डोनाल्ड ट्रम्प अहिलेसम्म निर्वाचित सबैभन्दा बुढा राष्ट्रपति हुन् । यदि नोभेम्बरको चुनावमा जो वाइडनले जिते भने ट्रम्पको रेकर्ड तोड्ने छन् । दुवैले ७० पार गरेका छन् । यो हप्ता राष्ट्रपतीय दौडमा स्वास्थ्यको प्रश्न फेरि मुख्य बनेको छ ।
अध्येयता माइकल स्मिथको आउन लागेको एउटा किताबमा ट्रम्पको पछिल्लोपटकको वाल्टर रिड सैन्य अस्पतालको एक आकस्मिक र रहस्यमयी यात्राको चर्चा छ, त्यतिखेर उपराष्ट्रपति माइक पेन्सलाई स्ट्याण्डबाई राखिएको थियो ।
स्मिथले लेखेका छन्, ‘किताबको तयारी गरिरहँदा मलाई यो थाहा भयो कि ट्रम्पले एनेस्थेजियाबाट गुज्रिन परेमा राष्ट्रपतीय शक्तिको प्रयोगका लागि पेन्स तैनाथ हुन जरुरी थियो ।’ तर, ट्रम्पलाई के भएको थियो भन्ने प्रष्ट छैन ।
ह्वाइटहाउसको भनाईमा ट्रम्प आफ्नो नियमित स्वास्थ्य परीक्षणका क्रममा थिए । पेन्सको भनाईमा उपराष्ट्रपति सधै तैनाथ हुन्छन्, कुनै खास दिन तैनाथ गरिने हैन ।
राष्ट्रपति ह्वाइट हाउसको चिकित्सकीय सेवाले नपुगेर अस्पताल जानुपर्ने अवस्था के-के हुन सक्दछ ?
सिएनएनका अनुसार यसका मुख्य दुई कारण हुन सक्दछन् । समस्या कि त मष्तिष्कमा कि त मुटुमा हुनु पर्दछ ।
Image may be NSFW.
Clik here to view.
हिजोआज ट्रम्प एक गिलास पानी ल्याउन ढिलो हुँदा चिडचिडाउने, एउटै शब्द बारम्बार दोहोर्याउने र औपचारिक कार्यक्रममा बेपरवाह हिड्नेजस्ता अनौठा व्यवहार देखाउन थालेका छन् ।
मंगलबार ट्रम्पले ट्वीट गरेका छन्, ‘त्यस्तो कहिल्यै भएको छैन । तिनीहरु यो सिद्ध गर्न खोज्दैछन् कि तपाईहरुको प्रिय राष्ट्रपति म मिनिस्ट्रोकको समस्या वाल्टर रिड मेडिकल सेन्टर गएको थिएँ । यो फेक न्युज हो । सायद उनीहरुले अर्कै पार्टीका अर्को उम्मेद्वारको कुरा गरेका होलान् ।’
यसै हप्ता एबीसी न्यूजले अर्को एक खुलासा गरेको छ । त्यसमा भनिएको छ– ‘गत जुलाईमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पूर्व उपराष्ट्रपति जो वाइडनको कमजोर मानसिक स्वास्थ्यबारे प्रकाशन गर्न लागेको एक रुसी प्रतिवेदनलाई रोकेको थियो ।’
त्यो बुलेटिनमा भनिएको छ कि त्यो रुसी प्रतिवेदनले वाइडनको मानसिक तथा शारीरिक स्वास्थ्यबारे रुसी भनाईहरु सन् २०२० को राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले प्रेरित हुन सक्दछन् ।
केही महिना अगाडिदेखि वाइडनलाई आक्रमण गर्न ट्रम्प आफैंले यी वाक्यहरु भन्न थालिसकेका थिए । ह्वाइट हाउसका मिडिया निर्देशक डान स्काभिनोले त्यस्ता धेरै चिकित्सकीय भिडियोहरु शेयर गरेका छन्, जसले वाइडनको गिर्दो मानसिक अवस्थाको दावी गर्दछ ।
गत मार्चमा ट्रम्पले त्यस्तै एउटा भिडियो रिट्वीट गरेका थिए जसमा वाइडनले शब्दहरु राम्ररी उच्चारण गर्न अड्केको देखाइएको थियो । ट्वीटरले त्यसलाई ‘प्रायोजित’को लेवल लगाइदिएको थियो ।
Clik here to view.

वाइडनमा त्यस्तो समस्या पहिलेदेखि नै छ । उनी शब्दहरु उच्चारण गर्दा थोरै काँप्छन्, वा रोकिएर उपयुक्त शब्दहरु खोजी गर्दछन् । वाइडनले स्वीकार गरेका छन् कि उनमा भकभकाउने समस्या थियो र त्यसको विरुद्ध उनले आजीवन संघर्ष गरेका छन् ।
गत बुधबारको एक प्रतिक्रियामा ट्रम्पले एक ९६ वर्षीय जेष्ठ नागरिक मारिन बिलियम्ससँग तुलना गरेका थिए । यथार्थमा बिलियम्स ९७ वर्षका छन् । एकअर्काप्रति जेजति घोचपेच गरे पनि यथार्थ के हो भने ट्रम्प र वाइडन दुबै बुढा हुन् ।
बुढ्यौली उनीहरु दुवैको अनुहार, रुप र शरीरको स्वरुपमा प्रष्टै देखिन्छ । त्यो कुनै अनौठो कुरा हैन । हामी मान्छे हौं । प्राकृतिक नियमभन्दा बाहिर छैनौं । उमेर बढ्दै जाँदा बुढो देखिनुु र स्मरणशक्ति केही धमिलो हुनु स्वभाविक नै हो । यो सत्य हो ।
अब हामी मतदाताले यो निर्णय गर्नु छ कि निर्वाचनमा यस्तो कुराले कतिको महत्व राख्छ वा राख्दैन ? राम्रो काम गर्न स्वास्थ्य शरीर एक सामान्य मानक हो । यो तथ्य बुढ्यौलीमाथि सजिलै हावी हुन सक्दछ ।
तसर्थ, उमेर र स्वास्थ्य निर्वाचनको सवाल नै हैन भन्ने मलाई लाग्दैन । आगामी नोभेम्बरको चुनावमा पनि यसको महत्व हुन सक्दथ्यो । तर यहाँ त बिल्कुलै फरक अवस्था छ । दुवै उम्मेद्वार यस्ता छन् कि उनीहरुले यो सवाललाई एकअर्काका लागि खारेज गर्दिन्छन् ।
त्यसैले कुरा प्रष्ट छ– यो पटक उमेर र स्वास्थ्यको मुद्दाले खासै काम गर्दैन । यसलाई छोडिदिनु पर्छ । नोभेम्बरको चुनावमा कसलाई भोट दिने छनौट गर्ने प्रष्ट आधार नीति र चरित्र नै हो ।
(न्यूओर्क टाइम्सबाट भावानुवाद गरिएको)
The post ट्रम्प र वाइडनको उमेर र स्वास्थ्यको प्रश्न appeared first on Sajha Post.