Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

डा. केसीहरू बौलाउने दिन आउन के बेर !

$
0
0

‘असल मान्छेहरूको मौनता, दुष्ट मान्छेहरूको निर्दयता भन्दा खतरनाक हुन्छ ।’मार्टिन लुथर किङ्ग ।
मार्टिन लुथर किङ्ग नसुनेको नाम होइन । विश्व मानव समाजले यिनलाई मानव–अधिकारको प्रतिकको रूपमा चिन्दछ । उनले अमेरिकी समाजमा विद्यमान काला र गोराहरू बीचको विभेदकारी नीति–नियम, कानुन र सामाजिक मान्यताहरू परिवर्तन गर्न ठूलो भूमिका खेले ।

भनिन्छ, अमेरिकामा ‘मन्टगोमेरी बस बाइकट’ आन्दोलन निक्कै चर्चित छ । यो आन्दोदनको प्रणेता रोज पार्क्स नाम गरेकी एकजना महिला भएपनि सफलताको श्रेय मार्टिन लुथर किङ्गलाई जान्छ ।

अमेरिकामा काला र गोराको बीचमा यत्ति ठूलो भेदभाव थियो कि सार्वजनिक बसमा समेत काला र गोरा अमेरिकनहरूको लागि छुट्टाछुट्टै सिटको व्यवस्था गरिएको हुन्थ्यो । गोरा नागरिकहरूको लागि छुट्याइएको सिटमा कानुनतः काला नागरिकहरूलाई बस्ने अनुमति थिएन ।

विरेन्द्र कटुवाल
विरेन्द्र कटुवाल

तथापि, उक्त सामाजिक परम्परा र कानुन अन्यायपूर्ण छ भनेर महसुस गर्ने पहिलो ब्यक्ति मार्टिन लुथर किंग थिएनन् । धेरै प्राज्ञहरू, प्रध्यापकहरू, धर्मगुरूहरू र समाजका धेरै असल मान्छेहरूलाई यो अन्यायको ज्ञान थियो । तर, समाजका ती असल मान्छेहरू मौन बसिदिनाले र जोखिम लिन नचाहेको कारणले, अनाहकमा काला जनताले अमानवीय शोषण बेहोर्नु परेको थियो ।

यसै क्रममा अमेरिकाको अल्बामा प्रान्तको मन्टगोमेरी शहरमा एकजना रोजा पार्क्स नाम गरेकी महिलाले गोराहरूको लागि छुट्याइएको बसको सिटमा बसेर उक्त विभेदकारी सामाजिक परम्परा र कानुनको अवज्ञा गरिन । प्रचलित कानुन र प्रथाको अवज्ञा गरेको अभियोगमा प्रहरीले उनलाई गिरफ्तार गर्‍यो ।

संयोगबस, मार्टिन लुथर किङ्ग धार्मिक प्रवचनको शिलशिलामा उक्त शहरमै थिए । जब यो अहिंसात्मक आन्दोलन र एउटी महिलाको साहसी कदमको बारेमा थाहा पाए, किङ्गले उक्त आन्दोलनमा आफ्नो ऐक्यबद्धता जनाए ।

‘…बस बाइकट’ आन्दोलनबाट सुरु भएको अमेरिकाको उक्त अहिंसात्मक आन्दोलन, यातायातमा भैरहेको काला र गोरा नागरिकबीचको विभेदको अन्त्य गर्नमा मात्रै सीमित भएन । अन्ततः यो आन्दोलन बिस्तारित हुँदै गयो । र, अमेरिकामा भएका धेरै विभेदकारी नीति, नियम र सामाजिक मान्यताहरूको खारेज गर्‍यो ।

अतः मार्टिन लुथर किङ्ग भन्ने गर्थे, ‘असल मान्छेहरूको मौनता, दुष्ट मान्छेहरूको निर्दयता भन्दा खतरनाक हुन्छ ।’ कुनै मान्छे सामाजिक अन्याय मौनतापूर्वक टुलुटुलु हेरेर बस्छ भने उसको असल हुनुको उपदेयता के ?

तीनै लुथर किङ्ग १९६४ मा विश्व नोभेल शान्ति पुरस्कारबाट विभूषित भए । उनलाई आज पनि अमेरिकन जनता अमेरिकाका–गान्धी भनेर चिन्दछन । यदि किङ्गले उक्त महिलाले गरेको साहसिक होस्टेमा हैसे नगरिदिएको भए, उक्त महिलाको साहस इतिहासको गर्भमा हराउने थियो । र, सम्भवतः उक्त विभेदकारी कानुन र सामाजिक मान्यताले अरू धेरै वर्ष शासन गर्ने थियो ।

अतः मार्टिन लुथर किङ्ग भन्ने गर्थे, ‘असल मान्छेहरूको मौनता, दुष्ट मान्छेहरूको निर्दयता भन्दा खतरनाक हुन्छ ।’ कुनै मान्छे सामाजिक अन्याय मौनतापूर्वक टुलुटुलु हेरेर बस्छ भने उसको असल हुनुको उपदेयता के ?

पीडित त पीडित भैगए, त्यसै निम्छरा हुन्छन् । पीडकको धर्म नै शोषण गर्ने । पीडितको आँशुले उसलाई छुने कुरै भएन । अनि असल मान्छेहरू पनि रमिते भएर, मौन बसिदिने हो भने हजारौं असल मान्छेहरूको बीचमा एउटा दुष्टले ताण्डव मचाइरहने छ ।

वर्तमान राजनीतिक अभ्यासले के देखायो भने, ब्यवस्था परिवर्तनले मात्रै सामाजिक रूपान्तरण सम्भव रहेनछ । हाम्रा आचरण, व्यवहार, प्रवृत्ति र जीवनशैली यथावत रहने हो भने, बास कोठीमा होस् कि कुटीमा होस, चेलीबेटी लुटिने क्रम नरोकिने रहेछ ।

प्रस्तुत सन्दर्भलाई प्रध्यापक डाक्टर गोविन्द केसीको सत्याग्रहसँत जोडन खोजिएको हो । सबै प्रवद्ध र असल मान्छेहरू मौन बसिदिने हो भने उनको अभियान सफल नहुन सक्छ । र, उनको असफलता भनेको केसीको मात्रै असफलता हुने छैन । आम न्यायप्रेमी जनताको असफलता हुने छ । गरिब र निम्छरा जनताको असफलता हुने छ । र, जीत हुनेछ माफिया र कालाबजारीहरूको । र, गोविन्द केसीहरू साँच्चै बौलाउने र माफियाहरू मौलाउने दिन नआउला भन्न सकिन्न ।

जति गाली गरेपनि, जति फोहोरी र घिनलाग्दो भनेपनि अन्ततः राजनीति नै एउटा यस्तो शक्ति हो, जसले हाम्रो सम्पूर्ण जीवनलाई प्रभावित गरिरहेको हुन्छ । हाम्रो मौनताले राजनीतिको फोहोर बसाउन छोड्दैन । बरू, झन घिनिँदै जान्छ । र, खराब मान्छेहरू मौलाउँदै जान्छन् ।

नागरिक मानसिकरूपमा गोग्य र शारीरिक रूपमा तन्दुरूस्त नभै समृद्ध राष्ट्र निर्माणमा निर्णायक भूमिका खेल्न सक्दैनन । त्यसैले शिक्षा र स्वास्थ्य नै यस्तो औजार हो, जसले नागरिकलाई कुशल, दक्ष र तन्दुरूस्त बनाउने काम गर्दछ । त्यो नै माफियाको हातमा जिम्मा दिने हो भने हाम्रो लोकतन्त्र बेकामे हुने छ । र, हाम्रो जीउने अधिकार, उनीहरूको इच्छामा कैद हुने छ । उनीहरूलाई द्रव्य, यौन र शक्ति दिएर सन्तुष्ट पार्न सक्नुभयो भने, तपाईं बाँच्नु हुनेछ । अन्यथा, तपाईंलाई बाँच्ने अधिकार हुनेछैन ।

आम न्यायप्रेमी जनताको असफलता हुने छ । गरिब र निम्छरा जनताको असफलता हुने छ । र, जीत हुनेछ माफिया र कालाबजारीहरूको । र, गोविन्द केसीहरू साँच्चै बौलाउने र माफियाहरू मौलाउने दिन नआउला भन्न सकिन्न ।

यसो भनेर नेपाली समाजमा असल र अनुकरणीय मान्छेहरूको खडेरी परेको छ भन्न खोजिएको होइन । हाम्रो समाजमा पनि असल र अनुकरणीय मान्छेहरू थिए र छन् । त्यत्ति मात्रै पनि होइन प्रत्येक राजनीतिक पार्टीहरूभित्र छन् । तर, समस्या सायद हामीभित्रै पनि छ । अलिअलि समस्या हाम्रा संस्कारमा होलान् । अलिअलि हाम्रा सामाजिक मान्यताहरूमा होलान् । र, अलिअलि हाम्रा चालचलनहरूमा होलान् ।

र, नीतिनियम बनाउने ठाउँमा पुगेकाहरू पनि त्यही सामाजिक मान्यता, त्यही संस्कार, त्यही संस्कृति, त्यही चालचलन बोकेर गएका हुनाले, समस्या नीति निर्माताहरूको सोच–विचारमा पनि होला । सम्भवतः यी नै मान्यता र सोच–विचारहरूको दृष्टिकोणले हेर्दाखेरि प्राध्यापक डाक्टर गोविन्द केसी मानसिक सन्तुलन बिग्रिएको जस्तो देखिएका होलान् ।

आखिर कहिलेसम्म यो समाजमा गोविन्द केसीहरू पागल बनाइन्छन् ? सम्भवतः यस्तै प्रश्नको उत्तरभित्र हामीले निर्माण गर्ने समाजको तस्बिर लुकेको छ ।
के स्वास्थ्य शिक्षा शहर बजारमा बस्ने मुठीभर नव–धनाढ्यको मात्रै अधिकारको बिषय हो ?

के यो कर्लाणी र धादिङका अनकन्टार ठाउँमा बस्ने हरेक नागरिकको अधिकारको बिषय हो भन्नु, पागलपन हो ?

केही समय पहिला, एउटा समाचार छापियो । अस्पताल भर्ना भएका मनोनित सांसद श्याम श्रेष्ठलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा सांसद गगन थापाले फोन गरेर भने, ‘डा. केसीको अनसन सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भनेको सर्मथन गर्ने सांसद नै कोही नहोलान् जस्तो छ ।’

यो समाचार पढेपछि आँखा रसाए । आखिर परदेशिएको एउटा नागरिकले गर्न सक्ने के थियो र ? उपचारको अभावमा ४० बर्षकै उमेरमा बूढिएर मर्न बाध्य भएका, अनकन्टार गाउँका ती गरिबहरूलाई सम्झिएँ । र, तिनीहरूको मत पाएर सभासद भएका सांसदहरूलाई एकपटक धिकारेँ ।

डाक्टर मार्टिन लुथर किङ्गले काला र गोरा अमेरिकनबीचको बिभेदको अन्त्यको लागि अमेरिकामा अहिंसक आन्दोलनको अगुवाइ गरेका थिए । यहाँ डाक्टर गोविन्द केसीपनि सामाजिक न्यायको लागि सत्याग्रहको अगुवाई गर्दैछन ।

एउटा ख्याउटे मर्न लागेको मान्छे पटकपटक आमरण अनसनमा बसेर सँधैभरि एउटै कुरा भन्दैछ, ‘अनकन्टार गाउँमा बस्ने गरिबहरूले पनि उपचार गर्न पाउनुपर्छ । गरिबहरूले पनि डाक्टर बनेर जनताको सेवा गर्ने अवसर पाउनु पर्छ । गरिबहरूलाई माया गर्ने नेताको नाममा स्वास्थ्य र शिक्षाको व्यापार गर्नु हुँदैन । उनीहरूको नाममा त निःशुल्क स्वास्थ्य सेवा र अवसरहरू गाउँगाउँमा पुर्‍याउनु पर्छ ।’

के यो अपराध हो ? के यो पागलपन हो ?

त्यसको लगतै नयाँ प्रधानमन्त्रीको ताज पहिरिएका कामरेड पुष्पकमल दाहाल प्रचण्डले सभामुखलाई आदेश दिए भन्ने पनि सुनियो कि डा.केसीको अनसनसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावलाई सदनमा प्रवेश गर्नै नदिनू ।

त्यसो हो भने, के वर्तमान राजनीतिक पार्टीहरू जनतालाई मतदाताभन्दा माथि उठाउन चाहँदैनन् ? एउटा गम्भीर प्रश्न तेर्सिएको छ ।

भ्रष्टाचारको यो भन्दा डरलाग्दो स्वरूप यो संसारमा कहाँ होला ? जुन देशका कार्यकारी प्रमुखहरू भ्रष्टाचार र अख्तियार दुरूपयोगको बिषयलाई छलफलको निम्ति सदनमा प्रवेश नगराउन सभामुखलाई ठाडो निदेशन दिन्छन । र, संसारमा यस्तो प्रतिनिधिसभा कहाँ होला ? जहाँ भ्रष्टाचार र अख्तियारको दुरुपयोग गर्न पाइँदैन भन्ने प्रस्तावको समर्थनमा सभासद भेटिँदैन ।

त्यसो हो भने, के वर्तमान राजनीतिक पार्टीहरू जनतालाई मतदाताभन्दा माथि उठाउन चाहँदैनन् ? एउटा गम्भीर प्रश्न तेर्सिएको छ ।

तर, सत्य के हो भने इतिहासका निर्माता जनता नै हुन । त्यसोभएको हुनाले यतिबेला सबै असल मान्छेहरूले हातमा हात र काँधमा काँध मिलाएर डाक्टर केसीको अभियानलाई साथ र सहयोग गर्न जरूरी छ । यदि, त्यसो गर्न सकिएन भने हामीलाई हाम्रो भावी पुस्ताले धिकार्नेछ । सराप्ने छ । र, समृद्धि खोज्दै विदेश पलायन हुने युवाहरूलाई रोक्न सकिने छैन । र, हाम्रो समृद्धिको सपना सपनै भएर रहने छ, अनन्तकालसम्म ।

यसर्थ आउनुहोस् हातेमालो गरौं, देशलाई संस्थागत भ्रष्टाचारबाट मुक्त पारौं, पार्टीहरूलाई असल मान्छे बन्न नैतिक दवाब सृजना गरौं ।

कटवाल साउदी अरब, जेद्धामा कार्यरत छन ।
birendra_katuwal@yahoo.com

The post डा. केसीहरू बौलाउने दिन आउन के बेर ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles