Quantcast
Channel: विचार – Sajha Post
Viewing all 942 articles
Browse latest View live

यहाँ विचार र एजेण्डाले मात्र भोट आउँदैन

$
0
0

इतिहास बदल्न सकिन्नँ । तर, इतिहासको व्याख्या सधै एउटै हुँदैन । नेपाल बन्यो, यो इतिहास भयो । तर कसरी बन्यो ? त्यसको व्याख्या चाहियो होला । गोर्खालीले सबैलाई जिते, शाह राजाको दरबार गोर्खाबाट काठमाडौं सारियो, सुगौली सन्धि भयो, मेचीकाली सिमाना लाग्यो । यस्तै व्याख्या गरियो । तर, लिम्बुवानले यस्तो व्याख्या कहिल्यै पत्याएन । किनकी लिम्बुवानी जनताले आफ्ना पितापुर्खाबाट यस्तो कैरन कहिल्यै सुनेका थिएनन् । लिम्बुहरुको रगतमै यस्तो सोच थिएन । अहिले पनि छैन ।
लिम्बुवानलाई गोर्खालीले जितेका हैनन्, जित्न सकेका हैनन् । गोर्खाली र लिम्बुवानका बीचमा धेरै घमासान युद्धहरु भए । हारजित भएन । कसैले कसैलाई जितेन । अन्ततः सम्झौता भयो । लिम्बुवानले नेपालको केन्द्रीय सम्प्रभुता स्वीकार गर्ने । शाह राजाहरुले लिम्बुवानको स्वायत्तता स्वीकार गर्ने । यो कस्तो सम्झौता हो त ? यो सम्झौताको अन्तर्य नै अहिलेको संघीयता हो । त्यतिखेर हाम्रा पुर्खाले संघीयता भन्न जानेनन् होला । तर केन्द्रीय सम्प्रभुता र स्थानीय स्वायत्तता वा स्वशासन बीचको सन्तुलन नै संघीयता हो । तसर्थ, जबसम्म लिम्बुवान प्रदेश हुँदैन, नेपालको संघीयता पूर्ण हुनै सक्दैन ।

यो व्याख्याको जगमा लिम्बुवानी आन्दोलन बनेको छ । यो इतिहाससिद्ध तथ्य हो । अहिले एकखाले मानिस भन्छन्– अहिलेको प्रदेश–१ को नाम किराँत राखिदिऊँ । किराँत र लिम्बुवान दुवै आन्दोलनको औचित्य समाप्त हुन्छ । यो सोचसँग सहमत हुन सकिन्नँ । किराँत महासभ्यता हो, संस्कृति हो । तर राज्यको रुपमा किराँत शासन त काठमाडौंमा थियो, त्यो लिच्छविकालभन्दा अगाडि ।

त्यो धेरै पुरानो कुरा भयो, तर लिम्बुवान राज्य त अस्ति भर्खरको कुरा हो । २०० वर्ष अगाडिको कुरा हो । हाम्रा पुर्खा र शाह राजाहरुबीच भएको सम्झौताका लिखत अझै छन् । लिम्बुवान हामीले कुनै नयाँ आन्दोलन उठाएको हैन । लिम्बुवान आन्दोलनको लामो इतिहास छ । लामो मनोविज्ञान छ । त्यो चलिरहेको आन्दोलनलाई गणतन्त्र, संविधानसभा र संघीयताको युगमा, नयाँ सन्दर्भमा पुनर्जाग्रित गरेका मात्र हौं । संविधानमा लिम्बुवान लेखिनुपर्छ, एउटा प्रदेश लिम्बुवान हुनुपर्दछ, त्यो इतिहास, पुर्खा-पुर्खाहरुको सम्झौताको पनि सम्मान हुनु पनि हो ।

लिम्बुवान आन्दोलन सकियो वा सुषुप्त भयो भन्ने कतिपयलाई लागेको होला । तर त्यस्तो हुनेवाला छैन । लिम्बुवान आन्दोलन एउटा नयाँ अवस्था, एउटा नयाँ आँधीको पखाईमा छ । त्यहाँ मान्छेले कांग्रेसलाई भोट दिएका होलान्, कम्युनिष्टलाई भोट दिएका होलान् । पार्टी प्रणाली र त्यसको प्रभावले जनतालाई बाँधेको छ । तर उनीहरुको हृदय अहिले पनि लिम्बुवान, लिम्बुवानी संस्कृति र लिम्बुवानबासी हुनुको आत्मगौरवले भरिएको छ । त्यो भावना कुनै दिन जाग्छ ।

नेपालको संघीयताको आन्दोलनमा थुप्रै भ्रमपूर्ण र मनोगत बहस भए । कयौं भ्रमपूर्ण कुरा गरिए । त्यसले मान्छेको मनोविज्ञान गन्जागोल बनायो । भन्न खोजिएको कुरा एउटा थियो, अर्कै कुरा बुझियो र अर्कै अर्थ लगाईयो । पहिचान भन्नाले जे बुझ्नु पर्ने हो त्यो बुझिएन । आफैले नबुझी पहिचान बुझाउँदा गोलमटोल बन्न पुग्यो । कसैले कांग्रेसको चश्माले हेरे । कसले कम्युनिष्टको चश्माले हेरे ।


पहिचान भनेको जातीयता हो भन्ने हल्ला भयो । जबकी पहिचान विश्वव्यापी मानक शब्द हो । पहिचान त्यतिकै बन्दैनन् । पहिचान र राज्य निर्माणबीच नजिकको सम्बन्ध हुन्छ । राज्यहरु किन बन्छन त ? जस्तो कि युरोपमा किन बेलायत, फ्रान्स, इटली, जर्मनी आदि किन भएको ? युरोप किन एउटै देश वा राज्य नभएको ? त्यसको कारण त पहिचान नै हो । युरोपमा मुख्यतः जातीय र भाषिक पहिचान थियो । यसको अर्थ हरेक पहिचानको एक राज्य वा एक भिन्नै देश हुनैपर्छ भन्ने हैन । तर तिनीहरुको स्वायत्तता, स्वशासन र भाषिक सांस्कृतिक अधिकार प्रत्याभूत हुनुपर्‍यो । हो यसैका लागि संघीयता चाहिने होला ।

नेपालमा पहिचान शब्दको अर्थ फरकफरक लाग्यो । यो स्वभाविक थियो । एउटा उदाहरणमा हेरौं– जस्तो कि सुँगुर । सुँगुर शब्दको अर्थ नेपाली भाषाको शब्दकोषमा जसरी गरिएको हुन्छ, लिम्बु भाषाको शब्दकोषमा त्यही हुँदैन । नेपालीमा सुँगुर भन्दा ‘फोहोरी हिलोमा बस्ने जनावर’ बुझिन्छ । लिम्बुमा सुँगुर भन्दा ‘एक पवित्र प्राणी जसलाई चाडपर्व वा विशेष अवसरमा मान्यजन कहाँ कोसेली लान प्रयोग गरिन्छ’ हुन्छ । त्यही एउटा सुँगुरलाई एउटा भाषाले ‘फोहोरी’ भन्छ अर्कोले ‘पवित्र’ भन्छ । ‘पहिचान’ शब्द नेपालमा ठीक यस्तै अवस्थामा पर्‍यो ।

जसको भाषा, संस्कृति पहिलेदेखि नै सुनिश्चित भयो, उनीहरुले त्यसको महत्व बुझ्नेनन् । उनीहरुलाई प्रचलनको अप्ठ्यारो थिएन । अभाव भएको भए न महत्व गहिरो अनुभूति हुन्छ । जसलाई अभाव थियो उनीहरुले पहिचानको अर्थ अधिकारका रुपमा गरे । जसले यो बुझेनन् उनीहरुले जातीयता भनेर उल्टो अर्थ लगाए । यो त कुनै व्यक्तिको दोष थिएन । यो त समझ र डिक्स्नेरी नै भिन्नता थियो । तर, लिम्बुवान आन्दोलन कुनै जातीय आन्दोलन थिएन । भाषिक, सांस्कृतिक, ऐतिहासिक र मनोवैज्ञानिक सबै हिसाबले एउटा मौलिक क्षेत्रलाई प्रदेशको रुपमा राजनीतिक मान्यता दिने कुरा थियो ।

माओवादी आन्दोलनले पहिचान र संघीयताको मुद्दा उठाएकै हो । शान्ति प्रक्रियामा आउने हतारोमा छोड्यो । मधेश आन्दोलन भयो, संघीयता स्थापित भयो । तर संघीयताको मान्यता अनुरुप प्रदेश रचना गर्न कांग्रेस–एमाले तयार भएनन् । प्रचण्डले ३० दलीय मोर्चा बनाए । अन्ततः ओलीसंगै मिले । प्रचण्डपथ ओलिज्ममा गएर विलिन भयो ।

त्यति धेरै उठाएको मुद्दा प्रचण्डले किन छोडे त ? किनकी उनी संघीयता र पहिचानको मुद्दामा दृढ थिएनन् । उनले यो मुद्दालाई सत्ता र शक्तिमा पुग्ने भर्‍याङ बनाएका थिए । अब यो मुद्दा विना पनि सत्ता र शक्तिमा टिक्छु भन्ने परे तब छोडे । अहिले पहिचानको शब्द उच्चारण गर्न समेत लाज मान्दछन् । यसले के देखाउँछ भने कुनै मुद्दा साँच्चै ‘बोक्नु’ र ‘बोकी हेर्नु’ फरक कुरा रहेछ । प्रचण्डले कहिल्यै संघीयता र पहिचानको मुद्दा बोकेका थिएनन्, बोकी हेरेका मात्र थिए । मुद्दा बोक्दा आत्मसात गर्नुपर्छ । बोकी हेर्दा आत्मसात नगर्दा हुन्छ, देखाउँदा मात्र हुँदोरहेछ ।

कांग्रेस–कम्युनिष्ट जबसम्म शत्तिशाली रहन्छन्, नेपालमा वास्तविक संघीयता कार्यान्वयन हुने देखिन्न । तर संविधान संशोधन गर्न त लिम्बुवानको भोटले मात्र पुग्दैन । मानौं कि लिम्बुवानको सबै भोट र सीट हामीले ल्यायौं, तर पनि केन्द्रीय संसदको दुईतिहाई त हुँदैन । तसर्थ, नेपालमा कांग्रेस–कम्युनिष्टलाई हाराहारीको चुनौति दिने र देशभरि नै पछार्न सक्ने राजनीतिक शक्ति चाहियो । त्यो कसरी निर्माण गर्ने त ? यो विन्दूमा आएर नेपालका सबै राष्ट्रियताहरु एउटा राष्ट्रिय शक्तिमा आबद्ध हुन आवश्यक छ । त्यसको संकेत समाजवादी पार्टीले दिएको छ ।

समाजवादी पार्टीले यो मुद्दालाई धोका दिनु हुँदैन । अन्यथा यो पनि हिजाको माओवादी जस्तो सकिन्छ । माओवादी भन्ने कति ठूलो पार्टी थियो । खै कहाँ पुग्यो आज ? प्रचण्ड आज एमाले नीति र सिद्धान्तको गीत गाउँदै हिडेका छन् । नेकपा भनेर के गर्नु ? त्यहाँ प्रचण्ड हिजोको जस्तो पहिचानको कुरा उठाउँन सक्दछन ? शासकीय स्वरुप फेर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउन सक्दछन् ? बिल्कुल सक्दैनन् । तसर्थ, प्रचण्ड भन्ने व्यक्ति त जीवितै होला तर उनको विचारको मौलिकता वा प्रचण्ड भन्ने व्यक्तित्व त मरिसक्यो । डा. बाबुराम, उपेन्द्र वा अशोक राईले त्यसो गर्न सक्नुहुन्न । गर्नु हुँदैन ।

कुनै चिज लुगाफाटामा टाँसियो लुगा फ्याँक्न सकिन्छ । तर हातमा टाँसियो, हात फ्याक्न सकिन्न । पहिचान र संघीयताको मुद्दा प्रचण्डको लुगामा टाँसिएको दियो, उनले लुगा खोलेर फ्याँकी दिए । मैले सामाजवादी पार्टीभित्र बारम्बार भन्ने गरेको छु, तपाईहरुले त्यसो नगर्नु होला ।
कम्युनिष्टहरु वैचारिक हिसाबले नै ‘वर्ग’ वादी हुन । उनीहरुको वर्ग छुट्याउँन आधार ‘धन’ हो । जाति, भाषा, धर्म, संस्कृति, मनोविज्ञानका आधारमा पनि मानव समुदाय शोषित हुन सक्दछन् भन्ने ज्ञान र चेतना नै उनीहरुको सिद्धान्तमा हुँदैन ।

तसर्थ आदिवासी/जनजाति, मधेसी/मुस्लिम दलितलगायत सीमान्तकृत समुदायले कम्युनिष्ट पार्टीबाट आशा गर्नु नै बेकार हो । उनीहरुको सिद्धान्तमा भएको मौलिक तत्व वर्ग र वर्गीय प्रश्न त उनीहरुले छोडिसके, उनीहरुको सिद्धान्तमा नै नभएको सवाललाई उनीहरुले के न्याय गर्लान् ?

नेपालमा अझै एजेण्डा आधारित मतदान गर्ने चेतना नागरिक तहमा विकास भइसकेको छैन । लोकतन्त्रमा भोटको बहुमत मान्नै परो । तर यहाँ भोट विचार र एजेण्डाले मात्र आउँदैन । यो अप्ठ्यारो छ । तर हरेक चिजको एउटा समय आउँछ । मलाई लाग्छ– मतदाताले नयाँ ढंगले सोच्ने दिन आउँछ । त्यतिखेर संघीयता पुनर्सीमाङ्कन हुनेछ । नयाँ आधारमा प्रदेश बन्ने छन । त्यतिखेर लिम्बुवान प्रदेश हुनेमा शतप्रतिशत आशावादी हुन सकिन्छ ।

The post यहाँ विचार र एजेण्डाले मात्र भोट आउँदैन appeared first on Sajha Post.


कालापानी भारतमाः मोदीको नियत कि प्राविधिक त्रुटि ?

$
0
0

 

 

काठमाडौं, २१ कात्तिक । सोमबार मोदी सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा सार्वजनिक भएसँगै दक्षिण एसियाका २ वटा मुलुकमा मोदी सरकारको चर्को विरोध भइरहेको छ ।

मोदी सरकाले जम्मू-कश्मीरलाई दिइँदै आएको विशेषाधीकार खारेज गरी २ वटा केन्द्र शासित राज्य बनाएको केही दिनपछि नयाँ सार्वजनिक गरेको हो ।

भारतको नयाँ नक्सामा हालै पुनर्गठन गरिएका जम्मू-कश्मीर र लद्दाख समावेश गरिएको छ । भाजपा सरकारले गत अगस्ट ५ मा संविधानको अनुच्छेद ३७० खारेज गरी जम्मू-कश्मीरलाई केन्द्र प्रशासित २ वटा राज्यमा विभाजन गर्ने निर्णय गरेको थियो । यही क्रममा अक्टोबर ३१ देखि जम्मू-कश्मीर र लद्दाख औपचारिक रुपमा अस्तित्वमा आएका छन् ।

तर भारतको नयाँ नक्सामा पाकिस्तान प्रशासित जम्मू-कश्मीरका केही जिल्ला समेत परेपछि पाकिस्तानले आपत्ति जनाएको छ । भारत-पाकिस्तान विभाजन भएदेखि नै जम्मू-कश्मीरलाई लिएर विवाद हुँदै आएको छ । जम्मू-कश्मीरलाई लिएर आणविक अस्त्र सम्पन्न दुबै मुलुक ३ पटकसम्म युद्धमा होमिइसकेका छन् । पाकिस्तान र भारतको स्वार्थको चपेटमा भने कश्मिरी नागरिक पर्दै आएका छन् । पछिल्लो समय  फरक इतिहास र पृष्ठभूमि बोकेको समग्र जम्मू-कश्मीर नै हिंसाको चपेटामा परिरहेको छ ।

भारतको नयाँ नक्साले नेपालमा पनि तरङ्ग पैदा गरेको छ । नेपालले आफ्नो भनेर दाबी गर्दै आएको कालापानी र लिपुलेकसहितका विभिन्न भू-भाग समेत परेपछि नेपाली राजनीतिज्ञ र आम नागरिकले नयाँ नक्साको विरोध गरेका हुन् । भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गरिरहेका छन् ।

यही क्रममा बुधबार राजधानी काठमाडौंमा ‘गो ब्याक इन्डिया’ नारा समेत गुन्जियो । राजधानीको भृकुटीमण्डपमा भेला भएका विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरेका थिए । ३७२ वर्ग किलोमिटरभन्दा बढी अतिक्रमित नेपाली भूभागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र पारेर भारतले हेपाहा र विस्तारवादी चरित्र देखाएको प्रदर्शनकारीको आरोप थियो ।

राजधानी मै भारतविरोधी प्रदर्शन भएपछि ‘राष्ट्रवाद’ को व्यापार गरेर सत्तामा पुग्न चाहने परम्परावादी शक्तिलाई भने नयाँ मसला मिलेको छ । तर सच्चा देशभक्त नेपाली भने भारतीय हैकम र हेपाहा प्रवृत्तिबाट उब्जिएको तथाकथित ‘राष्ट्रवाद’ले नेपाललाई पुनः अस्थिरतातिर धकेल्ने त होइन भनेर चिन्तित बनेका छन् ।

भारतले सन् १९६२ देखि नै नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि कब्जा जमाएको थियो । अतिक्रमित नेपाली भूमिलाई नयाँ नक्सामा औपचारिक रुपमा नै समावेश गरेर भारतले उक्त भू-भाग आफ्नो भएको देखाउन खोजेको प्रस्ट हुन्छ ।

भारतले नेपालबाट के चाहन्छ ?

नेपालमा भारतका मुख्यतः ३ वटा चासो र स्वार्थ देखिन्छन् । पहिलो चासो र स्वार्थ भारतको आन्तरिक सुरक्षासँग सम्बन्धित छ । भारतको सुरक्षा चासोलाई नेपालको भू-राजनीतिसँग जोडेर हेर्नुपर्ने हुन्छ ।

क्षेत्रफलमा सानो भएपनि भू-राजनीतिक हिसाबले नेपाल निकै महत्वपूर्ण र संवेदनशील क्षेत्रमा छ । केही वर्षभित्रै विश्व महाशक्ति बन्ने होडमा लागेका चीन र भारतबीचको अवस्थितिका कारण दुबै छिमेकीले नेपालबाट सुरक्षा खतरा सिर्जना हुने हो कि भनेर बेला-बेला चिन्ता व्यक्त गर्दै आएका छन् ।

यता इतिहासदेखि नै भारतीयहरुले हिमालय क्षेत्रलाई आफ्नो शीर मान्दै आएका छन् । बर्मादेखि अफगानिस्तानसम्म फैलिएको हिमालय श्रृङ्खलाको लगभग बीचमा नेपाल पर्छ । आफ्नो शीरमै रहेको नेपालबाट सुरक्षा खतरा सिर्जना हुने हो कि भनेर भारतीय राजनीतिज्ञहरु विगतदेखिनै सचेत र सजग देखिन्छन् ।

दोस्रो चासो हो- आर्थिक । जनसंख्याको हिसाबले भारत सबैभन्दा आवादी भएको मुलुक हो । पछिल्लो तथ्याङ्क अनुसार भारतको जनसंख्या सवा अर्बभन्दा माथि पुगिसकेको छ । यसबाट भारत केही वर्षभित्रै चीनलाई उछिनेर जनसंख्याका हिसाबे सबैभन्दा ठूलो मुलुक बन्ने प्रस्ट हुन्छ ।

प्राकृतिक स्रोतका हिसाबले समेत भारत निकै धनी मुलुक हो र कतिपय क्षेत्रमा आत्मनिर्भर भएर विश्वसामु उभिन सक्ने हैसियत राख्छ । पछिल्लो समय भारतले तीव्रगतिमा आर्थिक वृद्धि समेत गरेको छ । भारतको आर्थिक विकास र समृद्धिका लागि ऊर्जा र जलस्रोत आधारभूत खम्बा हुन् ।

तर भारतसामु ऊर्जाका लागि अन्य मुलुकसँग निर्भर हुनुपर्ने अवस्था छ । त्यस्तै जलस्रोतका लागि समेत नेपाल, भुटान जस्ता मुलुकसँग सहकार्य नगरी हुँदैन । भारतका लागि चाहिने बिजुली, सिँचाइ र खानेपानीको मूल स्रोत हिमालयबाट उत्पत्ति हुने नदी हुन् । हिमालयबाट उत्पत्ति भएर बग्ने कर्णाली, गण्डकी र कोशी जस्ता नदी नेपाल भएर भारत बग्छन् । ‘फ्रेस वाटर’ को हिसाबले हेर्ने हो भने नेपाल विश्व कै दोस्रो धनी मुलुक पनि हो । त्यसैले नेपालको पानीबिना भारतको आर्थिक विकास र समृद्धि अपूरो हुन्छ भन्ने भारतीयहरुको बुझाइ छ ।

एकातिर भू-राजनीतिक अवस्थितिका कारणले सिर्जना हुन सक्ने सुरक्षा चासो र अर्कोतिर जलस्रोतको धनी मुलुक भएकाले भारतीय नीति-निर्माताले नेपाललाई प्राथमिकतामा राख्दै आएका छन् । उनीहरुको दीर्घकालीन रणनीति भनेको नेपाल-भारत सीमानामा ठूला-ठूला बाँध र जलाशय बनाएर सारा भारतका लागि चाहिने बिजुली, सिँचाइ र खानेपानीको आपूर्ति सहज बनाउने हो । तर नेपालप्रति देखाउने व्यवहार र सोचले मात्रै उनीहरुको यो रणनीति पूरा हुन सक्छ ।

नेपालमा भारतको तेस्रो चासो संस्कृतिसँग जोडिएको छ । नेपाल र भारत परापूर्व कालदेखिनै सांस्कृतिक रुपमा जोडिदै आएका मुलुक हुन् । विशेषगरी भारतमा भाजपा सरकार आएपछि सांस्कृतिक चासो समेत बढेको छ । नेपालको धार्मिक र सांस्कृतिक मौलिकतामाथि हमला भएमा त्यसको असर भारतमा समेत पर्न जान्छ भनेर नै यस्तो चासो बढेको हो ।

हरेक मुलुकले आफ्नो राष्ट्रिय स्वार्थ र चासो पूरा गर्न सबै खाले उपाय अपनाउने गर्छन् । र यो स्वभाविक पनि छ । भारतको हकमा समेत यही लागू हुन्छ । उसले आफ्नो सुरक्षा, आर्थिक र सांस्कृतिक साचोलाई सम्बोधन गर्न सबै खाले उपाय अपनाउँछ भनेर नेपाली राजनीतिज्ञले बुझ्नुपर्छ । तर भारतको चासो सम्बोधन गर्दा आफ्नो राष्ट्रिय हित र स्वार्थलाई दाउमा भने राख्नु हुँदैन ।

मोदी सरकारको नियत कि सर्वे जनरलको प्राविधिक त्रुटि ?

अन्तर्राष्ट्रिय सीमाना निर्धारण गर्दा नदीलाई समेत आधार बनाइने गरिन्छ । कालापानीस्थित नेपाल-भारत सीमाना पनि महाकाली नदीलाई आधार बनाएर निर्धारण गरिएको छ । यसरी नदीलाई अन्तर्राष्ट्रिय सीमानाको आधार बनाउँदा कहिलकाहीं प्राविधिक जटिलता समेत पैदा हुने गर्छ ।

विशेषगरी मुलुकको नक्सा अपडेट गर्ने क्रममा यस्टो जटिलता देखिन्छ । अन्तर्राष्ट्रिय सीमानाको काम गरेको नदीले बेला-बेला आफ्नो बहाब मार्ग परिवर्तन गर्छ । र नक्सा अपडेटका लागि संकलित तथ्याङ्क र सूचना पनि समयक्रमसँगै फेरिन सक्छन् । फलस्वरुप, नदी कहिले वारि त कहिले पारी हुन गई सीमानाबारे विवाद हुने गरेको अन्यत्र पनि देख्न सकिन्छ ।

महाकाली नदीले समेत समय क्रमसँगै बहाब मार्ग परिवर्तन गरेका कारण भारतको सर्वे जनरलले नयाँ नक्सामा कालापानी समेत समावेश गरेको हुन सक्छ । यसबारे नेपालको सर्वे विभागनै बढी जानकार होला !

तर मोदी सरकारले नियतवश नेपाली भू-भागलाई नयाँ नक्सामा समावेश गरेको हुन सक्ने भनेर नकार्न पनि सकिँदैन । किनभने भारतको सत्ताधारी दल भाजपा भौगोलिक मात्रै होइन, सांस्कृतिक विस्तारवादमा समेत विश्सास गर्ने दल हो ।

भाजपा सरकारले नेपाललाई धर्मनिरपेक्ष बनाएकोमा आपत्ति जनाएको थियो । नेपालले अँगालेको राजनीतिक व्यवस्थाप्रति मोदी र भाजपाका नेताहरुले असहमति र असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

भारतले कालापानी आफ्नो नक्सामा पारेर नेपाललाई अप्रत्यक्ष दबाब दिने रणनीति समेत बनाएको विश्लेषण समेत हुन थालेको छ ।

मोदी सरकारले नेपालमा ‘राष्ट्रवाद’को राप चर्काउने र सोही बहानामा परम्परावादी शक्तिलाई स्थापित गर्न खोजेका त होइनन् ? मोदीले नियतवश विवादित भूमिलाई नयाँ नक्सामा हालेर नेपालको राजनीतिक कोर्स नै बदल्ने रणनीति त बुनेका छैनन् ? त्यसैले नयाँ नक्सालाई लिएर नेपाली राजनीतिज्ञ र नागरिकहरु भावनामा बग्नु भन्दा पनि विवेकी हुन जरुरी देखिन्छ ।

 

 

The post कालापानी भारतमाः मोदीको नियत कि प्राविधिक त्रुटि ? appeared first on Sajha Post.

सीमा विवादः सुंगुर निदाएझैं ननिंदाऔं, यी सवालहरुमा विमर्श गरौं

$
0
0

नेपालको स्वतन्त्रता एकैमिनेटमा सकिन्छ भन्नेजस्ता भावनावादी सोचविचारको समस्या सानो छैन नेपालमा । कालापानी नेपालको हो, र रहिरनुपर्छ ।

भारत ठूलो छ, नेपाल सानो छ भन्ने मनोग्रन्थीबाट सबै प्रभावित भएको अवस्था छ, यथार्थमा त्यही कारणले कालापानीमा भारतको दादागिरी भएको हो। यदि देशको स्वतन्त्रता जोगाउने हो भने भारतले हाम्रो स्वतन्त्रता जोगाइदेओस् भनेर कामना गर्ने र सुंगुर निदाएझैं निदाउने प्रवृत्ति पहिला त्याग्नु अवास्यक छ । केही महत्वपूर्ण कुरामा विमर्श गरौं ।


१. नेपालको भूगोल चीन र भारतका बीचमा छ । यसको तात्पर्य हो हाम्रो एक एक इञ्च जमिन महत्त्वपूर्ण छ । यस जमिनलाई जोगाउने दायित्व हाम्रै हो । तर २००७ सालदेखि अहिलेसम्म हामीले के गर्‍यौं ? अझ पञ्चायत जोगाउन त्यतिबेला यो जमिन भारतलाई सशस्त्र फौज राख्न दियौं । अहिलेका थुप्रै समस्या हिजोदेखि आएका हुन् । यसतर्फ पहिला गम्भीर विश्लेषण गरौं ।

२. हाम्रो भू-राजनीतिक अवस्थाले नै राष्ट्रको सबभन्दा प्राथमिक काम कुटनैतिक व्यवस्थापन हो भन्ने स्पष्ट छ । यसबाट सहजै अनुमान गर्न सकिन्छ, हाम्रो परराष्ट्र मन्त्रालय सबैभन्दा प्रभावकारी र सक्षम हुनुपर्छ । यससँग वर्ल्ड क्लास वा विश्वलाई बुझेर नेपालका समस्या र अवसरहरुको सदुपयोग गर्न सक्ने कुटनीतिक विशेषज्ञहरु हुनुपर्छ । तर, यो मन्त्रालयनै यस्तो एउटा मन्त्रालय हो, जस्ले विशेषज्ञहरुलाई प्रवेश निषेध गरेको छ । त्यो कुरा त यसको अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठानको दुरावस्थाबाटै जगजाहेर छ ।

यसको काम राजदूतको जागिर दिने हो र विदेश भ्रमणको चाँजोपाँजो मिलाउने हो जस्तो देखिन्छ । पार्टीका नेताका मानिस, लामो राजनीतिक त्याग गरेका मानिस र कर्मचारीलाई यसले राजदूतको जागिर दिन्छ । योभन्दा बढी यसले देशको कुटनीतिको अनुसन्धान गरेको, नयाँ मान्याताहरु विकास गरेका प्रतिवेदनहरु पढेर विद्यार्थीहरु दीक्षित गर्न त अहिलेसम्म पाइएको छैन ।

प्रा.डा. युवराज सङ्ग्रौला

३. देशमा विश्वस्तरका सीमाविद् छन् तर, परराष्ट्र उनीहरुलाई देशको सेवामा प्रयोग गर्दैन । कहिलेकाँही मन्त्रीज्युले भेट्नु हुँदो हो । देशको सिमाना व्यवस्थापन गर्ने निकायलाई भूमिसुधार मन्त्रालयको मातहतमा राखेको छ । देशको परराष्ट्र मन्त्रीको हैसियत भू-राजनीतिक अवस्थाको महत्त्वका कारणले प्रधानमन्त्री सरहको व्यक्तित्व भएको मानिस हुनुपर्ने हो, जसले विश्वका घटना र परिघटनाको विश्लेषण गर्दै नेपालको कुटनीतिलाई बाटो देखाउन सकोस् । समकक्षीसँग वार्ता गर्न सकोस् । कर्मचारीले लेखिदिएका नोटबाट काम चलाएर देश चल्दैन ।

४. त्यसैले यस समस्याको समाधान परराष्ट्र मन्त्रालयको विस्तार, सुदृढीकरण र विशेषज्ञताको निर्माणबाट हुनुपर्छ। उत्तर र दक्षिणका सिमानाको रेखदेख र अनुगमन गर्ने सिमाना नापनक्सा गर्ने छुट्टै आयोग परराष्ट्र मन्त्रालयमार्फत् रहनुपर्छ र सिमानामा सानोतिनो मात्र समस्या देखियो भने यसलाई जिम्मेवार बनाउनु पर्छ । त्यसैले अहिले राष्ट्रका हितमा उठेको अवाज केवल भावनात्मक अभिव्यक्तिमा सीमित रहेर, राष्ट्रभित्र कर्मचारीतन्त्र र राजनीतिक अव्यवस्थाका विषयले महत्व पाएनन् भने देश झनै कमजोर हुनेछ ।

५. परराष्ट्र मन्त्रालयका केही लक्षणहरु हेरौं । देशमा कुटनीतिक समस्यामा यो नयाँ बेहुली लजाएजस्तो लजाएर बस्छ । भारतको विदेश मन्त्रालयले त घुसपैठ गर्नेहरुको खेल भनेर थर्काइसक्यो । के सडकमा आएका मानिस घुसपैठिया हुन् ? होइनन भने त्यसको जवाफ किन नदिएको होला ? यसका अधिकांश मानिस राजदुत हुन्छ्न, र उनीहरु त्यसपछि विदेशमै बस्छ्न् । उनीहरु भोलि एग्रिमो नआउने डरले केही बोल्दैनन् विदेशीका अत्याचारका विरुद्धमा ।

उनीहरुलाई राष्ट्रको आवश्यकता उनीहरुको प्रगतिका लागि मात्र हो । देश रहे पुग्छ, अलिकति जस्तो भएपनि, ताकी विदेशी सडकमा मर्निङ्ग वाक गर्न पाइयोस् । उनीहरु धेरैका सन्तान पनि विदेश मै छ्न् । कसरी होला राष्ट्रका स्वार्थको संरक्षण ? के सरकार यस सम्बन्धमा छानबिन गर्न तयार छ । यस्ता कुरा लेख्ने हामी जस्ता सडकछापका (शिक्षकहरु) बोक्रा उप्काइन्छ्न्, थाहा छ । तर पनि गलतलाई गलत भन्ने संस्कृतिको निर्माण गर्नैपर्छ ।

६. तसर्थ, अहिले सडकको आन्दोलनले केवल नकारात्मक राग अलापेर मात्र हुँदैन, अब राज्यका निकायका जिम्मेवारीको खोजीनीति पनि गर्नुपर्छ । अहिले वक्त्वयको बाढी लागेको छ । हरेक मानिसले वक्तव्य दिनु पनि पर्दैन । यो समस्याको समाधान खोज्ने निकाय परराष्ट्र मन्त्रालय हो । त्यसले राष्ट्रलाई आश्वस्त पार्नुपर्छ । यसमा पनि प्रधानमन्त्रीले नै अगाडि आउनुपर्ने अवस्था देखियो । यो बिडम्बना हो । हाम्रो सीमा व्यवस्थापनमा परराष्ट्रको भूमिका एकदमै कमजोर देखियो । तत्काल देशलाई विश्वासमा लिने काम गर्नुहोस्, र देशको विज्ञतालाई एक ठाउँमा ल्याउनुहोस् । आफन्त होइन देशभक्त विज्ञ खोज्नुहोस् । नोम चोम्स्कीहरुलाई हेला गर्दा केही फरक पर्दैन देशका हितका लागि विज्ञ हनुमान वा गणेशसम्म खोजेर भएपनि देशको कुटनीतिलाई चुस्त पार्नु आवश्यक छ ।

७. कतिपयलाई कालापानी अरुलाई हान्ने अवसर पनि बनेको छ । नारा कालपानीको छ, मक्सद राजनीतिको छ । हिजोदेखिनै यस्तो हुँदै आएको हुँदा, देशको स्वार्थ व्यक्तिगत आकांक्षाले समाप्त पार्दै आएको । देशको कुटनीतिलाई राजनीतिमा मौलाएको अनैतिकताले कमजोर बनायो । यो बेला देश एक ढिक्का हुनुपर्छ भन्ने ख्याल जाग्नुपर्छ। यस संवेदनशील मुद्दालाई प्रयोग गरेर राजनीतिमा स्थान बनाउन खोज्नेहरुले देशलाई झनै घात गर्ने छ्न् । अहिले भावाना भन्दा बढी बुद्धिको खोजी हुनुपर्छ । यसबारेका जानकारहरुका सल्लाहले युवाहरु दीक्षित हुनुपर्छ । शक्ति देखाउनुपर्छ, तर बुद्धि प्रदर्शन गर्न ।

८. यस बारेमा रणनीति बनाइयोस्-
क. कालापानी नेपालको हो भन्ने प्रमाणसहित भारतलाई सरकारले पत्र पठाई र वर्तमान नक्सालाई मान्न इन्कार गरेको सूचना देओस् ।
ख. सीमाविद्हरुको समूहलाई नेपालको आधिकारिक यथार्थता यकिन गरी उहाँहरुबाट राष्ट्रलाई दीक्षित गरी यस मामिलामा देशको एउटै अवाज निर्माण गरोस् । भावनात्मक नाराले मात्र हानी पनि उतिकै गर्छन् ।
ग. नेपाली सेनाले परिस्थितिको अनुगमन गरी आफ्नो पोजिसन तयार पारोस् ।
घ. यससम्बन्धी यथार्थता मित्र देशहरुलाई तत्काल जानकारी गराइयोस् ।
ङ. यो मुद्दामा भारतको अडान हैकमवादी भयो भने, विशेष बहस सुरु गरियोस् जसले नेपाल भारत सम्बन्धको परिभाषा गरोस् । यसभित्र सन १९५० को सन्धि पनिपर्छ।
च. आवश्यक पर्न सक्छ, अन्तराष्ट्रिय अदालतमा जान तयारी शुरु गरियोस् ।

(पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता संग्रौलाको सामाजिक सञ्जालबाट लिइएको)

The post सीमा विवादः सुंगुर निदाएझैं ननिंदाऔं, यी सवालहरुमा विमर्श गरौं appeared first on Sajha Post.

मन्त्री ज्यू, देशको सीमा पनि झारपात जस्तो कुरा हो र ?

$
0
0

हामी नेपालीहरुको मानसिकतामा एउटा शब्द वा भावनाले घर गरेको छ । नेपालीको दिमागमा जरा गाडेर बसेको शब्द हो, राष्ट्रवाद ।

हो, देशमा बस्ने सबै नागरिकसँग देशप्रेमको भावना हुनुपर्छ । हो, देशका सबै जनताहरु राष्ट्रवादी हुनैपर्छ । यही भावनाले हरेक नागरिकलाई  आफ्नो देशप्रति समर्पित र इमान्दार बन्न ऊर्जा दिन्छ ।

तर नेपालमा राष्ट्रवाद वा देशभक्तिलाई विचित्र तरिकाले व्याख्या गर्ने र बुझ्ने गरिन्छ । नेपालमा राष्ट्रवादी हुनुको अर्थ भारत विरोधी हुनु हो । अर्थात् जो भारतविरोधी छ ऊ राष्ट्रवादी हो । जो राष्ट्रवादी छ, ऊ भारत विरोधी हो । यदि कुनै राष्ट्रवादी र देशभक्तसँग भारत विरोधी भावना छैन भने ऊ राष्ट्रवादी हुनै सक्दैन ।

आफूलाई अब्बल राष्ट्रवादी पार्टी भन्ने हरेक नेपाली दलले आफ्ना कार्यकर्ताहरुलाई यही सिकाएका हुन्छन् । नेता/कार्यकर्तालाई यसरी प्रशिक्षण गर्नेमा सत्तारुढ, प्रतिपक्ष सबै अगाडि नै देखिन्छन् ।

आफ्ना नेताले मुलुक र जनताका लागि ठिक गरुन कि बेठिक ? यसप्रति कार्यकर्ताको गहिरो सरोकार त्यति देखिदैँन । तर आफ्ना नेताहरु नम्बर १ राष्ट्रवादी हुन् भनेर डम्फू बजाउन भने कार्यकर्ताले कहिल्यै छोड्दैनन् । यसरी आफ्नाहरुको दुन्दुभि बजाई रहनुलाई अन्धराष्ट्रवाद पनि भनिन्छ । यो प्रवृत्तिलाई अतिराष्ट्रवाद पनि भन्ने गरिन्छ।

पञ्चायतकालमा यस्तै खाले राष्ट्रवादको कुरा उठान हुँदा ‍हालका सत्ताधारीले ‘मण्डले राष्ट्रवाद’ भन्ने गर्थे ।‍

नेपालमा भारतविरोधी मानसिकताबारे पुनः चर्चा गर्न चाहेँ । तथ्यसत्य बुझ्दै नबुझी बन्द, हड्ताल र तोडफोड गर्ने हामी नेपालीको बानी नै परेको छ । कुनै समय ऋतिक रोशनले ‘नेपाली मन पर्दैन’ भने भनेर मुलुकभर बन्द, हड्ताल र तोडफोड भएको थियो । रोशनले साच्चै ‘नेपाली मन पर्दैन’ भनेका थिए कि थिएन भन्नेतर्फ हामी कोही लागेनौं । रोशनले कहाँ के भने भनेर हामीले खोज्दै खोजेनौं । भावनामा बग्यौं ।

रोशनले नेपाली मन पराउने वा नपराउने उनको कुरा हो । कसैलाई नेपाल र नेपाली मन नपर्न सक्छ । हामीमध्ये कतिलाई भारत र भारतीय मन नपर्न सक्छ । मन पराउने/नपराउने कुरा व्यक्तिगत चाहना र पूर्वाग्रहको परिणाम पनि हो । तर यसैलाई लिएर हामी उग्र बनिहाल्छौं ।


हामीले ऋतिक रोशन काण्डमा कसको सम्पत्ति तोडफोड गर्‍यौं ? त्यस बापत के पायौं ? यस्ता कुराहरु हाम्रो मतलब भित्र पर्दैनन् । किनकि हामीलाई आफू जबरजस्ती राष्ट्रवादी बन्नुछ । आफैंलाई दुःख दिएर हामीलाई राष्ट्रवादी बन्नुछ ।

यतिबेला फेरि यही राष्ट्रवादको तरङ्गले नेपाली मन र मस्तिष्क हल्लाइदिएको छ । नेपालको लिपुलेक र कालापानीलाई भारतले आफ्नो नयाँ नक्सामा पारेपछि मुलुकभर राष्ट्रवादी बन्ने होडबाजी नै चलेको देखिन्छ । राष्ट्रवाद बन्ने होडमा अहिले मुलुक आन्दोलनमय छ ।

अवश्य पनि नेपाली भूमि कसैले मिच्यो वा आफ्नो नक्सामा पार्‍यो भने विरोध गर्नु पर्छ । भारतले जारी गरेको नक्सामा लिपुलेक र कालापानी भारतभित्र पारिएको छ । यो निकै संवेदनशील विषय पनि हो । ‘जे सुकै होस्’ भनेर यो यत्तिकै छोड्ने विषय हुँदै होइन । यो सामान्य विषय होइन । तर जनताहरु आन्दोलन गर्दैछन् । अनि जनताका प्रतिनिधि भनिने मन्त्री गोकुल बाँस्कोटा चाहिँ “यस्ता झारपात विषयमा सरकार अल्मलिएर बस्दैन ।’ अल्मलिनु त हुँदै हुँदैन । तर गोकुल बाँस्कोटा ज्यु, सीमासम्बन्धी विषय पनि झारपातको विषय हो र ?

यता अर्का क्रान्तिकारी युवा मन्त्री योगेश भट्टराई भन्छन्, ‘भारत जस्तो छिमेकीसँग हामीले निहुँ खोज्नु हुँदैन ।’

वाह ! रे राष्ट्रवादी नेताज्यु, मेरो जमीन मिच्न पाउँदैनौं भन्नू निहुँ खोजेको हो र ? सायद यस्तै कारणले गर्दा होला, अनेरास्ववियुको झण्डा गीत ‘बिहानीको घाम जस्तै रातो… मा भएको “भारतेली विस्तारवादको नेपाल खाने दाउ, त्यो दाउलाई उल्टाइ दिन जुटौं सबै आउ’ लाई तपाईं आफैं अध्यक्ष भएको बखत संशोधन गर्नु भएको । झन्डा गीतबाट “भारतेली विस्तारवाद” शब्द हट्नुको अर्थ अहिले विस्तारै खुल्दैछ ।

अझ कतिपयले कालापानीमा भारतीय सेना राख्न दिएको नेकपा सरकारले हो र ? त्यो त अर्कैले गरेको पो हो त भनेको सुनिन्छ । त्यो अर्कै सरकार चीनको, भुटान वा कहाँको थियो ? त्यो पनि नेपालकै सरकार थियो नि । पहिलेको सरकारले गरेको गलत काम सुधार गर्ने र ठिक कामको निरन्तरता दिने काम कसको हो ? ओली सरकारको होइन ? जसरी बाउको धन अंश लगाएर छोराछोरीले लिन्छन् भने ऋण चाहिँ बाउकै अंश मात्रै हुन्छ र ? ऋणसमेत अंश लाग्छ नि । त्यसकारण पहिले भएको गलत कामको समेत जिम्मेवारी अहिलेको सरकारले लिनै पर्दछ नि, होइन र ?

अब कुरा गरौं आन्दोलनको । नेपाली जनताहरु कस्ता छन् भन्ने जानकारी हाम्रा दलहरुलाई राम्ररी थाहा छ । जनताको यही भावनालाई कसले भजाउन सक्ने भन्ने प्रतिस्पर्धा बेला-बेला चल्छ । उपनिर्वाचन पनि नजिकिँदै छ । नेताहरुलाई राम्ररी थाहा छ- जनताहरु सडकमा उफ्रेर केही फरक पर्दैन, यो कुरा भारत सरकारको कानमा पर्दैन ।

सरकारले पनि जनता समक्ष साखुल्ले हुनलाई मन्त्री परिषदको बैठक गरेर “सरकारले यो समस्यालाई कुटनीतिक तबरमा समाधान गर्ने” भन्ने निर्णय गरिसक्यो। त्यो कुटनीतिक पहल, कुराकानी जे भनेपनि कहिलेसम्ममा गर्ने भन्ने उल्लेख गरिएको छैन र कुनै पहल गरिएको कुरा पनि नेपाली जनताले थाहा पाएका छैनन् । र कुटनीतिक पहल भएपनि के हुँदैछ भनेर सर्वसाधारणले थाहै पाउँदैनन् ।

यदी कुटनीतिक तबरले कुराकानी गर्नु नै थियो भने त्यही बैठक बसेको ठाउँबाट भारतस्थित नेपाली राजदूतलाई ‘तुरुन्तै परराष्ट्र मन्त्री स्तरको मिटिङको लागि समय मिलाउन आदेश’ दिन सकिन्थ्यो । त्यसैगरी नेपालस्थित भारतीय राजदूतलाई पनि त्यस्तै आदेश दिन सकिन्थ्यो । यसबाट सरकारले साँचो अर्थमा कुटनीतिक पहल नै गरेको छैन भन्ने प्रस्ट हुन्छ । सरकारले कुटनीतिक पहल हुँदैछ भनेर सीमा विवादलाई टार्ने काम गरिरहेको त छैन ? भनेर प्रश्न समेत उठ्न थालेको छ ।

भारतको नयाँ नक्सालाई लिएर सडकमा उत्रिएका सर्वसाधारणले भनिरहेका छन्- ‘हाम्रो कालापानी र लिपुलेक भारतले आफ्नो नक्सामा किन पार्‍यो ? तर नेपालले आफ्नो नक्सामा कालापानी र लिपुलेक अनि लिम्पियाधुरालाई नेपालभित्र पारेर नक्सा किन जारी गरेन ? हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालमा परेको नक्सा किन कहिल्यै हेर्न पाएनौं ?

नेपाल सरकारले नै आफ्नो मुलुकभित्र नपारेको त्यो ठाउँ भारतले आफ्नो नक्सामा पार्नु कुनै अचम्मको कुरा पनि होइन । यो आज भएको होइन । नेपालले आफ्नो तर्फ नपारेर छोड्नु भनेको भारतलाई सुम्पिएको होइन र ? अनि यसको दोषी को ?

भारतसँग नेपालको सीमा विवाद एक दुई ठाउँमा होइन, धेरै ठाउँमा छ । अनि यसबारेमा कुटनीतिक तबरले केही कुराकानी नहुनुको जिम्मेवारी कसले लिने ?

सुनसरी जिल्लामा रहेको श्रीपुर गाउँ पंचायतको चुनाव जितेर ३ पटक प्रधानपञ्च भएका अवधनारायण मरवैताको नेपालतर्फ बनाएको घर कसरी भारततर्फ पर्‍यो ? किन पारियो ? यसबारे सोधखोज गर्ने जिम्मेवारी सरकारको हो कि होइन, मन्त्री बाँस्कोटा ज्यू ?

सबैलाई थाहा छ- मरवैताले ४६ सालपछि सिडिओ कार्यालय मार्फत त्यतिबेलाको सरकारलाई “आफू नेपाली भएको र नेपाली नै भएर मर्न पाउँ” भन्दै निवेदन गरेका थिए । उनले आफ्नो भूमि भारतमा पर्दा भारतको राशन कार्ड केही लिएनन् । अवधनारायण र उनका भाइ नेवालालले भूमि फिर्ता हुने आशैमा संसार छोडे । उनको घरखेत नेपालको हुनुपर्छ भनेर कहिल्यै हाम्रो सरकार बोल्दैन, किन ? यस्ता धेरै उदाहरण छन् ।

नेपाली जनताको छातीमा देश दुख्छ तर हाम्रा नेताहरुको छातीभित्र देश दुख्दैन । उनीहरुलाई नेपाल भन्ने एउटा सानो टुक्रा बाँकी रहे पुग्छ । किनकि त्यही सानो टुक्रामा बसेर सरकार चलाउने र विदेशी प्रभुहरुको अघिल्तिर लम्पसार परेर भिख माग्नु जो छ !

The post मन्त्री ज्यू, देशको सीमा पनि झारपात जस्तो कुरा हो र ? appeared first on Sajha Post.

विभेद र असमानतालाई बोक्ने लोकतन्त्रको कुनै भविष्य हुँदैन

$
0
0

जब म सानो थिएँ, केटाकेटीलाई मलाई केही थाहा थिएन के यो जातभात भनेको कुरा । हुर्कँदै जाँदा चेतना भरिन थाल्यो । घरनजिकै दलित बस्ती थियो । म सधैं गएर खाइराख्थेँ उनीहरुकोमा । पछि कसैले भन्यो, यो सानो जात, छोएको खानु हुँदैन । खाएर के हुन्छ भनेर म गइरहन्थेँ । पछि थाहा पाएँ, उनीहरु समानता, सम्मान र अवसरबाट बञ्चित पारिएका समुदाय रहेछन् । उमेर बढ्दै गएपछि काठमाडौं आउँदा, जिल्लाका सरकारी कार्यालयहरुमा जाँदा ‘ऊ मधिसे आयो’ भनेर इङ्गित गर्दा थाहा पाएँ मधिसे के रहेछ भनेर । मधेसी भएकै कारण अपहेलित हुनुपर्ने अवस्था रहेछ ।

विद्यालय शिक्षापछि कजेल जान थालियो । त्यहाँ खासगरी मार्क्सवादी साहित्य पढेपछि थाहा भयो, गरिब भएकै कारण विपन्न वर्गले सारा सेवा सुविधाबाट वञ्चित हुनुपरेको रहेछ । शिक्षाबाट वञ्चित हुनुपरेको रहेछ भन्ने थाहा पाएँ । अहिले पनि स्वास्थ्य मन्त्रालयमा गरिबहरुकै बढी भिड हुन्छ । दुवै मृगौला फेल छ, पैसा छैन, खाना छैन । अपरेशन गर्नुपर्नेछ, बस्ने ठाउँ छैन । ‘कहाँ जाऊँ, बाँच्ने ठाउँ छैन, म यहीँ स्वास्थ्य मन्त्रालयमै सुत्छु, यहीँ मर्छु’ भन्नुहुन्छ ।

यसरी गरिब भएकै कारण पढ्न नपाउने, पढ्न नपाएपछि रोजगारी पनि नपाउने, विकासका अवसरहरु नपाउने । तर, साधन स्रोतमाथि आधिपत्य जमाउने वर्गले त त्यो पाइरहेको छ ।

मनमा प्रश्न उठ्यो, ‘यो असमानता कसरी हट्छ ?’ मार्क्सवादी साहित्यले भन्यो, ‘कम्युनिष्ट साम्यवाद लागू गर्नुपर्छ । समाजवाद हुँदै साम्यवादमा पुगेपछि असमानता अन्त्य हुन्छ ।’ यही कुरालाई पत्याएर कम्युनिष्ट आन्दोलनमा लागेँ । तर, अगाडि बढ्दै जाँदा त्यो पनि एउटा भ्रम जस्तै देखियो । कम्युनिष्टहरुले पनि वर्ग विभेदलाई अन्त्य गर्न सकेनन् । बरु कम्युनिष्टहरु नै नयाँ वर्गको रुपमा जन्मियो । राजनीतिमार्फत् सत्तामा पुगेर शक्तिको अभ्यास गर्ने नयाँ वर्ग बनेर जन्मिने, तलको वर्ग तलतिरै रहने अवस्था देखियो ।

अझै अगाडि बढेर हेर्दा महिलाले पनि समान अवसर र अधिकार पाएका छैनन् । मुस्लिमको त्यस्तै छ । कहिल्यै पनि मुस्लिमको मदरसा दर्ता हुँदैन । गर्न चाहे पनि दर्ता गर्न पाउँदैनन् । उनीहरुको भाषाको मान्यता छैन । नेपालको सरकारी कामकाजको एउटै मात्रै भाषा नेपाली बनाउँदा अरु भाषाभाषीहरु त भाष्यिक विभेदमा पारिए । यसरी महिला, मधेसी, दलित, मुस्लिम, अरु अल्पसंख्यकहरु सबै विभेदमा छन् । उता, ठूलो संख्या भएर पनि आदिवासी जनजातिहरुको प्रतिनिधित्व, भाषा र संस्कृतिलाई मान्यता र पहिचान छैन ।

अब यी र यस्ता सबै विभेदहरुलाई बोकेर हिंड्ने शासन व्यवस्था कसरी लोकतान्त्रिक हुनसक्छ ? समानता र स्वतन्त्रता लोकतन्त्रका दुईवटा महत्वपूर्ण पक्षहरु हुन् । फ्रान्सेली राज्य क्रान्तिले स्वतन्त्रता, समानता र भातृत्वलाई मुख्य कुरा भन्यो । समानता भनेको के हो ? संविधानमा कानुनका दृष्टिमा सबै समान छन् भनेर लेखिदिएर समानता हुँदैन । अधिकार र अवसरको दृष्टिबाट हेर्दा समानता छैन । अवसरको दृष्टिबाट हेर्दा, कर्मचारीतन्त्र नै हेरौं, त्यहाँ नेपालको दुईतिहाई जनसंख्या ओगट्ने समुदायको केवल तीन/चार प्रतिशत मात्रै सहभागिता छ । यहाँ समानता कसरी भयो ? महिला, मधेसी, दलित, जनजातिको उपस्थिति किन कमजोर छ ? कागजमा लेखेको अधिकारमा समानता छ, तर, अवसरमा समानता छैन । कागजमा मात्र लेखेर भातृत्व कसरी हुन्छ ? सम्पन्न र विपन्नबीचको भातृत्व भनेको धेरै कठिन कुरा हो । भातृत्वको लागि त अधिकार र अवसरमा समानता हुनुपर्छ ।

पश्चिमी समाजतिर हेर्दा केही फरकहरु छन् । त्यहाँ कार्ल मार्क्सले वर्ग संघर्षको कुरा गरे । वर्गविहिन समाजका कुरा गरे । तर नेपालमा वर्ग संघर्षसँगसँगै वर्ण संघर्ष पनि छ । एउटा दलित दरिद्रै होस्, एकजना उच्च जातिको भनिएको पनि दरिद्र छ, उनीहरुको वर्ग एउटै हो । तर, त्यो दलितको अवस्थामा नेपालमा के छ ? उसलाई समाजले कहाँ पुर्‍याएको छ ? सामाजिक, आर्थिक भूमिका कहाँ हुन्छ ?

महिलाको कुरा गरौं । नेपालका सबैभन्दा धनी घरमा जाँदा त्यहाँ बुहारीको स्ट्याटस धेरै तल हुन्छ । त्यहाँ समानता हुँदैन । यसको अर्थ यहाँ विभेद छ । खासगरी वर्णमा आधारित विभेद हाम्रोमा चर्को छ । ब्राम्हण, क्षत्री, वैश्य र शुद्र । यहाँ शुद्रहरुले भोग्ने विभेद र उत्पीडन पश्चिमी समाजमा पाइँदैन । पश्चिमी समाजमा जात र वर्णको संरचना नै छैन, उनीहरुले यस्तो विभेदको अनुभूति नै गर्न पाउँदैनन् । त्यो अनुभूति हाम्रो समाजमा छ । जाति र वर्णमा आधारित समाजले उत्पन्न गरेको विभेदमा सबैभन्दा प्रताडित दलित र महिला लगायतका भएका छन् । यो प्रथासँगसँगै वर्गले उत्पनन् गरेको हुँदा खाने र हुने खानेबीचको अन्तर पनि छँदैछ । यसरी वर्ण र वर्गले गर्दा उत्पन्न असमानता र विभेद अन्त्य नगरी समानता कहाँ आउँछ ? यसलाई अन्त्य नगरी समाजवाद पनि हुन सक्दैन ।

हाम्रो समाजमा विद्यमान यी वर्णीय, वर्गीय र लैंगिक शोषण र विभेदलाई अन्त्य गरेर समानता कायम गर्न आवश्यक छ । यसर्थ, समावेशी लोकतन्त्रको कुरा गरिएको हो । सबैकाे भागेदारी र साझेदारी भएको लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो । विभेदहरुलाई अन्त्य गर्ने समानता र समावेशी लोकतन्त्रसँगसँगै समृद्धि पनि चाहिन्छ । गरिबहरुबीको असमानताले समाजवाद हुँदैन । समाजवादमा समानता सँगसँगै सम्पन्नता पनि चाहिन्छ । जातिय, वर्गीय र लैंगिक असमानता र विभेद अन्त्य भएको समाज निर्माण गर्ने कुरा नै समाजवादी लोकतन्त्र वा सामाजिक लोकतन्त्र वा त्यो ठाउँमा पुग्दा समुन्नत लोकतन्त्र हुन्छ । यसरी समुन्नत समाजवादलाई विभिन्न ढंगले बहस गर्न सकिन्छ । हामी यो बहसलाई थप उचाईमा पुर्‍याउन चाहन्छौं ।

उपेन्द्र यादव 

नेपालको संविधानले संघीयताको सुनिश्चितता त गरेको छ । तर यसले संघीयताका खास विशेषताहरु समेट्न सकेको छैन । उही पञ्चायती कालमा निर्दलीय प्रजातन्त्र भनेजस्तै भएको छ । निर्दलीय पनि भन्ने अनि प्रजातन्त्र पनि भन्ने । निर्दलीय व्यवस्थामा त एक दल मात्रै हुन्छ, त्यहाँ प्रजातन्त्र हुनै सक्दैन । अहिले त्यस्तै भएको छ । संघीयता भन्ने तर पहिचान, प्रादेशिक स्वायत्तता, स्वशासन र समानतालाई माइनस गरिएको छ । यसर्थ, संघीयतालाई समृद्ध बनाउन अहिलेको संविधानलाई संशोधन गर्नुपर्छ ।

हाम्रोजस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक विविधता भएको मुलुकमा यी सबैको भागेदारी, साझेदारी र प्रतिनिधित्वबिनाको राजनीतिक प्रणालीले यो मुलुकको भविष्य छैन । यी सबैको समावेशिता, पहिचान, उनीहरुको भाषा-संस्कृतिको मान्यता र सहभागिताबिनाको लोकतन्त्र नै समावेशी लोकतन्त्र हो । यसर्थ, विविधताको सम्बोधन गर्ने र उनीहरुको अधिकारको सुनिश्चितताको लागि पनि अहिलेको संविधान संशोधन अत्यावश्यक छ ।

अल्पसंख्यकहरुको भाषिक, धार्मिक र अन्य अधिकारहरुलाई सम्बोधन गर्ने कुराको सुनिश्चितता पनि अहिलेको संवैधानिक व्यवस्थामा समावेश हुन सकेको छैन । यी मान्यताहरुलाई अंगाल्दै बढेमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल वा हामीले भन्ने गरेको संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्र नेपालको सफलतापूर्वक कार्यान्वयन गर्न सकिन्छ । यी समस्याहरुलाई हल नगरी लोकतन्त्र, समाजवाद सम्भव हुँदैन । विभेद र असमानतासहितको समाजवाद सम्भव छैन । विभेद र असमानतालाई बोकेर लोकतन्त्रको कुनै भविष्य हुँदैन । सामाजिक लोकतन्त्र बिना राजनीतिक लोकतन्त्रको कुनै अर्थ हुँदैन । लोकतन्त्रको सामाजिक स्वरुप समानता र विभेदरहित हुनुपर्छ र लोकतन्त्र आर्थिक न्यायसँग जोडिनुपर्छ । लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्नुपर्छ ।

आज नेपालमा अत्यन्त विपन्न वर्गले न्याय पाइरहेको छैन । न्यायलय हेर्नुस् त । काठमाडौंमा चिसो रातमा सडकमा सुतिरहेका साना बालबालिका भेट्नुहुन्छ । दिनभरी प्लास्टिक र बोत्तल उठाउने र राति बरण्डामा सुत्ने उनीहरुको जीवनशैली बनेको हुन्छ । ऊ पनि यही नागरिककै बच्चा होला । उनीहरुले शिक्षा, स्वास्थ्य र जीवनलाई अगाडि बढाउने अवसर पाउने कि नपाउने ? उसको हक हो कि होइन ? जसको कोही छैन, उसको अभिभावक राज्य हुनुपर्छ । न्याय सबैले पाउनुपर्छ, यो सामाजिक न्याय हो । यो आर्थिक न्यायसँग पनि जोडिएको हुन्छ । यी सवालहरुलाई सम्बोधन गरेर मात्रै नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक असमानता, विभेद र शोषणको अन्त्य गर्न सकिन्छ ।

प्राकृतिक, सांस्कृतिक लगायतका विविधता धनी नेपाल किन यति गरिब छ ? लगानी नआएर होइन, विदेशीले दिएको ऋण जोड्ने हो भने प्रतिव्यक्ति करोडौं पर्छ । दुई तिहाई भन्दा बढी जनसंख्यालाई बहिस्करणमा पारेर हो । अब सच्याउने कहाँ हो ? सच्याउने कुरा के हो भने विभेद र असमानतामा समृद्धि आउँदैन । एउटा घरभित्रै हेरौं न, एउटा छोराको पक्ष लिने, अर्को छोरालाई दबाउने । छोरीको पक्ष लिएर बुहारी दबाउने । यस्तो कलह विद्यमान घरमा शान्ति र समृद्धि आउँदैन । मुलुकमा पनि त्यस्तै हो ।

(उप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष यादव लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’को सार्वजनीकरण कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

The post विभेद र असमानतालाई बोक्ने लोकतन्त्रको कुनै भविष्य हुँदैन appeared first on Sajha Post.

लोकतान्त्रिक राजनीतिको कार्यशैली

$
0
0

एउटा मान्छेले अर्को मान्छेसँग व्यवहार गर्ने तौरतरिका वा ढंगलाई शैली भन्न सकिन्छ । शैली विभिन्न तरिकाले व्यक्त हुन्छ । कुरा गर्दा, काम गर्दा, लेखन, भाषण, प्रवचन गर्दा शरीरको हाउभाउले शैली व्यक्त गर्दछ । कार्यपद्धति अबलम्बन गर्ने तरिकाले पनि शैली व्यक्त हुन्छ । शैलीमा जब काम गर्ने तौरतरिका जोडिन्छ, त्यो कार्यशैली हुन्छ । राजनीतिको उद्देश्य जनसेवा हो । लोकतान्त्रिक राजनीतिक दलका अभियन्ताहरुले जनताबारे कसरी सोच्छन, कसरी हेर्छन, कसरी बोल्छन, कसरी कार्य गर्दछन, त्यसमा कार्यशैली व्यक्त हुन्छ ।

प्राकृतिक दृष्टिकोणले मान्छे प्राणी हो । अरु प्राणीजस्तै मान्छे पनि स्वार्थी र लोभी हुन्छ । स्वार्थ र लोभले रुची/अरुची पैदा गर्दछ । मन पर्ने, मन नपर्ने वर्गीकरण बन्न पुग्दछ । मीठो बोेली, राम्रो हेराई, राम्रो गराई, सम्मानजनक व्यवहार मन पर्दछ । मान्छेमा अरुले राम्रो भन्दियोस, प्रसंशा गर्दियोस भन्ने चाहना हुन्छ । शरिरका अंग दिमाग, आँखा, कान, नाक, मुख, जिउले शैली निर्धारण गर्दछन् । अंगहरुले कस्तो काम गर्दछन, सोही अनुरुपको व्यवहार बन्दछ । शैली बन्दछ ।

दिमागको सोेच्ने शैली

दिमाग शरिरको सबैभन्दा माथि छ । यसको काम सोच्ने, बुझ्ने र अरु अंगलाई अराउने हो । कुनै पनि लोकतान्त्रिक राजनीतिको अभियन्ताले राजनीतिलाई कसरी बुझ्दछ, सोच्दछ, र अरुलाई के कस्तो कुरा अराउँछ वा गर्न प्रेरित गर्दछ, त्यसमा दिमागको शैली झल्किन्छ । मान्छे एक छिनमा रिसाउने, एक छिनमा खुसाउने स्वभावको हुन्छ । मान्छेबाट काम लिन ऊ खुशी भएको अवस्थामा सजिलो हुन्छ । रिसाएको मान्छेले मरे काम फत्ते गर्दैन । तसर्थ मान्छे परिचालन गर्न साह्रै गाह्रो हुन्छ । मान्छे धान काट्ने, लुगा सिउने, समान बोक्ने मेसिनजस्तो हुँदैन । मेसिन बिग्रन्छ, रिसाउँदैन, तर मान्छे रिसायो भने सबै कुरा बिग्रन्छ । तसर्थ राजनीति गर्नेहरु सहनशील, धैर्यवान र ज्ञानवान हुनु पर्दछ । खुशी मान्छे सबै क्रियाकलापको आधार हो । तसर्थ लोकतान्त्रिक राजनीतिक अभियन्ताहरुको दिमागले त्यस्ता कुरा सोच्नु पर्दछ, जसले गर्दा अरु मान्छे खुशी होउन् ।

लोकतान्त्रिक राजनीतिमा मान्छे खुशी हुने निक्कै ठूलो तरिका सहभागिता र स्वामित्व हो । आफू सामेल भएर गरेको कामको जसअपजस मान्छेले लिन्छ । तसर्थ लोकतन्त्रमा निर्वाचन प्रणालीको ठूलो महत्व हुन्छ । टिकेतन्त्रले सहभागिता र स्वामित्व दिँदैन । टिकेतन्त्रले थोरै मान्छेलाई खुशी पार्दछ, धेरैलाई बेखुशी पार्दछ । तसर्थ दलको प्रमुख नेतृत्व र राज्यको प्रमुख मतदाताले आफै निर्वाचित गर्न पाउनु पर्दछ ।

राजनीति मान्छेले मान्छे परिचालन गर्ने कला हो । राजनीतिले नराम्रोलाई राम्रो, राम्रोलाई नराम्रो बनाउने क्षमता राख्दछ । मान्छेको जीवन सजिलो छैन, यो दुख्खले घेरिएको छ । राजनीतिको काम दुख्खलाई सुख्खमा परिणत गर्न खोज्नु हो । धेरैभन्दा धेरै मान्छेलाई सुख्ख दिन खोज्नु हो । दिमागको सोच्ने शैली सधै मान्छेहरुलाई दुख्खबाट निकाल्ने र सुख्खतिर लैजाने हुनु पर्दछ । यसको उल्टो भो, कुनै सोच वा नीतिले मान्छेलाई सुख्खबाट दुख्खतिर लग्यो भने दिमागको सोच्ने शैली ठीक छैन भन्ने बुझिन्छ ।

आँखाको हेर्ने शैली

मान्छेले मान्छेसँग भेट्दा सबैभन्दा पहिले आँखाले भेट्छ । आँखामा धेरै खाले मुद्रा वा भाव हुन्छ । सम्मानको, आक्रोशको, घृणाको, प्रेमको, विश्वासको, शंकाको, भरोसाको, त्रासको आदि । आँखाको शैली सम्मानको हुनु पर्दछ । अरुलाई अपमान गर्नु आफनै अपमानको बाटो खन्नु हो । मान्छेले मान्छेलाई जति सम्मान र विश्वसाको आँखाले हेर्छ, त्यहीँबाट सकारात्मक संवादको थालनी हुन्छ । अरुलाई भेट्दा लोकतान्त्रिक राजनीति गर्नेहरुको आँखामा शंका, अविश्वास, घृणा, डाह वा ईष्या हैन, विश्वास, भरोसा र न्यानोपन झल्किनु पर्दछ । नेतृत्वको सबैभन्दा ठूलो गुण नै आत्मविश्वास हो । जस्तै अप्ठ्यारो वा कठीन परिस्थितिमा पनि लोकतान्त्रिक नेतृत्वले आत्मविश्वास गुमाउनु हुँदैन ।

संसार कसैका लागि पनि सधै एकनाशको हुँदैन । अप्ठ्यारो सधै अप्ठ्यारोकै रुपमा रहँदैन, सजिलोमा परिणत हुन सक्दछ । चुनौति सधै चुनौतिकै रुपमा रहँदैन, अवसरमा परिणत हुन सक्दछ । लोकतान्त्रिक राजनीतिका अभियन्ताहरुले संसारलाई त्यसरी हेर्नु पर्दछ । आत्मविश्वासले अनुहारमा उज्यालोपन, चम्किलोपन र जिउँदोपन ल्याउँछ । आँखामा आँखा जुधाएर आत्मविश्वास र परस्पर सम्मान देखिने गरी व्यवहार गर्नु सुखद संवादको सूत्र हो ।

कानको सुन्ने शैली

मान्छेको कानले कस्तो कुरा सुन्न मन पराउँछ, कस्तो कुरा सुन्न मन पराउँदैन, लोकतान्त्रिक राजनीति गर्नेहरुले त्यो बुझ्नु पर्दछ । सामान्यतया मान्छेहरु सुख्खदुख्खका कुरा सुन्न चाहन्छन । जीवन अनुभव र भोगाइका कुरा सुन्न, सुनाउन चाहन्छन । आफ्नो दुख्ख अरुले सुनिदियो भने मात्र पनि हल्कापन महशुश गर्दछन । मान्छेलाई जति धेरै सुन्यो त्यतिधेरै फरकफरक अनुभव थाहा हुन्छ । मान्छेका दृष्टिकोण र धारणाहरुको वृहत् परिदृष्य ज्ञान हुन्छ । मान्छे चाहन्छन कि कुरा सुनिदियोस, त्यससँग जोडिएका कतिपय समस्या हल गर्न सहयोग पनि गरोस ।

मान्छेलाई मद्दत गर्न सकियो भने धेरै राम्रो । सक्ने कुरामा सहयोग गर्नु पर्दछ । तर सबैका आ-आफ्ना सीमा हुन्छन । चाहेर पनि सबैलाई सहयोग गर्न सकिन्न । मान्छेका समस्याका प्रकृति फरकफरक हुन्छन । ती सबै हल गर्ने ताकत कोसँग हुन्छ र ? कतिपय मान्छेले इच्छा, अपेक्षाका कुरा राख्दछन । ती पूरा गर्न, गर्दिन सम्भव हुन्न । तर पनि कुरा चाहिँ सुन्नु पर्दछ । सुन्दिँदा मात्र पनि मान्छेले केही हदसम्म समस्या समाधान भएको ठान्दछ । कम्तीमा कुरा त सुन्दियो भन्ने हुन्छ ।

कतिपय मान्छेका गुनासा वा समस्या सूचनाको अभाव वा मानसिक उल्झनसँग जोडिएका हुन्छन् । त्यस्ता मान्छेलाई केही दिनु पर्दैन । सही सल्लाहले मात्र पनि ठूलो सहयोग पुग्न सक्दछ । तर सल्लाह दिन पनि कुरा सुन्न, बुझ्न त पर्‍यो । सहृदयतापूर्वक मान्छेका कुरा सुन्नु, सकेको सहयोग गर्नु नसके आफ्नो असमर्थता वा बाध्यता विनम्रतापूर्वक भन्नु पर्दछ ।

मुखको बोल्ने शैली

मान्छे राम्रो कुुरा, मज्जा लाग्ने कुरा, मीठो लाग्ने कुरा सुन्ने इच्छा गर्दछ । सम्बोधनमा सम्मानजनक शब्दको अपेक्षा गर्दछ । उमेर अनुसार नाता लगाएर बोलेको झनै मन पराउँछ । बोलीको आकर्षण र बिकर्षणले लोकतान्त्रिक राजनीतिमा ठूलोे महत्व राख्दछ । बोलीकै कारण कैयौं मान्छे कसैको फ्यान वा समर्थक बन्न सक्दछन । बोलीकै कारण काेही जीवनभरिका विरोधी वा दुश्मन बन्न सक्दछन । नराम्रो वचनलाई वाण भनिन्छ । नराम्रो वचनले मान्छेको हृदयमा चोट लाग्छ । चोटले दुख्छ । मान्छे जीवनभरि बदलाको भावनातिर जानसक्दछ । तसर्थ बोलीमा नम्रता, प्रष्टता, तिख्खरता हुनु पर्दछ । झर्रो, रहरलाग्दो बोली भए झनै राम्रो ।

बोली बुझिएन, बोलीले झर्को लगायो, बोली टर्रो, निरसिलो, उराठलाग्दोे भयो भने नजिककै साथीहरु पनि विस्तारै टाढा हुन्छन् । बोली राम्रो, रसिलो भयो भने टाढाका मान्छे पनि नजिक हुन्छन् । भाषण पनि एक प्रकारको बोली नै हो । भाषण गर्ने रहरले मान्छेलाई बोर गर्नु हुन्न । भाषण गर्दा सहभागीको स्तर, मानसिकता, समय उपलब्धता सबै कुरा ख्याल गरेर बोल्नु पर्छ । आवाज, लवज र विषयवस्तु राम्रो छ भने भाषण राम्रो हुन्छ । त्यसले सबैलाई खुशी बनाउँछ र प्रेरित गर्दछ । तर, नेता हुने रहरले, भाषण गर्ने रहरले ताइ न तुई कनकन र गनगन मात्र भयो भने मान्छे निरुत्साहित हुन्छन्, उल्टो असर पर्दछ ।

संसारमा सबैले सबैलाई मन पराउँदैन । तर मन नपर्ने मान्छे भेट हुँदा पनि राम्रो बोल्नु पर्दछ । लोकतान्त्रिक राजनीतिका अभियन्ताहरुको बोलीले समर्थनको दायरा बढाउनु पर्दछ, घटाउने हैन । मन नपराउने मान्छेसँग पनि राम्रो बोलियो भने उसको धारणा परिवर्तन हुन सक्दछ । समर्थनको दायरा बढ्दछ ।

हातको काम गर्ने शैली

मान्छेसँग भेट्दा हातको पहिलो काम अभिवादन गर्नु हो । सम्मान कसलाई चाहिएको छैन र ? नेपालमा दुई हात जोडेर नमस्कार गर्ने जुन तरिका छ, त्यो निक्कै राम्रो छ । कहिलेकाहीँ हामी नमस्कार भनेर एक हात उठाउँदछौं । पाका उमेरका ठूलाबडाले त्यो मन पराउँदैनन् । समान उमेरका वा मन मिलेका समकक्षीहरु बीच एक हातको नमस्कार पनि राम्रै होला तर दुई हात जोडेर गरिने नमस्कारले झनै ठूलो अर्थ राख्दछ ।

हात मिलाउँदा झनै आत्मियता झल्किने रहेछ । भीडभाडमा, हतारमा, सबैसँग हात मिलाउन सम्भव हुँदैन । तर, परैबाट हसिलोपन, नम्रतापूर्वक हात हल्लाउने हो भने हात मिलाए सरह आत्मियताको अनुभूति गर्न, गराउन सकिन्छ । हात मिलाउँदा मन छुने गरी मिलाउनु पर्दछ । खिस्रिक्क हात मिलाउँदा उल्टो अर्थ लाग्दछ । महत्व वा सम्मान नदिएको भान हुन्छ र मान्छेको मन दुख्न सक्छ । दुई हात जोडर नमस्कार गर्दा होस, एक हात परैबाट हल्लाउँदा होस वा हात मिलाउँदा आँखामा खुशी र अनुहारमा चमक हुनु पर्दछ ।

हातको अर्को काम लेख्नु हो । लेखाइमा पनि शैली व्यक्त हुन्छ । लेख्ने कुरालाई सजिलो र सामान्य ठान्नु हुँदैन । लेख्ने रहर गर्ने, झुर लेख्ने र पाठक वा समर्थकलाई यो लेख्न नजान्ने, रहर मात्र गर्दो रहेछ भन्ने भान पर्न दिनु हुँदैन । बरु नलेख्नु वा थोरै लेख्नु, जति लेखिन्छ, भाँती पुर्‍याएर लेख्नु राम्रो हो ।

हातको अझ महत्वपूर्ण काम उत्पादन गर्नु हो । उत्पादनमा हातको सीप झल्किन्छ । त्यसको शैली बन्छ । कुनै काम नगरी बाँच्न सकिन्न । जीवन धान्न, परिवार पाल्न वा राजनीतिक क्रियाकलाप गर्न खर्च त चाहियो । त्यो कसैले कसैलाई दिएर पुग्दैन । दिए पनि सधैलाई हुँदैन । अरुमा भर पर्दा आफ्नो आत्मनिर्भरता खत्तम हुन्छ । हातलाई उत्पादनसँग जोड्नु पर्दछ ।

आधुनिक लोकतान्त्रिक समाज औपचारिकताबाट अनौपचारिकतातिर बढी ढल्किन्छ । ठूलोठालु बन्ने, माला, खादा, ब्याज, दोसल्ला र मञ्चासनलाई महत्व दिने, सानोठूलोको भेद सिर्जना गर्ने शैली सामन्ती संस्कारका उपज हुन् । लोकतन्त्रमा जनता सानो नेता ठूलो हैन । नेतालाई सर्वसाधारणले ठूलो मान्न जरुरी छैन । लोकतान्त्रिक राजनीतिमा पद भनेको जिम्मेवारी हो, बढप्पन वा शान देखाउने कुरा हैन ।

त्यसो त लोकतान्त्रिक जीवनशैलीका अरु पनि धेरै पाटाहरु छन् । यौनलाई बुझ्ने र व्यवहार गर्ने शैलीको अभावले अनेक दुर्भाग्यपूर्ण घटना घटित भइरहेका छन् । यौन मानव जीवनको अभिन्न, महत्वपूर्ण र संवेदनशील विषय हो । यौन सबैभन्दा ठूलो समस्याको जरो पनि हो ।

सञ्चारको युगमा फोनमा कुरा गर्ने तरिका पनि शैलीको एउटा पाटो बन्न सक्दछ । फोनमा कुरा गर्ने तरिका वा भाँती नपुग्दा मान्छे-मान्छे बीच सम्बन्ध बिग्रने जोखिम बढेको छ । सकेसम्म सबैको फोन उठाउनु र उत्तर दिनु राम्रो हो । तर त्यो काम असम्भव बन्दै गएको छ । फोनमा लामो कुरा गर्ने तरिकाले सबैलाई असजिलो पार्दछ ।

समय सबैभन्दा ठूलो सम्पति हो । समय बगिरहन्छ, मान्छेलाई पर्खेर बस्दैन । समयको महत्व जसले बुझ्न र उपयोग गर्न सक्यो, उसैले उन्नति गर्ने हो । समय पालना नगर्नु नेपाली समाजको ठूलो समस्या हो । समय व्यवस्थापनको शैली समयमा काम थाल्ने, समयमा काम सक्ने प्रकृतिको हुनु पर्दछ । लोकतन्त्रको कुरा गर्न सजिलो छ । साँच्चै लोकतान्त्रिक आचरण र शैली अबलम्बन गर्न गाह्रो छ । तथापि प्रयत्न छोड्न हुँदैन– नियत ठीक भए सबैथोक ठीक हुँदै जान्छ ।

The post लोकतान्त्रिक राजनीतिको कार्यशैली appeared first on Sajha Post.

उपेन्द्र यादवको नयाँ किताब र विचारधाराको प्रश्न

$
0
0

गत कार्तिक २२ गते काठमाडौंमा एक भव्य कार्यक्रमबीच समाजवादी पार्टीका कार्यसमिति अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो नयाँ किताब ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ सार्वजनिक गरे । पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख वक्ता रहेको त्यो कार्यक्रममा दर्जन बढी बौद्धिक टिप्पणीकारहरु थिए । अधिकांश टिप्पणीकारहरुको जोड ‘समाजवाद’, ‘लोकतन्त्र’, ‘संघीयता’ र ‘मधेश आन्दोलन’ वरिपरि घुमेको थियो ।

विशेषतः संघीयता र मधेश आन्दोलनको ‘लिड रोल’ हुँदै गुज्रेका यादवसँग अधिकांशको अपेक्षा ‘इनसाइड स्टोरी’ सँग थियो । राजनीतिशास्त्री कृष्ण हाछें‌थुले आन्दोलन र भित्री वार्ताहरुको प्रसंग नल्याउनु किताबको कमजोर पक्ष हो भनेर गुनासो गरे ।

प्रारम्भमै यो प्रष्ट गर्नु उचित होला कि यादवको यो किताब प्राज्ञिक प्रयोजनका लागि नभएर राजनीतिक प्रयोजनका लागि लेखिएको सरल वैचारिक श्रृंखला हो । प्राज्ञिक वा व्यवसायिक लेखनको दृष्टिकोणबाट यो पुस्तकमाथि उठ्ने प्रश्नहरु खासै प्रासंगिक लाग्दैनन् । यादवको यो पहिलो किताब भने हैन । नेपाली, अंग्रजी, हिन्दी र मैथिली भाषामा समान स्तरको पहुँच र पकड राख्ने यादवका यस अघि नै आधा दर्शन किताब प्रकाशित भइसकेका छन् ।

नेपालको मधेसी समुदायः एक विवेचना ( २०५६ ), मधेस समस्या और समाधान, नेपाली आन्दोलन और मधेश मुक्तिका सवाल ( २००५ ), कन्स्पिरेन्सी अफ नेपाल राज अगेन्स्ट मधेश ( २००९ ) जस्ता उनका किताबले नेपालमा मधेश आन्दोलनलाई अनुप्रेरित त गर्‍यो नै सँगसँगै उत्पीडित राष्ट्रियताहरुको मुक्ति, संघीयता, भाषिक/साँस्कृतिक अधिकार, समानुपातिक निर्वाचन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, आरक्षणजस्ता सवाल स्थापित गर्न ठूलो योगदान गर्‍यो । फलतः नेपाली मिडिया र परम्परागत बर्चश्ववृत्तले उनको छवि ‘मधेसवादी’ का रुपमा खडा गरे ।

तर, यादवले ‘मधेशवाद’ को संज्ञा कहिल्यै स्वीकार गरेनन् । उनले बारम्बार भने–‘मधेसवाद भन्ने विचारधारा मैले कहिँ पढेको, सुनेको छैन ।’ धेरैका लागि यादवको यस्तो अभिव्यक्ति नसुल्झने पहेली वा विरोधाभाषजस्तो थियो । ‘मधेसका मसिहा’ भनिएकै व्यक्तित्वबाट ‘मधेसवाद विचारधारा हैन’ भन्नुको रहस्य के होला ? यो प्रश्नको उत्तर पर्खिरहेकाहरुको लागि यादवको नयाँ किताब बढी प्रासंगिक छ ।

दोस्रो कुरा– ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ जस्ता प्रक्षेपणहरुको सन्दर्भमा किताबले अर्थ राख्दछ । विचारधाराको अन्त्य वा उदार लोकतन्त्रको दिग्विजयको घोषणा गर्ने फ्रान्सिस फुकुयामा पहिलो व्यक्ति थिएनन् । उनले ‘द इन्ड अफ हिस्ट्री एण्ड लाष्ट म्यान’ लेख्नुृ अघि नै ‘विचारधाराको अन्त्य’ ‘इतिहासको अन्त्य’, ‘उत्तरवैचारिक युगको शुरुवात्’ वा ‘गैरवैचारिक राजनीतिको प्रारम्भ’ जस्ता अवधारणा चर्चामा थिए । सन् १९६० मा प्रकाशित डेनियल वेलको किताब थियो–‘द इन्ड अफ आइडोलजी’ अर्थात् विचारधाराको अन्त्य ।

सन् १९९० को दशकमा फुकुयामाले ‘विचारधाराको अन्त्य’ दावी गरिनुका ५ कारणहरु चर्चा गरेका थिए ।

१. फासीवाद दोस्रो विश्वयुद्धमा नै पराजित भइसक्यो । सोभियत संघको पतनसँगै साम्यवाद पराजित भयो । अब उदार लोकतन्त्रको विकल्प विचारधारा बाँकी छैन । इतिहासले आफ्नो लक्ष्य–‘प्रतिनिधिमूलक सरकार, खुल्ला बजार अर्थतन्त्र र उपभोक्तावादी संस्कृति’ विश्वभरि प्राप्त गर्दैछ ।

२. एकदलीय प्रणाली अन्तर्गत शासित भए पनि चीनले सन् १९७६ पछि उदार पुँजीवादी अर्थतन्त्र अपनाइसकेको छ । हङकङ मामिलामा ‘एक देश, दुई प्रणाली’ स्वीकार गरेबाट चीनमा उदार लोकतन्त्र प्रवेश गर्छ । चीन विस्तारै उदार लोकतन्त्रको बाटोमा अग्रसर हुनेछ ।

३.सोभियत रुसले उदार लोकतान्त्रिक शासन प्रणाली अपनाउनेछ । पूर्व र पश्चिम युरोपबीचको वैचारिक दूरी समाप्त हुनेछ । रुस र अमेरिका विश्वस्तरमा सहकार्यमा हुनेछन् ।

४. क्रमिक आर्थिक विकास र वैधानिक सत्ता परिवर्तनको प्रक्रियाबाट विश्व अगाडि बढ्नेछ ।

५. उदार लोकतन्त्रलाई आदर्श मानेर भूमण्डलीकरण तीव्र हुनेछ । अल्पविकसित देशहरु भूमण्डलीकरणको प्रक्रियामा लपेटिएर आउनेछन । वस्तु, सेवा, विचार, श्रम, पुँजी र प्रविधिको आप्रवाहबाट कमजोर अर्थतन्त्र भएका मुलुकले पर्याप्त फायदा लिन सक्नेछन ।

तर, फुकुयामाका यी ५ कुनै पनि पूर्वानुमान वितेका ३ दशकमा सही सावित भएनन् । सन् २०१८ मा प्रकाशित अर्को पुस्तक ‘Identity: The Demand For Dignity and The Politics of Resentment’ सम्म आइपुग्दा स्वयं फुकुयामाले यो यथार्थ स्वीकार गरे ।

फुकुयामा भन्छन् – ‘सन् १९८९–१९९१ यता हामी बढ्दो उदार विश्वमा बाँचिरहेका थियौं । यो अमेरिका र यसका युरोपेली सहयोगी, नेटो र सुदुर पूर्वी राष्ट्रहरुको कारणले सम्भव भएको थियो । यसको एउटा आर्थिक तत्व थियो, जो स्वतन्त्र व्यापार प्रणालीमा अभिव्यक्त हुन्थ्यो । वस्तु, व्यक्ति, सेवा, विचार र लगानीको गतिशील परिवहन अन्तर्राष्ट्रिय सीमा बाहिरसम्म हुन्थ्यो । यसको एउटा अर्को राजनीतिक तत्व पनि थियो, जो अमेरिका, युरोप र एशियाली गठबन्धन थियो । मेरो विचारमा यो निक्कै सफल र सार्थक पहलकदमी थियो ।’

उनी अगाडि थप्छन– ‘तर, सन् २००० को मध्यदेखि यी सबै कुरा उल्टो हुन थाले । नयाँ खालका अतिआत्मविश्वासी र प्रखर तानाशाही रुस र चीनमा उदय भयो । तर लोकतन्त्रका लागि यी भन्दा ठूलो जोखिमका रुपमा स्थापित लोकतन्त्र मै पपुलिज्मको उदय भयो । बेलायतमा स्कटलैण्ड र ब्रेक्जिट जनमत संग्रह भयो । अमेरिकामा डोनाल्ड ट्रम्पजस्ता डेमागग विजय भए । लोकतान्त्रीकरणको तेस्रो लहर नष्ट भयो र यसको मुख्य कारण पहिचानको राजनीति थियो ।’

फुकुयामाले यो आत्मस्वीकारोक्ति युरोप, अमेरिकालगायतको विश्व परिप्रेक्ष्यमा गरेका हुन् । फुकुयामाको दोस्रो किताबभित्र नेपालको चर्चा छैन । तर, नेपालमा पनि यही अवधिमा मधेश, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, खसलगायतका आन्दोलनहरु तीव्र र शक्तिशाली भए । अहिलेको समाजवादी पार्टीसम्म आइपुग्दा यी आन्दोलनहरु एकीकृत हुँदै गइरहेका छन् र त्यसको केन्द्रमा यादव देखिएका छन् । यो एक संयोग थियो वा विश्व प्रक्रियाकै कडी ? सीमान्तकृत समुदायको सशक्तीकरण, समावेशिता र उत्पीडित राष्ट्रियताहरुको मुक्ति आजको ज्वलन्त सवाल हो भने विचारधाराको बहस कहाँनेर पुग्छ ? एक्काइशौं शताब्दीको विश्व र नेपालको नेतृत्वदायी विचारधारा कुन होला ? यस परिप्रेक्ष्यमा पनि यादवको किताब प्रासंगिक बन्न पुग्दछ ।

यादवले आफ्नो पुस्तकलाई २ भागमा बाँडेका छन् । पहिलो अध्यायमा नेपाल राज्यको उत्पत्तिदेखि २०७२ मा नयाँ संविधान जारी गर्दाका बखतसम्मका तनाव, आन्दोलन लगायतका मुख्य कडीहरुको चर्चा छ । यो खण्डको उद्देश्य नेपालको विशिष्ठतामा पहिचान र अधिकारको प्रश्न कसरी ऐतिहासिक तबरले सम्पुष्टि हुन्छ भनेर पुनर्पुष्टि गर्नु हो । दोस्रो खण्डमा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका विभिन्न धार र व्यक्तित्वहरुको चर्चा छ । समाजवादी आन्दोलनमा एकातिर मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओ, अर्कोतिर एडबर्ड बर्नस्टिन, कार्ल काउस्स्की र रोजा लग्जेम्बर्ग, त्यसैगरी दक्षिण एशियाली सन्दर्भमा महात्मा गान्धी, अम्बेडकर, लोहिया र जयप्रकास नारायणका विचारको चर्चा र समिक्षा उनले गरेका छन् ।

यी प्रसंगलाई ५ वटा मुख्य सवालमा केन्द्रित गर्न सकिन्छ । १. समाजवाद र लोकतन्त्रको प्रश्न २.लोकतन्त्र र समावेशी लोकतन्त्रको प्रश्न ३. समाजवाद र उत्पीडित राष्ट्रियताहरुको प्रश्न ४. समाजवादी लोकतन्त्रमा वर्ग, वर्ण र लिङ्ग ३ आधारमा उत्पन्न विभेद र असमानताको अन्त्यको प्रश्न । ५. समाजवाद र समतामूलक समृद्धिको प्रश्न ।

लोकतन्त्र र समाजवाद फरकफरक हैनन् । एकको अभावमा अर्कोको उपस्थिति असम्भव हुने यादवको तर्क छ । झट्ट हेर्दा यो प्रजातान्त्रिक समाजवादी तर्कजस्तो लागे तापनि प्रजातान्त्रिक समाजवाद र समाजवादी लोकतन्त्रबीच उनी गहीरो भिन्नता देख्दछन । समाजवादका लागि लोकतन्त्र अपरिहार्य छ तर कस्तो लोकतन्त्र ? यहाँनेर उनी के कुरामा जोड दिन्छन् भने परम्परागत संसदीय तथा प्रतिनिधिमूलक लोकतन्त्रले समाजवादी लोकतन्त्रको कार्यभार धान्न सक्दैन, त्यसका लागि लोकतन्त्रलाई समावेशी, सहभागितामूलक र समानुपातिक लोकतन्त्रमा रुपान्तरित गर्नु पर्दछ र नेपालका सन्दर्भमा त्यसको मूर्त अभिव्यक्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदबाट सम्भव छ ।

यादवको विचारमा मधेश नेपालको एक उत्पीडित राष्ट्रियता हो । नेपालमा बहुराष्ट्रियताहरु छन् । नेपाल ‘बहुराष्ट्रियताहरु भएको मुलुक’ हो । मधेशजस्तै लिम्बुवान, खम्बुवान, थरुहट, मगरात, खसान, तमुवान आदि नेपालका मुख्य राष्ट्रियताहरु हुन् । नेपालमा समाजवादी लोकतन्त्रको एक कार्यभार उत्पीडित राष्ट्रियताको मुक्ति हो र त्यसको बाटो संघीय राज्य प्रणाली हो । बहुराष्ट्रियताहरुको व्यवस्थापन एउटै मुलुकभित्र गर्न संघीयता सार्वभौम सिद्धान्त सरह उपयोगी हुन्छ भन्ने यादवको मत पुस्तकमा व्यक्त भएको छ ।

यादव विश्व समाज र दक्षिण एशियाली समाजको वैचारिक परिप्रेक्ष्यलाई फरक गरेर हेर्दछन् । यस सन्दर्भमा उनी लोहियाबाट प्रभावित देखिन्छन् । विश्व समाजमा मूलतः वर्ग र लिङ्गको विभेद विचारधाराहरुको जग होे । तर दक्षिण एशियाली समाजमा ती भन्दा खतरनाक तत्वका रुपमा वर्ण छ । हिन्दू वर्णाश्रमले सिर्जना गरेको जातिप्रथा, त्यसबाट मुक्तिको प्रश्न वर्गसंघर्षभन्दा बढी महत्वपूर्ण हो भन्ने यादवको ठहर देखिन्छ । उनी भन्छन् –‘वर्ग विभेदले कम्तीमा मान्छेलाई अछूत बनाउँदैन, मान्छेलाई श्रमिक वा सर्वहारा बनाउँछ तर पशुतुल्य बनाउँदैन । दक्षिण एशिया र नेपालका लागि वर्ण वर्गभन्दा ठूलो सवाल हो ।’

अन्ततः उनले समाजवादी लोकतन्त्रसँग समृद्धि र सुशासनको अन्तर्सम्बन्धलाई व्यक्त गर्न खोजेका छन् । विभेदको अन्त्य, समान अधिकारको स्थापना समृद्धिको पूर्वशर्त हो भन्ने उनको मत छ । उत्पीडित राष्ट्रियताहरुको मुक्तिविना आधारभूत शान्ति स्थापित हुँदैन र आधारभूत शान्ति र स्थायित्व विनाको समाज समृद्धितिर प्रवेश गर्दैन, यदि गर्‍यो नै भने पनि त्यो मुठ्ठीभर मान्छेहरुको समृद्धि हुन्छ, समावेशी, समतामूलक र समन्यायिक समृद्धि हुँदैन भन्ने यादवको मत छ ।

समग्रमा यादवको पुस्तकले विचारधाराको वैश्विक प्रश्नलाई नेपालको सन्दर्भमा पुनर्जिवित गर्दछ । सम्भवतः त्यसको निष्कर्ष– उदार–लोकतन्त्र र शास्त्रीय साम्यवादको विकल्पमा ‘समाजवादी लोकतन्त्र’ को वैचारिक उत्प्रेरणालाई नेपाली सन्दर्भमा पुनर्पुष्टि गर्नु नै हो ।

The post उपेन्द्र यादवको नयाँ किताब र विचारधाराको प्रश्न appeared first on Sajha Post.

चुनावमा भोजभतेर गर्नेले मुलुकलाई भ्रष्टाचारमा डुबाउँछन् 

$
0
0

कुनै पनि राजनीतिक व्यवस्था आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । राजनीतिक पात्रहरु कस्ता छन् ? उनीहरुको प्रवृत्ति कस्तो छ ? भन्ने कुराले विद्यमान व्यवस्थालाई खराब वा असल बनाउँछ ।

पात्र र प्रवृत्ति असल छ भने सापेक्षरुपमा खराब शासन व्यवस्थाभित्र पनि समाज र मुलुकले सकारात्मक दिशा लिन सक्छ । नागरिकले राहतको महसुस गर्न सक्छन् । यदि पात्र र प्रवृत्ति खराब छ भने असल शासन व्यवस्थाभित्रै पनि नागरिकले सास्ती भोग्छन् । यो नियम संसदीय व्यवस्थामा पनि लागू हुन्छ ।

संसदीय व्यवस्था अंगालेका कैयौं मुलुकहरु निकै सम्पन्न र सभ्य भइसके । त्यहाँका नागरिकहरु संसार कै खुसी र समृद्ध नागरिकमा गनिन्छन् । तर नेपाल भने संसदीय व्यवस्थाकै कारण झनझन दलदलमा फँस्दै गइरहेको छ ।

नेपालमा संसदीय व्यवस्था वैचारिक विकृत्ति, नैतिक विचलन, आर्थिक चलखेल र भ्रष्टाचारको पर्याय बन्न पुगेको छ । संसदीय व्यवस्था लागू भएपछि घटेका आर्थिक काण्ड, सांसद किनमेल, पदका लागि हुने बार्गेनिङ, चुनावका बेला हुने अनुचित चलखेल कसैबाट लुकेको छैन ।

नेपालको निर्वाचन प्रणाली नै त्रुटिपूर्ण छ र त्यसैले समाज थप भ्रष्ट बनेको हो भन्ने एकखाले बुझाइ पनि छ । यो एकहदसम्म सत्य पनि हो । नेपालको विद्यमान आर्थिक सम्बन्ध, राजनीतिक संरचना र सांस्कृतिक मूल्यमान्यताले पनि असल प्रवृत्ति रातारात खराब भएको हो । यसमा दुईमत छैन ।

यद्यपि, राजनीतिक पात्रको नियत र प्रवृत्तिमा सुधार नआएसम्म निर्वाचन प्रणाली फेर्दैमा सबै कुरा ठीकठाक भइहाल्छ भनेर सोच्नु पूर्ण रुपमा सही भने होइन । खराब पात्र र प्रवृत्तिले निरन्तरता पाउँदा आर्थिक अनियमितता र भ्रष्टाचारले पनि निरन्तरता पाउँछ । किनकि खराब पात्र, चरित्र र प्रवृत्तिले कुनै पनि शासन व्यवस्थाभित्र अपनाइने निर्वाचन प्रणालीलाई विकृत बनाउने संभावना हुन्छ ।

सत्ताको केन्द्रमा रहेकाहरु वैचारिक र नैतिक रुपमा विचलित हुँदा युवा पुस्तामा विद्यमान शासन व्यवस्था र राजनीतिप्रति नै वितृष्णा जागिरहेको छ । तर मुलुक वैचारिक विकृत्ति, नैतिक विचलन र भ्रष्टाचारमा चुर्लुम्म डुब्बुको दोष राजनीतिज्ञलाई मात्रै दिनु उचित नहोला ।

शासन व्यवस्थामा मतदान गरेर आफ्नो सहभागिता जनाउने आम नागरिक पनि उत्तिकै दोषी छन् । तर सचेत नागरिक र मतदाताहरुले खराब राजनीतिक प्रवृत्तिलाई चुनावमार्फत् किनारा लगाउन सक्छन् ।

क्यानाडेली लेखिका नाओमी क्लेनको विचारमा ‘लोकतन्त्र भनेको भोट हाल्ने अधिकार मात्रै होइन, आत्म सम्मानका साथ बाँच्ने अधिकार पनि हो’ । क्लेनको उक्त भनाइबाट निर्वाचनका बेला मतदाताहरु सचेत हुनुपर्छ भन्ने प्रस्ट हुन्छ । साथै उक्त भनाइको आशय प्रभाव र दबाबमा भोट हाल्ने नागरिक आत्म सम्मानका साथ बाँच्न सक्दैन भन्ने पनि हो । किनभने प्रभाव र दबाबमा परेर भोट हाल्दा खराब नियत भएकाहरुको हातमा शासनसत्ता पुग्छ र नागरिकको अवस्था थप बिग्रन जान्छ ।

निर्वाचन भनेको लोकतन्त्रलाई सुदृढ र परिकृष्त बनाउने महत्वपूर्ण माध्यम हो । नेपालमा राजनीतिक दललाई मात्रै होइन, आम नागरिकलाई समेत चुनाव मज्जैले लाग्ने गर्छ । नेताका लागि चुनाव भनेको जीवन मरणको कुरा हो । नेताहरु एक पटक चुनाव हारेपछि राजनीति नै सकिएको जस्तो प्रतिक्रिया दिन्छन् । आमनागरिकलाई चुनाव भनेको एउटा उत्सव जस्तो लाग्छ । भोजभतेर, र्‍याली, फूलमाला, अबिर जात्राले चुनावलाई एउटा रमिता नै बनाइदिन्छ ।

हामी सबैले बुझ्नुपर्छ- हरेक नागरिकसँग भएको मताधिकारले राजनीतिक दल र नेतालाई सजाय वा पुरस्कृत गर्ने हैसियत राख्छ । निर्वाचनबाट नै आमनागरिकले आफ्नो मत जाहेर गर्छन् र राजनीतिक दललाई मुलुक र सर्वसाधारणप्रति जवाफदेही बनाउन सक्छन् । सचेत रुपमा हालिने भोटबाट दल र दलका नेताले आफूलाई सुधार्ने मौका पाउँछन् । मुलुकले सही दिशा लिन सक्छ । त्यसैले पनि मतदाताहरु हरेक प्रभावबाट मुक्त हुनुपर्छ भनिएको हो ।

तर हामी नेपाली मतदाताहरु न प्रभावबाट मुक्त हुन सकेका छौं, न दबाबबाट मुक्त छौं, न अभावबाट नै । हामीलाई राजनीतिक विकृतिले यसरी गाँजेको छ कि निर्वाचनका बेला कुन उम्मेदवार राम्रो ? कुन उम्मेदवार नराम्रो ? भनेर छुट्याउनै सक्दैनौं । अर्थात् हामी ‘हाम्रोलाई जति नराम्रो भएपनि राम्रै देख्छौं र विपक्षी जति राम्रो भएपनि खराबै देख्छौं’ ।

चुनावताका हुने पैसा र पावरको खेलले राजनीति नै फोहोरी बनाउँछ । पैसा र पावरको प्रभावमा भोट हाल्ने नागरिकका कारण पनि फोहोरी राजनीतिले प्रश्रय पाएको हो ।

राजनीति दूषित हुनुमा हामी मतदाता पनि उत्तिकै दोषी छौं । हामी मतदाताले चुनावलाई गम्भीर रुपमा लिएका नै हुन्नौं । मतदानमार्फत् राजनीतिक दललाई पाठ सिकाउन सकिन्छ भनेर बुझेका हुन्नौं । हरेक चुनाव हाम्रा लागि चाडपर्व जस्तो बन्छ ।

हामीले आफ्नो भोटलाई चुनावका बेला दाउमा राख्छौं । हामीले आफ्नो भोटलाई कहिले नोटसँग साट्छौं । कहिले रक्सी र भोड्कामा डुबाउँछौं । कहिले भोजभतेरसँग बार्गेनिङ गर्छौं । तर यसरी चुनाव जितेकाहरु आफ्नो कार्यकाल भर चुनावताका भएको खर्च उठाउनतिर लाग्छन् । निर्वाचित प्रतिनिधिलाई नोट, भोड्का र भोजभतेरबाट प्रभावित नागरिकप्रति जवाफदेही हुनुपर्छ भन्ने बोध हुँदैन ।

हामीले चुनावमा भोजभतेर, रक्सी र भोड्काका लागि खर्च भएको पैसाले भ्रष्टाचारलाई बढावा दिन्छ भनेर बुझ्दैनौं । राजनीतिक दलको अनुचित प्रभाव र दबाबमा मतदाता पर्दा मुलुकको शासन व्यवस्था थप विकृत बनाउँछ । अन्ततः यसको शिकार हामी आफै बन्छौं ।

यतिबेला पुनः मुलुकमा चुनावी माहौल छाएको छ । उपनिर्वाचनको मिति नजिकिँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचन आउन केबल एक हप्ता मात्रै बाँकी छ । राजनीतिक दलहरु उपनिर्वाचनलाई आ-आफ्नो पक्षमा पार्ने दाउमा छन् । सत्तारुढ नेकपाको लोकप्रियता ह्वात्तै घटेको छ । त्यसैले पनि उपनिर्वाचनलाई सत्ताधारीको परीक्षाको रुपमा समेत हेरिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका अन्य दलहरु अलोकप्रिय बन्दै गएको नेकपा सरकारबाट चुनावमा फाइदा दिने तयारीमा छन् ।

उपनिर्वाचन हुने स्थानमा चुनावी सक्रियतासँगै सत्ता र शक्तिको दुरुपयोग भएको खबर समेत बाहिर आएको छ । सत्तारुढ दलले नै सत्ता र शक्तिको दुरुपयोग गरी मतदानालाई प्रभावित गर्न खोज्नु विडम्बना हो । यस्ता क्रियाकलाप लोकतन्त्रका लागि मात्रै घातक हुँदैनन्, स्वयं नेकपाका लागि समेत प्रतिउत्पादक बन्न सक्छन् ।

राजनीतिलाई दूषित बनाउने काममा नेताहरु मात्रै दोषी छैनन् । हामी मतदाता पनि दोषी छौं । दूषित राजनीतिलाई सफा गर्ने जिम्मेवारी दल र नेताहरुको मात्रै होइन, मतदाताको पनि हो । त्यसैले बेलैमा आँखा खोलौं । मतदाताहरु मासु, रक्सी र भोजभतेरमा डुब्दा जनप्रतिनिधिले मुलुकलाई भ्रष्टाचारमा डुबाउँछन् ।  हाम्रो होइन, राम्रोलाई रोजौं । र भोटमार्फत् राजनीति सफा गर्ने तर्फ लागौं ।

 

The post चुनावमा भोजभतेर गर्नेले मुलुकलाई भ्रष्टाचारमा डुबाउँछन्  appeared first on Sajha Post.


विश्वभर आन्दोलन र विरोध प्रदर्शन किन भइरहेको छ ?

$
0
0

पछिल्लो समय विरोध प्रदर्शन र आन्दोलनले विश्व तातिरहेको छ । मानिसहरु स्वतन्त्रताका लागि सडकमा आएर नारा-जुलुस गरिरहेका छन् ।

इरानको धार्मिक सत्ताले गोली ठोकेर आफ्ना नागरिकको हत्या गरिरहेको छ । इरानी शासकहरुले इन्टरनेटमाथि प्रतिबन्ध लगाएका छन् । तर प्रदर्शनकारीले ‘खमेनी मुर्दावाद’ भनेर नारा लगाउन छोडेका छैनन् । हङकङ, वार्सा, बुडापेस्ट, इस्तानबुल र मस्कोमा लोकतान्त्रिक अधिकार रक्षा गर्न भन्दै मानिसहरु सडकमा नारा-जुलुस गरिरहेका छन् । पाकिस्तान, इन्डोनेसिया र साउदी अरबका नागरिकहरु सरकारसँग आक्रोशित छन् । यता लेबनान र बोलिभियाका नेताहरु विरोध प्रदर्शन बढ्दै गएपछि सत्ता छोड्न बाध्य भए ।

सन् १९८९ पछि पहिलो पटक यति ठूलो, व्यापक र विश्वव्यापी प्रदर्शन भएको हो । यो महाअभियोगभन्दा १० गुणा ठूलो समाचार हो । यद्यपि, आम प्रदर्शन र महाअभियोग अन्तरसम्बन्धित छन् ।

हाल जारी प्रदर्शनको बीजारोपण ३० वर्ष पहिला नै भएको थियो । अर्थात् यतिबेला भइरहेका प्रदर्शनका पछाडि रुसी महासंघको पतन र विश्वव्यापीकरणको विस्तार जस्ता घटना रहेका छन् । त्यतिबेला उदारवादी लोकतान्त्रिक पुँजीवाद, खुला अर्थतन्त्रभित्रको अतिवाद र इतिहासको अन्त्य जस्ता घटनाहरु उत्कर्षमा पुगेका थिए ।

सन् १९८९ मा नै हामीमध्ये धेरैले माथि उल्लिखित कुराको आलोचना गरेका थियौं । भूमण्डलीकृत लोकतान्त्रिक पुँजीवादले आम असन्तुष्टि निम्त्याउने छ भनेर हामीलाई थाहा थियो । यिनै कुराले गर्दा शक्तिशाली र सम्पन्न भन्दै गएको शिक्षित सहरियाहरु र पछाडि परिरहेको ग्रामीण समुदायबीच आर्थिक तथा सांस्कृतिक द्धन्द्ध बढेको हो । उदारवाद आध्यात्मिक रुपमा निकै सतही छ, अति विश्ववादी छ र जरादेखि नै कमजोर हुँदै छ । उदारवादका कारण मानिसहरुले आफ्नो मौलिक संस्कृति छिन्नभिन्न परेको महसुस गर्न थालेका छन् ।

फलस्वरुप, विश्वका विभिन्न मुलुकमा पपुलिस्ट आक्रोश/विद्रोह विभिन्न रुपमा व्यक्त भइरहेको छ । मध्य तथा पूर्वी युरोपमा भिक्टर ओर्बान, भ्लादिमिर पुटिन र पोल्याण्डको जस्टिस पार्टी जस्ता राष्ट्रवादी नेता र राजनीतिमार्फत् प्रकट भएको छ । ल्याटिन अमेरिकामा गुलाफी आन्दोलन (Pink tide) को नाममा ह्युगो चाभेज र निकोलास मदुरो जस्ता बामपन्थी नेताहरु देखा परे । बेलायतामा ब्रेक्सिट र अमेरिकामा डोनाल्ड ट्रम्पमार्फत् गोरा जातिको राष्ट्रवादबारे वकालत हुन थालेको छ । मध्यपूर्वमा मुस्लिम अतिवाद प्रखर बन्दै गइरहेको छ । चीनमा सी जिङफिङको नयाँ अधिनायकवादी नीति लागू भइरहेको छ । भारतमा पपुलिज्म नरेन्द्र मोदीमार्फत् हिन्दू राष्ट्रवादको रुपमा प्रकट भइरहेको छ ।

अन्य मुलुकमा समेत पपुलिस्ट रुझान बढिरहेको देखिन्छ । फ्रान्सको एलो भेस्ट र चिलीको विरोध प्रदर्शनलाई आर्थिक रुपमा पछाडि पारिएका/परेका समूह/वर्गले नेतृत्व गरिरहेका छन् । तर सत्तामा पुगेपछि पपुलिस्टहरुले जन असन्तुष्टि सम्बोधन गर्न सक्दैनन् भनेर प्रस्ट भइसकेको छ । त्यस्तै केही मुलुकमा पपुलिस्ट राजनीतिविरुद्ध नै मानिसहरुले आवाज उठाउन थालेका छन् । कतिपय मुलुकमा पपुलिस्ट नेताविरुद्ध नै सहरिया मध्यम वर्गीय मानिसहरु आन्दोलित भएका छन् ।

विश्वव्यापी आक्रोश र असन्तुष्टिको मूल कारण आर्थिक नै हो । बामपन्थी र दक्षिणपन्थी दुबै पपुलिस्ट नीतिले गर्दा आर्थिक वृद्धि धरापमा परिरहेको छ । पपुलिस्ट नीतिले भेनेजुएलामा आर्थिक विपत निम्त्यायो । मेक्सिकोमा आन्द्रेस म्यानुअल लोपेज ओब्राडरको बामपन्थी नीतिले आर्थिक वृद्धि ठप्प हुन पुगेको छ । यही भएर अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याटिन अमेरिकाको वृद्धिदर ०.२ प्रतिशतमा झर्ने प्रक्षेपण गरिसकेको छ ।

लेबनानमा हरेक वर्ष २० हजार रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ तर त्यहाँको सरकारले वर्षेनी केबल ३ हजार रोजगारी सिर्जना गर्न सकेको छ । त्यस्तै कर्जाको मात्रा ह्वात्तै बढेको छ । ट्रम्पको व्यापार युद्धले अमेरिकाको आर्थिक क्रियाकलाप सुस्त हुन पुगेको छ । चिनियाँ राष्ट्रपति सीले बजार सुधार गर्नुपर्ने कुरालाई बेवास्ता गरिरहेका छन् जसले गर्दा चीनको आर्थिक वृद्धिदर ओरालो लागिरहेको छ । पाकिस्तानका पपुलिस्ट प्रधानमन्त्री इमरान खानको कर बढाउने नीतिले पछिल्लो ३ महिनामा कार खरिदबिक्रीमा ३९ प्रतिशतले गिरावट आएको छ ।

संसारभर नयाँ मध्यम वर्गले आफूहरु चपेटामा परेको र आफूहरुलाई राज्यले बेवास्ता गरेको महसुस गरिरहेका छन् । केही समयअघि फरीद जाकारियाले अन्तर्राष्ट्रिय मुद्राकोषलाई उदृत गर्दै विश्व अर्थतन्त्रमा ‘क्रमिक रुपमा गिरावट’ आइरहेको र हालको आर्थिक वृद्धिदर ‘विश्वव्यापी आर्थिकमन्दीपछि कै कम भएको’ बताएका थिए ।

पपुलिस्ट राजनीतिका कारण निम्तिएको दोस्रो समस्या भ्रष्टाचार हो । आफ्ना प्रतिद्धन्द्धीविरुद्ध अनुसन्धान गरेपछि मात्रै  युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने ट्रम्पको सर्तबाट विश्वका पपुलिस्टहरुले कसरी भ्रष्ट अभ्यास गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ । सबै पपुलिस्ट नेताहरु परम्परागत नियम तोड्ने प्रतिबद्धतासहित सत्तामा आएका हुन् । तर निजी स्वार्थ र सुरक्षाका लागि मात्रै उनीहरुले यस्तो कुरा गरेको प्रस्ट हुँदैछ ।

बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरालेसमाथि निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । अधिकांश लेबनानी नागरिकहरुसँग अत्यावश्यक वस्तु किन्ने पैसा छैन तर त्यँहाका पूर्व प्रधानमन्त्री साद हरारीले बिकिनी मोडेललाई १६ मिलियन अमेरिकी डलर दिन्छन् । ह्वाइटहाउसका मुख्य अधिकारीहरुले ट्रम्पको अराजतकतालाई सीमित पार्न एकजुट भएर आवाज उठाउँदै छन् । भ्रप्टाचारबारे विश्वव्यापी रुपमा अनुसन्धान गर्ने करप्सन परसेप्शन इनडेक्सको तथ्याङ्क अनुसार विश्वभर भ्रष्टाचार बढेको आम मानिसले महसुस गरेका छन् ।

पपुलिस्ट र अधिनायकवादी सत्ताले आफ्नो वैधानिकता गुमाउँदै गएको छ । हङकङ र इन्डोनेसियाका सहरिया मध्यम वर्गले राजनीतिक र सामाजिक स्वतन्त्रताका लागि आवाज उठाइरहेका छन् ।

आजभोलि जनविरोध सुरु हुन समय लाग्दैन । लेबनानमा ह्वाट्सएपमाथि कर लगाउने प्रस्तावका कारण आम प्रदर्शन भएको छ । साउदी अरबको सरकारले हुक्का रेष्टुरेन्टमाथि कर बढाएपछि आम मानिसहरु रुष्ट बनेका छन् । फ्रान्स, जिम्बाम्वे, इक्वेडर र इरानमा इन्धन/तेलको मूल्य बढेपछि प्रदर्शन चर्किएको छ । चिलीमा त्यँहाको सरकारले सबवेको भाडादर ४ प्रतिशत बढाउने भनेपछि मानिसहरु सडकमा उत्रिएका छन् ।

अहिले विश्व निकै अस्थिर बनेको छ र कुनै पनि बेला विस्फोट हुन सक्छ । उदारवादी पुँजीवाद/विश्वव्यापीकरणभित्र कमजोरी  छन् तर वैकल्पिक रुपमा उदाएको पपुलिस्ट राजनीतिले कमजोरी हटाउन सकिरहेको छैन । पछिल्ला विरोध प्रदर्शन र आन्दोलन दिने प्रमुख सन्देश यही हो ।

त्यस्तै पपुलिस्टविरुद्धको विद्रोह र आन्दोलन नेतृत्वविहीन छ । त्यसैले यस्तो आन्दोलनभित्र एजेण्डा खोज्नु सही होइन । अब के गर्ने ? पपुलिज्म असफल भएपछि के होला ? भन्ने प्रश्न नै महत्वपूर्ण हो ।

सहरिया संभ्रान्त वर्ग र पछाडि परेका श्रमिक/किसान वर्ग दुबैका अपेक्षा पुरा गर्न सक्ने नयाँ सामाजिक सम्झौताका लागि सबै तयार हुन जरुरी छ । विश्वका नेताहरुको अबको मुख्य कार्यभार नै यही हो ।

पपुलिस्ट नेतहरुलाई समर्थन गरेका श्रमिक/किसानलाई आधुनिक अर्थतन्त्रमा उन्नति गर्ने अवसर सिर्जना गर्नुपर्छ । उनीहरुभित्र आफू पनि राष्ट्रिय परियोजनालाई योगदान गर्ने सम्मानित नागरिक हुँ भन्ने भावना विकास गर्न सक्ने योजना ल्याउनुपर्छ । शिक्षित संभ्रान्तहरुले उनीहरुको लोकतान्त्रिक स्वतन्त्रता सुरक्षित होस् भन्ने चाहन्छन् । उनीहरु जातीय रुपमा विविधतापूर्ण र बहुलवादी समाजमा शान्तसँग बस्न चाहन्छन् ।

जसले नयाँ सामाजिक सम्झौता तयार गर्न सक्छ, त्यही शक्ति नै भविष्यमा विजयी हुनेछ ।

( द न्यूयोर्क टाइम्समा प्रकाशित अमेरिकी राजनीतिज्ञ तथा टिप्पणीकार डेभिड ब्रुक्सको आलेख ‘रिभोल्ट अगेन्स्ट पपुलिज्म’ को भावानुवाद )

 

 

The post विश्वभर आन्दोलन र विरोध प्रदर्शन किन भइरहेको छ ? appeared first on Sajha Post.

‘धरानको विकास र उन्नति नेकपाबाट सम्भव छैन’

$
0
0

तेह्रथुमको आठराई क्षेत्रको खाम्लालुङ वाईफुङ गाउँमा जन्मेको हुँ । वि.सं. २०१४ साल असार ४ गते । पिता कालुहाङ इस्बो र माता कृष्णमाया फोम्बो । गाउँमा स्कुल थियो । त्यहीँबाट माध्यमिक तहसम्म अध्ययन गरेँ । पढ्दापढ्दै २०३४ सालमा व्रिटिस गोर्खा आर्मीमा भर्ती भए । २०४९ सालमा आर्मीबाट अवकाश भएर धरान फर्कें । २७ वर्ष भयो धरानमा नियमित बस्न थालेको ।

धराने समाजलाई नजिकबाट नियालेको छु । यहाँका बासिन्दाका दुख्ख, सुख्ख र समस्या राम्ररी बुझेको छु । धरानको विकास निर्माण, राजनीति र समाजसेवामा निरन्तर क्रियाशील छु । मेयरका रुपमा धराने जनताको सेवा गर्न, धरानको विकास, सुशासन र समृद्धिमा योगदान गर्न सक्छु भन्ने आत्मविश्वासले उम्मेद्वार भएको हुँ । धरानमा मलाई सार्वजनिक परिचयको समस्या छ जस्तो लाग्दैन । अधिकांश मतदाताले चिन्नुहुन्छ । व्यक्तिगत भेटघाट नभए पनि मेरो बारेमा पक्कै सुन्नु भएको छ । चुनावमा घरदैलो गर्दैछु । राम्रो व्यवहार पाइरहेको छु ।

तेह्रथुममा कम्युनिष्ट पार्टीको प्रभाव थियो । गाउँमै कम्युनिष्ट विचारधाराबाट प्रभावित थिएँ । गोर्खा भर्ती गएपछि राजनीति छुट्यो । सैनिक सेवामा १६ वर्ष रहँदा म शुद्ध सैनिक भएर रहें । त्यहाँ राजनीतिको कुरा गर्न मिल्थेन । जरुरी पनि थिएन । तर, देशको राजनीतिक स्थितिको सूचना लिन्थें । मनमा चासो र चिन्ता हुन्थ्यो । संसारमा जहाँ पुगे पनि आफ्नो देश र गाउँघरको सम्झना र माया लाग्ने नै भो । तर, सैनिक सेवामा पनि आन्तरिक समस्या हुन्थे । ब्रुनाईमा भएको वेला सैनिक सेवाप्रति मनमा असन्तुष्टि जाग्यो । धरान फर्केर कम्युनिष्ट पार्टीमै लागें । एमालेको नगर सदस्यका रुपमा लामो समय काम गरें ।

नेपालमा धरान, पोखराजस्ता शहर बन्नुमा भूतपूर्व गोर्खा सैनिकको ठूलो योगदान छ । तर गोर्खा सैनिकहरुको योगदानले खासै सम्मान र सामाजिक भूमिका पाइरहेको छैन । गोर्खा सैनिकका आफ्नै प्रकारका समस्या छन् । ती समस्या हल गर्न नेपाल सरकार र यहाँका शक्तिशाली दललहरुले यथोचित काम नगर्दा दुख्ख लाग्छ ।

पहिलो र दोस्रो विश्वयुद्ध लड्न ब्रिटिसले गाउँगाउँ आएर नेपाली जवानहरु लग्यो । कति मरे, कति बाँचे कति विदेशमै रहे, कति नेपाल फर्किए, कुनै राम्रो अभिलेख समेत रहेन । गोर्खली सेना र अन्य व्रिटिस सेनाबीच सेवा, सुविधा र प्रोमोसनमा कहिल्यै समानता भएन । समान कामको समान मूल्य त्यहाँ पनि रहेनछ । त्यो एक प्रकारको विभेद थियो । जसको रगत, पसिना र पराक्रममा उनीहरुको साम्राज्य टिकेको थियो, उनीहरुले तिनैलाई विभेद, असमान व्यवहार गरे । त्यसविरुद्ध भूपू गोर्खाहरुले लामो लडाइ र संघर्ष गर्नुपर्‍यो । म त्यो आन्दोलनमा पनि सधैं सक्रिय रहें । यो समस्या अझै बाँकी छ ।

पहिलो संविधानसभा चुनावको वेला एमालेले जातीय मुक्ति भन्दै जातिगत संगठनहरु निर्माण गर्‍यो । म लोकतान्त्रिक लिम्बू संघको धरान नगर अध्यक्ष भएँ । एमालेबाटै पहिचान र अधिकारका आधारमा संघीयता र जातीय मुक्ति हुन्छ भनेर ती संगठनका नेताहरुले भने । पहिलो संविधानसभाले १४ प्रदेशको खाका ल्यायो । एमालेको पनि त्यसमा सहमति थियो । तर विस्तारै एमाले नेताहरुले कुरा फेर्न थाले । पहिलो संविधानसभा अघिपछिका एमाले दस्तावेजहरुमा पहिचानलाई अस्वीकार गरिएको थिएन । तर, त्यो त्यतिखर माओवादी ठूलो पार्टी भएकोले माओवादीको बढ्दो प्रभाव रोक्न एमालेहरुले खेलेको रणनीति मात्र रहेछ ।

यो घटनाबाट मैले के बुझें भने कम्युनिष्टहरु इमान्दार हुँदैनन् । उनीहरु मुखले एउटा कुरा भन्छन्, कामले अर्कै गर्छन् । आफैले उठाएका एजेण्डाप्रति पनि उनीहरुको प्रतिबद्धता हुँदैन । सरेक परुन्जेल उठाउँछन । अप्ठ्यारो पर्‍यो भने कतिखेर छोड्छन् कुनै टुंगो हुँदैन । कम्युनिष्टहरुका लागि सिद्धान्त र एजेण्डा भनेको केवल शक्तिशाली हुन, पदमा पुग्न, पैसा र प्रतिष्ठा कमाउन गरिने रणनीति कार्यनीतिको कुरा मात्र रहेछ । कुनै प्रतिबद्धता र निष्ठा नहुँदो रहेछ ।

म त सैनिक पृष्ठभूमिको मान्छे । हाम्रो पेशामा मान्छेको बोली र गन्दुकको गोली उस्तै हो । तर, कम्युनिष्टहरु त कतिखेर रंग फेर्दछन टुंगै नहुँदो रहेछ । जब दोस्रो संविधानसभामा माओवादी कमजोर भयो, उनीहरुले पनि पहिचान र अधिकारको कुरा छोडेर एमालेसँग मिले । हिजोका त्यत्रा ठूला ज्यानी दुश्मन ओली–प्रचण्ड आज मिलेका छन् । आदिवासी जनजाति, महिला, मधेसी, दलित, अल्पसंख्यक आदि समुदायलाई ढाँट्दैछन् । यो पीडाले म समाजवादी पार्टीमा पुगें । झुठ बोल्ने बेइमानहरुको पछि लागेर शक्तिशाली भएको भ्रममा बाँच्नु भन्दा विचार, एजेण्डा र इमानको राजनीति गर्नु उचित ठानी कम्युनिष्ट पार्टी छोडेर समाजवादीमा लागें ।

भन्न त कम्युनिष्टहरु पनि आफूलाई समाजवादी नै भन्छन् । तर यो अर्को झुट हो । विश्वमा हालसम्म देखिएको दुईवटा विचारधारा पुँजीवादी र साम्यवादी विचारधारा छन् । कम्युनिष्टहरुले समाजवादबाट साम्यवादमा पुग्ने कुरा गर्छन् । उनीहरुले भन्ने गरेको समाजवाद राज्य–अर्थतन्त्र र सर्वहारा अधिनायकत्वमा आधारित कम्युन लोकतन्त्रको समष्टिगत रुप हो । हामीले भनेको समाजवाद सामाजिक बजार अर्थतन्त्रसहितको सामाजिक लोकतन्त्रको समष्टिगत रुप हो ।

कम्युनिष्ट समाजवादले सामुदायिक अन्तरविरोधलाई वर्गीय अन्तरविरोधको अंश मात्रै ठान्छ । तर समाजवादी पार्टीको समाजवादले वर्ग तथा सांस्कृतिक सामाजिक न्याय र समानताको आधारमा समाजवादको परिकल्पना गरेको छ । तसर्थ हाम्रो समाजवाद र कम्युनिष्टहरुले भन्ने गरेको समाजवादमा ठूलो भिन्नता छ । कम्युनिष्टहरु आफ्नो निहित राजनीतिक अभिष्ट पूर्तीका लागि जनतालाई ढाँट्न समाजवादको कुरा गर्दछन् । समाजवादप्रति हाम्रो पूर्ण निष्ठा छ । समाजवाद कांग्रेस र कम्युनिष्टले, पुँजीवादी र साम्यवादीले ल्याउने हैन रहेछ, समाजवाद ल्याउन पार्टी पनि समाजवादी नै चाहिने रहेछ ।

३० वर्षभन्दा बढी समयदेखि कम्युनिष्टहरुले धरानमा जितिरहेका छन् । तर, धरानलाई कम्युनिष्टहरुले शासन मात्र गरे । धरान अगाडि बढ्नुको साटो झन झन पछाडि पर्दै गइरहेको छ । धेरै पछाडि बनेका इटहरी, दमकले समेत धरानलाई पछाडि छोडे । कर, राजस्व र विकासको गतिबीच सन्तुलन छैन । कर धेरै थोपरिएको छ तर विकास सुस्त छ । यसको मुख्य कारण धरानको सबै क्षेत्रमा लामो समयदेखि हालीमुहाली जमाएका कम्युनिष्टहरुको सोच नै साँघुरो भएर हो । उनीहरुले नगर विकासको दीर्घकालीन योजना र रणनीति बनाउन सकेनन् । धरानमा रहेका मुख्य प्रशासनिक कार्यालयहरु अन्य ठाँउमा सारिँदा पनि दरिलो प्रतिवाद भएन । नेकपा अब धेरै पुरानो पार्टी भो । त्यो थोत्रो, सोचमा खिया लागेका मान्छेहरुको जड पार्टी हो । नेकपाबाट अब धरानको विकास र उन्नतिको नेतृत्व हुनसक्दैन भनेर धराने जनताले बुझिसकेका छन् । तसर्थ यसपटक धराने जनताले समाजवादी पार्टीलाई भोट दिने सम्भावना तीव्र छ ।

समाजवादी पार्टी कांग्रेस– कम्युनिष्टजस्तो पुरानो हैन । यो नयाँ पार्टी हो । नयाँ युग अनुकुलको नयाँ विचार, एजेण्डा, संस्कार र पार्टी संस्कृति यो पार्टीसँग छ । तर, समाजवादी पार्टी भरखर निर्माण हुँदैछ । यसको संगठन पूरै फैलिसकेको छैन तर पनि धरानमा समाजवादी पार्टीको संगठन छ । समर्थक र मतदाताहरु छन । पहिलाको भन्दा अहिले संगठन धेरै राम्रो भएको छ । चुनाव प्रसारप्रसार हामी नियमित र प्रभावकारी रुपमा गर्दैछौं । चुनाव कार्यकर्ता धेरै भएर जितिने हैन । कार्यकर्ताले प्रसार गर्ने हो । पार्टीको विचार जनजनमा पुर्‍याउन हाम्रो पार्टीपंक्ति सक्षम छ । चुनाव मतदाताले जिताउने हो । मतदाता कुनै पार्टीको पेवा हुँदैनन् ।

हाम्रो पार्टीको एजेण्डाको प्रभाव निश्चित रुपमा धरानमा पर्छ । संघीयता, समावेशिता, सुशासन, समृद्धि र समाजवादको एजेण्डा बोकेको पार्टी देशमा अर्को छैन । धरान भूपू सैनिक र आदिवासी जनजातिहरुको बलियो उपस्थिति भएको शहर पनि हो । हामी इन्द्रेणी राष्ट्रवादमा विश्वास गर्दछौं । हाम्रो पार्टी जतिको समावेशी पार्टी नेपालमा अरु कुनै छैन । समाजवादी पार्टीको भिन्नपन र एजेण्डालाई धराने मतदाताले राम्ररी नियालेका छन् । भूपूहरुलाई मेरो आग्रह छ– हामी पर्दा पछाडि बसेर मात्र हुँदैन । ऐनमौकामा नेतृत्व पनि लिनु पर्दछ । यत्रो आधुनिक शहर बसाउन, बनाउन हामीले योगदान गर्‍यौं, एकपटक नेतृत्व गर्ने अवसर पनि उपयोग गरौं ।

धरानमा मुख्य प्रकारका समस्या छन् । धरान अहिले उपमहानगरपालिका भएको छ । साविक पानवारा र विष्णुपादुका धरानमा गाभिएको छ । पानवारासँग धरानलाई जोड्न हाल दुईवटा मात्र सेउती खोलामा पुल बनेको छ भने एउटा निर्माणाधीन छ । विष्णुपादुकासँग जोड्ने हालसम्म एउटै पनि पुल बन्न सकिरहेको छैन । यसले के देखाउँछ भने पानवारा र विष्णुपादुकासँग सीमागत र भावनात्मक रुपमा जोडिएता पनि भौतिक रुपमा जोडिन सकिरहेको छैन । वर्षायाममा आवत जावत गर्न धेरै मुस्किल पर्छ । विष्णुपादुका र पानवारा क्षेत्रमा अझै शहरी सुविधा पुगेको छैन ।

धरानमा अहिलेसम्म बसपार्क बन्न सकिरहेको छैन । अन्य पूर्वाधारका विषयमा दीर्घकालीन रणनीति निर्माण हुन सकिरहेको छैन । खानेपानीको समस्या हल भएको छैन । यत्रो ठूलो शहर छ । एयरपोर्ट छैन । एयरपोर्ट योजना अलपत्र पारिएको छ । सरकारी कार्यालयहरु धमाधम अन्यत्र सारिएको छ । शिक्षा र स्वास्थ्यको अवस्था खस्किँदो अवस्थामा छ । पर्यटनको अवस्था गफ र भाषणमा मात्रै सुनिन्छ तर खास योजनासहित अगाडि बढ्न सकिरहेको छैन । यहाँ कुनै पनि योजना विवादरहित हुन सकिरहेको छैन ।

यसले के कुरा देखाउँछ भने यहाँको नेतृत्वशैलीमा नै समस्या छ । लिडरसीपसँग समस्या समाधान गर्न सक्ने क्षमता छैन । समस्यालाई मिलाएर लैजाने भन्दा पनि बल्झाएर एकलौटी रुपमा पेलेर जाने प्रवृत्ति हावी छ । नेतृत्वले शिक्षा, स्वास्थ्य, पर्यटन, आर्थिक विकास, व्यापार व्यवसायको वृद्धि, कृषि र विभिन्न जिल्लासँग सडक संजाल जोड्ने योजना बनाउन सकेको छैन । सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यामा कसैले ध्यान दिएको छैन ।

सत्तारुढ पार्टीका साथीहरु सबैलाई समेटेर अगाडि बढ्ने भन्दा एकलौटी र एकाङ्गी पाराका छन् । धरान हाम्रो विर्ता हो यहाँ हामीले जे गरे पनि हुन्छ, अरुलाई के मतलब भनेजस्तो व्यवहार छ । साथीहरु मुखै भन्छन– यो हाम्रो किल्ला हो, यहाँ हाम्रो पार्टीबाट लठ्ठी या कुकुर उठाए पनि चुनाव जित्छौं ।

यसले के कुरालाई इङ्गीत गर्छ भने हामीले जे गरे पनि हुन्छ, हाम्रो निर्णय धराने जनताले मान्नुपर्छ भन्ने निरंकुश मानसिकता सत्ताधारी पार्टीमा छ । पछिल्लो समय यहाँ भ्रष्टाचार बढेको छ । विकासको काममा कमिसनखोरी बढेको छ । नगरपालिकाको बजेट र सेवासुविधा समेत कामरेडहरु पार्टीकरण गर्न खोज्छन । जनताको करबाट उपलब्ध हुने सेवा सुविधा पार्टीगत गर्नु कत्तिको जायज छ ? सम्मानित मतदाताले मूल्यांकन गर्ने सही समय आएको छ ।

अन्त्यमा म धराने मतदातालाई आग्रह गर्न चाहन्छु– विगत ३० वर्ष देखि धरानलाई कम्युनिष्टहरुले नेतृत्व गरे । उनीहरुले पर्याप्त मौका पाइसके । उनीहरुको सोच र क्षमता प्रष्ट भइसक्यो । लोकतन्त्रमा समय-समयमा शासनको शैली र सोच परिवर्तन हुनु पर्दछ । सधै एउटै पार्टीले जित्ने हो भने किन चाहियो लोकतन्त्र ? किन चाहियो बहुदल ? समाजवादी पार्टीले अझ राम्रो विकल्प दिन्छ, दिन सक्दछ । तसर्थ यस पटक हामीलाई मौका दिनुस् ।

(गजेन्द्र इस्बो धरान उपमहानगरपालिकाका लागि समाजवादी पार्टीका मेयरका उम्मेद्वार हुन्)

The post ‘धरानको विकास र उन्नति नेकपाबाट सम्भव छैन’ appeared first on Sajha Post.

हामीमा राजनीतिक निष्ठा घट्दै गएको छ

$
0
0

अहिलेकाे युगलाई नै विज्ञान र प्रविधिको युग, अझ त्यसमा पनि सूचनाकाे युगकाे रुपमा परिभाषित गर्न थालिएको छ । विज्ञान र प्रविधिमा भएको नवप्रवर्तन (इनोभेशन) र मुख्यतः सूचना प्रविधिमा भएको क्रान्तिले धेरै कुरामा परिवर्तन ल्याइदिएको छ । केवल सूचनाको आदानप्रदान गर्ने प्रक्रियामा मात्र होइन, राष्ट्रहरुको सम्बन्ध, मानिसहरुको सम्बन्ध, सोच्ने तरिका, आर्थिक मनोविज्ञानलगायत धेरै पक्षहरुमा यसले नयाँ परिस्थितिको सिर्जना गरिदिएको छ ।

मुख्यतः विज्ञान प्रविधिमा भएको यो क्रान्ति मानव जातिको सेवामा नै ठूलो योगदान गर्ने किसिमले आएको छ । तर, प्रत्येक नवप्रवर्तनसँगसँगै जोडिएर केही नकरात्मक पक्षहरु आउने गर्दछन् । त्यसको प्रतिवाद सचेत मानिसहरुले गर्दैरहनुपर्ने पनि हुन्छ । यो सूचना प्रविधिको नवप्रवर्तनबाट भौतिक विकासको निम्ति, राष्ट्र विकासको निम्ति आपसी सम्बन्धहरु सुदृढ गर्नको निम्ति, मानिसको आर्थिक जीवनमा प्रगति र समृद्धिको बलियो आधार बनाएर अगाडि बढ्नको लागि बलियो महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

हामी सबैको ध्यान अहिले नेपालकै सन्दर्भमा कुरा गर्दा समृद्धि र विकास छिटोभन्दा छिटो कसरी गर्ने भन्ने कुरामा नै केन्द्रित रहेको छ । त्यसकारण, हामीले विभिन्न क्षेत्रहरुमा गएर छलफल चलाउँदा यो विषयलाई प्राथमिकतामा राखेर उपयुक्त वातावरण बनाउन आफ्नो क्षेत्रबाट के सहयोग र योगदान गर्न सकिन्छ भन्ने विषयमा हाम्रा बहसहरु केन्द्रित छन् । र, त्यो हुन आवश्यक पनि छ । किनकी, आर्थिक समृद्धिबिना अन्य पक्षहरुको विकास गर्नु त्यत्तिकै चुनौतिपूर्ण र जटिल हुन्छ । त्यसकारण हामीले त्यस दिशामा स्वभावैले र आवश्यकीय रुपमा छलफल चलाउने गरेका छौं ।

मैले प्रधानमन्त्रीको रुपमा पनि एउटा पार्टीको नेताको हैसियतले पनि नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु र सम्भावनाहरु पहिल्याउने क्रममा पटकपटक मैले त्रिदेशीय साझेदारीको रणनीतिको कुरा गर्दै आएको छु । चीन, नेपाल र भारतको बीचमा एउटा रणनीतिक सम्बन्ध स्थापित गर्न सकियो र हामीले आर्थिक क्रियाकलापको लागि र अन्य क्रियाकलापको लागि पनि जनस्तरको सम्बन्ध सुदृढ र विस्तार गर्नको लागि पनि त्रिदेशीय साझेदारीको रणनीतिअनुसार जाने हो भने त्यसले नेपालको आर्थिक विकास र उन्नतिमा प्रत्यक्षरुपमा ठूलो भूमिका खेल्छ ।

अहिले बिस्तारै-बिस्तारै चीन र भारत पनि यसखालको सम्बन्धको सम्भावनाबारे र नेपाल पनि त्यसमा एउटा स्वामित्वसहितको राष्ट्रको रुपमा सहभागिताबारे सकारात्मक छलफल हुन थालेको छ । यद्यपि, पछिल्लो चोटि चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच छलफल हुँदा यो त्रिदेशीय साझेदारीको रणनीतिअन्तर्गत ‘टु प्लस वान’ भन्ने शब्द प्रयोग भएको छ । यो शब्द जसरी प्रयोग भएको छ र यसले जुन अर्थ बोकेको छ, मलाई चाहिँ यो त्यति उपयुक्त हो भन्ने लागेको छैन । त्यति उपयुक्त होइन । यो त्रिदेशीय नै हो र हुनुपर्दछ । त्यसले मात्र सकारात्मक वातावरण बनाउन सक्छ ।

‘टु प्लस वान’ भन्यो भने ‘टु’ भनेको अर्कै अथोरिटी सहितका र अलि विशेष अधिकार प्राप्त भन्ने र ‘वान’ भन्ने चाहिँ पछि जोडिएको अलि सामान्य भनेजस्तो अर्थ लाग्न जान्छ । त्यसकारण, यसलाई त्रिदेशीय साझेदारीका रुपमा परिभाषित गर्ने कुरा र हाम्रा विकास निर्माणका परियोजनाहरु पनि त्यसैअनुसार लाने कुराले मात्रै भारत, चीन, नेपाल सबैको स्वतन्त्रता, सबैको समान हैसियत, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको हिसाबले उनीहरुको हिसाब बराबरी छ । जनसंख्या धेरै, भूगोल धेरै, आर्थिक क्रियाकलापहरुमा अन्तर हुँदाहुँदै पनि हामीले राष्ट्रको हिसाबले समानताको आधारमा नै व्यवहार गर्नुपर्छ र त्यसले एउटा वातावरण बन्छ । आर्थिक विकास, पूर्वाधार विकासको पनि ।

नेपाललाई केवल ट्रान्जिट प्वाइन्टको रुपमा मात्र होइन, नेपाल पनि एउटा यो समग्र रणनीतिक प्रक्रियाको स्वामित्वसहितको सहभागी राष्ट्रको रुपमा परिभाषित हुँदा मात्रै त्यसले खेल्ने भूमिका अर्थपूर्ण र महत्वपूर्ण हुनसक्छ । दीर्घकालीन र रणनीतिक प्रकृतिको हुनसक्छ भन्ने लाग्छ । म मिडिया क्षेत्रमा आवद्ध साथीहरुलाई यसबारेमा गम्भीररुपले विचार गरियोस् र यसको ठूलो अर्थ र महत्व छ भन्न चाहन्छु । त्यसखालको जनमत तयार गर्ने कुरा हाम्रो राष्ट्रको हितमा, हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पनि हितमा र नेपाली जनताको आर्थिक समृद्धिलाई तिव्रता दिनको लागि पनि यसखालको जनमतको महत्वपूर्ण भूमिका हुनसक्छ ।

दोस्रो कुरा, हामीले भौतिक विकास र समृद्धिको कुरा अलि बढी गर्न थालेका छौं आजभोलि । यहाँ मैले पनि पहिलो बुँदाको रुपमा यसैलाई नै केन्द्रित गरेर राख्न चाहेको हो । तर यसो गर्दा मानिसहरुको आत्मिक चेतनाको विकास, विचारधारात्मक, दार्शनिक, ऐतिहासिक, सांस्कृतिकरुपले चिन्तन र चेतनाको विकास गर्ने पक्ष, अध्ययनको विकास गर्ने पक्ष, अनुसन्धानको क्षेत्रमा लगानी गर्ने र यसमा केन्द्रित हुने पक्ष कमजोर हुँदै जाने हो कि ? अनि हामीले अरुले गरेको कुराको सामान्य नक्कल गर्नेतिर जाने र भौतिक विकासलाई मात्रै जोड दिन्छौं भन्दा सामाजिकरुपमा विभिन्न खालका समस्याहरु र जटिलताहरु पैदा हुने खतरा छन् ।

हामीले यो कुरा दिनप्रतिदिन भोगिरहेका छौं । हाम्रा लाखौं युवाहरु विदेश जाने र रेमिटेन्स ल्याउने गरिरहेका छन् । उनीहरुले पैसा ल्याएर देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत त गरेको छ, तर त्यससँग अरु कति चिज जोडिएका छन् ? सांस्कृतिक रुपले कस्तो सन्देश हाम्रो सामाजिक जीवनमा गएको छ, हाम्रो राष्ट्रिय जीवनमा गएको छ ? कस्तो समस्या र चुनौतीहरु यसले पैदा गरेको छ ? यसको निदान वैचारिक ढंगले के हुनसक्छ ? दार्शनिक र सांस्कृतिक रुपले के हुन सक्छ ? राजनीतिकरुपले यसलाई कसरी डिल गर्ने ? भन्ने पक्ष अर्थात् अध्ययन, चिन्तन र मननको पक्ष कमजोर हुँदै गएको देखिँदैछ ।

आजभन्दा २०-२५ वर्ष अगाडि हामीले राजनीतिक गतिविधि र राजनीतिक पार्टीहरु, नेताहरु, बुद्धिजिवीहरु, नेताहरु, लेखकहरु, कलाकारहरु, पत्रकारहरु, संस्कृतिकर्मीहरु सबैको निश्चित उद्देश्यसहितको जीवन हुन्थ्यो । त्यसको निम्ति समर्पित हुने विचारधारात्मक निष्ठाबारे जति बहस हुन्थ्यो, आजभोलि त्यो पक्ष घट्दै गएको छ र भौतिक सुखसुविधा र भौतिक उन्नतितिर हामी अल्लि एकपक्षीय हुन खोजेको हो कि ? यहाँ म यो पक्षमा पनि विचार गर्न अनुरोध गर्दछु । भौतिक उन्नति र आत्मिक चेतनाको उन्नतिको सन्तुलन मिलाउन सकिएन भने राष्ट्रिय जीवनमा र सामाजिक जीवनमा विभिन्न प्रकारका समस्याहरु पैदा हुनसक्छन् ।

(सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-चाइना मिडिया फोरमद्वारा शुक्रबार आयोजित ‘स्ट्रेङथनिङ कोअपरेशन बिट्विन नेपाल एण्ड चाइना’ विषयक गोष्ठीमा राखेको मन्तव्यको सम्पादित अंश)

The post हामीमा राजनीतिक निष्ठा घट्दै गएको छ appeared first on Sajha Post.

उपनिर्वाचन मत परिणामको अन्तरकुन्तर

$
0
0

मंसिर १४ को सम्पन्न ५२ स्थानको उपनिर्वाचन मतपरिणाम प्राप्त भइसकेको छ । सत्तारुढ नेकपा र उसको चुनावी साझेदार राष्ट्रिय जनमोर्चा समेतले २९, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४, समाजवादी पार्टीले ४, राजपाले ३ र स्वतन्त्र उम्मेद्वारले १ स्थानमा विजय हासिल गरेका छन् । यो निर्वाचनमा ४ लाख ५४ हज्जार ११४ मतदाता थिए । तर, २,९७,१३७ ले मात्र भाग लिए । करिब ३५% मतदाता मतदानमा अनुपस्थित रहे । युवा मतदाता ठूलो मात्रामा वैदेशिक रोजगारमा हुनु, दल र नेतृत्वप्रतिको विश्वास घट्नु यसको मुख्य कारण देखिएको छ ।

सामान्यतः उपनिर्वाचनले शक्ति सन्तुलन परिवर्तन गर्दैन । खास परिप्रेक्ष्यमा मतदाता मनस्थितिको संकेत मात्र गर्दछ । यो उपनिर्वाचन पनि शक्ति सन्तुलन परिवर्तनका दृष्टिकोणले महत्वपूर्ण थिएन । यसले न संघीय सरकार र संसदको स्थितिमा कुनै परिवर्तन ल्याउँथ्यो न त कुनै प्रदेशको संसद र सरकारको स्थितिमा नै परिवर्तन ल्याउँथ्यो । बरु यसले गत आम निर्वाचनयता सरकार र विभिन्न दलहरुप्रति मतदाता मनस्थितिको संकेत मात्र गर्दथ्यो । यो उपनिर्वाचनको मत परिणामलाई पनि त्यही तरिकाले बुझ्नु उपयुक्त हुन्छ ।

समग्र मत परिणामलाई तथ्यांकमा केलाउन अझै केही दिन पर्खिनुपर्ने हुन्छ । तर प्रवृत्तिका हिसाबले केही विश्लेषण गर्न सकिन्छ । नेपालमा २०४६ सालयता दलीय आधारमा ४ संसदीय निर्वाचन, २ संविधानसभा निर्वाचन, ३ स्थानीय निर्वाचन, ३ उपनिर्वाचन गरी १२ पटक निर्वाचन भएका थिए । यो उपनिर्वाचन १३ औं हो । यसअघिका निर्वाचनमा जस्तै कांग्रेस–कम्युनिष्ट पार्टीले प्रमुख र दोस्रो स्थान पाएका छन् । हुनतः कम्युनिष्ट धारभित्र समूहहरुको आरोह अवरोह देखिन्छ । जस्तै नेमकिपा, संयुक्त जनमोर्चा, राष्ट्रिय जनमोर्चा, एमाले, माले, माओवादीजस्ता समूहहरुको निर्वाचनपिच्चे फरकफरक स्थिति देख्न सकिन्छ । तर कांग्रेस अविछिन्न छ । प्रथमतः यसले के देखाउँछ भने नेपालमा दुई पार्टी भावना अझै बलियो छ ।

ब्राण्डनिष्ठा

नेपालमा मात्र हैन, बहुदलीय लोकतन्त्र भएका धेरै देशमा यस्तो देखिन्छ । तर दुई पार्टी दीगो आमप्रवृत्ति भने हैन । अमेरिकामा रिपब्लिकन र डेमोक्रेट्सभन्दा फरक लिवरिटालियन पार्टीको अभ्यास सन् १९८० को दशकमै प्रारम्भ भएको हो । यो पार्टीले ८% सम्म लोकप्रिय मत प्राप्त गरेको छ । वेलायतमा टोरी ( कन्जर्भेटिभ ) र ह्वीग ( लिवरल डेमोक्रेट्स ) बीचबाट लेवर र एसएनपी प्रभावशाली बन्न निक्कै कष्ट भएको थियो ।

भारतमा स्वतन्त्रतापछि कांग्रेस र कम्युनिष्ट नै दुई मुख्य दल मानिन्थे । प्रकारान्तले समाजवादी धारका एसपी, विएसपी, आरजेडी, जेडियु, विजेडीजस्ता थुप्रै प्रभावशाली दल जन्मिए भने दक्षिणपन्थी धारबाट बिजेपी जन्मियो । पछिल्लो चरणमा दिल्लीमा आप आयो । पाकिस्तानमा पाकिस्तान पिपल्स पार्टी र मुस्लिम लीगको चेपारोबाट छिरेर तेहरिक–ए–इन्साफ आएको छ ।

मतदातामा हुने ब्राण्डनिष्ठा अर्थात पार्टी– लोयालिटी नयाँ दल जन्मिन र राजनीतिक परिवर्तनहरु हासिल गर्न सबैभन्दा ठूलो चुनौति हो । नेपालमा पनि अधिकांश मतदातामा कुनै दलप्रतिको पारिवारिक झुुकाबलाई आधार मानेर ब्राण्ड निष्ठा निर्माण हुने गरेको छ । यस्ता मतदातालाई परम्परागत मतदाता भन्ने गरिन्छ । सानो उमेरमा स्कुल कलेज जाँदा अखिल–नेविसंघ मार्फत् बनेको संगतलाई मातृपार्टी भावनाका रुपमा ग्रहण गर्दा कांग्रेस– कम्युनिष्टको परम्परागत भोट निर्माण भएको छ । ३० बर्ष समय र १३ वटा चुनाव हुँदा पनि यो प्रवृत्तिमा खासै परिवर्तन नदेखिनुको कारण मूलतः मातृपार्टी भावना नै हो । यो उपनिर्वाचनले पनि ब्राण्डनिष्ठाको राजनीतिलाई समर्थन गरेको छ ।

मतदाता मनोविज्ञान

तर सबै मतदाता ब्राण्डनिष्ठाबाट मात्र प्रभावित हुन्छन् भन्ने हैन । मतदानका क्षणसम्म पनि मतदाताको मनमा अनेक तर्कना उठिरहेका हुन्छन् । मतदातालाई प्रभावित गर्ने कारण एउटा मात्र हुँदैन । राजनीतिशास्त्रमा मतदाता मनोविज्ञानलाई १२ भागमा बाँड्ने गरिन्छ ।

१. सैद्धान्तिक मतदाता, २. मातृपार्टी भावना राख्ने मतदाता, ३. एजेण्डाआधारित मतदाता, ४. तटस्थ मतदाता, ५. प्रतिशोधी मतदाता, ६. आश्रित मतदाता, ७. प्रायोजित मतदाता, ८. नयाँपनको खोजी गर्ने मतदाता, ९. सामुदायिक भावना भएका मतदाता, १०. शक्तिसम्बन्ध आधारित मतदाता, ११. अल्पकालीन स्वार्थ प्रभावी मतदाता र १२. विकाउ मतदाता ।

सैद्धान्तिक मतदाता खास दार्शनिक तथा वैचारिक मान्यतामा बाँधिएका हुन्छन् । उनीहरुले जस्तै परिस्थितिमा आफ्नो दार्शनिक मान्यताभन्दा बाहिर गएर मतदान गर्दैनन् । मातृपार्टी भावना राख्ने मतदाताकोे चर्चा माथि भइसक्यो । मातृपार्टी भावना राख्ने मतदातालाई आफ्नो पार्टीले राम्रो गरिरहेको छ वा नराम्रो– सरोकारको विषय हुँदैन । आफ्नो पार्टी राम्रो हो, हाम्रो पार्टीले जे गरे पनि राम्रै गरेको हुनु पर्दछ भन्ने निर्दोष भावना राख्दछ ।

एजेण्डा आधारित मतदाताले भने पार्टीका घोषणापत्र वा घोषित नीतिमा ध्यान दिन्छन् । नेपालमा एजेण्डा आधारित मतदाता धेरै कम छन् । हिन्दूराज्य चाहने सबैले राप्रपालाई भोट दिँदैनन् । संघीयता नचाहने धेरै छन् तर उनीहरुले राष्ट्रिय जनमोर्चालाई भोट दिँदैन । पहिचान, भाषिक, साँस्कृतिक अधिकार, समानुपातिक समावेशिता र आरक्षण चाहने सबैले समाजवादीलाई भोट दिँदैनन् । एजेण्डा आधारित मतदान नहुने हुँदा वास्तवमा मतदाता के चाहन्छन ? कस्तो राज्य र प्रणाली चाहन्छन् भन्ने बुझ्न नेपालमा गाह्रो छ ।

कुनै सिद्धान्त, पार्टी वा सवालले नछोएका तत्कालिक लहरका आधारमा मतदानको निर्णय गर्ने मतदातालाई तटस्थ मतदाता भनिन्छ । तटस्थ मतदाताले निर्वाचन नै पिच्छे पार्टी वा उम्मेद्वार फेर्न सक्दछन् । उनीहरुमा कट्टरता वा संकीर्णता हुँदैन । निर्वाचनको अन्तिम परिणाम तटस्थ मतदाताबाट प्रभावित हुने सम्भावना धेरै हुन्छ । यदि निकट प्रतिस्पर्धाको अवस्था छ भने तटस्थ मत निर्णायक बन्न सक्छ ।

प्रतिशोधी मतदाताको उद्देश्य भने कसैलाई जिताउने नभएर कसैलाई हराउने हुन्छ । कुन पार्टी र उम्मेदवारसँग रीस उठेको छ, कसलाई भोट दिए ऊ हार्छ, यस्ता मतदाताले त्यही पार्टी र उम्मेदवारलाई भोट दिन्छन् । यसपालिको उपनिर्वाचनमा भक्तपुर र धरानमा यो मतदान प्रवृत्ति प्रवल देखिएको छ ।

आश्रित मतदाता भनेको आफ्नो भोटको निर्णय आफै नगर्ने मतदाता हो । यस्ता मतदाताको आफ्नै कुनै स्वतन्त्र विश्लेषण र निर्णय हुँदैन । आफ्नो जीवनमा प्रभाव पार्ने व्यक्ति जस्तै मालिक, रोजगारदाता, अभिभावक आदिको निर्णयबाट यस्ता मतदाता प्रभावित हुन्छन् । प्रायोजित मतदाता भनेका निर्वाचन परिणामलाई अन्तिम अवस्थामा डाइभर्ट गर्न जहाँ पनि मतदान गर्न तयार हुने मतदाता हुन् । उनीहरुको मतदान निश्चित राजनीतिक क्यालकुलेसनमा आधारित हुन्छ । उनीहरुले जहाँ भोट दिन्छन, त्यो एक गणितीय अभ्यास मात्र हुन्छ । मतसँग विचार, एजेण्डा, निष्ठा वा सवाल जोडिएको हुँदैन । प्रायोजित मतदाताको निर्णय रहस्यमय र चामत्कारिक प्रकारको हुन्छ ।

नयाँपनको खोजी गर्ने मतदाताले केही न केही नयाँ खोजिरहेका हुन्छन् । नयाँ पार्टी, नयाँ सिद्धान्त, नयाँ उम्मेद्वार, नयाँ नारा, नयाँ चुनावचिन्ह, नयाँ सवाल आदि । तर नेपालमा यो निक्कै कमजोर मतदान प्रवृत्ति हो । सामुदायिक भावना भएको मतदाताले जाति, भाषा, धर्म, संस्कृतिसँगको निकटता वा दूरीलाई आधार बनाएर मतदान गर्दछन् । उम्मेद्वार आफ्नो भाषिक, जातीय, साँस्कृतिक वा धार्मिक समुदायको भए पुग्छ, मतदानका लागि पार्टी, विचार, एजेण्डा र क्षमतामा खासै विचार गरिँदैन ।

शक्तिसम्बन्धमा आधारित मतदाताले भने जसले जित्ने सम्भावना बढी छ, उसैलाई भोट दिन्छन र आफू शक्तिको आडमा भएको अनुभूति गर्दछन् । जित्ने पार्टी वा उम्मेद्वार केही वर्ष सत्तामा रहने हुँदा उसले भविष्यमा आफूलाई केही फाइदा पुर्‍याउन सक्छ, तसर्थ भोट दिएर उसलाई निर्वाचनमा गुन लगाउनुपर्छ भन्ने सोच हुन्छ । यो मनोविज्ञान यसपालि नेकपाको फेवरमा थियो ।

अल्पकालीन स्वार्थ प्रभावी मतदातालाई दीर्घकालीन सवालसँग खासै सरोकार हुँदैन । न सिद्धान्त, न एजेण्डा, न पार्टी, न उम्मेद्वारको समुदाय । निर्वाचनमा प्रतिस्पर्धी रहेको पार्टी वा उम्मेद्वारमध्ये कसले निकट भविष्यमा कुनै फाइदा दिन्छ वा दिने आश्वासन दिन्छ, त्यसलाई आधार बनाएर मतदान गर्दछ । नेपालमा यस्ता मतदाताको उल्लेख्य उपस्थिति देखिन्छ । यिनीहरुले मूलतः उम्मेद्वारसँग क्लब वा समूहका लागि चन्दा, मन्दिर वा धार्मिक स्थलहरुको संरक्षणमा लगानी, जागिर वा कुनै मुद्दामामिलामा भनसुन आदिको अपेक्षा गर्दछन् । अन्तिम खाले विकाउ मतदाताले भने निर्वाचनका वेला व्यक्तिगत रुपमा जसबाट कुनै भौतिक वा अभौतिक चिज, सुविधा वा आश्वासन पाउँदछन, उसैलाई भोट दिन्छन् ।

प्रवृत्ति विश्लेषण मतदाताको अपमान हैन

लोकतन्त्रमा मतदान प्रवृतिको विश्लेषण भइरनु पर्दछ । त्यसो गर्दा मतदातालाई गाली गरेको भन्न मिल्दैन । मतदान प्रवृत्तिको विश्लेषण नगर्ने हो भने हामी कता जाँदैछौं थाहा हुन्न । गलत प्रवृत्तिहरु सच्च्याउन पनि सकिन्न । सबै देशका मतदातामा उपरोक्त प्रवृत्ति हुन्छन । स्वभाविक रुपले नेपालमा यी सबै खाले मतदाता छन् । मतदाता मनोविज्ञानका यी विभिन्न रुपको उपस्थिति लोकतन्त्रको समस्या हैन । बरु कुन मनोविज्ञान प्रभावी वा निर्णायक छ त्यसले लोकतन्त्रको प्रवृत्ति निर्धारण गर्दछ ।

धनी र विकसित मुलुकमा मतदाता राजनीतिक रुपले सचेत हुन्छन, गरीब र अल्पविकसित मुलुकमा असचेत हुन्छन् भन्ने पनि हैन। धनी र विकसित मुलुकमा पनि आन्तरिक राजनीतिक सूचनामाथि मतदाताको पहुँचको सीमा हुन्छ । राजनीतिक पार्टीहरुको संगठन, मिडिया र सामाजिक सञ्जालले मतदातामा अनेक प्रकारका ‘पर्सेप्सन’ निर्माण गर्न खोज्दछ । मतदाताले तीमध्ये कुनै न कुनै संकथनमा विश्वास गर्दछन् । यही सीमाका कारण लोकतन्त्रलाई ‘टाउको जोख्ने’ हैन, ‘टाउको गन्ने’ प्रणाली भनिन्छ ।

उपनिर्वाचनको मतदान प्रवृत्ति

मंसिर १४ को नतिजा हेर्दा फरकफरक ठाउँमा फरकफरक मतदाता मनोविज्ञान देखिन्छ । कास्की प्रतिनिधिसभा र दाङ प्रदेशसभाको मुख्य प्रवृत्ति मातृपार्टी भावना र सहानुभूति भोट हो । ती दुबै ठाउँमा नेकपा बलियो थियो । मतदाताले प्रदेश वा केन्द्रीय सरकारको यसबीचको कामसँग सरोकार राखेनन् । दुबै ठाउँमा पति गुमाएका महिला उम्मेदवार थिए ।

तर धरान र भक्तपुरको मतदान प्रवृत्ति भने प्रतिशोध हो । २०४६ यताका सबै निर्वाचन धरानमा कम्युनिष्टहरुले जितेका थिए । पञ्चायतकालमा केदारनाथ खनाल, सूर्यप्रसाद उपाध्याय, कृष्णकुमार राई, बम देवानजस्ता प्रधानपञ्च पनि कम्युनिष्ट समर्थक भएर जितेका थिए । कम्युनिष्टहरुमा हामीले ‘लठ्ठी वा कुकुर’ उठाए पनि जित्छौं भन्ने अहंकार भावना थियो । फलतः अरु सबै पार्टीका मतदाताहरु कम्युनिष्ट उम्मेद्वारविरुद्ध मनोवैज्ञानिक रुपमा एकीकृत भए । धरानमा कांग्रेसले पाएको मत कांग्रेसको मात्र हुँदै हैन । धरानमा जनताले नै प्रतिशोध लिएका हुन्, भक्तपुरमा भने आन्तरिक प्रतिशोध प्रमुख हुन सक्दछ ।

तराई/मधेशको भोटमा अझै मधेश आन्दोलनको भावना प्रवल छ । त्यहाँ अधिकांश सीट सपा र राजपाले जितेका छन् । यी दुई पार्टीबीच चुनाबी तालमेल भएको भए कांग्रेस र कम्युनिष्टले प्रदेश २ को १ सीट पनि नजित्ने रहेछन । तर, अधिकांश पहाडी क्षेत्रको भोट भने कांग्रेस–कम्युनिष्ट ध्रुवीकरण भएको छ । त्यो खासै विश्लेषण गर्नु नपर्ने पुरानै प्रवृत्तिको निरन्तरता मात्र हो ।

यो उपनिर्वाचनको आधारमा हेर्दा नेकपाको केन्द्रीय सरकार खासै लोकप्रिय पनि छैन तर उसका परम्परागत समर्थकले पूरै साथ छोडिसकेका पनि छैनन् भन्ने अर्थ दिन्छ । अरु पार्टीले जति नै विरोध गरे पनि नेकपा सरकारलाई उसका समर्थकले अझै समय दिएर हेर्न, परख्न चाहेको देखिन्छ ।

पार्टीगत नाफाघाटा

यो निर्वाचनबाट मूलतः कांग्रेसलाई फाइदा भएको देखिन्छ । नेकपाको सीट उल्लेखनीय रुपमा नघटे पनि जुनस्तरको लोकप्रियता र पार्टीको संगठन सवलताको दावी वा अहंकार नेकपामा थियो, त्यो पुष्टि भएन । विशेषतः धरान र चितवनको मतदान प्रवृत्ति नेकपाका लागि चिन्ताजनक हो । तर, कांग्रेस धेरै फुर्किनु पर्ने देखिन्न । किनकी अरु पार्टीलाई अझै राष्ट्रिय विकल्प नठानिरहेको अवस्थामा नेकपाप्रतिको बितृष्णा कांग्रेसमा ध्रुवीकृत भएको हो । यो कांग्रेस आफ्नै पौरख र लोकप्रियताको सफलता हैन ।

समाजवादी पार्टीले गत चुनावमा भन्दा दुई सीट बढाएको छ । तर पहाडमा उल्लेखनीय प्रगति अझै भएन । नयाँ शक्तिसँगको एकतापछि पनि पहाडमा यो पार्टीप्रति बलियो भरोसा नदेखिनु यो पार्टीका लागि चिन्ताको कुरा हो । पहिचान र अधिकारमा आधारित संघीयताको मुद्दा बोक्ने पार्टीले पोखरा र धरानजस्ता जनजाति बहुल मतदाता भएको क्षेत्रमा नै किन उल्लेखनीय मत प्राप्त गर्न सकेन, त्यो समाजवादी पार्टीले समीक्षा गर्नु पर्ने मुख्य पक्ष हो ।

समाजवादी र राजपाको एकताको आवश्यकतालाई भने यो निर्वाचनले अझै पुष्टि गर्दछ । महोत्तरीको पिपरामा भएको मतदान प्रवृत्ति दोहोरिने हो भने यी दुबै पार्टीको भविष्य जोखिममा पर्न सक्दछ । यी दुई पार्टीबीच एकता भएमा २ नम्बर प्रदेशमा मात्र हैन, प्रदेश १, ५ र ७ को समेत शक्तिसन्तुलनमा परिवर्तन आउने तीव्र सम्भावना देखिन्छ ।

विवेकशील र साझा पार्टीको फुट र विशेषतः साझा पार्टीका साथीहरुको अभिव्यक्तिमा रहेको उच्चतावोध यो उपनिर्वाचनबाट अनुमोदित भएन । यी दुबै पार्टीसँग कुनै सिट थिएन । अहिले पनि छैन । तर इमेज र भोटमा नराम्रो असर परेको छ । यी दुई पार्टीले अझै एकता प्रयास गर्नु राम्रो हुन्छ । एकिकृत पार्टीले आउने निर्वाचनमा तेस्रो ध्रुबसँग सहकार्य गर्नु उपयुक्त हुन्छ ।

यो उपनिर्वाचनले राप्रपा धारको बढ्दो संकटलाई भने झनै पुष्टि गरेको छ । राप्रपाको पशुपति शमशेर समूह एकपटक गणतन्त्रवादी भइसकेको समूह हो । तसर्थ ऊ फेरि कमल थापा समूहसँग मिलेर राजावादी धारमा फर्किनु भन्दा अरु कुनै लोकतान्त्रिक दलसँग एकता गर्ने नीति राम्रो हुन्छ । कमल थापा समूह भने आउने केही निर्वाचनपछि गोर्खा परिषदझैं सकिने अनुमानलाई यो उपनिर्वाचनले पनि पुष्टि गरेको छ ।

निष्कर्ष

लोकतन्त्रले एजेण्डा आधारित मतदानको माग गर्दछ । तर अधिकांश मतदातामा मातृपार्टी भावना, ब्राण्डनिष्ठा र वितृष्णा आधारित प्रतिशोधपूर्ण मतदान प्रवृत्ति हावी हुनु चिन्ताको बिषय हो । हुनतः नेपालमा अहिलेसम्म कुनै पनि आन्दोलन, क्रान्ति र परिवर्तन भोटको बाकसबाट भएका छैैनन् । भोटले अधिकांशतः यथास्थितिवादलाई नै सहयोग गरेको छ । यो उपनिर्वाचनको समग्र राजनीतिक निष्कर्ष पनि त्यही हो । तर, बुझ्नु पर्ने उत्तिकै सत्य के हो भने भोटले एजेण्डालाई न्याय गर्ने समाज नबनेसम्म लोकतन्त्रको यात्रा र स्थायीत्व सधै जोखिममा हुन्छ ।

The post उपनिर्वाचन मत परिणामको अन्तरकुन्तर appeared first on Sajha Post.

पानी र खानाका लागि झगडा गर्न म सन्तान जन्माउँदिन

$
0
0

अक्सर मान्छेहरु यो ठान्छन् कि जलवायु परिवर्तन वातावरणवादी, हरियाली अभियन्ताहरुको मात्र सवाल हो । यो राजनीतिक, आर्थिक वा सामाजिक सवालसँग जोडिएको छैन, बिल्कुल भिन्नै सवाल हो । अरु समस्या र संकट फरक हुन् । जलवायु परिवर्तन फरक छ । यसरी जलवायु परिवर्तनलाई विश्वले सामना गरिरहेका अरु संकटभन्दा भिन्न संकट ठान्ने गरिन्छ । यथार्थमा यो अन्य सवालसँग उत्तिकै घनिष्ठ रुपमा जोडिएको छ ।

जस्तो कि अहिले ‘श्वेत सर्वोच्चता’ (ह्वाइट सुप्रिमेसी) को सोच बढिरहेको छ, राष्ट्रवादका अनेक रुपहरु प्रकट हुँदैछन, कतिपय देशमा हज्जारौं मानिसलाई मातृदेश छोड्न बाध्य पारिएको छ, शरणार्थी संकट चर्किंदो छ– यी संकट कुनै न कुनै रुपमा जलवायु परिवर्तनको संकटसँग जोडिएका छन् । सबै मानवीय संकट एकअर्कासँग अन्तर्सम्बन्धित छन् । तसर्थ, समाधान पनि अन्तर्सम्बन्धित हुन्छ ।

बितेको दशकलाई फर्किएर हेर्दा जलवायु परिवर्तन र वातावरणको मुद्दालाई वामपन्थले खासै महत्वका साथ लिएन । परिणामस्वरुप वातावरणीय संकट झन् चर्किएर गयो र दक्षिणपन्थको पुनर्उदयको आधार बन्यो । वामपन्थको रुची सम्पतिको पुनर्वितरणमा थियो । सम्पति भनेको प्राकृतिक स्रोत-साधनको उपयोग र रुपान्तरणबाट सिर्जना हुने हो । प्राकृतिक स्रोत-साधनको सीमा छ भन्नेतिर उनीहरुले ध्यान दिएनन् । मध्यमार्गीहरुले कुनै पनि सवाललाई महत्वका साथ विश्लेषण गरेनन् । केवल वाम र दक्षिण विभाजनमा आफ्नो स्थान कहाँ छ भनेर हेरे । फलतः अमेरिकी राष्ट्रपति निर्वाचनदेखि बेलायतको ब्रेक्जिटसम्म, ट्रम्पदेखि बोरिस जोहन्सनसम्म दक्षिणपन्थको जोडदार आँधी आयो ।

यही परिप्रेक्ष्यमा हामीले नयाँ हरित सम्झौता (ग्रिन न्यू डिल) को अवधारणा ल्याएका हौं । यो अति नै उत्साह र खुुशीको कुरा हो । हामी जुनस्तरको संकट सामना गरिरहेका थियौं – त्यसलाई हल गर्ने उपाय पनि उत्तिकै सशक्त हुन जरुरी छ । हामीले कार्बन उत्सर्जन कर, ससाना वातावरणवादी अभियान वा कुनै चमत्कारिक उपायको कुरा गरेको हैन । हामीले भन्न खोजेको कुरा अर्थतन्त्रको रुपान्तरण हो । अहिलेको अर्थतन्त्रको ढाँचा बहुमत जनसंख्याका लागि असफल भइरहेको छ । अर्को कुरा – हामी किन यति धेरै राजनीतिक बेथिति र संकट बीचमा छौं ? किन राजनीतिले ट्रम्प र ब्रेक्जिट दिइरहेको छ ? किन यी शक्तिशाली नेताहरु विद्यमान संकटहरुको सम्बोधन गर्न असमर्थ छन् ? यो सबै त्यत्तिकै भएको हैन होला, यसको कारण होला ।

प्रत्येक क्षण हामीसँग बढ्दो तापमानको प्रत्येक मात्रालाई नियन्त्रण गर्ने, त्यसउपर विजय प्राप्त गर्ने र समाजलाई अझ मानवीय बनाउन नीतिगत हस्तक्षेप गर्ने सम्भावना हुन्छ । तर, यो मौका हामी गुमाइरहेका हुन्छौं । हामी फजुल तरिकाले जलवायु बर्बरता (क्लाइमेट बार्बरिज्म) तिर चिप्लिरहेका छौं । युरोप, अमेरिका वा अष्ट्रेलियाको सीमा देखिने दृष्यले मलाई कहिलेकाहीँ भयग्रस्त बनाउँछ । ती देशको आवादी संरचना, उपनिवेशवादको त्यो समय र औपनिवेशिक मुलुकहरुको अलिहेको अवस्थाले हामी जलवायु बर्बरताको युगमा प्रवेश गरेको प्रष्ट संकेत गर्दछ । श्वेत सर्वोच्चताको भावना र प्रति–आप्रवासी नश्लवादको दुश्चक्र सर्वत्र देख्न सकिन्छ ।

श्वेत सर्वोच्चता सबै गोरा एकसाथ मुर्ख भएर, अरुलाई दुख्ख दिउँ वा मारौं भन्ने भावनाले जन्मेको हैन । बरु यो यसर्थ जन्मेको हो कि यस्तो अवधारणामा उनीहरुका केही हित जोडिएका छन् । बढ्दो विश्वसंकट, आप्रवासी र शरणार्थी समस्याले पृथ्वीलाई नयाँ तरिकाले गाँज्न सक्छ । विश्व तापमान वृद्धि, वातावरणीय असुरक्षा र जलवायु संकट झनै चर्किन सक्छ । आज नश्लवाद पनि वैज्ञानिक तर्कमा उभिएको छ । यसलाई ‘विवेकपूर्ण बर्बरता’ (रेशनल बार्बरिज्म) भन्न सकिन्छ । यदि हामीले जलवायु परिवर्तनको समस्या हल गर्ने हो भने मानवताको नश्लीय पदसोपानक्रम आफै पछाडि फर्किन्छ ।

केही बर्षयता म धेरै वातावरणवादीहरुसँग सम्पर्क र छलफलमा छु । उनीहरुको प्रष्ट भनाइ छ– जलवायु परिवर्तनको मुद्दा भनेको गरीबीविरुद्धको मुद्दा पनि हो । शरणार्थी र आप्रवासी समस्याविरुद्धको मुद्दा पनि हो । नश्लवाद र जातीय विभेद विरुद्धको मुद्दा पनि हो । यो प्राकृतिक तथा सामाजिक न्याय र महिला सशक्तीकरणको मुद्दा पनि हो । कसरी भन्नु होला । जब पृथ्वी रहन्छ तब हामी अरु विभेद विरुद्ध लडौंला । पृथ्वी रह्यो भने नश्लवाद विरुद्ध लडौंला । महिला हिंसा विरुद्ध लडौंला । यस्तो प्रकारको सोचले जलवायु न्याय आन्दोलन (क्लाइमेट जस्टिस मुभमेन्ट) मा नयाँनयाँ नेतृत्व विकास गरिरहेको छ । दशकौंदेखि नवउदारवादले गाँजेको व्यक्तिवादी चिन्तन यसरी सामुदायिक सोचमा रुपान्तरित हुँदैछ । जलवायु परिवर्तनको मुद्दा व्यक्ति, बजार र मुनाफाभन्दा माथि समुदाय र मानवताको भविष्यसँग जोडिन्छ ।

यस अवधारणालाई पुरानो न्यू डिल वा मार्सल प्लानसँग तुलना गर्ने मुख्य विन्दू यही हो । नवउदारवादी न्यू डिलले व्यक्ति, बजार र मुनाफाबाट मानव कल्याण हुने ठान्दथ्यो । न्यू ग्रिन डिलले समुदाय र मानवताको भविष्यलाई अझ बढी महत्वपूर्ण ठान्छ ।

जस्तो कि अहिले ‘जन्म हड्ताल’ (बर्थ स्ट्राइक) को अवधारणा आएको छ । कम्तीमा छलफल त सार्वजनिक रुपमा प्रकट भएको छ । मैले लामो समयसम्म गर्भाधान र बच्चा पैदा गर्ने कुरामा आफ्नो पार्टनरलाई यही भनेर रोके । के तिमी आफ्नो सन्तान पानी र खानाका लागि झगडा गर्न नै यो धर्तीमा आओस् भन्ने चाहन्छौ ? जलवायु न्याय आन्दोलनका रुपमा म त्यस्तो भविष्यको कल्पना गर्न सक्छु जहाँ पुगेर बच्चा पैदा गर्नेका लागि यस्तो प्रश्न गर्नु नपरोस् । म सुनिश्चिततापूर्वक गर्भवती र आमा हुन सकूँ ।

विगतमा जनसंख्या योजनाकार तथा नीतिकर्ताहरुले नसबन्दीका नाममा महिला शरीर र पाठेघरलाई जबरजस्त युद्धक्षेत्र बनाएका छन् । केही नियामक सामधान पहिलेदेखि नभएका हैनन् । तर उनीहरुले सन्तानहरुको भविष्यमा आउने विपत्तिबारे खासै चासो राखेका छैनन् । आज हामी जुन जलवायु शोक (क्लाइमेट ग्रिफ) को अवस्थामा छौं, यससँग हामीले आफ्नै तरिकाले संघर्ष गर्नुछ । तर, मुख्य प्रश्न हामीले जन्माउने बच्चाहरुले कसरी शून्य कार्बनको अवस्थामा जीवन जीउन पाउँछन ? त्यस्तो स्थिति हामी बनाउन सक्छौं कि सक्दैनौं ? हामीले सक्नै पर्छ ।

जन्म हड्तालजस्तै अहिले ‘विलुप्त विद्रोह अभियान’ छ । यसको मूल चरित्र शास्त्रीय तरिकाबाट बाहिरिनु हो । छिमेकीदेखि छिमेकीसम्म, कार्यस्थलदेखि कार्यस्थलसम्म जलवायु अधिकारको मुद्दा मुखरित हुनु राम्रो कुरा हो । हामीलाई एक प्रजातिका रुपमा यति तल झारिएको छ कि हामी अस्तित्वमा रहन सक्षम छौं भन्ने भावना गुम्दै गइरहेको छ । यो अभियानको राम्रो पक्ष समुदाय आमने-सामने भएको छ । अनुभवहरु आमने-सामने भएका छन् । मान्छेले केही जितेको अनुभूति गर्दैछन् ।

जहाँसम्म आशाको कुरा छ, यो प्रश्न मलाई निक्कै जटील लाग्छ । आजै मान्छेले जलवायू परिवर्तनको महत्व सजिलै बुझ्लान जस्तो लाग्दैन । जबसम्म हामी संकटको पिँधमा पुग्दैनौं, धेरै मान्छेलाई लौ हामी त सकिन लाग्यौं भन्ने अनुभूति हुँदैन, त्यसबाट आफूलाई बाहिर निकाल्ने प्रयास कमजोर नै रहन्छ । मेरा आशाहरु नयाँ पुस्ताप्रति समर्पित छन् । नयाँ पुस्ता दृढनिश्चयी र बलवान छ । नयाँ पुस्ताले यसलाई राजनीतिको चुनावी मुद्दा बनाउनेछ । जब हामी २० वा ३० को उमेरमा थियौं राजनीति फोहोरी खेलको पर्याय थियो, हामीले यो मुद्दालाई चुनावी राजनीतिमा लाने अवसरलाई गुमाएका थियौं ।

मलाई आशा दिने कुरा – कम्तीमा हामी के चाहन्थ्यौं त्यसको मस्यौदा गरेका छौं । नयाँ हरित सम्झौता भविष्यको एक मार्गदर्शन हुन सक्छ ।

(क्लेन क्यानाडेली लेखिका तथा सामाजिक अभियन्ता हुन् । द गार्डियनमा प्रकाशित उनको अन्तर्वाताको अंशलाई साझापोस्टले गरेको अनुवाद हामीले प्रस्तुत गरेका छौं- सं.)

The post पानी र खानाका लागि झगडा गर्न म सन्तान जन्माउँदिन appeared first on Sajha Post.

कांग्रेसमा पुनर्जागरणको बहसः के गर्दैछ नयाँ पुस्ता ?

$
0
0

नेपाली राजनीतिमा सबैभन्दा बढी योगदान गर्ने मानिसहरुले बनाएको पार्टी हो, नेपाली कांग्रेस । सर्वस्व हरण हुँदा पनि कांग्रेस भएका मानिसहरु छन् । हाँसीखुसी नै आफूलाई कुर्बानी गर्न पनि तयार भएका थिए । त्यो एउटा समय थियो । नेपाली कांग्रेस इतिहासकै भरमा पुरानो ब्राण्डलाई लिएर अगाडि बढ्न सक्दैन । नेपाली समाजमा, नेपाली राजनीतिमा यसले धेरै ठूलो योगदान गरेको छ । यसमा दुईमत छैन । तर त्यो मात्रै विषयले अगाडि जान सकिँदैन ।

कांग्रेसको त्यही गौरवपूर्ण विगतलाई देखाएर अहिले चल्न सकिँदैन । अहिलेकै समयअनुसार हामीले आफूलाई परिवर्तन गर्न आवश्यक छ । प्राथमिकताहरु बदल्न आवश्यक छ । कांग्रेस परम्परागत ढंगले मात्रै चल्यो, यसले आफूलाई आधुनिकीकरण गर्न सकेन, विषयहरुमा परिमार्जन गर्न सकेन, बिपी कोइरालाको समयमा जस्तो धारिलो हुन सकेन भन्ने जस्ता कुराहरु आम कांग्रेसहरुलाई पनि महसुस भइरहेको छ ।

त्यसैले विचारगत र व्यवहारगत पक्षबाट कांग्रेसले आफूलाई स्पष्ट बनाउन जरुरी छ । बिपीको समयमा नेपाली कांग्रेस मुद्दागतरुपमा एकदमै धारिलो थियो । अहिले त्यस्तो छैन । हामीले आर्थिक, सामाजिक, राज्यका विभिन्न क्षेत्र र समुदायका बारेमा, राज्यको संरचनाको बारेमा, समृद्धिको आधार निर्माण गर्ने बारेमा, हामीले एउटा प्रष्ट दृष्टिकोण निर्माण गर्न जरुरी छ ।

बिपीले कांग्रेसको नेतृत्व गर्दा उहाँ राष्ट्रिय स्वार्थका विषयमा कसैसँग पनि डराउनु भएन । सामन्तविरुद्ध लड्न कुनै पनि पुँजीपतिसँग डराउनु भएन । कसैले दिने चन्दा घट्छ कि वा दिँदै दिँदैनन् कि, कुनै पुँजीपति मसँग रिसाएर टाढा हुन्छ कि भन्ने जस्ता सानातिना स्वार्थले उहाँलाई कहिल्यै प्रभावित पारेन । पछिल्लो समय नेपाली राजनीतिमा त्यस्ता कुराले धेरै प्रभाव पार्ने स्थिति बनेको छ ।

कुनै पनि राजनीतिक दल वर्तमानमा कस्तो छ, त्यसले वर्तमानका मुद्दाहरुलाई कसरी छोएको छ, समाजका आकांक्षा, चाहनाहरुलाई कसरी समेटेको छ, सबै पुस्ता, जाति, संस्कृति, समुदाय, वर्गका मान्छेलाई कसरी समेट्न सकेको छ ? त्यसको आधारमा पार्टीप्रतिको दृष्टिकोण बन्छ जस्तो मलाई लाग्छ ।

अर्को दृष्टिकोणले हेर्दा नेपाली कांग्रेस ‘टेस्टेड’ पार्टी पनि हो । क्रान्तिबाट आएर एकैचोटि सत्ता चलाउन जनतासँग अपिल गरिरहेको अवस्था छैन । यसले धेरैपटक क्रान्तिको नेतृत्व गर्‍यो । धेरै पटक सरकारको नेतृत्व पनि गरिसकेको छ । यसर्थ, कांग्रेसका कुरा सुनिरहने जनताले ‘तिमी सत्तामा हुँदा के गर्‍यौ त ?’ भन्ने प्रश्न गरिरहेको हुन्छ ।

त्यसैले, सत्तामा गएर परीक्षित भइसकेको पार्टीले आफूलाई रुपान्तरण गरेको महसुस गराउनका निम्ति अत्यन्त प्रगतिशील मुद्दाहरु लिएर आउन सक्नुपर्छ । व्यवहारिक र प्रगतिशील मुद्दाहरु ल्याउन सक्नुपर्छ । त्यसैले आजको हाम्रो मुख्य चुनौती यी हुन् । यी चुनौतीहरु सामना गर्न सक्यौं भने कांग्रेसलाई हामीले पुनः अगाडि लैजान सक्छौं । उल्लिखित विषयहरुलाई चुनौती नै ठानेनौं र जसरी चलिरहेको छौं, त्यसरी नै चल्दा फेरि सत्तामा जान सकिन्छ, फेरि पनि कांग्रेसलाई उचाईमा पुर्‍याउन सकिन्छ भन्ने हाम्रो सोचाई रह्यो भने आजको चुनौती सामना गर्न सक्दैनौं ।

अबको बाटो
कांग्रेसले आफ्नो पुनर्जागरणका लागि दुईवटा पक्षमा काम गर्नुपर्छ । आन्तरिक सुधारको काम पहिलो हो । पार्टी सञ्चालनको विधि, प्रक्रियाजस्ता आन्तरिक लोकतन्त्रका विषयहरु आदि । हामी कस्तो देखिने ? हामी जस्तो देखिन्छौं, समाजले हामीलाई त्यसैगरी बुझ्छ । त्यसैले हामी सचित्र देखिँदा प्रष्टताका साथ देखिनुपर्छ । यस्तो प्रष्टता प्राप्तिका लागि पनि हामीले केही कुरा गर्नैपर्छ । हाम्रा आन्तरिक मामिलाहरुलाई सुधार गर्न जरुरी छ । हामीप्रति लक्षित प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन जरुरी छ ।

एउटा राजनीतिक पार्टी भविष्यसँग नजोडिइकन चल्न सक्दैन । वर्तमानका एजेण्डाहरु स्पष्ट नगरी अगाडि बढ्न सक्दैन । त्यो पनि हाम्रा लागि चुनौती नै हो । वर्तमानका विषयहरुलाई हामीले कसरी प्रष्ट्याउने, भविष्य हामीले कसरी देखाउने भन्ने सन्दर्भमा वैचारिक पक्षमा पनि हामीले धेरै काम गर्न आवश्यक छ । अहिले हामी यी दुवै विषयलाई पार्टीभित्र उठाइरहेका छौं । आन्तरिक सुधारका लागि पार्ट्टीलाई विधि र विधानमार्फत् सञ्चालन गर्ने मुद्दालाई प्राथमिकताका साथ उठाइरहेका छौं ।

पार्टीमा जतिसुकै शक्तिशाली र पुरानो भए पनि, जतिसुकै महत्वपूर्ण पदमा बसेको भए पनि व्यक्तिको स्वविवेकीय ढंगबाट पार्टी चल्नु हुँदैन । त्यो विधानभन्दा तलै हुन्छ । त्यो व्यक्ति पार्टीको विधानभन्दा तल हुन्छ । सर्वोच्च सधैं विधान नै हुन्छ । त्यसैले विधानको सर्वोच्च व्यवस्थालाई कार्यान्वयन गर्ने स्थिति बन्नुपर्छ । कतिपय सवालहरुमा हामीले त्यसलाई कार्यान्वयन गर्न नसकेको जस्तो देखिन्छ । कुनै पनि अवस्थामा विधान र व्यवस्थाहरुलाई उल्लंघन गर्ने अवस्था हुनुहुँदैन । विधि र प्रक्रियाबाट नै समस्या हल गर्नुपर्छ । पार्टीभित्र थुप्रै समस्याहरु छन् । ती समस्याहरु हल गर्ने विधि पनि पार्टीले विधानले प्रष्ट गरेको छ । त्यसैले समस्याहरुको विधिवत ढंगले निराकरण गर्नुपर्छ । पार्टीको संरचना विधिगत ढंगले चल्नुपर्छ । पार्टीका क्रियाकलाप पार्टीको विधानअनुसार हुनुपर्छ ।

त्यागको क्षतिपूर्ति पदबाट ?

दोस्रो कुरा, कांग्रेसमा नयाँ पुस्ता र पुरानो पुस्ताबीच एकखालको अन्तरविरोध छ । एउटा पुस्ता लामो त्याग, तपस्या र समर्पणबाट आउनु भएका अग्रजहरु हुनुहुन्छ । उहाँहरुले आफ्नो योगदानको क्षतिपूर्ति पदीय भूमिका प्राप्त गरेर लिन चाहनुहुन्छ । त्यसले हाम्रो आन्तरिक प्रतिष्पर्धालाई सहज बनाउन सकेको छैन । नेपाली कांग्रेस ‘मास बेस्ड’ पार्टी हो । कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी हो । यो खुला पार्टी हो जहाँ कार्यकर्ताले पत्याएको अवस्थामा जो आए पनि नेतृत्वमा पुग्ने अवस्था रहन्छ । यसर्थ, हामी कांग्रेसलाई खुला पार्टी बनाउन चाहन्छौं, क्याडर बेस्ड होइन मास बेस्ड पार्टी बनाउन चाहन्छौं । यसले सम्पूर्णरुपमा लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गरेको हुनुपर्छ ।

यो कुरा कांग्रेसभित्र सबैलाई स्वीकार्य छैन । हामी केहीले यी कामलाई अत्यावश्यक ठान्दछौं । केही कांग्रेसीहरु नै यो कामलाई आवश्यक ठान्नुहुन्न ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेको एउटा विद्यार्थी विदेश नगईकन नेपाली समाजमा बसेर का‌ंग्रेस बनेर योगदान गर्न चाहन्छ भने उसलाई यति वर्ष र उति वर्ष भनेर अवरोध खडा गर्नु हुँदैन भन्ने मान्यता हाम्रो छ । तर त्यो हाम्रो मान्यता हो । धेरै लामो समय लगाएर यो पार्टी निर्माण गर्ने, मैलेभन्दा बढी योगदान गर्नेहरुको भनाइ फरक छ । उहाँहरु भन्नुहुन्छ- ‘त्यस्तो होइन, आज आएर कहाँ विश्वास गर्न सकिन्छ ? यत्रो लामो समयसम्म हामीले कुर्बानी गर्‍यौं । हामीले जिम्मेवारी प्राप्त नगरेर यी नयाँ आएकाहरुले कसरी जिम्मेवारी प्राप्त गर्न सक्छन् ?’

यस्तै खालको बहस नेपाली कांग्रेसभित्र छ । हामी चाहन्छौं, ‘मैले काम गरेको ३० वर्ष भो । तीन महिना अगाडी मैसँग कोही प्रतिष्पर्धा गर्न आउँछ र त्यसले जित्छ भने उसलाई प्रतिष्पर्धामा उत्रन दिनुपर्छ । किनभने प्रतिष्पर्धात्मक पद्धतिलाई हामीले पूर्णरुपमा आत्मसाथ गरेको हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । हामीले यो विषयलाई पार्टीभित्र व्यापकरुपमा उठाइरहेका छौं । दोस्रो विषय यो हो ।

तेस्रो विषय हो- इतिहासमा गरेको त्याग, बलिदान र काममा गर्व गरेर मात्र हुँदैन । बिपी कोइरालाको सरकार सफल थियो, क्रान्तिकारी थियो भनेर त्यसैलाई मात्र भजाएर हामीले आज सरकार निर्माण गर्ने कुरा स्वभाविक हुन सक्दैन । त्यसैले त्यसको जगमा उभिएर हामीले आजका विषयहरुलाई कसरी हेरिरहेका छौं ? १०-१५ वर्षपछि नेपाललाई हामी कस्तो बनाउन चाहिरहेका छौं ? यससँग जोडिएको सैद्धान्तिक पक्ष, विचारगत पक्ष, योजनागत पक्ष पनि हामीले प्रष्ट पार्नुपर्छ ।

गोविन्द केसीसँग सम्झौता गर्न जहाँ पनि हस्ताक्षर गर्न तयार हुने, तर गोविन्द केसीसँग सम्झौता गर्दैगर्दा त्यसको सैद्धान्तिक सार के हो ? त्यो कुरा हाम्रो दस्तावेजमा ल्याउन जरुरी छैन ? हामीले बनाउन चाहेको चिकित्सा शिक्षा कस्तो हो ? हामीले बनाउन लागेको शिक्षा नीति कस्तो ? हामीले बनाउन चाहेको स्वास्थ्य नीति कस्तो हो ?

हामीले विगतमा केही त्रुटिहरु गरेका छौं । यसलाई महसुस गर्दैमा कद कसैको घट्दैन । त्यसैले विगतमा गरिएका केही त्रुटिहरुलाई महसुस गर्नुपर्छ । अब त्यो दोहोरिँदैन भन्ने विश्वास दिलाएर अगाडि बढ्न सक्नुपर्छ । हामी विगतको आफै‌ंभित्र निर्मम समीक्षा गरेर कमिकमजोरी कहाँ भएको हो त्यसलाई आत्मसाथ गरेर अब नयाँ ढंगबाट कांग्रेस अगाडि बढ्नुपर्छ ।

(नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको रुपान्तरणको बहस स्तम्भ हरेक बिहीबार प्रकाशित हुनेछ )

The post कांग्रेसमा पुनर्जागरणको बहसः के गर्दैछ नयाँ पुस्ता ? appeared first on Sajha Post.

विचारधाराको अन्त्य कहिल्यै हुँदैन

$
0
0

सन् १९७० मा सुरु भएको नवउदारवादले नब्बेको दशकदेखि विश्व मानव समाजलाई निरन्तर प्रभावित गरिरहेको छ । नवउदारवाद अर्थात् एक आर्थिक तथा राजनीतिक दर्शन जो समाजका सबै क्षेत्रमा बजार आधारित शासन, नियम र नियन्त्रणको पक्षमा हुन्छ । तर, नवउदारवादको यात्रा चुनौतीहीन भने छैन ।

उत्तर तथा दक्षिण– विश्वका दुबै ध्रुवमा नवउदारवाद विरुद्धको प्रतिरोध प्रखर छ । प्रारम्भिक प्रतिरोध सन् १९७७ को इजिप्टेली ‘रोटी विद्रोह’ र सन् १९८९ को भेनेजुएला विद्रोह थियो । सन् १९९४ मा मेक्सिकोको चियापासमा जापाटिष्टहरु आसन्न नाफ्टा विरुद्ध उठे । उत्तरमा ‘वैकल्पिक भूमण्डलीकरण’ आन्दोलन लोकप्रिय भयो । यस सन्दर्भमा सन् १९९९ को सियाटल प्रदर्शन उल्लेखनीय रह्यो । सन् २००१ मा वर्ल्ड सोसल फोरमले नउवदारवादको विकल्पमा सामाजिक अभियन्तालाई बहस, छलफल गर्ने मञ्च दियो । यस्ता जनपरिचालनले नवउदारवादले निम्त्याएको नग्न आर्थिक असमानता र वातावरणीय विनाशप्रति बलियो ध्यानाकर्षण गरेको छ ।

सन् २००८ को आर्थिक संकटले नवउदारवादलाई चुनौती दिन चाहनेहरुका लागि अनपेक्षित अवसर उपलब्ध गरायो । आन्दोलनका रुपमा अरब, युरोप र अमेरिकामा अकुपाई वालस्ट्रिट जस्ता ठूल्ठूला जनप्रदर्शन भए । यी आन्दोलनका बारेमा पर्याप्त लेखिए । विश्वव्यापी रुपमा चर्चा भए । विकल्प जरुरी छ भन्ने बोध गहीरो भयो । करिब ४ वर्ष यी आन्दोलनहरु निरन्तर चर्चामा रहे । तर आन्दोलनले सार्थक परिणाम दिने कुरामा आश्वस्त हुन सकिँदैनन्थ्यो । किनकी यी आन्दोलनमा केही भ्रम र वैचारिक कमजोरी विद्यमान थिए ।

मूलतः यस्ता आन्दोलनमा ‘हामी उत्तरवैचारिक युगमा बाँचिरहका छौं’ भन्ने गहीरो भ्रमपूर्ण सोच थियो । यो कमजोरीलाई तुरुन्त सम्बोधन गर्न आवश्यक थियो । विचारधाराको अन्त्यको बहस एक धोकापूर्ण प्रवचन मात्र थियो । विचारको मुकाविला विचारले नै गर्न सकिन्छ । अवैचारिक ढंगले नवउदारवादसँग लड्न सम्भव थिएन/छैन । यस्ता आन्दोलनले ‘इतिहासको अन्त्य’ जस्ता पाखण्डबाट मुक्त भएर एक्काइसौं शताब्दीका लागि विचारधाराको पुनर्भाष्य गर्न जरुरी थियो । यसरी मात्र नवउदारवादसँग उसका प्रतिद्वन्द्वीहरुले बलियो सामना गर्न सक्नेछन ।

विचारधाराले नै परस्पर अन्तर्निभर तथा कार्याभिमुख प्रणालीका रुपमा सबै राजनीतिक अभ्यासको नाडी छाम्न सक्दछ । त्यसो भए विचारधारा असान्दर्भिक भएको यति प्रभावकारी दाबी किन भयो त ? किनकी यो मान्यता नवउदारवादी सम्भ्रान्तहरुका लागि उपयोगी थियोे । यसले समकालीन विश्व पुँजीवादी प्रणालीको विघटनमाथि ढाकछोप, मौलिकीकरण र अऐतिहासिकीकरणको प्रक्रियामा मद्दत गर्दथ्यो । तर, नवउदारवाद विरोधीहरु सुसंगत वैचारिक प्रतिरोधीको प्रवृत्तिबाट विमुख थिए । उनीहरु वर्तमान आर्थिक प्रणालीको व्यवस्थित विश्लेषण गर्नुको साटो यसलाई व्यक्तिगत लोभ र नैतिक समस्याका रुपमा चित्रण र निन्दा गर्न नै ढुक्क थिए । फलस्वरुप त्यस्ता विरोध, विद्रोह, दंगा र जनप्रदर्शनबाट उत्पन्न परिवेशभित्र वास्तविक प्रणालीगत विकल्प स्थापित गर्नुको साटो व्यक्तिगत अनुभवकेन्द्रित अभियन्तावादको अभ्यास बढ्यो ।

वैचारिक कामलाई वेवास्ता गर्ने प्रवृत्ति अझै छ । यसले नवउदारवादको प्रतिरोधलाई गोलमटोल मात्र गर्दैन, बरु वैकल्पिक उपायको अभावमा स्वयं उसैलाई ठाउँ दिन्छ । नवउदारवादको विरुद्धमा सम्भाव्य प्रतिवर्चश्व आन्दोलन निर्माण गर्न चाहने अभियन्ता तथा बुद्धिजीवीहरुले विचारधाराको प्रश्नलाई गम्भीरतापूर्वक लिन शुरुवात गर्नु पर्दछ ।

तर, नवउदारवादविरोधी राजनीतिका अनेक असमरुप तथा अतिवादी धारहरुबीच यस कार्यका लागि कुन प्रकारको विचारधारा अनुकुल र प्रभावकारी हुन्छ ? यो ठहर गर्न सजिलो छैन । एक्काइसौं शताब्दीका प्रगतिशीलहरुले कुन विचारधारा अंगाल्नु पर्छ त ? प्रायः एउटा सामान्य मापदण्डको चर्चा हुने गर्छ- हामीले विविधतावाद वा विविधताकाबीचमा एकताको सोचबाट अगाडि बढ्नुपर्छ ।

विचारधाराका क्षेत्रमा ‘विविधतामा एकता’ एक घिसेपिटे नारा मात्र हो जसले अभियन्तावादको विविध रुपलाई समष्टिगत रुपमा समेट्दछ । विविधतावाद विभिन्न विचारधारात्मक सन्दर्भलाई एउटै वृहत् आन्दोलनमा ल्याउने कडी हुन सक्दछ । यसले समकालीन बहसलाई चौतर्फी रुपमा घुमाउन सक्दछ । अझ मुख्य कुरा यसले परम्परागत वर्गकेन्द्रित सोचको ठाउँमा पहिचानको राजनीतिलाई एक गतिशील अन्तक्रिर्याको विषय बनाउँछ । त्यस्तै समकालीन विश्वका पश्चिमा विचारलाई गैर–पश्चिमा विचारहरुसँग तर्कसंगति र कार्यप्रणालीमा आधारमा समायोजित गर्न सक्नु पर्दछ ताकी नवउदारवाद विरुद्धको संघर्षलाई एक विश्वदृष्टिकोणका रुपमा विकसित गर्न सकियोस् ।

विश्वभरका नवउदारवादविरोधी आन्दोलनहरु एक ठाउँमा आउनु निश्चय नै राम्रो हो । तर यो काम अझैपनि राम्ररी भएको छैन । अझै पनि समाजवादी र अराजकतावादीबीच गहीरो विभाजन बाँकी छ । जुन स्तरमा उनीहरु भिन्न छन, त्यो स्तरको वैचारिक भिन्नता भने उनीहरुमा छैन । यी दुई विचारधाराको उत्पत्ति र सम्मिलन (ओभरल्याप) बारे अभियन्ताहरुको अवधारणा अझै अस्पष्ट छ ।

नवउदारवाद विरुद्ध वैचारिक प्रतिवर्चश्व निर्माण गर्न आधुनिक वैचारिकताका विभिन्न पक्षबीच समन्वयको एक सुसंगत प्रणाली बन्नै पर्छ । वर्तमानको निर्ममतासँग लड्ने इच्छाशक्तिभन्दा विगतका पूर्वाग्रहहरु अझै बलशाली छन् । विगत दुई शताब्दीका उनीहरुका पूर्ववर्ती वैचारिक अग्रजहरुले सामना गरेको स्थिति र अहिलेका अभियन्ताहरुले सामना गरिरहेको स्थिति फरक हो कि एउटै हो भनेर विवेकपूर्ण विमर्श गर्ने हो भने हाम्रा निष्कर्षहरु धेरै फरक बन्न सक्दछन् । जस्तो कि मार्क ट्वेनले भनेका थिए– ‘इतिहास कहिल्यै दोहोरिन सक्दैन तर यसलाई बारम्बार दोहोर्‍याइने गरिन्छ।’ आजका प्रगतिशीलहरुले यो चक्रलाई दोहोर्‍याउनुभन्दा इतिहासबाट शिक्षा लिनु उचित हो ।

विविधतावादको दोस्रो आयाम पहिचान–केन्द्रित सरोकारहरु हुन् । यहाँनेर यो प्रश्न उठ्छ कि यो आयामलाई हामी पुनर्ताजगी गर्दछौं वा त्यसै दबिन दिन्छौं । पहिचानको मुद्दालाई प्राथमिकता दिँदा नश्ल, क्षेत्र, लिङ्गजस्ता नवउदारवाद विरोधी प्रतिरोध अगाडि आउँछन् र तिनीहरुको संयुक्त मोर्चा बनाउन सकिन्छ । अर्कोतिर यो पनि सोच्नु पर्दछ कि यदि पहिचानलाई एकांकी र अचुक उपायका रुपमा बुझियो भने त्यो प्रगतिशील राजनीतिका रुपमा चित्रित भइरहन सक्दैन । यसको सरल अर्थ प्रगतिशील राजनीतिले पहिचानका सरोकारहरुलाई प्रतिवर्चश्वको आन्दोलनको उद्देश्यसँग जोड्नु पर्दछ ।

अर्थात् नवउदारवाद विरोधी राजनीतिले तीन धारे रणनीति अख्तियार गर्नु उपयुक्त हुन्छ । एक– पुराना स्थापित वैचारिक विविधताहरुको युगानुकुल समायोजन । दुई– पहिचानमा आधारित राजनीतिको विविधताबीच मोर्चाबन्दी । तीन–पश्चिमा र गैरपश्चिमा साँस्कृतिक वैचारिकतामाथि एक वैश्विक किल्लाबन्दी । समग्रमा बहुलतावाद कुनै केन्द्रशक्तिको सम्प्रशारक नभएर सामूहिक सवालको साझा शक्तिकेन्द्र हुनुपर्दछ ।

त्यसो भए अब यो प्रश्न उठ्छ कि नवउदावाद विरुद्ध यी विविध पक्षहरुलाई के ले नजिक ल्याउन सक्छ ? यसका पनि तीन तत्व छन् । पहिलो– नवउदारवाद विरोधी आन्दोलनका व्यवधानहरु पहिचान र सामना गर्ने क्रान्तिकारी राजनीतिको इच्छाशक्ति । नवउदारवादी वर्चश्व भनेको के हो ? यसको संचरना कसरी बनेको छ ? यसका कमजोर विन्दुहरु कुन-कुन हुन् ? यसका संस्थागत सामर्थ्य के-के हुन् ? यी सबै पक्षको गहीरो विश्लेषण र त्यसको विकल्पमा एक नैतिक साहससहितको अभियान प्रगतिशीलहरुले संगठित गर्नुपर्छ ।

दोस्रो– नवउदारवादबाट संक्रमण र नयाँ प्रणाली, नयाँ समाज निर्माणको दूरदृष्टि प्रष्ट गर्न सक्नु पर्दछ । केवल रुढ सिद्धान्तहरु प्रस्तुत गरेर मात्र हुँदैन । नवउदारवादले दिइरहेका सुविधाहरुभन्दा राम्रो अवसर नयाँ प्रणालीले दिन सक्दछ भन्ने प्रष्टता हुनु पर्दछ ।

अन्तिम कुरा– यहाँबाट त्यहाँ कसरी पुग्ने ? यी कार्यहरु गर्ने रणनीति के हो ? कुन विधि, प्रक्रिया र मोडालिटीबाट ती कार्य सम्भव हुनेछन् भन्ने प्रष्ट हुनु पर्दछ । यस परिप्रेक्ष्यमा थुप्रै विकल्पहरु हुन्छन् । ती मध्ये उपयुक्त विकल्प छनौट र कार्यान्वयन हुन सक्नु पर्दछ ।

संक्षेपमा– अहिलेको आवश्यकता भनेको विद्यमान विश्वव्यवस्थाका दमन र प्रणालीगत निरीहता विरुद्ध एक वृहत् पुनर्भाष्य र स्थिर दार्शनिक दृष्टिकोण हो । तर नवउदारवाद विरोधी खेमामा देखिएको अवैचारिक सोचले उनीहरुलाई विश्व पुँजीवादविरुद्धको संघर्षमा फितलो बनाएको छ । जति छिटो आजका प्रगतिशीलहरुले यो समस्यालाई बुझ्दछन् र नवउदारवाद विरुद्धको वैचारिक धारलाई तिखो पार्दछन्, त्यति नै उनीहरुले नवउदारवादमाथि विजय प्राप्त गर्ने सम्भावना बढ्ने छ ।

(प्रस्तुत लेख लेखकको किताब आइडोलजी एण्ड फयूचर अफ प्रोगेसिभ सोसियल मुभमेन्टबाट साझापोस्टले गरेको अनुवादको अंश हो)

The post विचारधाराको अन्त्य कहिल्यै हुँदैन appeared first on Sajha Post.


तेस्रो ध्रुव र समाजवादी पार्टीको सम्भावना

$
0
0

प्रारम्भिक प्रष्टता
नेपालमा ‘तेस्रो ध्रुव’ भन्दा ‘तेस्रो पार्टी’ बुझ्ने धेरै छन् । समाजवादी पार्टी (सपा) को सन्दर्भमा यस्तो बुझाई झन बढी हुन सक्छ । सपा यतिखेर संसदमा तेस्रो ठूलो दल छ । भावी निर्वाचनमा कांग्रेस–कम्युनिष्टपछि तेस्रो स्थान ओगट्ने रणनीतिका रुपमा ‘तेस्रो ध्रुव’ को कुरा गरिएको भान पर्न सक्दछ । तर, यहाँ चर्चा गर्न खोजिएको ‘तेस्रो ध्रुव’ ‘तेस्रो पार्टी’ हैन, तेस्रो विचार र वैचारिक शक्ति केन्द्र हो ।

बहुदलीय लोकतन्त्रमा दलहरुको स्थान चुनावैपिच्छे परिवर्तन हुने सम्भावना रहन्छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो र एमाले तेस्रो पार्टी थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भयो । २०७४ को निर्वाचनले यो क्रमलाई झनै उलटफेर गर्दिएको छ । कुन पार्टीको स्थान के हुने त्यो भोटले निर्धारण गर्दछ । अर्थात् तेस्रो पार्टीको निर्धारण भोटको मात्राले गर्दछ तर तेस्रो ध्रुवको निर्धारण विचार र एजेण्डाले गर्दछ ।

के हो तेस्रो ध्रुव ?
पुँजीवाद र साम्यवाद दुवै दर्शन र विचारलाई अस्वीकार गर्ने दृष्टिकोणलाई तेस्रो ध्रुव भनिन्छ । नेपालका सन्दर्भमा कांग्रेस पुँजीवादी र नेकपा साम्यवादी विचारका विरासत हुन् । भन्नलाई यिनले आफू समाजवादी नै भन्छन् तर समाजवादी भन्नु र समाजवादी हुनु फरक कुरा हो । यिनीहरु व्यवहारमा कहिँकतै समाजवादी छैनन्, केवल समाजवादको लोकप्रियताबाट राजनीतिक फाइदा उठाउन मात्र समाजवादको नारा लगाएका छन् । समाजवाद पुँजीवाद र साम्यवादभन्दा विल्कुलै फरक विचारधारा हो ।

पुँजीवादले स्वतन्त्र बजार अर्थतन्त्रको पक्षपोषण गर्दछ । साम्यवादले राज्य–अर्थतन्त्रको पक्षपोषण गर्दछ । तेस्रो ध्रुवले सामाजिक बजार अर्थतन्त्रको पक्षपोषण गर्दछ । पुँजीवादले उदार संसदीय लोकतन्त्रको प्रणाली अपनाउँछ । साम्यवादले एकदलीय कम्युन प्रणालीको विरासतमा गौरव गर्दछ । तेस्रो ध्रुवले सहभागितामूलक समानुपातिक–समावेशी र प्रत्यक्ष लोकतन्त्रको पैरवी गर्दछ । पुँजीवादले बेलायत, अमेरिका, भारतजस्ता देशलाई आदर्श राज्य मान्दछ । साम्यवादले विघटित सोभियत संघ, पूर्वी युरोप, चीन, उत्तर कोरिया, क्युवा आदिलाई आदर्श राज्य मान्दछ । तेस्रो ध्रुवले स्कान्डिनेभियन देशहरुलाई आदर्श राज्य मान्दछ ।

अर्थात् पुरानो वाम वा दक्षिण विभाजनभन्दा बाहिर अग्रगामी, पुँजीवादी र साम्यवादी विभाजनभन्दा बाहिर समाजवादी, बजार अर्थतन्त्र र राज्य-अर्थतन्त्रभन्दा बाहिर सामाजिक बजार अर्थतन्त्र, उदार संसदीय लोकतन्त्र र सर्वहारा अधिनायकत्वमा आधारित कम्युन लोकतन्त्रभन्दा बाहिर प्रत्यक्ष तथा समावेशी लोकतन्त्रको समष्टिगत अभिव्यक्ति नै तेस्रो ध्रुव हो, तेस्रो विचार हो ।

अर्को वाक्यमा शीतयुद्धको अन्त्यपछि, पुँजीवाद र साम्यवादका सीमाको प्रकटीकरणपछि सामाजिक लोकतन्त्रको पुनर्उदयको उद्घोष नै तेस्रो ध्रुव हो । एक्काइशौं शताब्दीमा तेस्रो ध्रुव भनेकै नयाँ शताब्दीको काल र चेतनामा सामाजिक जनवादको पुनर्नवीकरण गर्नु हो ।

सपाको सिद्धान्त
समाजवादी पार्टीले आफ्नो सिद्धान्तलाई ‘समुन्नत संघीय समाजवाद’ भन्दछ । यो चिन्तन नेपालका अरु सबै पार्टीभन्दा सामाजिक लोकतन्त्रको अवधारणा नजिक छ । राप्रपा सम्बर्द्धनवादी पार्टी हो, त्यो तेस्रो ध्रुव हुन सक्दैन । शीतयुद्ध कालमा नेपाली कांग्रेसले आफूलाई तेस्रो ध्रुव नै भन्ने गर्दथ्यो । भारतको कांग्रेस–कम्युनिष्ट विभाजनमा बीपी थिएनन् । बीपी डा. राममनोहर लोहिया, जयप्रकाश नारायणजस्ता नेताको नजिक थिए । कांग्रेस औपचारिक हिसाबले अहिले पनि सोसलिष्ट इन्टरनेशनलको सदस्य छ । तर उदार संसदीय लोकतन्त्र र स्वतन्त्र बजार अर्थतन्त्रप्रतिको उसको मोहले कांग्रेसलाई सामान्य पुँजीवादी पार्टीमै सीमित गर्दछ । कांग्रेसले सामाजिक लोकतान्त्रिक पार्टीका रुपमा विकास गर्ने कुनै सम्भावना छैन ।

नेकपाका बारेमा त यो बहस नै असान्दर्भिक छ । ऊ मार्क्सवादी मात्र हैन, लेनिन, स्टालिन, माओ, क्यास्त्रो, किम इल सुङ आदिको विरासतलाई गौरवीकरण गर्दछ । अर्कोतर्फ बहुदलीय लोकतन्त्र मान्छु भन्छ । त्यो पनि त्यही कांग्रेसको जस्तो उदार संसदीय लोकतन्त्र । लोकतन्त्रको ढाँचा, शैली र स्वभावलाई नयाँ स्तरमा विकसित गर्ने उसँग कुनै सोच छैन । सहभागितामूलक, समानुपातिक, समावेशी र प्रत्यक्ष लोकतन्त्रबारे कम्युनिष्ट दर्शनले कल्पना पनि गर्दैन ।

आज नेपालमा नेकपाले जेजस्तो विचार अपनाएको छ, विश्व कम्युनिष्ट आन्दोलनमा यस्तो धारलाई ‘युरो कम्युनिज्म’ भनिन्छ । यो सन् १९५० देखि १९७० को दशकमा विश्वका कयौं देशमा पतन भइसकेको विचारधारा हो । यस्तो विचारधाराको पतनको पछिल्लो रुप भारतको पश्चिम बंगालमा देखिन्छ । कुनै समय भारतको सबैभन्दा धनी राज्य रहेको पश्चिम बंगाललाई करिब ३ दशक शासन गर्दा नेकपाजस्तै संसदीय कम्युनिष्टहरुले सबैभन्दा गरिब राज्यमध्ये एक बनाइदिएका छन् ।

सपाको समुन्नत संघीय समाजवादको सिद्धान्त नेपालको परिप्रेक्ष्यमा सामाजिक जनवादको पुनर्नवीकरण हो । यस अर्थमा सपा नै नेपालको वैचारिक तेस्रो ध्रुव हो । तर, राजनीतिमा विचारमात्र सबैथोक हैन । विचारसँगै त्यसलाई शक्तिमा बदल्ने अदम्य अठोट, धैर्यता र रणनीतिक कौशल चाहिन्छ । यस दृष्टिकोणले सपाको प्रभाव अझै पर्याप्त छैन । संघीय समाजवादी फोरम र नयाँ शक्तिको एकतापछि निश्चय नै मनोवैज्ञानिक अयामहरु सिफ्ट भएका छन् । तर, नेपालमा नेका र नेकपाको जुनस्तरको संगठनात्मक शक्ति र सामाजिक प्रभाव छ, त्यसलाई चुनौति दिन सपाको विद्यमान शक्तिले अझै पुग्दैन ।

सामान्यतः २०–३० लाख भोट ल्याउने पार्टीको उदय नहुन्जेल नेपाली राजनीतिमा कांग्रेस-कम्युनिष्टको भूमिका र स्थानमा परिवर्तन आउँदैन । यो यथार्थलाई नेपालमा विकल्प दिन चाहने सबैले गहीरो गरी आत्मसात गर्नुपर्दछ । अहिलेको पार्टी संगठनको आकार र प्रभावमै के-के न भएजस्तो खुशी हुने र त्यही भित्रको पद र प्रतिष्ठमा रमाउने सोच पन्पिएमा त्यो सोच सपाका लागि आत्मरति मात्र हुनेछ । साँच्चै, तेस्रो ध्रुव निर्माणको नेतृत्व गर्ने हो भने सपाले अहिलेदेखि नै गम्भीर राजनीतिक तयारी गर्नुपर्दछ । तयारीका बिषयलाई निम्न ५ वटा बुँदामा व्यक्त गर्न सकिन्छः

१. वैचारिक निष्ठायुक्त पार्टीपंक्ति
दीगो र बलियो पार्टी वैचारिक निष्ठायुक्त अभियन्ता पंक्तिबाट मात्र बन्न सक्दछ । निजी महत्वाकांक्षा वा स्वार्थको गणित अलिकति नमिल्नेबित्तिकै घुर्की लाउने, नेतृत्वलाई गाली गर्न थाल्ने वा पार्टीलाई लात मार्न पछि नपर्ने अधैर्य पंक्तिबाट बलियो पार्टी निर्माण हुँदैन । यस्तो समस्या हल गर्न पार्टी स्कुलिङलाई जीवन्त बनाउन जरुरी छ । पार्टी संस्कार र संस्कृतिबारे एक प्रष्ट आन्तरिक बहस तथा प्रशिक्षण हुन पर्दछ, जसले पार्टी भावनाको विकास र विस्तार गर्न सक्दछ ।

२. एजेण्डाको पुनर्पुष्टि
राजनीति विद्यमान अन्तर्विरोधलाई बुझ्ने र समाधान गर्ने विधि हो । सत्ता राजनीतिमा चुनाव जित्नु केन्द्रीय प्रश्न हुन्छ । निष्ठाको राजनीतिमा एजेण्डा केन्द्रीय प्रश्न बन्छ । विचार र एजेण्डाले नै पार्टीलाई भिन्न बनाउँछ । अन्यथा दलीय अन्तर समाप्त हुँदै जान्छ । दलीय प्रतिस्पर्धा नाटकजस्तो बन्न पुग्दछ ।

जस्तो कि अहिले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच एजेण्डाको अन्तर समाप्त भएको छ । इतिहासमा यी वैचारिक हिसाबले फरक पार्टी थिए । तर आजको विन्दूमा त्यही इतिहास बाहेक एजेण्डा, आर्थिक नीति र संस्कार/संस्कृतिमा यी दुवै दल उस्तै देखिन्छन् । सपाले त्यस्तो गल्ती गर्नु हुँदैन । एजेण्डाप्रतिको विश्वासलाई पुनश्चः जोडदार पैरवीमा ल्याउन जरुरी छ ।

संविधान जारी गर्दाका बखतको असन्तुष्टिको सम्बोधन, त्यसका लागि संविधान संशोधन, शासकीय स्वरुप परिवर्तन, संसदीय प्रणालीको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, पूर्ण समानुपातिक संसद, जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक पहिचान, अधिकार र वित्तीय संघीयतामा आधारित न्यूनतम् १० प्रदेशमा प्रदेशको पुनर्सीमांकन, मधेसी/थारु/जनजाति/दलित/मुस्लिमलगायत सम्पूर्ण राष्ट्रिय तथा सीमान्तकृत समुदायको समावेशिता र आरक्षण, निर्वाचन प्रणालीमा आर्थिक पारदर्शिताको व्यवस्था, निर्वाचन खर्चका लागि दलहरुलाई राजकीय अनुदान, दलीय कोषको महालेखा परीक्षण र पार्टी कोषमा हुने हिनामिना र अनियमितता राज्यकोष सरह भ्रष्टाचारको मुद्दा हुने कानुनी व्यवस्थाजस्ता विषय सपाका एजेण्डा हुन् ।

त्यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको निजीकरण, व्यापारीकरणको अन्त्य, सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधार, राष्ट्रिय बजेटको न्यूनतम् २०% शिक्षामा र १०% स्वास्थ्यमा खर्च गर्ने प्रतिबद्धता, कर्मचारीतन्त्रको पुनर्गठन, परम्परागत ब्यूरोक्रेसी प्रणालीको अन्त्य, त्यसको ठाउँमा कार्यगत इकाई प्रणालीको स्थापना, शिक्षक, कर्मचारी, प्राध्यापक र सार्वजनिक संस्थानमा दलीय ट्रेड युनियनको अन्त्य र एकल ट्रेड युनियनको स्थापना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक पुनर्व्यवस्था, अख्तियारका आयुक्तहरुको राजनीतिक नियुक्ति गर्ने प्रचलनको अन्त्य, भिन्नै अख्तियार सेवाको गठन, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक प्रमुखलाई समेत भ्रष्टाचारको मुद्दा चलाउन सक्ने गरी अख्तियारलाई संसदप्रति उत्तरदायी जनलोकपाल (पब्लिक एम्बुट्सम्यान) मा परिवर्तनजस्ता एजेण्डा सपाले उठाउन जरुरी छ ।

त्यसैगरी नागरिकता ऐनसँग जोडिएका विरोधाभाषको अन्त्य, नागरिकताको सवालमा मधेश असन्तुष्टिको सम्बोधन, अंगिकृत नागरिकतामा भएको महिला पुरुष विभेदको अन्त्य, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार, गैरआवासीय तथा भूपु गोर्खालाई तीनपुस्तासम्म राजनीतिक अधिकारसहितको नागरिकताको व्यवस्था, करछली, कालाबजारी र महंगीको अन्त्य, जथाभावी करबृद्धिको विरोध, प्रभावकारी बजार अनुगमन र उपभोक्ता अधिकारको प्रत्याभूतिजस्ता एजेण्डा सपाले बोक्न जरुरी छ ।

त्यसैगरी निरन्तर दुई दशकसम्म दोहोरो अंकको आर्थिक वृद्धि गर्नेगरी आर्थिक नीति तय गर्ने, अर्थतन्त्रको ढाँचा आयात र उपभोगमुखीबाट उत्पादन, बचत र पुँजी निर्माणमुखी बनाउने, ७ वर्षभित्र नेपाललाई अल्पविकसित देशहरुको समूहबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यमआयस्तर भएको देशभन्दा माथि पुर्‍याउने र २५ वर्षभित्र विश्वका धनी देशहरुको समकक्षमा पुर्‍याउन प्रष्ट योजनासहितको ‘आर्थिक समृद्धिको समाजवादी मार्गचित्र’ प्रस्तुत गर्नसक्नु पर्दछ ।

३. बृहत् राजनीतिक ध्रुवीकरण
आगामी निर्वाचनसम्म निर्णायक शक्ति हासिल गर्न सपाको क्रमिक विकासले पुग्दैन । नेपालको जस्तो तेस्रो विश्वका गरिब देशमा विचार र एजेण्डाले मात्र पार्टी निर्माण हुन लामो समय लाग्दछ । सत्तामा टिकिरहन पुराना दल र सत्ताधारीहरुले अनेक तिकडम, प्रपञ्च, प्रोपागण्डा र राज्यशक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचार र राज्यशक्तिको दोहनमार्फत् ठूलो रकम भित्रभित्रै जम्मा गर्दछन् र चुनावका बेला त्यसको प्रयोग गर्दछन् । मतदातामा पनि जित्ने मध्येकोलाई भोट दिने मनोविज्ञान हुन्छ ।

तसर्थ, सपाले अझ बृहत् राजनीतिक ध्रुवीकरणको पहलकदमी लिन जरुरी छ । मूलतः कांग्रेस–कम्युनिष्ट र राप्रपाको सपासँग पार्टीगत तवरमै एकता हुन सक्दैनन् । किनकी यी विजातीय, पुराना र शासक पार्टीहरु हुन् । यसभित्रका पनि प्रगतिशील तप्कालाई तान्नुपर्दछ तर यी तीन पार्टी बाहेकका देशका सम्पूर्ण पार्टी, समूह र शक्तिलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गर्नुपर्दछ । यस कार्यको अबको चरण भनेको राजपा, जनमुक्ति लगायतका पार्टीहरुसँग एकता गर्नु नै हो । यो कार्य कठीन हुन सक्दछ । तर यो कार्यमा कुनै कसर बाँकी राख्नु हुँदैन ।

४. संगठन विस्तार
सपाको संगठन अहिले सबै प्रदेश र ७४ जिल्लामा पुगेका छ । प्रवास शाखाले राम्रै विकास गर्दै गएको छ । प्रदेश पार्टी कमिटी एक हदसम्म गुणस्तरीय नै लाग्दछन् । तर, सबै जिल्ला पार्टी कमिटीको त्यही स्तरको क्षमता र गुणस्तर देखिँदैन । करिब ३५ जिल्लाका जिल्ला पार्टी संगठन मात्र तुलनात्मक रुपमा प्रभावकारी र हाराहारी शक्तिसहितका हुने देखिन्छन् । ७५३ पालिकामध्ये करिब ६०० मा पार्टीको पालिका कमिटी गठन हुने देखिन्छ । राष्ट्रिय विकल्प दिने महत्वाकांक्षा राख्ने दल करिब १०० गापा/नपामा अनुपस्थित रहनु बाञ्छनीय हुँदैन । आगामी निर्वाचनअघि कम्तीमा वडा तहसम्म पार्टीको कमिटी गठन हुन आवश्यक हुन्छ ।

सपालाई तेस्रो ध्रुवको नेतृत्वदायी शक्ति बनाउन संगठनात्मक क्षेत्रमा ठूलो त्याग, योगदान र समर्पणको खाँचो छ । सामाजिक प्रतिष्ठा र व्यक्तिगत महत्वाकांक्षाका लागि कमिटी र पदमा बस्ने तर त्यही स्तरको समय र खटाई दिन नसक्ने समस्या विरुद्ध निर्मम हुनै पर्दछ । संगठनात्मक क्षेत्रमा मुलाहिजावादलाई कुनै स्थान दिनु हुँदैन । पूर्ववर्ती समूह भावना र गुटबाट पूर्णतः मुक्त भएर तिनै मान्छेलाई स्थान दिन जरुरी छ जसले आगामी तीन वर्ष पूर्ण क्षमतास्तरमा आफूलाई परिचालित गर्न र परिणाम दिन सक्दछन् ।

पार्टी कमिटीहरुले आन्तरिक व्यवस्थापन क्षमता विकास गर्न उत्तिकै जरुरी छ । पार्टीको आन्तरिक व्यवस्थापनका मुख्य ३ वटा पक्ष हुन्छन । टिम तथा द्वन्द्व व्यवस्थापन, कार्यालय तथा सूचना व्यवस्थापन, आर्थिक तथा रणनीतिक योजना व्यवस्थापन । व्यवस्थापनका यी सबै पक्षमा कौशल र क्षमता विकास गर्न जरुरी छ ।

५. आक्रामक जनअभियान
विकल्प विचार मात्र हैन, विकल्प शक्ति पनि हुने हो भने सपाले तुरुन्त एक आक्रमक जनअभियान प्रारम्भ गर्न जरुरी छ । यस्तो अभियानको मुख्य तीनवटा फोकस हुनुपर्दछ । पार्टीको विचार र एजेण्डा जनसमुदायबीच सघन रुपमा पुर्‍याउनु, जनसरोकारका राष्ट्रिय, प्रादेशिक वा स्थानीय सवालमा आन्दोलन निर्माण गर्नु र पार्टीको सक्रियताबारे जनसमुदायमा मनोवैज्ञानिक ढाडस सिर्जना गर्नु वा पार्टी छविको ‘रिब्रान्डिङ’ गर्नु । यस प्रयोजनका लागि संघीय सरकारमा सहभागिताले के कस्तो प्रभाव पार्छ, त्यसबारे समीक्षा हुन र कुनै ठोस निष्कर्षमा पुग्न जरुरी छ ।

मनोदशामाथि खेलवाड
पुराना दलहरु विशेषतः कांग्रेस र कम्युनिष्टले सपाको समर्थक जनमतमा मनोवैज्ञानिक चलखेल प्रारम्भ गर्ने छन् । मधेसमा गएर पहाडेहरुलाई पार्टी बुझाएको र पहाडमा डा. बाबुराम भट्टराई थाकेर उपेन्द्र यादवलाई नेता मान्न बाध्य भएको जस्ता हल्ला चलाइनेछन् । जनताको एउटा पंक्तिलाई यस्तो कुरा हो की जस्तो लाग्न सक्छ ।

ओली र प्रचण्ड चोखा हुन्, जनयुद्धका सबै अपजसका लागि डा. बाबुराम भट्टराई एकल रुपमा दोषी छन् भन्ने प्रकारको प्रचार झनै तीव्र हुनेछ । उपेन्द्र यादव र मधेश आन्दोलनका कतिपय विषयमा यसरी प्रोपागण्डा गरिनेछ मानौं कि यो देशमा संघीयता, आरक्षण र अर्ध–समानुपातिक निर्वाचन मधेश आन्दोलनको उपलब्धि नभएर कांग्रेस–कम्युनिष्ट कै एजेण्डा थिए । हिजो लतारिएर गणतन्त्र, संविधानसभा र संघीयताको पक्षमा आएका ओली–देउवाले आफू नै यी एजेण्डाका जन्मदाताजस्तो स्वाङ गर्नेछन् ।

सपाले यी चुनौति छिचोल्नैपर्छ । मधेशलाई यो बुझाउन जरुरी छ कि संविधान संशोधन गर्न संघीय संसदको गणित बदल्नै पर्छ, त्यसका लागि पहाडको समर्थन चाहिन्छ । पहाडलाई यो बुझाउन जरुरी छ कि यो कुनै पहाड–मधेशको झगडा हैन, राज्यको संरचना र स्वभाव कस्तो बनाउने भन्ने सोच र एजेण्डाको लडाई हो । यस्तो लडाईमा प्रगतीशील मान्छेहरुले सधैं न्यायको पक्ष लिनु पर्दछ ।
सपा आगामी दिनमा यी बिषयमा कसरी अगाडि बढ्छ, तेस्रो ध्रुवको नेतृत्व लिन सक्ने वा नसक्ने कुरा त्यसैमा भर पर्नेछ ।

(खतिवडा समाजवादी पार्टीका उपमहासचिव तथा प्रशिक्षण विभागका उपप्रमुख हुन्)

The post तेस्रो ध्रुव र समाजवादी पार्टीको सम्भावना appeared first on Sajha Post.

‘विपीको समयमा जस्तो कांग्रेस प्रष्ट र धारिलो बन्न सकेन’

$
0
0

नेपाललाई कसरी समृद्ध बनाउने ? यो नेपाली राजनीतिको लागि अहिलेको सबैभन्दा महत्वपूर्ण कार्यभार हो । यही संविधानभित्रका आधारभूत विषयहरुमा टेकेर हामीले नेपालाई समृद्ध बनाउन सक्छौं भन्ने कांग्रेसको विश्वास छ । शासकीय स्वरुपको विषय, राज्य संयन्त्रको विषय, यससँग जोडिएर विकास गरिएको धार्मिक-साँस्कृतिक विषयलाई आत्मसात गरेर देश समृद्ध बनाउन सक्छौं भन्ने कांग्रेसको विश्वास हो ।

यो संविधानले पूर्णतः लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको छ भन्ने हाम्रो विश्वास छ । तर, संविधानको कागजमा राम्रा कुराहरु लेखेर मात्रै नेपाल समृद्ध हुन सक्दैन । हाम्रो समृद्ध नेपाल बनाउने योजना के हो ? विकसित नेपाल बनाउने योजना के हो ? नेपाललाई अल्पविकसित देशहरुको सूचीबाट माथि लैजाने हाम्रो योजना के हो ? तेस्रो विश्वबाट नेपाललाई पहिलो विश्वमा लैजाने हाम्रो योजना के हो ? दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने हाम्रो योजना के हो ?

यति सुन्दर देशलाई संसारका मान्छेहरु ल्याएर नेपाल चिनाउने, घुमाउने र पर्यटनको विकास गराउने हाम्रो योजना के हो ? हामीले अहिले पनि बिजुलीको मूल्य संसारमा सबैभन्दा बढी तिरिरहेका छौं । निःशुल्क बिजुली उपलब्ध गराउने हाम्रो योजना के हो ? इन्धनमा हामीले यतिधेरै पैसा खर्च गरिरहेका छौं । सबै सवारी साधन बिजुलीबाट चल्ने, हामीले लगाउने कपडा बिजुलीबाट धुने, हामीले खाना बिजुलीकै प्रयोग गरेर पकाउने, यी सबै कामहरु गर्न हामीसँग यथेष्ट मात्रामा बिजुली उत्पादन गर्न सक्ने क्षमता छ । त्यसलाई व्यवहारिक कार्यान्वयन गर्ने हाम्रा योजनाहरु के हुन् ?

नेपालमा यति ठूलो बेरोजगारीको समस्या छ । यसलाई कसरी हल गर्ने ? विदेशमा जानु रहर होइन, बाध्यता हो । यस्तो बाध्यताबाट नेपाली युवालाई कसरी मुक्त गराउने ? हाम्रो जनसंख्याको मध्यम उमेर भनेको २३/२४ वर्ष हो । यो कुरा भारतको जनसंख्यामा पनि छैन, चीनको जनसंख्यामा पनि छैन । हाम्रो जनसंख्यामा यतिधेरै युवाहरुको उपस्थिति छ । यो श्रम शक्तिलाई नेपाल निर्माणमा लगाउने हाम्रो योजना के हो ? विश्वभरीमा नेपाली युवा धेरै शोषणमा परेका छन् । त्यो शोषणबाट उनीहरुलाई मुक्त गर्ने हाम्रो योजना के हो ? नेपाली बालबालिकाहरु गरिबीका कारण अस्वस्थ छन् । बालबालिका अस्वस्थ हुँदा नेपालको भविष्य स्वस्थ हुँदैन । यसर्थ, स्वस्थ बालबालिका जन्मने र हुर्कने अवस्थाको निर्माण हामीले कसरी गर्ने ? युवाको क्षमता विकासका निम्ति राज्यले खेलकूदमा लगानी कसरी गर्ने ? साँस्कृतिक फाँटमा लगानी कसरी गर्ने ? व्यक्तिको क्षमता विकासका लागि चलचित्र, साहित्य लगायतका क्षेत्रमा राज्यको लगानी वृद्धि कसरी हुन सक्छ ? राज्य यी सबै क्षेत्रमा लगानी गर्न कसरी स्रोत-साधन सम्पन्न हुनसक्छ ?

यी सबै विषयहरुमा हाम्रो प्रष्ट दृष्टिकोण हुनुपर्छ । एउटा स्पष्ट ‘ब्लु प्रिन्ट’का साथ हामी अगाडि आउन सक्नुपर्छ । एउटा स्पष्ट दृष्टिकोणबिना हामी अगाडि बढ्न सक्दैनौं ।

कांग्रेसः विपीदेखि जिपीसम्म

यसको लागि हामीले विपीदेखि जिपी (गिरिजाप्रसाद) कोइराला हुँदै देउवासम्मको कार्यकाललाई समीक्षा गर्नुपर्छ । मलाई लाग्छ, लोकतन्त्रप्रतिको निष्ठाको दृष्टिले विपी र जिपी उस्तै हुन् । नेपाली समाजमा बहुलवादलाई संस्थागत गर्ने मामलामा उहाँहरु दुवै प्रष्ट हुनुहुन्थ्यो । उहाँहरु दुवैको अतुलनीय योगदान छ । त्यसमा दुईमत छैन । तर, विपीभन्दा जिपी के कुरामा कमजोर हुनुहुन्थ्यो ? मुलुक निर्माणको सैद्धान्तिक पक्षमा यी दुईबीच सैद्धान्तिक दरार देखिन्छ ।

समाजवादको दृष्टिकोणमा विपी जत्तिको जिपी प्रष्ट हुनुहुन्थेन । आर्थिक दृष्टिमा, सामाजिक विभेदलाई अन्त्य गर्ने विषयमा, सबै जाति समुदायलाई राज्यको मूल प्रवाहमा प्रतिनिधित्व गराउँदै नेपाली समाजलाई समावेशीकरण गर्ने सवालमा विपीजस्तो धारिलो पछिल्लो समय काँग्रेस नेतृत्व हुन सकेन । मुलुकलाई समृद्ध बनाउने सवालमा नेपालमा विद्यमान सबै प्रकारका विभेदहरुको अन्त्य गर्नु जरुरी छ । नेपाली समाजमा विद्यमान विभेदलाई अन्त्य गराउने सैद्धान्तिक प्रतिवद्धता मात्र होइन, विपीले त व्यवहारिक कार्ययोजना पनि ल्याउनु भयो । त्यसकारण विपीको समयमा सबै बिषयमा कांग्रेस जति प्रष्ट थियो, त्यति प्रष्ट पछिल्लो समय हुन सकेन ।

समावेशिताको सवालमा, आर्थिक मामिलाहरुमा, समाजवादको विषयमा नेपाली कांग्रेस पछिल्लो समय विपीको समयमा जस्तै प्रष्ट हुन नसकेकै हो । यसर्थ, सैद्धान्तिक सवालमा विपी बाहेक कांग्रेसमा अर्को विकल्प छैन । उहाँले जति पनि विषयहरुलाई व्याख्या गर्नुभयो, त्यही व्याख्या नै कांग्रेसको आधिकारिक दस्तावेज हो । तर, यसलाई आजको सन्दर्भमा अद्यावधिक नगरी, सुधार नगरी हामी अगाडि बढ्न सक्दैनौं । विपी कोइराला भनेको परिवर्तनलाई आत्मसात गर्न सक्ने व्यक्ति हुन् । त्यतिबेला विपी कोइरालाले जे भन्नुभयो, त्यही कुरा लागू गर्दा त विपी विरोधी भइन्छ । त्यसबाट परिवर्तनलाई आत्मसात गरेको मानिँदैन । त्यसैले त्यसलाई अद्यावधिक गर्न जरुरी छ ।

नेपाली समाज विपी कोइरालाको समयजस्तो अहिले छैन । नेपाली समाजको आवश्यकता फेरिएको छ । स्वरुप फेरिएको छ । हाम्रा चाहनाहरु फेरिएका छन् । अन्तर्राष्ट्रिय जगतसँग हाम्रा सम्बन्धहरु हिजोको भन्दा अहिले फरक अवस्थामा छ । भूमण्डलीकरणको जमानामा नेपाली समाज नितान्त फरक बनेको छ । त्यसैले विपी कोइरालाे भन्नुभएको बहुदलीय लोकतान्त्रिक समाजवादको जगमा उभिएर हामीले ‘कन्टेन्ट’लाई बदल्न जरुरी छ ।

सरकारी नियन्त्रणमा रहेका उद्योगहरुलाई निजीकरण गर्ने कुरा शतप्रतिशत गलत थियो म भन्दिनँ । शिक्षाको मामिलामा हिजो कांग्रेस सरकारमा रहँदा जे गर्‍यो, त्यो विपीको आदर्शअनुरुप थिएन । स्वास्थ्यको सवालमा जेजस्ता निर्णयहरु गरियो, त्यो विपीको समाजवादमा आधारित होइन । यी सवालहरुमा नेपाली कांग्रेसले गल्ती गरेको हो । यो कुरालाई सच्याउन आवश्यक छ । सच्याएर के गर्नुपर्थ्यो भन्ने कुरा प्रष्ट्याउन आवश्यक छ ।

शिक्षा र स्वास्थ्यमा यो ढंगको निजीकरणले हामीले समाजवादको लक्ष्य प्राप्त गर्न सक्दैनौं । लोकतान्त्रिक समाजवाद हासिल गर्न सक्दैनौं । १६ वर्षको एउटा किशोर वा किशोरीको मुटुमा प्वाल पर्‍यो । उपचार गर्न अस्पताल गयो । अनि बाबुआमा गरीब भएको कारण उसले उपचार गर्न नसक्ने अवस्था आयो भने राज्यले उसलाई नागरिकता दिएर मात्रै आफ्नो दायित्व पूरा गरेको हो भनेर मान्न मिल्छ ? अनि त्यो राज्यलाई लोककल्याणकारी, समाजवादी भन्न मिल्छ ?

नेपालमा दुई खाले शिक्षा छ । यस्तो शिक्षा प्रणाली काँग्रेसले मात्रै विकास गर्‍यो म भन्दिनँ । अरु दलसँग पनि यो भन्दा फरक शिक्षा नीति छ भन्ने लाग्दैन । यस्तो खालको शिक्षा नीति विकास गर्ने कुरामा तुलनात्मक हिसाबले कांग्रेसको योगदान बढी रह्यो भन्ने कुरा मान्न म तयार छु । नेपालमा शिक्षा त निःशुल्क छ तर यो निःशुल्क शिक्षा गुणस्तरहीन छ । गुणस्तरीय शिक्षा निःशुल्क छैन । मैले यहाँ समस्याहरुको चिरफार गरिरहँदा समस्याको पहिचान (डाइग्नोसिस) सँगै समाधानका उपाय (प्रेस्क्रिप्सन) को पनि सम्बोधन भइरहेको छ ।

निजी क्षेत्रको सहभागिता शिक्षामा हुनुहुँदैन भन्ने होइन । सरकारले आवश्यक विद्यालय खोल्न सक्दैन भने निजी क्षेत्रले विद्यालय खोल्ने भयो । तर, निजी विद्यालयमा पढ्ने विद्यार्थीको शुल्क सरकारले तिरिदिनुपर्छ । त्यो पूर्णरुपमा निःशुल्क हुनुपर्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सरकारले निःशुल्करुपमा उपलब्ध गराउनुपर्छ । निजी क्षेत्रको उपस्थिति पनि त्यहाँ हुन्छ । हो, सरकारले एक्लै देशमा चाहिने अस्पताल खोल्न नसक्ने हुनसक्छ । निजी क्षेत्रले अस्पताल खोल्यो । त्यहाँ नागरिकको उपचार हुन्छ । तर नागरिकले उपचार गरेबापतको खर्च राज्यले तिर्नुपर्छ ।

कोखदेखि शोकसम्म राज्यको दायित्त्व

राज्यले सबै क्षेत्रमा नियन्त्रण गर्नुपर्छ भन्ने होइन, नियमन गर्नुपर्छ तर, सबै क्षेत्र राज्यले चलाउनुपर्छ भन्ने होइन । तर, शिक्षा र स्वास्थ्य क्षेत्र सरकाले सञ्चालन गर्नुपर्छ । हाम्रो जस्तो देशमा यातायात क्षेत्रको पनि नेतृत्व सरकारले गर्नुपर्छ । यी आधारभूत विषयहरुमा राज्यले आफ्नो उपस्थिति जनाउन सकेन र निजी क्षेत्रको स्वामित्व र नियन्त्रणमा गयो भने राज्य समाजवादी हुन सक्दैन । जनताले साँच्चै लोकतन्त्रको अनुभूति गर्न सक्दैनन् ।

लोकतन्त्र शब्द मात्रै हो भने त त्यो अर्कै विषय भयो । त्यसलाई जतिचोटि उच्चारण गरे पनि भयो । तर, लोकतन्त्र साँच्चै जनताले अनुभूति गर्ने विषय हो भने शिक्षा, स्वास्थ्य र यातायात जस्ता विषयहरुमा राज्यले नेतृत्व गर्नुपर्छ । ती क्षेत्रमा सबै जनताको पहुँच हुनुपर्छ । यी क्षेत्रको गुणस्तीय सेवा निःशुल्क हुनुपर्छ । यी आधारभूत आवश्यकता हुन् । त्यसपछि सामाजिक दायित्त्व राज्यले बहन गरेको हुनुपर्छ । नेपाली कांग्रेसले घोषणापत्र लेख्दा कोखदेखि शोकसम्म भन्यो । मान्छे जन्मिनुभन्दा अगाडि आमाको कोखमा हुँदा पनि राज्यले दायित्त्व लिनुपर्छ । मरिसकेर अन्त्येष्टि गर्दासम्म पनि राज्यले दायित्त्व महसुस गर्नुपर्छ । त्यो बीचमा बाँचिरहँदा त राज्यले नागरिकका लागि थुप्रै कामहरु गर्नुपर्छ । सामाजिक सुरक्षा प्रदान नगरिएको स्थिति पुँजीवादी धारणाभन्दा फरक होइन । सामाजिक दायित्त्व निर्वाह गरेको अवस्था मात्रै समाजवादी बाटो हो जस्तो मलाई लाग्छ ।

प्राथमिकता स्पष्ट गरौं

त्यस्तै, राज्यले उत्पादन कसरी गर्ने ? उत्पादनको क्षेत्र के हो ? उत्पादनलाई कसरी विस्तार गर्ने ? भन्ने सन्दर्भमा मुलुकमा सुशासन आवश्यक हुन्छ । सुशासन नहुँदा नागरिकले न्याय प्राप्त गर्न सक्दैन । असत्यमाथि सत्यको विजय हुन सक्दैन । भ्रष्टाचारको अन्त्य हुन सक्दैन । विभेदको अन्त्य हुन सक्दैन । नेपालमा उद्योगधन्दा फस्टाएर नेपाल औद्योगीकरणको बाटोमा जान सक्छ । नेपालमा आत्मनिर्भरता विकास हुन सक्छ । त्यसैले राज्यले सुशासन कायम गर्न सक्नुपर्छ । पूर्वाधारको विकास गर्न सक्नुपर्छ । प्राथमिक आवश्यकताहरु के हुन् ? यसको निर्धारण गर्न सक्नुपर्छ । लामा लामा सैद्धान्तिक कुराहरु गरेर हामी गन्तव्यसम्म पुग्ने बाटोहरु खुल्दैनन् ।

त्यसैले, ठोस ढंगले नेपालमा हामीले के गर्ने ? पहिलो प्राथमिकता के हो, दोस्रो र तेस्रो प्राथमिकता के हो ? हामी एकदमै धेरै अनावश्यक कुराहरुमा अल्झिरहेका छौं । निजगढ विमानस्थल बनाउनु हाम्रो प्राथमिकता हो भने राज्यले प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहेको छ त ? छैन । सरकारले सांसदलाई ६ करोड पैसा दियो । त्यो रकम सही ठाउँमा खर्च हुन्छ त ? सबै सांसदको ६ करोड एकमुष्टरुपमा निजगढको विमानस्थल बनाउन खर्च गरेको भए के हुन्थ्यो ? यसको अर्थ सरकार प्राथमिकतासहित आउनुपर्‍यो । प्राथमिकतासहित आउँदा मात्र हामी एउटा लक्ष्यमा पुग्न सक्छौं । अहिलेको आवश्यकता यही हो ।

(नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको रुपान्तरणको बहस स्तम्भ हरेक बिहीबार प्रकाशित हुनेछ )

रुपान्तरणको बहस स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरु-

१. कांग्रेसमा पुनर्जागरणको बहसः के गर्दैछ नयाँ पुस्ता ?

The post ‘विपीको समयमा जस्तो कांग्रेस प्रष्ट र धारिलो बन्न सकेन’ appeared first on Sajha Post.

जनजाति आन्दोलन जारी छ

$
0
0

केही देखिजान्ने र केही सुनिजान्ने कुराबाट शुरु गरौं । ०४७/४८ सालतिर हो, जनजाति महासंघको संघीय परिषद बैठकमा अहिले पनि एकथरीलाई उग्र लाग्ने विषयहरु छलफल हुन्थ्यो । जस्तै- भाषिक स्वतन्त्रताको कुरा, जातीय स्वायतत्ताका कुरा, आत्मनिर्णयका अधिकारका कुरा, प्रत्येक जाति एउटा राष्ट्र हो भन्ने कुरा, हिन्दू कुलीनताले नेपाललाई विकास गर्नबाट रोकेको कुरा । र अन्त्यमा काँग्रेस र कम्युनिष्ट बाहेक छुट्टै पहिचानवादी वैकल्पिक राजनीतिक धारको आवश्यकताको कुरा । बहस गर्ने पैरोकारहरु हुन्थे– पद्मरत्न तुलाधर, रामानन्दप्रसाद सिंह र सुरेश आले मगरहरु । यसो फर्केर हेर्छु, बहस त अहिले पनि त्यही छ । तर पैरोकारहरु बदलिएका छन् । अहिलेका पैरोकारहरु हुन्– डा. बाबुराम भट्टराई, अशोक राई र उपेन्द्र यादव ।

माओवादी जनयुद्ध शुरु भयो । बहसको केन्द्रमा फेरी पनि जनजाति आन्दोलनकै एजेण्डाहरु रहे । उडान लिन नसकिरहेको जनयुद्धले जनजातिका एजेण्डाहरु समातेपछि र डा. बाबुराम भट्टराईले जनपरिषदको नेतृत्व लिएपछि बेपत्ता गति लियो । र, अन्ततः समानान्तर राज्यको निर्माण भयो । ०६२/६३ को जनआन्दोलनले हल्का धक्का दिएपछि २४० वर्षदेखि मक्किएको राज्यव्यवस्था धर्मराएर ढल्यो । तर एकल जातीय प्रेतात्मा रहिरह्यो । चाल, चेहरा, चरित्र बदलिएन ।

उपेन्द्र यादवले ०६३ सालमा मधेशी जनाधिकार फोरमलाई राजनीतिक दलको रुपमा दर्ता गराउनुभन्दा अघि जनजाति महासंघसँग पनि परामर्श गरेका थिए र वैकल्पिक राजनीतिक दलको स्थापनामा सहकार्य गर्न अनुरोध गरेका थिए । यो मैले सुनेको कुरा भयो । ठीक बेठिक के थियो, भन्नेहरुले जानून् । त्यसयता बागमतिमा धेरै पानी बगिसक्यो । तर त्यो बेलामा जनजातिहरु कम मैमत्त थिएनन् । १० वर्षे जनयुद्धमा उत्कृष्टताको दम्भ त थियो नै । संगै ०६२/६३ को जनआन्दोलनमा अखिल नेपालभरी जनजातिलाई सडकमा पोखाएको घमण्ड पनि थियो । र, प्रचण्डमाथि आशा भरोसा थियो । फलतः फेरी माओवादीका लागि बलिदान हुने निर्णय गरे जनजातिहरुले । उपेन्द्र यादव आफ्नो बाटो लागे ।
प्रथम संविधानसभामा जनजातिहरुले ककस गठन गरे । धेरै हैन, पाण्डवले जस्तै पाँच ग्रामको माग गरे । तर दुर्योधनहरुले एक वित्ता जमीन पनि दिन मानेनन् । एक्लो बाबुरामलाई चक्रव्यूहमा फसाईयो, अभिमन्यू बनाईयो । रुपान्तरण हुन नचाहने राज्य, अदालत र शकुनी दलहरु मिलेर, घेरा हालेर प्रथम संविधानसभालाई हत्तोहतः पारियो । त्यस यता महाभारत कथा नेपालमा जारी छ ।

वैकल्पिक राजनीतिकै खातिर अशोक राईले एमाले छोडे । चैतन्य सुब्बा र कुमार राईहरुले काँग्रेस छाडे । तर यहाँ पनि छुवाछुत गएन । दुवै आ–आफ्नो बाटो लागे । एउटाले खिलराज रेग्मीको चुनाव सकार गरे, अर्कोले बहिष्कार । तर जनजातिका मुद्दामा आधारित दुवै पार्टीको वैकल्पिक राजनीतिको लालसा मरेन । यही लालसाको उपज एउटाले उपेन्द्र यादवसँग सहकार्य गर्न पुगे भने अर्को डा. बाबुरामसँग ।


नयाँ शक्ति र संघीय समाजवादीको मिलनपछि वैकल्पिक राजनीतिले एउटा कोर्स समात्यो । यता जनजातिहरु, जसले पहिचानको कुरा गरे, स्वायत्तता, राज्य रुपान्तरणका कुरा गरे, वैकल्पिक राजनीतिका कुरा गरे, उनीहरु अलमलिएर, हतासिएर बेपत्ता हैरान छ । तर नेपालको ईतिहासमा अहिलेसम्म एउटा स्वयंसिद्ध तथ्य छ । त्यो के भने, जसले जनजातिका प्रगतिशील एजेण्डाहरु बोके, उसले नेपाल खायो । जसले जनजातिलाई रुवायो, उसको पतन भएर गयो । केही उदाहरणहरु हेरौं ।

पृथ्वी शाहले मगर गुरुङलाई साथमा लिए, नेपाल फतह गरे । नेवारको संस्कृतिसंग को–अप्ट गरे, २४० वर्षे शासनको आधारशीला कायम गरे । राणाहरुले थारु र जनजातिलाई स्थानीय स्वायतत्ता र जमिन्दारी दिए, १०४ वर्ष खाए । काँग्रेसले नारदमुनी थुलुङ र रामप्रसाद राईहरु जन्माए, २००७ सालदेखि २०७४ सालसम्म सुदब्याजसहित असुले । एमालेले पुष्पलाललाई निचोरेर सिठ्ठी बनाईहाले, अब अन्तिम भोज खाँदैछन् ।

प्रचण्डको बारेमा त सिङ्गो प्याराग्राफ लेख्नुपर्ला । जनजातिलाई भरपुर खेलाउने खेलाडी यिनी जो परे । यिनले पहिलो खेल त जनजातिका एजेण्डाहरुलाई विषयान्तर गरेर खेले । महाभुकम्पपछि १६ बुँदे सम्झौतामा एकात्मक राज्यका हिमायतीहरुसंग सम्झौता गर्न पुगे भने असोज ३ मा जनजातिका आकाङ्क्षाहरुको दाहसंस्कार । दोस्रो खेल यिनले शान्ति प्रक्रियाका जिम्मेवारी पुरा नगरेर खेलेका छन् । हजारौं जनजाति लडाकाहरुलाई बिचल्लीमा पारिदिएका छन् । हजारौंको जीवन बर्बाद पारेका छन् । उता आफ्ना नातागोता र जीवनलाई स्वर्गतुल्य हुनेगरी सपारेका छन् ।

यसरी हेर्दा ईतिहासदेखि वर्तमानसम्म सबै शासकले शुरुमा जनजातिलाई सत्ता उक्लिने भर्‍याङ बनाए । र, अन्त्यमा जनजातिलाई धुरुधुरु रुवाएका छन् ।

पृथ्वी शाहले बोराका बोरा जनजातिलाई अरुणमा फाले । राणाले लखन थापाको हत्या गरे । काँग्रेसले बलबहादुर राई र भीमबहादुर तामाङलाई मर्ने बेलामा धुरुधुरु रुवाए । गणेशमानलाई जातिवादी भने र अपमानपूर्वक किनाराकृत गरिदिए । एमालेले डिकेन राजवंशीलाई पार्टी कार्यालयमा झुण्डिन बाध्य पारिदिए । र, प्रचण्डले हजारौं राजवंशीहरुलाई जिन्दा मुर्दा शहीद बनाईदिए ।

तर पनि जनजातिहरुको जिजिविषा मरेको देखिएन । एजेण्डा ज्युँकात्युँ छन् । डा. हर्क गुरुङले नेसन बिल्डिङ्गको सपना देखे । जनजातिले पनि डा. हर्कसँगै त्यो सपना देखे र त्यो सपना जीउने प्रयास गरिरहे । त्यो सपना पृथ्वी शाहले भौगोलिक एकीकरण गरेजस्तै नेपालको भावनात्मक एकीकरणसँग सम्बन्धित छ ।

तराईका थारु, राजवंशीहरुलाई पनि आदिवासी जनजाति भूमिपुत्र हुनुको बोध त्यै जनजाति आन्दोलनकै देन हो । जनजाति आन्दोलनले ‘अन्यकरण’लाई खुला चुनौती दिए । र, समावेशीकरण मुलप्रवाहीकरणको अवधारणालाई सैद्धान्तिक आवरण दिए । सबभन्दा महत्वपूर्ण कुरा, यो आन्दोलनले निरन्तर प्रगति र परिवर्तनको लागि जमिन दिए । आज नेपालमा जेजस्तो परिवर्तन छ, त्यसमा जनजातीय भावनाको हस्तक्षेपले निर्णायक भूमिका खेलेको छ । तर सपना अधुरो छ ।

जनजाति आन्दोलनलाई बदनाम (स्टिग्मेटाईज) नगरिएको भने होईन । जातीय कुरा गर्ने भनेर छिःछिः दुरदुर गरियो । विखण्डनकारी भनियो । क्रिश्चियनहरुको डिजाईन भनियो । भारतको डिजाईन पनि भनियो । साम्प्रदायिक भनियो । युगाण्डा र ईथियोपियाको कुरा गरियो । र, तथानाम गरियो ।

तर ती सबै आरोपहरु निदानको उद्देश्यले लगाईएको होईन । आन्दोलनलाई निस्तेज गर्न गरियो । र, आन्दोलन निस्तेज भयो पनि । तर प्रश्न फेरी पनि बाँकी रहिरह्यो । एजेण्डाहरु मर्‍यो त ?

सबैको मुख थुनियो । तर डा. बाबुरामको मुख थुन्न सकिएन । त्यो किनभने उनी वैज्ञानिक हुन् । उनी तथ्य र सत्य बोल्छन् । उनी विज्ञान बोल्छन् । आज उनले थारु र जनजातिसंग ज्यादत्ती भएका छन् भनेर भन्दा जातीय शासकहरुको मुटु थरर्र काम्छ । तर, आम जनसमुदायमा उनको बोली वचनले सकारात्मकता भर्छ । न्याय र समानता हुनुपर्छ भन्ने पक्षमा आम मनोविज्ञान एकाकार हुन्छ । वास्तवमा जनजातिका मुद्दाहरुसँग त्रसित हुनुपर्ने कुरा केही पनि छैन । डम्बर खतिवडाको शब्द सापटी लिने हो भने ‘प्रेमपूर्ण स्पर्श’ को आवश्यकता छ । अर्को शब्दमा ‘हिलिङ्ग टच’ गरे हुन्छ । तर, चोर फटाहाहरु त्यति पनि गर्न चाहँदैनन् । त्यो किनभने उनीहरु त्यसपछि नाङ्गिन्छन् ।

त्यसैले भन्नैपर्ने हुन्छ, जनजाति आन्दोलन जारी छ । बुलेटले हुन नसकेको फतह अब ब्यालेटले हुन्छ । शालीन, शान्त, सभ्य र भव्य जनजाति आन्दोलन जारी छ ।

The post जनजाति आन्दोलन जारी छ appeared first on Sajha Post.

सरकारले प्रदेश प्रमुख हटाएपछि उब्जिएका पाँच प्रश्न

$
0
0

काठमाडौं, १८ कात्तिक । सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखहरु हटाएको छ । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखहरु पदमुक्त गरेको विज्ञप्तिमार्फत् जानकारी गराएको हो । सरकारको पछिल्लो कदमसँगै सामाजिक सञ्जालमा विभिन्न क्रियाप्रतिक्रिया समेत व्यक्त हुन थालेका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरु पदमुक्त भएको जनाइएको छ । उक्त धाराको उपधारा (१) खण्ड (ख) मा प्रदेश प्रमुखको ‘पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा’ उक्त पद रिक्त हुने व्यवस्था छ । संविधानतः सोही उपधारामा टेकेर बिहीबार प्रदेश प्रमुखलाई पदमुक्त गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति विवाद गर्नुपर्ने कुनै कारण छैन ।

तर सरकारको कदमले नेपाली राजनीतिमा केही प्रश्नहरु भने उब्जाएको छ ।

१. प्रतिपक्षलाई चिढाउने कदम त होइन ?

शेर बहादुर देउवाले नेतृत्व गरेको तत्कालीन सरकारले निवर्तमान प्रदेश प्रमुखलाई २०७४ साल माघ ३ गते नियुक्त गरेको थियो ।
सत्तारुढ कांग्रेस, राजपा र समाजवादी फोरमले भागबन्डा गरेर प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा , कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरेक थिए ।

प्रदेश प्रमुख नियुक्त भएदेखिनै नेकपाले असहमित जनाउँदै आएको थियो । नियुक्त भएका सबै प्रदेश प्रमुखहरु सत्तारुढ दलनिकट भएको भन्दै आम नागरिकले समेत विरोध गरेका थिए । प्रदेश प्रमुख गरिमामय र आलंकारिक पद भएकाले स्वच्छ र स्वतन्त्र व्यक्तिलाई उक्त पदमा नियुक्त गर्नुपर्ने धेरैको मत थियो ।

ओली प्रधानमन्त्री बनेपछि कांग्रेस सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउने प्रयास नभएको भने होइन । कांग्रेसले विरोध जनाएपछि सरकार पछि हटेको थियो । तर बिहीबार एकाएक प्रदेश प्रमुख हटाएपछि कांग्रेसी वृत्तबाट सरकारी कदमको व्यापक विरोध भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसका प्रवक्ता समेत रहेका युवा नेता विश्वप्रकाश शर्माले सरकारी कदमको आलोचना गरेका छन् । ‘सरकारले गर्नुपर्ने काम नगर्ने, पूर्वाग्रही रुपमा अनावश्यक काममा हात हालेर द्वन्द्व बढाउन खोजेको’ शर्माको आरोप छ ।

२. सरकारी कदमका कारण राजनीतिक अस्थिरताको बीउ रोपिने त होइन् ?

लामो समयदेखि राजनीतिक खिचातानी र अस्थिरताको चक्रब्यूहका कारण नेपालमा अपेक्षित विकास र समृद्धि हासिल हुन सकेको छैन । सत्तारुढ नेकपाले झण्डै २/३ बहुमत ल्याउनमा राजनीतिक स्थिरता नै विकासको पहिलो शर्त हो भन्ने आम बुझाइले काम गरेको थियो । फलस्वरुप, जनताले नेकपालाई सरकारको नेतृत्व गर्ने गरी संघीय, प्रादेशिक र स्थानीय चुनावमा विजयी समेत गराए । निर्वाचनपछि कांग्रेस कमजोर प्रतिपक्षमा खुम्चिन पुग्यो ।

राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि प्रतिपक्षको कुरा समेत सुन्नुपर्ने हुन्छ । प्रतिपक्षको रचनात्मक सहयोगबिना स्थायित्व, शान्ति र समृद्धि हासिल गर्न सकिँदैन । तर प्रदेश प्रमुख हटाउने सरकारको कदमले सत्तापक्ष र प्रतिपक्षबीचको दूरी बढ्ने देखिन्छ । यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने ओली सरकारको सपना समेत प्रभावित बन्न सक्छ ।

कांग्रेस सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई नेकपा सरकारले हटाएपछि प्रमुख प्रतिपक्ष आक्रामक बन्ने र सरकारलाई असहयोग गर्ने दिशातर्फ जाने कुरा प्रवक्ता शर्माको भनाइबाट समेत प्रस्ट हुन्छ ।

३. कतै स्वार्थ समूहको प्रभावमा परेर प्रदेश प्रमुख पदमुक्त भएका त होइनन् ?

आम नागरिकले ठूलो सपना र अपेक्षा गरेर नेकपालाई सत्ताको साँचो सुम्पिएका थिए । तर पछिल्लो समय नागरिकका समस्या समाधान गर्ने कार्य सरकारको प्राथमिकतामा परेको देखिँदैन । यसले कतै इतिहासकै शक्तिशाली सरकार स्वार्थ समूहको प्रभाव र छाँयामा परेको त होइन भन्ने शंका समेत प्रकट हुन थालेको छ ।

नेकपाको सरकार गठन भएदेखि नै एउटा स्वार्थ समूहले सरकारलाई प्रभावित पार्न खोजिरहेको देखिन्छ । यही समूहको दबाबका कारण कतिपय जनमुखी निर्णयबाट समेत सरकार पछि हटेको छ । यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई सबैले स्वागत गरेका थिए । तर यो निर्णय समेत स्वार्थ समूहको प्रभावमा परी हालसम्म पूर्णरुपमा कार्यान्वयन हुन नसकेको एक खाले बुझाइ छ । यस्तो बुझाइ एकहदसम्म तथ्यमा आधारित पनि छ ।

त्यस्तै नेपालमा पछिल्लो समय महत्वपूर्ण पदमा नियुक्त हुँदा, सरुवा बढुवा हुँदादेखि ठेक्कापट्टा गर्दासम्म पैसाको खेल हुने कुरा कसैबाट लुकेको छैन । यसखाले आर्थिक चलखेलमा समेत दलाल मानसिकता (ब्रोकरिङ मेन्टालिटी) बोकेका स्वार्थ समूहका व्यक्ति हावी हुने गरेको अवस्था छ । त्यसैले बिहीबार सरकारले प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि मानिसले प्रश्न गर्न थालेका छन्- ‘ कतै स्वार्थ समूहको प्रभावमा परेर प्रदेश प्रमुख पदमुक्त भएका त होइनन् ?’

४. उपनिर्वाचनलाई प्रभावित पार्ने दाउ त होइन ?

चुनाव नजिकिँदै गर्दा सत्तारुढ दलले सिडियो, एसपी/डिएसपीको सरुवा, नयाँ नियुक्ति गर्ने परिपाटी नेपाली राजनीतिज्ञको आम चरित्र र विशेषता बन्दै गएको छ । अहिले मंसिर १४ गते हुने उपनिर्वाचनले नेपाली राजनीति तातेको छ । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा एकाएक प्रदेश प्रमुख पदमुक्त हुने कुरा संयोग मात्रै पनि नहुन सक्छ । किनभने नेपाली राजनीतिज्ञको दिमागमा सन्निकट चुनावबाहेक अरु कुरा हुँदैन भन्ने विगतले प्रस्ट पार्छ ।

पछिल्लो समय सत्तारुढ नेकपाको लोकप्रियता ह्वात्तै घटेको छ । अन्य कारणले भन्दा पनि सरकारका अदूरदर्शी, अपरिपक्क र विवादित निर्णय र कामकारबाहीले लोकप्रियताको ग्राफ घटेको हो । यस्तो अवस्थामा सत्तारुढ नेकपाले उपनिर्वाचनमा आफ्नो जनमत यथावत रहेको भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई देखाउन चाहन्छ ।

उपनिर्वाचनकै मुखमा प्रदेश प्रमुख हटाउने सरकारी कदमले नेकपाका नेता तथा कार्यकर्ता हौसिएका छन् । नेकपाका नेता तथा कार्यकर्ताले कांग्रेसलाई आफ्नो प्रमुख प्रतिस्पर्धी ठान्छन् । बिहीबारको सरकारी कदमसँगै सिर्जित हौसला र उत्साहले उनीहरुलाई चुनावमा सक्रिय भएर जुट्ने ऊर्जा दिने नै छ । त्यसैले नेकपाले आफ्ना नेता, कार्यकर्ता र मतदातालाई अन्य दलविरुद्ध एकजुट बनाउने उद्देश्यले उपनिर्वाचनको मुखमै आएर प्रदेश प्रमुख हटाएको विश्लेषण समेत हुन थालेको छ ।

५. अधिनायकवादी सोचको उपज त होइन ?

सुरुदेखि नै ओली सरकारमाथि ‘अधिनायकवाद लाद्न खोजेको’ आरोप लाग्दै आएको छ । वर्तमान सरकारले अघि सारेका कतिपय विधेयकहरु अधिनायकवादी सोचबाट समेत प्रभावित छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ‘सरकार निरंकुश बन्दै गएको’ भनेर पटक-पटक दोहोर्‍याइसकेका छन् । देउवाले लगाएको यो आरोपमा वास्तविकता समेत लुकेको छ ।

हाल सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश मन्त्रीहरु लामो समय कम्युनिष्ट आन्दोलनमा लागेका र साम्यवादी विचारधाराबाट दीक्षित व्यक्तित्व हुन् । साम्यवादी आन्दोलनमा लागेका र यो धारबाट ग्रसित व्यक्तिहरु स्वभावैले निषेधवादी हुने गर्छन् । विश्वका कम्युनिष्ट सत्तालाई हेर्ने हो भने पनि लोकतान्त्रिक मूल्यमान्यता, अभिव्यक्ति स्वतन्त्रता र बहुलताप्रति साम्यवादी धार अनुदार बनेको पाइन्छ ।

साम्यवादी धारबाट ग्रसित मानसिकताले केबल सत्ता कब्जाको सपना मात्रै देख्छ । यो धारबाट दीक्षित मानिस अनुदार र तानाशाही प्रवृत्तिका हुन्छन् । साम्यवादी धार र पुँजीवादी दुबै धारबाट आफूलाई अलग राखेर तेस्रो धार निर्माण गर्न सक्रिय बनेका सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत सरकार निरंकुश बन्दै गएको अभिव्यक्ति दिँदै आएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रदेश प्रमुख हटाउने सरकारी कदममा समेत यही प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।

‘प्रदेशका गभर्नरको नियुक्ति /बर्ख़ास्तगी दुवै वास्तविक संघीयताका मर्म विपरित र दलीय रबरस्टाम्पका प्रतीक छन्! वर्तमान सरकारको एकमनावादी,एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टी भएको छ!सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भीर बनौं!जनयुद्ध,मधेस/जनजाति/थारू/दलित आन्दोलनकारी एक होऊँ’, भट्टराईले ट्विट गरेका छन् ।

पछिल्लो समय सरकारले २/३ तिहाईको धाक र दम्भ देखाएर मनपरी गर्न थालेपछि आम नागरिक समेत सशंकित बनेका छन् । राज्यका सबै क्षेत्रमाथि नियन्त्रण गर्ने क्रममा प्रदेश प्रमुखलाई पदमुक्त गरेको त होइन् भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

तर घरेलु तथा बाह्य शक्ति सन्तुलन र नेकपाभित्रै कै शक्तिसन्तुलनले गर्दा चाहेर पनि नेपालमा ‘अधिनायकवादी शासन लाद्न सकिँदैन’ भन्ने कुरा नेकपाका अनुदार नेता/कार्यकर्ताले पक्कै पनि बुझेका होलान !

कस्ता व्यक्तिलाई प्रदेश प्रमुख बनाउनु पर्छ ?

प्रदेश प्रमुख हटाउने/वा कायम गर्ने संवैधानिक अधिकार सरकारसँग छ । यसबारे त्यति विवाद गर्नुपर्ने देखिँदैन । तर प्रदेश प्रमुख हटाएपछि उब्जिएका प्रश्नको जवाफ पनि सरकारले नै दिनुपर्छ । लोकतान्त्रिक पद्धति र व्यवस्थालाई चुनौती दिएर नेपाली समाजमा शासन गर्न सकिँदैन भनेर वर्तमान सत्ताधारीले बेलैमा बुझ्न जरुरी छ ।

हाल सत्तारुढ नेकपाले सातवटै प्रदेशका प्रमुख हटाएलगत्तै रिक्त पदमा नयाँ व्यक्ति छान्ने आन्तरिक कसरत गरिरहेको छ । सरकारले रिक्त पदमा कस्ता मानिसलाई नियुक्त गर्छ भन्ने कुराले समेत माथिका कतिपय प्रश्न हल हुनेछन् । प्रदेश प्रमुख आफैमा एउटा गरिमामय र आलंकारिक पद हो । यो पदमा नियुक्त हुने व्यक्ति स्वतन्त्र र कुनै पक्षधरता नराख्ने हुनुपर्छ । यदि नयाँ प्रदेश प्रमुख समेत विवादमा तानिएमा सरकार नै अप्ठ्यारोमा पर्न सक्छ । त्यसैले व्यक्ति छनौट गर्दा दलीय निकटता र सम्बद्धतालाई आधार बनाइनु हुँदैन । आलंकारिक पदमा समेत दलीय भागबण्डा गर्ने हो भने नेपालको राजनीति भविष्यमा थप जटिल बन्दै जानेछ । यसबारे सत्तारुढ दल नै बढी सचेत हुन आवश्यक देखिन्छ ।

The post सरकारले प्रदेश प्रमुख हटाएपछि उब्जिएका पाँच प्रश्न appeared first on Sajha Post.

यहाँ विचार र एजेण्डाले मात्र भोट आउँदैन

$
0
0

इतिहास बदल्न सकिन्नँ । तर, इतिहासको व्याख्या सधै एउटै हुँदैन । नेपाल बन्यो, यो इतिहास भयो । तर कसरी बन्यो ? त्यसको व्याख्या चाहियो होला । गोर्खालीले सबैलाई जिते, शाह राजाको दरबार गोर्खाबाट काठमाडौं सारियो, सुगौली सन्धि भयो, मेचीकाली सिमाना लाग्यो । यस्तै व्याख्या गरियो । तर, लिम्बुवानले यस्तो व्याख्या कहिल्यै पत्याएन । किनकी लिम्बुवानी जनताले आफ्ना पितापुर्खाबाट यस्तो कैरन कहिल्यै सुनेका थिएनन् । लिम्बुहरुको रगतमै यस्तो सोच थिएन । अहिले पनि छैन ।
लिम्बुवानलाई गोर्खालीले जितेका हैनन्, जित्न सकेका हैनन् । गोर्खाली र लिम्बुवानका बीचमा धेरै घमासान युद्धहरु भए । हारजित भएन । कसैले कसैलाई जितेन । अन्ततः सम्झौता भयो । लिम्बुवानले नेपालको केन्द्रीय सम्प्रभुता स्वीकार गर्ने । शाह राजाहरुले लिम्बुवानको स्वायत्तता स्वीकार गर्ने । यो कस्तो सम्झौता हो त ? यो सम्झौताको अन्तर्य नै अहिलेको संघीयता हो । त्यतिखेर हाम्रा पुर्खाले संघीयता भन्न जानेनन् होला । तर केन्द्रीय सम्प्रभुता र स्थानीय स्वायत्तता वा स्वशासन बीचको सन्तुलन नै संघीयता हो । तसर्थ, जबसम्म लिम्बुवान प्रदेश हुँदैन, नेपालको संघीयता पूर्ण हुनै सक्दैन ।

यो व्याख्याको जगमा लिम्बुवानी आन्दोलन बनेको छ । यो इतिहाससिद्ध तथ्य हो । अहिले एकखाले मानिस भन्छन्– अहिलेको प्रदेश–१ को नाम किराँत राखिदिऊँ । किराँत र लिम्बुवान दुवै आन्दोलनको औचित्य समाप्त हुन्छ । यो सोचसँग सहमत हुन सकिन्नँ । किराँत महासभ्यता हो, संस्कृति हो । तर राज्यको रुपमा किराँत शासन त काठमाडौंमा थियो, त्यो लिच्छविकालभन्दा अगाडि ।

त्यो धेरै पुरानो कुरा भयो, तर लिम्बुवान राज्य त अस्ति भर्खरको कुरा हो । २०० वर्ष अगाडिको कुरा हो । हाम्रा पुर्खा र शाह राजाहरुबीच भएको सम्झौताका लिखत अझै छन् । लिम्बुवान हामीले कुनै नयाँ आन्दोलन उठाएको हैन । लिम्बुवान आन्दोलनको लामो इतिहास छ । लामो मनोविज्ञान छ । त्यो चलिरहेको आन्दोलनलाई गणतन्त्र, संविधानसभा र संघीयताको युगमा, नयाँ सन्दर्भमा पुनर्जाग्रित गरेका मात्र हौं । संविधानमा लिम्बुवान लेखिनुपर्छ, एउटा प्रदेश लिम्बुवान हुनुपर्दछ, त्यो इतिहास, पुर्खा-पुर्खाहरुको सम्झौताको पनि सम्मान हुनु पनि हो ।

लिम्बुवान आन्दोलन सकियो वा सुषुप्त भयो भन्ने कतिपयलाई लागेको होला । तर त्यस्तो हुनेवाला छैन । लिम्बुवान आन्दोलन एउटा नयाँ अवस्था, एउटा नयाँ आँधीको पखाईमा छ । त्यहाँ मान्छेले कांग्रेसलाई भोट दिएका होलान्, कम्युनिष्टलाई भोट दिएका होलान् । पार्टी प्रणाली र त्यसको प्रभावले जनतालाई बाँधेको छ । तर उनीहरुको हृदय अहिले पनि लिम्बुवान, लिम्बुवानी संस्कृति र लिम्बुवानबासी हुनुको आत्मगौरवले भरिएको छ । त्यो भावना कुनै दिन जाग्छ ।

नेपालको संघीयताको आन्दोलनमा थुप्रै भ्रमपूर्ण र मनोगत बहस भए । कयौं भ्रमपूर्ण कुरा गरिए । त्यसले मान्छेको मनोविज्ञान गन्जागोल बनायो । भन्न खोजिएको कुरा एउटा थियो, अर्कै कुरा बुझियो र अर्कै अर्थ लगाईयो । पहिचान भन्नाले जे बुझ्नु पर्ने हो त्यो बुझिएन । आफैले नबुझी पहिचान बुझाउँदा गोलमटोल बन्न पुग्यो । कसैले कांग्रेसको चश्माले हेरे । कसले कम्युनिष्टको चश्माले हेरे ।


पहिचान भनेको जातीयता हो भन्ने हल्ला भयो । जबकी पहिचान विश्वव्यापी मानक शब्द हो । पहिचान त्यतिकै बन्दैनन् । पहिचान र राज्य निर्माणबीच नजिकको सम्बन्ध हुन्छ । राज्यहरु किन बन्छन त ? जस्तो कि युरोपमा किन बेलायत, फ्रान्स, इटली, जर्मनी आदि किन भएको ? युरोप किन एउटै देश वा राज्य नभएको ? त्यसको कारण त पहिचान नै हो । युरोपमा मुख्यतः जातीय र भाषिक पहिचान थियो । यसको अर्थ हरेक पहिचानको एक राज्य वा एक भिन्नै देश हुनैपर्छ भन्ने हैन । तर तिनीहरुको स्वायत्तता, स्वशासन र भाषिक सांस्कृतिक अधिकार प्रत्याभूत हुनुपर्‍यो । हो यसैका लागि संघीयता चाहिने होला ।

नेपालमा पहिचान शब्दको अर्थ फरकफरक लाग्यो । यो स्वभाविक थियो । एउटा उदाहरणमा हेरौं– जस्तो कि सुँगुर । सुँगुर शब्दको अर्थ नेपाली भाषाको शब्दकोषमा जसरी गरिएको हुन्छ, लिम्बु भाषाको शब्दकोषमा त्यही हुँदैन । नेपालीमा सुँगुर भन्दा ‘फोहोरी हिलोमा बस्ने जनावर’ बुझिन्छ । लिम्बुमा सुँगुर भन्दा ‘एक पवित्र प्राणी जसलाई चाडपर्व वा विशेष अवसरमा मान्यजन कहाँ कोसेली लान प्रयोग गरिन्छ’ हुन्छ । त्यही एउटा सुँगुरलाई एउटा भाषाले ‘फोहोरी’ भन्छ अर्कोले ‘पवित्र’ भन्छ । ‘पहिचान’ शब्द नेपालमा ठीक यस्तै अवस्थामा पर्‍यो ।

जसको भाषा, संस्कृति पहिलेदेखि नै सुनिश्चित भयो, उनीहरुले त्यसको महत्व बुझ्नेनन् । उनीहरुलाई प्रचलनको अप्ठ्यारो थिएन । अभाव भएको भए न महत्व गहिरो अनुभूति हुन्छ । जसलाई अभाव थियो उनीहरुले पहिचानको अर्थ अधिकारका रुपमा गरे । जसले यो बुझेनन् उनीहरुले जातीयता भनेर उल्टो अर्थ लगाए । यो त कुनै व्यक्तिको दोष थिएन । यो त समझ र डिक्स्नेरी नै भिन्नता थियो । तर, लिम्बुवान आन्दोलन कुनै जातीय आन्दोलन थिएन । भाषिक, सांस्कृतिक, ऐतिहासिक र मनोवैज्ञानिक सबै हिसाबले एउटा मौलिक क्षेत्रलाई प्रदेशको रुपमा राजनीतिक मान्यता दिने कुरा थियो ।

माओवादी आन्दोलनले पहिचान र संघीयताको मुद्दा उठाएकै हो । शान्ति प्रक्रियामा आउने हतारोमा छोड्यो । मधेश आन्दोलन भयो, संघीयता स्थापित भयो । तर संघीयताको मान्यता अनुरुप प्रदेश रचना गर्न कांग्रेस–एमाले तयार भएनन् । प्रचण्डले ३० दलीय मोर्चा बनाए । अन्ततः ओलीसंगै मिले । प्रचण्डपथ ओलिज्ममा गएर विलिन भयो ।

त्यति धेरै उठाएको मुद्दा प्रचण्डले किन छोडे त ? किनकी उनी संघीयता र पहिचानको मुद्दामा दृढ थिएनन् । उनले यो मुद्दालाई सत्ता र शक्तिमा पुग्ने भर्‍याङ बनाएका थिए । अब यो मुद्दा विना पनि सत्ता र शक्तिमा टिक्छु भन्ने परे तब छोडे । अहिले पहिचानको शब्द उच्चारण गर्न समेत लाज मान्दछन् । यसले के देखाउँछ भने कुनै मुद्दा साँच्चै ‘बोक्नु’ र ‘बोकी हेर्नु’ फरक कुरा रहेछ । प्रचण्डले कहिल्यै संघीयता र पहिचानको मुद्दा बोकेका थिएनन्, बोकी हेरेका मात्र थिए । मुद्दा बोक्दा आत्मसात गर्नुपर्छ । बोकी हेर्दा आत्मसात नगर्दा हुन्छ, देखाउँदा मात्र हुँदोरहेछ ।

कांग्रेस–कम्युनिष्ट जबसम्म शत्तिशाली रहन्छन्, नेपालमा वास्तविक संघीयता कार्यान्वयन हुने देखिन्न । तर संविधान संशोधन गर्न त लिम्बुवानको भोटले मात्र पुग्दैन । मानौं कि लिम्बुवानको सबै भोट र सीट हामीले ल्यायौं, तर पनि केन्द्रीय संसदको दुईतिहाई त हुँदैन । तसर्थ, नेपालमा कांग्रेस–कम्युनिष्टलाई हाराहारीको चुनौति दिने र देशभरि नै पछार्न सक्ने राजनीतिक शक्ति चाहियो । त्यो कसरी निर्माण गर्ने त ? यो विन्दूमा आएर नेपालका सबै राष्ट्रियताहरु एउटा राष्ट्रिय शक्तिमा आबद्ध हुन आवश्यक छ । त्यसको संकेत समाजवादी पार्टीले दिएको छ ।

समाजवादी पार्टीले यो मुद्दालाई धोका दिनु हुँदैन । अन्यथा यो पनि हिजाको माओवादी जस्तो सकिन्छ । माओवादी भन्ने कति ठूलो पार्टी थियो । खै कहाँ पुग्यो आज ? प्रचण्ड आज एमाले नीति र सिद्धान्तको गीत गाउँदै हिडेका छन् । नेकपा भनेर के गर्नु ? त्यहाँ प्रचण्ड हिजोको जस्तो पहिचानको कुरा उठाउँन सक्दछन ? शासकीय स्वरुप फेर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउन सक्दछन् ? बिल्कुल सक्दैनन् । तसर्थ, प्रचण्ड भन्ने व्यक्ति त जीवितै होला तर उनको विचारको मौलिकता वा प्रचण्ड भन्ने व्यक्तित्व त मरिसक्यो । डा. बाबुराम, उपेन्द्र वा अशोक राईले त्यसो गर्न सक्नुहुन्न । गर्नु हुँदैन ।

कुनै चिज लुगाफाटामा टाँसियो लुगा फ्याँक्न सकिन्छ । तर हातमा टाँसियो, हात फ्याक्न सकिन्न । पहिचान र संघीयताको मुद्दा प्रचण्डको लुगामा टाँसिएको दियो, उनले लुगा खोलेर फ्याँकी दिए । मैले सामाजवादी पार्टीभित्र बारम्बार भन्ने गरेको छु, तपाईहरुले त्यसो नगर्नु होला ।
कम्युनिष्टहरु वैचारिक हिसाबले नै ‘वर्ग’ वादी हुन । उनीहरुको वर्ग छुट्याउँन आधार ‘धन’ हो । जाति, भाषा, धर्म, संस्कृति, मनोविज्ञानका आधारमा पनि मानव समुदाय शोषित हुन सक्दछन् भन्ने ज्ञान र चेतना नै उनीहरुको सिद्धान्तमा हुँदैन ।

तसर्थ आदिवासी/जनजाति, मधेसी/मुस्लिम दलितलगायत सीमान्तकृत समुदायले कम्युनिष्ट पार्टीबाट आशा गर्नु नै बेकार हो । उनीहरुको सिद्धान्तमा भएको मौलिक तत्व वर्ग र वर्गीय प्रश्न त उनीहरुले छोडिसके, उनीहरुको सिद्धान्तमा नै नभएको सवाललाई उनीहरुले के न्याय गर्लान् ?

नेपालमा अझै एजेण्डा आधारित मतदान गर्ने चेतना नागरिक तहमा विकास भइसकेको छैन । लोकतन्त्रमा भोटको बहुमत मान्नै परो । तर यहाँ भोट विचार र एजेण्डाले मात्र आउँदैन । यो अप्ठ्यारो छ । तर हरेक चिजको एउटा समय आउँछ । मलाई लाग्छ– मतदाताले नयाँ ढंगले सोच्ने दिन आउँछ । त्यतिखेर संघीयता पुनर्सीमाङ्कन हुनेछ । नयाँ आधारमा प्रदेश बन्ने छन । त्यतिखेर लिम्बुवान प्रदेश हुनेमा शतप्रतिशत आशावादी हुन सकिन्छ ।

The post यहाँ विचार र एजेण्डाले मात्र भोट आउँदैन appeared first on Sajha Post.

Viewing all 942 articles
Browse latest View live