Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

गृहमन्त्रीज्यूलाई कसैले देखाइदियोस् यो तस्बिर !

$
0
0

यो तस्बिर पछिल्ला दिनहरुमा सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । आ–आफ्नै टिकाटिप्पणी, हसी–मजाक अनि कतिपय ठाउँमा प्रहसनको विषय बनेको छ यो तस्बिर । हेर्दा सुरक्षा चेकजाँचको क्रममा सवारी चालकलाई मापसे (मादक पदार्थ सेवन) चेक गरेजस्तो बुझिन्छ । २१औं शताब्दीको यो आधुनिक युगमा यस्तो असभ्य, मध्ययुगतीन र अवैज्ञानिक शैली अपनाइरहेको देख्दा व्यक्तिगतरुपमा हिनताबोध भएको आभास हुन्छ ।

तस्बिर : फेसबुकबाट
तस्बिर : फेसबुकबाट

सानो छँदादेखि सुरक्षाकर्मीप्रतिको मेरा बुझाईको बिम्ब निकै विशिष्ट छ । उनीहरुसँग हुने कला, सीप, कौशलता, प्रविधि अनि विधिले निर्देशित गरेको कार्यशैली जहिले पनि समाजको लागि प्रेरणा बनिरह्यो र रहन्छ पनि ।

‘मेरो बुवा प्रहरी हो, उहाँको काम भनेको मान्छेहरुको मुख सुँघ्ने हो ।’ एउटा अवोध बाल मष्तिष्कले यो दृश्य देखेपछि उसमा उत्पन्न हुनसक्ने स्वभाविक मनोभाव हुनसक्छ यो । यो तस्बिरको सापेक्षमा कुरा गर्नुपर्दा, समाजमा स्वभाविक हिसाबले धेरै थरी मानिसहरु हुन्छन्, सामान्य श्वासप्रश्वासबाट सर्ने मात्रै पनि कयौं रोगहरु हुन्छन्, कसैलाई रुघाखोकी लागेको हुन्छ । कसैलाई दम, कसैलाई भाइरल, कसैलाई निमोनियादेखि क्षयरोग जस्ता घातक संक्रमण समेत लागेको हुनसकछ । यस्तो अवस्थामा मान्छेको मुखैनेर मुख लगेर उसको श्वासको गन्ध सुँघेर परीक्षण गर्ने विधि सुन्दैमा पनि आङ जिरिङ्ग भएर आउँछ ।

सुमन गिरी
सुमन गिरी

मापसे नगरेकै भएपनि कसैको मुख निकै दुर्गन्धित हुन्छ, कफ मुखमै जमिरहेको हुन्छ, कसैको चाहिँ बोलचाल गर्दा पनि मुखबाट थुक निस्कने समस्या हुन्छ । अनि परिकल्पना गरौं त यस्तो अवस्थामा प्रहरी र आम जनताको स्वास्थ्य संवेदनशीलता ।

विज्ञान र प्रविधि धेरै फड्को मारिसक्यो, परीक्षणका नयाँ–नयाँ विधि र सामग्री आइसक्दा पनि हामी उस्तै असभ्य शैली किन अपनाइरहेका छौं ? कुरा स्वास्थ्यको मात्र होइन, सुरक्षाकर्मी र जनता दुवैको व्यक्तिगत स्वतन्त्रताको पनि हो । मुखसँग मुख नजिक लगेर ज्यानै अन्तररंग हुने गरी चेक जाँच गर्ने गराउने गर्दा त्यसले धेरैजसो ठाउँमा असहज अनुभूति समेत हुन्छ अर्कोतर्फ लैंगिक संवेदनशीलताको हिसाबले त झन यो घोर आपत्तिजनक छ ।

सुरक्षा जाँचको समग्र शैली, त्यसबखत सुरक्षाकर्मीको व्यवहार अनि भूमिकाको विषयमा छुट्टै बहस र छलफल हुनसक्छ । त्यतातिर कुनैदिन चर्चा गरौंला तर अहिलेलाई यो तस्बिर आफैंमा निरिह प्रहरी, निशब्द जनता र हाम्रो मध्ययुगीन कार्यशैलीको नमिठो उदाहरण हो । हेर्दा सामान्य लाग्ने तस्बिरमा हतपत कसैको आँखा नलाग्ला तर कमसेकम आदरणीय गृहमन्त्रीज्यू समक्ष यो तस्बिर भावसहित कसैले सम्प्रेषण गरिदिए हुन्थ्यो ।

The post गृहमन्त्रीज्यूलाई कसैले देखाइदियोस् यो तस्बिर ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles