क्षेत्रको सीमाले श्रमिकहरू अन्य क्षेत्रमा जानु पर्ने दबाब बढ्यो ।
उदारीकरणका मसिहाहरूले यो प्रक्रियालाई कुनै महत्व दिएनन् । बजारले सबैथोक आफैं ठीक गर्छ भन्दै बसे । अहिले आएका ३ वटा कृषि क्षेत्रका विवादास्पद कानूनहरूको उद्देश्य पनि कृषि क्षेत्रमा बजारको प्रवेशलाई सहज बनाउने औजार हुने देखिन्छ । उनीहरू कृषि क्षेत्रमा बजारको प्रवेशले विश्व खाद्यान्न बजारमा कृषकको पहुँच पुग्ने र भारतीय कृषकहरूले उच्च मूल्य प्राप्त गर्ने कुरा गर्दैछन् ।

अर्थशास्त्रीहरू कृषकलाई उच्च मूल्यको लोभ र सपना देखाइरहेका छन् भने कृषकहरूको ध्यान मूल्य संकटको जोखिममाथि छ । नयाँ कानुनहरूले कृषि क्षेत्रमा सरकार र सार्वजनिक क्षेत्रको लगानी झनै घटाउने छ । कृषि क्षेत्रमा अन्तर्राष्ट्रिय खेलाडीहरूको भूमिका बढ्ने र कृषकहरूले कृषि उपज निजी क्षेत्रका व्यापारीलाई बेच्नुको विकल्प नहुने अवस्था आउने छ ।

कृषकहरूले अनुभवबाट यो बुझेका छन् कि अन्तर्राष्ट्रिय बजारमा पहुँच हुँदा कृषि उपजको मूल्य बढ्न सक्दछ तर कृषि उपज बचत हुने बित्तिकै कृषि क्षेत्र मूल्य संकटको मारमा पर्नेछ । त्यतिबेला खाद्य निगमले उचित मूल्यमा कृषि उपज खरिद नगरे कृषकहरू सस्तो मूल्यमा निजी व्यापारीलाई बेच्न बाध्य हुनेछन् र कृषकहरू टाट पल्टिने अवस्था आउनेछ । ठूला किसानले त केही वर्षसम्म नोक्सानी बेहोर्न पनि सक्लान् तर साना किसानका लागि त्यो सम्भव हुने छैन । त्यस्तो बेला उनीहरूले आफ्नो जमिन बेचेर ऋण तिर्नुपर्ने वा जीवन धान्नुपर्ने हुन्छ ।

उदारीकरणसँगै कृषि क्षेत्रमा प्रवेश गरेको यो जोखिम बुझ्न सके मात्र अहिलेको कृषक आन्दोलनको सारलाई बुझ्न सकिने छ ।

(द वायरमा तीन श्रृंखलामा प्रकाशित लामो लेखको संक्षेपीकरणसहित साझापोस्टले गरेको भावानुवाद । नेपाल र भारतमा किसान आन्दोलन उठिरहेको बेला यो सामग्री अध्ययनका लागि उपयुक्त हुने हाम्रो विश्वास छ- सं.)

 

The post भारतमा निजीकरणका ३० वर्षः मजदुर किसानले के पाए ? appeared first on Sajha Post.

हामी ज्यूँदा ‘नागरिक’ कि क्यारेमबोर्डका ‘गोटी’ ?

$
0
0

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभाको विघटन गरेसँगै नेपाली राजनीतिक बजार तातेको छ । संसद विघटनपछि विभाजित भएको प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, नेपाली काँग्रेस तथा जनता समाजवादी पार्टीहरु प्रधानमन्त्रीको असंवैधानिक कदमको प्रतिरोध गर्दै सडक संघर्षमा होमिएका छन् । दलहरुको जनप्रदर्शनसँगै सहरबजारमा विरोधका आवाजहरु गुञ्जीन थालेका छन् भने गाउँघरमा राजनीतिक कौतुहलता बढ्दै गएको छ ।

संघीय राजनीतिको पराकम्प प्रदेशको सत्तासमिकरणमा समेत अभिव्यक्त हुन थालेको छ । प्रदेश १ मा मुख्यमन्त्रीप्रति अविश्वासको प्रस्ताव पेश भएको छ भने लुम्बिनी प्रदेशमा सरकार जोगाउन मुख्यमन्त्री शंकर पोखरेल दौडधुपमा लागेका छन् । त्यस्तै अन्य प्रदेशहरुमा दबाब बढ्दै गएको देखिन्छ । मन्त्रीहरुको अदलीबदली तथा प्रदेश सरकारमाथि अविश्वासका प्रस्तावहरुको चर्चापरिचर्चा सुरु भएसँगै काठमाण्डूकेन्द्रित राजनीतिको पराकम्प प्रदेशतिर सर्दै गएको देखिन्छ ।

साथै यो कम्पनले देशका विभिन्न सहरहरुमा एकखाले राजनीतिक संघर्षको माहौल बनाउँदै गएको आभास हुन्छ । प्रधानमन्त्रीको असंवैधानिक एवं निरंकुश कदमको साथ दिने बाहेक सबै शक्तिहरु सडकमा छन् । यसर्थ विस्तारै सडकले बृहत आन्दोलनको आकार ग्रहण गर्दैछ ।

मनिकरण कार्की

त्यसैगरी प्रधानमन्त्रीको कदमले विभाजित मौजुदा सत्ताधारी दल नेकपाका गतिविधिहरु तीव्रत्तर भएका छन् । दुवै खेमाले प्रदेश तथा जिल्लाहरुमा भेला, छलफललाई तीव्र बनाएका छन् । आ–आफ्ना पक्षमा नेताकार्यकर्ता आकर्षित गर्ने ताउरमाउर चलिरहेको छ । वास्तवमै भन्ने हो भने अहिले मौजुदा अवस्थाको नेकपाले विगत दुई वर्षदेखि जाम गरिदिएको राजनीतिको द्वार खोलिएको छ र गाउँघरदेखि सहरबजारसम्म राजनीतिककर्मीहरुको ओहोरदोहोर बाक्लिएको छ ।

र, सबैमा आआफ्नै सुविधा र प्रक्षेपण अनुसारका विभिन्न उत्तरहरुको एउटै प्रश्न जन्मिएको छ, अब के हुन्छ ? यो प्रश्नको सहि उत्तर त एउटै व्यक्तिसँग होला, जसले यो अवस्थाको सिर्जना गर्‍यो । आफ्नै विवेक र निर्णयको भरमा गर्‍यो वा अन्य कुनै आन्तरिक तथा बाह्य शक्तिको प्रभावमा गर्‍यो, त्यो उसैले जान्ने विषय हो । तर, एउटा कुरा चैं के प्रष्ट हो भने यो असंवैधानिक कदम जुन आशय र लक्ष्यका साथ गरिएको छ त्यो वास्तवमै कलुषित छ । त्यो पवित्र लक्ष्य हैन । त्यो सुन्दर लक्ष्य हैन । त्यो दीगो लक्ष्य हैन । त्यसैले यो असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगामी र निरंकुश कदम कसैगरे पनि सफल हुन भने सक्दैन नै ।

विगत झण्डै तीन वर्ष हामीले सबैभन्दा बढी सुनेको र सुनाइएको शब्द हो ‘दुई तिहाई बहुमत’ । मुलुकका नाममा गरिने औपचारिक सम्बोधन होस् वा संसदमा गरिने सम्बोधन, पार्टीको आन्तरिक बैठक होस् वा कुनै पुल वा भ्युटावरको शिलान्यास, अथवा सार्वजनिक समारोह होस् वा वनभोज वा कुनै क्लवको उद्घाटनको कार्यक्रम नै किन नहोस् हामीले त्यही दुईतिहाईको कथा सुनिरह्यौं ।

सधैं दुईतिहाईकै डिङ हाँक्ने प्रधानमन्त्री ओलीले मनोगत रुपमा पार्टीभित्र चलेको किचलोमा पारी प्रतिनिधिसभा हठात् विघटन गर्न पुगे । प्रधानमन्त्रीले प्रतिनिधिसभाको हत्या गरेका छन्- जुन निसन्देह असंवैधानिक त हुँदै हो लोकतन्त्रप्रतिको घात पनि हो । साथै यो कदम निरंकुशता र प्रतिगमनको सुरुवात पनि हो ।

यसले मुलुकलाई नै बहुआयामिक संकटतर्फ धकेलिदिएको छ । साथै आम नागरिकको शान्ति, उन्नति र प्रगतिको चाहनालाई पनि बलात् आक्रमण गरेको छ । किनकि प्रधानमन्त्रीको यस कदमले एक त मुलुकमा राजनीतिक संघर्ष चर्किनेछ र त्यसले मूलतः आम गरिखाने नागरिकको दैनिक नराम्रोगरी बिथोल्न सक्छ ।

अनि त्यसले सिर्जना गर्ने राजनीतिक तरङ्गहरुको नियन्त्रणका लागि सरकारले बल प्रयोग गर्नेछ र त्यसले अन्ततः अकल्पनीय अवस्थाको सिर्जना हुन सक्छ । त्यसैले प्रधानमन्त्रीले आफू र आफ्नो पार्टीको भविष्यलाई त संकटउन्मुख बनाए नै उनले तीन करोड नेपाली जनतालाई पनि घात गरेका छन् ।

राज्यसँग शक्ति हुन्छ, त्यो शक्तिले स्रोतमाथिको पहुँच स्थापित गरिदिन्छ । त्यसैले त्यस्तो स्रोतको निकट भएका समूह चैं प्रधानमन्त्रीले चुनावको घोषणा नै गरिसकेको अवस्थामा अब नयाँ चुनावबाट लोकतन्त्र झन् बलियो हुने ‘लुते’ तर्क गरिरहेका छन् । तिनलाई थाहा हुनुपर्ने हो कि लोकतन्त्रमा आवधिक चुनाव हुन्छ । त्यो हाम्रो जस्तो संवैधानिक लोकतन्त्र भएको मुलुकमा संविधानले तय गरे अनुसार हुन्छ । कुनै अमूक व्यक्तिको लहडमा घोषणा गरिने चुनावले लोकतन्त्र बचाउँदैन बरु त्यस्तो गलत कदमलाई भविष्यमा पनि प्रोत्साहन गरेको ठहर्छ ।

अर्काथरी मानिसहरु नेपालमा ‘लोकतन्त्र’ नै नफापेको काइते तर्क पनि गर्छन् । लोकतन्त्रलाई बचाउने, लोकतान्त्रिक प्रक्रियालाई मजबुद पार्ने अभ्यासले हो । जब निर्वाचित जनप्रतिनिधिहरुनै लोकतन्त्रको घाँटी निमोठ्न उद्यत हुन्छन् त लोकतन्त्र कसरी बलियो होस् ? ती कतिपय मानिसहरु विकासका लागि कथित ‘उदार तानाशाह’ को आगमनको फ्यान्टासीमा झुलिरहेका पनि देखिन्छन् । यसैको अभिव्यक्ति हुनसक्छ यदाकता सहरबजारमा सुनिन्छ- ‘विकास र व्यवस्थाका लागि त उदार प्रकारको तानाशाह नै चाहिने रहेछ ।’

अनि रमाइलो चैं कतिपय बुजु्रकहरुले केपी ओलीको अनुहारमै त्यो चित्र देखिरहेका छन् । सम्भवतः प्रधानमन्त्रीको पछिल्लो कदमलाई त्यसैको श्रृङ्खलाको रुपमा हेर्नेहरु पनि होलान् । केही सरकारी अड्डा अदालतका कर्मचारीदेखि विद्यालयका शिक्षक अनि विश्वविद्यालयका प्राध्यापकहरुसम्मले ‘नरम तानाशाह’ को आवश्यकता महशुस गरेका छन् ।

जीवनमा केही द्रव्य संकलन गरिसकेका, नियमित आम्दानीका स्रोत सुनिश्चित गरिसकेका, आफ्ना छोराछोरीलाई विदेशमा सेटल गराइसकेका एकखाले सम्भ्रान्तहरुलाई पनि त्यस्तै ‘तानाशाहको तलतल’ लागेको छनक मिल्छ । अनि केपी ओलीको असंवैधानिक कदमलाई पनि उनीहरु ‘साहस’ को पगरी गुथाउन पछि पर्दैनन् ।

जुनसुकै आवरण र खोलमा हुने ‘तानाशाह’ को आमन्त्रण मुलुकका लागि हितकर हुँदैन । हो, नेपालको लोकतन्त्र उतिसारो परिपक्क नभएको र लोकतान्त्रिक संस्थाहरुको इतिहास पनि उतिसारो गौरवशाली नभएकोले लोकतन्त्र संस्थागत हुन समय लागेको भने साँचो हो । अनि हामीले भुल्नै नहुने कुरा चैं के हो भने लोकतन्त्र बलियो अभ्यासले नै हुने हो । आफैंले आफ्नै लागि गरिने अभ्यासले ।

नेपालको लोकतान्त्रिकरणको सवालमा केही प्रश्नहरु भने जर्बजस्त ढङ्गले उठेका छन्- लोकतन्त्रमा उदाएका पार्टीहरुले के दिए ? नेताहरुले आफ्नो दुनो सोझ्याउने बाहेक के गरे ? पटकपटकको आन्दोलनले व्यवस्थामा बदलाव आयो तर, मान्छेको अवस्था बदलिएको खै ? खै नागरिकका आवश्यकता र चाहनाहरु पूरा भएको ? बरु झन्झन् नागरिकको दैनिकी दुरह हुँदैछ, किन ? किन देशको प्रगति र उन्नति हुन सकेन ? किन नागरिकको मुहारमा हाँसो आएन ?

यी केही तीखा प्रश्नहरु हुन् जसले आम नागरिकका आशा, अपेक्षा अनि आक्रोसलाई अभिव्यक्त गरेका छन् । तर, यी प्रश्नहरुको एउटै उत्तर हो अहिलेसम्मको राजनीतिले व्यवस्थाको बदलाव मात्रै गर्‍यो, जुन विकास, समृद्धि, प्रगति र उन्नतिको पहिलो आधारधूत आवश्यकता हो ।

दोस्रो चरणको आर्थिक-सामाजिक रुपान्तरणको एजेण्डामा राजनीति प्रवेश गरेकै छैन । खासगरी अहिलेको पारम्परिक राजनीतिले छुट्याउन नसकेको भेद नै त्यही हो । हिजोको राजनीतिले निश्चय पनि विकास, समृद्धि, प्रगति र उन्नतिको दिशा पकड्न सक्दैनथ्यो, किनकि त्यसको अभिष्ट राजनीतिक बदलाव थियो । व्यवस्था फेर्ने थियो । व्यवस्था फेर्ने राजनीतिले नागरिकको अवस्था फेर्न सक्दैन, सकेन । त्यसैले अब राजनीतिक गन्तव्य नै नागरिकको अवस्था फेर्ने हुनुपर्छ । हो, यहिँनेर वैकल्पिक राजनीतिको अभ्यास जरुरी छ ।

अर्थराजनीतिको यो डाइनामिक्स नबुझेर उदार तानाशाहको कल्पना गर्नु मूर्खता हो । उदार तानाशाहको कल्पना र साकाहारी बाघको परिकल्पना गर्नु उस्तै हो । किनकि प्राकृतिक रुपमै बाघ हिंस्रक प्राणी हो उसले खानाको लागि हिंसा गर्नेपर्छ । त्यस्तै तानाशाही व्यवस्थाले लोकतन्त्रको घाँटी निमोठ्छ नै ।

तानाशाही प्रवृत्तिले भर्खरै हुर्कँदै गरेको लोकतन्त्रलाई निमिट्यान्न पार्नेछ । लोकतन्त्रको बिरुवा जसरी फस्टाउनुपर्दथ्यो पारम्परिक राजनीतिक दलहरुको सत्तामुखी चरित्र र निषेधकारी प्रवृत्तिले त्यो फस्टाउन सकेन । तरपनि लोकतन्त्रको बिरुवा भने मरेको छैन ।

हामीले बुझ्नैपर्छ कुनै पनि बहानामा लोकतन्त्र र लोकतान्त्रिकपद्धति माथि नै प्रश्न उठाउने गरी गरिने सबै प्रकारका हर्कतहरु अमान्य र अस्वीकार्य हुनेछन् । यदि लोकतन्त्रलाई बचाउने हो भने हामी लोकतन्त्रप्रेमी नागरिकहरुले खबरदारी गर्नैपर्छ । आज प्रधानमन्त्री केपी ओलीको लहडे निर्णयका कारण मुलुकको लोकतन्त्र नै धरापमा परेको छ । यसलाई बचाउनको लागि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी अनि निरंकुश कदमका विरुद्ध डटेर समाना गर्नु जरुरी छ ।

लोकतन्त्र संविधान र विधिले चल्ने हो । कुनै एक व्यक्तिको लहडे निर्णयमा बन्धक बनेर दिन गुजार्नु लज्जास्पद त हुँदै हो भावी सन्ततिले नेपाली लोकतन्त्रबारे अध्ययन गर्दा लोकतन्त्र बचाउन यो पुस्ताले गरेको पहलकदमीको बारे पनि एक अध्याय लेखिनेछ ।

यदि हामीले अहिले केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका डटेर सामना गरी बरालिएको राजनीतिलाई सहि मार्गमा ल्याउन सकेनौं भने हाम्रो भूमिका ‘नालायकीपन’मा दर्ज हुनेछ । अब हामीले लोकतन्त्र र विधिको शासन बचाउन ज्यूँदाजाग्दा नागरिकको भूमिका खेल्ने कि भूपि शेरचनले लेखेजस्तै स्ट्राइकरले हानेपछि चल्ने क्यारेमबोर्डका ‘गोटी’ तुल्य मान्छे भएर बस्ने ?

त्यसैले अपहरणमा परेको लोकतन्त्रको पुनर्बहालीका लागि सबैभन्दा पहिले विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य छ । त्यसपछि लोकतन्त्रलाई बलियो बनाउने यसका आधारभूत मूल्य र मान्यताहरु लागू गर्नुपर्छ । दल, नेतृत्व र जनप्रतिनिधिको लोकतन्त्र र लोकतान्त्रिक पद्धतिप्रति हराउँदै गएको विश्वास, आस्था र निष्ठालाई पनि पुनःस्थापित गर्नूपर्छ ।

अनि संस्थाहरुको लोकतान्त्रिकरण तथा जवाफदेही र पारदर्शी शासनको अभ्यास पनि तत्कालै थाल्नुपर्छ । यसका लागि ज्यूँदाजाग्दा नागरिकले अब आफ्नो ऐतिहासिक अभिभारा सम्झेर प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध प्रतिरोध गर्नु जरुरी छ ।

The post हामी ज्यूँदा ‘नागरिक’ कि क्यारेमबोर्डका ‘गोटी’ ? appeared first on Sajha Post.

अमेरिका अहिले चिन्ताजनक अवस्थामा छ

$
0
0

जो बाइडेन असाधारणरुपमा कमजोर राष्ट्रपतिका सम्झना हुन सक्नेछन् । उनले झिनो मतले राष्ट्रपति निर्वाचन जितेका छन् । निर्वाचन परिणामलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियान शुरुवात गरिसकेका छन् । करिब दुईतिहाई रिपब्लिकनहरू निर्वाचन परिणामलाई स्वीकार गर्न सकिरहेका छैनन् ।

सम्भवतः सिनेटमा रिपब्लिकनहरूको बहुमत हुनेछ । सर्वोच्च अदालतमा ट्रम्पले स्थापित गरेको दक्षिणपन्थी बहुमत हावी छँदैछ । यो स्थितिले बाइडेनलाई घरेलु नीतिमा चमत्कार गर्ने थोरै ठाउँ मात्र बाँकी छोड्दछन् ।

विदेश नीतिको क्षेत्रमा उनलाई केही आक्षांशहरू छन् । तर ती क्षेत्रहरू पनि गम्भीर व्यवधानहरूसहित छन् । पछिल्लो शताब्दिको उदयसँगै अमेरिका विचारणीय ढंगले कमजोर भएको छ । यस बीचका दुईवटा मुख्य घटनाहरूले शक्ति सन्तुलनलाई अमेरिकाबाट चीनतिर ढल्काइ दिएको छ ।

पहिलो- सन् २००८ को वित्तिय संकट थियो जसलाई अमेरिकामा कम आँकियो । दोस्रो- अहिले पनि जारी छ, त्यो कोराना महाव्याधी नै हो । कोरोना महाव्याधीले सन् २००८ को वित्तिय मन्दीले भन्दा अझ ठूलो मात्रामा अमेरिकालाई कमजोर बनाई दिएको छ ।

देश सन् २००८ मा राष्ट्रपति बाराक ओबामाले शासन गर्न जुन देश पाएका थिए, जो बाइडेनले सन् २०२१ को जनवारी त्यही हालतको देश पाउने छैनन् । यसको वैश्विक प्रभाव त्यतिखेरभन्दा धेरै घटेको छ ।

ट्रम्पको विदेश नीतिले यो यथार्थलाई मौन सहमति दिएको थियो । सन् १९४५ देखि सन् २०१६ को बीचमा अमेरिकाले विभिन्न बहुपक्षीय संस्था तथा पश्चिमा राष्ट्रहरूको साझेदारीमार्फत् विश्व प्रभुत्वको रणनीति अपनाएको थियो ।

ट्रम्पले यस्तो विदेश नीतिलाई अस्वीकार गरे । राष्ट्रवादको नाममा अमेरिकालाई एक प्रकारको अगलावको अवस्थामा पुर्‍याए जुन सन् १९३९ भन्दा अघि थियो ।

अमेरिका एकप्रकारले यसबीचमा विश्वबाट पछि हट्यो । यो कुरा अमेरिकाको पतनजस्तो बन्यो । यहाँसम्म कि चीन नीतिमा समेत अमेरिकाको पछि हटाई देखिन्छ । अमेरिकाको चीनसँगको रणनीतिक संलग्नता दुईवटा मान्यतामा आधारित थिए ।

एक– चीनको आर्थिक उदय दीगो हैन र त्यो अमेरिकी अर्थतन्त्रको प्रभुत्वको लागि जोखिमपूर्ण हुने छैन ।

दुई– चीनको आर्थिक विकासले उसलाई विस्तारै पश्चिमा प्रकारको राजनीतिक प्रणाली अपनाउनु पर्ने अवस्थामा पुर्‍याउने छ । अहिले यी दुवै मान्यताहरू गलत सावित भएका छन् । फलतः अमेरिकाले यी मान्यतामा बनेका चीन नीतिबाट आफूलाई फिर्ता गरेको छ । प्रतिस्पर्धी र शत्रुतापूर्ण मान्यता अगाडि बढाएको छ तर कम महत्वाकांक्षी पहुँचबाट ।

Illustration: Liu Rui/Global Times

बाइडेनले चीनप्रति तुलनात्मक रुपमा नरम नीति अख्तियार गर्नेछन् । तर बाइडेनकालमा अमेरिकाको चीन नीतिमा निक्कै ठूलो परिवर्तन आउने सम्भावना भने कम देखिन्छ । उनले ट्रम्पले जस्तो चीनको दानवीकरण नगर्लान् । ट्रम्पका विदेशमन्त्री माइक पोम्पिओले पैरवी गरेजस्तो चीनमा शासन परिवर्तनको प्रयास पनि नगर्लान् ।

तर अमेरिका र चीनको सम्बन्ध सन् १९७०–२०१६ को बीचमा जस्तो सहज संलग्नता नीतिमा फर्किने आशा कमै गर्न सकिन्छ ।

पहिलो कुरा त– रिपब्लिकन हुन् वा डेमोक्र्याट्स, अमेरिकीहरूको चीनप्रतिको बुझाई वा धारणामा त्यतिखेरको भन्दा धेरै भिन्नता आएको छ ।

दोस्रो ट्रम्प र पिरब्लिकनहरूले बाइडेनलाई आफ्नो कार्यकालको चीन नीतिबाट पछि नहट्न बारम्बार सावधान गराउने छन् । जलवायु परिवर्तनजस्ता केही सीमित सवालहरूमा सहकार्य गर्न त्यतिधेरै बाधाहरू नआउँला ।

तर चीनप्रतिको आम धारणा परिवर्तन गर्ने सवालमा बाइडेन ओबामाभन्दा ट्रम्पकै नजिक हुन सक्दछन् । त्यसैले भन्न सकिन्छ कि अमेरिका र चीन सम्बन्धको अवस्था बाइडेन आएर पनि सन् १९७०–२०१६ को बीचको जस्तो नहुन सक्दछ ।

बाइडेनले जब युरोप र एशिया प्यासिफिक क्षेत्रमा आफ्ना साझेदारहरूसँग बहुपक्षीय सहकार्यको खोजी गर्ने छन्, त्यतिखेर उनको दिमागमा चीनसँगको प्रतिस्पर्धा बलियो गरी बसेको हुनेछ । अमेरिका–इयु शिखर सम्मेलनको कुरा अहिल्यै हुँदैछ ।

जलवायु परिवर्तनको सवालमा बाइडेनले पेरिस सम्झौताको सदस्यता खोज्ने छन् । डब्लुएचओको सदस्यताबारे त्यही कुरा हुनेछ । सम्भवत इरानी आणविक सम्झौता र संशोधित कम्प्युटर सञ्जाल सम्झौताबारे पनि त्यही कुरा हुनेछ ।

अमेरिकी विदेश नीतिको महत्वपूर्ण कुन्जी यसको भविष्यसँग जोडिएका मागहरूमै केन्द्रित हुनेछन् । अमेरिका आज सन् २००० को जस्तो देश रहेन । अमेरिका अहिले गहिरो विभाजन र ध्रुवीकरणको अवस्थामा छ । यसको मुख्य कारण यसबीच अमेरिका कमजोर हुनु एकप्रकारले पतन हुनु नै हो । यद्यपि यस्तो पतनको कुरा अहिलेसम्म व्यापक अस्वीकार गरिँदैछ तर यो झनझन स्पष्ट हुँदैछ ।

अमेरिका अहिले चिन्ताजनक अवस्थामा पुगेको देश हो । समस्याग्रस्त देश हो । यो यसर्थ मात्र हैन कि हामीले ट्रम्पजस्तो एक दक्षिणपन्थी स्वेच्छाचारीलाई निर्वाचित गर्‍यौं । अमेरिकी मानसिकता विभाजन हुनुका बहुआयमिक कारणहरू छन् ।

त्यसको एउटा मुख्य कारण त फराकिलो आर्थिक असमानता नै हो । यहाँ आय र सम्पतिको असमानता धेरै फराकिलो हुँदैछ । अर्को कारण देश अफ्रिकन–अमेरिकनमाथि भइरहेको संरचनात्मक तथा प्रणालीगत विभेद सम्बोधन गर्न निरन्तर असफल भइरहेको छ । यी कारणबाट विस्तारित सवालहरूमा अमेरिकीहरूले निरन्तर र निराशापूर्ण ढंगले विभाजित छन् ।

यहाँ डेमोक्रयाट्स र रिपब्लिकनबीच साझेदारी गर्न समान मैदान उपलब्ध थियो, अब छैन । ध्रुवीकरण यति धेरै बढेको छ कि सरकारको भूमिका नै पक्षघात हुने स्थितिमा पुगेको छ । अमेरिकनहरू आज यो प्रश्न गर्न समेत बाध्य छन् कि के हाम्रो लोकतन्त्र यसरी नै बाँचिरहन सक्ला ?

दृष्टिकोणहरू धुमिल भएका छन् । करिब ३ लाख मानिसको मृत्यु महाव्याधीले भइसकेको छ । यो संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । आधाभन्दा धेरै जनसंख्याले खोप अस्वीकार गर्ने कुरा गर्दैछ । अर्थतन्त्र हिड्न गाह्रो पर्ने गरी लडखडाएको छ ।

धेरै मानिसको वास्तविक ज्याला अकल्पनीय ढंगले तल झरेको छ । बेरोजगारी दर ७ प्रतिशत पुगेको अनुमान गरिँदैछ । वित्तिय संकटले ट्रम्पका लागि बाटो खोलेको थियो । महाव्याधी कमजोर हुँदासम्म अमेरिका कहाँ पुग्ने हो ?

(ग्लोबल टाइम्समा प्रकाशित आलेखको भावानुवाद- सं. )

The post अमेरिका अहिले चिन्ताजनक अवस्थामा छ appeared first on Sajha Post.

राजनीतिको ब्ल्याक होल परिस्थिति र नयाँ वर्षमा ओली कदमहरू

$
0
0

अंग्रेजी वर्ष २०२० को अन्तिम महिनामा प्र.म. ओलीले दुईवटा महत्वपूर्ण कदमहरू चाले जसलाई ओली इतर पक्षले नयाँ वर्ष २०२१ का अनपेक्षित उपहारहरूका रुपमा ग्रहण गर्नुको तत्काल कुनै विकल्प छैन । पहिलो, संवैधानिक परिषदसम्बन्धिको अध्यादेश जारी र दोस्रो प्रतिनिधिसभाको विघटन । यी कदमहरूसँगै आधुनिकतावादी नेपाली राजनीतिमा रहेको जटिल परिस्थिति, जसलाई हामी ब्ल्याकहोल परिस्थिति भन्न सक्छौं- अरु थप जटिल र चुनौतिपूर्ण बन्ने सम्भावना छ । किनभने, यस्तै अवस्थासँग कतिपय राष्ट्रहरूको उत्थान र पतनको प्रश्न पनि जोडिएको हुन्छ । र, हाल यो परिस्थितिलाई हामी कसरी पार गर्छौ भन्ने कुरासँग नेपाली राजनीतिको समग्र भविष्य पनि सम्बन्धित छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने आउँदा दिनहरूमा यो परिस्थितिबाट नेपाली राजनीतिलाई बाहिर निकाल्न र राज्यको शक्ति सम्बन्धलाई नयाँ तवरले हासिल गर्न त्यति सहज छैन जसको अभावमा हामी राज्यलाई एक विधिसम्मत तवरबाट चल्ने ‘राजनीतिक स्थिरता’ सहितको पम्परागत राजनीतिक ट्र्याकमा हिँडाउन सम्भव पनि हुँदैन । अब यहाँ प्रश्नहरू उठ्छन् यो ब्ल्याक होल परिस्थितिको खास विशेषता के हो ? हामी यो परिस्थितिमा कसरी प्रवेश गर्‍यौं ? र, अब यो परिस्थितिबाट बाहिर कसरी निस्कने ? समकालीन नेपाली राजनीतिमा यी प्रश्नहरूका उत्तर सर्वाधिक महत्वका पनि छन् ।

ब्ल्याक होल परिस्थिति
समान्य अर्थमा भन्दा ब्ल्याक होल परिस्थिति राज्यका साझेदारहरूबीच स्थापित शक्ति सम्बन्धको विघटनको अवस्था हो । यसलाई बुझ्न राज्यको अवधारणाका सम्बन्धमा स्पष्ट हुन आवश्यक हुन्छ । यस सन्दर्भमा राज्यलाई खास तवरको शक्तिको मान्यताका आधारमा निर्माण भएका विभिन्न संरचनाहरू र ती संरचनाहरूबीचको सम्बन्धको समग्रताको रुपमा हेर्नुपर्ने हुन्छ । जब त्यसरी स्थापित भएको सम्बन्धको समग्रता भत्कन्छ तब त्यहाँ कुनै न कुनै प्रकारको ब्ल्याक होल परिस्थिति निर्माण हुने सम्भावना रहन्छ । यो परिस्थितिका विभिन्न आयामहरू देखिन सक्छन् । समाज र इतिहासको क्रमअनुसार यसले विभिन्न खाले विशेषताहरू पनि धारणा गरेको हुनसक्छ । साथै खास समाजको वा राज्यको ब्ल्याक होल परिस्थितिलाई तत्कालीन समाज (क्षेत्रीय र विश्व समाज) मा उपलब्ध समग्र रणनीतिक परिस्थितिबाट पनि अलग्याएर हेर्न सम्भव हुँदैन ।

आधुनिक नेपाली राजनीति र ब्ल्याक होल परिस्थिति
आधुनिक नेपाली राज्य अभ्यासको उत्थान अठारौं शताब्दीको मध्यसम्मा आइपुग्दा हिन्दुस्तानमा भइरहेको बेलायती उपनिवेशको विस्तारसँगै उत्पन्न खास तवरको रणनीतिक परिस्थितिको बीचमा भएको हो । र, त्यही परिस्थितिसँगै खास तवरको शक्तिको मान्यता (वा मान्यताहरू) र त्यसको माध्यमबाट खास तवरको शक्ति सम्बन्धलाई नेपाली समाज मा वा नेपाली राज्य अभ्यासमा संस्थागत गरिएको हामी पाउँछौं । यसरी स्थापित गरिएको शक्ति सम्बन्धमा हामी निरन्तर परिवर्तन भइरहेको हामी पाउँछौं । अर्थात् राज्यका साझेदारहरूका बीचमा खास तवरको शक्ति सन्तुलनको अवस्था रहेको हामी पाउँछौं ।

यसप्रकारको सम्बन्धमा सबै भन्दा व्यापक परिवर्तन जङ्ग बहादुरको कोत पर्वसँगै भयो, सन् १८४६ मा । यसले राजपरिवार र राणा (वा राजा र प्रधानमन्त्री) को बीचमा स्थापित राजनीतिक सम्बन्धमा व्यापक परिवर्तन पनि गर्‍यो । यसबीचमा कयैन सम्बन्ध र संरचनाहरू ध्वस्त भए वा विघटन भए र त्यहाँ एक प्रकारको ब्ल्याकहोल को परिस्थिति पनि निर्माण भएको थियो । तर, त्यसले समग्र शक्तिको मान्यतामा नै भने फेरबदल ल्याएको थिएन । त्यसैले त्यो परिस्थिति अहिलेको जस्तो जटिल थिएन, शक्ति सम्बन्धको दृष्टिबाट ।

त्यस्तै सन् १९५० को नोभेम्वरमा जब राजा त्रिभुवनले जव गद्दि छोडेर भारतको शरणलिन पुगे त्यतिवेला पनि नेपाली राजनीतिले एक कठिन ब्ल्याकहोलको परिस्थितिलाई सामना गरेको थियो । राणाहरू संग शक्तिको नयाँ मान्यतालाई स्थापित गर्ने हैसियत थिएन । उनीहरू केवल परम्परागत सम्बन्धलाई यथावत राख्न मात्र चाहन्थे तर समग्र रणनीतिक परिस्थिति उनीहरूको पक्षमा भएन । राजनीतिमा नयाँ मान्यताहरूले बैधता हासिल गरिरहेको पृष्ठभूमिमा र रणनीतिक परिस्थिति कांग्रेस र राजा त्रिभुवनको विपक्षमा नभएको अवस्थाले गर्दा त्यो ब्ल्याक होल परिस्थितिबाट गुज्रन र राजनीतिले नयाँ दिशा पक्डन सम्भव भयो । तर, समग्र राजनीतिक मान्यताहरूमा नै व्यापक परिवर्तन गर्न र त्यस अनुरुप नयाँ सम्बन्धहरूको निर्माण वा गठन गर्न जतिजति कठिनाइ हुँदै गयो त्यतित्यति सामन्तवादी मान्यताहरूले पुनः पुरानै संरचनाको निरन्तरतालाई कायम राख्दै जाने अवस्था बन्न गयो ।

बिसौं शताब्दीको मध्य अर्को अर्थमा पनि एउटा विशिष्ट कालखण्ड हो । दोस्रो विश्व युद्धको समाप्ति र औपनिवेशिकताको अन्त्यसँगै नेपाल र समग्र एसियाको रणनीतिक परिस्थितिमा व्यापक परिवर्तन भइरहेको थियो र यस्को स्पष्ट प्रभाव नेपाली राजनीतिमा पनि पर्दै थियो । यसको खास विशेषता के थियो भने परम्परागत सामन्तवादी शक्तिको मान्यताको बदलामा नयाँ नयाँ शक्तिका मान्यताहरू को विकास र विस्तार भैरहेको थियो र तिनीहरूले नयाँ नयाँ खाले संरचनाहरू (राजनीतिक साझेदारहरू)लाई निर्माण गरिरहेका थिए ।

दामोदर त्रिपाठी

परिणामः स्थापित शक्ति सम्बन्धहरूमा हलचल मच्चियो र नयाँ तवरका शक्ति सम्बन्धहरू पनि स्थापित भए । तर पनि यो खण्डका साझेदारहरूबीचको सम्बन्धलाई सन्तुलन गर्ने शक्ति सम्बन्धका मान्यताहरूमा भने अझै पनि व्यापक परिवर्तनहरू भइरहेको थिएन जुन कुरा सन् १९९० को परिवर्तन पछि पनि सम्भव हुन सकिरहेको थिएन । यो कोणबाट हेर्दा के पनि देखिन्छ भने दुवै खाले आधुनिकतावादी शक्तिका मान्यताहरू (वैयक्तिक स्वतन्त्रता र सामाजिक न्याय) को प्रयोगबाट समान्तवादी शक्तिको मान्यता भन्दा विल्कुलै नयाँ तवरका सम्बन्ध र संरचनाहरूको विकास भइरहेको थिएनन् बरु ति सामन्तवादी मान्यताले निर्माण गरेका सम्बन्ध र संरचनाका सापेक्ष नै थिए । यस अर्थमा नेपाली राजनीतिमा आधुनिकतावादी राजनीतिक मान्यता वा विचारहरूको क्रान्तिकारी प्रयोग कहिल्यै भएन र राजनीतिक साझेदारहरूबीचको सम्बन्धलाई खास तवरको सामन्तवादी मान्यता र त्यसले निर्माण गरेको खास तवरको शक्ति सम्बन्धका आधारमा मात्रै सन्तुलित भइरहने परिस्थिति २०औं शताब्दिभरी नै कायम रह्यो ।

२१औं शताब्दीको आरम्भसँगै र खास गरी माओवादी जनविद्रोह र दरबार हत्याकाण्डपछिका वर्षहरू भने नेपाली राज्य अभ्यासका लागि निकै चुनौतिपूर्ण रहँदै गए । यो अवधिमा समग्र शक्ति सम्बन्धहरूमा मात्रै होइन की आधुनिकतावादी राज्य अभ्यासलाई स्थापित गरेका समग्र शक्तिका मान्यताहरूमा समेत व्यापक उथलपुथल, विघटन र विर्सजनको नयाँ क्रम चरमोत्कर्षतर्फ पुग्दै थियो । यही क्रममा आधुनिकतावादी नेपाली राज्य–अभ्यासको आरम्भदेखि नै रहेका विभिन्न तवरका मान्यताहरू जस्तै राज्य सञ्चालनमा शाह वंशीय निरन्तरता, उच्च जातीय संलग्नता, र धार्मिक मान्यताको अग्रता आदिको विघटन भइहेको थियो र जसको परिणाम राजसंस्था जस्तो एक प्रमुख संरचनाको विघटन भएको थियो र राजनीतिक साझेदारहरूका बीचमा नयाँ तवरको शक्ति सम्बन्धको स्थापना पनि भएको थियो । तर, यो सम्बन्ध आधुनिकतावादी राजनीतिमा जस्तो एक स्थायी सम्बन्धमा रुपान्तरण हुन सकेन । यसको परिणाम पछिल्लो नेपाली राजनीति ज्यादै अस्थिर बन्दै गयो र संक्रमणको क्रम पनि लम्बिँदै गयो र संविधान बनाउनमा नै मुख्य राजनीतिक साझेदारहरू लामो समयसम्म असक्षम रहे ।

यही अवधिमा सन् २०१५ मा नयाँ संविधान जारी गरियो । देशमा नयाँ सरकारहरू पनि बने र राजनीतिले एक स्पष्ट दिशा लिएको र अब नेपाली राजनीति नयाँ चरण प्रवेश गरेको भन्ने चर्चाहरूलाई महत्वका साथ प्रचार गरियो । बरु यहाँ भइरहेको के थियो भने, नयाँ संविधानले आधुनिकतावादी राज्यका समग्र शक्तिका मान्यताहरूलाई विघटन त गरेको थियो तर शक्तिका नयाँ मान्यताहरूलाई हासिल गर्न सकेको थिएन । अर्कोतर्फ नयाँ तवरको शक्ति सम्बन्ध स्थापित भइरहेको थिएन । यसको एउटा परिणाम के भयो भने नयाँ संविधानपछि पनि आन्तरिकरुपमा समग्र राजनीतिक सम्बन्ध र संरचनाहरू पुरानो कै निरन्तरता रह्यो भने बाह्यरुपमा देशको समग्र राज्य सञ्चालनको शक्तिको आधार/मान्यता समग्र रणनीतिक परिस्थितितर्फ विचलित हुन पुग्यो र नेपाली राजनीतिमा एउटा खास तवरको रिक्तता, शक्तिहिनताको अवस्था उत्पन्न भयो अर्थात् यसले पूर्णतः ब्ल्याक होलको यात्रा तय गर्न बाध्य हुनु पर्‍यो । यो परिस्थितिको अर्को असर के भयो भने हाम्रा राजनीतिक साझेदारहरूबीचको शक्ति सम्बन्धको औचित्य समाप्त मात्र भएन- यही कारणले गर्दा नै सबै दलहरू फरक झण्डा र चिन्ह भएका तर व्यवहारमा उस्तै देखिन पुगेका हुन्) यसबाट उत्पन्न ब्ल्याक होल परिस्थितिले हाम्रो राज्य सञ्चालनमा आधारभूतरुपमा हाम्रो रणनीतिक (बाह्य) परिस्थिति र साझेदारहरूको प्रभाव अनिवार्य जस्तै बन्न गइरहेको छ । जुन अवस्थाको साक्षी आज हामी सबै छौं ।

पछिल्लो चरणको नेपाली राजनीतिको समस्या नै के हो भने आधुनिकतावादी मान्यता र संरचनाहरूको विघटनसँगै खास तवरको रणनीतिक परिस्थितिबीचमा उपलब्ध शक्तिका मान्यताहरू र त्यसबाट उपलब्ध हुनसक्ने खास तवरको शक्ति सम्बन्धलाई एकिन गर्न राजनीतिक साझेदारहरू पटकपटक विफल भइरहनु हो । यस कोणबाट हेर्दा बलियो प्रधानमन्त्रीका रुपमा चित्रण गरिएका ओलीको पछिल्लो कदम र यससँग जोडिएर भएका छिमेकी राजनीतिक व्यक्तिहरूका नियमित जसो भ्रमण र भेटघाटहरूलाई पनि यही शक्ति सम्बन्धको अभावसँग जोडेर हेर्न सक्छौं ।

अब कसरी र कता निस्कने ब्ल्याक होल परिस्थितिबाट बाहिर ?
ब्ल्याक होल परिस्थिति वास्तवमा इतिहासकै अभ्यासमा निर्माण भएको हुन्छ । तर, ब्ल्याक होल परिस्थितितर्फ राज्यलाई जान दिने वा वा यसलाई कुनै अर्को विकल्पको माध्ययमबाट बाइपास गर्ने भन्ने कुरा मूलतः नेतृत्वको छनौट र उसको दूरदर्शितासँग जोडिएको प्रश्न पनि हो । साथै समाज र समय अनुसार यो परिस्थिति भिन्न खालको हुन्छ भन्ने कुरा पनि हामीले हेक्का राख्नै पर्दछ ।

समग्र परिस्थितिलाई हेर्दा आज नेपाली राजनीति जुन तवरको परिस्थितिबाट गुज्रिइरहेको छ त्यस अर्थमा यो अन्तिम ब्ल्याक होल हो जस्तो देखिन्छ । यससँगै नेपाली आधुनितावादमा आधारित राजनीतिका समग्र मान्यता, सम्बन्ध र संरचनाहरूको पूर्णतः विघटन र विर्सजन हुनेछ । अर्थात् नेपाली इतिहासका आधुनिकतावादी राज्य अभ्यासका समग्र शक्तिका मान्यताहरू र त्यसबाट श्रृजित समग्र सम्बन्ध र संरचनाहरू एक तवरले धरासायी हुनेतर्फ हामी अगाडि बढिरहेका छौं । तर, यससँगै राष्ट्रको पतन नै भइहाल्छ की भनेर आतिइहाल्नुपर्ने अवस्था भने होइन । सजग चाहीँ हुनैपर्छ । तर, यो समग्र विसर्जन पछि हुन्छ के ? यो प्रश्न ज्यादै संवेदनशील छ, यस अर्थमा कि यसका सम्बन्धमा अहिल्यै भविष्यवाणी गर्नु सायद त्यति उचित होइन ।

किनभने उपलब्ध समग्र रणनीतिक परिस्थिति को विश्लेषण र त्यस बीचमा आवश्यक नयाँ तवरको शक्ति सम्बन्धको नयाँ मान्यतालाई हासिल गर्ने र त्यसको जगमा नयाँ राज्य अभ्यासलाई संस्थागत गर्ने कुरा एक सचेत प्रक्रियाबाट मात्रै हासिल हुने विषय हो । तर, यहाँ स्पष्ट हुनु पर्ने कुरा के हो भने यदि हामी पर्याप्त सजग र श्रृजनात्मक हुन सकेनौं, राजनीति लाई समस्त आधुनिकतावादी प्रपञ्चहरूबाट बाहिर निकाल्ने र एउटा नयाँ भविष्यको रेखा कोर्ने दृढ शासह हामीले देखाउन सकेनौं भने अनपेक्षित ढंगले हाम्रो यात्रा एक तवरको ‘पश्चगमन’ तिर नै हुनसक्छ र आधुनिकतावादी मान्यताहरू (सामन्तवादी, उदारवादी र समाजवादी) कै गठजोडमा पुरानै राज्य–अभ्यासको नयाँ संस्करणलाई संस्थागत गर्न हामी अभिशप्त हुने छौं ।

यस सन्दर्भमा ओली सत्ताका पछिल्ला कदमलाई नेपाली राज्य अभ्यासमा रहेका समग्र आधुनिकतावादी प्रपञ्चहरूको विघटन कै क्रमका रुपमा बुझ्नुपर्ने हुन्छ । राजा बेठिक भयो भनेर गणतन्त्र स्थापना गर्ने तर त्यही राजासँग घाँटी जोडिएको कांग्रेस (अझ विकृत बन्दै गइरहेको) ठीक हुने भन्ने हुनै सक्दैनथ्यो । दरबारिया एकाधिकारवाद बेठिक हुने खुमलटार र बालुवाटारको साँठगाँठमा सारा राज्य उल्झनु पर्ने र त्यसको नेतृत्वलाई सारा कम्युनिष्ट कार्यकर्ताले जस्तोसुकै अवस्थामा पनि जय जयकार गरिरहनुपर्ने अवस्था सही हुनै सक्दैनथ्यो ।बजव यस्तो अवस्था कायम रह्यो तब न संसद, न अदालत न अरु राज्यका महत्वपूर्ण अंगहरूले नै सही र प्रभावकारी तवरले काम गर्न सक्ने अवस्था बन्थ्यो । त्यसैले यस प्रकारका संरचनाहरूमाथिको व्यापक प्रहार र तिनीहरूको व्यापक हलचल, विचलन र विघटन समकालीन नेपाली राजनीतिको ब्ल्याक होल परिस्थितिकै कारण उत्पन्न नियतिको रुपमा हामीले बुझ्न आवश्यक छ ।

यतिबेला सत्ताले राजनीतिलाई अगाडि बढाउने सम्बन्धमा दुईवटा विकल्पहरूका बारेमा छलफल गरिरहेको छ । एक, संसदको पुर्नस्थापना र अर्को नयाँ निर्वाचन । आधुनिकतावादी राज्य अभ्यासका शेष प्रपञ्चहरूलाई विघटन र विर्सजन गर्दै नयाँ अवस्थातर्फ राजनीतिलाई केन्द्रित गर्ने हो भने यी कुनै पनि विकल्पले हाम्रो राजनीतिलाई यहि अवस्थामा सही दिशा दिन सक्दैनन् । संसदको पुर्नस्थापना भए पनि वा नयाँ निर्वाचन भए पनि हुने भनेको तिनै आधुनिकतावादी विचार र संरचना वा साझेदारहरूबीचको शक्ति सम्बन्धमा हेरफेर हुने मात्रै हो । नयाँ शक्तिको मान्यताको जगमा नयाँ राज्य अभ्यासतर्फ अग्रसर हुने होइन ।

त्यसैले हाल विघटन भएको संसदको पुर्नस्थापना त कुनै पनि तवरले समाधान हुन सक्दैन (भइहालेमा पनि हामीले सोच्ने भनेको नै नयाँ शक्ति सम्बन्धलाई कसरी हासिल गर्ने भन्ने नै हो) । अब यहाँ किन चुनावले समाधान किन दिनसक्दैन भन्ने सम्बन्धमा बहस लम्बिन सक्छ । जनताको बीचमै पनि चुनाव मै जाने कुरा निकै सजिलो गरी बिक्ने कुरा हो परम्परागत आधुनिकतावादी राजनीतिमा । आम मानिसहरूमा पनि यसले नयाँ विकल्प देला भन्ने झिनो अपेक्षा रहनु अस्वाभाविक होइन । तर, नयाँ विकल्प र सम्भावनाको नाममा नेपाली राजनीतिले यसअघि यसप्रकारका धेरै चुनावहरूलाई सामना गरिसकेको छ तर हामी ब्ल्याकहोल परिस्थितिबाट कहिल्यै पनि बाहिर निस्कन सकेनौं । बरु राज्य अभ्यास झन् झन् कठोर चुनौतिको मोडमा खडा भएको महसुस भइरहेको छ ।

इतिहासको यो चरणमा हामी जसरी चुनावले समाधान दिन्छ भनिरहेका छौं । यो अवस्था त्यस्तो होइन । नयाँ चुनावले भएका शक्ति सम्बन्धलाई पुर्नगठन गर्ने मात्रै हो जनतालाई शक्तिको नयाँ स्थानमा स्थापित गर्ने होइन । जसको अभावमा हामीले जति चुनाव गरे पनि पाउने परिणाम एउटै हो । जनतालाई शक्तिको नयाँ स्थानमा स्थापित गर्ने कुरा भनेको राजनीतिक साझेदारहरूका बीचमा नयाँ तवरको शक्ति सम्बन्धलाई स्थापित गर्ने तथा शक्तिका नयाँ मान्यतालाई हासिल गर्ने अवस्थासँग जोडिएको छ जुन कुरा इतिहासको आवश्यकता र वर्तमान रणनीतिक परिस्थितिसँग जोडिएको नेतृत्वको संकल्प, सोच वा दृढ इच्छाशक्तिबाट मात्रै हासिल हुनसक्दछ ।

अन्त्यमा,
०७२ को संविधानलाई जसरी ‘सर्वोत्कृष्ट’, ‘कल्पवृक्ष’ र ‘राष्ट्रिय एकाताको दस्तावेज’ आदि विशेषणहरूसहित जुन रुपमा प्रस्तुत् गरिएको थियो वस्तुतः यो त्यस्तो थिएन । यो दस्तावेज ज्यादै धेरै अस्पष्टता, त्रुटि र गञ्जागोलहरूले भरिएको थियो र त्यसले देशको राजनीतिलाई थप गन्तव्यहिन बनाउन गइरहेको थियो । यो अचम्मको विषय हो कि राजनीतिक वृतबाट यसलाई यस रुपमा नै कसरी स्वीकार गरियो र लागू गरियो ? निश्चय पनि राजनीतिको तत्कालिक रणनीतिक परिस्थितिका बीचमा शक्ति सम्बन्धलाई सन्तुलन कसरी गर्ने भन्ने सम्बन्धमा साझेदारहरूका बीचमा तीव्र शक्ति संघर्ष चलिरहेको नै थियो । जसको परिणाम संविधानको दस्तावेज एक रणनीतिक औजार भन्दा बढी हुन सकेन ।

तर, अब हामीसँग न ०७२ को संविधानका कमजोरीहरूमाथि चर्चा गर्ने समय रह्यो न आवश्यकता नै । किनभने ०७७ पौषको पहिलो हप्तामा प्रधानमन्त्री ओलीले लिएका विभिन्न राजनीतिक कदमहरूसँगै संविधानसँग जोडिएर भएका गम्भीर त्रुटि र लापर्वाहीको एउटा फराकिलो चित्र सबैको अगाडि प्रस्तुत् भइसकेको छ र देशको राजनीति संविधानमा देखाइएको बाटोबाट बाहिर गइसकेको छ । र, हामी आधुनिकतावादी राजनीतिको अन्तिम अवस्थामा देखा परेको ब्ल्याकहोल परिस्थितिबाट ०७२ संविधान जारी हुनु अगाडि र अहिले पनि बाहिर छैनौं । हामी त्यही भित्रै रुमल्लिएका छौ, हराइरहेका छौं । सबैभन्दा पहिला परिस्थितिको यो जटिलतालाई आत्मसात गर्नु आवश्यक छ । होइन, लोकतन्त्र भनेको ‘लामो प्रक्रिया हो’, ‘यिनै दलहरूलाई क्रमिकरुपमा सुधार हुँदै जान दिनुपर्दछ’ भन्ने खालका परम्परावादी भाष्यमा नै हामी रमाइरहने हो र चुनावबाट मात्रै विकल्पको खोजी गरिरहने हो भने अन्ततः आधुनिकतावादी राज्य अभ्याससँगै समग्र नेपाली राजनीतिको पतन नै हाम्रो एक मात्र गन्तव्य हुनेछ ।

फेरिपनि, पछिलो पटकका ओली कदमहरूसँगै राजनीतिमा नयाँ सम्भावनाहरूमाथि छलफल गर्ने र इतिहासलाई, हाम्रो रणनीतिक परिस्थितिलाई सही ढंगबाट पुनःअवलोकन गर्ने एउटा नयाँ परिस्थिति देखा परेको छ । सरकार, मुख्य दलहरू, अरु राजनीतिक र आर्थिक–सामाजिक साझेदारहरू हामी सबैले आ–आफ्नो ठाउँबाट यसको भरपुर उपयोग गरौं र आउने नयाँ पुस्तालाई एक उन्नत राजनीति भविष्यतर्फ लग्ने अत्याधुनिक, बहुआयामिक र एक समग्रतामुखि नयाँ प्रयत्नमा जुटौं । आधुनिकतावादी राजनीतिको अन्तिम अवस्थामा हामीले सामना गरिरहेको ब्ल्याकहोल चुनौतिलाई जनता र देशको पक्षमा सामना गरौं । यसो गर्न सम्भव छ ।


(लेखक मानवशास्त्र विषयको अध्यापनमा संलग्न छन्)

The post राजनीतिको ब्ल्याक होल परिस्थिति र नयाँ वर्षमा ओली कदमहरू appeared first on Sajha Post.


जबरजस्ती करणी र सजायको प्रश्न

$
0
0

जबरजस्ती करणी जघन्य फौजदारी अपराध हो । यो अपराधले पीडितलाई शारीरिकरुपमा मात्र पीडा नदिई मानसिक, सामाजिक प्रतिष्ठा र अस्मितामाथि समेत आघात पुर्‍याउँदछ । यसले अपराधपीडितको सम्मानपूर्वक बाँच्न पाउने मानव अधिकारको हनन् गर्दछ । यस अपराधबाट पीडित व्यक्तिको अस्मिता जीन्दगीभर हाँस्न नसक्ने गरी लुटिएको हुन्छ ।

जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा, मानमर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । यसबाट पीडितको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ ।

विश्वमा जबरजस्तीकरणी नाबालक, बच्चा, वृद्ध, होस् ठेगान नभएको व्यक्ति, अस्पतालमा भर्ना गरिएको बिरामी समेतलाई हुने गरेको समाचार सुनिने गरिन्छ । नेपालमा समय समयमा दुधे बालिकादेखि ७०/८० वर्षका वृद्ध समेत बलात्कारको सिकारमा परेको समाचारहरु आउने गर्दछन् । आखिर आधुनिक युगमा समेत मानिसले किन पशुशैलीलाई निरन्तरता दिइरहेको छ ?

समयसमयमा केही अधिकारकर्मी एवं नागरिक स्तरबाट जबरजस्ती करणी गर्नेलाई मृत्यूदण्डको सजायको व्यवस्था हुनुपर्ने समेत माग आइरहने गर्दछ । के नेपालमा जबरजस्ती करणी गर्नेलाई सजाय कमी भएको हो ?, मृत्यूदण्ड सजायको व्यवस्था गर्दा यो अपराध घट्छ वा पूर्णरुपमा निर्मुल हुन्छ त ?, हालसम्म जबरजस्ती करणी गर्ने व्यक्ति सबै अनुसन्धानको दायरामा आएका छन् ?, कि हाम्रो अनुसन्धान प्रणालीमा नै खोट छ वा अनुसन्धानकर्तामा ?, के अनुसन्धानकर्ता प्रहरी एवं अभियोजनकर्ताले निष्पक्षताका साथ अपराधको अनुसन्धान एवं अभियोजन गर्ने गरेको वा गर्न पाएका छन् त ? अपराध अनुसन्धानको क्रममा अनुसन्धानकर्तालाई अनावश्यक दबाव वा प्रलोभन आउँछकि आउँदैन ?, अभियोग पत्र तयार गर्ने तथा अदालतमा अभियोगपत्र दर्ता गर्ने क्रममा अभियोजनकर्तालाई दबाव एवं प्रलोभन आउँछकि आउँदैन?, अपराध के हो ?, दण्ड किन दिइन्छ ?, दण्डको उद्देश्य के रहेको हुन्छ ?, हाम्रो देशको वर्तमान कानूनी प्रणालीमा जबरजस्ती करणी गर्नेलाई के कति दण्ड सजायको व्यवस्था गरिएको छ ?, जबरजस्ती करणी सम्बन्धी अपराध बढ्नुको कारण र यसलाई कम गर्ने उपायका सन्दर्भमा संक्षेपमा विश्लेषण गर्ने प्रयास यस लेखमा गरिएको छ ।

माधवराज शर्मा पोखरेल

अपराध के हो ?

अपराध समाजविरुद्धको कार्य हो । जसरी शरीर सँगसँगै रोगको उत्पत्ति हुन्छ त्यसरी नै अपराध पनि सामाजिक रोगको रुपमा समाज सँगसँगै उत्पत्ति हुन्छ । अपराध प्रचलित फौजदारी कानूनको उल्लङ्घन गर्नु हो । प्रचलित फौजदारी कानूनले गर्नु भनेको नगर्नु र नगर्नु भनेको गर्नु अपराध हो । किनकी कुनै निश्चित कार्यलाई अपराधको रुपमा परिभाषित गर्ने र सो अपराध गरेबापत सजायको व्यवस्था गर्ने काम कुनै पनि देशको फौजदारी कानूनले गर्ने गर्दछ । अपराध सार्वजनिक कानून विशेषगरी फौजजारी कानूनले रोग लगाएको त्यस्तो मानवीय व्यवहार वा आचरण हो, जुन आचरण गरेमा उचित दण्ड सजायको व्यवस्था गरिएको हुन्छ ।

दण्ड के हो ?

फौजदारी न्याय प्रशासनमा अपराध र दण्ड सजाय अन्तरनिहित विषयको रुपमा रहेको हुन्छ । अपराध गर्नेलाई कुनै प्रकारले शारीरिक, मानसिक वा आर्थिक यातना वा दुःख भोग्न लगाउनु नै दण्ड हो । दण्ड न्यायिक निकायले दोषी ठहर्‍याएका व्यक्तिलाई कष्ट वा पीडा दिने कार्य हो । दण्ड अपराधसँग सम्बन्धित हुन्छ, विना अपराध दण्ड दिन सकिँदैन । कानून बिना दण्ड सजाय हुँदैन । कानूनभन्दा बाहिर गएर सजाय गर्न मिल्दैन । अपराधको गम्भिरता एवं गहनता अर्थात् दोषिताको स्तरअनुसार दण्डको मात्रा निर्धारण गरिनु पर्दछ ।

दण्ड किन दिइन्छ ?

कानून लागू हुनका लागि त्यसको पछाडि दण्ड रहेको हुन्छ । अपराध हुनै नदिन वा अपराध भएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन दण्ड आवश्यक हुन्छ । मानिसलाई आपराधिक कार्य गर्नको लागि रोक लगाउने मुख्य संयन्त्र दण्ड नै हो । जोन च्याम्पियनका अनुसार दण्डको उद्देश्यहरु कठोर वा प्रतिकारात्मक सजाय गर्नु, हतोत्साह गर्नु वा रोकथाम गर्नु, उचित र न्यायोचित सजाय गर्नु, असक्षमता कायम गर्नु र नियन्त्रण गर्नु, पुनःस्थापना र सामाजिकीकरण गर्नु रहेको उल्लेख गरेका छन् । प्रसिद्ध विधिशास्त्री साल्मण्डले सजायको उद्देश्य भविष्यका सम्भावित अपराधीहरुलाई अपराध गर्नबाट रोक्नु, वास्तविक अपराधीलाई पुनः थप अपराध गर्नबाट रोकथाम गर्नु र निजलाई सुधारेर कानूनको पालना गर्ने नागरिकको रुपमा रुपान्तरण गरी समाजको संरक्षण गर्नु हो भनेका छन् ।

बेलायतमा Criminal Justice Act, 2003 ले केही अवस्थामा बाहेक “अदालतले अपराधीलाई सजाय गर्ने, अपराध घटाउने, अपराधीलाई सुधार र पुनःस्थापना गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने, अपराधबाट पीडितलाई क्षतिपूर्ति गर्नेजस्ता उद्देश्यलाई हेरेर सजाय गर्नु पर्ने” उल्लेख गरेको छ ।

दण्डका के कस्ता सिद्धान्तहरु छन् ?

दण्डका विभिन्न सिद्धान्तहरु हुन्छन् । दण्डका सिद्धान्तमा दण्ड दिनुको उद्देश्य झल्किएको हुन्छ । दण्डका प्रचलित सिद्धान्तहरु प्रतिकारात्मक सिद्धान्त (Retributive Theory), हतोत्साहको सिद्धान्त (Deterrence Theory), निवाराणात्मक सिद्धान्त (Preventive Theory) र सुधारात्मक सिद्धान्त (Reformative Theory) हुन् ।

जस्तालाई तस्तै (Tit for Tat) अर्थात् आँखाको बदला आँखा, दाँतको बदला दाँत भन्ने मान्यतामा आधारित अपराधीले जुन प्रकृतिको अपराध गरी पीडितलाई सास्ती एवं पीडा दिएको छ, अपराधीलाई पनि सोही प्रकृतिको बदलापूर्ण सजाय दिएमा मात्र न्यायको तराजु सन्तुलित हुन्छ र पीडितलाई सन्तुष्टी हुन्छ भन्ने मान्यता बोकेको प्रतिकारात्मक सिद्धान्त, सजायको कठोरता र त्यसको डर देखाई अपराध गरिसकेका र अपराध गर्ने मनोवृत्ति भएका व्यक्तिहरुमा भय सिर्जना गरी अपराध गरिसकेकाहरुले पुनः अपराध गर्नबाट र अपराधिक प्रवृत्ति भएका व्यक्तिहरु अपराधीले भोगेको सजायको सास्ती, पीडा र दुर्दसा देखेर अपराध गर्न हिक्किचाउँछन् भन्ने मान्यता रहेको हतोत्साहको सिद्धान्त, अपराधीबाट थप अपराध हुन नदिन समाजबाट टाढा राख्ने वा थप अपराध गर्न नसक्ने अवस्था सिर्जना गर्ने अवधारणामा आधारित रही मृत्यूदण्ड, देश निकाला, अङ्गभङ्ग र कैद जस्ता सजाय दिनु पर्दछ भन्ने मान्यता रहेको निवाराणात्मक सिद्धान्त र कुनै व्यक्ति जन्मसिद्ध अपराधी हुँदैन र उसलाई अपराधी बनाउनको लागि सामाजिक तत्वहरु, परिवेश र परिस्थिति जस्ता विभिन्न कारणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले अपराध हुनाको कारण पहिचान गरी त्यस्ता कारक तत्वहरुलाई नियन्त्रण गर्न सकेमा अपराध आफैंमा निर्मूल हुन्छ भन्दै अपराधलाई समाजको सिर्जना र अपराधीलाई सामाजिक रोगीको रुपमा हेरी चिकित्सकले बिरामी निको पारेजस्तै अपराधीलाई पनि उपचारमार्फत् सवल, सक्षम र योग्य व्यक्तिमा रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता राख्ने सुधारात्मक सिद्धान्त हो । यस सिद्धान्तले अपराधीलाई मृत्यू दण्ड र कैदमा राख्नेजस्ता कडा सजाय भन्दा कैदका विकल्पहरु जस्तै पुनर्स्थापना केन्द्र, प्रोवेशन, प्यारोल, खुला कारागार, सामुदायिक सेवा अवलम्वन गरी अपराधीलाई अनुशासित र नैतिकतावान बनाई सामाजिकीकरण, सुधार र पुर्नस्थापना गर्नु पर्दछ भन्ने अवधारणा बोकेको छ ।

कसूरको मात्रा अनुसार कैद दण्ड घटिबढी गर्न सकिने भएकाले प्रतिकारात्मक सिद्धान्तको प्रभाव, कैदको भय देखाएर सम्भावित अपराधीलाई अपराधबाट टाढा राख्न खोजिएकोले हतोत्साहको सिद्धान्तको प्रभाव, कैदमा छउन्जेल अपराधीबाट समाज मुक्त हुने भएकोले निरोधात्मक सिद्धान्तको प्रभाव र कैदमा छँदा निजलाई सुधार गर्न विभिन्न प्रयास गरिने भएकोले सुधारात्मक सिद्धान्तको प्रभाव रहेकाले आजकल कैद दण्डले नै उपरोक्त उल्लेखित सबै सिद्धान्तको प्रतिनिधित्व गर्न थालेको देखिन्छ ।

दण्ड सजाय सम्बन्धमा नेपाली कानूनले के भन्दछ ?

नेपालको संविधानको धारा २० को उपधारा (४) मा तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत् कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानुनमा तोकिए भन्दा बढी सजाय दिइने छैन भन्ने व्यवस्था रहेको छ भने धारा १६ को उपधारा (२) मा “कसैलाई पनि मृत्यदण्डको सजाय दिनेगरी कानून बनाइने छैन” भन्ने व्यवस्था गरिएको छ ।

त्यस्तै मुलुकी अपराधसंहिता, २०७४ को दफा ७ मा कानूनबमोजिम बाहेक सजाय नहुने व्यवस्था गरिएको छ । जसअनुसार कानूनले सजाय नहुने कुनै काम गरेबापत् कुनै व्यक्ति सजायको भागि नहुने र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय नहुने कुरा उल्लेख गरिएको छ ।

अदालतले के कस्ता उद्देश्यलाई विचार गरी सजाय निर्धारण गर्नुपर्दछ ?

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,२०७४ को दफा १३ अनुसार अदालतले देहायका कुनै वा सबै उद्देश्यलाई विचार गरी सजाय निर्धारण गर्नु पर्दछ ।

१. कसूर गर्ने कसूरदार वा अन्य व्यक्तिलाई हतोत्साहित गर्ने,

२. समाज वा समुदायलाई सुरक्षा गर्ने,

३. पीडितलाई क्षतिपूर्तिसहित न्याय प्रदान गर्ने,

४. कसूरदारलाई समाजमा पुनर्स्थापना गर्न सहयोग गर्ने वा सुधार गर्ने,

५. कसूरदारलाई समाजबाट अलग राख्ने,

५. कसूरदारलाई आफ्नो कार्यप्रति पश्चातापबोध गराई पीडित व्यक्ति वा समुदायलाई हानी नोक्सानी भएको छ भन्ने कुराको अनुभूति गराउने,

६. कानूनद्वारा निषेधित आचरणको निन्दा गर्ने ।

अदालतले के कस्ता कुराहरु विचार गरी सजाय निर्धारण गर्नु पर्दछ ?

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,२०७४ को दफा १४ अनुसार अदालतले देहायका कुराहरुलाई विचार गरी सजाय निर्धारण गर्नु पर्दछ ।

१. कसूरको गम्भीरता र कसूरदारको दोषको मात्रा अनुसार सजाय समानुपातिक भन्दा बढी हुन नहुने,

२. सजायको उद्देश्य प्राप्त गर्न आवश्यक हुने भन्दा चर्को सजाय हुन नहुने,

३. समाज वा समुदायलाई सुरक्षा गर्ने,

४. पीडितलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्ने,

५. उस्तै परिस्थितिमा घटेको कसूरको अर्को कसूरदारलाई पहिले दिएको सजाय सँग अमिल्दो वा असमान सजाय हुन नहुने,

६. एकभन्दा बढी कसूरको लागि सजाय गर्दा वा कुनै कसूरमा सजाय भोगिरहेको कसूरदारलाई अर्को कसूर बापत सजाय गर्दा समग्र सजाय उचित र समानुपातिकभन्दा बढी हुन नहुने,

७. कसूरको अनुपातमा अन्य सजाय नै पर्याप्त हुने देखिएमा कैद सजाय नगर्ने ।

त्यस्तै सजाय निर्धारण गर्दा कसूरको गम्भिरता र कसूरदारको दोषको मात्रा, कसूर गर्दाको परिस्थिति, कसूरको गम्भिरता बढाउने वा घटाउने अवस्थाहरु, कसूरदारको आचरण तथा विगतको कृयाकलाप र माथि उल्लेखित सजायको उद्देश्यका आधारमा सजाय निर्धारण गर्नु पर्दछ ।

अदालतले सजाय निर्धारण गर्दा के कस्तो सजाय निर्धारण गर्नु पर्दछ ?

अदालतले सजाय निर्धारण गर्दा देहाय बमोजिम हुनेगरी सजाय निर्धारण गर्नु पर्दछ ।

१.    जघन्य वा गम्भीर प्रकृतिका कसूर गर्ने कसूरदारलाई कैद सजाय,

२.    बालबालिकालाई सजाय गर्दा निजको सुधार र पुनर्स्थापना,

३.    पटके कसूरदारलाई पछिल्लो कसूरबापत् हुने सजायको दोब्बर थप सजाय,

४.    समाज वा समुदायलाई खतरा हुने कसूरदारलाई कैद सजाय,

५.    कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय ।

नेपाली कानूनमा के कस्तो सजायको व्यवस्था गरिएको छ ?

मुलुकी अपराधसंहिता, २०७४ को दफा ४० मा सजायको प्रकार सम्बन्धमा उल्लेख गरिएको छ । जसअनुसार संहितामा उल्लेखित कसूर गरेमा निम्न बमोजिम सजायको व्यवस्था गरिएको छ

१. जन्मकैद

२. कैद

३. जरीवाना

४. कैद र जरीवाना

५. क्षतिपूर्ति

६. जरीवाना वा क्षतिपूर्ति नतिरे बापतको कैद

७. कैदको सट्टा सुधारगृह वा सामुदायिक सेवा

मुलुकी अपराधसंहिता, २०७४ प्रारम्भ भएपछि सर्वस्व हुनेगरी सजाय नगरिने उल्लेख गरिएको छ भने एक रुपैयाँ भन्दा कम जरीवाना र एक दिनभन्दा कम कैद हुने गरी सजाय गरिने छैन भन्ने उल्लेख गरिएको छ ।

के कस्तो अवस्थामा जन्मकैद अन्तर्गत कसूरदार जीवित रहेसम्म कैद हुन्छ ?

मुलुकी अपराधसंहिताको दफा ४१ अनुसार देहायको कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नु पर्दछ भन्ने व्यवस्था गरिएको छ ।

१. क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,

२. वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको,

३. अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको,

४. सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,

५. कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्नेगरी जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा

६. जबरजस्ती करणी गरी ज्यान मारेको ।

मथि दफा ४१ मा उल्लेखित अवस्थामा बाहेक जन्मकैदको सजाय गणना गर्दा पच्चीस वर्ष कैद सजाय हुनेगरी गणना गर्नु पर्ने व्यवस्था गरिएको छ ।

जबरजस्ती करणी सम्बन्धमा नेपाली कानूनले के भन्दछ ?

मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणी बारेमा उल्लेख गर्दै उपदफा १ मा “कसैले जबरजस्ती करणी गर्न हुँदैन” भन्ने व्यवस्था गरिएको छ ।

दफा २१९ को उपदफा २ मा “कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भएपनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ” भन्ने कुरा उल्लेख गरिएकोछ भने सोही दफाको स्पष्टीकरण अन्तर्गत “करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरी र     होस् ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन” भन्ने कुरा उल्लेख गरेको छ ।

जबरजस्ती करणी सम्बन्धमा नेपाली कानूनमा के कति सजायको व्यवस्था गरिएको छ रु

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) र (३क) अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद र जरिवाना हुने व्यवस्था गरिएको छ ।

१. दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्ष भन्दा बढी उमेरका महिला भए जन्म कैद र छ लाख रुपैयाँ जरीवाना ।

२. दश वर्ष वा दश वर्षभन्दा बढी चौधवर्ष भन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म कैद र छ लाख रुपैयाँ जरीवाना ।

३. चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैद र चार लाख रुपैयाँ जरीवाना ।

४. सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद र चार लाख रुपैयाँ जरीवाना ।

५. अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद र दुई लाख रुपैयाँ जरीवाना ।

माथि उल्लेखित जरिवाना बापत प्राप्त रकम पीडितलाई दिनु पर्ने व्यवस्था गरिएको छ । जरिवाना सम्बन्धी व्यवस्था यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०७७ बमोजिम गरिएको हो ।

नेपाली कानूनमा वैवाहिक बलात्कार (Marital Rape) सम्बन्धमा के व्यवस्था गरिएको छ ?

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा उपदफा (४) मा वैवाहिक बलात्कार (Marital Rape) सम्बन्धमा उल्लेख गरिएकोछ । जस अनुसार “वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था गरिएकोछ ।

तर पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको र पतिसँग सम्बन्धविच्छेद मुद्दा चलेको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन भन्ने व्यवस्था समेत संहितामा गरिएकोछ ।

सामूहिक रुपमा जबरजस्ती करणी गरेमा वा छ महिना भन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा के कति सजायको व्यवस्था गरिएकोछ ?

सामूहिक रुपमा जबरजस्ती करणी गरेमा वा छ महिना भन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ । तर पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा (३) को खण्ड (क) बमोजिमको जन्म कैदको सजाय हुने व्यवस्था ऐनमा गरिएको छ ।

हाडनाताकी महिलालाई जबरजस्ती करणी गरेमा के कति सजायको व्यवस्था गरिएको छ ?

कसैले हाडनाताकी महिलालाई जबरजस्ती करणी गरेकोमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ ।

जबरजस्ती करणी गरी ज्यान मारेको भए के कति सजायको व्यवस्था गरिएको छ ?

जबरजस्ती करणी गरी ज्यान मारेको भए मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ को खण्ड च बमोजिम त्यस्तो कसूरदार जीवित रहेसम्म कैद सजाय हुनेछ भन्ने व्यवस्था गरिएकोछ ।

करणी सम्बन्धी कसूरमा मिलापत्र गर्ने गराउनेलाई के कस्तो सजाय हुन्छ ?

करणी सम्बन्धी कसूर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसूरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न हुँदैन ।

त्यस्तो कसूर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरीवाना हुन्छ ।

यस्तो कसूर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई माथि उल्लेखित सजायमा थप छ महिना कैद सजाय हुन्छ । यो व्यवस्था यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७७ बमोजिम गरिएको हो ।

जबरजस्ती करणी र सतित्व रक्षाको प्रश्न

महिलाको ज्यान सँगै सतित्वको अधिकार जोडिएर आएको हुन्छ । यस्तो महत्वपूर्ण सतित्व जस्तो कुरालाई कोही कसैले अनाहक वा बेमञ्जुरीले हरण गर्न लाग्यो भने आफ्नो ज्यान जस्तै प्यारो सतित्वको रक्षाको खातिर उक्त जुलुमीलाई तत्काल केही गर्दा जुलुमीको ज्यान गएमा समेत कसूर नमानिने भनी उक्त अधिकार सामान्य प्रतिरक्षा अन्तर्गत न्यायोजित र औचित्यपूर्ण मानी पीडितलाई कानूनले नै दिएको हुन्छ । यसैलाई सतित्वको रक्षा (Defence of Chastity) भन्निछ । मुलुकी अपराध संहिताको दफा २६ को उपदफा (२) को खण्ड (ख) मा “जबरजस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिब विश्वास भई वा जबरजस्ती करणी गर्दाका बखत वा गरिसकेपछि पीडितबाट तत्काल कुनै काम भएकोमा” कसैको ज्यान गएकोमा त्यस्तो काम कसूर नमानिने कानूनी व्यवस्था रहेकोछ । यस व्यवस्था अनुसार समयको सीमा उल्लेख गरिएको छैन तर अनन्तकालसम्म यो सुविधा प्राप्त हुँदैन । सो क्रियाको निरन्तरताको अवस्थामा भएको कार्यलाई मात्र सुविधा प्राप्त हुनेछ ।

जबरजस्ती करणीको उजुरी कति समय भित्र दिनु पर्दछ ?

जबरवस्ती करणी सम्बन्धी कसूरमा त्यस्तो कसूर भएको मितिले एक वर्ष भित्र उजुरी दिनु पर्ने हदम्यादको व्यवस्था गरिएको छ ।

जबरजस्ती करणीबाट पीडितलाई क्षतिपूर्ति सम्बन्धमा नेपाली कानूनमा के व्यवस्था गरिएको छ ?

जबरजस्ती करणी कसूरबाट पीडित व्यक्तिलाई “जरीवानाबाट प्राप्त हुने रकम समेत विचार गरी कसूरदारलाई सजाय निर्धारण गर्दा निजबाट मनासिब क्षतिपूर्ति” भराई दिनुपर्ने व्यवस्था गरिएको छ ।

तर कसुरदारको कुनै सम्पत्ति नभई जबरजस्ती करणीको कसूरबाट पीडितले क्षतिपूर्ति नपाउने देखिएमा र प्रचलित कानूनबमोजिमको पीडित राहतकोष स्थापना भई नसकेको अवस्थामा अदालतले नेपाल सरकारको महिला तथा बालबालिका विषय हेर्ने निकायको नाममा क्षतिपूर्ति स्वरुप उचित रकम पीडितलाई भराईदिने गरी आदेश गर्न सक्नेछ र त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्ति वापतको रकम तत्काल पीडितलाई उपलव्ध गराउनु पर्नेछ भन्ने व्यवस्था गरिएकोछ ।

नेपालमा जबरजस्ती करणी बढ्नुका कारणहरु

१. महिलालाई शोषण, दमन, दुर्व्यवहार, हिंसा जे गरेपनि हुन्छ भन्ने गलत सोँच ।

२. सार्वजनिक शान्ति सुरक्षाको कमी, दण्डहिनता एवं अराजक प्रवृत्तिको वृद्घि र विधिको शासनको बर्खिलाप ।

३. जबरजस्ती करणीबाट पीडितलाई समाजले हेर्ने गलत दृष्टीकोणका कारण स्वयं परिवार र समाजबाट घृणित एवं अपहेलित भइन्छ भन्ने सोँचले प्रहरीमा जाहेरी र उजुरी नदिनु ।

४. फौजदारी कानूनको मर्म बिपरित स्थानीय स्तरमै समाजका अगुवा व्यक्तिहरुबाट समेत मिलापत्र र मेलमिलाप गर्ने गराउने प्रवृत्ति ।

५. पीडकको डर, धाक, धम्की, प्रलोभन आदिका कारण पीडित वा पीडितको आफन्तबाट उजुरी नगर्नु ।

६. अति कमजोर र पक्षपाती अपराध अनुसन्धान संरचनाका कारण अपराधी पक्राउ पर्ने र सजाय दिने कुराको सुनिश्चतताको कमी ।

७. महिला प्रहरीको कमी भएका कारण पीडितबाट सहजै उजुरी गर्न हिच्किचाउनु ।

८. कतिपय ठाउँमा सजिलै उजुरी लिन नमान्ने र पीडितलाई उल्टै उत्तेजक भएको आरोप लगाउने प्रवृत्ति ।

९. सुस्त न्याय प्रणाली ।

१०. विभिन्न कारणले कतिपय सूचना प्रहरीलाई प्राप्त नहुनु, परेका उजुरीहरु मध्ये सबै अभियुक्त पक्राउ हुन नसक्नु, अपराधी पक्रन सफल भैहाले पनि निजको विरुद्घ यथेष्ठ प्रमाणहरु संकलन गर्न नसक्नु र जसका कारण प्रमाण नपुगेको भनी अदालत बाट सफाई पाउनु आदि ।

११. गरिबी, अशिक्षा र विपन्नता ।

१२. रहन सहन र फेशनमा विदेशी संस्कृतीको अबलम्बन ।

१३. अनुसन्धान अधिकृत र कर्मचारीहरुबाट अभियुक्तलाई बचाउने प्रयास हुनु ।

१४. बलत्कार मुद्दालाई राजनीतिकरण गर्नु ।

१५. पीडितको सुरक्षाको जिम्मा लिएको प्रहरी समेत मेलमिलापमा संलग्न हुनु ।

१६. पीडकको अधिकारलाई मात्र जोड दिई अपराध पीडितको अधिकार र क्षतिपूर्ति सम्बन्धी कानूनी व्यवस्थामा ढिलाई र हाल भएको कानूनी प्रावधान समेत अपुग ।

१७. करणी सम्बन्धी कानूनी शिक्षा र सचेतनाको कमी ।

१८. जबरजस्ती करणी नियन्त्रण गर्ने सम्बन्धमा इच्छा शक्तिको कमी र सम्बन्धित आधिकारिक व्यक्तिबाट समेत समय समयमा जबरजस्ती करणीका घटना सम्बन्धमा हल्का र गैर जिम्मेवार भनाई एवम् टिप्पणी आउनु ।

१९. भ्रष्टाचारका कारण अपराधीलाई बचाउने प्रवृत्ति ।

२०. राज्यले अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन नसक्नु र जिम्मेवार निकायमा कार्यरत व्यक्तिले प्रमाण नष्ट वा लोप गराउन लागि पर्नु ।

जबरजस्ती करणी अपराध र मृत्यूदण्डको प्रश्न

मानिसलाई आपराधिक कार्य गर्नको लागि रोक लगाउने मुख्य संयन्त्र दण्ड सजाय नै भएकोले जबरजस्ती करणी जस्तो जघन्य अपराध गर्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्ने कुरालाई अन्यथा भन्न मिल्दैन । तर जबरजस्तीकरणी अपराध बढ्नुका विभिन्न कारणहरु भएकोले जबरजस्तीकरणी अपराध कम गर्नको लागि सजायमा वृद्धि गरेर वा मृत्यू दण्ड सजायको व्यवस्था गरेर मात्र जबरजस्ती करणी अपराध कम हुन सक्दैन । नेपालमा प्राचीनकालमा पञ्च अपराध गर्ने व्यक्तिलाई प्रायसः मृत्यू दण्ड दिने प्रावधान थियो । वि.सं.२०४६ सालसम्म कतिपय अपराधमा मृत्यू दण्डको साजय थियो तर अपराधका घटनामा कमी भएको थिएन ।

सबै खाले अपराधी र सबै अवस्थामा निरपेक्ष रुपमा एकै किसिमको दण्ड दिनु फौजदारी न्यायको विपरित हुन्छ र दण्डको उद्धेश्य पनि पुरा हुँदैन । बाल अपराधीहरुलाई उपचारतर्फ बढी जोड दिनु र अपराधमा प्रवृत्त भईरहने, सुध्रिन नचाहने, पटके, कठोर र व्यावसायिक बयस्क अपराधीलाई कठोर दण्ड सजायको व्यवस्था गरिनु उपयुक्त हुन्छ ।

दण्डको प्रभावकारिता कठोरतामा मात्र नभई कर्तालाई दण्ड सम्बन्धी कानूनी ज्ञान, प्रहरीको दक्षता एवं पक्राउ गरिने सम्भाव्यता र न्याय प्रशासनमा दण्डको सुनिश्चिततामा भर पर्दछ । न्याय प्रशासन छिटो र छरितो भएमा कानून र दण्डको प्रभावकारिता बढी हुन्छ र समाजले पनि त्यो अनुभव गर्दछ । आजको खोजले के स्पष्ट पारिसकेको छ भने जहाँ पक्राउ परिने सम्भावना बढी छ त्यहाँ अपराध कम हुने गर्दछ । अपराध हुने बित्तिकै पक्राउ परिने र तोकिएको दण्ड भोग्नुपर्ने स्थिति आएमा मात्र अपराध नियन्त्रण हुन सक्दछ । अपराध नियन्त्रण हुनको लागि अपराधी पक्राउ पर्ने र निष्पक्षरुपमा सुनुवाई गरी सजाय दिने सम्भावना बढी हुनु पर्दछ ।

जबरजस्ती करणी तथा अन्य लैङ्गिक हिंसा नेपालको संरचनात्मक समस्याका कारण पनि बढेका हुन् । नेपालमा महिलाहरु सामाजिक, राजनैतिक, आर्थिक लगायत हरेक क्षेत्रमा लोग्ने मानिसबाट हेपिएका छन् । यो समस्या दण्ड बढाएर मात्र समाधान हुने कुरा होइन । यसलाई संरचनात्मक, कानूनी र विचारधारात्मकरुपमा समेत समाधान गर्न आवश्यक छ ।

नेपाल अधिराज्यको संविधान २०४७ ले नै मृत्यूदण्डको सजाय खारेज गरेको थियो भने वर्तमान नेपालको संविधानको धारा १६ को उपधारा (२) मा कसैलाई पनि मृत्यदण्डको सजाय दिनेगरी कानून बनाइने छैन भन्ने व्यवस्था गरिएको छ । त्यस्तै नेपाल अन्तर्राट्रिय तहमा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राट्रिय महासन्धी, १९६६, उक्त सन्धी सँग सम्बन्धित मृत्यूदण्ड उन्मुलन गर्ने उद्देश्यले व्यवस्था भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राट्रिय दोस्रो ऐच्छिक आलेख, १९८९ र यातना तथा अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार तथा दण्ड विरुद्धको महासन्धी १९८४ को पक्ष राष्ट्र पनि हो ।

सजाय बढाएर मात्र अपराध घट्ने नभई प्रलोभन र धम्कीमा नपरी निष्पक्ष रुपमा अनुसन्धान गरी अपराधीलाई पक्रने र दण्डित गर्ने सम्भावना बढी भएमा मात्र अपराध कम हुने गर्दछ । यस सम्बन्धमा आधिकारिक निकायले गम्भीरतापूर्वक सोँचेर निष्पक्ष न्याय दिएमा अहिले भएको कानूनकै आधारमा पनि यो अपराध घटाउन सकिन्छ ।

न्याय दिएर मात्र हुँदैन, न्याय दिएको जस्तो पनि देखिनु पर्दछ । हाल नेपालमा बदलिँदो समाजको दवावबाट नयाँ नयाँ कानून बनाउने तर आफैले बनाएको कानूनलाई आफैं नमान्ने अर्थात कार्यान्वयन नगर्ने प्रवृत्ति छ । निष्पक्ष अनुसन्धान एवं दण्डको अभाब, निर्दोषीलाई दोषी र दोषीलाई निर्दोषी बनाउने प्रवृत्ति रहेको मुलुकमा मृत्यू दण्डको व्यवस्था पुनःस्थापित गरी निर्दोष व्यक्ति दण्डित हुनुपर्‍यो भने त्यो भन्दा ठूलो अपराध के हुन सक्दछ र ? अतः हाल भएको कानूनको प्रभावकारी कार्यान्वयन गरे मात्र पनि यो अपराध घट्ने सम्भावना बढी देखिन्छ । जबरजस्ती करणी सम्बन्धी अपराध कम गर्न निम्न उपायहरु अवलम्न गर्न आवश्यक छ-

१. हाल नेपालको प्रमुख समस्या एवं चुनौती अपराधीलाई कानूनको दायरामा ल्याउन नसक्नु हो । अपराधी पक्रन नसेकेमा दण्डको कुनै औचित्य नहुने भएकाले अनुसन्धान संरचनालाई दक्ष, निष्पक्ष र बलियो बनाउनु पर्दछ ।

२. फौजदारी कानूनको मर्मविपरित बलात्कार जस्तो जघन्य अपराध समेत स्थानीय स्तरमै समाजका अगुवा व्यक्तिहरुबाट मिलापत्रर मेलमिलाप गर्ने गराउने प्रवृत्तिको अन्त्य गरी त्यस्तो कार्य गर्ने गराउनेलाई कानूनमा भए बमोजिम सजायको सुनिश्चितता हुनु पर्दछ ।

 ३. जबरजस्ती करणीबाट पीडितलाई स्वयं परिवार र समाजले हेर्ने गलत दृष्टीकोण, घृणा एवं अपहेलनाको अन्त्य गरिनु पर्दछ ।

४. महिला विरुद्ध हुने सबै प्रकारका शोषण, दमन, दुर्व्यवहार र हिंसा अन्त्य गरिनु पर्दछ ।

 ५. महिला प्रहरीको बृद्घी गरी पीडितबाट सहजै उजुरी गर्न सहज बनाउनु पर्दछ र उजुरी लिन नमान्ने प्रवृत्तिको अन्त्य गरिनु पर्दछ ।

६. ढिलो न्याय दिनु न्याय होइन तथा न्याय दिएर मात्र हुँदैन, न्याय दिएको जस्तो पनि देखिनु पर्दछ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दे सुस्त न्याय प्रणालीको अन्त्य गरिनु पर्दछ ।

७. अनुसन्धानकर्ता, कर्मचारी र अभियोजनकर्ताहरुबाट प्रलोभन र दवावमा परी अभियुक्तलाई बचाउने प्रवृत्तिको अन्त्य हुनु पर्दछ ।

८. बलात्कार मुद्दालाई राजनीतिकरण गर्ने प्रवृत्तिको अन्त्य गरिनु पर्दछ ।

९. पीडकबाट हुने पैसाको प्रलोभन र धम्कीको प्रभावमा पर्नु हुँदैन ।

१०. पीडितको सुरक्षाको जिम्मा लिएको प्रहरी समेत मेलमिलापमा संलग्न हुने प्रवृत्ति पूर्णरुपमा अन्त्य गरिनु पर्दछ ।

११. पीडकको अधिकारलाई मात्र जोड दिई अपराध पीडितको अधिकार र क्षतिपूर्ति सम्बन्धी कानूनी व्यवस्थामा ढिलाई र हाल भएको कानूनी प्रावधान समेत अपुग भएको हुँदा पीडितलाई जीवन धान्न सक्ने खालको क्षतिपूर्तिको व्यवस्था गरी सो क्षतिपूर्ति पीडकको सम्पत्ती भएमा सोबाट र नभएमा सरकारबाट उपलव्ध गराउने व्यवस्था गरिनु पर्दछ ।

१२. करणी सम्बन्धी कानूनी शिक्षा र सचेतनाको वृद्धि गरिनु पर्दछ ।

१३. नेपालमा ठूलो रोगको रुपमा रहेको भ्रष्टाचारले कुशासन र व्यभिचारको समेत वृद्धि गरेकोले घुसको लेनदेन गरी अपराधीलाई बचाउने प्रवृत्तिको अन्त्य गरिनु पर्दछ र त्यस्तो कार्य गर्ने व्यक्तिलाई भ्रष्टाचार सम्बन्धी कानूनमा भएको सजायमा थप सजायको व्यवस्था गरिनु पर्दछ ।

१४. समाजको विकाससँगै अपराध पनि नयाँ नयाँ ढंगबाट हुने र अपराधीले पनि नयाँ बाटो अपनाउने हुँदा अपराधको अनुसन्धान समेत सोहीरुपमा गरिनु पर्दछ ।

The post जबरजस्ती करणी र सजायको प्रश्न appeared first on Sajha Post.

कसरी होला अमेरिकामा सत्ता हस्तान्तण ? के ट्रम्पले अझै ‘कू’गर्ने प्रयास गर्लान् ?

$
0
0

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प शासनकालको अन्तिमतिर आइपुगेका छन् । तथापि राष्ट्रपति ट्रम्पको गुप्त र क्रमबद्ध षड्यन्त्र अझै राजनीतिको प्रमुख मुद्दा बनिरहेको छ । कतै ट्रम्प कू को प्रयास त गरिरहेका छैनन् ?

नोभेम्बरको चुनावी हारपछि चुनावी परिणाम विरुद्धको कानुनी कार्बाही, राजनीतिक दवाब, अति दक्षिणपन्थी तत्वहरुलाई प्रदर्शनका लागि उक्साहट, निर्वाचन अधिकारीहरु यहाँसम्म कि रिपब्लिकनहरुलाई समेत धम्कीजस्ता कार्य गर्न उनले छोडेका छैनन् ।

ट्रम्पले निर्वाचन परिणामलाई मान्यता नदिने उद्देश्यले जनवरी ६ मा हाउसको बैठक आव्हान गरेका छन् । सोही दिन उनका समर्थकहरुलाई वासिङगटन डिसी मार्च गर्न भनिएको छ । यो मार्च हिंसात्मक हुने सम्भावना छ । अर्कोतिर ड्रोन आक्रमणबाट जर्नेल सुलेमानीको हत्याको वर्षगाँठ जनवरी ३ मा इरानी सेनाले गर्न सक्ने सम्भाव्य हमलाको प्रतिरोधका लागि खाडी क्षेत्रमा अमेरिकी सैन्यबल तथा नौसेनाको तैनाथी र सतर्कता बढाइएको छ ।

चुनावी परिणामप्रति सृजित भ्रम, आन्तरिक अशान्ति र सैन्य हस्तक्षेपको खतराबीच अमेरिकी सेना र राष्ट्रिय जीवनलाई भयावह क्षति पुग्न सक्ने सम्भावना छ । राष्ट्रिय आपतकाल घोषणा गर्नका लागि ट्रम्प जानाजान अराजक र अन्यौलपूर्ण स्थिति तयार गर्दैछन् ।

जनवरी ५ का लागि ट्रम्पद्वारा बोलाइएको बैठक र मार्चपासप्रति अमेरिकी सेना वरिष्ठ अधिकारीहरु निक्कै चिन्तित छन् । जनवरी २० मा बाइडन प्रशासनलाई सत्ता हत्तान्तरण गर्न हाउसले अनुमति दिनुपर्ने अमेरिकी प्रचलन छ । निर्वाचक मण्डलले जोसेफ वाइडन निर्वाचित भएको पुष्टि गर्नुपर्ने हुन्छ । ट्रम्पले त्यसो हुन नदिन एक ट्वीटमा आफ्ना समर्थकलाई ‘षडयन्त्रपूर्वक चोरी गरिएको निर्वाचन परिणाम’लाई लागू हुन नदिन ‘जंगली पारा’ले प्रदर्शन गर्न भनेका छन् ।

इन्दरजीत परमार

जनवरी ३ मा इरानी जर्नेल सुलेमानी र इराकी मिलिसिया नेता अबु अलबदी अल मुहादिशको हत्याको वर्षगाँठको अवसरमा सैन्य दुरुपयोग हुने चिन्ता बढेको छ । बगदादको अमेरिकी दुतावासमा भएको हमलाको जवाफमा ट्रम्पले इरानमाथि रकेट हमला गर्ने इच्छा समेत व्यक्त गरेका छन् ।

यी कार्यहरु अमेरिकी सेना परिचालन गर्न, पद नछोड्न र राष्ट्रिय आपकताल घोषणा गर्नका लागि हुन सक्दछन् । अमेरिकाका सम्मानित सञ्चार माध्यम वासिङटन पोष्ट, न्यूजवीक, द हिल, सिएनन आदिमा यसप्रकारको सम्भावनाबारे चर्चा भइरहेको छ । विभिन्न विद्वान, इतिहासका र सत्ता राजनीतिका जानकारहरुले समेत यस्तो सम्भावना औंल्याएका छन्, ती मध्ये येल विश्वविद्यालयका प्राध्यापक टिमोथी स्नाइडर समेत छन् ।

अर्कोतिर वाइडनको राष्ट्रिय सुरक्षा टिमलाई ट्रम्प प्रशासनले सुरक्षा प्रबन्धनसम्बन्धी प्रमुख जानकारीहरुसम्म पहुँच बनाउन व्यवधान गरिरहेको समाचार छ ।

ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार जर्नेल माइकल फ्लिनले ‘चुनावी युद्धभूमि राज्यहरु’ (विकिल्सन, पेन्सनभेनिया र मिचिगन लगायत) मा पुन चुनाव नगरिए मार्सल ल लगाउन सकिने बताएका छन् । यसबारे ह्वाइट हाउसमा बारम्बार चर्चा भएको बताइन्छ ।

यही कारणले अमेरिकी सेनाले यस्ता हल्लाबारे प्रेस विज्ञप्ती दिन जरुरी ठानेको थियो जसमा अमेरिकी सेनाले चुनावमा कुनै हस्तक्षेप नगर्ने बताउनु परेको थियो । तर पनि प्रश्न बाँकी नै रहन्छ, किनकी अमेरिकी सेनामा जर्नेल फ्लिनको कमाण्ड अझै कायम छ ।

सन् २०२० नोबम्बरको चुनाबी हारपछि पनि आगोमा तेल थप्न ट्रम्पले कुनै कसर बाँकी राखेका छैनन । उनले पेन्टागनबाट नागरिक नेतृत्वलाई हटाएइका छन् । त्यसको ठाउँमा उनले आफूप्रति बफादारलाई नियुक्त गरेका छन् । भर्खरैको समाचार अनुसार ट्रम्प फ्लोरिडाबाट नयाँ वर्षको कार्यक्रम छोडेर ह्वाइट हाउस फर्किएका छन् ।

मिसौरीका रिपब्लिकन सिनेटर जोस हावले भनेका छन् कि जनवरी ६ मा उनले निर्वाचक मण्डललाई नोभेम्बर निर्वाचनको पुष्टि गर्नबाट रोक्ने छन्, त्यसमाथि कांग्रेसको जाँचबुझ शुरु हुनेछ । हावलेले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको पक्षबाट उम्मेद्वार हुने व्यक्तिको रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् । यो प्रष्ट छ कि ट्रम्प वासिङ्टनमा कुनै न कुनै प्रकारको गडबढी मच्चाउने कार्यका लागि भित्रभित्रै समन्वय गर्दैछन् ।

यो संकटपूर्ण राजनीतिको पूर्ण चित्र जनवरी ५ मा हुने जर्जियाको जारी निर्वाचनमा पनि देखियो । त्यहाँ गभर्नरलाई ज्यान मार्ने धम्की दिइयो । गभर्नर केप ट्रम्पप्रति बफादार मानिन्थे । तर उनले निर्वाचन परिणामलाई चुनौति दिन अस्वीकार गरे । ट्रम्पले गवर्नर केपलाई राजीनामा गर्न भने । उग्रवादी ट्रम्प समर्थकहरु जर्जियाको चुनाव नै बहिष्कार गर्नु पर्दछ भन्दैछन् । उनीहरु चुनाव धाँधली हुँदैछ भन्ने हल्ला पिट्दैछन् । त्यहाँ अर्ली मतदानबाट धेरै मत डेमोक्र्याट्सहरुलाई प्राप्त भइरहेको छ, जो ट्रम्प र ट्रम्पवादीहरुका लागि आपत्तिको बिषय बन्ने गरेको छ ।

ट्रम्प संकटमाथि संकट थप्न उदत्त छन्, त्यसबाट निस्कने उपाय खोज्न उनलाई पर्वाह छैन । महामारी र आर्थिक संकटले ग्रस्त जनसाधारणप्रति उनको कुनै रुचि छैन । यतिखेर ट्रम्पले आफ्नो राजनीतिक स्वार्थ बाहेक अरु केही देखिरहेका छैनन् । जर्जियाका सिनेट सीटहरु गुमाउनु ट्रम्पका लागि झनै असह्य स्थिति हुनेछ । जर्जियाको राजनीतिमा ट्रम्पिज्मको प्रभाव कस्तो हुन्छ, त्यो नजिकिदो सिनेट निर्वाचनले पनि देखाउने छ ।

यी यावत चर्चा र परिदृष्यबीच बाइडन अझसम्म मौन छन् । सायद अरु अमेरिकी जस्तै उनी ट्रम्प र ट्रम्पवादीहरुको उपद्रो कुन सीमासम्म जान सक्दछ भन्ने रमिता हेरिरहेका छन् । ट्रम्पले कू गरेका त्यो निक्कै डरलाग्दो र प्रगति विरोधी कुरा हुनेछ । त्यस्तो फासीवाद र अधिनायकवादविरुद्ध प्रगतिशील आन्दोलन उठाउनुको कुनै विकल्प रहने छैन ।

Cover Photo: Reuters/Tom Brenner

तथापि यो स्मरण गर्न जरुरी छ कि गत नोभेम्बरमा भएको निर्वाचनमा ट्रम्पको पराजय एक निर्णायक कुरा थियो । यो निर्वाचनमार्फत् अमेरिकी मतदाताले श्वेत नश्लवाद, सीमा इलाकामा पर्खाल, आप्रवासीप्रति कठोर नीति, महामारीको विनाशकारी प्रतिवाद र नश्लवादी प्रहरी–हिंसाको विरुद्धमा कानुनी राज्य, लोकतान्त्रिक सहिष्णुता र विविधताको स्वागत गर्दै सीमारेखा खिचेका छन् । तर यो रेखा ट्रम्पिज्मतिरको झुकावबाट बिल्कुलै मुक्त भने छैन । एक प्रगतिशील परिप्रेक्ष्यमा अमेरिकालाई निपटारा गराउनु वाइडनका लागि चिन्तापूर्ण चुनौतिको बिषय बनेको देखिन्छ ।

वाइडनप्रति आशामाथि चिन्ताको बादल कहाँनेर छ भने वाइडनले पनि ट्रम्पिज्मले पाएको मतलाई अनदेखा गर्न सक्दैनन् । ट्रम्पले ७ करोड ४० लाख बढी मत पाएका छन् जो सन् २०२४ को चुनावमा डेमोक्र्याट्सहरुले फेरि सामना गर्नुपर्ने मत हो । युवा, अल्पसंख्यक समुदाय र विद्यार्थीलाई नयाँ प्रगतिशील मतदाताको रुपमा ऊर्जा दिन नसके ट्रम्पले पाएको मत जुनकुनै बेला भारी पर्न सक्दछ । सन् २०२४ को निर्वाचनमा त्यसले आफ्नो विनाशकारी रुप देखाउन सक्दछ ।

के वाइडनले व्यापक स्वास्थ्यसेवा सुधार कार्यक्रम ल्याउलान् ? के प्रस्तावित जलवायु परिवर्तन सम्बन्धी नीति वास्तवमै प्रभावकारी होला ? अमेरिकी मध्यम वर्गको आधारभूत ढाँचामाथिको लगानी सार्थक होला ? विद्यार्थीहरुको कलेज शुल्क र छात्र ऋणबारे के होला ?

सबैभन्दा ठूलो तस्वीर के हो भने अमेरिकी बैधताको लामो र गहिरो संकट दुवै राजनीतिक दलको बढ्दो अलोकप्रियता, सरकार र आम जनताबीच टुटेको सम्बन्ध, आर्थिक अनिश्चितता, महाब्याधीको ज्यानमारा गर्जन र भोका मानिसहरुको बीचबाट हिंडिरहेको छ ।

(द वायरबाट संक्षेपीकरणसहितको भावानुवाद)

Cover Photo: Reuters/Tom Brenner

The post कसरी होला अमेरिकामा सत्ता हस्तान्तण ? के ट्रम्पले अझै ‘कू’ गर्ने प्रयास गर्लान् ? appeared first on Sajha Post.

जसपाको आँखाबाट देखिने प्रतिनिधिसभा विघटनको अश्लिल चित्र

$
0
0

जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले पुस ५ गते गरेको निर्वाचित प्रतिनिधिसभा विघटनलाई ३ वटा शब्द ‘असंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमनकारी’ भन्दै विरोध, निन्दा र भर्त्सना गरेको छ । साथै पार्टी अहिले सडक संघर्षमा छ । प्रतिनिधिसभा विघटन किन गलत हो ? यसका सैद्धान्तिक तथा व्यवहारिक पक्षहरू केलाउँदै जनसमुदायलाई सुसुचित, जाग्रित र आन्दोलित गरिरहेको छ ।

यस सन्दर्भमा जसपामाथि केन्द्रित केही प्रश्नहरू उठाइने गरिएको छ । जसपामाथि लक्षित गरी आएका सबै प्रतिक्रिया र टिप्पणीहरूलाई मुख्य तीनवटा प्रश्नका संश्लेषण गर्न सकिन्छ ।

एक– अहिले जसपामा एकताबद्ध भएका विभिन्न पूर्व घटकहरूले यो संविधानलाई स्वीकार नै गरेका थिएनन् । संविधान जारी भएको दिनलाई कालो दिवस भनेका थिए । संविधानका विरुद्ध संघर्ष गरेका थिए । फेरि अहिले यो संविधानको माया किन ? आफूले स्वीकार नगरेको संविधान जेसुकै होस्, जसपालाई के को चासो ? जसपाले प्रम ओलीको कदमलाई गैरसंवैधानिक किन भन्न पर्‍यो ?

दुई– जसपाले किन संसद पुनर्स्थापनाको माग गर्नु ? संसद पुनर्स्थापना भए पनि त्यहाँ पुरानै संख्या, शक्ति सन्तुलन र समीकरण हुन्छ, पुनर्स्थापित संसदले जसपाले माग गरे बमोजिम ‘संविधान संशोधन गर्दैन’ भन्ने थाहा हुँदाहुँदै फेरि किन संसद पुनर्स्थापनाको पक्षमा देखिनु ? जसपाले ओली पक्षको जतिसुकै विरोध गरे पनि प्रचण्ड–माधव खेमाको विचार त उही हो, उनीहरू पनि जसपाको मागबमोजिम संविधान संशोधन गर्न राजी हुने हैनन् ।

तीन– बलियो कम्युनिष्ट पार्टी फुट्यो, जसपालगायत विपक्षी दलहरूले चुनाव जित्ने सम्भावना बढ्यो । जसपालाई फाइदा नै पुग्ने देखिन्छ, यो अवसरको प्रयोग गर्न छोडेर, खुशी हुन छोडेर किन उल्टै जसपा दुःखी भएर आन्दोलनतिर लागेको ? चुनाव नहुने भए पो ‘प्रतिगमन’ भन्न मिल्छ, चुनाव हुनु त लोकतन्त्रको सौन्दर्य नै हो । फेरि किन चुनावलाई स्वागत गर्न, कम्युनिष्टहरू फुटेको फाइदा उठाउन छोडेर आन्दोलनको रडाको गरेको ?

निःसन्देश यी टिप्पणी र प्रश्नहरू समीक्षा योग्य छन् । जसपाको आँखाबाट पुस ५ गतेको ओली सरकारको कदम कस्तो हो ? यस घटनासँग जोडिएका विभिन्न आयामहरू के के हुन् ? सतहबाट हेर्दा विपक्षी दलहरूलाई फाइदा पुग्ने स्थिति हुँदाहुँदै पनि किन जसपाले यसको विरोध गरिरहेको छ ? यो आलेखमा यिनै प्रश्नमाथि छलफल गर्ने प्रयत्न गरिनेछ ।

पहिलो– यो संविधानप्रति जसपाको दृष्टिकोणको विषयमा जाऔं । हो, हिजो जसपा सम्बद्ध धेरै घटकहरूले यो जारी हुँदा बखत विरोध गरेकै हो । त्यो विरोध र संघर्ष जायज थियो भन्ने अहिले पनि जसपाको धारणा हो । त्यतिखेरको सम्भावना भनेको अझ धेरै परिवर्तन, क्रान्ति, जनमुखी प्रावधान र व्यवस्थातिर जान सकिने थियो ।

अर्थात् त्यो आन्दोलन र विरोध अझ धेरै लोकतन्त्र, अग्रगमन र क्रान्तितिर जानका लागि थियो । तर आजको अवस्था भने त्यो हैन । आज देशलाई ‘यथास्थिति’ बाट ‘अग्रगमन’ तिर हैन, ‘प्रतिगमन’ तिर लाने जोखिम छ । यो बद्लिएको स्थितिलाई जसपाले राम्ररी बुझेको छ । यदि आज पनि यो देशका राजनीतिक शक्तिहरू एकमत भएर ‘अग्रगमन’ तिर जान संविधान संशोधन गर्न राजी हुन्छन् भने जसपा तयार छ । तर, अग्रगमनतिर जान नदिने र प्रतिगमनतिर जाने स्थिति आएमा प्राप्त उपलब्धीहरूको ‘रक्षा गर्न’ पनि उत्तिकै सजग छ ।

यो संविधानका वैचारिक आधार स्तम्भ लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय र समाजवादउन्मुखता जस्ता अवधारणाप्रति जसपाको न हिजो विरोध थियो न आज छ । जसपाले यो संविधानको विरोध गर्नुको अर्थ यी अवधारणा उल्टाउनु थिएन/हैन । जसपा राप्रपा वा जनमोर्चा हैन कि यी अवधारणा उल्टाउँने पक्षमा पैरवी गरोस् ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

 

जसपाको भनाई के हो भने संविधानले स्वीकार गरेका यी ‘प्रिन्सिपल’ अनुरुप संविधानका ‘प्रोभिजन’ बनाइएन । संविधानको सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर भयो । लोकतन्त्रको सिद्धान्त स्वीकार गरियो तर २०४७ सालको जस्तो सामान्य संसदीय लोकतन्त्रको जस्तो व्यवहार गरियो । हुनुपर्ने प्रत्यक्ष, समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्र थियो । लोकतन्त्रमा आम सहमति हो । तर लोकतन्त्रको मोडेलमा विमति हो ।

त्यस्तै संघीयता सिद्धान्ततः स्वीकार गरियो तर व्यवहारमा उचित प्रदेश बनाइएन । सही सीमांकन, नामांकन हुन सकेन । वित्तिय संघीयता लागू गरिएन । प्रदेश सरकारहरूलाई पंगु बनाइयो । धेरै अधिकार फेरि पनि खारेज हुनुपर्ने सिडियो कार्यालयहरूमा राखियो । प्रादेशिक भाषाहरू प्रचलनमा ल्याइएन । संघीय सरकारले धेरै चिज आफै केन्द्रीकरण गर्‍यो । संघीयताको भावना र मर्मअनुरुप यसलाई ठोस जीवन्त र मूर्त बनाइएन ।

ठीक, त्यसै गरी गणतन्त्र त आयो तर सही शासकीय स्वरुप अपनाइन । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गरिएन । एक प्रकारको ठिमाहा संसदीय प्रणाली लागू गरियो, जसले परिणाम दिएन/दिइरहेको छैन ।

समावेशिता र सामाजिक न्याय सिद्धान्ततः स्वीकार गरिएन आरक्षण अनुपातिक भएन । सामाजिक न्यायको दीगो, भरपर्दो र जनमुखी प्याकेज बनेन । समाजवाद उन्मुख भनिए पनि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा कुनै परिवर्तन ल्याइएन । अर्थतन्त्रको ढाँचा र चरित्रमा दलाल तथा आसेपासे पुँजीवाद जारी रह्यो ।

जसपाको संविधानप्रतिको असन्तुष्टि र विरोध यी विन्दू, मुद्दा र एजेण्डामा हो । जसपा कहिल्यै लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय र समाजवादको विरुद्धमा हुँदैन । हुनै सक्दैन । तर, यी शब्द मात्र संविधानको प्रस्तावनामा थुपारेर हुँदैन, यी शब्दको मर्मअनुरुपको संविधान संशोधन हुनु पर्‍यो भन्ने जसपाको भनाई थियो/छ ।

जब यी एजेण्डाको पक्षमा संविधान संशोधन गर्न सकिने अवस्था हुन्छ, जसपा यो संविधान संशोधन, पुनर्लेख वा परिवर्तन जे गर्न पनि राजी हुन्छ तर तर अहिलेका आधारभूत मान्यता उल्टाउन भने राजी हुँदैन । कुरो प्रष्ट छ– जसपाले प्रतिगमनको जोखिम देख्यो भने संविधानको ‘रक्षा’ गर्छ, अग्रगमनको सम्भावना देख्यो भने संविधानको ‘विकास’ गर्छ । प्राप्त उपलब्धिको रक्षा र विकास दुवै जसपाको दायित्व हो ।

दोस्रो कुरा– अहिलेको स्थिति किन ‘प्रतिगमन’ हो त ? यसका लागि संविधान निर्माणको बहस र पृष्ठभूमिमा फर्किनु पर्दछ । २०४७ सालको संविधान संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय लोकतन्त्रको सिद्धान्तमा बनेको बेलायती मोडेलेको संविधान थियो । त्यो संविधानअनुरुप यस्तो संसद विघटन स्वभाविक हुन्थ्यो । २०४७ को संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने, अल्पमत प्रधानमन्त्रीले नसक्ने नजिर बनाएको थियो । त्यही मान्यता अनुरुप गिरिजाप्रसाद कोइरालाको मध्यावधिको सिफारिस मान्य र मनमोहन अधिकारीको सिफारिस अमान्य भएको थियो ।

त्यो संविधानले अस्थिरता र संसदीय विकृत निम्त्याएको भनेर व्यापक विरोध भयो । २०४७ देखि २०५७ को बीचमा व्यापक अस्थिरता र विकृति देखियो पनि । अहिलेको संविधान बनाउँदा त्यस्तो विरोध र आलोचनालाई ध्यान दिइएको थियो । २०७२ को संविधानमा यस मानेमा २०४७ सालको संविधानभन्दा ठीक उल्टो छ । यसले बहुमतको प्रधानमन्त्रीलाई पूर्ण कार्यकाल सरकार चलाउनु पर्ने दायित्व दिन्छ, संसद विघटन गर्ने अधिकार दिँदैन ।

अल्पमतको प्रधानमन्त्री जसले ३० दिनभित्र प्रतिनिधिसभाको विश्वासको मत हासिल गर्न सक्दैन, संसदभित्र सबै खाले समीकरणको अभ्यास भइसकेको हुन्छ, त्यस्तो प्रधानमन्त्रीले मात्र मध्यावधिको सिफारिस गर्न सक्दछ । संविधानको धारा ७६ को विभिन्न उपधारामा यो कुरा कुनै भ्रम नपर्ने गरी प्रष्ट लेखिएको छ ।

बहुमत प्राप्त प्रधानमन्त्री संकटमा पर्‍यो भने उसले के गर्नु पर्दछ ? त्यो संविधानको धारा १०० को विभिन्न उपधारामा उल्लेख छ । यी व्यवस्था अनुरुप प्रधानमन्त्रीले संसदभित्र विश्वासको मत माग्ने प्रस्ताव राख्नु पर्दछ । पार्टी फुटेको वा साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा भने विश्वासको मत माग्न बाध्यात्मक हुन्छ ।

पुस ५ गतेको घटनाको पृष्ठभूमिमा धारा ७६ र धारा १०० दुबै आकर्षित हुँदैनन् । प्रधानमन्त्री ओली गठबन्धन नभएर बहुमत प्राप्त पार्टीको प्रधानमन्त्री थिए । उनको कुनै पनि प्रस्ताव संसदमा अल्पमतमा परेको थिएन । यस्तो वेला उनको कर्तव्य पार्टीको केन्द्रीय समिति र संसदीय दलबाट पार्टी विश्वासलाई पुनर्पुष्टि गर्ने, विश्वास प्राप्त भए बाँकी कार्यकाल सरकार चलाउने, विश्वास प्राप्त नभए राजिनामा दिने हुन्थ्यो । हाम्रो अहिलेको दलीय लोकतन्त्रको मर्म र संवैधानिक व्यवस्था यो हो ।

ओलीले २०७२ को संविधानको यो प्रावधानलाई लत्याएर २०४७ सालको संविधानको व्यवस्था र नजिरलाई उपयोग गर्न खोजे । तसर्थ यो ‘प्रतिगमन’ हो । ओलीले अहिलेको संविधानलाई पनि २०४७ सालको जस्तै सामान्य संसदीय लोकतन्त्रको संविधान ठानेको देखिन्छ, जो सही हैन । बेलायतका नजिर र अभ्यासहरू २०४७ सालको संविधानका हकमा आकर्षिक हुन सक्थे, २०७२ को संविधानका लागि आकर्षिक हुँदैनन् ।

बेलायतको लोकतन्त्र ‘संविधान विनाको लोकतन्त्र’ हो । यस्तो लोकतन्त्रमा प्रचलन, परम्परा र नजिर मुख्य हुन्छन् । हाम्रो लोकतन्त्र ‘संवैधानिक लोकतन्त्र’ हो, यस्तो लोकतन्त्रमा प्रचलन र परम्पराका नाममा संविधानले नदिएका अधिकार प्रयोग गर्न पाइदैन, मिल्दैन । यदि संविधानप्रति कुनै विमति भए, त्रुटी वा कमजोरी छन् भन्ने लागेमा पहिले दुईतिहाई पुर्‍याएर त्यसलाई संशोधन गर्न पर्दछ । अनि मात्र नयाँ प्रावधान अनुरुप जान मिल्दछ । यो संवैधानिक प्रक्रिया र संविधानवादको आधारभूत अवधारणा हो ।

ओलीको पुस ५ गतेको कदमले संसदभित्रको दुई तिहाई विनै संविधान संशोधन गर्दछ । २०७२ को संविधानका प्रावधानलाई कुण्ठित गर्दछ र २०४७ को संविधानका नजिरलाई पक्रिन्छ । यसो हुनु कुनै एक व्यक्तिले संविधान संशोधन गर्नु सरह हो । यदि कुनै व्यक्तिलाई मनपरी संविधान संशोधन गर्ने अधिकार दिने हो भने नागरिक सार्वभौमसत्ता, संविधानवाद र निर्वाचित संसदको उपदेयता नै समाप्त हुन्छ । तसर्थ ओलीको यो कदम ‘असंवैधानिक र गैरलोकतान्त्रिक’ दुवै हो ।

व्यवहारिक दृष्टिकोणले पनि यो उपयुक्त कदम देखिन्न । मानौं कि ओलीको निर्णय सर्वोच्च अदालतले स्वीकार गर्‍यो, संविधानको धारा ७६ र १०० संशोधन नगरी त्यसको उल्टो नयाँ नजिर स्थापित हुन्छ, बहुमतको प्रधानमन्त्रीले जुनकुनै बेला संसद विघटन गर्न सक्दछ । आफूलाई अलिकति व्यक्तिगत अप्ठ्यारो पर्ने बित्तिकै, निजी राजनीतिक करिअरमा समस्या देखिने बित्तिकै संसद विघटन गर्ने र नयाँ चुनावमा जाने नजिर बनाउने हो भने यहाँ त वर्ष दिनमा ५ पटक चुनाव हुने स्थिति आउन बेर छैन । त्यस्तो अवस्थाको जिम्मा कसले लिने ?

अहिले ओली सरकारलाई परेको समस्या के हो ? पहिलो समस्या नैतिक थियो । विभिन्न ठूल्ठुला भ्रष्टाचार र कोरोना संकटले सृजित समस्या हल गर्न नसकेको आरोप थियो । पार्टीहरू विभाजित गर्न अनेक खेल खेलेको, दल विभाजन अध्यादेश ल्याएको आरोप थियो । नैतिक प्रश्नको हल कानुनी र संवैधानिक हुँदैन । नैतिक प्रश्नको हल नैतिक नै हुन्छ, त्यो भनेको राजीनामा थियो । ओलीले राजिनामा नगरेपछि यी प्रश्न स्वतः ओझलमा पर्थे, कानुनी तथा संवैधानिक चुनौति उनले समाना गर्नु परेका थिएन । समाना गर्नुपर्ने सम्भावनाको सम्मुख उनी थिए, तर सामना गर्न नपरुन्जेल त्यो स्थिति आकर्षित मान्न सकिँदैन्थ्यो ।

जहाँसम्म जसपाले माग गरेबमोजिम संविधान संशोधनको सम्भावना नभएपछि संसद पुनर्स्थापनाको मागमा किन जानु पर्‍यो, चुनावमा जाँदा नै फाइदा छ भन्ने प्रश्न छ– राजनीति भनेको पार्टीगत चुनावी फाइदा बेफाइदाको कुरा मात्र हैन । लोकतन्त्रमा चुनाव हुन्छ, हुनु पर्दछ । तर, चुनाव, चुनाव र चुनाव मात्र पनि लोकतन्त्र हैन । चुनाव हुने पनि विधि, प्रक्रिया र समय हुन्छ । वाञ्छित प्रक्रिया र समयमा चुनाव हुनु पर्दछ ।

संसदको कार्यकाल २ वर्ष बाँकी छँदै, कोरोना महामारीको बीचमा, अलोकतान्त्रिक र अनैतिक व्यक्तिले, गैरसंवैधानिक तवरले गराएको चुनाव ‘लोकतन्त्रको उत्सव’ मान्न सकिन्न । त्यस्तो चुनाव त हिजो ज्ञानेन्द्र शाहले पनि गराउन थालेकै थिए, चुनाव गराएर सत्ता हस्तान्तरण गर्छु भनेकै थिए, किन सबै पार्टीले बहिष्कार गरे त ?

किनकी ज्ञानेन्द्र शाहले घोषणा गरेको चुनाव अनधिकृत थियो । त्यस्तै अहिले ओलीले गराउन चाहेको चुनाव पनि अनधिकृत छ । उनले लोकतन्त्रलाई संस्थागत गर्ने, विधि र पद्धतिलाई स्थापित गर्ने दृष्टिकोणले हैन, नेकपाभित्रको गुटबन्दीमा हावी हुने, राज्यका विभिन्न संवैधानिक निकायहरूलाई प्रभावित गर्ने, अनेक तिकडम, प्रपञ्च र धाँधलीमार्फत् राज्य कब्जा गर्ने कुत्सित मनसायबाट प्रेरित भएर प्रायोजित चुनाव गराउन खोजेका हुन्, यस्तो चुनावमा कसलाई फाइदा हुन्छ वा बेफाइदा हुन्छ भन्ने हिसाबकिताब नै अनैतिक हुन्छ ।

अर्को कुरा ओली सरकारले चुनाव गराउने कुनै ग्यारेन्टी छैन । १२० प्रत्यक्ष र ५० लाख समानुपातिक भोटको महत्वकांक्षा लिएर हिंडेको व्यक्तिले त्यसको १० प्रतिशत पनि उपलब्धी हासिल नहुने चुनाव गराउँला नगराउँला ? जबरजस्त चुनाव भए सबै पक्षले भाग लिने वातावरण नबन्न सक्दछ । आम राजनीतिक सहमति विना जबरजस्त गराइने चुनावले देश बंगलादेशको जस्तो अवस्थातिर जान सक्दछ ।

यस्तो चुनावले लोकतन्त्रलाई नयाँ संकट र देशलाई नयाँ द्वन्द्वतिर धकेल्ने छ । संविधान, संवैधानिक प्रक्रिया र संविधानवाद अर्थहीन बन्न पुग्नेछ । लोकतन्त्र अनेक गलत अभ्यासको भारले थलिने छ । गणतन्त्र बदनाम हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रका नैतिक तथा राजनीतिक आधारहरू कमजोर हुनेछन् । यस्तो बेला प्रतिगामी तत्वहरू सल्बलाउने छन् । करिब ७० वर्षको भीषण जनसंघर्षबाट प्राप्त उपलब्धीहरू अर्थहीन जस्तो देखिनेछन् । यी सबै ‘प्रतिगमन’ को बिशेषताहरू हुन् ।

जसपाको नागरिक सार्वभौमसत्ता, लोकतन्त्र र संविधानवादप्रतिको निष्ठामा कसैले कुनै शंका नगरे हुन्छ । कुनै भ्रम नपाले हुन्छ । हो, यो पार्टी अहिलेको संविधानमा भारी परिवर्तन चाहन्छ तर नागरिक सार्वभौमिकता, संविधानवाद र संवैधानिक प्रक्रियाभित्रबाट त्यो परिवर्तन चाहन्छ । त्यो भनेको यात कुनै निर्णायक क्रान्ति र आन्दोलनबाट नयाँ संविधान बनाउनु हो या त निर्वाचित संसदभित्रै दुई तिहाई समर्थनको अवस्था सृजना गर्नु हो । ओलीले अहिले गरेको काम यी दुवै हैन । यसर्थ पनि ओलीको कदम अलोकतान्त्रिक र गैरसंवैधानिक हो ।

यदि बहुमतको प्रधानमन्त्रीलाई २ वर्ष कार्यकाल छँदै संसद विघटन गर्ने अधिकार दिने हो भने संसदमा संविधान संशोधनको प्रस्ताव ल्याएर दुईतिहाई पुर्‍याई संशोधन गर्नु पर्दथ्यो । अनि मात्र उनले संसद विघटन गर्न र मध्यावधिमा जान पाउँथे ।

जसपाको आँखाबाट हेर्दा ओलीको पुस ५ गतेको कदम निक्कै भद्दा र अश्लिल दृष्यजस्तो लाग्दछ । यो कदम लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानवादको विरुद्धमा छ । ओली निकटस्थहरू ‘संघीयता र समावेशिता’ प्रति सधै असहिष्णु रहँदै आएका छन् । मौका पर्‍यो भने यी चिज खारेज गर्नु पर्दछ भनेर उनका निकटस्थ सहयोगी र समर्थकहरूले सार्वजनिकरुपमा नै उक्साउने गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षताप्रति पनि ओली र उनका समर्थकहरूमा खासै मोह वा गहिरो निष्ठा देखिन्न ।

लोकतन्त्र र संविधानवादको कसीमा पुस ५ गतेको कदम सर्वथा अश्लिल हो । यो अश्लिलतालाई हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रले सहन सक्दैन । तसर्थ सबै संघीय लोकतन्त्रिक, गणतन्त्रवादीहरू एक ठाउँमा हुनु र ओलीको असंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमनकारी कदम विरुद्ध संयुक्त जनान्दोलनको विकास गर्नु अहिलेको अनिवार्य आवश्यकता हो ।

The post जसपाको आँखाबाट देखिने प्रतिनिधिसभा विघटनको अश्लिल चित्र appeared first on Sajha Post.

कमरेड बादल, के तपाईं राजनीतिकरुपमा ज्यूँदै हुनुहुन्छ ?

$
0
0

शक्तिको लालसाले मानिस कतिसम्म राजनीतिक भ्रष्ट र गतिछाडा हुनसक्छ ? यो प्रश्नको उत्तर खोज्न टाढा जानुपर्दैन । केपी ओलीका पछिल्ला कार्यक्रमहरूमा मञ्चमा मुन्टो निहुराएर जनयुद्धप्रति अपमानजनक बिम्ब सुन्दै मन्त्री पद जोगाइरहेका रामबहादुर थापा बादललाई हेरे पुग्छ ।

जर्ज अरवेल भन्थे, ‘राजनीतिक भाषा झूटलाई सत्य र हत्यालाई सम्मानजनक बनाउनका लागि रचिएका हुन्छन् ।’ माओवादी आन्दोलनका एक अगुवा बादलले केपी ओली समूह रोजेपछि उनले गरेका भाषणहरूले अरवेलका यिनै भनाईहरूलाई ज्यूँदो बनाउँछन् । उनले संसद विघटनलाई अग्रगामी कदम भनिरहेका छन् । राजनीतिक कू र प्रतिगमन रोक्न ओलीले साहसपूर्वक अग्रगामी कदम चाल्नुपरेको उनको स्पष्टोक्ति हुनेगरेको छ ।

कुनैबेला संविधानसभाको बाटो हिंडेको प्रचण्ड-बाबुराम समूहलाई लाल गद्दारको संज्ञा दिँदै पार्टी फुटाएर उनी क्रान्तिको वायुपंक्षी घोडामा सवार भएका थिए । त्यसअघि जब पहिलो संविधानसभामा माओवादीलाई सुविधाजनक बहुमत थियो, उनले सत्ताकब्जाको लागि सात दिने काठमाडौंकेन्द्रित असफल आन्दोलनको नेतृत्व गरेका थिए । पालुङटारमा डा. बाबुराम भट्टराईको शान्ति र संविधानको नाराविरुद्ध प्रचण्ड र मोहन वैद्यलाई साथ दिएका थिए ।

यसबीचमा उनको राजनीतिक जीवन यति उतारचढावमय भए कि उनको राजनीतिक यात्राको रेखाचित्र विचित्रको बन्यो । उनी विचार र एजेन्डाप्रति कति पनि इमान्दार देखिएनन् । अन्यौलता र अस्पष्टताको अँध्यारोमा स्वार्थी अनुहार लुकाउन खोजेर उनी दायाँबायाँ गरिरहे । कहिले निर्वाचन बहिस्कार गर्दै प्रतिकात्मकरुपमा बुथ फुटाउँदै हिंडे, कहिले सहयात्रीहरुलाई लालगद्दारको आरोप लगाउँदै हिंडे ।

ओलीसँग अरु माओवादी नेताहरु पनि गएका छन् तर, यहाँ बादललाई नै किन सम्बोधन गरिएका थिए भने उनले राजनीतिक स्वार्थ नमिल्दा इतिहासमा धेरै अवतार धारण गरिसकेका छन् । जब हिजो बोलेका कुराहरुले आज बोकेका कुराहरुको खण्डन गरिरहेको हुन्छ अथवा हिजो र आजको बीच तुलनै गर्न नसकिने अन्तर हुन्छ, उसको राजनीतिक जीवन पत्रु देखिन थाल्छ । रत्नपार्कमा बोल्दै हिंड्ने मुकुन्डेमा बरु एजेन्डाप्रतिको इमान्दारिता छ, उनले आफ्ना कुराहरुमा ‘कन्सिस्टेन्सी’ कायम गरिरहेका भेटिन्छन् तर, जब बादलमा त्यति पनि गुण भेटिँदैन भने ऐनाअगाडि उभिँदा उनले आफ्नो मूल्यांकन कसरी गर्लान् ?

अब यस्तो लाग्न थालेको छ कि हजारौं सहिद र बेपत्ताहरूको बलिदानबाट जन्मिएको बादल भन्ने पात्रको राजनीतिक मृत्युवरण भइसकेको छ । किनकि पछिल्ला राजनीतिक यात्रामा उनी राजनीतिकरुपले कति पनि इमान्दार लाग्दैनन्-देखिँदैनन् । व्यक्तिमा देखिने राजनीतिक भ्रष्टीकरण वेश्यावृत्तिभन्दा घिनलाग्दो हुनु एकप्रकारले राजनीतिक मृत्युवरण नै हो । यी दृश्यहरू अश्लील, भद्दा र असंयोजनीय त त्यतिबेला लाग्छ जब स्खलनका डोबहरू लुकाउन नसकेको मानिस आफूलाई साधु घोषणा गर्छ । बादलले दावी गर्ने गरेको तथाकथित राजनीतिक अग्रगमनको यात्रा भद्दा मजाकजस्तो लाग्छ ।

अघिल्लो दिन केपी ओलीले एउटा सार्वजनिक भाषणमा ‘प्रचण्डहरूको जंगली महत्वाकांक्षा’ भनेर सम्बोधन गरे । भोलिपल्ट उनका चेला ईश्वर पोखरेलले बादलकै अगाडि सोही शब्द दोहोर्‍याए । यहाँ सामान्य चेत भएका मानिसहरूले पनि बुझ्न सक्छन् कि उनीहरूले जनयुद्ध लड्नेलाई जंगली भनिरहेका छन् । उपल्लो वरियता दावी गरिरहेका बादललाई ईश्वरले प्रहार गरिरहेको सायद उनले बुझे नै होलान् । आफूले जंगलीको उपमा पाइरहँदा बादल जुत्ताले जमिन खोतल्दै शीर निहुर्‍याएर भुइँतिर हेरिरहेका थिए ।

शहर पसेको छोराले आफ्ना गाउँबाट आएका मातापितालाई छिमेकी वा अन्य कोही भनेर चिनाउने घिनलाग्दा प्रसंगहरू हामीले बारम्बार सुन्दै आएका छौं । ओली समूह पसेका बादलले पनि जनयुद्धप्रति गर्भ गर्न र उक्त शब्द उच्चारण पनि गर्न नसक्ने अवस्था सिर्जना भएको सहजै अनुभूति गर्न सकिन्छ । बादलले सम्बोधनको क्रममा गणतन्त्रका लागि ‘हिंसात्मक’ आन्दोलनको भूमिका थियो भनेर घुमाएर बोलिरहेका थिए । अलिकति पनि आत्मसम्मान बाँकी भएको मानिसले एक थान पदका लागि कसरी आफ्नो गौरवशाली इतिहास र विरासतलाई बलात्कृत गर्न सक्छ ? के यसलाई राजनीतिक मृत्युवरण भन्न मिल्दैन ?

ईश्वरलाई उछिन्दै ओलीले गणतन्त्रको स्थापनामा हतियारको कुनै भूमिका नरहेको, मुड्कीले हतियारसित लडेर गणतन्त्र स्थापना गरेको भने । उनले गणतन्त्रको आन्दोलनमा बादलसमेत सहभागी भएको माओवादी जनयुद्धको कुनै पनि भूमिका थिएन भनेर भाषण गरिरहँदा बादलमा अलिकति पनि स्वाभिमान ज्युँदो छ भने मञ्चमा कसरी टिकिरहन सक्छन् ? जनयुद्ध केटाकेटीको खेल थिएन । हजारौं योद्धाहरूको बलिदानी भएको थियो । लाखौं मानिसले रगत, पसिना र आँसु बगाएर विकास गरेको आन्दोलनको नेतृत्व गरेको मानिसको यो ढंगको गैरजिम्मेवारपन अनपेक्षित त छ नै, अराजनीतिक र अस्वभाविक पनि छ ।

ओलीले यसबीचमा माओवादीसँग रहेको विरासत र शक्तिको दोहन गरिसके । भटमास पेलेर तेल निकालिसकेपछि बचेखुचेको पिनाबाट मस्यौरा बनाउने ओली उद्देश्यको चरु बन्न तयार बादलहरूको ओली समूहमा यात्रा कस्तो होला ? अहिले नै अनुमान गर्न सकिन्छ । ओलीले केही समय पूर्वमाओवादीहरूलाई घाँस र कुँडो खुवाएर पाल्नेछन् र उपयुक्त चाडपर्वमा बध गरिदिनेछन् । यो कुरा बुझ्न ओलीका विश्वासपात्र महेस बस्नेतको भाषण नै काफी छ । उनले सार्वजनिकरुपमा नेकपामा माओवादी गलगाँड आएको र त्यसलाई काटेर फाल्न ढिला गर्न नहुने बताउँदै आएका छन् ।

यसबाट ओली समूह पूर्वमाओवादीहरूलाई कुनै सम्मानित स्थान र भूमिका दिनेभन्दा उपयोग गर्ने रणनीतिमा रहेको स्पष्टै छ । हरेक दिन अपमानका शब्दवाणहरूले घाइते र रगतपच्छे हुँदै घृणाको आँसु पिएर बाँच्ने जीवन उनीहरूले किन रोजिरहेका छन् ? स्वार्थको कैदमा बन्द भएकाहरूलाई स्वतन्त्रता र स्वामिभानको मूल्य थाहा नहुनु अस्वभाविक भने होइन ।

सुदर्शन खतिवडा

स्वयम् ओली र उनका प्रवक्ताहरूले छुराजस्तो मुखहरूले बारम्बार बचनवाण प्रहार गर्दै घाइते बनाइरहँदा पनि रक्तमुच्छेल हुँदै पद नै जोगाइरहन कसरी सकेका होलान् बादलहरूले ? ओलीले कौरव बनेर पूर्वमाओवादीहरूको आत्मसम्मानको चीरहरण गरिरहँदा एउटा स्वाभिमानी मान्छे कसरी क्षणिक पदको सिरानी हालेर निदाउन सक्छ ? जनयुद्धमा लागेर सहिद र बेपत्ता हुनेहरूले त पश्चात्तापको मौका पाउने छैनन् । बाँचेकाहरूले एकपटक अवश्य सोचेको हुनुपर्छ कि कति कमजोर नैतिक धरातल भएका मानिसहरूको पछि लागेर ज्यानको दाउ लगाइछ भनेर ।

प्रचण्डले पद र राजनीतिक अवतरणका लागि हिजो जुन गल्ती गरे, त्यही गल्ती बादलहरूले गरिरहेका छन् । परिवर्तनकारी शक्तिको समाधिस्थलबाट उदाएका ओलीले एकप्रकारले सम्वर्द्धनवादी राजनीतिको सहारा लिइरहेका छन् । उनले परिवर्तनका एजेन्डाहरूलाई धर्मपुत्रको रुपमा बाध्यताले स्वीकारेका हुन् भन्ने कुरा त एकपछि अर्को उनको अभिव्यक्ति र व्यवहारले पुष्टि गरेकै छन् । नत्र आफू अल्पमतमा पर्नासाथ संसारकै उत्कृष्ठ भनेर आफैंले महिमागान गरेको संविधानको घाँटी ओलीले कसरी निमोठ्न सक्छन् ? जनताले दुई तिहाई नजिक बहुमत दिएको संसदको हत्या कसरी गर्न सक्छन् ? संघीयतालाई कसरी केन्द्रको प्रशासनिक एकाई भन्न सक्छन् र त्यस्तै व्यवहार गर्न सक्छन् ? समानुपातिक समावेशितालाई कसरी एनजिओको ट्याउँट्याउँ भन्न सक्छन् ?

बादल कमरेड, तपाईंलाई लाग्छ कि ओलीले जनयुद्धको पुनर्मूल्यांकन गर्नेछन् र तपाईं र तपाईंहरूको विरासतको सम्मान गर्नेछन् ? बिहानीले के संकेत गरिरहेको छ ? कि तपाईंले नै आफ्नो गौरवशाली विगतको पुनर्मूल्यांकन गर्नुभएको हो ? विगतप्रति पश्चात्ताप छ भने सार्वजनिकरुपमा भन्नुहोस् । क्षमायाचना गर्नुहोस् । तब ओलीको पछि लाग्ने कदम राजनीतिक हुनसक्छ । होइन भने, आफ्नो कदमलाई राजनीतिकरुपमा कसरी पुष्टि गर्न सक्नुहुन्छ ?

यी हरफहरु लेख्दा मलाई केपी ओली भन्ने पात्रप्रति कुनै गुनासो छैन । उनले लुकाएर केही गरेका छैनन् । उनी आफ्नो उद्देश्यमा प्रष्ट छन् । आफूलाई मन परेको राजनीतिक बाटो हिंड्नु र हिंडाउन खोज्नु कुनै अपराध होइन । गान्धीले सैद्धान्तिक धरातलमा नटेको राजनीतिलाई पाप मान्थे । ओलीसँग एउटा सैद्धान्तिक धरातल छ र त्यहीँ टेकेर आफ्ना राजनीतिक कदम चालिरहेका छन् । बयलगाढाको बिम्बदेखि संसद विघटनसम्म आइपुग्दा उनको राजनीतिक यात्रामा ग्राफ खासै विचित्र देखिँदैन । विचित्र त बादलहरुको देखियो ।

मार्टिन लुथर किंग जुनियर भन्थे, ‘कहिलेकाँही यस्तो समय आउँछ जतिबेला तिमी नबोल्नु नै धोकेबाज बन्नु हो ।’ उनलाई सम्झिएर इतिहासको यो घडीमा बोल्न मन लाग्यो र उनलाई प्रश्न गर्न मन लाग्यो- कमरेड बादल, यो तपाईंको रहरको बाटो हो कि बाध्यताको ? तपाईंले समयमै जवाफ दिनुपर्छ । जब समयले प्रश्न सोध्नेछ, तब तपाईं जवाफ दिन लायक नै रहनुहुनेछैन ।

The post कमरेड बादल, के तपाईं राजनीतिकरुपमा ज्यूँदै हुनुहुन्छ ? appeared first on Sajha Post.

कृपया ओलीलाई अर्को ट्रम्प बनाउने गल्ती नगरौं

$
0
0

सन् २०१० को प्रारम्भतिर विश्व राजनीतिमा दुईवटा शब्दहरु एकाएक विशेष चर्चामा आए । लोकरिज्याइवाद (पुपुलिज्म) र निर्वाचित दुष्ट शासक (डेमागग) । यी दुई शब्दको प्रचुर प्रयोग हुँदा मानिसमा ठूलो अलमल थियो । यी शब्दहरु राजनीतिक पूर्वाग्रहका प्रतिफल हुन् वा यसको कुनै माने वा अन्तर्य पनि छ ?

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प लक्षित भएर यी शब्दहरुको व्यापक प्रयोग भयो । पपुलिज्म र डेमागगहरूको स्वभाव, चरित्र र दुस्परिणामबारे बौद्धिक तप्कामा व्यापक बहस भयो । ट्रम्पको जस्तो सोच, शैली र विश्वदृष्टि भएको व्यक्ति अमेरिकाजस्तो देशको राष्ट्रपति निर्वाचित भएमा २५० वर्षे अमेरिकी लोकतन्त्र धरापमा पर्न सक्ने विश्लेषण गरियो ।

तथापि ट्रम्पले जिते । भलै कि उनले बहुमत लोकप्रिय मत पाएका थिएनन् । तर निर्वाचक मण्डल आधारित निर्वाचन प्रणालीको फाइदा उठाउँदै अल्पमत भोटबाटै उनी अमेरिकाजस्तो देशको राष्ट्रपति बने । नभन्दै ट्रम्पको उदयसंगै अमेरिकाको दुर्दिन शुरुवात भयो । सन् १९४० को दशकमा स्थापित भएको अमेरिकाको विश्व भूमिका ट्रम्पको शासनकालमा संकुचन हुँदै गयो । सन् १९९० पछिको उदारवादी विश्व व्यवस्थामा व्यापक संकट आयो । उनले विश्व स्वास्थ्य संगठन र जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूबाट अमेरिकालाई बाहिर निकाले ।

अमेरिका इतिहासकै सर्वाधिक आर्थिक संकट र बेरोजगारीमा फस्यो । ट्रम्पको शासनकालमा बेरोजगारीको दर १२ प्रतिशतसम्म पुग्यो । मुस्किलले विश्व जनसंख्याको ४ प्रतिशत मात्र भएको अमेरिकामा विश्वमा कोराना क्षतिको २१ प्रतिशत क्षति भयो । अमेरिकाको विश्व प्रतिष्ठा बितेका ४ वर्षमा इतिहासकै सर्वाधक कमजोर विन्दूमा पुग्यो ।

तर पनि ट्रम्पले आफ्नो गल्तीकमजोरी कहिल्यै महशुश गरेनन् । मिडिया, बौद्धिक जमात र सञ्चार जगत र विपक्षीहरूलाई निरन्तर गाली गर्न उनले कहिल्यै छोडेनन् । अन्ततः सन् २०२० को नोभेम्बरको चुनाव उनी हारे । तर निर्वाचन परिणाम स्वीकार गरेनन् । आफैं सत्तामा भएर गराएको चुनावमा धाँधली भयो भन्न छोडेनन् । निर्वाचन परिणामपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो अवलम्बन गर्नुको साटो उल्टै निर्वाचन परिणाम अस्वीकार गर्ने घोषणा गरे ।

अन्ततः जनवरी ६ को कालो दिन आयो । नोभेम्बरको चुनावी हारपछि चुनावी परिणामविरुद्धको कानुनी कार्बाही, राजनीतिक दवाब, अतिदक्षिणपन्थी तत्वहरूलाई प्रदर्शनका लागि उक्साहट, निर्वाचन अधिकारीहरू यहाँसम्म कि रिपब्लिकनहरूलाई समेत धम्की दिने जस्ता कार्य उनले गरिसकेका थिए । पराजित राष्ट्रपतिका रुपमा सत्ता हस्तान्तरणको सहज वातावरण निर्माण गर्नुको साटो ट्रम्पले निर्वाचन परिणामलाई मान्यता नदिने उद्देश्यले जनवरी ६ मा प्रतिनिधिसभाको बैठक घेर्न आफ्ना समर्थकहरूलाई उक्साए ।

उनले सोही दिन ‘सेभ द अमेरिका’ नामको मार्चपास आव्हान गरे । यही मार्चपासका क्रममा भीडले संसद भवन प्रवेश गरी तोडफोड गर्‍यो । ट्वीटरबाट उनले आफ्ना समर्थकहरूलाई हिंसात्मक प्रदर्शनका लागि उक्साइ रहे । यो मार्चपास हिंसात्मक हुने सम्भावना छ भनेर अगाडि नै धेरैले आशंका गरिसकेका थिए । आखिर त्यो घटनाक्रममा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । सयौं घाइते भएका छन् ।

एक दुष्ट व्यक्तिलाई निर्वाचित गरेको र साथ दिएको मूल्य अमेरिकी इतिहासले चुकाउँदैछ । जनवरी ६ को घटनापछि ट्रम्पको पार्टी, सिनेटरहरू र पूर्व रिपब्लिकन राष्ट्रपतिहरू समेत ट्रम्पको विरुद्धमा बोल्न बाध्य भएका छन् । यहाँसम्म कि स्वयं ट्रम्पका उपराष्ट्रपति माइक पेन्सले समेत घटनाको निन्दा गरेका छन् । फेसबुक, ट्वीटर, इन्टाग्रामजस्ता सामाजिक सञ्जालले ट्रम्पको एकाउन्ट बन्द गरिदिएका छन् ।

ट्रम्पको भावी रणनीति वा कदम के हुन्छ अझै स्पष्ट छैन । सत्ता हस्तान्तरण गर्न पर्ने दिन जनवरी २० आउन अझै २ हप्ता बाँकी छ । यो दुई हप्ता अमेरिकामा कसरी बित्छ र त्यसपछि के हुन्छ भन्ने ठूलो चिन्ता अमेरिकीहरूको साथै विश्वमै छाएको छ ।

लोकतन्त्र एक मान्यता, एक पद्धति, एक संस्कृति र एक जीवनदर्शन हो । यदि यो अवधारणालाई स्वीकार नगर्ने हो भने लोकतन्त्र आफैंले काम गर्न सक्दैन । लोकतान्त्रिक निर्वाचनबाट सधैं असल शासककै उदय हुन्छ भन्ने ग्यारेन्टी छैन । कुनै समय हिटलरको उदय पनि निर्वाचनबाट भएको थियो । जसको नाजीवादी सोच र चिन्तनले विश्व मानव सभ्यतालाई नै आक्रान्त बनाएको थियो ।

अमेरिकाको करिब २५० वर्ष लामो राष्ट्रिय जीवन र लोकतान्त्रिक इतिहासमा यस्तो कहिल्यै भएको थिएन । आज ती मानिसले दुर्भाग्यको अनुभूति गर्दैछन्, जसले ट्रम्पको उदयका लागि साथ दिएका थिए ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको उदयलाई धेरैले लोकरिज्याइँवाद र डेमागगको अर्को संस्करण मान्ने गर्दथे । ओलीज्म ट्रम्पिज्मकै नेपाली संस्करण हो भन्ने बौद्धिक जनमत बलियो थियो । ट्रम्प र ओलीका धेरैजसो धारणा र कार्यशैली मिल्दाजुल्दा देखिन्थे । दुवै बर्चश्ववादी चिन्तनमा विश्वास गर्दथे । दुवैमा रुढीवादी अन्धराष्ट्रवादको गन्ध थियो । दुवै विविधताको स्वीकृति र समावेशिताप्रति असहिष्णु थिए । दुवै आफ्नै पार्टीभित्र अविश्वासको पात्र बनेका थिए । यी सबै कारणले ट्रम्प र ओलीको तुलना अकारण जस्तो लाग्दैनथ्यो ।

अन्ततः पुस ५ गते ओलीले निर्वाचित प्रतिनिधिसभा एकलौटीरुपमा विघटन गरे । नेपालको संविधान २०७२ ले यस्तो विशेषाधिकार प्रधानमन्त्रीलाई दिँदैनन्थ्यो । तर, उनले २०४७ सालको संविधानअन्तर्गत बनेका विकृत नजिरहरूको सहारा लिएर आफ्नो असंवैधानिक कदमलाई सही ठहर्‍याउने दुस्प्रयास गरिरहेकै छन् । परम्परागत बेलायती संसदीय लोकतन्त्रको मान्यतालाई आड बनाएर आफ्नो कदमको बचाऊ गरिरहेका छन् जबकी बेलायतले सन् २०११ मै संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकारलाई खारेज गरिसकेको छ ।

संसद विघटनअघि प्रधानमन्त्रीले राजीनामा दिने र त्यसपछि सरकार काम चलाउ हुने प्रचलन समेत ओलीले अस्वीकार गरेका छन् । उनले आफ्नो सरकारलाई ‘फुलफ्लेज्ड सरकार’ दाबी गरिरहेका छन् । संसद मात्र मन्त्री हुन पाउने संवैधानिक प्रावधानलाई कुल्चिँदै मनपरी मन्त्रीहरू नियुक्त गर्दैछन् । ओलीका यावत कदमहरू ‘संवैधानिक लोकतन्त्र’ को मूल्य मान्यता र अवधारणाको बर्खिलाप छन् ।

विश्वदीप पाण्डे

प्रधानमन्त्री ओली र उनका केही मन्त्रीहरूले सबै प्रदेशसभा र सरकारहरू विघटन गर्ने र राष्ट्रपति शासन लागू गर्ने धम्की दिइरहेका छन् । प्रधानमन्त्रीका निकटस्थहरू सर्वोच्च अदालत र निर्वाचन आयोग सेटिङमा भएको हुँदा कसैले केही लछारपाटो लगाउन नसक्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । संवैधानिक अंग र निकायहरूको निस्पक्षता र तटस्थता शंकाको घेरामा परेको छ । लोकतन्त्रका लागि यो अर्को दूर्भाग्य हो ।

तथापि अझै केही मानिसहरू ओलीलाई आदर्शीकरण गर्ने प्रयत्नमा छन् । यतिधेरै ‘लोकतन्त्रको क्षति’ (डेमोक्रेटिक लस) पछि पनि सबैको आँखा नखुल्नु निक्कै ठूलो अनिष्ठको संकेत हो । जनवरी ६ को घटना नहुन्जेलसम्म सर्वथा ट्रम्पको सहयोगी रहेका उपराष्ट्रपति माइक पेन्सको आँखा त्यसपछि खुलेजस्तो भयो । यस्तो लाग्छ कि ओलीको समर्थकहरुको आँखा खुल्दा नेपालमा धेरै ढिलो भइसकेको हुनेछ । धेरै चिज बिग्रिसकेको हुनेछ ।

ओलीलाई अर्को ट्रम्प बनाउने प्रयत्नका दीर्घकालीन दुस्परिणामहरू सबैका लागि घातक हुनेछन् । यो एक अमुक पार्टी, नेता वा समूहको मात्र कुरा हुने छैन । ओलीको असंवैधानिक कदम र कार्यशैली यसरी नै बेलगाम हुँदै जाने हो भने ओलीतन्त्रको घोडाले अझ धेरै संवेदनशील विन्दूहरूमा कुल्चिन सक्दछ । देश ठूलो संकटमा पर्न सक्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता, आदर्श र औचित्य खण्डित हुनेछ ।

व्यक्ति भन्दा प्रणाली जहिल्यै सर्वाधिक महत्वपूर्ण हुन्छ । प्रणालीका अवयवहरू खजमजिने गरी व्यक्तिलाई महत्व दिँदा आजसम्म कुनै पनि देशले सुख पाएको इतिहास र उदाहरण छैन । नेपालमा त्यस्तो गल्ती कसैले गर्नु हुँदैन । ट्रम्पको स्वभाव जहिल्यै संकटमाथि संकट थप्ने खालको थियो । जबकी एक राजनेताको कर्तव्य संकटहरू समाधान गर्नु हुन्थ्यो । ओलीमा पनि ठीक त्यही रोग छ । उनी संकटहरू समाधन गर्नुको साटो आफैं एकपछि अर्को संकट थपिरहेका हुन्छन् । समाधान खोज्ने प्रयत्न गर्नु त परै जाओस्, आफैं नयाँनयाँ समस्याको कारण बनिरहेका हुन्छन् ।

ट्रम्प निर्वाचक मण्डलमा आधारित प्रत्यक्ष निर्वाचित राष्ट्रपति थिए । जतिसुकै गल्ती कमजोरीको बाबजुद उनीसँग ४ वर्ष निस्कन्टक शासन गर्ने संवैधानिक सुविधा र अधिकार उपलब्ध थियो । अर्को निर्वाचन पर्खिनु बाहेक अमेरिकी जनतासँग कुनै उपाय थिएन । जब निर्वाचन आयो उनीहरूले ट्रम्पलाई पराजित गरिदिए ।

यहाँनेर स्मरणीय कुरा के छ भने ओली प्रत्यक्ष निर्वाचित शासक हैनन् । उनी दलीय प्रणालीका प्रधानमन्त्री मात्र हुन् । दलको विश्वास गुमेपछि उनको प्रधानमन्त्रीत्व स्वतः खण्डित हुन्थ्यो । पुस ५ गते उनले संसद विघटन गर्नु अगावै उनकै पार्टीका बहुमत सांसदहरूले उनको विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएका थिए । एक चौथाई सांसदहरू समावेदन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका थिए । यी दुई घटनापछि ओलीको शासकीय बैधता समाप्त भइसकेको थियो ।

एक वैधता गुमाइसकेको शासक लोकतन्त्रमा जबरजस्त शासनसत्तामा बस्नु राष्ट्रिय लज्जा र शर्मको बिषय हो । जुनसुकै कोण र आयामबाट हेर्दा पनि ओलीका कदम संविधान र लोकतन्त्रसम्मत देखिन्नन् । तथापि ओलीलाई काँध हाल्न हिंडेको जमातमा अझै यो संकटको गहिरो अनुभूति नहुनु दुःखको कुरा हो ।

ट्रम्पका यावत दुस्कर्मपछि पनि निर्वाचित नयाँ राष्ट्रपतिले आफ्नो धैर्यता गुमाएका छैनन् । उनले व्यग्रतापूर्वक जनवरी २० को प्रतीक्षा गरिरहेका छन् । जनसमुदायलाई शान्त र धैर्य रहन आव्हान गरिरहेका छन् । बाइडेनले आफ्नो राष्ट्रको हितका लागि सुविचारित दृष्टिकोण अवलम्बन गरिरहेका छन् ।

नेपालका विपक्षी नेताहरूबाट पनि त्यो सुविचारित दृष्टिकोण यतिखेर अपेक्षित छ । पुस ५ गतेको ओलीको कदमबारे अन्यौलग्रस्त केही विपक्षी दल र नेताहरूले सही समाधान दिन सक्ने सम्भावना निक्कै कम छ । त्यस्तो अन्यौल प्रकारान्तले ओलीकै हितमा हुनेछ । ओलीको अधिनायकवादी चरित्र, सोच र विश्वदृष्टिबारे कोही पनि झुक्किनु पर्ने अवस्था छैन ।

कृपया, ओलीलाई अर्को ट्रम्प बनाउने काम कसैले नगरौं । २५० वर्षे परिपक्क अमेरिकी लोकतन्त्रलाई त ट्रम्प प्रवृत्ति धान्न हम्मेहम्मे परिरहेको  छ। हाम्रो कलिलो र अझै नाजुक अवस्थामा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रले ओली प्रवृत्ति लामो समय धान्न सक्दैन ।

The post कृपया ओलीलाई अर्को ट्रम्प बनाउने गल्ती नगरौं appeared first on Sajha Post.

ओलीतन्त्र विरुद्धको जनसंघर्षलाई निर्णायक बनाउन अब के गर्ने ?

$
0
0

प्रधानमन्त्री केपी शर्मा ओलीको सोच, कार्यशैली र जीवनदृष्टिबाट एक सहज अनुमान गर्न सकिन्थ्यो– उनको शासनकालमा देश अवश्य कुनै न कुनै प्रकारको अप्ठ्यारोमा फस्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई न्याय गर्न जुन स्तरको दूरदृष्टि, सहिष्णुता, प्रतिवद्धता, सहकार्य, शासकीय प्रबन्धन क्षमता र धैर्यता चाहिन्छ, त्यो ओलीमा छैन । ओलीको उदय ‘हिरो वाईचान्स’ मात्र हैन, ‘हिरो वाईमिस्टेक’ जस्तो हो, देश र जनताले यसको निक्कै महङ्गो मूल्य चुक्ता गर्नु पर्नेछ ।

नभन्दै यी र यस्ता अनुमानहरु सही सावित भए । देशका पछिल्ला क्रान्तिकारी आन्दोलनहरु विशेषतः माओवादी जनयुद्ध, जनान्दोलन २०६२/६३, मधेश जनविद्रोह, थारु, आदिवासी, जनजाति आदि सीमान्तकृत समुदायका आन्दोलनहरुप्रति घृणाभाव राख्ने, गणतन्त्र उचित नठान्ने, संघीयतालाई बाध्यता मान्ने, समानुपातिक निर्वाचन, समावेशिता र आरक्षणलाई नाजायज देख्ने ओली–दृष्टि प्रकारान्तले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को मूल्य, मर्म, सौन्दर्य र सहजताको विरुद्धमा थियो ।

यो कुरा सबैले प्रष्ट अनुभूति गरेकै थिए । यो कुनै राजनीतिक पूर्वाग्रह वा आरोप थिएन । प्रमाणका लागि ओलीका त्यो समयका भिडियो क्लिप्सहरु अहिले पनि सामाजिक सञ्जालमा घुमिरहेकै हुन्छन्, जसले त्यो बेला ओलीको हृदयमा कस्ता सोचहरु थिए र उनको वैचारिक निष्ठा कतातिर थियो भन्ने प्रष्ट गर्दछन् ।

दुर्भाग्य, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीका रुपमा उनैको उदय भयो । इतिहासले यदाकदा यस्तो मजाक गर्दोरहेछ । जुन शासन व्यवस्था, प्रणाली र संवैधानिक प्रबन्धनप्रति जसको हृदयमा कुनै निष्ठा, लगाव, रुझान र मोह थिएन, तिनै व्यक्तिलाई घटनाक्रमले शासनसत्ताको शीर्षस्थानमा ल्यायो । आँधीबेहरीले रछ्यानका झुठा टपरीहरु उडाएर घरको धुरीमा पुर्‍याउन सक्छ भनेजस्तो त्यो समयको नेपाल अवश्य आँधीमय थियो ।

आँधीले ओली प्रवृत्तिको पतिङ्गरलाई उडाएर राज्यको धुरीसम्म ल्यायो । उनी आफ्नै गुटकी र आफैंजस्तो राजनीतिक दृष्टिकोण राख्ने विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन समेत सफल भए । प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा ‘बयलगाडे सोच’ राख्ने जोडी स्थापित हुनु साँचो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रका लागि योगदान गरेकाहरुको हुर्मत बराबर थियो ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

तथापि यो मान्नु नै थियो । किनकी देशका संवैधानिक र लोकतान्त्रिक प्रक्रियाहरुले उनीहरुलाई अनुमोदन गरेका थिए । लोकतन्त्रमा विधि र पद्धतिले अनुमोदित गरेपछि त्यस्ता अनिच्छित संयोगहरु समेत स्वीकार गर्नुपर्ने हुन्छ । तर यिनीहरुले लोकतन्त्र, देश र जनतालाई कहाँ पुर्‍याउने हुन्, कुन भड्खालोमा हाल्ने हुन भन्ने भय सबैको मनमा थियो ।

ओलीको सोच र कार्यशैलीप्रति स्वयं उनको पार्टी विश्वस्त थिएन । नेकपाकै धेरै नेता, कार्यकर्तालाई ओली शैली मन परेको छैन भन्ने प्रष्टै बुझ्न सकिन्थ्यो । विरोधी दल, नागरिक समाज र बौद्धिक वर्गका लागि त उनी ‘घाँडो’ सरह सावित भएका थिए । यो दुर्भाग्य टार्ने बाटो नेकपासँगै थियो, अरु कसैसँग थिएन । नेकपाको संसदीय दल वा केन्द्रीय समितिले ओलीलाई बेलैमा हटाउन सक्थ्यो । नेकपाले त्यो आँट गरेन । यदाकदा लोकतन्त्रले हिटलर र ट्रम्पजस्ता शासकको उदय गराएको इतिहास छ । त्यही भएर लोकतन्त्रलाई असल हैन, खराबमध्ये कम खराब शासन प्रणाली भनिन्छ । ओलीको उदय उनको पार्टीमा पनि त्यस्तै अनिच्छित बिषय थियो । तथापिको ठूलो पङ्क्ति उनलाई मान्न बाध्य थियो ।

सत्ता सञ्चालनका प्रारम्भिक दिनदेखि नै ओलीले अनेक उट्पट्याङ गर्दै आएका थिए । उनले त्यस्ता धेरै चिजहरु बोल्ने गरेका थिए, जो प्रधानमन्त्रीको पदमा बसेर बोल्न वाञ्छनीय हुँदैनथ्यो । उखान टुक्का र बिङ्गा लगउँनु उनको मौलिक शैली मान्न सकिन्थ्यो तर वाणीको सत्यता र जवाफहेदिताको प्रश्न क्षम्य हुन सक्दैनथ्यो । एक्काइशौं शताब्दिको जननिर्वाचित शासकले जानाजान ‘झुट’ बोल्न मिल्छ कि मिल्दैन ? त्यो लोकतान्त्रिक संस्कृति, नैतिकताभित्रको आचरण हो कि हैन भन्ने सवाल उठ्नु नै थियो ।

शैली र वाणीभन्दा ठूलो समस्या उनका क्रियाकलापहरुमा देखिएका थिए । उनी लोकतान्त्रिक पद्धतिले माग गर्ने संवैधानिक तथा कानुनी प्रक्रियाहरुबाट निरन्तर च्युत हुँदै गएका थिए । एकातिर आफूसँग संसदमा दुईतिहाई छ पनि भन्ने, अर्कोतिर संसदलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्ने कार्य किमार्थ लोकतान्त्रिक थिएन । अकारण र एकलौटी संसद अधिवेशन अन्त्य गर्ने, दलविभाजन र संवैधानिक परिषदमा विपक्षी दलको भूमिका निषेध गर्ने अध्यादेश ल्याउनेजस्ता कार्यहरु स्वयं संकट सृजना गर्ने मनोवृत्तिका द्योतक थिएन ।

कोरोनाजस्तो स्वास्थ्य र आर्थिक संकटको चपेटामा देश डुबेको बेला अनेक राजनीतिक हर्कत, तिकडमबाजी, षडयन्त्र र जालझेलको कुनै प्रयोजन थिएन । विपक्षी दलहरुले महाव्याधीविरुद्ध सहकार्यको माग गरेका थिए । यावत राजनीति अन्तर्विरोधलाई थाती राखेर राष्ट्रिय सहमति र सहकार्यको वातावरण बन्न सक्ने अवस्था विद्यमान थियो । यो यथार्थलाई बेवास्ता गरेर ओलीले अर्कोको र आफ्नै दल विभाजन गर्ने जुन खेल कोरोना लकडाउनकै बीचमा प्रारम्भ गरे, सांसद अपहरण, किनबेच, संसदीय विकृतिको पुनरावृत गर्दै मेरियट होटल प्रकरणजस्ता घटना गर्न, गराउनतिर लागे । त्यही विन्दूबाट ओली शासनको संकट चुलिँदै गयो ।

अन्ततः पुस ५ गते आयो । नेपालको राजनीतिक इतिहासमा अर्को कालो दिन आयो । त्यसले २०७२ सालको संविधानले निर्माण गरेको शक्तिसन्तुलन र प्रबन्धनलाई भत्काइदियो । संविधानको धारा ७६ र १०० लाई अर्थहीन बनाइदियो । बहुमत प्राप्त प्रधानमन्त्रीले संसदभित्र कुनै अप्ठ्यारो सामना नगर्दै दलीय किचोलाकै कारण प्रतिनिधिसभा विघटन गर्न सक्ने अनौठो दावी उनले प्रस्तुत गरे । प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदमले देशको राजनीतिमा विचित्रको स्तब्धता र आक्रोश सृजना गर्‍यो । गुट शक्ति र राज्यशक्तिका हिसाबले उनी अझै बलियो नै होलान् तर राजनीतिक तथा नैतिक शक्तिका हिसाबले ओली सर्वाङ्ग नग्न देखिए ।

‘पुस ५’ गतेको कदमबारे निर्वाचन आयोग र सर्वोच्च अदातलका निर्णय के कस्ता हुन्छन्, त्यो आफ्नो ठाउँमा छ । त्यसको मर्यादा र सम्मान गर्नुपर्ने दायित्व आफ्नो ठाउँमा छ । कुनै पनि राजनीतिक मुद्दा केवल कानुनी वा संवैधानिक बिषय मात्र हुनै सक्दैन । संविधान आफैंमा राजनीतिक दस्तावेज हो । त्यो अदालतले वा न्यायाधीशहरुले बनाएको हैन । नेपालको अदालतसँग यदि त्यो ताकत हुन्थ्यो भने यथासमयका राजा महेन्द्र र ज्ञानेन्द्र शाहका कदमलाई नै असंवैधानिक करार गर्दिन सक्थ्यो । संसारमा राजनीतिक ‘कू’ को सही निरुपण अदालतले गरेको कसैलाई थाहा छैन ।

पुस ५ गतेको कदम संवैधानिक अन्यौल मात्र भएको भए अदालतमा भर पर्न सकिन्थ्यो । २०४७ सालको संविधान अन्तर्गत यस्तो परिस्थिति आएको भए त्यो भिन्नै बिषय हुन्थ्यो । त्यस्ता नजिर स्थापित थिए । गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका प्रतिनिधिसभा विघटनका घटनाहरु फरक संविधान र स्थितिका थिए । ती दुवै घटनामा उनीहरुको पार्टी उनीहरुसँग एक मत थियो ।

तर, पुस ५ गतेको कदम २०४७ सालको संविधन अन्तर्गतको हैन, २०७२ सालको संविधानको तहत सम्परीक्षण गर्नुपर्ने हुन्छ । यस दृष्टिकोणबाट यो कुनै अदालतमा भर गर्न सकिने संवैधानिक अन्यौल हैन, संविधानमाथि कै अतिक्रमण हो । संविधानको अतिक्रमण कानुनी नभएर राजनीतिक बिषय हुन्छ । राजनीतिक बिषयको निर्क्यौल राजनीतिक तवरले नै गर्नुपर्ने हुन्छ ।

तसर्थ पुस ५ गतेको कदमको निर्क्यौल अदालतले हैन, जनताले नै गर्नुपर्दछ । अदालतले आफ्नो कानुनी प्रक्रिया पुरा गर्न त्यो आफ्नो ठाउँमा छ । अदालतले त राजा महेन्द्र र ज्ञानेन्द्रका कदमलाई पनि सही नै ठहर्‍याएको थियो । तर, अदालतले सही ठहर्‍याउँदैमा जनताले मानेनन् । हामीले मानेनौं । हामीले महेन्द्रको पञ्चायत पनि फाल्यौं, ज्ञानेन्द्रको तानाशाही पनि फाल्यौं । अब ओलीतन्त्रलाई पराजित गर्ने दायित्व पनि जनता कै हो ।

नागरिकले नै यो लडाईं लड्नु पर्छ । लोकतन्त्रको सबैभन्दा बढी महत्व नागरिकलाई हुन्छ । लोकतन्त्रको अर्को शब्द नागरिकतन्त्र हो, नेतातन्त्र, दलतन्त्र, ओेलीतन्त्र वा अदातलतन्त्र हैन । संवैधानिक सीमाभित्र अदालतको कार्यलाई स्वीकार र सम्मान गर्नै पर्दछ । तर, अहिलेको कदम संवैधानिक सीमाभित्रको हैन । यो असंवैधानिक, संविधानबाहिरको राजनीतिक बिषय हो । कानुनी संघर्षको आफ्नो ठाउँ र प्रक्रिया छँदैछ । तर त्यो संघर्षको मुख्य क्षेत्र हैन । राजनीतिक संघर्षको मुख्य मोर्चा जहिले पनि जनसंघर्ष नै हुन्छ ।

पुस ५ गतेको असंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरुद्ध पनि जनसंघर्ष विकास गर्न जरुरी छ । सबै क्षेत्र, वर्ग र समुदायका जनता ओलीतन्त्र विरुद्ध संगठित र आन्दोलित हुनुको अर्को कुनै विकल्प छैन । यो कुनै दल बिशेषको दायित्व हैन । दलहरु त निमित्त मात्र हुन् । यो दायित्व आम नागरिकको हो । संघीय लोकतान्त्रिक गणतन्त्र आम नागरिकको हो । यसको रक्षा र विकास गर्नुपर्ने दायित्व पनि आम नागरिकको हो ।

नेकपा विभाजित हुनु, विभिन्न गुटउपगुट हुनु त्यो त्यही पार्टीभित्रका मानिसको सरोकारको विषय हो । कम्युनिष्ट कार्यकर्ताको आन्तरिक अभ्यासको बिषय हो । त्यसमा अरुले केही भन्नु छैन । तर प्रतिनिधिसभा विघटन दलीय वा गुटीय बिषय हैन ।

प्रतिनिधिसभा नेकपाको दलीय सरोकारको बिषय हैन । प्रतिनिधिसभा जनताको निर्वाचित संस्था हो । त्यो सबै जनताको संस्था हो । त्यसलाई कुनै दल र गुटको झगडाको बिषय बनाउँन पाइँदैन । कम्युनिष्ट कार्यकर्ताहरु आआफुभित्र जेजे गर्नु छ गरून् । १० वटा पार्टी बनाउन वा पार्टी विघटन गरून्, त्यो हाम्रो सरोकारको बिषय हैन ।

तर, उनीहरुको झगडाको कारण जनताको घरमा आगो लगाउँन पाइँदैन । नेकपाको झगडाले नेकपा विघटन भएको भए सबैलाई आपत्ति हुनुपर्ने थिएन । तर नेकपाको झगडाले प्रतिनिधिसभा विघटन हुन्छ भने त्यो सबैको सरोकारको बिषय हो ।

ओलीतन्त्रविरुद्ध जनसंघर्ष विकास गर्ने कुरामा सबैभन्दा बढी अन्यौलग्रस्त कांग्रेस देखिएको छ । नेकपा फुटेको अवसरमा पहिलो पार्टी हुन पाइने लोभ नेपाली कांग्रेसमा पलाएको छ । यो लोभले कांग्रेसलाई लोकतन्त्रको आर्दशबाट झनै विचलित गर्दछ । यदि कांग्रेस ओलीतन्त्रको सहयोगी र मतियार हुन राजी छ भने त्यो उसको खुशीको कुरा हो ।

त्यसो हो भने यो घटनापछि स्थापित हुने नजिरलाई कांग्रेसले सधैंका लागि स्वीकार गर्नुपर्ने हुन्छ । त्यसो गर्दा देश २०७२ को संविधानबाट २०४७ को संविधानमा फर्किने छ । जनान्दोलन २०६२/२०६३ र संविधानसभा अर्थहीन हुनेछ । ओलीतन्त्रको नजिरले घुमाउरो गरी संविधानको धारा ७६ र १०० संशोधन गरिदिने छ । दुईतिहाईले मात्र संविधान संशोधन हुने मान्यताको मृत्यु हुनेछ । प्रधानमन्त्रीको सनकले नै संविधान संशोधन हुन सक्ने मान्यता स्थापित हुनेछ । नेपालको लोकतन्त्रमा संविधानवादको अन्त्य हुनेछ । कांग्रेसलाई यस्ता कुरा स्वीकार्य छ भने भन्नु केही छैन ।

अन्यथा अहिले कसैले पनि चुनावको लोभ गर्ने बेला हैन । लोकतन्त्र रहिराखे चुनाव त हुनु नै छ । ढिलो चाँडोको कुरा आफ्नो ठाउँमा छ, चुनावमा जाने अवसरबाट सधै कसले रोक्न सक्दछ ? तसर्थ आजको आवश्यकता भनेको जनसंघर्ष विकासमा जोड दिनु नै हो । जनसंघर्षबाट नै ओलीतन्त्रलाई ठेगान लगाउन सकिन्छ । लोकतन्त्र लिकमा फर्किनेछ । आमजनसमुदाय राजनीतिक घटनाबारे सुसुचित, जागृत र सहभागी हुन पाउने छन् ।

जनता समाजवादी पार्टीले सम्पूर्णरुपमा जनसंघर्ष विकास गर्न जोड दिँदै आएको छ । यसले जनसंघर्षको पक्षमा चौतर्फी माहौल र मनोविज्ञान बनाउन राम्रो काम गरेको छ । त्यसै गरी देशको बौद्धिक वर्ग र नागरिक समाज ओलीतन्त्रविरुद्ध एकमत देखिएको छ । यो सकारात्मक पाटो हो ।

तर, आन्दोलनलाई सधै यसरी नै छिरली राखेर, एक्लाएक्लै गरेर निर्णायक हुन सक्दैन । आन्दोलनलाई अबिलम्ब एकीकृत, संगठित र प्रभावकारी बनाउन आवश्यक छ । यसका लागि जसपा, नेका र नेकपाले महत्वपूर्ण सहकार्य र भूमिका गर्न सक्दछन् । नेकपाको ओली गुटबाहेकका सबै शक्तिहरु संयुक्त जनान्दोलनका लागि राजी हुनु नै अहिलेको उपयुक्त रणनीति र सही बाटो हुनेछ । यसो हुन नसके ओलीतन्त्रले देश र जनतालाई अझ धेरै अकल्पनीय दुःख दिने निश्चित छ ।

ओलीतन्त्रले विस्तारै सेटिङ राज्य, धाँधली र राज्यकब्जाको नीति लिनेछ । राज्यको आर्थिक स्रोतसाधन दुरुपयोग र भ्रष्टाचार गरी राजनीतिक कार्यकर्ताहरुको किनबेच गर्नेछ । विस्तारै देश कम्बोडिया र हुन सेन मोडेलमा जाने छ । त्यतिखेर सबैको साझा नियति एकअर्काको न्याउरो अनुहार हेरर रुनु मात्र हुनेछ । त्यस्तो स्थिति आउनु अगाडि नै मुख्य विपक्षी दल र तिनका शीर्ष नेताहरुले एक साहसिक निर्णय गरून् ।

अझै ओलीतन्त्रलाई कसैले खेलाँची ठानेको छ भने त्यो ओलीको कुत्सित चाहना र मनोविज्ञान पढ्न नसक्नुको समस्या मात्र हो । ओली सुविचारित योजना र रणनीतिमा छन् । ओलीतन्त्र नवफासीवाद हो भन्ने कुरामा कसैले कुनै भ्रम राख्न जरुरी छैन । त्यसलाई रोक्न उत्तिकै सुविचारित प्रतिरणनीति र प्रतियोजना चाहिन्छ । यस्तो रणनीति र योजना बनाउन मुख्य विपक्षी दलका शीर्ष नेताहरु चुके भने उनीहरुलाई पनि कसैले काँध थाप्न सक्ने छैन ।

The post ओलीतन्त्र विरुद्धको जनसंघर्षलाई निर्णायक बनाउन अब के गर्ने ? appeared first on Sajha Post.

ट्रम्पले अब के गर्लान् ? कता जाला अमेरिकी राजनीति र समाज ?

$
0
0

जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा जे भयो, यस्तो कसैले सोचेको थिएन । मान्छेको मनका पक्कै डर थियो– ट्रम्पले के गर्लान् ? पक्कै केही न केही गर्लान् ? ट्रम्पले ह्वाइट हाउस छाड्दैनन् होला भन्ने आंशका थियो, तर उनी यसप्रकारको हिंसामा उत्रेलान् भन्ने थिएन ।

राष्ट्रपति पदमा रहेर मानिसलाई यसरी हिंसाका लागि भड्काउनु कुनै पनि दृष्टिकोणले उचित थिएन । जो बाइडेनले यसलाई ‘हिंसात्मक विद्रोह’ को संज्ञा दिएका छन् । ट्रम्पका निकटस्थ व्यक्तिहरू नै यो घटनापछि डराएका छन् । उनीहरू मध्ये कतिपयले घटनाको निन्दा र भर्त्सना गरेका छन् । कतिले पदहरूबाट राजीनामा दिएका छन् । अमेरिकाको इतिहासमा यो बिल्कुलै अनौठो, कहिल्यै नभएको घटना भएको छ । यस्तो हुने कल्पना त कसैले गरेकै थिएन ।

मलाई अहिले ठ्याक्कै साल, मिति वा नाम त याद छैन तर अमेरिकाको इतिहासमा यसअघि पनि एकजना राष्ट्रपतिले चुनावी हारपछि ह्वाइट हाउस छोड्न अस्वीकार गरेका थिए । तर, मिति आएपछि उनलाई सुरक्षाकर्मीहरूले नै हटाएका थिए । अमेरिकामा त्यस्तो प्रचलन छ । जबसम्म कुनै व्यक्ति राष्ट्रपतिको पदमा हुन्छ, सम्पूर्ण राज्य निकाय र सुरक्षा अंगहरू उसप्रति बफादार हुन्छन् । तर जब उसले ह्वाइट हाउस छोड्नुपर्ने दिन आउँछ, सबैले त्यो बफादारिता नयाँ राष्ट्रपतिप्रति समर्पित गर्दछन् ।

यसपाली पनि त्यही हुने सम्भावना थियो । सबैले यही सोचिरहेका थिए कि जनवरी २० सम्म ट्रम्पप्रति राज्यको बफादारिता रहनु अस्वभाविक हैन । त्यसपछि ह्वाइट हाउस नछोडे सुरक्षाकर्मीले नै उनलाई निकाल्ने छन् । तर, ट्रम्प यसरी हिंसामा उत्रिन्छन्, हिंसाका लागि मान्छेलाई उक्साउँछन्, यस्तो कल्पना त छँदै थिएन् ।

ट्रम्प पहिलेदेखि नै झुठ बोल्न माहिर थिए । पदमा रहेर पनि उनले बारम्बार झुठ बोले । उनी त्यस्ता कुरा गर्दछन्, जो वास्तवमा भएकै हुँदैन । आफ्नो कुरा माथि पार्न वा आफ्नो पक्षलाई मजबुत बनाउन उनी मनमौजी बोल्छन्, ती कुरा सत्य हुँदैनन् ।

ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई पनि निर्वाचन परिणाम अस्वीकार गर्न दवाब दिएका थिए । तर पेन्स मानेनन् । ट्रम्प यहाँसम्म अगाडि बढे कि उनले आफ्नै साथीहरूलाई दबाब दिए । तर, ट्रम्पसँग जहाँनेर वैधता वा वैधानिकता थिएन, त्यो कुरा उनका साथीहरूले पनि मानेनन् ।

एसडी मुनी

अमेरिकी समाजमा व्यापक ध्रुवीकरण भइरहेको छ । उनको जुन एजेण्डा थियो, गोरा अमेरिकाको एजेण्डा, त्यो एकप्रकारले नश्लवादी एजेण्डा थियो । समाजमा ध्रुवीकरण बिना यस्तो एजेण्डा उनी राष्ट्रपति हुन सक्दैनथे । उनले ‘अमेरिका फष्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता नाराहरू दिए । सतहमा हेर्दा यी नारा राम्रै लाग्दछन् । तर, यसभित्रको कुरा भिन्नै थियो । उनी जुन अमेरिकाको कुरा गर्दै थिए, त्यो ‘ह्वाइट अमेरिका’ थियो । उनले काला र अन्य समुदायलाई अस्वीकार गरेका थिए जसको योगदान समेतले आजको अमेरिका बनेको थियो ।

एकारित उनी आप्रवासनको विरुद्ध थिए । अर्कोतिर विभिन्न नश्लहरू जस्तै- चिनियाँ, इन्डियन, अफ्रिकन, मेक्सिकन सबैको विरुद्ध थिए । यसैका आधारमा उनले आफ्नो निर्वाचन आधार वा भोटबैंक बनाउन खोजे । यहीनेरबाट ध्रुवीकरण बढ्यो । उनले विभाजनलाई प्रेरित गरे । उनका यावत नीतिहरूबाटै प्रष्ट हुन्थ्यो कि उनी अमेरिकाको एक भागको लागि काम गर्दैछन्, सम्पूर्ण अमेरिकाको लागि काम गर्दै छैनन् ।

तर, ट्रम्प प्रवृत्ति नै अमेरिकी प्रवृत्ति हो भन्न चाहिँ मिल्दैन । निश्चय नै ट्रम्पले विभाजन र ध्रुवीकरणलाई प्रेरित गरे तर हारे पनि । यसपाली अमेरिकीहरूले जो बाइडेन र कमला ह्यारिसलाई जिताएका छन् । यही कारणले ट्रम्पले अन्तिमसम्म चुनावी परिणाम अस्वीकार गर्ने प्रयत्न गरेका हुन् । तर, ट्रम्पको कुरा धेरै रिपब्लिकन नेता तथा सिनेटरहरूले नै अस्वीकार गरे । यसको अर्थ हो कि अमेरिकामा लोकतन्त्रको भावना अझै मरेको छैन ।

जस्तो कि नयाँ राष्ट्रपति निर्वाचित जो बाइडेन भन्दैछन् कि उनी कुनै एउटा पक्षको राष्ट्रपति हैनन्, सबैका राष्ट्रपति हुन्, त्यसले लोकतन्त्रलाई जीवितै राखेको मान्न सकिन्छ । भलै कि ट्रम्पले लोकतन्त्रलाई एक हदसम्म ध्वस्त गर्ने प्रयत्न गरे ।

यसो हुनुको मुख्य कारण आर्थिक हो । ट्रम्पको नाराले मुख्यतः बेरोजगार गोराहरूलाई छुन्थ्यो । उनीहरूलाई लाग्यो कि उनीहरूको रोजगार आप्रवासी र अरुहरूले खोसिरहेका छन् । अमेरिकामा जुन स्तरको आर्थिक उन्नति भएको छ, त्यसको फाइदा स्थानीय गोराभन्दा अरुलाई पुगेको छ । अमेरिकी गोरा धेरै लेखपढ गर्दैनन् । भूमण्डलीकरणसँगै उत्पन्न भएका नयाँ ज्ञान, शिक्षा र प्रविधि चाहिने पदहरूमा उनीहरू कमै हुन्छन्, यो स्थितिले जुन चित्र सामुन्ने आउँछ, ट्रम्पले त्यही भावनाको राजनीतिक शोषण गर्ने प्रयत्न गरे ।

सन् २००८ पछि नै अमेरिकामा आर्थिक संकट देखिन थालेको हो । तर, त्यतिखेर नश्लीय विभाजन चाहिँ थिएन भन्ने हैन । अमेरिकामा गोरा र कालाको विभाजन धेरै पुरानो हो । बाराक ओबामाकै कार्यकालमा पनि अनेक चर्चा र आंशका गरिन्थ्यो । काला राष्ट्रपतिलाई के काम गर्न देलान् भनिन्थ्यो । उनको नाम, धर्म र पैत्रृक देशसँग जोडेर चर्चा हुन्थे ।

अमेरिकालाई एकीकृत राख्न अब्राहम लिङ्कनले धेरै मेहनत र योगदान गरे । तर नश्लीय प्रवृत्तिको अन्त्य हुन भने सम्भव भएन । त्यो भित्रभित्रै सल्किँदै रह्यो । र, त्यसैको एक खतरनाक रुप बनेर ट्रम्प प्रवृत्तिको उदय भयो । अमेरिकी समाज र अर्थतन्त्रमा जुन दरार छ, त्यो कसरी अघि बढ्छ, त्यसैमा धेरै कुरा निर्भर गर्दछ । यो दरार कम गर्न जो बाइडेन सफल भएनन् भने यो दरार झनै विभत्सरुपमा प्रकट हुन सक्दछ । यदि बाइडेन सफल भए भने अमेरिकी लोकतन्त्रको भावना पुनर्स्थापित हुनेछ ।

अमेरिकामा त्यो प्रवृत्ति थियो र नै ट्रम्पले त्यसलाई सुदृढ र मजबुत गर्न सके । उनले करिब ७ करोड ४० लाख भोट पाए, त्यसको एउटा सानो अंश भेला भयो भने पनि ठूलो भीड त हुनै नै भयो । तर, यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने ट्रम्पका यो ध्वंसात्मक प्रवृत्तिलाई रिपब्लिकन पार्टीले एकमुष्ट भएर साथ दिन चाहेन । धेरैले उनको साथ छोडे ।

अर्को ट्रम्पको आव्हानमा जम्मा हुने भीड जति नै ठूलो किन नहोस्, त्यो बहुमत हैन । ट्रम्पले राजनीतिक फाइदाका लागि यो प्रवृत्तिलाई पक्षपोषण त गरे, तर सोच्नुपर्ने कुरा के छ भने के यो प्रवृत्तिले समाजमा साँच्चै जरा गाँडेको छ ? कि ट्रम्पको उक्साहटमा मात्र यो सबै भइरहेको छ । यदि समाजमै जरा गाडेको छ भने भविष्य पनि निक्कै जोखिमपूर्ण हुनेछ ।

रिपब्लिकन पार्टी यो मुद्दामा विभाजित छ । त्यहाँ दुवै खाले मान्छे छन् । धेरै रिपब्लिकन गभर्नरहरूले ट्रम्पको दवाबका बाबजुद निर्वाचन परिणाम अस्वीकार गर्न मानेनन् । संसारका सबै राजनीतिक दलमा यो दृष्य देखिन्छ । एकखाले मान्छेहरू शक्तिको आडमा बस्न मन पराउँछन् । एक खाले मान्छेहरू नियममा हिंड्न चाहन्छन् । रिपब्लिकन पार्टीमा पनि त्यही स्थिति छ । यस्तो अमेरिकाको रिपब्लिकन पार्टीमा मात्र हैन, संसारका सबै ठूला पार्टीमा हुन्छ ।

ट्रम्पमाथि थुप्रै आरोप लगाउन सकिन्छ । सबैभन्दा ठूला दुईवटा आरोप हुन सक्दछन् । पहिलो– जुन निर्वाचन प्रक्रियाबाट अघिल्लो पटक उनी जितेर आएका थिए, त्यसैप्रति उनले अनेक आशंका र अविश्वास व्यक्त गरे । अकारण निर्वाचन परिणामप्रति जनतामा अविश्वास सृजना गर्नु लोकतन्त्रमा एक प्रकारको देशद्रोह हो । अर्को उनले हिंसाका लागि मानिसलाई प्रोत्साहन गरे । संवैधानिक निकायमाथि हमला गर्न प्रेरित गरे ।

यसबापत् उनलाई महाअभियोग लगाउन सकिन्छ । अझ अमेरिकी संवैधानिक प्रावधानअनुसार मन्त्रीपरिषद र उपराष्ट्रपतिले एक स्वरमा राष्ट्रपति असक्षम भएको निष्कर्ष निकाल्छन् भने उसलाई तुरुन्तै पनि हटाउन सकिन्छ । तर अब जनवरी २० टाढा छैन । १० दिन बाँकी छ । जनवरी २० मा बाइडेनको सपथ ग्रहण हुनेछ । तसर्थ यसबीचमा नै ट्रम्पलाई हटाउने कुरा अव्यवहारिक हुन सक्दछ ।

नयाँ सरकारले उनीमाथि हिंसा भड्काए वापत मुद्दा लगाउन सक्दछ । जेल जानु पर्ला नपर्ला त्यो दोस्रो प्रश्न हो । त्यहाँनेर अदालतको कुरा हुन्छ । तर प्रथम दृष्टिमा उनीमाथि हिंसा भड्काएको आरोपमा मुद्दा लगाउन सकिने ठाउँ छ ।

रिपब्लिकन पार्टी सायद अब नयाँ ध्रुवीकरण हुनेछ । त्यहाँ नियम र शक्तिको संघर्ष हुनेछ । अहिले रिपब्लिकन पार्टी जहाँ छ, त्यही बिन्दूमा रहन सक्दैन । रिपब्लिकन पार्टीमा अब के हुन्छ, कस्तो नेतृत्वको उदय हुन्छ, त्यो त हेर्न पर्दछ, त्यही अनुरुप रिपब्लिकन पार्टीको चरित्र बन्दै जान्छ ।

ट्रम्पले अझै जनतालाई भड्काउन छोड्ने छैनन् । तसर्थ बाइडेन र कमला ह्यारिसलाई काम गर्न सजिलो छैन । तथापि करिब ५ महिना जति हामीले पर्खेर हेर्नुपर्छ कि अमेरिकी राजनीतिमा के कस्तो प्रवृत्ति हावी हुन्छ ।

(सत्यहिन्दीमा आशुँतोषसंग भारतीय प्रोसेफर एसडी मुनीले गरेको कुराकानीको भावानुवाद)

The post ट्रम्पले अब के गर्लान् ? कता जाला अमेरिकी राजनीति र समाज ? appeared first on Sajha Post.


चीनसँग पश्चिमाहरूको प्रेम र घृणा

$
0
0

१७ औं र १८ औं शताब्दिमा चिनियाँ वस्तुहरुको युरोपमा अकल्पनीय लोकप्रियता थियो । चिया, सिल्क, चिनियाँ माटोका भाँडा तथा आकर्षक फर्निचरहरु आयात गर्न उनीहरु हुरुक्क हुन्थे । अङ्ग्रेज, फ्रेन्च र डचहरुको बगैंचा सजावटमा कलात्मक चिनियाँ प्रभावहरु देखिन्थे ।

युरोपेली प्रबोधन युगको लामो कालखण्ड कन्फुसियसवादको दर्शन, अपेरा र नाटकहरुको शैली तथा कर्मचारीतन्त्रमा योग्यतातन्त्रको चिनियाँ अवधारणाले प्रफुल्लित थियो ।

१८ औं शताब्दिको अन्त्यसम्ममा फ्रान्सेली क्रान्तिका आर्दश, भोल्टेयरका विचारले प्रभावित रोबिस्पियरका कार्यहरुले प्रबोधनकालीन दृष्टिकोणहरुलाई अझ कडा र नयाँ, विशेषतः उत्तर–नेपोलिनिक युगको भूराजनीतिक यथार्थहरुतिर मोडिदियो । यससँगसँगै चिनियाँ वस्तुका पुराना प्रसंशकहरुले तिनलाई नयाँ आँखा शंका र प्रश्नहरुको आँखाले हेर्न थाले ।

त्यसको केही दशकभित्रै चिनियाँकृत आकर्षण युरोपमा विलिन हुन थाल्यो । चीनका मध्यकालीन अधिराज्यहरुको प्रसंशाको साटो विस्तारै समग्र चीन र चीनको विश्व स्थानबारे यथार्थपरक मूल्यांकन हुन थाल्यो । चतुर आँखे युरोपेली व्यापारीहरु जो कठोर चिनियाँ अनुभवहरुबाट सुसज्जित थिए, शक्तिको करिडोरमा पुगिने, सुनिने भएका थिए । तर धेरै हदसम्म आजको जस्तै युरोपेली राजनीतिज्ञ र राजनेताहरु तिनको कुरा सजिलै पत्याउँदैनथे ।

उत्तर अमेरिकी दृष्टिकोणहरु पनि ठीक त्यस्तै थिए । थोत्रा दृष्टिकोणहरु अनौपचारिक दुश्मनीका कारण बन्दै गए । अन्ततः चीनले सशस्त्र संघर्षका श्रृंखलाहरु सामना गर्नु पर्‍यो । सन् १८३० तिर आइपुग्दा विदेशीहरुप्रति चिनियाँ धारणा जातीयता, सतही अहंकार, निन्दा र भर्त्सनाहरुले ढाकिएको हुन्थ्यो । यहाँसम्म कि सहिष्णु र निष्पक्ष पर्यवेक्षकहरु समेत चिनप्रति अनिच्छुक हुन्थे । यसबाट जे परिणाम आउँनु पर्थ्यो त्यही भयो । अर्थात् चीनले ठूलो पतन र दूर्गति सामना गर्नु पर्‍यो ।

शताब्दिऔं लामो चीनको प्रसंशा र आकर्षण पश्चिमाहरुमा घटेन मात्र, उनीहरुले चीनलाई शंका गर्ने र मन नपराउने गर्न थाले । यसको कारण के थियो त ? को थियो त ? दुबैतिर यसका कारणहरु थिए । चीनले पनि पश्चिमलाई आरोपित गर्न थाल्यो । चीनको इतिहासशास्त्रमा ‘अपमानका शताब्दिहरु’ अंकित भए । यस्तो कार्यले विश्वको एक बृहत्त परिदृष्य सामुन्ने ल्याउन सहज हुँदैनथ्यो ।

सुनियोजित ढंगले संक्रमित नश्लीय राष्ट्रवाद र विदेशी विरोधी भावना इतिहाससँगका गुनासाहरुलाई प्रत्याक्रमण गर्ने संयुक्त र नियमित चेत बने । यस्तो प्रयत्न आन्तरिक घरेलु समस्याहरुलाई ढाकछोप गर्ने उद्धेश्यसँग समेत जोडिएको थियो ।

निश्क्रिय आक्रमकता, शून्ययोग सोच, बिर्सन गाह्रो पर्ने नोक्सानीका चोटहरु, व्यवहारिक आलोचनाहरुको प्रतिक्रिया, उक्लिदो दूर्भावना, गहिरा क्षुद्रताहरु, आत्मघातको तहमा जान सक्ने तीव्र बदलाको भावना, असाधारणा दीर्घकालिन सन्दर्भहरुमा अविश्वासनीय अल्पकालिन कार्वाहीहरु– ले गर्दा चीन विरोधी आरोपहरुको एक चिरपरिचित सूची बन्यो, जो चीनका लागि ऐतिहासिक नजिर जस्ता भए ।

सन् १९५१ मा प्रकाशित अमेरिकी बुद्धिजिबी विलियम डब्लु अप्फटनको किताब ‘क्याथेको चक्रः १७ औं र १८ औं शताब्दिको बेलायतमा चीनको लोकप्रियता’ मा यी सम्बन्ध–विच्छेदका कारणहरुको बढो राम्रो चित्रण गरिएको छ । यसलाई यदि चीन बदल्न चाहन्छ र अन्तर्राष्ट्रिय जगतसँगको शंका, दुश्मनी र अनिच्छा छोड्ने उत्साह राख्छ भने के गर्नु पर्दछ भन्ने तुलनात्मक विवरण समेत दिइएको छ ।

सन् १९९० को तेममियान दुर्घटनापछि समकालीन अवस्था प्रतिध्वनित भयो । चीनलाई वास्ता गर्न छोडियो । मुर्झाएको चीनमा त्यही समय नयाँ चीन लहर शुरुवात भयो ।

अविछिन्न र द्रुत विकास, कल्पनै नगरिएको आर्थिक चमत्कार म्यान्डरिन भाषा आधारित विश्वविद्यालय र शैक्षिक पाठहरुप्रतिको विश्वव्यापी उत्साहले पश्चिमाहरुलाई लाग्न थाल्यो कि भोलिको चीन उनीहरुले कल्पना गरेको भविष्यका लागि सहयोगी र अवसरयुक्त हुन सक्दछ । चीनको अनुभवहीन उदयसँग फेरि पश्चिमाहरुले आफ्नो भविष्यको सपना जोड्न थाले ।

कुनै ठाउँ र त्यहाँका मान्छेलाई राम्ररी चिन्नुको अर्थ यो हुँदैन कि मान्छेले त्यसलाई विना शर्त प्रेम गर्न थाल्दछन् । गहन ज्ञान र बोधको उच्चाई कुनै अनिच्छुक स्थितिको सामना र त्यसले दिने तीता–मिठा अनुभूतिको ‘अदुवे–रोटी’ बाटै निस्कन सक्दछ ।

भ्रममा परेका पूर्वप्रेमीहरु भन्दा धेरै ठूला शत्रुहरु आज चीनका लागि देखा परेका छन् । चीनका पूर्वप्रेमीहरुले भने ती वस्तुहरुलाई उसरी नै माया गर्न थालेका छन्, जसरी शताब्दिऔं अघि गर्थे ।

चिनियाँ वस्तुहरुको मोह पश्चिमाहरुको दृष्टिकोणका पर्याप्त आधार भने हैनन् । अन्ततः फेरि पहिले जस्तै राष्ट्रिय भावना कठोर हुँदैछ । एकअर्काप्रतिका उत्तेजनाहरु तीव्र हुँदैछन् । प्रतिद्वन्द्विता मुख्य ठाउँतिर आउँदैछ । पश्चिमाहरुमा एउटा यस्तो दृष्टिकोण आम बन्दै गइरहेको छ कि ‘चीनलाई एक पटक पाठ पठाउनै पर्छ ।’

यस्तो धारणा दुःखद अन्तर्राष्ट्रिय परिणामको कारण बन्न सक्दछ जसको पूर्वानुमान गर्न सजिलो छैन ।

(द साउथ चाइना मोर्निङ पोष्टबाट साझापोस्टले गरेको संक्षेपीकरणसहितको भावानुवाद)

Cover Photo- The Chinese pavilions in Vauxhall Gardens, London, in 1751. Getty Images

The post चीनसँग पश्चिमाहरूको प्रेम र घृणा appeared first on Sajha Post.

पूर्वमाओवादी साथीहरु ! साहस गर्ने बेला आएको छ

$
0
0

पूर्वमाओवादी आन्दोलनका साथीहरूले एकपटक नयाँ सोच बनाउनुपर्ने र साहस गर्ने बेला आएको छ । मुख्यतः नयाँ जनवाद–वैज्ञानिक समाजवादका लागि अनेकौँ दुःख कष्ट झेलेका, भीषण युद्धका मोर्चामा लडेका, आफ्नै हातले सयौँ सहयोद्धाहरूको शव व्यवस्थापन गरेका, वीर सहिदहरूलाई अँगालो हालेर मुक्ति र बलिदानको कसम खाएका, बेपत्ता पारिएका र सहिद भएका परिवारका साथीहरूले नयाँ सोच र साहस प्रदर्शन गर्ने समय आएको छ । हामीले आफूलाई बदल्यौँ भने दुनियाँ बदल्न सकिन्छ । आफूले नयाँ सोच्यौँ भने अरूलाई सिकाउन सकिन्छ ।

हामी त्यति बेला साँचो माओवादी भएका थियौँ जब हामीले आफ्नो सुन्दर जीवनलाई जनता र देशका लागि भनेर होमिदिएका थियौँ । आफ्ना घर भत्काएर जनताका घरलाई आफ्नो घर बनाएका थियौँ । आफ्नो परिवारभन्दा माथि उठेर जनतालाई नयाँ परिवार बनाएका थियौँ । आफूले नखाएर, नलगाएर पनि जनतालाई सुख दिने अठोट बोकेर जोखिमका पहाडहरू चढेका थियौँ । सारमा माओवादीको उदय नै निजी जीवनको बलिदान र सामूहिक जीवनको आरम्भबाट भयो ।

गलत नीति लिएपछि आन्दोलन कसरी भत्किन्छ, देशले कति दुःख पाउनुपर्छ, नेताहरू कसरी अपमानित हुन पुग्छन् अनि कार्यकर्ता र जनताले कस्ता पीडा खेप्नुपर्छ भन्ने उदाहरण पछिल्ला प्रयोग बनेका छन् । २०६३ सालपछि जब हामी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिक कार्यक्रम लिएर काठमाडौँमा पुग्यौँ त्यसलाई सम्पूर्ण उद्देश्य बनाउन पुग्दा, कथित लोकतन्त्रको तन्त्रमन्त्रमा हराउँदा, हाम्रा सोचाइ र जीवनपद्धतिमा अकल्पनीय बेमेलका रूपहरू देखिन थाले । क्रान्तिका मूल्य, मान्यता र संस्कारभन्दा ठीक उल्टा सोच, व्यवहार, जीवनशैली र सम्बन्धहरू पोखिन थाले । जनयुद्धका महान् उपलब्धिहरू एक–एक गर्दै समाप्त पारिए । अन्ततः जुन सत्ता, व्यवस्था र प्रवृत्तिविरुद्ध जीवन–मरणको लडाइँ लडेर सहर गयौँ, उनीहरू नै पो टाउकामाथि शासन बजार्ने हाकिममा परिणत भए । हाम्रो सपना भयानक दुर्घटनामा पर्‍यो ।

विप्लव

जरौँले लोकतन्त्रलाई सुनपङ्खी घोडा बनाएर समाजवादको यात्रा गर्छुभन्दा प्रचण्ड-बाबुराम-बादलहरूको हालत हारेको जुवाडेको भन्दा पनि खराब बन्न पुगेको विरूप तस्बिर हाम्रासामु छर्लङ्ग छ । बाबुराम भट्टराई आफ्नो कक्षबाट उछिट्टिएको ग्रहजस्तो कम्युनिस्ट आन्दोलनबाट उछिट्टिएर कता हो कता पुगेका छन् । प्रचण्ड सूर्यबाट चन्द्रमामा बदलिँदै कालो दुलोतिर हुत्तिँदैछन् । बादल भ्याकुममा हल्लिने पेन्डुलमजस्तो वारि भित्ता र पारि भित्ता हल्लिँदाहल्लिँदा बेहाल भएका छन् । आफ्नो छोडेर अरूतिर सल्किँदाको कुरूप परिणाम यस्तै हुन्छ ।

सरकारी डबल नेकपाभित्रको कचिङ्गलमाथि केपी वलीले संसद् विघटनको घन बर्सााएपछि एकथरी कू भयो, प्रतिगमन भयो, अपहरण भयो भन्दै हिँडेका छन् । अर्कोथरी लोकतन्त्रको रक्षा भयो, जनमत लिन पाइने भयो, अराजकता रोकियो भन्दै हिँडेका छन् । शक्तिकेन्द्रहरू पनि धमिलो पानीमा माछा छोप्न आफ्ना जालहरू फिँजाइरहेका छन् । उनीहरूले सङ्कटको निकासबारे अनेकौँ समाधानका प्रस्तावहरू गरिरहेका छन् । केपी वली आफ्नो नेतृत्वमा हुने मध्यावधि चुनाव नै उत्तम निकास बताइरहेका छन्, प्रचण्ड–माधवले संसद्को पुनःस्थापना र आफ्नो नेतृत्वमा सरकार गठन समाधान बताइरहेका छन् । काङ्ग्रेस मुखले विघटनको विरोध, मनले चुनाव चाहिरहेको छ । जनता समाजवादीलाई केपीको कदम ठीक लागेको छैन तर प्रचण्ड–माधवहरूको सरकार बनाउने पनि रुचि छैन ।

हाम्रो दृष्टिकोण छ– केपी वलीको कदम कुनै व्यक्ति वा दलविशेषको मात्र समस्या नभई विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेपमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाभित्र हुने तुच्छ स्वार्थसमूहहरूको सङ्घर्षको परिणाम हो । जनविरोधी दलाल पुँजीवादी सत्ता–संसदीय व्यवस्थाको असफलता र सङ्कट हो । यो हुनुमा केपीको दोष छ तर उनको मात्र छैन, डबल नेकपाको असफलता छ तर त्यति मात्र छैन । यो केपी र प्रचण्डको झगडाको कारण पनि हो तर यत्ति मात्र होइन, यसमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको हात पनि छ । यसमा उनीहरू सबैको असफलता, सङ्कट र पश्चगमन जिम्मेवार छ । यसको निकास पुनः संसद्वादी गोलचक्करमै खोज्नु अर्को गल्ती र मूर्खता गर्नु हुन्छ । सयौँ वर्ष पुँजीवादमा चलेका देशमा समेत वैज्ञानिक समाजवादको विकल्प सोचिरहँदा हाम्रोजस्तो दलाल पुँजीवादी सत्ता भएको देशमा संसदीय विकल्पमै घुम्न–घुमाउन खोज्नु भनेको जनतालाई दशकौँसम्म अन्धकार सुरुङभित्र घचेट्नुजस्तै हो ।

जनताका बीचमा काम गर्दा हामीले देखेका छौँ– विगत क्रान्तिमा योगदान र सहयोग गरेका साथै परिवर्तनको चाहना राखेका नागरिकहरू जहाँ भए पनि कत्ति सन्तुष्ट छैनन् । उनीहरू केवल सरकारको हेरफेरमा चलाइने हल्लाखल्लामा कुनै आशा देख्दैनन् । संसद् र संसदीय पार्टीहरूप्रति विश्वास गर्दैनन् । उनीहरूभित्र असन्तोष र असहमतिको राप मात्र छैन, नयाँ परिवर्तन होस् भन्ने आशा र अपेक्षाको ताप पनि छ । एकपटक क्रान्तिकारीहरूले परिवर्तनको नेतृत्व गरून् र देश नयाँ जनताको व्यवस्था वैज्ञानिक समाजवादमा प्रवेश गरोस् भन्ने चाहन्छन् ।

यहीँनिर क्रान्तिकारीहरूले नयाँ सोचाइ बनाउने र निर्णय लिने साहस गर्ने बेला भएको छ । हरेक अग्रगामी, परिवर्तनकारी शक्ति र व्यक्तिको मूल दायित्व समस्यालाई सही ढंगले बुझिसकेपछि त्यसलाई अग्रगामी निकास दिनु हुन्छ । आज जनताले भोगिरहेको सङ्कटको निकास संसदीय व्यवस्था र सरकारभित्रैको गोलचक्कर किमार्थ होइन, वैज्ञानिक समाजवाद नै हो भन्ने स्पष्ट भइसकेपछि विगतमा हामीबाट जताजता त्रुटि, गल्ती, कमजोरी भए पनि तिनलाई सच्याउनुपर्छ । जहाँबाट बाटो बिराइएको थियो, त्यही बिन्दुमा नयाँ सोचका साथ फर्किन आँट गर्नुपर्छ । देशलाई नेतृत्व दिनका लागि आत्मसमीक्षासहित नयाँ ध्रुवीकरणमा सहभागी बन्नुपर्छ । कमजोरी सच्याएर जनताका पक्षमा उभिँदा कमजोर भइँदैन, तल परिँदैन, बरु बलियो र सफल भइन्छ । यसो गर्न हिच्किचायौँ भने निर्णय लिन ढिला हुनेछ । ढिला पटक्कै नगरौँ ।

नेपाली राजनीतिक सङ्घर्षको यात्रामा हामीले प्रत्यक्ष भोगेका विजय र पराजयका तीता–मीठा अनुभवले अचुक ज्ञान दिएको छ– सत्यमा जीवन, झूटमा मृत्यु, त्यागमा सम्मान स्वार्थमा अपमान, गतिमा उत्थान, जडतामा पतन । यो कुनै एकको बुझाइ होइन, पूर्वमाओवादी आन्दोलनका सबै साथीहरूको गहिरो अनुभूति हो । यस अनुभूतिलाई रूपान्तरण, एकता र क्रान्तिमा बदल्नका लागि सबैले संसदीय चक्करबाट आफूलाई बाहिर झिक्न र आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बनाउन साहस गर्ने बेला भएको छ । हामीले त्यस्तो साहस गरेमा नेपालमा क्रान्तिकारी धु्रवीकरण र अग्रगामी रूपान्तरणको सम्भावना प्रबल बनेको छ । यो क्रान्तिकारी आन्दोलनको नयाँ चरण हुनेछ जसले दलाल पुँजीवादको चक्करले पैदा गरेको कालो बादललाई सदाका लागि हटाएर जनतालाई वैज्ञानिक समाजवादको न्यानो र उज्यालो बिहानीमा प्रवेश गराउनेछ ।

२० पुस, २०७७
साभारः इरातोखबर 

The post पूर्वमाओवादी साथीहरु ! साहस गर्ने बेला आएको छ appeared first on Sajha Post.

कार्ल मार्क्सका दुःख र नेकपाका दुर्भाग्यहरू

$
0
0

मार्क्स, मार्क्सवाद र मार्क्सवादीहरूले आफ्नो जीवनको नवकिशोर वयमा पारेको प्रभाव सम्झेर अचेल म आफैं गम खान्छु । कुनै भाष्य, सिद्धान्त, आन्दोलन र महाआख्यानमा मानिसलाई प्रभावित गर्न सक्ने कति ठूलो ताकत हुँदोरहेछ । त्यस्तो ताकत सायद मार्क्सवादमा मात्र हैन, अरु भाष्य र महाआख्यानमा पनि होला, त्यही भएर त हरेक वैचारिक धार वा सम्प्रदायका मानिस आफूलाई ‘श्रेष्ठ’ र ‘समर्पित’ दावी गरिरहेका हुन्छन् । आफूले आफैंलाई ‘ठीक’, ‘महान’ र ‘बीरोचित’ ठानेर आत्ममग्न हुन्छन् । गौरवान्वित हुन्छन् ।

के अलकाइदा, बोको हराम, तालेवान वा मुजाहिदिनहरू ‘इस्लाम’ प्रति कम समर्पित र गौरवान्वित ठान्छन होला ? निष्ठा, आस्था र भक्तिको कथा भारतको आरएसएस र भाजपामा झनै गज्जबको छ । त्यो त्यति सजिलै बनेको पार्टी हैन, जति ठानिन्छ । सानो उमेरमै घरबार छोडेर हिंड्ने, आरएसएसको कार्यालय वा आश्रममा बसेर सिंगो जीवन बिताउने, कुनै निजी फाइदा र आम्दानीको काम नगर्ने लाखौं कार्यकर्ता आरएसएसले निर्माण गर्दछ ।

क्रान्तिकारीहरूमा ‘बलिदान’ को संस्कृति भएजस्तो भाजपामा ‘जीवनदान’ को संस्कृति छ । अटलबिहारी बाजपेयीदेखि अहिलेका नरेन्द्र मोदीसम्म त्यस्तै ‘जीवनदानी’ हुन जसले निजी जीवन, वैबाहिक सम्बन्ध, घरगृहस्थ, पेशा र व्यवसाय सबै त्यागेर संघ परिवार र भापजा पार्टीका लागि मात्र काम गरे । जीवन दिए । के ती आफूलाई कम ‘श्रेष्ठ’, ‘समर्पित’, ‘ठीक’, ‘महान’ र ‘बीरोचित’ ठान्दा हुन् र ?

वामपन्थमा होस वा दक्षिणपन्थमा विचार र सम्प्रदायको अतिआदर्शीकरण एउटा पाटो हो । सत्य अर्को पाटो हो । सत्य प्रकृति र समाजको गतिले निर्धारण गर्दछ, नकी आदर्शीकृत विचार, सम्प्रदाय र पात्रहरूले । जब विचार र सत्यबीच, सिद्धान्त र व्यवहारबीच अन्तर्विरोध सृजना हुन्छ, सत्यले सिद्धान्तलाई छोड्छ, व्यवहारहरू नै नयाँ सिद्धान्त बन्न पुग्दछन् । यो अन्तर्विरोधको नैरित्य सर्वव्याप्त छ ।

नेकपाको हकमा पनि यो यथार्थ बारम्बार पुष्टि भएको छ । नेपालका कम्युनिष्टहरू आफूहरूलाई जुनस्तरको नैतिक, आर्दशवान, वैचारिक र सिद्धान्तवादी दावी गर्दछन्, ती दावी एकपटक हैन, हज्जारपटक खण्डित भएका छन् । त्यो पनि निक्कै न्युनस्तरको सांस्कृतिक चेत र हद दर्जाको स्वार्थी व्यवहारमा । त्यो श्रृंखलाको पछिल्लो कडी ‘ओली भर्सेस प्रचण्ड-माधव विभाजन’ बन्न पुगेको छ । यस क्रममा जेजस्ता आरोप प्रत्यारोपहरू प्रकट भइरहेका छन् ती कार्ल मार्क्सका दुःखहरू भन्दा साना छैनन् ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

कार्ल मार्क्सले साम्यवादको सिद्धान्त साना दुःखले आर्जेको थिएनन् । मार्क्स, मार्क्स परिवार र मार्क्सवादीहरूका दुःखको वृतान्त उन्नाइशौं र बीसौं शताब्दिको मानव सभ्यताका महादुःखमध्ये एक हो । मार्क्स आफैंमा एक फक्कड र उद्धिग्न मानिस थिए, परिवारप्रति लापरवाह । आज मार्क्सजस्तो जीवन कसैले बाँच्न खोज्यो भने स्वभाविक छ उसलाई समाजमा ‘गैरजिम्मेवार’ भनिनेछ । उनका सबैजसो सन्तानले बाल्यकालमा कुपोषणको सामना गर्नु परेको थियो । पढ्नु र लेख्नु बाहेक अरु कुनै काम कार्ल मार्क्स स्थिर चित्तले गर्न सक्दैनथे । त्यो कामले त्यतिबेला परिवार पाल्न पुग्ने पैसा कमाई हुँदैनथ्यो ।

उनका किताब छाप्ने राम्रा प्रकाशकहरू पाइँदैनथे । उनको पैत्रिक धनको हिस्सा त्रियेरमा छुटेको थियो । जेनी बेलाबेला माइत जान्थिन्, तर कार्ल मार्क्सले भोगेका, भोगाएका दुःखहरूको कारण माइतीमा उनको सम्मान घटेको थियो । जेनीका परिवार प्रसियाका सामन्तहरू थिए, जो छोरीको दुःखले कुन्ठित हुन्थे, यदाकदा सहयोग गर्थे तर त्यसले मार्क्स परिवारलाई लण्डनको जीवन धान्न पुग्दैनथ्यो । ‘पुँजी’ को बारेमा कार्ल मार्क्सले त्यतिधेरै अध्ययन गरे, लेखे तर स्वयं परिवार पाल्न पुग्ने पुँजी कहिल्यै कमाउन सकेनन् । त्यो आफैंमा एक ठूलो महादुःख थियो ।

प्रसियाबाट देश निकाला गरिएका, लण्डनमा डेरा गरेर बस्ने, पुस्तकालयमा १८ घण्टासम्म भोकभोकै पढेर बिताउने मार्क्स पैसाको अभाव हुने बित्तिकै साथी एङ्गेल्ससँग सहयोग र सापटी माग्थे । अक्सर मेनचेष्टरमा बस्ने एङ्गेल्सले लण्डन पैसा पठाउन ढिलो हुन्थ्यो । यही निहुँमा एङ्गेल्ससँग उनको यदाकदा मनमुटाव पनि हुन्थ्यो । मार्क्सका एक सन्तान मर्दा उनीसँग कात्रो किन्ने पैसा पनि थिएन ।

कार्ल मार्क्सको यौन जीवनबारे भयाङ्कर ठुलो स्काण्डल थियो- हेलेन डिमुथको । डिमुथ मार्क्स पत्नीसंगै बिहेमा दाइजो आएकी सुसारे थिइन् । दास मुक्तिको कुरा गर्ने मार्क्स परिवार मै स्वयम् दासी थिइन- हेलेन । उनले भिन्नै बिहे गरिनन् । जीवनभरि उनी मार्क्स र जेनीसँगै बसिन् ।

अझ विचित्र घटना सन् १८५० मा भयो जब जेनी करिब १ वर्षका लागि माइत गएकी थिइन् । हेलेनले एक छोरा पाइन्, जसलाई सामाजिक मर्यादाको पाखण्डी पर्खाल खडा गरेर मार्क्सले आफ्नो सन्तान स्वीकार गरेनन् । ती बच्चाको बुबा एङ्गेल्स हुन् भनियो । नाम राखियो- हेनरी एंगेल्स डिमुथ । जबकी एङ्गेल्स त्यो साल म्यानचेष्टरमै थिए । उनी त्यो वर्ष लण्डन आएकै थिएनन् । हेनरीलाई परिवारबाट बाहिर एक श्रमिक परिवारलाई पैसामा ९ वर्षसम्म पाल्न लगाइयो ।

मार्क्स मरेपछि यो रहस्य खुल्यो कि हेनरी यथार्थमा मार्क्सकै छोरा थिए । मार्क्सको विशेष आग्रहमा हेलेन डिमुथ र एङ्गेल्सले त्यस्तो नाटक गरेका थिए । मार्क्सकी कान्छी छोरी इलिनियोर मार्क्स जो आफ्नो पितालाई निक्कै ठूलो आदर्श मान्थिन, यो रहस्य अनावरणपछि उनी मानसिक रोगी जस्तै भइन् । मार्क्सको मृत्युपछि उनले हेनरीलाई परिवारमा ल्याइन्, दाजुको दर्जा दिइन् र सँगै राखिन् ।

तिनै भावुक र संवेदनशील हृदय भएकी युवती इलिनियोरको भिन्नै दुर्दान्त कथा छ । उनी पेरिस कम्युनको निर्वासित नेता लिसागेरीसँग प्रेम गर्थिन् । तर मार्क्सले छोरीको प्रेम मन पराएनन् । एडबर्ड एभेलिङसँग उनको दोस्रो प्रेम पर्‍यो । तर, एभेलिङ अवैधानिक यौन सम्बन्धका खेलाडी थिए । उनले अर्कै युवतीसँग बिहे गरेका थिए । तर बाहिर आफूलाई अविबाहित बताउँथे ।

उनी बेलायतमा युवा चर्चित मार्क्सवादी थिए । इलिनियोरले जब यो थाहा पाइन कि आफूलाई निक्कै ठूलो मार्क्सवादी ठान्ने बौद्धिक अंग्रेज युवक एभेलिङ उनलाई धोका दिइरहेको छ, ४३ वर्षको उमेरमा विष खाएर आत्महत्या गरिन् । इलिनियोरका लेख, डायरी र नोटहरुले मार्क्स परिवारका थुप्रै दुर्दान्त पक्षहरुको पोल खोल्दछन् ।

मार्क्सका बाँकी दुई छोरीहरूको जीवन पनि सुखद थिएन । जेठी ३८ वर्षको उमेरमा क्यान्सरले बितिन् । दिदीका बालबच्चाहरू हुर्काउन इलिनियोरले उत्तिकै दुःख गर्नु परेको थियो । माहिली लाउराले फ्रान्सेली कम्युनिष्ट नेता पौल लाफार्गेसँग बिहे गरेकी थिइन् । उनीहरूले त झन सल्लाहले नै सामूहिक आत्महत्या गरेका थिए । उनीहरूले साझा चिठ्ठी लेखेरसँगै विषपान गरे । उनीहरूको अन्तिम चिठ्ठीमा व्याप्त निरासा त्यो समयको फ्रान्सेली मार्क्सवादी आन्दोलनको एक अनौपचारिक दस्तावेज थियो । पछि लेनिनले लाफार्गे र लाउराको त्यो चिठ्ठीलाई भिन्नै तरिकाले गौरवीकरण गरे ।

पछि लेनिनले भने कि मार्क्सवादीहरूको जीवनको सारतत्व नै समाजवादी क्रान्ति हो । क्रान्तिका लागि योगदान गर्न सकिँदैन भन्ने लाग्छ भने लाफार्गे र लाउराझैं आत्महत्या गर्न राजी भए हुन्छ ।

एङ्गेल्सको पनि व्यक्तिगत तथा पारिवारिक जीवन सहज थिएन । एंगेल्सका बुर्जुवा पिता छोरो सर्वहारा विचारमा लागेको फिटिक्कै मन पराउँदैनथे । उनी जीवनभरि अविवाहित रहे तर ३ वटी महिलासँग सल्किए । पहिली प्रेमिका उनीसँग बिहे गर्न चाहन्थिन् तर एङ्गेल्स राजी भएनन्, उनले अन्यत्रै बिहे गरिन् । एङ्गेल्सका दोस्री र तेस्री प्रेमिका म्यारी र लिज्जा साख्यै दिदीबहिनी थिए । म्यारीसँगको लिभिङ टुगेदर उनको निधनसंगै अन्त्य भएपछि लिज्जा एंगेल्सका जीवनमा आएकी थिइन् । बुढ्यौलीमा भने हेलेन डेमुथले उनको हेरचाह गरेकी थिइन् ।

मार्क्सवादको जन्ममा मार्क्स र मार्क्स परिवारले भोगेका पृष्ठभागका महादुःखहरू थिए यी । जेनी दुःखको महासागरमा डुबेकी एक महान गृहिणी थिइन्, जो जस्तै परिस्थितिमा पनि कहिल्यै गुनासो गर्दिनथिन् । हेलन डेमुथको काण्डपछि उनी मार्क्सप्रति बैराग्यको अनुभूति गर्थिन् । उनको हृदयमा लोग्नेप्रतिको प्रेम र सम्मान घटेका थियो । इलिनियोरको डायरी अनुसार उनले हेलेनलाई भनेकी थिइन्, ‘तँ मेरा बिहेमा दाइजो आइस् । मेरै लागि तेरो निजी जीवनको भिन्नै कहानी बन्न पाएन । त मेरो दासी, मित्र र बैनी सबै होस् । जब तेरो जीवन नै मेरा लागि गयो, म तेरा सबै गल्तीहरू माफ गर्न सक्छु । तेरा सबै गल्तीहरू मेरो भाग्य-कथाका अध्यायहरू हुन् ।’

मार्क्सको जीवनको उत्तरार्धमा मार्क्सका अनुयायीहरूले ‘मार्क्सवाद’ बनाए । यो काम मार्क्सलाई फिटिक्कै मन परेको थिएन । उनको जीवनको उत्तरार्धतिर मार्क्सको अन्तर्वार्ता गरेको ‘पेरिस रिभ्यु’ का अनुसार उनी आफ्ना विचारहरूलाई ‘मार्क्सवाद’ भनिएमा खुशी थिएनन् । नत ‘सर्वहारा अधिनायकत्वको सिद्धान्त’ प्रति उनमा विश्वास बाँकी थियो । ‘पुँजी’ को प्रथम खण्डका आफ्नै विचारहरूलाई समेत शंका गर्दै ‘गुडरिच’ नामको एउटा लामो लेख लेखेका थिए ।

अझ रोचक कुरा आफ्नी कान्छी छोरी इलिनियोर र ज्वाइँ एडबर्ड एभेलिङसँग उनले बहुदलीय प्रणालीमा ‘लेवर पार्टी’ गठन गर्न सुझाएका थिए । यो प्रसंगलाई इलिनियोरका नोटले ‘अफ द रेकर्ड’ मान्दछन् । नभन्दै इलिनियोर र एभेलिङले बेलायतको ‘इन्डिपेन्डेन्ट लेवर पार्टी’ को गठनमा ठूलो भूमिका खेले । आजको बेलायतको लेवर पार्टीको पुर्खा त्यही हो ।

मार्क्सवादबारे कार्ल मार्क्सको एक महान आत्मस्वीकारोक्ति छ- ‘मैले कत्रा दुःखले ड्राइगनको दाँत रोपेँ तर अन्ततः झिंगा फल्यो ।’

विश्वका अरु धेरै देशका कम्युनिष्टहरूको जस्तै नेकपाको दुर्भाग्य पनि आज त्यही हो । कम्युनिष्ट आन्दोलनमा लाग्नेहरूको समर्पण, निष्ठा, कष्ट, त्याग र बलिदानका कत्राकत्रा दुःखहरू छन् । निश्चय नै ती ‘महान’ छन् । पेरिस कम्युनदेखि सोभियत संघसम्म, क्युबादेखि उत्तरकोरियासम्म, चीनदेखि भियतनामसम्म, निकारागुबादेखि नेपालसम्म कम्युनिष्टहरूले बारम्बार ‘ड्राइगनको दाँत’ रोप्ने महागाथा सृजना गरेका छन् । तर, दुर्भाग्य के छ भने अन्ततः त्यसमा फल्ने भनेको ‘झिंगा’ नै हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा फेरि किन ‘झिंगा’ फल्यो ? यो सबैका लागि एक विचारणीय प्रश्न हो । विना पूर्वाग्रह ठन्डा दिमागले सबैले सोच्नु र समीक्षा गर्नु पर्ने प्रश्न हो । आज ओली जन्मेर नेकपाको दुःख बढेको हो वा ओलीज्म जन्मिने जमिन नै उपलब्ध थियो कम्युनिष्ट आन्दोलनभित्र ? ओलीको महत्व व्यक्तिका रुपमा सीमित छ । ओलीज्मको महत्व प्रवृतिका रुपमा अनन्त छ ।

कुनै समय केही विश्लेषकहरूले पुष्पलाललाई ‘नेपालको मार्क्स’, मदन भण्डारीलाई ‘नेपालको लेनिन’ र प्रचण्डलाई ‘नेपालको माओ’ स्थापित गर्ने प्रयत्न समेत गरेका थिए । मार्क्सवाद-लेनिनवाद-माओवाद भनेझैं ‘नयाँ जनवाद, बहुदलीय जनवाद र एक्काइशौं शताब्दिको जनवाद’ को सेट वा श्रृङ्खला निर्माण गर्ने प्रयास भएका थिए । प्रयोजनवादी दृष्टिकोणबाट यो विश्लेषण पद्धतिको आफ्नै महत्व छ । तर, बुझ्नु पर्ने कुरा के छ भने एक्काइशौं शताब्दिको तेस्रो दशकको नेपालमा त्यसको प्रयोजन नै कति बाँकी छ ।

मार्क्सवाद एक उद्धिग्न, युवा, अभावग्रस्त र उग्र कार्ल मार्क्सको मनोदशाका तत्कालीन प्रतिबिम्बहरू थिए । ती चिज त्यतिखेर राम्ररी सम्पादित तथा प्रकाशित भए जब मार्क्स मरिसकेका थिए । एङ्गेल्समाथि पनि यो आरोप छ कि उनले मार्क्सका रचना सम्पादित गरे वा मार्क्सका रचनाभित्र आफ्नै तर्कहरू छिराए ? ‘कम्युनिष्ट मेनुफेष्टो’ को अपवादलाई छोडेर मार्क्सका सबैजसो रचनाहरू निक्कै क्लिष्ट छन् । भनिन्छ- उनको हस्तलेखन उत्तिकै किरिङकिमिरङ हुन्थ्यो । सम्पादकहरूले उनका लेखहरू छाप्न अल्छी गर्नुको कारण उनको नबुझिने अक्षरहरूले सृजना गर्ने झन्झट पनि एक थियो ।

जीवनको उत्तरार्धमा इलिनियोर मार्क्सका लेखहरू पत्रिकामा छाप्न पठाउनुअघि साफी गर्थिन् । इलिनियोरका डायरी र नोटहरू पढ्दा मार्क्सका विचारको एउटा भिन्नै चित्र सामुन्ने आउँछ जुन लेनिनवादी धारको चित्रभन्दा निक्कै भिन्न देखिन्छ । संसारका ९० प्रतिशत बढी मार्क्सवादीहरू लेनिनले व्याख्या गरेको ‘त्रिआङ्गिक मार्क्सवाद’ मा विश्वास गर्दछन् । कम्युनिष्ट आन्दोलनमा ‘झिंगा फल्ने’ क्रम त्यसले झनै तीव्र पार्छ । न पुष्पलालको नयाँ जनवाद, न मदन भण्डारीको बहुदलीय जनावाद न पुष्पकमल दाहालको एक्काइशौं शताब्दिको जनवादले त्यो क्रमलाई रोक्न सकेको छ । आज ‘ओलीज्मको झिंगा’ सहजै फलेको हैन । यसका सयौं र दुर्भाग्यपूर्ण कारणहरू यत्रतत्र छन् ।

यथार्थमा तीनै दुर्भाग्यपूर्ण कारणहरूलाई हिजो प्रचण्ड, माधव र झलनाथले काँध थापेका थिए । ‘आधा-आधा कार्यकाल प्रधानमन्त्री’ खाने लोभमा गरिएको नाटकीय पार्टी एकताको कुनै वैचारिक आधार थिएन । विशेषतः मधेश जनविद्रोहपछि ओलीज्मले आफूलाई नवफासीवादको ढाँचामा आकारित गरिसकेको थियो । प्रचण्ड, माधव, झलनाथले त्यसप्रति मौन स्वीकृतिमार्फत् अनुमोदन दिएका थिए ।

ओली जति उग्र र उद्धिग्न अभिव्यक्ति दिँदै जान्थे, ताली पिट्नेहरूको संख्या उत्तिकै बढ्दै थियो । त्यो तालीको आवाजले प्रचण्ड, माधव र झलनाथको हंस हल्लिएको थियो । उनीहरू विचार र एजेण्डाको दायित्वबाट पन्छिएर ओलीको वरिपरि संगठित भइरहेको नवफासीवाद र दक्षिणपन्थी सोचसंग अनुग्रिहित हुन थालेका थिए । ‘पार्टी एकता जोगाउने’ उधुम इच्छाले निउरमुन्टी न भएका थिए । समाजको क्रान्तिकारी रुपान्तरणका दर्जनौं मुद्दाहरूलाई सडकमा अलपत्र छोडेर ‘संसारको उत्कृष्ट संविधान’ बनाउनु पर्नेहरूले जतिसुकै धेरै ‘ड्राइगनको दाँत’ रोपेको दावी गरे पनि आखिर फल्नु झिंगा नै थियो ।

नेकपाको वर्तमान दुर्भाग्य केवल ओली हैनन् न त ओलीज्म मात्र हो । ओली र ओलीज्मलाई काँध हालेर बसेको प्रचण्ड, माधव र झलनाथको मोलाहिजावाद यसका लागि उत्तिकै जिम्मेवार छ । अमेरिकामा एक नयाँ शब्दावली प्रयोग हुँदैछ अहिले- ट्रम्प जाँदैछन्, ट्रम्पिज्म जाला कि नजाला ? ठीक यही प्रश्न यहाँ पनि गर्न सकिन्छ- ओली जाँदैछन्, ओलीज्म जाला कि नजाला ? कतै फेरि ओली विनाको ओलीज्म प्रचण्ड-माधव र झलनाथले सतीदेवीको लास महादेवले बोकेर हिडेजस्तो काँधमा बोकेर हिड्ने त हैनन् ?

प्रचण्ड-माधव-झलनाथ पक्षका कमरेडहरूले राम्रो हेक्का राखे हुन्छ, त्यो सम्भावना छ । ओली, ओलीको गुट र ओलीको राजनीति त अब दुईचार महिनाका पाहुना मात्र हुन् । तर, प्रचण्ड-माधव र झलनाथले नै ओलीज्मको लास काँधमा बोक्ने हो भने ओली गएर के भो र ? लास फेरि पतन हुने हो । शक्तिपीठ फेरि जन्मिने हो । नेकपाका दुर्भाग्यहरू जस्ताको त्यस्तै रहने हुन् । देश र जनताका दुर्भाग्यहरू फेरि जस्ताको त्यस्तै रहने हुन् ।

कमरेडहरू, यो ‘दाँत रोप्ने र झिंगा फलाउने’ खेल कतिन्जेल खेल्ने ? एउटै बारीको र उस्तै खाडीमा गाडेको सन्ठीलाई केही टुक्रा पारेर तेरो हातको टुक्रा राम्रो कि मेरो हातको टुक्रा राम्रो भन्ने भ्रममा कतिन्जेल बाँच्ने ?

The post कार्ल मार्क्सका दुःख र नेकपाका दुर्भाग्यहरू appeared first on Sajha Post.

अमेरिकी ‘अपवाद’ को पतन र चिनियाँ ‘अपवाद’ को उदय

$
0
0

बितेको दुई हप्तामा बाँकी विश्वले हैरानीका साथ अमेरिकी राजनीतिको सबैभन्दा ठूलो संगटग्रस्त पतन देख्यो र स्मृतिमा ताजा राख्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक हज्जारौंको भीडले लोकतन्त्रको पवित्र मन्दिर मानिएको क्यापिटल हिलमा गरेको आक्रमणको निहितार्थ विश्वमा लामो समयसम्म गुन्जिरहने छ ।

यो घटनाको तात्कालिक असर स्वतन्त्र निर्वाचन र सहज सत्ता हस्तान्तरणका ती मूल्य र मान्यताहरू माथि पर्‍यो जसलाई ‘अमेरिकी अपवाद’ को मापदण्ड मानिन्थ्यो, बाँकी विश्वले पछ्याउन योग्य ठानिन्थ्यो । सन् १६३० मा जोहन विन्थ्रोपले प्रयोग गरेको ‘पहाडमाथिको चम्किलो शहर’ अक्सर राष्ट्रपति रोनाल्ड रेगन उद्धृत गर्न औधी मन पराउँथे ।

चिनियाँ अधिकारी र जनताका आँखामा यी घटना त्यस्तो बेलामा भए जब यी दुई राष्ट्रबीचको प्रतिस्पर्धा एक चरम विन्दूमा छ । सत्तामा आउन लागेको जो बाइडेन प्रशासनले चिनियाँ अधिनायकवाद र निरंकुश शासनको प्रतिउत्तरमा साझा लोकतान्त्रिक अवधारणा राख्नेहरूको गठबन्धन निर्माण गर्ने अपेक्षा व्याप्त छ ।

क्यापिटल हिलमा उपद्रोको सबैभन्दा हैरानीपूर्ण पाटो यो हो कि यसले त्यो विभाजित अमेरिका देखाउँछ, जसमा सरकार र राजनीतिक प्रणालीप्रतिको विश्वासहिनताको गुण प्रकट हुन्छ । अझ तिव्रतापूर्वक बढ्दै गएको विभाजन र द्वन्द्व साथै नश्लीय असमानता उदित हुन्छ ।

निसन्देह यो घटनाले बेइजिङ शक्तिको करिडोर र यसको गल्लीमा हिंडिरहेको मान्छेको दृष्टिकोणलाई अझ बलियो बनाउँछ । उसलाई पक्का यो लाग्ने छ कि अमेरिकी ‘अपवादवाद’ को पतन हुँदैछ, चिनियाँ ‘अपवादवाद’को उदय हुँदैछ ।

वाङ झियाङ बेइ

चिनियाँ नेताहरूका लागि यो भन्दा गज्जब राम्रो समय अर्को हुनै सक्दैनथ्यो किनकी उनीहरू जुलाई १ बाट शुरु हुने चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दि वर्षगाँठको तयारीमा छन् । क्यापिटल हिलको उपद्रो र अवाञ्छित परिणाम चिनियाँ नेताहरूका लागि आफ्ना जनतालाई अमेरिकी प्रणाली पतन र लोकतन्त्र बिनै अधिनायकवादी शासन अन्तर्गत नै चिनियाँ कम्युनिष्ट पार्टीले दिन सकेको स्थायीत्व र आर्थिक वृद्धिका उत्तम प्रमाण बन्नेछन् ।

निश्चय नै अमेरिकी प्रणालीको संस्थागत क्षमतालाई अझै पनि कम आँक्न सकिंदैन । अमेरिकी प्रतिनिधिसभाले ट्रम्पलाई महाअभियोग लगाउने प्रस्तावको पक्षमा मतदान गरेको छ । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । तर यो सिनेटले पुरा गर्नुपर्ने एक लामो प्रक्रिया हो ।

ट्रम्प शासनको अन्तिम हप्ता के कस्तो होला भन्ने चासो अहिले सर्वत्र छ । आगामी बुधवार ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ । यसका लागि अमेरिकाका ५० वटै राजधानी शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सपथ ग्रहण समारोहका लागि मात्र २० हजार नेशनल गार्ड तैनाथ गरिने छ ।

मानौं कि बिना समस्या बाइडेनले सत्ता प्राप्त गर्नेछन् तथापि उनीले एक आँधीमय समयको दायित्व पुरा गर्नुपर्ने छ । विशेषतः सरकार, राजनीतिक प्रणाली र लोकतन्त्रप्रतिको समर्थन पुनर्प्राप्ति  गर्नुपर्ने छ ।

अर्थोक जे भए पनि अमेरिकालाई अब लोकतन्त्रका मूल्यमान्यताबारे अरु देशलाई अर्तिउपदेश र भाषण दिन निक्कै गाह्रो काम हुनेछ ।

हालसालै, चीनले भने आफ्नो विशाल सांस्कृतिक तथा ऐतिहासिक विरासतका बीच शान्तिपूर्ण र चयनात्मक उदयका लागि आफ्नै प्रकारको भाष्य निर्माण गरेको छ । चिनियाँ अधिकारी र विश्लेषकहरूको तर्क छ कि ‘चिनियाँ अपवादवाद’ को अर्थ त्यो चीन हो, जसको जरासम्म कन्फुसियसवाद छ र त्यसले द्वन्द्व निवारण सामञ्जस्यताको क्षमता राख्दछ । चीनले शक्ति राष्ट्रका रुपमा विश्व प्रभुत्व कायम गर्न पश्चिमा राष्ट्रहरूको जस्तो युद्धउन्मादी बाटो अवलम्बन गर्न जरुरी छैन ।

उदारणका लागि चिनियाँ बुद्धिजिवी तथा सार्वजनिक बौद्धिकहरू बारम्बार भन्छन् कि हान वंशीय चिनियाँ शासनसँग वैदेशिक हस्तक्षेपको भिन्नै परम्परा थियो । जस्तो कि १५औं शताब्दिको प्रारम्भतिर झेन हेले नेतृत्व गरेको मिङ वंशीय शासनले पश्चिमी प्रशान्त र हिन्द महासागरसम्म पुग्न ७ वटा ठूला आरोहण अभियानहरू चलाएको थियो । ती आरोहणहरूको उद्देश्य सम्राटको शक्ति र वैभव पश्चिमा विश्वलाई देखाउनु थियो । तर ती आरोहणहरू हतियारको साटो व्यापारिक फाइदा र औपनिवेशिक अवसरहरूको उपयोग गर्ने तरिकाका थिए ।

चीनको ग्रेटवाललाई पनि आक्रमणको साटो प्रतिरक्षा गर्ने चिनियाँ माइण्डसेटको प्रतीक मान्ने गरिन्छ ।

देशभित्र र बाहिर दुवैतिर यो अपेक्षा थियो कि चार दशक लामो स्वतन्त्र बजार अर्थतन्त्रको प्रयोगले पारदर्शी आर्थिक बेछि, आर्थिक स्वतन्त्रता हुँदै राजनीतिक उदारीकरणलाई समेत प्रवर्द्धन गर्नेछ । तर यी अपेक्षाहरू सन् २०१२ मा सि जिन पिङको उदयसँगै शिथिल भएका थिए ।

त्यसयता चिनियाँ नेतृत्वले समाजका सबै तहमा पार्टीको नियन्त्रणलाई अझ बढाएको छ । साथै यो दाबी गरेको छ कि पार्टीले देशका सबै चिजहरू नियन्त्रण गर्न सक्दछ । सि जिन पिङ बारम्बार चिनियाँ विशेषता सहितको समाजवादप्रति आफ्नो विश्वास व्यक्त गर्ने गर्दछन् । समाजवाद, पार्टी सिद्धान्त, राजनीतिक प्रणाली र संस्कृतिलाई पार्टी सिद्धान्तका रुपमा ‘चार विश्वासहरू’ भन्ने गरिन्छ ।

यद्यपि चीनको बाह्य सम्बन्ध भने बिग्रँदै गएको छ । ट्रम्पको अकल्पनीय शासनकालमा दुई देशबीचको स्वतन्त्र सम्बन्धमा निक्कै गिरावट आयो । तर बितेका चार वर्षमा चीन र सि जिन पिङको नेतृत्वको अनुकूल र फाइदाजनक घटनाक्रम कम रहेनन् । उदाहरणका लागि कोभिड–१९ को महाव्याधीलाई नै लिन सकिन्छ ।

कतिपय पश्चिमा सञ्चार माध्यमले यसलाई प्रारम्भमा सोभियत संघको सन् १९८६ को चेर्नोभिल आणविक भट्टी दुर्घटनाजस्तै ठानेर आलोचना गरे । यो काण्डले सोभियत संघको पतनमा ठूलो भूमिका गरेको थियो ।

तर करिब ३ हप्ता नबित्दै चिनियाँ अधिकारीहरूले व्यापक प्रतिरोध रणनीति तयार गरे । कोभिड–१९ नियन्त्रण गर्न चीन सफल भयो र जनजीवन सामान्य गतिमा फर्कियो ।

जब कोरोना भाइरसको कारण विश्व नै थला पर्‍यो, चीनले भने अपेक्षित आर्थिक वृद्धि हासिल गरिरह्यो । गत आर्थिक वर्षमा पनि चीनको आर्थिक वृद्धिदर सकारात्मक रह्यो भने आगामी वर्ष ८ प्रतिशत हुने अपेक्षा छ ।

चीनमा अहिले कारखानाहरू पूर्ण उत्पादन क्षमतामा चल्दैछन् । निर्यात व्यापक छ । शेयर बजार तेजीमा छ । अमेरिकी डलरसँग चीनको युवानको टक्कर कडा हुँदैछ । चिनले देशबाट निरपेक्ष गरिबी छिट्टै निराकरण गर्ने घोषणा गरेको छ ।

यी सबै कुराले चीनको राष्ट्रिय गौरव र देशशक्तिलाई व्यापक बढाएका छन् । साथै पार्टी प्राधिकारमा पनि उत्तिकै वृद्धि भएको छ । अर्कोतिर यही बेला वासिङ्टनमा भने कोरोना नियन्त्रणमा असफलता हात लागेको छ र राजनीतिक उपद्रो देखापरेको छ ।

यो पृष्ठभूमिले सि जिन पिङलाई जुलाई १ को भिजिन तयार गर्न मद्दत गर्नेछन् । उनले यो भन्न सक्नेछन् कि अधिनायकवादी एकदलीय शासनका नियम र स्वतन्त्र बजार अर्थतन्त्रका सिद्धान्तहरूबीच एक विचित्र सामञ्जस्यक कायम गरी चिनले अद्वितीय मोडेल निर्माण गरेको छ र यो देशलाई विकासको नयाँ चरणमा अगाडि लान फलदायी हुनेछ ।

साउथ चाइना मोर्निङ पोष्टबाट भावानुवाद ।

The post अमेरिकी ‘अपवाद’ को पतन र चिनियाँ ‘अपवाद’ को उदय appeared first on Sajha Post.

यसरी तीव्र बन्यो ट्रम्प युगमा अमेरिकाको राजनीतिक क्षय

$
0
0

सन् २०१४ को फोरेन अफियर्स मा मैले अमेरिकाको राजनीतिक क्षयको जरो र राजकीय संस्थाहरुको अकर्मण्यताप्रति अफशोस व्यक्त गर्दै लेखेको थिएँ, ‘बौद्धिक जडता र साँघुरो सोच भएका राजनीतिकर्मीहरुको एक संयोजनको कारणले यहाँका संस्थाहरुको सुधार रोकिएको छ । एउटा निक्कै ठूलो राजनीतिक झड्का विना स्थितिमा परिवर्तन आउने कुनै प्रत्याभूति छैन ।’

त्यो वर्ष मलाई लागेको थियो कि बर्नी स्यान्डर्स र डोनाल्ड ट्रम्पले अमेरिकी राजनीतिलाई त्यस्तो झड्का दिनेछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका दौरान मैले अमेरिकी राजनीतिक क्षयको पक्षलाई पुनर्विचार गरेको थिएँ । मैले मतदातालाई यसरी सोच्न प्रेरित गरेको थिएँ, ‘राजनीतिक रंगावलीको दुवै पक्षमा भएका मतदाताहरुले एक भ्रष्ट र आत्मकेन्द्रित संस्थापन पक्षलाई भन्दा तिनीहरुको खिलाप कुनै त्यो वृत्तभन्दा बाहिरियालाई साथ दिऊन् ताकी शुद्धीकरणको प्रक्रियाले ठाउँ पाओस् ।’

साथै मैले यस्तो चेतावनी पनि दिएको थिएँ, ‘पपुलिष्ट जिहादीहरु यस्तो कार्यका लागि नादान र असहयोगी हुनेछन् । यदि त्यस्ता तत्वहरुले मौका पाए भने स्थिति शुद्धता र स्वस्थतातिर बढ्नुको साटो अझ खराब स्थितिको सामना गर्नुपर्ने हुन सक्दछ ।’ वास्तवमा अमेरिकी मतदाताहरुले त्यस्तै तत्वहरुलाई आत्मसात गरेका थिए, कम्तीमा डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस प्रवेश गराएर ।

र, स्थिति झनझनै नराम्रो हुँदै गयो । राजनीतिक गिरावटको प्रक्रिया यति छिटो र झनझन खराब हुँदै गयो कि त्यसलाई फिर्ता ल्याउने सहजता समेत बाँकी रहेन । अन्ततः त्यो जनवरी ६ को क्यापिटल हिलमाथि भीडले आक्रमण गर्ने स्थितिमा पुग्यो । अमेरिकी राष्ट्रपति आफैंले एक उपद्रो आमन्त्रण गरे ।

फ्रान्सिस फुकयामा

यसबीच यो स्थितिमा कुनै परिवर्तन आएको छैन । यस्तो संकट ल्याउने अन्तर्निहित कारणहरु अहिले पनि जस्ताको त्यस्तै छन् । अमेरिकी राज्य र सरकार केही शक्ति सम्भ्रान्तको वृत्तले कब्जा गरेको छ । उनीहरु राज्यका नीतिहरु आफ्ना हितमा मात्र परिमार्जन गर्दछन् । समग्रतामा शासनको वैधता कायम हुन सकेको छैन ।

अमेरिकी प्रणाली आफैंमा यति कठोर छ कि त्यसले आफूले आफैंलाई सुधार गर्ने क्षमता राख्दैन । दुई अनपेक्षित कुराले यो अवस्थालाई अप्रत्याशित रुपमा झनै खराब बनाइदिएको छन् ।

एक– नयाँ सूचना प्रविधिले लोकतान्त्रिक विवेचनाको आम तथ्यपरक प्रवृतिलाई गायब गरिदिएको छ । अर्को– कुनै समय रातो र नीलो समूहबीच नीतिगत भिन्नताहरु हुन्थे, आज ती सांस्कृतिक पहिचानको आधारमा कठोरतापूर्वक विभाजित छन् ।

सिद्धान्ततः दुवै पक्षका रिस, आक्रोश र विभाजनहरु अमेरिकी सम्भ्रान्त वृत्तद्वारा राज्य कब्जा गर्न सम्भव बनाउने एकताको आधार बनेका छन् । दुर्भाग्यपूर्ण कुरा यसको तारो वा लक्ष्य भने अन्यत्रै छ । वामपन्थी जनाधारका लागि सम्भ्रान्तहरुले पुँजीवादी स्वार्थ समूह र निगमहरु, तेल इन्धन कम्पनीहरु, वालस्ट्रिटका बैंकहरु, ठूलो धनराशी कब्जा गरेका खरबपतिहरु, रिपब्लिकन पार्टीका ठूला चन्दादाताहरुको कुरा उठाउँछन् ।

दक्षिणपन्थीहरुको घातक हमला हलिउडका साँस्कृतिक दलाल, मुलधार मिडिया, विश्वविद्यालय र धर्मनिरपेक्ष तथा बहुसाँस्कृतिक विचार फैलाउने संस्थाहरुमाथि हुन्छ । यस्ता संस्था र तिनका कार्यहरु अमरिकाको परम्परागत क्रिश्चियन मूल्य प्रणालीको विरुद्ध हुन्छ भनिन्छ ।

यसका अतिरिक्त केही साझा चिन्ताहरु पनि छन्, जुन दुवै पक्षले उठाउँछन् । जस्तो कि– भीमकाय हुँदै गएका प्रविधि कम्पनीहरुको डर दुवैतिर छ । नीलाहरु भन्छन् कि फेसबुक र ट्वीटरजस्ता कम्पनीहरुले षड्यन्त्र सिद्धान्त र ट्रम्पिज्मलाई प्रवद्र्धन गर्दैछन् अर्कोतिर राताहरुको आरोप हुन्छ कि यस्ता कम्पनीहरु अमेरिकी परम्परा, संस्कृति र सम्वर्द्धनवादप्रति पूर्वाग्रही छन् ।

अमेरिकी प्रणालीको जडता झनझन प्रष्ट र समस्याग्रस्त हुँदैछ तर यसका आफ्नै मूल्यहरु छन् । अमेरिकी संविधानको व्यवस्था नियन्त्रण र सन्तुलनले अझै काम गरिरहेको छ । ट्रम्पको निरन्तर प्रयासका बाबजुद देशका संस्थागत आधारशिला जस्तो अदालत, कर्मचारीतन्त्र र स्थानीय प्राधिकारहरुले ट्रम्पलाई धेरै खराब कार्यहरु गर्नबाट रोकेका छन् ।

यसको सबैभन्दा प्रष्ट प्रमाण ट्रम्पको सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणाम अस्वीकार गर्ने प्रयास हो । ट्रम्पले नै नियुक्त गरेका न्यायधिशहरु हुँदाहुँदै पनि न्यायिक प्रणालीले ट्रम्पका दर्जनौं न्यायिक मागहरु अस्वीकार गरेको छ । जर्जियाका राज्य सचिव ब्राड राफेनस्पेनगरले त्यहाँको निर्वाचन परिणाम उल्टाउन ट्रम्पले दिएको दवाबलाई अस्वीकार गर्दै नायकत्वपूर्ण कार्य गरेका छन् ।

तर, ट्रम्पलाई व्यवधान गर्ने त्यही सन्तुलनले नै अकर्मण्य प्रणालीलाई सुधार गर्ने भविष्यमुखी प्रयासलाई सीमित गर्दछ । रिपब्लिकनहरुले सबैभन्दा बढी फाइदा उठाएको पेचिलो संस्थागत त्रुटी भनेको निर्वाचक मण्डलको प्रणाली र सिनेटको बनौट हो । यी संवैधानिक प्रावधानले रिपब्लिकनहरुलाई लोकप्रिय मत प्राप्त नगरिकन राष्ट्रिय र प्रादेशिक तहमा शक्ति नियन्त्रण गर्ने अवसर दिन्छन् ।

अमेरिकी संविधानमा परिवर्तन जस्तै– निर्वाचक मण्डल हटाउने कुरा सामान्यतया कार्यसूचिमै छैन । संविधान संशोधन पारित र सम्पुष्टिकरणमा अग्ला तगाराहरु छन् । डेमोक्र्याट्सहरुको बिरल बहुमतमाथि रिपब्लिकनहरुको सिनेट भिटो हावी हुने गर्दछ । सामान्य सांसारिक सवाल जस्तो कि मन्त्री नियुक्ति, डिस्ट्रिक अफ कोलम्बियालाई प्रदेशको मान्यता दिने सवाल वा नयाँ मतदाताहरुको भोटिङ अधिकारजस्ता विषयमा समेत उनीहरु भिटो प्रयोग गर्न तयार हुन्छन् ।

जस्तो कि नयाँ आर्थिक स्टिमुलस प्याकेज वा पूर्वाधार संरचनामा खर्चजस्ता आधारभूत र महत्वाकांक्षाहीन कार्यक्रम लागू गर्न समेत निर्वाचित राष्ट्रपति जो बाइडेनले निक्कै ठूलो कौशल र भाग्यको साहारा लिनुपर्ने हुन्छ । संक्रमणकालीन संचरनात्मक सुधारका लागि डेमोक्रेट्सहरुले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्याकेजको समेत केही अंशमात्र पारित हुन सक्ने छ ।

जस्तो कि सन् २०१६ को मेरो लेखमा मैले उल्लेख गरेको थिएँ– अमेरिकी राजनीतिको आधारभूत अकर्मण्यता नियन्त्रण र सन्तुलन सम्बन्धी संस्था र निकायहरुबीच राजनीतिक ध्रुवीकरण र निरन्तर विभाजनको झगडाबाट उत्पादित गतिरोधअनुरुप क्रियान्वयन हुनु हो त्यसयता ध्रुवीकरण अझै गहिरो र अझै खतरनाक भएको छ ।

विभाजनको एउटा कारण त प्रविधि आफैं बन्न पुगेको छ, जसले मूलधार मिडिया र सरकारबारेकोे सार्वजनिक विश्वास र धारणालाई संस्थागत पद्धतिमा बाँध्न सक्ने क्षमता गुमाएको छ । भर्खरैको एक सर्वेक्षणअनुसार ७७ प्रतिशत रिपब्लिकनहरु सन् २०२० को निर्वाचनमा कुनै ठूलो धोकाबाजी भएको हुनु पर्ने विश्वास गर्दछन् ।

ट्रम्प र उनका निकस्थहरुको एउटा समूहमा निरन्तर अधिनायकवादी सोच बढिरहेको कुरा सत्य हो, यस्तो चर्चा धेरैले गरिरहेकै हुन्छन् तर करोडौं मानिस अझै उनीहरुलाई भोट दिन मन पराउँछन् । ती मानिसले लोकतन्त्र मन नपराएर ट्रम्प र ट्रम्पका अनुयायीहरुलाई समर्थन गरेका हैनन्, बरु उनीहरुको हृदयमा गहिरो गरी के परेको छ भने डेमोक्रेट्सहरुले साँच्चै नै निर्वाचन परिणाम चोरेका हुन्, लोकतन्त्रको रक्षा गर्न ट्रम्पलाई साथ दिन जरुरी छ ।

आधुनिक सूचना प्रविधिको युगमा निर्माण हुन सक्ने यसप्रकारको समस्याको समाधान आउने समयका लागि निक्कै ठूलो चुनौति हुनेछ । जनवरी ६ को क्यापिटल हिल आक्रमणको सेरोफेरोमा ट्रम्पलाई बन्देज गरेर ट्वीटर र फेसबुकले राम्रो काम गरेका थिए । यस्तो निर्णय राष्ट्रिय आपतकालको बेला अल्पकालीन रुपमा बचाउयोग्य हुन सक्दछ । खुलेआम हिंसा आमन्त्रण गर्ने कुरालाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारबाट भिन्न गर्नै पर्दछ ।

तर, दीर्घकालका लागि कुनै निजी कम्पनीले यस्तो गर्नु वैधानिक अधिकार मान्न सकिन्नँ । अभिव्यक्ति स्वतन्त्रताको अधिकारजस्ता प्रश्नमा कुनै निजी कम्पनीलाई निर्णायक बनाउन सकिन्नँ, र यो सधैँ सार्वजनिक नियमनको विषय नै हुन्छ । यस्ता मञ्चहरुलाई त्यस्तो अधिकार प्रयोग गर्न सक्ने गरी अधिकार दिनु देशका लागि ठूलो भूल हुनेछ ।

फोरेन अफेयर्सको एक लेखमा मैले मेरा दुई सहकर्मी लेखकहरुसँग बीचका कुनै ‘बिषय मोडरेट’ गर्ने निकाय प्रवर्द्धन गर्नुपर्ने प्रस्ताव गरेका छौं । ताकि त्यस्ता मञ्चहरुमा मानिसको अभिव्यक्ति स्वतन्त्रता पनि कुन्ठित नहोस् । प्रयोगकर्ताहरुले सामना गर्नुपर्ने नियन्त्रण र संकुचनबारे निर्णय लिने अधिकार निजी कम्पनीमा नभएर त्यस्ता संस्थाहरुमा होस् । यस्तो प्रयासले षड्यन्त्र सिद्धान्तको गुन्जाइसलाई समाप्त त गर्दैन तर त्यस्ता मञ्चहरुलाई प्रतिकूल लाग्ने कमजोर आवाजहरु दबाउने वा मौन गरिने कार्यहरु भने न्यूनीकरण हुनेछन् ।

दोस्रो विकासक्रम देशको गहिरिँदो विभाजनलाई पहिचानहरुको झगडाको साटो तर्कसम्मत पद्धतिमा ल्याउनु हो । सन् १९९० मा पहिचानमा आधारित ध्रुवीकरण भर्खरै शुरुवात मात्र भएको बेला दुई अमेरिकी खेमामा करका दरहरु, स्वास्थ्य बिमा, गर्भपतन अधिकार, बन्दुक राख्ने अधिकार र अन्तर्राष्ट्रिय मामिलामा अमेरिकी सेनाको प्रयोगबारे विवाद र विमति थिए ।

यी सवालहरुको अहिले पनि अन्त्य भएको छैन । तर, नश्ल, जातीयता, लिङ्ग वा अन्य सामाजिक संकेतक पहिचानहरुको प्रश्न प्रखर भएर आएको छ । राजनीतिक दलहरु राजनीतिक कविलाले हातमा लिएका छन् ।

यो कविलावादको सबैभन्दा धेरै उच्चारण रिपब्लिकन पार्टीमा देखिन्छ । ट्रम्पले यो पार्टीलाई पार्टीका आधारभूत राजनीतिक सिद्धान्तहरु परित्याग गराउँदै सजिलै प्रबन्धन गरे । जस्तै- स्वतन्त्र व्यापार, लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय समर्थन, अधिनायकवादलाई रोक्ने कुरा यस पार्टीका विश्वासहरु थिए । जब ट्रम्पको सनक र आत्मकेन्द्रण गहिरो हुँदै गयो, पार्टी पनि व्यक्ति जस्तै हुँदै गयो ।

ट्रम्पको राष्ट्रपतीय कार्यकालमा रिपब्लिकनहरुले ट्रम्पप्रतिको बफादारितालाई परीक्षाजस्तो बनाए । यदि कसैले थोरै मात्र ट्रम्पको आलोचना गर्यो वा विमति राख्यो भने सजिलै पार्टीबाट बाहिर पर्ने स्थिति बन्यो । पार्टीको राष्ट्रिय सम्मेलनको महत्वलाई समेत अर्थहीन मान्न थालियो ताकी ट्रम्पले जे चाहन्छन्, त्यही हुने अवस्था आयो । यहाँसम्मकी मास्क लगाउनु पर्ने कोभिड–१९ महाव्याधीको सामान्य स्वास्थ्य मापदण्ड समेत राजनीतिक विभाजनको ठूलो मुद्दा बन्न पुग्यो ।

यस्ता व्यापक भौगोलिक तथा जनसांख्यिक विभाजन सन् २०१६ देखि नै सतहमा आइसकेका थिए । जस्तो कि राजनीतिक वैज्ञानिक जोनाथन रोडनले ट्रम्प समर्थक र विरोधी मनोभावनाको जनसांख्यिक घनत्वसँगको सहसम्बन्ध व्याख्या गरिसकेका थिए । महानगर र शहरहरु नीलो हुँदै गएका थिए भने ग्रामिण क्षेत्रहरु रातो हुँदै गए । यो विभाजन सांस्कृतिक मूल्य प्रणालीमा आधारित थियो । यो अमेरिकाको मात्र नभएर संसारका धेरै देशसँग मिल्दोजुल्दो छ ।

तर, अहिले जे चिजहरु भइरहेका छन्, त्यसलाई संरचनात्मक तत्वहरुबाट मात्र विश्लेषण गर्न सकिँदैन । सर्वेक्षणहरुले के देखाउँछन् भने रिपब्लिकनहरु षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने मात्र हैन कि ‘शैतानहरुले उनीहरुको राजनीति र मिडियामाथि कब्जा जमाउँदै गएको’ धारणा राख्नछन् । रिपब्लिकन अब विचार र नीतिहरुमा आधारित राजनीतिक पार्टी मात्र नरहेर एक अन्ध बफादारिताको समूह बन्दैछ ।

कविलावादको भावना वामपन्थीहरुमा पनि छ तर तुलनात्मक रुपमा अलिक कम । पहिचानको राजनीति सन् १९६० र ७० को दशकको वामपन्थी राजनीतिबाटै शुरुवात भएको थियो । पहिचान आधारित राजनीतिक परिचालनको ध्येय नश्ल, जातीयता, लिङ्ग आदि समूहमाथि हुने विभेदका विरुद्ध सकारात्मक विभेदका क्रियाकलापहरुको मागबाट भएको थियो । तर ‘नीलो अमेरिका’ उनीहरुका प्रतिस्पर्धी ‘रातो अमेरिका’ भन्दा धेरै अर्थमा विविधिकृत छन् । बाइडेनको राष्ट्रपतीय शासनकालमा पनि यी मुद्दाहरुले ट्रम्पको रिपब्लिकनमा जस्तै डेमोक्र्याटिक पार्टीभित्र विभाजन बनाउँनेछन् ।

बाइडेनको सपथ ग्रहणपछि देश कतातिर जान्छ, कसैले अनुमान गर्न सक्दैन । पहिलो अनिश्चितता स्वयं रिपब्लिकन पार्टीभित्र छ । ट्रम्प र उनका अनुयायीहरुले जसरी क्यापिटल हिलमा हिंसात्मक हमला गरे सायद त्यसको सार्वजनिक विरोध हुनेछ । राजनीतिकरुपमा ट्रम्पको शासनकाल रिपब्लिकन पार्टीका लागि फलदायी रहेन । सन् २०१७ मा पार्टीसँग राष्ट्रपति र संसदमा बहुमत दुवै थियो । अहिले दुवै छैन ।

तर रिपब्लिकन पार्टीभित्र ट्रम्पको व्यक्तित्व पूजाको प्रवृति पनि कमजोर छैन । तसर्थ रिपब्लिकन पार्टीभित्र पुराना मूलधार रिपब्लिकनहरुले हतार गर्नुको साटो विस्तारै र सुनिश्चिततापूर्वक पार्टी प्राधिकारलाई पुनर्प्राप्ति गर्नेछन् । उनीहरुले पार्टी शक्तिको क्षय नहोस् र पार्टी समीकरण भविष्यका निर्वाचन परिणामका लागि सहयोगी होस् भन्ने कुरा अवश्य विचार गर्नेछन् ।

अर्कोतिरबाट हेर्दा ट्रम्पले पार्टीमाथिको नियन्त्रण कायमै राख्ने सम्भावना पनि छ । उनीले आफूलाई देशका लागि शहीद हुन समेत तयार एक बलिदानी भावनापूर्ण व्यक्तिका रुपमा प्रस्तुत गर्न सक्नेछन् । त्यस्तो बेला रिपब्लिकनभित्र एक अतिवादी, कट्टरपन्थी समर्थकहरु बलियो हुन सक्नेछन् । उनीहरुले बाइडेन प्रशासनलाई काम गर्न नदिन आतंकवादी क्रियाकलाप, हिंसा, सडक प्रदर्शन र हड्तालजस्ता कार्य गर्न सक्नेछन् ।

आगामी दिनमा अमेरिकी भूमिकाको कारण विश्व लोकतन्त्रको प्रवृत्ति समेत प्रभावित हुनेछ । ट्रम्प कार्यकालबाट रुसका पुटिन र चीनका सि जिन पिङजस्ता अधिनायकहरु हस्तान्तरित भएका छन् । अमेरिका आफैं विभाजित, आन्तरिकरुपमै व्यस्त र आफ्नै लोकतान्त्रिक मूल्यहरुप्रति बेमेलको अवस्थामा छ ।

अन्तर्राष्ट्रिय अडानको सवालमा संसदमा एक प्रष्ट बहुमतको साथ बाइडेन निर्वाचित हुनु मात्र अमेरिकाका लागि पर्याप्त छैन । सन् १९५० मा म्याकार्थिज्मलाई जस्तै अहिले ट्रम्पिज्मलाई जरैदेखि उलेखेर फ्याँक्न जरुरी छ । राष्ट्रिय मान्यताहरुमाथि आघात पुर्याएका राजनीतिक सम्भ्रान्त र संस्थाहरुले आफ्नो नैतिक प्राधिकारलाई पुनस्र्थापित गर्न सक्नु पर्दछ । के उनीहरु यो चुनौति सामना गर्न सक्लान्- यसैमा अमेरिका, यसका संवैधानिक संस्था र अझ बढी अमेरिकी जनताको भाग्य निर्भर गर्ने छ ।

(जनवरी १८ को फरेन अफेयर्सबाट साझापोस्टले गरेको संक्षेपीकरणसहितको भावानुवाद)

The post यसरी तीव्र बन्यो ट्रम्प युगमा अमेरिकाको राजनीतिक क्षय appeared first on Sajha Post.

Viewing all 942 articles
Browse latest View live