Quantcast
Viewing all articles
Browse latest Browse all 942

त्यान्द्रो

लमजुङ जिल्लाको प्रचलित ठाडो भाकामा बुद्धिमान गुरुङ्गले गाएको एउटा गीत स्मरण गर्न मन लाग्यो ।
मुरिको थैलो कांधै मारे सोइलो
सक्दैन किगांउजाना ।
बाआमाले घर छोडेर कता लग्यो मलाई
मनको कुरा मनमै रह्यो के भनुँ र कल्लाई ।
तैपनि कराउ छ कुर्लेर बन्चरो,
तिम्रो जस्तो धारिलो कहाँ छ र मन मेरो ।
जाम नदी तर छ, तिम्रो हाम्रो मन चोखो संधै हुनुपर्छ,
कसले के पो गर्छ, राखिदिनु सम्झना ।

नयाँ शक्ति नेपाल पार्टीलाई चुनाव चिन्ह जस्तो सामान्य विषयमा अल्झाएर डा.भट्टराईको समृद्धिको महान यात्रा र योजना विषयान्तर गर्न प्रचण्डले गीतमा भनेझैँ सक्दैनौ कि गाउजाना भन्ने र डा. भट्टराईले राखिदिउँला सम्झना भने जस्तो देखिन्छ ।

चराविद्हरुका अनुसार सबैभन्दा लामो उडान भर्ने चरा कर्‍याङकुरुङ हो । जसले यात्रा सुरु हुनु पूर्व विशेषत मौसमको बारे पर्याप्त छलफल गर्दछन् रे, दशौं हजार चराहरु यात्राका क्रममा आईपर्ने सम्पूर्ण प्रतिकुलतालाई छिचोल्दै हजारौं माइलको दुरी तय गर्दछन् । डा. भट्टराईको राजनीतिक यात्राकम दुरी र कम जोखिमको नहुन सक्छ । यात्रामा लामवद्ध सिपाइहरु बीचैमा थाक्न सक्छन् । जति रहन्छन् तिनीहरु गन्तव्यका लागि निरन्तर क्रियाशिल हुनेछन् । मुलुक एक युगबाट अर्को युगमा प्रवेश गरेको ऐतिहासिक संश्लेषण गर्दै गर्दा नयाँ युगलाई गतिमान बनाउने सारथीमा विगतका जञ्जीर र सिक्री तोडेको आत्मबल हुनैपर्छ । जसको कारण निरन्तर अविचलित भई अघि बढ्न सकोस् । चुनाव चिन्हमा अलमल्याएर नयाँ शक्तिको यात्रा रोकिनेवाला छैन र रोकिनु पनि हुँदैन । फरक यति हो, कमजोर वैचारीक राजनीतिक बुझाई भएका मानिसहरु धमिलिएको परिस्थितिमा केही समय दिग्भ्रमित हुन सक्छन् ।

Image may be NSFW.
Clik here to view.
लेखक : आरसी तिवारी

जंगलमा हराएको सिंहको बच्चा भेडाको बथानमा पुगेर लामो समयसम्म भेडाको संगतपश्चात घांँस खान सिक्छ । जब ईनारमा हेरेपछि आफू सिंंह भएको अनुभूति गर्छ । त्यसपछि तिनै भेडाको शिकार गर्न सुरु गर्छ । शिकार गर्नु सिंहको प्राकृतिक गुण हो । अन्तत: त्यो गुण देखा पर्दछ । समाजलाई पनि केही समय दिग्भ्रमित गर्ने काम हुनसक्छ तर अन्तत: समाज सत्यको बाटो हिड्छ । नयाँ शक्ति पार्टी आगामी स्थानीय चुनाव जित्नकै लागि हो वा नेपाली समाजको आगामी दुई दशकसम्मको अन्तरविरोध हल गर्न बनेको हो ? के एउटा चुनाव जित्दैमा सँधै सत्ता कायम हुने र हार्दैमा सँधैका लागि सत्ता गुम्ने हुन्छ ? त्यसो हो भने राणा शासन, पन्चायत, राजतन्त्र कसरी हरायो त ? त्यसैले चुनाव चिन्हको सवाल अत्यन्तै अल्पकालीन र सामान्य प्राविधिक विषय हो ।

केही पार्टीहरुले चुनाव चिन्हको विषयलाई तिलको पहाड बनाइरहेका छन् । विशेष गरि माओवादी केन्द्रले किन यो गरिरहेको छ ? नयाँ शक्तिका अभियन्ताहरु त अरु पार्टीले समृद्धिको एजेण्डा बोकेर सत्ता प्राप्त गर्छ र देश अघि बढाउँछन भने भोग्न तयार नै छन् ।

फरक यति हो, यसो गर्ने उनीहरुसँग क्षमता र हैसियत छन् । हिजोको विरासत भुलेर मनोवैज्ञानिक रुपमा जञ्जीरहरु तोडेर बनेका नयाँ शक्तिका अभियन्ताहरुलाई उनीहरुको यात्रामा चुनाव चिन्हको विषय परालको त्यान्द्रोले अल्झाए सरह हो ।

जनताहरु जुलुस, बन्द, सभा आदिबाट आजित भएको बेला नयाँ शक्तिलाई यसतर्फ धकलिएको छ । जनताहरु विकास र समृद्धिको सपना र योजना बनाउन चाहने बेला त्यस्तो दृष्टिकोण भएको शक्तिलाई सडकमा अनसन बस्नु पर्दाको पिडा अवश्य होला । तर अनसन र घेराउन बाहेकको अर्को विकल्प पनि त छैन । चलाखिपूर्ण ढंंगले प्रचण्डहरुले नयाँ शक्तिलाई पुरानो शक्ति वा सो सरह बनाउन खोजेका छन् उसबाट एउटा नेपाली उखान चरितार्थ हुनेवाला छ, लाटो लड्छ एक बल्ट्याङ बाठो लड्छ चार बल्ट्याङ । एउटा जिवन्त राजनीतिक संगठनको लागि चुनाव चिन्ह पाउने नैसर्गिक अधिकार हो । जनताले मताधिकारमार्फत दल पहिचान गर्ने, रोज्ने माध्यम चुनाव चिन्ह नै हो । एकरुपतामा चुनाव चिन्ह प्रयोग नभएपछि, राजनीतिक दलले चुनाव चिन्ह नपाएपछि जनताको नै अधिकार हनन् भएन र ? लोकतन्त्रको त कुरै छाडौं, पार्टीहरु भित्र लोकतन्त्रको संभार भइरहेको हेर्नुहोस् त । पार्टी संचालन गरे झैं देश संचाल गर्न मिल्छ ? पार्टी र राज्य फरक चिज होइन र ?

भनिन्छ, महाभारतको युद्धमा कृष्णको मृत्यु पश्चात अर्जुनको वाँणले काम गरेन रे ! सायद डा. भट्टराईले माओवादी पार्टी छाडेपछि सबै प्रकारले त्यो पार्टीमा शुन्यता छाएकै हो त ? माओवादी केन्द्रले के बुझ्न जरुरी छ भने कुनै अमुक राजनीतिक दललाई चुनाव चिन्ह नदिनु त्यो पार्टीको मात्र सरोकारको विषय होइन यो त सिंगो देश र जनता अझ भनौँ अन्तर्राष्ट्रिय समुदायको पनि सरोकार हो । प्रतिशोधले राजनिति अघि बढ्दैन । संघीय गणतन्त्र नेपाल राष्ट्र यहाँसम्म आइपुग्न सबैभन्दा महत्वपुर्ण भूमिका माओवादी आन्दोलनको थियो । यति ठूलो आन्दोलनलाई नयाँ युगको नेतृत्व गर्न सक्ने बनाएर अघि बढाउनु पर्‍थ्यो ।

आर्थिक समृद्धिको अगुवाइ यो आन्दोलनले गर्नु पर्ने हो । तर पार्टी र आन्दोलन पुरै सर्वनाश हुँदा पनि नेतृत्वले आत्मसमिक्षा नगरेको सबैमा जगजाएर छ । आफ्नो पार्टीमा विधि, प्रक्रिया र दृष्टिकोण दिन नसक्ने नेतृत्वले देश कसरी अघि बढाउने ? त्यसैले देश र जनताका निमित्त अरु राजनीतिक दलले राम्रो गर्छ भने भोग्न तयार हुनुपर्छ । चुनाव चिन्ह रोकेर समृद्धिको यात्रा टुङगिनेवाला छैन । माओवादीलाइ चेतना भया ।

The post त्यान्द्रो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles