Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

मैले तराई–मधेसमा जे देखेँ

$
0
0

नयाँ शक्ति पार्टी, नेपालले तराई मधेसमा सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय अभियान’ले भावनात्मक एकातालाई मजबुत बनाएको छ । पार्टीले सञ्चालन गरेको उक्त अभियानमा म पनि प्रत्यक्ष रुपमा सहभागी हुने अवसर पाएँ । सिराहाको लाहन, महोत्तरीको बर्दिबास र रौतहतटको चपुरमा भएको विशाल कार्यक्रमको प्रत्यक्षदर्शी भएकाले तराई–मधेसको बारेमा बुझ्न मलाई मद्दत गर्‍यो । तराई–मधेस आज राष्ट्रिय राजनीतिमा विवाद अर्थात चर्चाको विषय भएको छ । यस क्षेत्रको राजनीतिलाई लिएर विभिन्न प्रकारका टिका–टीप्पणी भइरहेका छन् । तराई–मधेसको समस्या के हो ? यसको समाधानको विषय के हो ? भन्ने सम्बन्धमा वस्तुगत जानकारी लिनु आजको अहम् महत्वको विषय भएको छ ।

परिवर्तन भट्टराई कृति

तराई–मधेसमा दुई अतिवादका कारणले आज समस्या पैदा भएको छ । एउटा अतिवाद भनेको क्षेत्रीय राजनीतिक मानसिकता हो । आफूलाई मधेस केन्द्रित भन्ने दलहरुले सहमतिका लागि बहुआयामिक पहल गर्न सकेनन् । मधेसको समस्याको एकमात्र कारण नश्लीय राजनीति मात्रै भनिरहे । विगतका कमजोरीलाई केलाउने मात्रै काम गरे । अहिलेका राजनीनिक दलहरुलाई सहमतिमा ल्याएर त्यस क्षेत्रको समस्या समाधान गर्नमा महत्वपूर्ण भूमिका खेल्न सकेनन् । राष्ट्रिय प्रमुख पार्टीहरुलाई मधेसको समस्यको बारेमा कन्भिन्स गर्न नसक्नु मधेस केन्द्रित दलहरुको कमजोरी देखियो । संविधान संशोधन गर्न मधेस केन्द्रित दलहरुको एक्लो प्रयास अपर्याप्त छ । उनिहरुको जनमत मधेसमा मात्रै छ । उच्च तहको सहमति खोज्न सक्नु पर्छ ।

अर्को समस्या भनेको एमाले अतिवाद नै देखियो । एमालेले आफूलाई मधेसको मुद्दामा संवेदनशील बनाउन सकेन । उसका नेता विशेषतः अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी तराई–मधेसप्रति आक्रमक भए । एमाले पार्टी नै संस्थागत रुपमा मधेसलाई बुझ्ने तहमा देखिएन । उक्त पार्टीले चलाएको मेची–महाकाली अभियानले झनै समस्या पैदा गर्‍यो । मधेस केन्द्रित दलहरुको क्षेत्रीय मानसिकतासँग एमालेले पौठेजोरी खेल्यो । मेधेस केन्द्रित दलहरुको मागलाई जस्ताको तस्तै पुरा गर्नु पर्छ भन्ने छैन । उनिहरुले राखेका माग सबै जायज छैनन् । त्यसो भन्दैमा एमाले तर्किन मिल्दैन । क्षेत्रीय मानसिकता भएकालाई कन्भिन्स गर्नु धेरै कठिन छ । तर, सहमतिमा ल्याउनुको कुनै विकल्प छैन ।

एमालेले सहमतिमा ल्याउन सक्ने हाइट लिनै सकेन । उ पनि क्षेत्रीय पार्टी जस्तै एकपाखे भयो । एमाले आजको राजनीतिमा प्रभावशाली पार्टी नै हो । किनकि उ संसदमा प्रमुख प्रतिपक्षी दल हो । उ देशकै दोस्रो ठूलो दल हो । मधेसी क्षेत्रीय पार्टीहरुलाई सहमतिमा ल्याउने क्षमता एमालेले राख्नै सकेन । यो वस्तुगत यथार्थलाई नयाँ शक्ति पार्टी, नेपालले राम्ररी बझेको देखियो । मेधस केन्द्रित क्षेत्रीय अतिवाद र एमाले एकलकाँटे अतिवादलाई निरुत्साहित गर्न यस पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय अभियन’ सञ्चालन गर्‍यो । यो अभियानले त्यस क्षेत्रका जनतामा राहतको अनुभूति दियो । दुई अतिवादले थिलो–थिलो भएको अवस्थामा यस अभियानले मलमपट्टी गर्‍यो ।

तराई–मधेसको भ्रमणका क्रममा मैले देखेको चित्रलाई आधार मान्ने हो भने अबका दिनमा क्षेत्रीय, जातीय र धार्मिक राजनीतिलाई पूर्णतः निरुत्साहित बनाउनु पर्छ । यी सबै राजनीतिले नेपाली राजनीतिलाई अनन्तकालसम्म दुःख दिनेछन् । आज तराई–मधेसमा क्षेत्रीय राजनीतिले दुःख दिएको छ । भोलि जातीय र धार्मिक राजनीतिले अझ खतरनाक ढंगले दुःख दिनेछ । नेपालमा अतिवादी चलखेल भइरहेका छन् । राष्ट्रिय राजनीति गर्न सक्ने सच्चा दलको खाँचो भएको छ । नेपाल भनेको हिमाल, पहाड, तराई–मधेसका आम जनताको समुच्च भावनात्मक एकीकरण हो । यसलाई मान्ने सक्ने पार्टीहरु मात्रै हुन जरुरी छ । हिमालले मधेस नदेख्ने, मधेसले पहाड नचिन्ने राजनीतिलाई सदाका लागि तोड्नु पर्छ ।

नयाँ शक्ति पार्टी, नेपालले चलाएको यस प्रकारको अभियान अन्य दलहरुले पनि चलाउनु पर्छ । जनताको तहमा भावनात्मक एकीकरण गर्न सक्नु पर्छ । मलाई लाग्छ तराई–मधेसका जनता क्षेत्रीय राजनीतिको पक्षमा छैनन् । जर्बजस्ती उनिहरुमा क्षेत्रीय राजनीतिको भार बोकाइएको छ । यसले त्यस क्षेत्रका जनातको कल्याण गर्दैन । राष्ट्रिय पार्टीको विकल्प क्षेत्रीय पार्टी हुनै सक्दैन । त्यसैले नयाँ शक्ति पार्टी, नेपालले हिमाल, पहाड र तराई–मधेसका जनतालाई विगतको इतिहासबाट पाठ सिकेर अगाडि बढौँ भनेको छ । नेपाल राज्यको इतिहास करिब ४ हजार वर्षको छ । यो देशको विकास, समृद्धि र संस्कृति निमाणका लागि त्यस क्षेत्रका जनताको अतुलनीय योगदान रहेको पाइन्छ ।

तराई–मधेस क्षेत्रलाई छुट्याउने तत्वको घुसपैठ देखिन्छ । यो घुसपैठको प्रमख कारक तत्व भनेको एमाले र मधेस केन्द्रित दलहरु हुन । उनीहरुको सहमति खोज्न नसक्ने राजनीति नै प्रमुख कारण हो । वर्तमान संविधान सहमतिको दस्तावेज हो भन्ने तर आफ्ना कुरा संविधानमा सबै खोज्ने प्रवृत्ति ठिक छैन । मेधस केन्द्रित दलहरु राष्ट्रिय चरित्रको हुन अनिवार्य छ । एमाले मधेसमैत्री हुनुपर्छ । नयाँ शक्ति पार्टीले सञ्चालन गरेको अभियानले पक्कै पनि जनतामा आशाको सञ्चार गरेको छ । अतिवादीहरुलाई पाठ बनेको हुनुपर्छ । राष्ट्रिय हितमा संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउन नयाँ शक्ति पार्टीले दबाव दिएको छ । यसले जनतालाई खुसी बनाएको छ ।

The post मैले तराई–मधेसमा जे देखेँ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles