Image may be NSFW.
Clik here to view.
अहिले अमेरिकी राष्ट्रपति निर्वाचन विश्वकै रचि र चासोको बिषय भएको छ । यसबारे म आफ्नो निजी विचार व्यक्त गर्न गइरहेको छु । यो अभिव्यक्ति मेरो विचार, बुझाई, डक्ट्रिन वा उपदेशभन्दा पनि संवादका लागि हो । संवाद शालिन लोकतन्त्रको सौन्दर्य हो । हामीले निरन्तर संवाद गर्नु पर्दछ ।
अमेरिकी लोकतन्त्र, यसको स्वतन्त्रता, समावेशिता, आशा, भरोसा, सम्भावना, न्याय यही भनेर त हामी यो मेल्टिङ पोटमा मेल्ट हुन आएका हौं । अमेरिकाको लोकतन्त्रलाई दुई–दलीय लोकतन्त्र भनिन्छ । यदाकदा अलिक अतिवादबाट प्रेरित भएर हामी दुई–दलीय अधिनायकवाद पनि भन्छौं । जे भनिए पनि अमेरिकामा करिब ४ सय वर्षदेखि लोकतन्त्रको अभ्यास हुँदै आएको छ । र यसको जगमा विचार र संवादको आफ्नै भूमिका छ । लोकतन्त्रमा विचार अभिव्यक्ति र संवादको चाहनालाई सरल र सहज रुपमा लिइदिनु पर्छ ।
मैले सन् २००४ देखि अमेरिकी राष्ट्रपति निर्वाचन हेर्दै आएको छु । सन् २००४, सन् २००८, २०१२ र २०१६ को जस्तो यसपाली यो निर्वाचन रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको वैचारिक प्रतिस्पर्धाको बिषय रहेन । निसन्देह हामी रिपब्लिकन वा डेमोक्र्याट हुन पाउँछौं । डेमोक्र्याटभित्र पनि थुप्रै कित्ताहरु छ । अलिकति मध्यपन्थी, अलिकति राइट वा लेफ्ट लिनिङ छ । रिपब्लिनहरुको पनि त्यही हो ।
रिपब्लिकनहरुले सानो सरकार, व्यक्तिगत जीवन र व्यवसायमैत्री दृष्टिकोणको कुरा गर्दछन् । अमेरिकी राजनीतिमा डेमोक्र्याटसको पहिचान भनेको अलिक बढी उदारवादी, समावेशी र आप्रवासनमैत्री हो । यी दुवै पार्टी कहिले लेफ्ट, राइट जान्छन् । विशेषतः चुनावको बेला अलिक अतिवादले काम गर्दछ । तर जब चुनावपछि कार्यसम्पादन गर्नुपर्ने हुन्छ, मध्यमार्गमा आउने गर्दछ ।
Image may be NSFW.
Clik here to view.
तर यसपालीको चुनाव डेकोक्र्याटिक पार्टी र रिपब्लिकन पार्टी बीचको मात्र रहेन । बरु यो सर्वसत्तावादको निरन्तरता कि लोकतन्त्रको पुनर्स्थापना भन्ने मुद्दामा केन्द्रित भयो । अहिले डेमोक्र्याटहरु मात्र हैन, पुराना र स्थापित रिपब्लिकन परिवारले समेत वाइडनलाई भोट दिनु पर्दछ र लोकतन्त्रलाई बचाउनु पर्दछ भन्दै छन् । कयौं पुराना रिपब्लिकनहरुले ट्रम्पले पार्टी कब्जा गरे भन्दैछन् ।
यसो भन्नेहरु बुस परिवार, मिट रोमनी र लिंकन फाउन्डेसन पनि छन् । सर्वसत्तावाद र गोरा सर्वोच्चतावादको प्रतिनिधीको रुपमा ट्रम्पको उदय भएको उनीहरुको बुझाई छ । यसपाली ट्रम्पलाई हराउन सकिएन भने रिपब्लिकन पार्टी नै संकटमा पर्न सक्दछ भन्ने उनीहरुको बुझाई बन्दै गएको छ ।
आज सुरक्षा सतर्कताको प्रश्न प्रमुख छ । नेपाली समुदायमा दशैं आएको छ । अमेरिकाको आजको तथ्याङ्क गत मार्च यताकै सबैभन्दा धेरै छ । गत मार्चमा दिनको ८२ हजारसम्म संक्रमण भएको थियो । आज ७७ हजार छ । हिजाको मृत्यु दर ९५० जान थियो । विश्वकै कुल संक्रमणको करिब एक चौथाई अमेरिकामा मात्र छ । २ लाख २३ हजार बढीको मृत्यु भइसकेको छ ।
यस्तो बेला पनि राष्ट्रपति डोनाल्ड जे ट्रम्प आफू मास्क लगाउँदैनन् । मास्क लगाउन प्रेरित गर्दैनन् । यो सबैलाई थाहा भएकै कुरा हो, उनी आफै संक्रमित भएर ३ दिन बढी अस्पताल बसे । तर मास्क फालेर निस्किए । एउटा मास्क लगाउने कुरामा त यति असहिष्णु हुन सक्ने राष्ट्रपति ट्रम्पबाट अरु के अपेक्षा गर्ने ?
चुनाव आउन अब १० दिन हामी भन्दैछौं, तर चुनाव त शुरु भइसक्यो । करिब ५० मिलियन अमेरिकीले अर्ली मतदान गरिसके । सबैभन्दा उत्साहको कुरा म के देख्दैछु भने सन् २००८ कै जस्तो आशा अहिले देखिँदैछ । सन् २००८ मा हाम्रा मान्छेहरु कलर र हिस्पानिकहरु जसरी जागेका थिए, यसपाली म ठीक त्यस्तै देख्दैछु । अधिनायकवाद र सर्वसत्तावादको विपक्षमा लोकतन्त्रको पुनर्स्थापना र संरक्षणको पक्षमा लहर आएको छ ।
अर्ली भोटिङमा करिब ६७ प्रतिशत डेमोक्र्याट मतदाता सक्रिए भएको बताइन्छ । रिपब्लिकनहरुको सक्रियता २३ प्रतिशत मात्र छ । यसले के देखाउँछ भने प्रगतिशील मतदाता बढी सचेत छन् । ट्रम्पका समर्थकहरु त उही दिन लाइन लागेर भोट हाल्ने प्रवृत्ति छन् । वाइडन र कमला ह्यारिसलाई जिताउन सचेत र प्रगतिशील मतदाताहरुको सक्रियताले भूमिका खेल्नेछ ।
Clik here to view.

तर सन् २०१६ मा पनि यसै भनिएको थियो, सबै सर्वेक्षणले हिलारी क्लिन्टनलाई अगाडि देखाएको थियो, अन्तिममा सबै फेल खायो, यसपाली पनि त्यस्तै त हुन्न भन्ने प्रश्न पनि व्यापक छ । सर्वेक्षणको कुरा गर्दा नेशनल पोलमा वाइडन ९ देखि १२ प्रतिशतले अगाडि हुनुहुन्छ । ट्रम्पकै नजिकको, राइट विङ्गरहरुको मिडिया फक्स न्युजकै कुरा गर्ने हो भने पनि ९ प्रतिशतले वाइडनलाई अगाडि देखाइरहेको छ ।
यहाँको राष्ट्रपति निर्वाचनमा इलेक्ट्रोकल कलेज मत ५३८ हो । जित्न २७० मत चाहिन्छ । यहाँ प्रत्येक राज्यलाई संख्याको आधारमा इलेक्ट्रोरल मत संख्या दिइएको हुन्छ । अहिलेसम्मका ११ वटा सर्वेक्षणले वाइडनलाई २९० मतमा सजिलै पुग्ने देखाइरहेका छन् । तर चुनाव हो यसै भन्न सकिन्न । यो १० दिन मत डाइभर्ट र कन्भिन्सिङ प्रक्रिया चल्छ ।
आजै मात्र ट्रम्प फ्लोरिडा पुगेर २ ठूलाठूला सभालाई सम्बोधन गरेका छन् । उनीहरु मास्क र सामाजिक दुरी खासै मतलब गर्दैनन् । तर डेमोक्र्याटिक पार्टीका सानोभन्दा सानो सभामा पनि मास्क लगाइन्छ । वाइडन, ह्यारिस आफैं मास्क लगाउँछन् । हिजो मात्र बराक ओबामा पेन्सिनभेनिया गए । त्यहाँ सानो सभा थियो । तर सबैले मास्क लगाएका थिए । डेमोक्र्याटिक सभामा यस्तो अनुशासन हुन्छ । ओबामा मयामी जाँदै छन् । त्यहाँ अश्वेत र ल्याटिनो मतदाता धेरै छन् ।
मध्य अमेरिकाका धेरै राज्यमा अहिले पनि ट्रम्पको बलियो समर्थन देखिन्छ । तर बुझ्नु पर्ने के छ भने यहाँका १६ राज्यको इलेक्ट्रोकल संख्या जोड्दा पनि एउटा क्यालिफोर्निया बराबर हुँदैन । निर्वाचन जित्ने कुरा ठूलो इलेक्ट्रोकल संख्या भएका स्वीङ स्टेटहरुले निर्धारण गर्दछ । जस्तो फ्लोरिडामा मात्र २९ इलेक्ट्रोकल मत छ ।
गत चुनावमा पनि हिलारी क्लिन्टनको ३ करोड बढी भोट आएकै हो । तर इलेक्ट्रोरल मत ट्रम्पको ३०६ पुग्यो, त्यसरी उनले जितेका हुन । सन् २०१६ कै चुनावमा पनि ट्रम्पले जनताबाट जितेका हैनन्, यहाँको निर्वाचन प्रणालीको फाइदा उनलाई भएको हो । स्वीङ स्टेटहरुको कम्पोजिसन यसपाली कस्तो हुन्छ, त्यसैले धेरै कुरा निर्धारण गर्दछ । स्वीङ स्टेटमा थोरै मतले जित्दा पनि सबै इलेक्ट्रोरल भोट वीन ओभर हुन्छ । जस्तो पेन्सिनभेनियमा ट्रम्पले जम्मा २२ हजार भोट बढी पाउनु भएको थियो, तर सबै इलेक्ट्रोरल भोट उनको खातमा जोडियो ।
अहिले पनि वेइस्टसन, मिचिगन र पेन्सनभेनियाको यी तीन वटाको धेरै महत्व छ । पहिले पनि यी ३ बटामै कडा टसल भएको हो । अहिले पेन्सनभेनियमा नै वाइडन ९ प्रतिशतले अगाडि देखिन्छन् । अर्को स्वीङ स्टेट अहिले एरिजोना बन्न पुगेको छ । अहिले ७ वटा स्टेटलाई स्वीङ स्टेटका रुपमा हेरिदैछ, त्यहाँको मत नै निर्णायक हुने कुरा स्वीकार गर्न सकिन्छ ।
डेकोक्र्याटिक पार्टीको आशा एक त जो वाइडन नै हुन् । उनी ४७ वर्षदेखि अमेरिकी राजनीतिमा छन् । बाराक ओबामा कार्यकालको उपराष्ट्रपतिका रुपमा उनको निष्ठा र इमान्दारिता मान्छेले देखेका छन् । उनले थुप्रै त्रासदीहरु पार गरेका छन् । उनको पहिलो श्रीमती र बालबच्चाहरु प्लेन क्र्यासमा बितेका थिए । पछिल्लो परिवारका एक छोरा क्यान्सरले बितेका थिए । अनेक पीडा र प्रताडनाबाट निस्केर उनले सहानुभूति र सहअनुभूतिको जीवन बाँचेका छन्। वाइडनका अगाडि ट्रम्पको भद्दा गाली गर्ने छवि तुलनीय छैन ।
सन् २०१६ को चुनावी प्रचार नै ट्रम्पले गालीबाट शुरु गरेका थिए । मेक्सिकनहरुलाई क्रिमिनल र र्यापर भनेका थिए । हामीजस्तो कलर र ब्राउन मान्छेहरुलाई उनी कमसल देशबाट आएका ठान्छन् । उनी विधिसम्मत ढंगले अमेरिका आएका र बसोबास गरिरहेका आप्रवासीप्रति असहिष्णु छन् । सर्वोच्च अदालत जहाँ रिपब्लिकनहरुकै बहुमत छ, त्यसको निर्णयसम्म मान्दैनन् । यो अराजकता कहिलेसम्म ? सर्वोच्च अदालतलाई समेत नमान्ने ट्रम्पले कस्लाई मान्ने हो त ?
फ्लोरिडा, नर्थ क्यारोलिना र जर्जिया अहिले वाइडन र कमला ह्यारिसका लागि बोनस कार्डं जस्तो भएका छन् । त्यहाँ सन् १९६० पछि नै नागरिक आन्दोलनको जोर थियो । त्यस्ता आन्दोलनका अभियन्ताहरु अहिले वाइडनको पक्षमा देखिँदैछन् । तर यसै भन्न सकिन्नँ । जर्जियामा सर्वेक्षणहरु ९ प्रतिशतले वाइडनलाई अगाडि देखाए पनि त्यहाँ क्युवाली हिस्पानिकहरु बढी छन् । उनीहरु ट्रम्पप्रति सहानुभूति राख्दछन् ।
डेमोक्र्याटिक पार्टी हामी जस्तो मान्छेका लागि अलिकति समावेशी, अलिक बढी लोकतान्त्रिक र अलिक बढी आप्रवासीमैत्री देखिन्छ । अमेरिकाको विशेषता नै लोकतन्त्र, समावेशिता, स्वतन्त्रता हो । यसैले यहाँ आशा, भरोसा र सम्भावना बाँकी रहने हो । यही नरहेन हो भने यो मेल्टिङ पोटमा हामी कसरी मेल्ट हुन सकौंला ।
त्यसैले मलाई लाग्छ- अब १० दिनपछिको चुनावमा ट्रम्प हार्नै पर्छ ।
(श्रेष्ठको फेसबुकवालमा पोष्ट भएको भिडियोको सम्पादित अंश)
The post ट्रम्प यसकारण हार्नुपर्छ appeared first on Sajha Post.