Quantcast
Viewing all articles
Browse latest Browse all 942

नयाँ शक्ति, वैकल्पिक राजनीति र आर्थिक विकास

दक्षिण एसियाको एउटा सानो देश भुटानको आर्थिक बृद्धिदर वार्षिक १८ प्रतिशत हुँदा नेपालको भने ०.७ प्रतिशत छ । पूर्वी एसियाको एक सानो देश दक्षिण कोरियाको प्रति व्यक्ति वार्षिक आय २८ हजार ५ सय २५ डलर हुँदा नेपालको भने ८ सय ३७ डलर छ । विश्वको कुनै एक मानिसले यो सुचकांक हेर्‍यो भने नेपालीहरुले के खाएर बाँचेका होलान ? भने प्रश्न गर्छ । उसका लागि अनुसन्धानको विषय बन्छ । उसको कल्पनामा आउन सक्छ की नेपालीहरु सबै भोकै र नाँगै छन् । आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आयको सुचकांकले नेपालको बारेमा यही बिम्ब बन्छ । यो यथार्थ हो । गरिबी र बेरोजगारीले थिलोथिलो भएका अभावग्रस्त नेपालीहरुको शीर ठाडो हुन सक्दैन । पेट भोको राखेर राष्ट्रियताको भजन गाउन अत्यन्तै कठिन हुन्छ ।

Image may be NSFW.
Clik here to view.
परिवर्तन भट्टराई कृति
परिवर्तन भट्टराई कृति

अभावग्रस्त मान्छेको जीवनशैली कस्तो हुँदो हो भनेर भनेर हेर्न चाहनेहरुका लागि नेपाल गन्तव्य मुलुक बन्ने स्थिति छ । त्यसैले हुनु पर्छ टुरिष्टहरुले अत्यन्त अभावमा छटपटाई रहेको दिनहिन मान्छेलाई उसको क्यामरामा कैद गरिहाल्छ । उसका लागि त्यो आश्चार्यको विषय बन्छ । एक नेपालीको भागमा राज्यले लगभग २२ हजार ऋण थोपरिदिएको छ । पेट भोको राखेर ऋणको भारी बोकेर हिँडेका हामी नेपालीलाई अन्यले हेय र अपमानको दृष्टिले हेर्नु नैलो कुरा होइन । यो हाम्रो नियति हो । हामीले अब यसबाट मुक्ति पाउने कि नपाउने ? यसको उपायको खोजी गर्ने कि नगर्ने ? शासक प्रशासकहरुलाई गाली मात्रै गर्ने कि वैकल्पिक शासक प्रशासकको खोजी गर्ने ? यस्ता प्रश्नहरु सचेत नेपालीहरुको दिमागमा उठ्नु पर्छ ।
नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास र समृद्धिका लागि नयाँ शक्ति निर्माण अभियान सञ्चालन गर्नु भएको छ । अबको निकास आर्थिक बिकास र समृद्धि हाम्रै पालामा भन्ने नारा बोकेर नयाँ शक्ति निर्माण अभियान सञ्चालन भई रहेको छ । विकास र समृद्धिको नारा लिएर आएको नयाँ शक्तिलाई तपाईँ हामीले एक पटक गम्भीर भएर चिन्तन गर्नु आवश्यक छ । विगतमा आन्दोलनमुखी राजनीति भए । व्यवस्था परिवर्तनका लागि संघर्ष भए । हजारौँ नेपालीहरुले ज्यान फ्याँके । लखन थापा, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्रीहुँदै आजसम्म हजारौँले शासन व्यवस्था परिवर्तनका लागि बलिदान गरिसकेका छन् । बलिदानको समुच्च उपलब्धी भनेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी प्रमुख बनेका छन् । यि उपलब्धीहरुमा हामीले गर्व गर्नु पर्छ ।
व्यवस्था परिवर्तनका लागि भएका संघर्ष जस्तै आथिक विकास र समृद्धिका लागि अर्को भिन्न प्रकारको मिहिनेतकस संघर्ष गर्नु आजको आवश्यकता हो । जनताको जीवनमा आमुल रुपान्तरण गर्न अर्को कठोर संघर्ष जरुरी छ । त्यसका लागि भिन्न प्रकारको क्षमता, योग्यता, दक्षता र कौशलताको आवश्यकता पर्छ । व्यवस्था परिवर्तनमा जस्तो जेल जाने, नारा लगाउने, भाषण गर्ने, अनसन बस्ने, भूमिगत हुने, भण्डाफोर अभियान चलाउने जस्ता क्षमता र कौशलता विकास र समृद्धिका लागि योग्य हुँदैनन् । आन्दोलनमुखी पुराना पार्टीका नेताहरुसँग उपर्युक्त क्षमता र कौशलता छन् तर विकास र समृद्धिका लागि आवश्यक पर्ने ज्ञान विज्ञानको अभाव छ । हिँउसँग नखेलेका मान्छेले सगरमाथा चढ्न खोज्नु मुर्खता हो । यहाँ त्यसै गर्न खोजिँदैछ । यो हाम्रो बिडम्बना हो ।
आन्दोलनमुखी नेतामा एकाएक विकासमुखी क्षमता आउँदैन । यो सम्भव पनि छैन । त्यस कारण अबको राजनीतिक नेतृत्व आर्थिक विकास र समृद्धिको लागि योग्य र सक्षम हुनु पर्छ । त्यसो भएमा छोटो समयमा अर्थात हाम्रै पालामा नेपाल सम्पन्न भएको देख्न पाउने छौँ । वर्तमान प्रधानमन्त्री आन्दोलनमुखी नेता हुन । उनी विकासमुखी नेता होइनन् । आर्थिक विकासको नेतृत्व लिन्छु भन्नु चाहीँ उनको मुर्ख्याइँ मात्रै हो ।

आर्थिक विकास गर्ने कुरा भाषण र तुक्का हाले जस्तो हुँदैन । त्यसका लागि विकास र निर्माणको गहिरो ज्ञान हुनु पर्छ । त्यस प्रकारको ज्ञान सीमित मान्छेसँग मात्रै हुन्छ । दक्षिण कोरिया, मलेसिया र सिंगापुरबाट पाठ सिक्नु पर्छ । अबको एकमात्र ऐजेण्डा आर्थिक क्रान्तिको हुनु पर्छ । आर्थिक क्रान्तिको लागि योग्य नेतृत्व खोज्ने र चयन गर्ने काम भनेको नेपाली जनताको हो । जुन जोगी आएपनि कानै चिरेको भनेर आक्रोसित हुने र निराश हुने हो भने समाधान निस्कँदैन । डा. बाबुराम भट्टराईले नेतृत्व गर्नु भएको नयाँ शक्तिलाई एकपटक ध्यान दिने की ? नयाँ शक्ति आर्थिक विकास र समृद्धिका लागि विकल्प पो हो कि ? आँखा चिम्लेर विरोध गर्ने प्रबृत्ति बेठिक हो । राजनीतिक नेतृत्व वस्तु आयात गरे जस्तो विदेशबाट ल्याउने विषय होइन । नेपाली राजनीतिक वृत्तबाट तुलानात्मक रुपमा योग्य पार्टी र नेतृत्व खोज्ने हो । कांग्रेस, एमाले र एमाओवादीको भनाई र गराईमा अन्तर हुँदा जनताले विश्वास नगरेका हुन । यो यथार्थ हो । तर विकल्प खोज्ने काम त निरन्तर हुनु पर्छ ।
नयाँ शक्तिलाई एक पटक टेष्ट गर्न नेपाली जनता तयार हुनु पर्छ भन्ने मेरो आग्रह र अनुरोध छ । विशेषतः नयाँ शक्ति र डा. बाबुराम भट्टराईलाई आर्थिक विकास र समृद्धिका लागि राज्य सञ्चालन गर्ने अबसर चाहिएको छ । यो अबसर जनताले मात्रै दिन सक्ने भएकाले नयाँ शक्तिप्रति जनताको ध्यानाकर्षण आवश्यक छ । जेष्ठ ३० गते जनतालाई ध्यानाकर्षण गराउन नयाँ शक्तिले राष्ट्रिय भेला मार्फत पार्टी घोषणा गर्दैछ । यो पार्टी घोषणा मात्रै नभएर आम जनतासँगको साक्षात्कार पनि हो । उक्त साक्षात्कार पश्चात जनजन र घरघरमा यसको औचित्य र आवश्यकताको बारेमा छलफल र बहस हुनु पर्छ । पक्कै पनि अबको निकास आर्थिक विकासले सार्थकता पाउनेछ । हाम्रै पालमा नेपाल समृद्ध बन्नेछ । सबै नेपालीको शीर विश्व सामु ठाडो हुनेछ ।

The post नयाँ शक्ति, वैकल्पिक राजनीति र आर्थिक विकास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles