Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

एलेन मस्कको योजना र नयाँ शक्ति

$
0
0

स्पेस एक्स कम्पनीका प्रमुख एलेन मस्कले आफ्नो जीवनकालमा मंगल ग्रहमा मानव बस्ती बसाउने महत्वकांक्षी योजना सन् २०१६ मा सार्वजनिक गरेका छन् । यसका लागि सन् २०२४ सम्ममा एउटा विशाल यान करोडौँ कि.मि.पार गरि मंगलतर्फ जानेछ । सन् २०१८ मा मानिसलाई आवश्यक खाध्य तथा अन्य सामग्री लिएर मानवरहित एक कार्गो यान मंगल ग्रहतर्फ जाने छ । सुरुमा १०० जना मानिसले मंगलको यात्रा गर्ने छन् । २२.५ करोड कि.मि. दुरी तय गर्न रकेटमा ईन्धन सञ्चय गर्न र मंगलमा पनि आवश्यक परे ईन्धन डिपो खोल्ने योजना छ ।

rc-tiwariउपकरण र प्रविधि विकासको हजारौँ सिंडी पार गरिसक्यो संसारले, सुन्दा पनि अचम्म लाग्छ । तर हामी आफ्नो जीवनकालमा हाम्रो आफ्नो देशको समृद्धिको सपना देख्न अकमकाईरहेका छौँ । मस्कले आफ्नो जीवनकालमा मंगलमा मानव बस्तीको सपना देखेका छन् । यहाँ ठूूलो आत्मविश्वास र स्वउत्प्रेरणका कुरा छन् । संसार सम्पन्नताको कठिन सिंडी पार गर्दै समृद्धिको शिखरमा पुग्यो र आज पृथ्वी भन्दा पर सोच्न थाल्यो । हामी नेपाली विाचरा बनेका छौं । नभएर होईन, सबै चिज भएर अन्य देशका लागि हामी विचारा बनेका छौं ।

हाम्रो जीवनकालमा मंगलमा मानव बस्ती हाम्रा लागि सपना हुन सक्ला, तर यो राष्ट्रको समृद्धि वास्तविकता हुन सक्छ यदि हामीमा ईच्छा शक्ति भएमा । भनिन्छ, सानो कामले आदतको विकास गर्छ । (माइनर एक्सन मेक ह्याविट) नयाँ युगको प्रारम्भमा सबै मानिस सहजै अघि बढ्न सक्दैनन् । केही दूरद्रष्टाहरुले मात्र अगुवाई गर्दछन् । सानो भन्दा सानो काम कुराले परिवर्तन र विकासको बाटोतर्फ अघि बढ्न उत्प्रेरित गर्छन् । जस्तो नयाँ शक्ति पार्टीले अलमलमा परेका जनतालाई समृद्ध राष्ट्र निर्माणतर्फ उत्प्रेरित गरिरहेको छ । मस्कले जस्तै यसले आफ्नो जीवनकालमा नेपाल राष्ट्र समृद्धि बनाउने कार्य योजना बनाए जस्तो लाग्छ ।

अहिले देशका मुख्य राजनीतिक दल भनेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुन् । तपाई हामीमध्ये धेरैजसो यी दलका केन्द्रीय कार्यालयमा पुगेका छौँ । त्यहाँ प्रायजसो पार्टीभित्रका अन्तरविरोध र विपक्षी दलहरुको आलोचना तथा सत्ता र शक्तिको नै बहस हुने गरेको पाईन्छ । गाउँ, नगर, जिल्लाबाट आएका कार्यकर्ताहरु स्थानीय क्षेत्रमा भएका राजनितिक गतिविधिकाबारे चर्चा परिचर्चा गर्दछन् । गुट र उपगुटको छुट्टै भेटघाट पनि हुने गर्दछ । यी पार्टीभित्र पदीय जिम्मेवारी नभएको गुनासो आउँछ । पार्टीभित्र विधि र प्रकृया स्थापित हुन नसक्दा केन्द्रीय नेताहरुको वरिपरि रहने र एकले अर्काको नकारात्मक टिका-टिप्पणी गर्न अनि नेतालाई रिझाउन बाध्य छन् कार्यकर्ताहरु । तर, हालसालै बन्दै गरेका नयाँ राजनीतिक दलहरुमा विलकुल नयाँ बहस भएको पनि पाईयो । यो पंतिकार नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यलय बबरमहलमा आश्विन पहिलो साताका केहीदिन पुगेको थियो । त्यहाँ प्राङगारिक मल बनाउने तथा उन्नत तरिकाले बेमौसमी तरकारी उत्पादन गर्ने तरिकाबारे एक कृषि विज्ञले कार्यकर्तालाई प्रशिक्षण दिँदै थिए । म छक्क परेँ । भर्खरै निर्माण भएको पार्टी, उसले त ००७ सालदेखि निर्माण भई क्रियाशील रहेको पार्टीसंग टक्कर गर्दै कसरी आफू देशकै ठूलो पार्टी बन्ने भन्नेबारे कार्यकर्तालाई सिकाउनु पर्नेमा उल्टो मल, विउ उत्पादन गर्न र उद्यमशील बन्न पो सिकाइरहेको छ ? यो त अचम्म भयो नि ? म केहीबेर घोत्लिएँ, यो त जिल्ला कृषि कार्यलयहरुले सिकाउँछन् ।

उद्यमशील र स्वरोजगार बन्न स्कूल र कलेजले सिकाउँछ । राजनीतिक दलको कार्यालयमा यो किन ? निकै गम्भीर बनायो मलाई । अरु केहि दिन त्यो पार्टी कार्यालय म नियमित गएँ । एक जना नयाँ शक्ति पार्टीका जिल्लास्तरीय कार्यकर्तासंग भेट भयो । उहाँको केही सोधाई थियो नेतृत्वसंग, आगामी निर्वाचमा पार्टीले कसरी चुनाव जित्न सक्छ ? पुरान दलभन्दा फरक ढंगले राजनीतिक एजेण्डा कसरी उठाउने ? तर नेतृत्वबाट कसरी कृषिको व्यवसायीकरण र आधुनिकिकरण गर्ने ? सात वर्ष भित्र अल्प विकसित देशको सिमाबाट बहिर निस्कन के कसरी सडक, विजुली, पानी, शिक्षा, स्वस्थ्य, सञ्चार लगायतका पूर्वाधारको व्यापक विस्तार गर्ने ? भन्नेबारे लगातार व्याख्य आउँदै थियो । सुशासनका कुरा पनि उठे । प्राकृतिक साधन श्रोत कम भएका देश नर्वे, फिनल्याण्ड, स्विडेन आदि सुशासनकै कारण सम्पन्न बने । हाम्रो देशमा त अथाह प्राकृतिक साधन-श्रोत छ । बहस हुँदै गर्दा नेता र कार्यकर्ताबीच बुझाईमा अन्तरविरोध रहेको मैले अनुभूति गरेँ । त्यो के भने राजनीतिक अधिकारप्राप्तिको युग समप्तिसंगै आर्थिक समृद्धिको युगमा प्रवेश गर्दा संक्रमणकालीन समाज, वेथिति र अन्तरघुलित कार्य संस्कृति अनि मनोविज्ञान तथा संस्थागत प्रणालीको अभावले समाज,राजनितिक दल र राज्यका अंगहरुमा भ्रष्टाचार, अनियमितता देखा परेको र त्यसैको मनोविज्ञानमा कार्यकर्ता रुमलिएकाले गर्दा नेतृत्वको अभिव्यक्ति र उसप्रतिको विश्वास तथा दुरदृष्टिको अभाव कार्यकर्तामा रहेको मैले पाएँ । एकजना नेताले म संगको कुराकानीमा भने, यदी देशलाई समृद्धिको सिंडी चढाउने हो भने तिव्र उत्पादन र रोजगारीमा जोड, अनि न्यायपूर्ण वितरणमा ध्यान दिनै पर्छ । यसका लागि पार्टी कार्यालयमा डोको बुन्नदेखि ठूला-ठूला मिसिनरी सामान उत्पादन गर्ने प्रशिक्षाण पनि चलाउनु पर्छ ।

त्यसपछि म उक्त पार्टीको कार्यलयबाट बाहिर निस्किएँ र सोचें, एउटा सामन्य जागिरमामात्र बाँधिनभन्दा आफुसंग रहेको अतिरिक्त समय कुनै सानो व्यवसायमा खर्चिन ठिक हुन्छ भनि माछापालन व्यवसाय सुरु गरे । त्यसपछि अझ थाहा भयो यो देशको संस्थागत अराजकता र किसानको पीडा । राज्य कृषिमैत्री नभएपछि विचौलीयाहरुले उत्पादनको नाफाको धेरै हिँस्सा कसरी लिँदा रहेछन् । मलाई यस्तो लाग्छ कि अब नेपाली कंग्रेस, एमाले र माओवादी केन्द्रको प्रशिक्षणमा पनि माछा पालनबारे बहस होस् । उनीहरुको जिल्ला, प्रदेश र केन्द्रीय तहसम्मका नेतृत्व व्यवसायमा जोडिनुपर्छ । अनिमात्र उत्पादन र उद्यमशीलताजस्ता विषयले पार्टीमा प्रवेश पाउँछन् ।

नेपालका राजनीतिक दल, कार्यकर्ता र नेताहरुको आर्थिक आय श्रोत के हो ? उनीहरुको जीवनको आर्थिक पक्ष कसरी चलेको छ ? राजनीतिक नेताको पारदर्शी जीवनबाट जनताले सिक्ने मौका पाए भने देशको समृद्धि टाढा छ र ? यहाँ त जो अगुवा उही बाटो…! भनेजस्तो भयो । त्यसैले परिवर्तन चाहनु छ त आफैँबाट सुरु गरौं भने झै हरेकले आ-आफ्नो कार्यक्षेत्रमा इमानदारीका साथ कर्तव्य निर्वाह गर्ने हो भने समृद्धि आकाशको फल हुने छैन । कुनै न कुनै राजनीतिक दलसंग अधिकांश जनताको आवद्धता हुन्छ । राजनीतिक दलले आवद्ध व्यक्तिको कार्य संस्कृति परिवर्तनको समेत प्रशिक्षण दिन सक्नुपर्छ । सरदर मानिस विगत आदतको दास हुन्छन् । यसबाट मुक्ति नभएसम्म नयाँ बन्न सकिन्न । तुलनात्मक रुपमा नयाँ शक्ति पार्टी जहाँ जान खोज्दै छ त्यो सही र सराहनीय छ । भनिन्छ, लिडरसिप इज नट पोजिसन बट द एक्सन । त्यसैले नेतृत्वले व्यवहारत पुष्टि हुने गरि नमुना बन्न सक्नुपर्छ ।

अन्तमा, उदारवाद र राज्य समाजवाद भन्दामाथि उठेको, गरीबी बाँढ्ने होइन समृद्धि बाँढ्ने समाजवादको हवाई उडान गन्तव्यमा पुर्‍याउन क्रियाशील नयाँ शक्ति पार्टी हजारौँ एलन मस्कको घर बन्न सकोस् । परिवर्तन र समृद्धिको सपना बोकेका हामीजस्ता जनताको शुभकामना ।

The post एलेन मस्कको योजना र नयाँ शक्ति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles