Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कमलाको उम्मेदवारीः अमेरिकाको लागि एक उत्तम समाचार

$
0
0

डेमोक्र्याटिक उपराष्ट्रपति उम्मेद्वारको रुपमा कमला ह्यारिसको छनौट लामो नश्लीय इतिहास भएको अमेरिकाको लागि एक उत्तम समाचार हो । नश्लीय दृष्टिकोणले कमला आफैंमा एक अनौठी पात्र हुन् । उनी भारतीय तमिल आमा र जमैकन कालो अफ्रिकनकी सन्तान त हुन नै, जो दुवै आप्रवासी थिए, अहिले उनले युरोपियन यहुदी मूलका पतिसँग बिहे गरेकी छन् ।

कमलामा आप्रवासन र नश्लीय समिश्रणका सकारात्मक सन्देश छन्, जसले अमेरिकामा काम गर्न सक्दछ । यो चीनलगायत अरु देशका लागि एक अनुकरणीय उदाहरण हुन सक्दछ । विशेषतः ती देशहरु जहाँ राष्ट्रियता र संस्कृतिलाई शारीरिक गुणहरुबाट पहिचान गर्न खोजिन्छ ।

अमेरिकीमा नश्लीय छनौटको राजनीतिको आफ्नै महत्व छ । काला, भारतीय मूलका, गोरा, यहुदीजस्ता थुप्रै नश्लीय समूहहरुले मतदानमा छनौटको अधिकारलाई प्रभावित गर्दछन् । कमलाले एक साथ अनेक विविधताको प्रतिनिधत्व गर्दछिन् । ती समूहहरु जो आफूलाई बहिष्कारणमा परेको अनुभूति गर्थे, उनीहरुले एक साथ कमलामा आफ्नो चेहरा भेट्ने छन् ।

अमेरिकी राजनीतिमा ‘काला’ र ‘गोरा’ भन्ने जुन भाषा प्रयोग गरिन्छ, त्यो सही नभएर सामान्यीकृत मात्र हो । ‘काला’ र ‘गोरा’ शब्दहरुले त्यहाँको नश्लीय जटिलतालाई बुझ्न सजिलो बनाउनुभन्दा बढी व्यवधान सृजना गर्दछन् ।

यस्तो भाषा दासता र पृथकताको युगदेखि नै प्रयोग गरिन्थ्यो । तर आजका दिनमा त्यस्तो जनसंख्या निरन्तर बढ्दैछ, जो बिल्कुुल श्वेत पनि छैन, श्याम पनि छैन, बरु एक प्रकारको मिश्रित हल्का कालो वर्णको नश्ल धेरै देख्न थालिएको छ ।

जस्तो कि बाराक ओबामा र लुइस हेमिल्टनलाई काला भनियो तर उनीहरुका आमा श्वेत थिए । बाराक ओबामा त झन पुरै आमाको परिवारमा हुर्केका थिए ।

इलिनोइस सिनेटर ट्यामी डकवोर्थलाई एशियन–अमेरिकन भनिन्छ तर उनकी पिता अमेरिकी गोरा थिए । कमलालाई पनि अहिले अश्वेत समूहकी भनिँदैछ तर उनको एशियन पृष्ठभूमि निक्कै बलियो छ ।

व्यक्तिको पहिचान कुन पक्षबाट निर्माण गर्ने ? आमा, बुबा वा दुवै त्यो वैयक्तिक स्वतन्त्रताको सवाल हो । तर मिडियाको काम हरेकलाई ‘काला’ र ‘गोरा’ समूहमा सीमित गर्ने हैन । हुनतः कुनै पनि समाज विगतको भाषिक प्रचलनबाट सजिलै मुक्त हुन सक्दैन तर यस प्रकारको वर्गीकरणले आजको सम्मिश्रित नश्लीय यथार्थलाई व्यक्त पनि गर्दैन । अमेरिकी जनसंख्या संरचनामा निरन्तर बढ्दो यस्ता मानिसबारे कसरी प्रस्तुत हुनुपर्ने हो ? त्यो मिडियाले गर्न सकिरहेको छैन ।

आज हामी जेजस्लाई ‘ह्वाइट’ भन्दैछौं, त्यसको परिभाषा हिजोको जस्तो छैन । जसलाई ‘ब्लाक’ भन्दै छौं, उनीहरुको पहिचान पनि हिजोको जस्तो छैन । तसर्थ हामीले त्यस्तो भाषा, शब्द र शब्दाबलीको विकास गर्न सक्नु पर्दछ जसले नश्लीय विभाजनलाई कायम राख्ने वा अतिशयोक्तिकरण गर्ने भन्दा नश्लीय न्यायलाई स्थापित गर्न मद्दत गरुन् ।

‘काला’ र ‘गोरा’ को परिभाषा र पहिचान नै आज अप्ठ्यारो बिषय बनेको छ । कोरियन र नर्दन चाइनिजहरुको छालाको रंग तथाकथित गोरा युरोपियनहरुको भन्दा पनि सेतो हुँदैछ । चिनियाँहरु दक्षिण एशियाली छिमेकीहरुभन्दा त्यसै पनि गोरा छन् ।

ग्रिसेलीहरु इथियोपियनलाई कालो ठान्दछन् र आफूलाई गोरो । तर यो एक तुलना हो । ग्रिसेलीहरुले इथियोयिनभन्दा आफूलाई गोरो ठाने तर उनीहरु अरु गोराको तुलनामा खासै गोरा हुँदैनन । अबेरिक संसारमा सुडानलाई कालाहरुको भूमि भनिन्छ । तर सुडानीहरुको वर्ण यथार्थमा खैरो हुन्छ, उनीहरुलाई इजिप्ट र अरेबियालीसंग तुलना गर्दा मात्र काला भनिएको हो । तर दक्षिण सुडानका कतिपयहरु भने डिंका र नियर अफ्रिकनभन्दा पनि काला र अग्ला हुन्छन् ।

उन्नाइशौं शताब्दीको मध्यसम्म अरबी दास व्यापारको स्रोत सुडान र उपल्लो इजिप्ट थियो । दास व्यापारमा छालाको रंगले खासै महत्व राख्दैनथ्यो । बरु त्यस्ता ठाउँबाट दासहरु लिइन्थ्यो जहाँ धेरै र सस्तोे जनशक्ति हुन्थ्यो ।

दक्षिणपूर्वी एशियाली टापुहरुको जनशक्ति अभाव र दास व्यापारको कथा खासै भिन्न थिएन । सुलु अर्किपेगेलो जातिको दास व्यापार मुनाफायोग्य मानिन्थ्यो, छालाको रंग हेरिदैनथ्यो । यसले यहाँको जनसंख्यायिक बनौटमै उलटफेर गर्दियो । प्रकारान्तले वर्ण यसरी मिसियो कि नश्ल सामाजिक भिन्नताको आधार नै बाँकी रहेन ।

मानिसले ‘काला’ र ‘गोरा’ भनेर छुट्याउने पश्चिमाहरुको बिशेषतः अमेरिकीहरुको चलन अनौठो मान्नु पर्दछ । यसले कमला ह्यारिसजस्ता मानिस अझ धेरै हुनुपर्ने आवश्यकतालाई बोध गराउँछ । कमलाले नश्लीय रुपमा ‘काला’ र ‘गोरा’ को विभाजन गर्ने प्रचलनलाई नै संकटग्रस्त बनाइदिने ताकत राख्दछिन । ‘काला’ र ‘गोरा’ जस्ता शब्द पिछडापनका प्रतिबिम्ब हुन् ।

फिलिप बोरिङ

नागरिक अधिकारकर्मी मार्टिन लुथर किंग र लेखक लियोपोल्ट सेन्गोर सगौरब ‘निग्रो’ शब्द प्रयोग गर्दथे । अहिले कालाहरुलाई ‘अफ्रिकन–अमेरिकन’ भन्न थालिएको छ । तर ‘काला’ र ‘गोरा’ जस्ता शब्दप्रतिको मोह कायमै छ ।

यही तरिकाले कमला ह्यारिसलाई सम्वोधन गर्ने हो भने ‘इन्डियन–अफ्रिकन–अमेरिकन’ भन्नुपर्ने हुन्छ । तर यो पनि त्यति सजिलो तरिका भने हैन । यहाँनेर कुनै नयाँ शब्द चाहिने देखिन्छ । कसैसँग त्यस्तो कुनै उयपुक्त सुझाव होला ? निःसन्देह कमला ह्यारिस उपराष्ट्रपतिको लागि एक उपयुक्त छनौट हुन्, तर उनको पहिचान बताउने उपयुक्त शब्द चाहिँ के हुन सक्ला ?

(द साउथ साइना मर्निङ पोस्टबाट संक्षेपीकरणसहितको भावानुवाद)

The post कमलाको उम्मेदवारीः अमेरिकाको लागि एक उत्तम समाचार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Latest Images

Trending Articles



Latest Images