देशको दक्षिणी राज्य केरलाबाट यो हप्ता एक उल्लेखनीय खबर आयो- यसले कोविड–१९ वैश्विक महामारीको संक्रमण रेखालाई समतल राख्न सक्यो । पहिलोपटक कोरोना भाइरसका सक्रिय केस संख्याको तुलनामा निको हुनेहरुको संख्या ज्यादा भयो ।
अहिले यो सफलताको चौतर्फी प्रसंशा भइरहेको छ । भारतमा कोरोना भाइरसको पहिलो केस केरलामा नै भेटिएको थियो । उनी एक केरली विद्यार्थी थिए, वुहानमा मेडिकल स्टुटेन्ट र जनवरीको अन्त्यतिर केरला आएका थिए । मार्च २४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी लकडाउनको घोषणा गर्दा सबैभन्दा बढी कोरोना संक्रमितको केस पाइएको राज्य केरला नै थियो ।
अहिले त्यो सूचीबाट केरला निरन्तर तल हुँदैन । केरला कोरोना बक्र समतल बनाउन सफल भयो । मानव विकासमा केरलाको जबरजस्त सफलतालाई मैले ‘मलयली चमत्कार’ भन्ने गरेको छु । आफ्ना उच्च सामाजिक सूचकहरुले गर्दा भारतभरि कोरोना फैलिरहेको वेला केरला यसलाई हराउन सक्षम भएको छ ।
केरलाको यो सफलता द्धिपक्षीय राजनीतिक विभाजनको विरासत कांग्रेस, कम्युनिष्टका सरकार र त्यसका पूर्ववर्ती शाही शासनसंग जोडिएको छ । यद्यपि म त्यहाँको प्रदेश सरकारको विपक्षी हुँ तर उनीहरुका राम्रा काम स्वीकार गर्न मलाई कुनै आपत्ति छैन ।
केरला सफलताको रहस्यः शिक्षा र सामाजिक कल्याण
केरलामा त्यस्तो सफलता कसरी सम्भव भयो त ? विश्लेषकहरु भन्छन्, ‘ यो केरला मोडेल हो ।’ करिब २५ बर्ष अगाडि मैले आफ्नो किताब ‘इन्डिया फ्रम मिडनाइट टु द मिलेनियम’ यसलाई ‘मलायली चमत्कार’ भनेर लेखेको थिए ।
‘मलायली चमत्कार’ को अर्थ एउटा यस्तो राज्य हो जसलाई हामी ‘मानव विकास’ भन्दछौं का लागि राज्यको स्रोतसाधनको ठूलो हिस्सा सार्वजनिक शिक्षा, स्वास्थ्य, साक्षरता अभिवृद्धि र महिला सशक्तिकरणमा खर्च गर्नु हो । त्यहाँ भारतकै सबैभन्दा उच्च ९४% साक्षरता दर मात्र छैन, असमर्थ र सीमान्तकृतहरुका लागि ठूला कल्याणकारी लगानी हुने गर्दछ । केरलामा मान्छेहरु कहिल्यै भीख पनि माग्दैनन्, भोको पनि बस्दैनन् ।
भारत संसारकै एक उच्च जनसंख्या भएको र अमेरिकाको सत्र भागको एक माग मात्र प्रतिव्यक्ति आय भएको देश हुँदाहुँदै पनि केरलाका सामाजिक विकास सुचकांकहरुलाई विश्वकै सबैभन्दा विकसित देशका सुचकसँग तुलना गर्न सकिन्छ ।
कोराना भाइरससँग लड्न केरलाले के गर्यो ?
जब कोविड–१९ ले भारतलाई आक्रमण गर्यो, यसलाई सामना गर्न तयारी अवस्थामा बसेको एउटा मात्रै राज्य थियो- केरला । केरलाले सन् २०१८मा १७ जानको ज्यान लिने निपाह भाइरसलाई विना खोप र औधषी नियन्त्रण गर्न सक्षम भएको थियो । यो अनुभव यसपटक पनि काम लाग्यो । केरलाले ३० हज्जार बढी स्वास्थ्यकर्मी कोरोना भाइरस विरुद्धको लडाइँमा तैनाथ राखेको थियो ।
यिनीहरुले यथाशिघ्र कोरोना जाँच गरे । केरलामा अप्रिल १४ सम्म प्रतिहज्जारमा ४५० को जाँच गरिएको थियो जबकी यो तथ्यांक बंगालमा सिर्फ ३२ मात्र थियो । कुनै कोरोना प्रभावित व्यक्तिको सम्पर्कका आएका कोही व्यक्ति जाँचबाट छुटेका थिएनन् । पीडितहरु प्रति कुनै घृणा वा अनादर हैन, सबैलाई सहानुभूतिपूर्वक व्यवहार गरिएको थियो ।
संदिग्धहरुका लागि ३ हप्ताको क्वारेन्टाइन व्यवस्थापन गर्ने केरला पहिलो राज्य बन्यो । उसले आप्रवासी कामदारहरुको निगरानीमा राम्रो ध्यान दियो । राष्ट्रिय लकडाउनको घोषणा हुन्जेलसम्म केरलाले लाखौं अभर पर्नेहरुका लागि सेवा दिन सक्ने गरी भान्छाघर तयार गरिसकेको थियो ।
एउटा यस्तो राज्य जहाँ १० लाख बढी विदेशी पर्यटक आउँछन्, जसले आफ्नो कुल जनसंख्याको १७ % लाई बाहिर रोजगारीका लागि पढाउँछ तर सयौं विद्यार्थीहरु चीन लगायत विदेशका विश्वविद्यालयमा पढ्छन, यो राज्य चीनभन्दा कम जोखिममा थिएन ।
केरला मोडेलः वाम, दक्षिण र मध्य
अहिले धेरैले केरला राज्यको जयजयकार गरिरहेका छन् । वासिङगटन पोष्टले लेखेको छ- केरला मोडेलको अर्थ प्रारम्भिक अवस्थामै जाँच तीव्र पार्नु र सरकारको काममा सामाजिक अनुमोदन हासिल गर्नु हो । पोष्टले यो पनि लेख्यो, ‘केरला बाँकी देशका लागि एक नमुना राज्य बन्न पुगेको छ ।’ विज्ञहरुले केरलाको नीति कडा र मानवीय दुबै दृष्टिकोणबाट प्रशंसनीय भएको प्रतिक्रिया दिए ।
यद्यपी उप्त लेखबारे राज्यको कम्युनिष्ट सरकारलाई आवश्यकता भन्दा बढी जस दिन जोखिएको भन्ने विवाद नआएको हैन । तर भारतका लागि विश्वस्वास्थ्य संगठनका आवासीय प्रतिनिधि हेन्क बेकेडमले केरालाको प्रयासलाई समुचित मान्दै प्रतिक्रिया दिएका छन । उनको भनाईमा, ‘केरलाको शिघ्र कार्य गर्ने अनुभव, स्वास्थ्यमा लगानी र सधै तयारीमा रहने प्रवृति’ उल्लेखनीय हुन ।
यहाँ द्धिपक्षीय समानतामा आधारित राजनीतिक विरासत छ । कांग्रेस हुन वा कम्युनिष्ट वा त्यस अघिका शाही शासकहरु नै किन नहुन, यहाँ सार्वजनिक स्वास्थ्य सेवाका लागि ठूलो रकम खर्च गर्ने प्रचलन थियो । केरलमा सन् १९६१ मा १३ हज्जार सरकारी अस्पताल वार्डहरु थिए, सन् १९८५ मा ३६ हज्जार पुर्याइएको थियो । केरलामा थुप्रै त्यस्ता शिक्षण अस्पताल छन जहाँ गरीबहरुका लागि स्वास्थ्य सेवामा सरकारी अनुदान उपलब्ध हुन्छ ।
केरलाको सार्वजनिक स्वास्थ्य सेवा प्रणाली विना तर्क भारतको एक उत्कृष्ट प्रणाली हो । नवजात शिशुको मृत्युदर, मातृशिशु खोप तथा औसत आयुमा यसका सुचाङ्कहरु विश्वको कुनै देशको तुलनामा पनि कमजोर छैनन् । केरलाका कयौं दक्ष र अनुभवी चिकित्सक तथा नर्सहरु विश्वका उच्चस्तरका अस्पताल र मेडिकल शिक्षण संस्थाहरुमा छरिएका छन ।
केरलाका प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई जिल्ला अस्पतालहरुको ठूलो सहयोग र निगरानी हुन्छ । उनीहरुले दिनुपर्ने सेवा सुविधाहरु केवल कागजमा देखाउनका लागि मात्र हुँदैनन् । त्यहाँ पर्याप्त संख्यामा डाक्टर, नर्स र अन्य स्वास्थ्यसेवाकर्मीहरु कार्यरत हुन्छन् । स्वास्थ्य सेवा सामग्रीको नियमित आपूर्ति हुन्छ, जो भारतका बाँकी राज्य र ठाउँमा हुँदैन ।
केरलाले विश्व स्वास्थ्य संगठनको मापदण्ड पछ्यायो
विश्व स्वास्थ्य संगठनले कोविड–१९ सँग लड्ने मन्त्र यही बताएको थियो- टेष्ट, ट्रेस, आइसोलेट एण्ड ट्रिट । अर्थात् जाँच, पहिचान, पृथकीकरण र उपचार । केरलाले यसलाई अनुकरणीय क्षमताका साथ अनुशरण गर्यो । जिल्लास्तरीय अनुगमन, पीडितलाई परामर्श, सार्वजनिक सूचनामा तदारुकता र सामाजिक सहभागिता यहाँ लागू भएका थिए ।
लकडाउन प्रारम्भ हुनु भन्दा अघिल्लो दिनसम्म पनि अन्य भारतीय हवाई अड्डाहरु बेमतलझै थिए तर केरलामा हरेक यात्रुलाई स्क्रिनिङ गरिएको थियो । सबै यात्रुको सुचना र सम्पर्क राखिएको थियो । होम क्वारेन्टाइनमा रहनु पर्नेलाई सुझाब दिइएको थियो र उनीहरुसंग नियमित सम्पर्क र सहयोग गरिएको थियो । यी कामहरु भारतको केन्द्र सरकारले भन्दा २ हप्ता अगाडि देखि नै गरिएका थिए ।
घर नभएकाहरुलाई अस्थायी क्वारेन्टाइन आवश्यक पर्थ्यो, त्यसको द्रुत तयारी गरिएको थियो । केरलामा भएका आप्रवासी कामदारहरु आवास, खाना र सुरक्षाको प्रत्याभूतिप्रति आश्वस्त भइसकेका थिए जबकी देशको अरु भागमा त्यही कुरा निक्कै ठूलो समस्य बन्यो । अन्यत्र कामदारहरु जुनकुनै मूल्यमा घर फर्किन खोजिरहेका थिए ।
व्यक्ति केन्द्रित राजनीति थिएन
मुख्यमन्त्री पिनारायी बिजेयन र स्वास्थ्यमन्त्री शैलजासँग राज्यको उत्तरदायित्व थियो तर विपक्षी नेता रमेश चेनिथाला पनि उत्तिकै देखिने गरी भूमिकामा थिए । मुख्यमन्त्रीकोे दैनिक मिडिया ब्रिफिङ र चुस्त प्रशासनिक निर्णय तथा परिचालनले राज्यप्रतिको जनविश्वास बढाएको थियो । केरला सरकारले तत्काल २० हज्जार करोडको आर्थिक राहत घोषणा गरेको थियो जबकी राष्ट्रिय सरकार त्यस्ता कमदबारे भर्खरै सोच्दै थियो ।
केरला र्यापिड टेष्ट लागू गर्ने पहिलो राज्य बन्यो । मैले संघीय सासद कोषको रकम केन्द्रले कट्टा गर्नु भन्दा अगाडि नै आफ्नो निर्वाचन क्षेत्र थिरुभरनाथपुरममा त्यस्ता किट्स पठाउन सकेको थिए ।
यद्यपि म प्रदेश सरकारको राजनीतिक विपक्षी हुँ तर घातक महामारीको यो बेला म उनीहरुले मेरो प्रदेश र त्यहाँका जनताका लागि गरेका कामबाट खुशी छु । म प्रदेश सरकारको कामको प्रसंशा र अनुमोदन गर्न चाहन्छु । मलाई आशा छ कि महामारी विरुद्धको लडाइँमा व्यक्तिकेन्द्रित राजनीतिक जसको प्रयास हुने छैन । कोरोना भाइरस विरुद्धको लडाइँ र जितका लागि सबै केरलाबासीले जस पाउने छन् ।
(थरुर चर्चित लेखक, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव, पूर्व मन्त्री, भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा भारतीय लोकसभाका सदस्य हुन् । यो लेख द क्वीन्टबाट अनुवाद गरिएको हो ।)
The post कोरोना विरुद्धको लडाईंमा केरला मोडेल appeared first on Sajha Post.