Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

अर्थतन्त्रको संरचनात्मक समस्या र समृद्ध तथा समावेशी अर्थतन्त्रको ढाँचा

$
0
0

नेपाल अझै संसारकै गरीब, पिछडिएको र अल्पविकसित अर्थतन्त्र भएको देश मानिन्छ । अर्थतन्त्रको कुल आकार करिब
रु. ४० खर्बको मात्र छ । करिब ३ करोड जनसंख्या भएको देशको राष्ट्रिय अर्थतन्त्रको यो आकार बिल्कुलै सानो र
कमजोर हो ।
आर्थिक सर्वेक्षण–२०७६-२०७७ अनुसार कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८.२ प्रतिशत, उद्योग क्षेत्रको
योगदान १३.७ प्रतिशत र सेवा क्षेत्रको योगदान ५८.१ प्रतिशत छ । अर्कोतिर कृषिलाई मुख्य पेशा मान्ने जनसंख्या
अनुपात भने करिब ६२ प्रतिशत छ । ६२ प्रतिशत भन्दा बढी जनसंख्या अनुपात आश्रित कृषि क्षेत्रले करिब २८ प्रतिशतको
योगदान गर्नुबाट कृषि क्षेत्र असाध्यै कमजोर, कम उत्पादन र उत्पादकत्व भएको छ भन्ने प्रष्ट हुन्छ ।
विकसित अर्थतन्त्र निर्माण गर्न कृषि (प्राथमिक क्षेत्र) आश्रित जनसंख्या कम र उद्योग (द्वितीय क्षेत्र) तथा सेवा (तृतीय
क्षेत्र) मा वढी हुनु पर्दछ । विकसित अर्थतन्त्र भएका मुलुकमा कृषि क्षेत्रमा संलग्न जनसंख्या अनुपात ५ प्रतिशत भन्दा
बढी हुँदैन । नेपालको कृषि अझै निर्वाहमुखी रहनुर पर्याप्त आधुनिकीकरण, यन्त्रिकीकरण र उच्च उत्पादकत्व भएको
बन्न नसक्नु बिडम्बनापूर्ण हो । देशको अन्न–भण्डार रहेको तराई÷मधेसमा अझै कृषि क्षेत्रको व्यवसायीकरण र
आधुनिकीकरण हुन नसक्नुठूलो चिन्ताको विषय हो । उद्योगले १३.७ प्रतिशत मात्र योगदान गरेबाट यो क्षेत्र पनि
सन्तोषजनक नभएको प्रष्टै छ ।
देशको बार्षिक बजेट निर्माण संरचनाको अनुपात करिब ६५ प्रतिशत चालु, २३ प्रतिशत पुँजीगत र १२ प्रतिशत वित्तिय
खर्च हुने गरेको छ । आर्थिक सर्वेक्षण २०७७–२०७८ अनुसार ५६ प्रतिशत चालु, ३४.१ प्रतिशत पुँजीगत र ९.९ प्रतिशत
वित्तिय खर्च भएको थियो । कुल बजेट घाटा कुल ग्राहस्थ उत्पादनको ८.१ प्रतिशत थियो । यसले के देखाउँछ भने हामी
न्यून वित्त र न्युन लगानीको समस्याबाट गुज्रिरहेका छौं ।
नेपालको अधिकतम्आन्तरिक राजस्व परिचालन क्षमता मुश्किलले रु.९ खर्ब हो, जो चालु खर्च बराबर मात्रै हो अर्थात्
बचे पनि अत्यन्त थोरै बचत हुने हो । देशको द्रुतत्तर आर्थिक विकास गर्न कुल ग्राहस्थ उत्पादनको करिब ४० प्रतिशत
बार्षिक लगानी आवश्यक हुन्छ । यस दृष्टिकोणले नेपाललाई प्रतिबर्ष करिब रु. १६ खर्बको कुल लगानी चाहिन्छ, त्यसको
आधा पनि लगानी जुटाउँन र खर्च गर्न हामीले सकिरहेका छैनौं । आर्थिक सर्वेक्षण २०७७–२०७८ अनुसार आर्थिक बर्षको
पुँजीगत लगानी १ खर्बभन्दा पनि कम करिब रु ९६ अर्ब ४८ करोड मात्रै थियो । आर्थिक बृद्धिदरले विगत ३ दशकभित्र
कहिल्यै दुई अंक छोएको छैन । जवकि हाम्रो जस्तो अल्पविकसित र कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा
रुपान्तरण गर्न दुइ दशकसम्म निरन्तर दुइ अंकको वृद्धिदर आवश्यक हुन्छ ।
करिब २० प्रतिशत मानिस निरपेक्ष गरिबीको रेखामुनी छन । यसको सिधा अर्थ कम्तीमा ६० लाख मानिस निरेपक्ष
गरिबीको रेखामुनी जिन्दगी बाँचिरहेका छन । बहुआयामिक गरिबीको मानकमा यस्तो जनसंख्या अनुपात अझै धेरै हुन्छ
। उत्पीडित क्षेत्र, सीमान्तकृत जाति, दलित÷शिल्पी समुदाय, मुस्लिम आदिमा वहुआयामिक गरीबी बढी छ ।
बेरोजगारी, अर्ध–वेरोजगारी, अल्प–रोजगारीको मापन गर्ने हो भने नेपालमा कुल श्रमशक्तिको साठी प्रतिशत भन्दा माथि
रहेको अनुमान गरिन्छ । वर्षेनी करिब पाँच लाख श्रमशत्ति श्रमवजारमा प्रवेश गर्ने र एक लाख भन्दा कमले मात्र देशमा
उत्पादनशील रोजगारी प्राप्त गर्नसक्ने कारणले साठी लाख भन्दा बढी श्रमशक्ति वैदेशिक रोजगारीमा जान वाध्य हुनु
अर्थतन्त्रको संरचनात्मक समस्याको भयावह चित्र हो ।
पछिल्लो चरणमा शिक्षा र स्वास्थ्य क्षेत्रको निर्वाध व्यापारिकरण, राज्यका सवै अंगहरुको व्यापक भ्रष्टीकरण, राजनीतिक
नेतृत्व र कर्मचारीतन्त्रको मिलेमतोमा राज्यका श्रोतहरुको वेरोकटोक दोहन र आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म)
को विस्तार, गाउँघरमा भ्यूटावरेविकास र शहरवजारमा आयातित वस्तु वेच्ने र रेमिटान्सको पैसाले किन्ने अनगिन्ती
व्यापारिक मलहरुको विस्तार, गाउँ तथा शहर वीच र हिमाल, पहाड, तराईका विभिन्न भौगोलिक क्षेत्रहरु वीच वढ्दो
असन्तुलन, प्राकृतिक श्रोतहरुको वेथितिपूर्ण दोहनबाट व्यापक पर्यावरणीय विनास नेपाली अर्थतन्त्रको संरचनात्मक
समस्याका विद्रूप उदाहरण वनेका छन्।
अर्कोतिर, दशकौं देखि अर्थतन्त्र निरन्तर आयातमुखी र परर्भिर हुँदै गएको छ । निर्यात आयातको अनुपात वढ्दै गएर
अहिले १ः१७ छ । व्यापार घाटा निरन्तर बढ्दो छ । कुल उपभोगमा वैदेशिक वस्तु तथा सेवाको उपभोग ८६ प्रतिशत
बढी भइसकेको अनुमान छ । कृषिजन्य वस्तुको आयात मात्र वार्षिक रु. दुइ खर्व भन्दा वढी छ ।
सन्१९७० यता निरन्तर कुल ग्राहस्थ उत्पादनको ६ देखि १३ प्रतिशतसम्म वैदेशिक सहायताको योगदान रहने गरेको
छ । पछिल्लो आर्थिक बर्षमा यस्तो अनुपात राष्ट्रिय बजेटको २६.८७% थियो । वैदेशिक सहायतामध्ये ७०% ऋण र ३०%
मात्र अनुदान हुने गरेको छ । अल्पविकसित राष्ट्रहरुले वैदेशिक सहायता परिचालन गर्दा ऋणभन्दा प्राप्त भएसम्म अनुदान
लिनु राम्रो हो । तर, प्रष्ट अनुदान नीति र राष्ट्रिय सहमति नहुँदा अनुदान परिचालन गर्न समेत गाह्रो हुँदै गएको र
अर्कोतिर ऋण भने निरन्तर बढ्दै रु. १७ खर्बभन्दा बढी भइसकेको छ।
समकालिन विश्वको आर्थिक असमानताको चित्रमा नेपालको स्थान कहाहीलाग्दो देखिन्छ । विश्वमा करिब १ लाख ८०
हजार डलरसम्म वार्षिक प्रतिव्यक्ति आय भएका देश भइसकेका छन भने आर्थिक सर्वेक्षण २०७७–७८ का अनुसार
नेपालको वार्षिक प्रतिव्यक्ति आय ११९३ डलर मात्रै पुगेको छ । यो सुचीमा नेपाल १८५ औं स्थानमा छ । अर्थात्नेपाल
संसारका सबैभन्दा धनी देशभन्दा आर्थिक विकासमा १५० गुणा पछाडि छ । विश्वको औसत प्रतिव्यक्ति आय करिब १३
हज्जार ५ सय डलर पुगेको देखिन्छ । अर्थात्हामी विश्व औसतभन्दा पनि ११ गुणा पछाडि छौं । नेपाल सन्१९७१ यता
५० बर्षदेखि अल्पविकसित देशको समूहमा रहँदै आएको छ ।
फेरि पनि नेपालमा आर्थिक संमृद्धिको नारा कुनै नौलो कुरा हैन । राजा महेन्द्रले २०२० को दशकमै ‘विकासको मूल
फुटाउने’ नारा दिएका थिए । २०४० को दशकमा राजा बीरेन्द्रले ‘एशियाली मापदंड’ भेट्ने लक्ष्य राखे । २०४६ पछि
नेपाली कांग्रेसले ‘राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति शुरु हुन्छ’ भन्यो । पछिल्लो समय नेकपा ( नेकपा
) को झण्डै दुईतिहाई बहुमतको सरकारले ‘संमृद्ध नेपाल–सुखी नेपाली’ को नारा दियो । तर, स्थिति विगतको भन्दा
भिन्न रहेन । वरु हाम्रो अवस्था ‘कंगाल नेपाल, दुःखी नेपाली’ पो रहन गएको छ ।
यी अर्थतन्त्रका गम्भीर संरचनात्मक समस्या हल गर्ने, तीव्र गतिमा समाजवाद–उन्मुख राष्ट्रिय औद्योगिक अर्थतन्त्रको
निर्माण गर्न आर्थिक नीति तर्जुमा र कार्यान्वयन गर्ने, समावेशी अर्थतन्त्रको ढाँचा निर्माण गर्ने काममा कुनै ठोस प्रगति
हुन सकेको छैन । केही दशकदेखि सत्ताको नेतृत्व गरिरहेका पुँजीवाद पक्षधर नेपाली कांग्रेस र साम्यवाद पक्षधर कम्युनिष्ट
पार्टीहरुको आर्थिक सोच र राजनीतिक व्यवहार अर्थतन्त्रको सर्वाङ्गिण विकासकालागि उल्टै बाधक सिद्ध हुने गरेका
छन्। देशको अर्थतन्त्र कछुवाको गतिमा घिस्रिरहेको छ, जवकि ऐतिहासिक आवश्यकता ठूलो छलांग (ग्रेट लिप) र उडान
(टेक अफ) को छ ।
यस सन्दर्भमा उदीयमान वैकल्पिक शक्ति जनता समाजवादी पार्टीले देशको अर्थतन्त्रका संरचनात्नक समस्या हल गर्दै
देशलाई केही दशकभित्र अहिलेको अल्पविकसित अवस्थाबाट उच्च समृद्धि र समावेसी विकासको स्तरमा पुर्याउन संक्षिप्त
मार्गचित्र प्रस्तुत गर्दछ :
१. समुन्नत संघीय समाजवादको वैचारिक आलोकमा देशमा तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, प्राकृतिक श्रोतको
दिगोपन तथा पर्यावरणीय सन्तुलन र मानवीय खुशीको चार–आयामिक विकास नीति अनुसरण गरिनेछ । शुरुको चरणमा
वृद्धिमा जोड र अरु पक्षमा उचित ध्यान दिने र क्रमशः पछिल्ला चरणहरुमा अरु पक्षमा जोड दिने र वृद्धिमा ध्यान दिने
नीति लिइनेछ ।
२. अर्थतन्त्रको संचालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील
सन्तुलन कायम गरिनेछ । राज्यको सामाजिक दायित्व र नियमनकारी भूमिका सहितको सामाजिक वजार अर्थतन्त्रको
अभ्यास गरिनेछ ।
३. वर्तमान भूमण्डलीकृत अर्थव्यवस्था र भारत तथा चीन जस्ता ठूला अर्थतन्त्रको वीचमा रहेको विशिष्ठ भू–राजनीतिक
स्थितिलाई मध्यनजर गर्दै सवै देशका अर्थतन्त्रसंग सम्भव र आपसी हितको सम्वन्ध राख्ने र मुख्यतः दुइ ठूला छिमेकीका
अर्थतन्त्रको मूल्य श्रृंखलासंग जोडिएर अधिकतम लाभ लिने नीति अनुशरण गरिनेछ ।
४. वर्तमान त्रुटीपूर्ण संघीय संरचनालाई वैज्ञानिक ढंगले पुनर्संरचना गरी वित्तीय संघीयताको सही कार्यान्वयन गर्ने र
संघले वृहद्तर नीति निर्देशन तथा ठूला अन्तर–प्रादेशिक पूर्वाधारहरुको मात्र जिम्मा लिने र अन्य सवै नीति योजना
निर्माण, कार्यान्वयन र श्रोत परिचालनको जिम्मा प्रदेश र प्रदेश मार्फत्स्थानीय तहलाई दिने नीति लिइनेछ । श्रोतको
वाँडफाँडमा संघलाई भन्दा प्रदेश र स्थानीय तहलाई वढी हिस्सा प्रदान गर्ने नीति लागू गरिनेछ ।
५. आर्थिक क्षेत्रगत हिसावले शुरुको चरणमा कृषि (प्राथमिक क्षेत्र) को तीव्र रुपान्तरण र आन्तरिक तथा वाह्य वजारसंग
जोड्ने ठूला भौतिक पूर्वाधार, उर्जा, प्राविधिक शिक्षा आदिमा वशेष जोड र उद्योग÷पर्यटन (द्वितीय क्षेत्र) तथा सेवा (
तृतीय क्षेत्र)मा ध्यान दिने नीति लिइनेछ । अर्थतन्त्रको विकाससंगसंगै द्वितीय र तृतीय क्षेत्रमा जोड र प्राथमिक क्षेत्रमा
ध्यान दिने नीति हुनेछ । भौगोलिक क्षेत्रगत हिसावले स्वभावतः वढी खेतीयोग्य जमीन र आर्थिक सम्भावना भएको
तराई÷मधेसमा वढी प्राथमिकता र अरुमा उचित ध्यान दिनुपर्नेछ ।
६. मानवीय श्रोत नै देशको सवभन्दा ठूलो सम्पदा र तुलनात्मक लाभको क्षेत्र हुनाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी
दक्ष र उद्यमशील जनशक्ति निर्माण गर्ने, देशभित्रै ठूलो मात्रामा रोजगारी सिर्जना गर्न स्वदेशी तथा विदेशी पुँजी÷प्रविधि
लगानीमैत्री वातावरण वनाउने, अहिलेकोश्रम निर्यात र वस्तु आयातको नीति उल्टाएर पुँजी÷प्रविधि आयात र वस्तु÷सेवा
निर्यातको नीति लिने कार्यलाई उच्च प्राथमिकता दिइनेछ । यसले एकै साथ अल्पविकास, वेरोजगारी र परनिर्भरताको
अन्त्य गरी पूर्ण रोजगारी सहितको अन्तरनिर्भर र समृद्ध अर्थतन्त्रको निर्माण हुनेछ ।
७. अर्थतन्त्रको महान्फड्को हान्नको निम्ति अति आवश्यक संस्थागत र संरचनात्मक परिवर्तन गरिनेछ । त्यसनिम्ति
राजनीतिक रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक व्यवस्थापिकाका लागि संविधान
संशोधन, सोपानक्रममा आधारित प्रक्रियामुखी कर्मचारीतन्त्रलाई कार्यगत इकाइ प्रणालीमा रुपान्तरण, वलियो भ्रष्टाचार
निरोधक संयन्त्रको रुपमा जनलोकपालको व्यवस्था, सवभन्दा ठूलो प्राकृतिक सम्पदा जमीनको सही उपयोगनिम्ति प्रदेश
मार्फत्वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, सरकारी फजुल खर्चको अन्त्य गर्न सार्वजनिक खर्च पुनरावलोकन आयोगको
प्रतिवेदनको कार्यान्वयन, सार्वजनिक खरिद ऐन लगायतका विकास विरोधी ऐन नियमहरुको परिवर्तन, वैंकिग प्रणालीमा
आमूल सुधार आदि कार्य तदारुकताका साथ गरिनेछ ।
८. समाजका अति विपन्न, अशक्त, अपांग, असहाय, वृद्ध, आवासविहीन नागरिकहरुको सामाजिक सुरक्षाको जिम्मेवारी
आधुनिक राज्यले लिनै पर्दछ । साथै शिक्षा र स्वास्थ्य सवै नागरिकको मौलिक अधिकार भएको र शिक्षित तथा स्वस्थ
नागरिक देशको विकास तथा समृद्धिको प्रमुख खम्वा पनि भएको हुँदा गुणस्तरीय शिक्षा र स्वास्थ्यको दायित्व राज्यले
लिनैपर्छ । तसर्थ अहिले छरपष्ट र अपर्याप्त सामाजिक सुरक्षा भत्ताको सट्टा सवै विपन्न÷अशक्त÷अपांग÷असहाय÷वृद्ध
नागरिकलाई न्यूनतम पारिश्रमिक वरावरको एकीकृत सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनेछ । वालवालिकाहरुलाई
विशेष भत्ताको व्यवस्था गरिनेछ । श्रमयोग्यहरुलाई उचित रोजगारीको व्यवस्था गरिनेछ । आवासविहीनहरुलाई आवासको
व्यवस्था गरिनेछ । किसान, मजदूर लगायत सवैलाई सम्मानजनक पेन्सनको व्यवस्था गरिनेछ । सवैलाई शिक्षा र
स्वास्थ्यको पूर्ण दायित्व राज्यले लिनेछ ।
९. आर्थिक विकास र समृद्धिको खोजको क्रममा निजी लोभ, मुनाफा र स्वार्थकालागि प्राकृतिक श्रोतको मनपरी दोहन
र पर्यावरणीय विनास नेपाल लगायत विश्वभरकै साझा समस्या भएको छ । यसकोनिम्ति संयुक्त राष्ट्र संघ लगायत
अन्तर्राष्ट्रिय संस्थाहरुसंग सहकार्य गरेर पर्यावरणीय संरक्षण र दिगो विकासको नीति अनुसरण गरिनेछ । साथै नेपालमा
चुरे लगायतका पर्वत र नदीजन्य, वनजन्य पदार्थहरुको दोहनलाई कडाइपूर्वक नियन्त्रण गरिनेछ ।
१०. भौतिक समृद्धिसंगै मानसिक र आत्मिक सुख र शान्तिकानिम्ति निजी, पारिवारिक र सामाजिक जीवनमा सुखको
अनुभूति गराउने सवैवैज्ञानिक विधिहरुको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

-जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद बैठकबाट पारित प्रतिवेदनको अंश


Viewing all articles
Browse latest Browse all 942

Trending Articles