Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

यी १० कारण जसले मानव अस्तित्व समाप्त हुन सक्छ

$
0
0

एजेन्सी, २० भदौ । मानव अस्तित्वको अन्त्य कसरी हुन्छ ? अन्त्य भयो भने के कारणले हुन्छ ? प्रायः धेरै मानिसलाई यी दुईले सताइरहेको हुन्छ । यसैसम्बन्धमा ५० जना नोबेल पुरस्कार विजेताबीच गरिएको एक अध्ययनले निम्न १० कारणले मानव अस्तित्व जोखिममा रहेको देखाएको छ ।

सर्भेमा संलग्न ४० प्रतिशत विद्धानले सस्तो लोकप्रियता र राजनीतिक ध्रुवीकरणले वैज्ञानिक विकासलाई अवरोध गरेको बताएका छन् ।

१. तीव्र जनसंख्या वृद्धि र  वातावरणीय  विनाश
सर्भैमा संलग्न ३४ प्रतिशत नोबेल पुरस्कार विजेताले तीव्र जनसंख्या वृद्धि वा जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक विपत्तिले मानव अस्तित्वको अन्त्य हुने बताएका छन् । उनीहरूले जलवायु परिवर्तन, तीव्र जनसंख्या वृद्धि र वृद्धि भइरहेको जनसंख्यालाई खाद्यान्न र पानी उपलब्ध गराउने कार्य निकै चुनौतिपूर्ण रहेको विचार राखेका हुन् ।

२. आणविक युद्ध
तेइस प्रतिशत विद्धानले आणविक युद्धले मानव अस्तित्वलाई खतरामा पार्ने बताएका छन् । विश्वभर देखिएको आणविक होडबाजीले कुनै पनि बेला विनाशकारी युद्ध निम्त्याउन सक्ने उनीहरूको भनाई छ । युद्ध पिपासु नेता र शाषकको हातमा आणविक हतियार रहेकोले आणविक युद्धले नै मानव जातिको अन्त्य हुन सक्ने संभावना रहेको उनीहरूले बताएका छन् ।

३. घातक र नयाँ रोग
केही विद्धानले घातक र नयाँ रोगका कारण मानव अस्तित्व जोखिममा रहेको बताएका छन् । ८ प्रतिशतले विद्यमान औषधिबाट निको पार्न नसकिने नयाँ रोग फैलिएमा मानवको विनाश हुने विचार राखेका छन् । यसअघि एन्टिबायोटिकले पनि निको नहुने रोगले मानव स्वास्थ्य, खाद्य सुरक्षा र विकासलाई खतरामा पारेको विश्व स्वास्थ्य संगठनले जनाएको थियो ।

४. स्वार्थ र बेइमानी
सर्भेमा सहभागी ८ प्रतिशत विद्धानले इन्टरनेट र यसको प्रभावले मावनतावादी दृष्टिकोण हराउँदै गएको बताएका छन् । यसले गर्दा व्यक्ति तथा समाजलाई नै जोखिम पार्न सक्ने उनीहरूको बुझाइ छ ।

५. विवेकहीन नेता
छ प्रतिशत नोबेल पुरस्कार विजेताले विवेकहीन र अज्ञानी नेताका कारण मानिसको विनाश हुने बताएका छन् ।

६. अतिवाद र आतंकवाद
अतिवाद तथा आतंकवादले मानिसको अस्तित्वलाई समस्या पारेको विचार राख्ने विद्धानको संख्या पनि ६ प्रतिशत नै रहेको छ । धार्मिक अतिवादी र आतंकवादीको हातमा आम विनाशकारी हतियार पुगेमा यसले मावन जीवनलाई संकटमा पार्ने उनीहरूको विचार छ ।

७. अज्ञानता तथा सत्यको तोडमोड
अज्ञानता तथा सत्यको तोडमोडले पनि मानव जाति संकटमा पर्न सक्ने विचार ६ प्रतिशत विद्धानले राखेका छन् । विज्ञानलाई शंका गर्ने वा वैज्ञानिक खोजबाट प्राप्त नतिजालाई हावादारी भन्ने र विज्ञानले कुनै पनि विपत्तिलाई रोक्न सक्दैन भन्ने धारणाले पनि मानिस संकटमा पर्ने उनीहरूको भनाइ छ ।

८. आर्टिफिसियल इन्टेलिजेन्स (वा कृतिम मानव)
मानिसको वौद्धिक क्षमतालाई समेत चुनौति दिने एआई वा कृतिम मानवको विकासले अन्तिममा मानव अस्तित्व नै खतरामा पार्न सक्ने चिन्ता ४ प्रतिशत विजेताले व्यक्त गरेका छन् ।

९. असमानता
विश्वमा बढिरहेको असमानताले पनि मानव अस्तित्व जोखिममा पर्न सक्ने केही विद्धानले बताएका छन् । यस्तो विचार राख्नेको संख्या ४ प्रतिशत रहेको छ । असमानताकै कारण सस्तो लोकप्रियता र राजनीतिक ध्रवीकरण बढिरहेको उनीहरूको बुझाइ छ ।

१०. लागू औषध
लागू औषध सेवनले मानव समाजलाई संकटमा पार्ने विचार २ प्रतिशत विद्धानले व्यक्त गरेका छन् ।

 

The post यी १० कारण जसले मानव अस्तित्व समाप्त हुन सक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles