नेपालमा आगामी सालको बैशाख ३० गते स्थानीय चुनाव हुने ठेगानभएको छ । हाम्रो पार्टीले त्यसमा भाग लिने निर्णय गरेको छ र त्यसका लागि व्यापक रूपले तयारी गरिरहेको छ । त्यो चुनावका बेलामा राजावादी र एमालेसित चुनावी तालमेल नगर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । एमसीसी सम्बन्धी सरकारको निर्णयको कारणले हाम्रो पार्टीले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको छ ।
चुनावका बेलामा राजावादी र एमालेसित चुनावी तालमेल नगर्ने हाम्रो पार्टीले निर्णय गरेको छ ।हाम्रो यो मत छ कि अहिले सरकारले दिएको समर्थनलाई फिर्ता लिँदा वा गठबन्धन पक्षधर शक्तिहरूसित चुनावी तालमेलको नीतिलाई अस्वीकार गर्दा ओलीको प्रतिगमनलाई पनि मदत पुग्नेछ ।
तैपनि अहिले देशमा ओलीको नेतृत्वको प्रतिगमनको खतरा गम्भीर भएको महशुस गर्दै त्यसका विरुद्ध प्रतिगमनका विरुद्ध उभिएका शक्तिहरूको बीचको एकता अहिले पनि आवश्यक छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । त्यसैले हाम्रो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने तथा गठबन्धन पक्षधर शक्तिहरूसित चुनावी तालमेल गर्ने नीति कायम राखेको छ ।
गठबन्धन पक्षधर विभिन्न राजनीतिक शक्तिहरूले आज देशमा देखा परेको प्रतिगमनको खतराप्रति दूरदर्शितापूर्वक विचार गर्न सकिरहेका छैनन । त्यसैले उनीहरूमा प्रतिगमनको विरुद्धको सङ्घर्षमा तालमेल गरेर जाने सोचाइबारे कतिपय कमीहरू देखा पर्ने गरेका छन् ।
हाम्रो यो मत छ कि अहिले सरकारले दिएको समर्थनलाई फिर्ता लिँदा वा गठबन्धन पक्षधर शक्तिहरूसित चुनावी तालमेलको नीतिलाई अस्वीकार गर्दा ओलीको प्रतिगमनलाई पनि मदत पुग्नेछ । त्यस्तो हुन नदिन हाम्रो पार्टीले एमसीसी र सरकारका अन्य गलत नीति र क्रियाकलापहरूका विरुद्ध सङ्घर्ष कायम राख्दै वर्तमान सरकारलाई समर्थन गरिरहने र सम्भव भएसम्म उनीहरूसित चुनावी तालमेल पनि गर्ने निर्णय गरेको छ । तर गठबन्धन पक्षधर विभिन्न राजनीतिक शक्तिहरूले आज देशमा देखा परेको प्रतिगमनको खतराप्रति दूरदर्शितापूर्वक विचार गर्न सकिरहेका छैनन । त्यसैले उनीहरूमा प्रतिगमनको विरुद्धको सङ्घर्षमा तालमेल गरेर जाने सोचाइबारे कतिपय कमीहरू देखा पर्ने गरेका छन् । त्यसले गर्दा हाम्रो पार्टीले गठबन्धन पक्षधर शक्तिहरूसित सम्भव भएसम्म चुनावी तालमेलको नीति कायम राख्दै त्यो सम्भव नभएमा एक्लै पनि चुनावमा जाने नीति अपनाउने छ र त्यसका लागि तयारी समेत गरिरहेको छ ।
हामीले संसदीय वा त्यस अन्तर्गत हुने कुनै पनि चुनावमाथि सैद्धान्तिक र रणनीतिक रुपले विश्वास गर्दैनौँ । त्यसैले हाम्रो जोड वर्तमान व्यवस्थाको भण्डाफोरमा नै बढी हुन्छ । तैपनि अहिले देशको राजनीतिक स्थितिमा जनसङ्घर्षको एउटा माध्यमको रूपमा तात्कालिक रूपमा हामीले चुनावको उपयोग गर्ने नीति अपनाएका छौँ । हामीलाई विश्वास छ चुनावको उपयोगको नीतिद्वारा हामीले कतिपय पालिका वा वडाहरूमा विजय प्राप्त गर्न वा कडा प्रतिपर्धा गर्न सफल हुनुका साथै जनतामा व्यापक चेतना उठाउन र जनआधार तयार पार्न पनि मदत पुग्नेछ भन्ने हामीलाई विश्वास छ ।
-नेकपा मसालका महामन्त्री सिंहले जारी गरेको प्रेस वक्तव्यको सम्पादित अंश